Tuesday, June 9, 2015

प्रचण्ड रास्ट्रपति ,के.पी.प्रधानमन्त्री,सम्भिधान सुशील सरकारबाट जारी को सहमति

0 comments
लामो समयदेखिको राजनीतिक गतिरोधको अन्त्य गर्दै संविधानका विवादित मुद्दामा प्रमुख चार दलबीच १६ बुँदे सहमति कसरी सम्भव भयो भन्ने यतिखेरब व्यापक चासो बढेको छ । सोमवार राती सार्वजनिक गरिएका १६ बुँदे सहमति वाहेक अरु के के सहमति शीर्ष नेताहरुका बीच भए भन्ने चासो पनि त्यतिकै छ । चार दलको सहमतिलाई मिलाउन लागि लागेका उच्च स्रोतका अनुसार यो सहसमतिको पछाडि खासगरी तीन प्रमुख दलका बीचमा शक्ति बाँडफाँडको दह्रो सहमति भएको छ ।
                  १६ बुँदामा सैद्धान्तिक सहमतिको लिखित ड्राफ्ट तयार गर्नु अघि नेताहरुले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका महत्वपूर्ण शक्तिशाली पदहरुमा सहमति गरेका थिए । शीर्ष नेताहरुबीच सोमबार बिहान प्रदेशको संख्यामा सैद्धान्तिक सहमति भएपछि दिउसो बसेर शक्ति बाँडफाँडका बारेमा छलफल गरेका थिए । सोही छलफलबाट शक्ति बाँडफाँडको टुङ्गो लागेको हो
                स्रोतका अनुसार अब बन्ने भावी सरकारको नेतृत्व नेकपा एमालेलाई दिने सहमति भएको छ । जसअनुसार अब छिट्टै बन्ने सरकारको नेतृत्व केपी ओलीले गर्नेछन् । त्यस्तै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति बनाउने सहमति पनि भएको छ । त्यसका लागि अहिले तत्काल संविधान जारी गर्ने र संविधान जारी गर्ने जस सुशिल कोइरालालाई दिने सहमति पनि दलहरुले गरेका छन् । सुशिल कोइरालाको सरकारले संविधान जारी गरेलगत्तै त्यो सरकार विघटन हुने र अर्को सरकार गठन गर्ने उनीहरुबीच सहमति भएको छ । एक महिनाभित्र संविधान जारी गर्ने सहमति पनि दलहरुबीच भएको छ ।
बैशाख १२ गते नेपालमा आएको महाविनासकारी भुकम्प एक हिसाबले यो सहमतिको कारक पनि बनेको छ । देशमा भुकम्पीय विपतीका बेला सरकारले कुनै प्रभावकारी भूमिका खेल्न नसकेपछि आम जनतामा नकारात्मक प्रभाव परेको थियो । विपत्तको सामना गर्न देशको कार्यकारी नेतृत्व व्यक्तिगत रुपमा पनि बलियो चाहिदो रहेछ भन्ने विश्लेषण भुकम्पका बीच धेरै भयो । भुकम्प गएको समय वरिपरि एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीका बीच कोइराला सरकारलाई विस्थापित गर्नेबारे गोप्य वार्ता भइरहेको थियो । आम जनतामा सरकारप्रति बढेको निराशा र आक्रोशको मौका छोपेर यी दुई नेताले राष्टिय सरकार गठनको बहस थाले । केही आलोचना भए पनि कोइराला सरकार फाल्नेमा धेरैको मौन सहमति देखा परेपछि उनीहरु हौसिएर सरकार गठनमै लागेका थिए । एमाओवादी अध्यक्ष प्रचण्डले खुलेरै केपीलाई प्रधानमन्त्री बनाउन लविङ समेत गरे । तर, हिसाब किताब गर्दा सरकार धन्न धन्न बहुमतको मात्र बन्ने स्थिति देखा पर्यो । त्यसका लागि केही समय उनीहरु कोइरालालाई विस्थापित गरेर त्यसको ठाउँमा केपी आउने र त्यो सरकारलाई कांग्रेसको पनि समर्थन कसरी लिन सकिन्छ भन्नेमा लागे । त्यो अभ्यासमा अलि केही समस्या देखियो । सोही क्रममा कोइरालालाई पनि केही न केही जस दिलाएर सरकार छोडाउने र सरकार बदल्ने योजनामा उनीहरु अगाडि बढेका हुन । त्यही योजना अनुरुप कोइराला सरकारबाट जसोतसो केही मिलाउन बाँकी भएको संविधान जारी गराउनतिर प्रचण्ड र ओली लागेको स्रोतका दावी छ । यसमा केही वैदेशिक शक्तिकेन्द्रको समेत हात रहेको स्रोतका दावी छ ।
           सहमति अनुसार अब असारभित्र संविधान जारी गर्ने र त्यसपछि सुशिल कोइरालाले पद छाड्नेछन् । त्यसपछिको सरकारको नेतृत्व केपी ओलीले गर्नेछन् । सरकार गठनपछि राष्ट्रपतिको निर्वाचन हुनेछ । जसमा एमाओवादी अध्यक्ष प्रचण्ड अहिलेदेखि नै तयारी गरिरहेको स्रोतको भनाई छ ।

Bribe घुस सहित इन्जिनियर पक्राउ

0 comments
जेस्ठ २६, १ लाख २० हजार घुससहित डिभिजन सडक कार्यालय नुवाकोटका इन्जिनियर पक्राउ परेका छन्।
७ लाख ६४ हजारमा ठेक्का पाएको र सडक मर्मतको कामसमेत सम्पन्न भएपछि डिभिजन सडक कार्यलयबाट रकम भुक्तानीको लागि ठेकेदारसँग कार्यालयका इन्जिनियर लालसिंह ऐरी घुस मागेको भन्ने सुचनाको आधारमा इन्जिनियर ऐरीलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

Dubai job दुबईमा आकर्सक जागिर कसैलाई चाहिएमा हेर्नुहोला

0 comments
    सुरक्षा गार्ड सम्बन्धि राम्रो ज्ञान,CVIT"Cash and Valuables in transit" means the physical transfer of banknotes, coins and items of value from one location to another. The locations include cash centers and bank branches, ATM points, large retailers and other premises holding large amounts of cash.  को बारेमा थह भएको बेक्तीले र कम्तिमा १२ कक्ष पढेकोले आबेदन दिन सक्नेछन। सम्पूर्ण जानकारीको लागि तल हेर्नुहोला।

Saudi Arabia घर बिदाबाट समयमा नफर्के ३ वर्ष सम्म प्रतिबन्ध

0 comments
काठमाडौ/साउदी अरब सरकारले घर बिदामा गएका आप्रवासी कामदारहरू भिसामा उल्लिखित समयावधिमै नफर्के तीन वर्षसम्म आउन नपाउने नियम लागु गरेको छ ।

साउदी सरकारको जवाजतले सार्वजनिक गरेको सो नियमअनुसार कार्यरत कम्पनीबाट घर बिदामा गएका आप्रवासी कामदारहरूले भिसामा तोकिएकै समयभित्र फर्कनुपर्नेछ। आप्रवासी कामदारमा आधारित साउदी अरबका विकास निर्माण र व्यापार व्यवसायमा श्रमिकहरूको कमी हुन नदिन तथा श्रम बजारलाई स्थायित्व दिन भन्दै गत बुधबारबाट सरकारले सो नियम लागु गरेको जवाजतका मोहम्मद विन अब्दुल अजिज अल सादले बताएका छन्।

यहाँका कम्पनीहरूले आप्रवासी कामदारहरूलाई सामान्यतया आकस्मिक २१ र हरेक २ वर्षमा ६० दिनको बिदा दिने गरेका छन्। बिदाका लागि उनीहरूले पुनः प्रवेश अनुमतिसहितको भिसा जारी गर्दा अधिकतम ६ महिनाको समयावधि दिने गरेका छन्।

कम्पनीहरूले कामदारका लागि विशेष गरेर चाँडै फर्किऊन् भनेर बिदाको अवधिभन्दा केही दिन बढी मात्रै भएको भिसा जारी गर्ने गर्दछन्। यो नयाँ नियमअनुसार कामदारले कुनै कारणवश भिसाको अवधिभन्दा बढी बस्नु परे आफ्नो रोजगार गुमाउनुका साथै साउदी अरबमा ३ वर्षसम्म आउन पाउँदैनन्।

यसअघि भिसा अवधि सकिए पनि अकमा ९आवास अनुमति० को म्याद रहेसम्म पुनः भिसा जारी गरेर कामदारहरू आफ्नो काममा फर्कन पाउने व्यवस्था थियो। नयाँ नियमले आप्रवासी कामदारहरूलाई सम्झौता अवधिसम्म एउटै कम्पनीमा काम गर्न बाध्य बनाएको छ।

त्यसैगरी सम्झौता अवधि सकिएपछि पनि सम्झौता भंग नगरी बिदामा गएका बखत कम्पनी परिवर्तन गरेर समेत तीन वर्षसम्म साउदी अरबमा आउन पाउने छैनन्। साउदी अरबको कुल जनसंख्या ३ करोड ८ लाख मध्ये ३३ प्रतिशत आप्रवासी कामदारको रहेको छ। उनीहरू निजी तथा सार्वजनिक क्षेत्रमा कार्यरत छन्। पछिल्लो तथ्यांकअनुसार साउदी अरब नेपालीहरूको वैदेशिक रोजगारका लागि दोस्रो गन्तव्य मुलुक हो। साउदी अरबमा लगभग ६ लाख नेपाली आप्रवासी कामदारका रूपमा रहेका छन्।

Monday, June 8, 2015

Menthol पुदिनाको सेवनले अनेकौ लाभ

0 comments
       पुदिना हामी धेरैले देखेका छौं । नदेख्नेले पनि पिपरमेन्ट, चकलेट, चेविङ गम आदिको माध्यमले खाइरहेका छौं । यसको औषधीमा महत्व पनि धेरै छ भन्ने कमैलाई थाहा होला । विश्वका करोडौं मानिस प्रभावित भइरहेको आईबी
    आईबीएस विश्वका १५ देखि २० प्रतिशत जनसंख्यालाई सताउने रोग हो । पेट दुखिरहने, पेट कटकटी खाने, कब्जियत हुने त कहिले झाडापखाला हुने फरक-फरक लक्षण देखाइरहने रोग हो यो । यसको निदान एवं उपचार पद्धति अहिलेसम्म एलोप्याथी र आयुर्वेदिक दुबैमा फेला परेको छैन । यसलाई व्यवस्थापन गर्न सकिने रोगमात्र भनिएको छ । अर्थात्, खानपान र मानसिक तन्दुरुस्तीबाट यसको जटिलताबाट जोगिने भनी स्वास्थ्यकर्मीहरुले सिफारिस गर्छन् । पानीको दह, इनार वा खेतबारीतिर बग्रेल्ती उमि्रने सानो वनस्पति हो पुदिना । आयुर्वेदमा यसको प्रयोग वर्षौंदेखि गरिँदै आएको छ । अहिले चकलेट, चेविङ गम, चुरोट, आइसक्रिम, केक आदिमा पनि पुदिनाको प्रयोग बढ्दो छ ।
                    पुदिनाको प्रयोगबाट पाउने फाइदाहरु बुधागत रुपमा तल हेर्नुहोस
१)मुहारमा आउने डण्डिफोर र खिलबाट छुटकाराः पुदिनाको पातहरु सँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेट पछि यसलाई सफा गर्नु पर्दछ । एक हप्ता सम्म निरन्तर यसको प्रयोग गरेमा अनुहारमा आउने डण्डिफोर र डण्डिफोर बाट बनेका खिलबाट पुरै मुक्ति पाउन सक्नुहुनेछ ।
२) रुघा ज्वरो र खोकीबाट छुटकाराः जाडो महिनामा ज्वरो र रुघा लागेमा अदुवाको रस सँग पुदिनाको पात थिचेर प्रयोग गर्नाले रोगलाई पूर्णरुपमा निको पार्न सहयोग गर्दछ । करिब एक गिलास पानिमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मर्चा र थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ । पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ ।
३)पेट दुखाइबाट आरामः पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ ।
४)मुख गन्हाउने समस्याबाट मुक्तिः मुख गन्हाउने समस्या भएकाहरुले पुदिनाको सुख्खा पातहरु लाई पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्धलाई कम गर्दछ । गिजालाई पनी यो विधिले बलियो पार्दछ
५)रुघा लम्बिएमाः रुघा लागेर निकै समयसम्म पनि सञ्चो नभएमा पुदिनाको पात नाकको प्वालमा राखेको खण्डमा यसले पूरै निको पार्दछ ।
६) दादबाट छुटकाराः शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ।
७)बिष मार्नः बिच्छी वा सर्पले टोकेको ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्‍याउछ ।

     पुदिनामा हुने मेन्थोल तेलले आईबीएसजस्तो जटिल रोगमा प्रभावकारी भूमिका निर्वाह गर्दछ । मेन्थोलले आन्द्रा तथा मांसपेशी बलियो तथा लचिलो बनाउँछ । आन्द्राको सञ्चालनमा अवरोध आउँदा आईबीएसले सताउने गर्दछ ।
एस रोगमा पुदिनाको सेवनले निकै लाभ पुर्‍याउने बिभिन्न अध्ययनले देखाएको छ । पुदिनाको तेल पाचन प्रणालीको लागि निकै उपयोगी सावित भएको छ । आयुर्वेदमा संग्रहणी, ग्रहणी आदि नामले चिनिने आईबीएस अर्थात् इरेटल बाउल सिन्ड्रममा पुदिनाको सेवन लाभदायक मानिन्छ ।

भुकम्प पीडितका लागि विदेशबाट पठाइएका समान नेपाल एयारर्पोर्टको कार्गो ओफिसमा चोरी nepal cargo office

0 comments

     भुकम्प पीडितका लागि विदेशबाट पठाइएका समान नेपाल एयारर्पोर्टको कार्गो ओफिसमा चोरी भएको तथा अबेबस्थित तरिकाले राखिएको भेटियो पुरा विवरण हेर्नलाई भिडियो हेर्नुहोस। -





















राहतका लागी विदेशबाट आएका समान विमान स्थलबाटै चोरी..
Posted by Lumbini Khabar Site on Monday, 8 June 2015

glass bridge china सिशाको ठुलो आकासे पुल

0 comments
      जेठ २५, चीनमा अब आकाशमा हिँड्न सकिने भएको छ । पारदर्शी शिशाबाट बनाइएको एउटा शिशाको पुलमा हिँड्दा मानिसलार्इ आकाशमै रहेको महसुस हुने बताइएको छ । 
डेलीमेलका अनुसार पूर्वी चीनको के सिनियुझाई नेशनल जिओपार्कमा पारदर्शी शिशबाट निर्मित दुर्इ पहाडबीचको यो शिशाको पुल नेपाली झोलुङ्गे पुलकै शैलीमा बनाइएको छ ।
पारदर्शी शिशाले बनेको यो पुलमा थरीथरीका संगीतसमेत सुनाउने व्यवस्था गरिएको छ । यसै महिनाबाट यो पुल सञ्चालमा आइसकेको छ। शिशाले बनेको १९ फिट फराकिलो यो पुलमा एक पटकमा ८ सय जना मानिस थेग्न सक्ने बताइएको छ ।
अग्लो र हेर्दे डरलाग्दा दुर्इ पहाडबीच जमीनबाट एक हजार चार सय १० फिटमाथिको यो पुल बनाउन शिशामात्रै प्रयोग गरिएको छ । पारदर्शी भएकाले त्यहाँमाथिबाट हिँड्नेलार्इ आफू आकाशमा हिँडेको अनुभूति हुन्छ । शिशाको दोहोरो दोहोरो तहको प्रयोग गरि बनाइएको यो पुल ५९९ फिट लामो रहेको छ ।
यो पुलमा हिँड्दा हिँड्दै संगीतको नयाँ धुन बनाउन सक्ने सुविधा पनि छ । तर यसको विशेषता भनेको निरन्तर बजिरहने संगीतको धुन हो । चीनमा यस्ता अन्य पुल पनि रहेका छन् । चीनले बनाएको शिशाको यो पुल विश्वकै लामो र अग्लो हो ।
पुल पारदर्शी भएकाले यहाँ हिँड्ने धेरै मानिसहरु डराउने गरेका छन् । डराएकै कारण मानिसहरु बीचबाट निहिँडी रेलिङ समाउने गरेका छन्  डरकै कारण मानिसहरु यो पुलमा बिस्तारी हिँड्ने गरेका छन् । यो पुलमा हिँड्दा अधिकांश मानिस डराउँछन् ।
यो पुल कुनै सुरक्षा व्यवस्था नराखी २१ जना मानिसले यो पुल तयार पारेका हुन् । यो पुल बनाउनका लागि ती मदुरलार्इ प्रतिव्यक्ति दिनको ४०० युआन ज्याला दिइएको थियो ।



बंगलादेश बाट आएको ५७ हजार थान ब्लांकेट कता गयो ?

0 comments

काठमाडौँ, २५ जेष्ठ - बंगलादेशले भूकम्पपीडितको नाममा पठाएको करिब ५७ हजार थान ब्लांकेट हराएका छन्। 

वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि बंगलादेशले हवाई र सडक मार्गबाट ५९ हजार २ सय ७२ थान ब्लांकेट पठाएको थियो। विदेशबाट आउने राहत सामग्रीको तथ्यांक राख्ने तथा वितरण गर्ने जिम्मेवारी पाएको गृहमन्त्रालयले बंगलादेशबाट २ हजार ४ सय ७८ थान ब्लांकेट मात्र प्राप्त भएको देखाएको छ। अरू ब्लांकेट कहाँ छन् तथा कहाँ गए भन्नेमा गृह मौन रहेको  खबर छ।

बंगलादेशको काठमाडौंस्थित दूतावासका अनुसार ५९ हजार २ सय ७२ थान नै ब्लांकेट तीन साताअघि नेपाल भित्रिएका हुन्। केही ब्लांकेट बंगलादेशी सेनाको हवाईजहाजमार्फत सिधै र केही ट्रकबाट सडकमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। सडकमार्ग हुँदै ल्याइएका ब्लैंकेट बंगलाबन्ध, फूलबारी, पानीट्यांकी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल भित्रिएको दूतावासले जनाएको छ।

हामीले दुई साताअघि नै ब्लांकेट नेपाल सरकारलाई बुझाएका हौं, दूतावास स्रोतले भन्यो। बंगलादेश सरकार, त्यहाँका विभिन्न संघसंस्था तथा बैंकको सक्रियतामा संकलन गरी ती ब्लांकेट नेपाल ल्याइएको थियो। हवाई मार्ग हुँदै ल्याइएका ब्लांकेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले बुझेर गृहलाई जिम्मा दिएको थियो। सेनाले अन्य देशबाट आएका केही ब्लांकेट राखी भूकम्प प्रभावित क्षेत्रमा वितरण गर्दै आएको भए पनि बंगलादेशबाट हवाई मार्ग हुँदै आएका सबै ब्लांकेट गृहलाई बुझाएको थियो।

बंगलादेशबाट हवाई मार्ग हुँदै आएका २५ हजार ५८ थान ब्लांकेट हामीले गृहलाई बुझाइसकेका छौं। बंगलादेशबाट आएको एक थान ब्लांकेट पनि सेनाले लिएको छैन, एक उच्च सैनिक स्रोतले भन्यो। बाँकी ३४ हजार २ सय १४ थान ब्लांकेट सडक मार्ग हुँदै आएको सेनाले जनाएको छ। तर, गृहले भने बंगलादेशबाट २ हजार ४ सय ७८ थान मात्र ब्लांकेट नेपाल भित्रिएको दाबी गरेको छ।

​अनपढ युवकले बनाए मोटरसाइकल जस्तै गुड्ने साईकल (भिडियो सहित )

0 comments





जनकपुर , जेठ २४ – महोत्तरीका एक युवकले मोटरसाइकल जस्तै गुड्ने साइकल बनाएका छन् । महोत्तरी महदैया ५ तपनपुरका २३ वर्षका अशोककुमार सहनीले यस्तो साइकल बनाउनुभएको हो । खेतमा सिँचाई गर्ने सानो मोटरको इन्जिन प्रयोग गरेर बताइएको साइकल मोटरसाइकल जस्तै गुड्ने गर्दछ र इन्जिन मट्टीतेलबाट चल्ने गर्छ । साइकल लिएर आफ्नो घरबाट १५ किलोमिटर टाढाको जनकपुर पुगेका सहनीले एक घण्टामा एक लिटर मट्टीतेल खपत हुने गरेको उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार साइकलले प्रति घण्टा ४० किलोमिटर दूरी पार गर्छ । सहनीले योे साईकल चार दिनको प्रयास पछि गएको जेठ १७ गते पूर्ण रुपमा तयार पारेर चढ्न थालेको बताउनुभयो । पूर्ण रुपमा अनपढ सहनीले दुई वर्ष अघिदेखि यस्तो साइकल बनाउने सोचमा रहेको बताउनुभयो । पछिल्लो समय हाउस वाइरिंग र ज्याला मजदुरी गरी जोडेको रुपैयाँबाट साइकल, सिँचाई गर्ने पुरानो मोटर र अरु फलामका सामग्रीबाट बनाउन सफल भएको सहनी बताउनुहुन्छ । साइकलको सिस्टम मोटरसाईकल जस्तै देखिएपनि दुवैको तुलनात्मक रुपमा धेरै नै भिन्नता छ । साइकलमा मोटरसाइकल जस्तै साइलेन्सर, सेल्फ, क्लच र अगाडिको लाइट सबै छन् । कलात्मक साइकल बनाउनका लागि जम्मा १३ हजार रुपैयाँ लागेको सहनीले बताउनुभयो । उहाँले भिन्न खालको साइकल बनाएपछि छिमेकी पनि दंग छन् । सहनी बाटोमा साइकल गुडाउँदा हेर्नेहरुको लर्को लाग्ने गरेको छ ।

Sunday, June 7, 2015

Nepali Movie Andaaj "अन्दाज" | Rekha Thapa "रेखा थापा" | Jiwan Luitel "जीवन लुईटेल" HD

0 comments

Shooking road,Safrubesi to Dhunce Rasuwa after Earthquake 2015

0 comments

Nepali Song |Jau Bhanera | Aakash Tamang |2013 |HD 720 P

0 comments

Nepal Electricity Authority नेपाल विद्युत प्राधिकरणमा १६९९ पद जागिर खुल्यो

0 comments
काठमाडौं। सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि एक हजार छ सय ९९ जनाका लागि जागिरको आवेदन माग गरेको छ। प्राधिकरणले आइतवार सार्वजनिक सुचना जारी गर्दै तीनदेखि १० तहसम्मका लागि जागिरको आवेदन खुला गरेको हो।

प्राधिकरणले खुला गरेको पदहरुमा एक महिनाभित्र आवेदन दिइसक्नु पर्ने हुन्छ। प्राधिकरणले तीहार लगत्तै लिखित र मौखिम परीक्षा सञ्चालन गरेर पदपुर्ति गर्ने छ।

प्राधिकरणको जागिरमा आठ पास गरेकादेखि स्नातकोत्तर उत्तिर्णसम्मले आवेदन दिन सक्ने छन्। खुला प्रतियोगितामार्फत पदपुर्ति गरिने भन्दै प्राधिकरणले क्षेत्रगत हिसावले नै आवेदन माग गरेको हो।

प्राधिकरणका अनुसार, प्रशासन समूह अन्तर्गत मिटर रिडिङ सुपरभाइजर पाँच तहका लागि ९५ जना नियुक्त गर्ने छ। यो पदका लागि प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तिर्ण हुनु पर्छ।

प्रशासन समूह अन्तर्गतको लेखपाल पाँच तहमा ६६ जनालाई नियुक्ती दिइने छ। वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तिर्णले यो पदका लागि आवेदन दिन सक्छन्।

यसैगरी प्राविधिक सेवाको इलेक्ट्रिकल सुपरभाइजर पाँच तहमा २३३ जनालाई नियुक्त गरिने छ। यसका लागि इलेक्ट्रिकल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र वा डिप्लोमा उत्तिर्ण हुनु पर्छ।

प्राविधिक सेवामा मेकानिकल सुपरभाइजर पाँच तहका लागि पाँच जनालाई नियुक्त दिइने प्राधिकरणले जनाएको छ। यसका लागि मेकानिकल इन्जियनियरिङमा प्रविणता प्रमाणपत्र वा डिप्लोमा उत्तिर्ण हुनु पर्छ।

प्राधिकरणले प्रविधिक सेवामा सिभिल सुपरभाइजर पाँच तहका लागि १२ जनालाई नियुक्ती दिने छ। सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र वा डिप्लोमा उत्तिर्णले यो पदका लागि आवेदन दिन सक्छन्।

यसैगरी सिनियर हेवी इक्विपमेन्ट अप्रेटर तह पाँचका लागि पाँच जनालाई नियुक्त दिने सुचना सार्वजनिक गरेको छ। यसका लागि एसएलसी पास गरी भारी उपकरणको चालक अनुमतिपत्र पाएको हुनु पर्छ।

प्रशासन समूह अन्तर्गत सिनियर मिटर रिडर  तह चारका लागि ४७० जनालाई नियुक्ती दिने प्राधिकरणको तयारी छ। यो पदका लागि प्रविणता प्रमाणपत्र वा डिप्लोमा अनिवार्य गरिएको छ।

यसैगरी प्रशासन अन्तर्गत  सहायक लेखापाल तह चारका लागि १६५ वटा पदमा आवेदन माग गरिएको छ। यो पदका लागि वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तिर्ण हुनु पर्छ ।

फोरमेन इलेक्ट्रिकल तह चारका लागि ३६१ जनाबाट आवेदन माग गरिएको छ। यसका लागि इलेक्ट्रिकल विषयमा एसएलसी पास अनिवार्य छ। साथै फोरमेन सिभिल तह चारका लागि दुई जनालाई नियुक्त दिइने छ। यसका लागि सिभिल बिषयमा प्राविधिक एसएलसी पास गर्नु पर्छ।

फोरमेन ड्राइभर तह चारका लागि आठ जनाको जागिर खुलेको छ। १० कक्षा पास गरी भारी सवारी साधनको चालक अनुमति पत्र भएकाले यसका लागि आवेदन दिन सक्छन्। प्रशासन अन्तर्गत मिटर रिडर तह तीनमा ४२ जनालाई जागिर खोलिएको छ। यसका लागि एसएलसी पास उत्तिर्ण हुनु पर्छ।

यसैगरी प्राधिकरणले इलेक्ट्रिसियन तह तीनका लागि १४३ जनाबाट आवेदन माग गरेको छ। इलेक्ट्रिसियन बिषयमा १० कक्षा उत्तिर्ण गरेकाले यो पदका लागि आवेदन दिनसक्छन्। ड्राइभर तह तीनका लागि आठ कक्ष उत्तिर्ण भइ हलुका सवारी साधनको अनुमति पत्र भएको हुनु पर्छ। यो पदका लागि १० जनालाई नियुक्त गरिने छ।

प्रबन्धक प्राविधिक इलेक्ट्रिकल तह १० का लागि एक जनालाई नियुक्त गरिने छ। यो पदमा आवेदन दिनका लागि इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा आठ बर्षको अनुभव भएको हुनु पर्छ।

उप प्रबन्धक प्राविधिक इलेक्ट्रिकल्स तह नौंका लागि एक जनालाई नियुक्त गरिने छ। इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा छ बर्षको अनुभव भएकाले यो पदका लागि आवेदन दिन सक्ने छन्। सहायक निर्देशक प्रशासन लेखा तह आठका लागि पनि एक जना माग गरिएको छ। बाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धित क्षेत्रमा अधिृकतस्तरको पदमा चार बर्षको कार्यअनुभव भएकाले आवेदन दिन सक्ने छन्।

चार्टर्ड एकाउन्टेन्ट प्रशासन लेखा तह आठका लागि एक जना माग गरिएको छ। यसका लागि सिए, एसिसिए वा सिपिए उत्तिर्ण हुनु पर्छ। सहायक प्रबन्धक प्राविधिक इलेक्ट्रिकल तह आठका लागि पनि एक जना माग गरिएको छ। इलेक्ट्रिकल इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा चार बर्षको अनुभव भएकाले आवेदन दिन सक्छन्।

सहायक प्रबन्धक प्राविधिक सिभिल तह आठका लागि दुई जना माग गरिएको छ भने यसका लागि सिभिल इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा चार बर्षको अनुभव अनिवार्य छ। प्राधिकरणले प्रशासकीय अधिकृत तह सातका लागि तीन जना माग गरेको छ। यसका लागि स्नातकोत्तर तह उत्तिर्ण हुनु पर्छ।

यसैगरी लेखा अधिकृत, तह सातका लागि चार जना माग गरिएको छ। बाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तरले आवेदन दिन सक्छन्। कानुन अधिकृत सात तहका लागि एक जना माग गरिएको छ। यसका लागि कानुनमा स्नातक भइ अधिवक्ताको प्रमाणपत्र प्राप्त वा कानुनमा स्नातकोत्तर उत्तिर्ण अनिवार्य गरिएको छ।

समाजशास्त्री तह सातमा पनि एक जना माग गरिएको छ। यसका लागि समाजशास्त्र वा मानवशास्त्रमा स्नातकोत्तर हुनु पर्छ। इन्जिनियर इलेक्ट्रिकल तह सातमा ४७ जना माग गरिएको छ। यसका लागि इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक हुनु पर्छ।

इन्जिनियर मेकानिकल तह सातमा पाँच जना माग गरिएको छ भने यसका लागि मेकानिकल इन्जिनियरिङमा स्नातक अनिवार्य गरिएको छ। साथै इन्जिनियर सिभिल तह सातमा १३ जना माग गरिएको छ। यसमा आवेदन दिन सिभिल इन्जिनियरिङमा स्नातक अनिवार्य छ।

कम्प्युटर इन्जिनियर तह सातका लागि दुई जना कम्प्युटर इन्जिनियरिङमा स्नातक माग गरिएको छ। सर्वे अधिकृत तह सातका लागि एक जना माग गरिएको छ। यसका लागि सर्वे इन्जिनियरिङ बिषयमा स्नातक उत्तिर्ण वा भूगोल बिषयमा स्नातकोत्तर उत्तिर्ण गरी सिनियर सर्वेयर कोर्ष पुरा गरेको वा बिएससी गणित बिषयमा उत्तिर्ण गरी सिनियर सर्वेयर कोर्ष पुरा गरेको हुनु पर्छ।

कुन कुन ठाउँमा खुल्यो?
प्राधिकरणले विराटनगर, हेटौडा, जनकपुर, काठमाडौं, पोखरा, वुटवल, नेपालगञ्ज, अत्तेरियालगायतका स्थानमा जागिर खोलेको हो। जागिरको आवेदन फारम जुन स्थानका लागि खोलिएको त्यहीको प्राधिकरणको क्षेत्रीय कार्यालयमा बुझाउनु पर्छ।

जागिरको आवेदन विहान ११ बजेदेखि बेलुका चार बजेसम्म मात्र बुझाउन पाइन्छ। जागिरका लागि उमेर १८ बर्ष पुरा भइ ३५ बर्ष ननाघेको हुनु पर्छ। महिलाको हकमा भने ४० बर्षसम्म छुट दिइएको छ।

परीक्षा दस्तुर कति?
तह पाँच– ६२५, तह चार– ५२५, तह तीन– ४२५ रुपैयाँ लाग्ने छ। समावेशीमा पनि आवेदन दिने हो भने प्रत्येक समूहमा अतिरित्त दुई सय रुपैयाँ बढी तिर्नु पर्छ।

तह १०– १५५०, तह नौं– १२५०, तह आठ– १०५० र तह सात– ९५० रुपैयाँ लाग्ने छ। समावेशीमा पनि आवेदन दिने हो भने प्रत्येक समूहमा अतिरित्त तीन सय रुपैयाँ बढी तिर्नु पर्छ।

जागिरको पाठ्यक्रमका लागि यहाँ क्लिक गर्नुस्

Bogus Beggar- Makes Money Pretending To Be Hurt-अपांग को नाटक गरि भिख माग्दै जो कार चढछन्

0 comments









Bhukampa Song Bhuichalo Le Dhalayo Dharahara by Jiwan Dahal & Tarapati Subedi HD

0 comments

women's world cup 2015 विश्वकप महिला फुटबल प्रतियोगिता क्यानाडमा सुरु

0 comments
जेष्ठ २४ । विश्वकप महिला फुटबल प्रतियोगिता क्यानाडमा सुरु भएको छ । उद्घाटन खेलमा घरेलु टोली क्यानडाले चीनलाई १-० ले पराजित गरेको छ ।

बराबरीको संघारमा पुगेको खेलको ईन्जुरी समयमा क्यानाडाकी क्रिष्टिन सिङ्क्लेरले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै आयोजक क्यानाडालई पहिलो जित दिलाएकी हुन् ।

खेल हेर्न रंगशालामा ५३ हजार दर्शक उपस्थित थिए । क्यानाडामा कुनैपनि फुटबल खेल हेर्न यती धेरै दर्शक उपस्थित भएको यो पहिलो अवसर हो ।

दोस्रो खेलमा नेदरल्याण्ड्सले न्युजिल्याण्डलाई १-० ले हराएको छ । महिला विश्वकप फुटबलमा यसपटक २४ टोली सहभागि छन् ।

समुह ए मा क्यानाडा, नेदरल्याण्ड्स, चीन र न्युजिल्याण्ड, समुह बी मा आईभोरी कोष्ट, जर्मनी, नर्वे र थाईल्याण्ड, समुह सी मा क्यामरुन, ईक्वेडर, जापान र स्विट्जरल्याण्ड, समुह डी मा अष्ट्रेलिया, नाईजेरिया, स्विडेन र अमेरिका, समुह ई मा ब्राजिल, कोष्टारिका, दक्षिण कोरिया र स्पेन तथा समुह एफ मा कोलम्बिया, इंग्लण्ड, फ्रान्स र मेक्सिको रहेका छन् ।


Barcelona win Champoins leaue बार्सिलोनाले युभेन्टसलाई ३-१ ले हरायो

0 comments
        जेस्ठ २४ ,बर्लिन-बार्सिलोनाले युभेन्टसलाई ३-१ को गोल अन्तरले पराजित गर्दै पाँचौं पटक च्याम्पियन्स लिगको उपाधी जितेको छ। शनिबार बर्लिनस्थित ओलम्पिक रंगाशालामा भएको खेलमा बार्सिलोनाका लियोनल मेसी, लुइस स्वारेज र नेयमारको एक/एक गोल गर्दै टोलीलाई यो सिजनमा तेस्रो उपाधी जिताएका हुन्।
       ७० हजारभन्दा बढी दर्शकमाझ भएका खेलमा युभेन्ट्सका स्टाइकर अल्भरा मोरन्टाले एक गोल गरेका थिए। बार्सिलोनाले यसअघि पनि चार पटक उपाधि जितेर इतिहास रचिसकेको छ। पेप ग्वार्डिओलाको नेतृत्वमा बार्सिलोनाले सन् २००८/०९ को सिजनमा तेहेरो उपाधि जितेको थियो। फुटबलमा त्यस्तो इतिहास थोरै क्लबले मात्र रचेका छन्। बार्सिलोना बाहेकमात्र ६ क्लबले त्यो सफलता पाएका छन्।
सबैभन्दा पहिले १९६७ मा सेल्टिकले एकै सिजनमा तीन उपाधि जितेको थियो। सेल्टिकको त्यो टोलीलाई लिस्बन लायनको नामले पनि चिनिन्छ।
                 त्यसयता अयाक्स (१९७२), पिएसभी आइन्डहोभन (१९८८), म्यानचेस्टर युनाइटेड (१९९९), इन्टर मिलान (२०१०) र बायर्न म्युनिख (२०१३) ले एकै सिजन तीन उपाधि भित्याएका थिए।

China cruise disaster नदीमा पल्टेको जहाजलार्इ क्रेनको सहायताले सिधा बनाइए

0 comments



एजेन्सी : चीनको याङ्गत्से नदीमा जहाज डूब्दा भएको दुर्घटनामा परेर चार सय बढीको ज्यान गएको छ । ४ सय ५६ यात्रु बोकेको जहाज सोमबार डुब्दा त्यसमा सवार १४ जनलार्इ मात्र जीवितै बचाउन सकिएको थियो ।

सोमबार नदीमा जहाज डुब्दा मारिनेको संख्या अहिलेसम्म ३ सय ९६ पुगेको छ । उनीहरुको शव नदीबाट निकाल्ने क्रम जारी छ । नदीमा पल्टेको यो जहाजलार्इ क्रेनको सहायताले शुक्रबार सिधा बनाइएको छ ।

अधिकारीका अनुसार अब कुनै पनि मानिसक जीवित रहने सम्भावना एकदमै कम छ । जहाजमा रहेका ४५६ यात्रु र चालक दलका सदस्यमध्ये केबल १४ जनालार्इ मात्र बचाउन सकिएको हो ।

नदीमा जहाजसँगै डुबेका एक सय बढी यात्रु अहिले पनि वेपत्ता छन् । उद्धारकर्मीले जब क्रेनको मद्धतमा जहाजलार्इ सिधा बनाए तब जहाजभित्र अड्केका सयौ शव नदीमा खस्न पुगे ।

चीनको समाचार एजेन्सी सिन्हवाले अधिकारीलार्इ उधृत गर्दै जनाए अनुसार जहाजभित्र अब कुनै पनि यात्रु जीवितै भेट्ने सम्भावना छैन । दुर्घटनामा मारिएका व्यक्तिका आफन्तले पदर्शन गरेपछि राष्ट्रपति सि जिनपिङ्गले यो मामिलाको विस्तृत जाँच गर्न आदेश दिएका छन् ।

दुर्घटनास्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ । यात्रीका परिवार र पत्रकारहरुले घटनाबारे सरकारले कुनै सूचना नदिएको आरोप लगाएका छन् । जहाज डुब्नुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैना । दुर्घटनामा बाँचेका यात्रुले नदीमा आएको तुफानका कारण जहाज पल्टेको बयान दिएका छन् ।

जहाजका कप्तान र प्रमुख इन्जिनियरले भने आफ्नो ज्यान बचाउन सफल भएका  छन् । उनलार्इ त्यहाँस्थित प्रहरीले तत्कालै हिरासतमा लिएको छ ।

दुर्घटनामा परेको यो जहाजको दुर्इ वर्षअघि सुरक्षानियम उल्लङ्घन गरेको अभियोगजमा जाँच गरिएको थियो ।  चीनमा यसअघि सन् १९९९ यस्तै जहाज दुर्घटनामा परेको थियो ।

त्यो बेला सेनडोङ्ग प्रान्तमा एक जहाजमा आगोलागी हुँदा समुद्रामा डुबेको थियो । त्यो दुर्घटनामा करिब २८० जना यात्रु मारिएका थिए ।

Young boy suicide @ Trisuli River, Mugling मोटरसाइकलमा आएर त्रिशुलीमा हामफाले

0 comments

Saturday, June 6, 2015

माटो मुनी सेतो आलु फल्छ र माटो माथि गोलभेडा

0 comments
बेलायतमा एउटा निकै अचम्मको बोटको विकास गरिएको छ । एउटा त्यस्तो बोट जसमा माटो मुनी सेतो आलु फल्छ र माटो माथि गोलभेडा फल्छ । यति सुन्दा तपाईंलाई अचम्म लागेको होला । तर ‘टमट्याटो’ नाम दिइएको यो बोटलाई शत प्रतिशत प्राकृतिक भनिएको छ जसको आनुवंशिकमा कुनै पनि संशोधन नगरिएको बताएको छ ।

बेलायतको इप्सविचको सफोल्कमा अवस्थित ‘थम्प्सन एण्ड मोर्गन’ नामक फर्ममा उक्त विचित्रको बोटको विकास गरिएको हो । केहि वर्ष पहिले यस्तै प्रकारको बोटको विकास गरिएता पनि यसबाट निस्कने स्वादका कारण यिनीहरु त्यति सफल हुन सकेका थिएनन् तर टमट्याटो व्यवसायिक सम्भावनाको हिसाबले निकै राम्रो मानिएको छ ।
थोम्पसन र मोर्गनका डाइरेक्टर पल ह्यानसर्डका अनुसार टमट्याटो विगत १० वर्षको मेहेनतको फल हो । उनका अनुसार उनले सबैभन्दा पहिले यो बोट विकास गर्ने बिचार १५ वर्ष अगाडि नै गरिसकेका थिए । उनी भन्छन्, ‘जब म १५ वर्ष पहिले अमेरिकाको एक बगैँचामा घुम्न गएको थिएँ कसैले ठट्टा गर्नका लागि गोलभेडाको बोट मुनी आलु रोपिदिएका थिए । त्यतिबेलादेखि नै मेले सोचिसकेको थिएँ कि एउटै जातमा पर्ने यी दुबैलाई एउटै बनाउन सायद सम्भव छ । ’ त्यतिबेलादेखि नै उनले यसको लागि काम गरिरहेका थिए र अहिले लाग्छ उनी यसमा सफल भएका छन् ।

उनी थप्छन्, यसलाई सफल बनाउन निकै गाह्रो थियो किनभने गोलभेडा र आलुका डाँठ एउटै मोटाईको हुनु आवश्यक थियो । तर थुप्रै प्रयास, असफलता र कलम बाँध्ने विशेषज्ञहरुको सहयोगले यसलाई सफल बनाउन सकिएको छ । ’(एजेन्सी)

कागती पानी पिउनुको मुख्य फाइदा हरू

0 comments
भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मार्क मोयाड भन्नुहुन्छ, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक हुनसक्छ । विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।
1. भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।
2. कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।
3. पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ ।
4. बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ ।
5. कागती पानीले पाचनमा सहयोग पुग्छ ।
6. कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ ।
7. कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।
8. रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ ।
9. मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।
10. कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।
11. एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।
12. कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।
13. हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । एजेन्सी

नेपालीले बिना VISA जना मिल्ने 38 देसको नाम लिस्ट

0 comments

38 Countries You Can Visit Without Visa As A Citizen Of  Nepal

Bolivia    : Visa on arrival -90 days
Burundi   : i Visa on arrival – 30 days; obtainable at Bujumbura International Airport
Cambodia: Visa on arrival – 30 days
Cape Verde: Visa on arrival
Comoros: Visa on arrival
Djibouti: Visa on arrival
Dominica: Visa not required – 21 days
Gambia: Visa not required – 90 days
Guinea-Bissau: Visa on arrival – 90 days
Haiti: Visa not required – 3 months
India: Freedom of movement; Nepalese citizens may live and work freely in India under the 1950 Indo-Nepal Treaty of Peace and Friendship.
Kenya: Visa on arrival – 90 days
Laos Visa: on arrival – 30 days
Madagascar: Visa on arrival – 90 days
Malawi: Visa not required – 90 days
Maldives: Visa on arrival – 30 days
Mali: Visa on arrival
Mauritania: Visa on arrival

Mauritius: Visa not required – 90 days
Mexico: Visa required – 180 days
Micronesia: Visa not required – 30 days
Mozambique: Visa on arrival – 30 days
Myanmar: eVisa – 28 days. eVisa holders must arrive via Yangon, Nay Pyi Taw or Mandalay airports.
Pakistan: Visa not required – 1 month
Palau: Visa on arrival – 30 days
Philippines: Visa not required – 30 days
Saint Vincent and the Grenadines: Visa not required – 30 days
Samoa: Entry Permit on arrival – 60 days
Serbia: Visa required -Visa free for a maximum stay of 90 days for valid visa holders or residents of the European Union member states and the United States.
Seychelles: Visitor’s Permit on arrival – 1 month
Singapore: Visa on arrival – 30 days
Somalia: Visa required -Visa on arrival for 30 days, provided an invitation letter issued by the sponsor has been submitted
to the Airport Immigration Department at least 2 days before arrival.
Sri Lanka: Electronic Travel Authorization – 30 days; must hold return or onward ticket
Tanzania: Visa on arrival – 3 months
Timor-Leste: Visa on arrival – 30 days
Togo : Visa on arrival – 7 days
Tuvalu: Visa on arrival – 1 month
Uganda: Visa on arrival

भारतमा वाइवाइ चाउचाउको विक्री वितरणमा रोक

0 comments
म्यागीको आगोले अरु चाउचाउलाई पनि सल्काएको छ । तामिलनाडु सरकारले शुक्रबार म्यागीसहित तीन अरु चाउचाउको विक्री वितरणमा रोक लगाएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । सरकारले तीन महिनाका लागि म्यागी, वाइवाइ एक्सप्रेस, स्मीथ एन्ड जोन्स मसला

स्थानीय सरकारले तीन वटै चाउचाउमा आवश्यकताभन्दा वढी अजिना मोटो र शिशा भेटेपपछि तीन महिनाका लागि विक्री वितरणमा रोक लगाएको हो । नेपालको चौधरी ग्रुपले वाइवाइ उत्पादन गर्छ । नेपालसहित वाइवाइको भारतमा पनि उत्पादन कारखाना छ ।

चाउचाउको विक्री वितरणमा रोक लगाएको हो ।

मनाङ मस्र्याङ्दी क्लबले बिहीबार नुवाकोटका भूकम्प पीडितलाई राहत सामग्री वितरण

0 comments
फुटबल र सामाजिक कार्यमा संलग्न लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले बिहीबार नुवाकोटका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ । मनाङले नुवाकोटको मनकामना गाविसस्थित वडा नम्वर २ र ३ का भूकम्प पीडितहरु
भूकम्पमा परी यो क्षेत्रमा १० जनाको मृत्यु भएको थियो । विनाशकरी भूकम्पले चेतखोर स्थित दाछुलिङ गुम्वा पुर्णरुपमा ध्वस्त भएको छ । राहत वितरण कार्यक्रममा पोखरा मनाङ गुम्वाका प्रमुख खेम्पो रिम्पोचेले ध्वस्त दाछुलिङ गुम्वाको पुनःनिर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । मनाङका कोषाध्यक्ष दोर्जे गुरुङले खेलकुदका साथै सामाजिक सेवामा लागेको मनाङले विनाशकारी भूकम्पपछि उद्दार, राहत र पुननिर्माणमा सक्रिय भएको बताए । उनले मनाङका अन्य पदाधिकारी लमजुङ र गोरखामा राहत वितरण कार्यमै सक्रिय रहेको बताए ।
गुरुङ मनाङले अन्य प्रभावित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, दोलखा लगायत प्रभावित जिल्लामा पनि आवश्यक राहत सामग्री सहयोग गर्ने बताए । मनाङको राहत सामग्री पाएपछि दाछुलिङ गुम्वाका अध्यक्ष कविराज गुरुङले राहतले चेतखोरका बासिन्दाको दुःखमा मल्हम लगाउन सहयोग पुगेको प्रतिक्रिया दिए ।
मनाङले भुकम्पपछि गोरखाको वारपार्कका १४ सय घरधुरीलाई सात लाख नगद प्रदान गरेको थियो । यसैगरी गोरखाकै लाप्राकमा पाँचलाख, गोरखाको गुम्दा, केरुम्जा, काशीगाँउ, मान्वु धादिङको रि, सिम्ला, सिन्धुपाल्चोक, रामेछापको खुम्वुकास्थली, लमजुङको कोल्की, भाचोक र चिती गाविसका घरधुरीलाई त्रिपाल र खाद्यान्न सामग्री प्रदान गरेको मनाङ मस्र्याङ्दी क्लबका कोषाध्यक्ष गुरुङले जानकारी दिए ।

लाई जस्ता, त्रिपाल, औषधी, खाद्य सामग्री वितरण गरेको हो । मनाङले भूकम्पबाट अति प्रभावित वडा नम्बर तीनको चेतखोर र दुईको तामाङ बस्तीका एकसय ६० घर धुरीलाई एकएक बन्डल जस्ता समेत उपलब्ध गराएको थियो। पीडित परिवारलाई मनाङका कोषाध्यक्ष दोर्जे गुरुङ लगायतका पदाधिकारीले राहत सामग्री हस्तान्तरण गरेका थिए । भूकम्पबाट मनकामना गाविसका चेतखोर र तामाङ बस्तीमा गरी लुईसय ५० घरमा पूर्ण क्षति पुर्याएको छ ।

भूकम्पप्रतिरोधी घरका डिजाइन तयार

0 comments
जेस्ठ २३,सरकारले १० प्रकारका भूकम्पप्रतिरोधी घरका डिजाइन तयार पारेको छ। सहरी विकास तथा भवन निर्माण विभागले देशका जुनसुकै क्षेत्र तथा भूबनोटमा बनाउन सकिने गरी परम्परागत तथा आधुनिक १० थरी प्रविधि सर्वसाधारणमा लैजान लागेको हो।

विभागले तयार पारेको डिजाइनसहित प्राविधिक पक्ष सहरी विकास मन्त्रालयले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ। यो प्रविधि र डिजाइन अनुमोदन

विभागले न्यूनतम चार लाख ७१ हजारदेखि २० लाख रुपैयाँसम्मको लागतमा बनाउन मिल्ने घरका डिजाइन तयार गरेको हो। डिजाइनभन्दा प्रविधिमा केन्द्रित रही नमुना बनाइएकाले भूकम्प प्रतिरोधी घर बनाउन तोकिएअनुसारका कच्चापदार्थ तथा निर्माण सामग्रीको प्रयोग अनिवार्य हुने विभागले उल्लेख गरेको छ।

घरका अधिकांश डिजाइन र प्रविधि ग्रामीण क्षेत्रलाई केन्द्रित गरिएका छन्। विभागले दिएको प्राविधिक पक्ष पालना गरेमा गाउँमा तीन तलासम्मका घर बनाउँदा इन्जिनियरको सहयोग नलिए पनि हुन्छ। विभागका अनुसार त्यसभन्दा अग्ला भवन बनाउन अनिवार्य रूपमा इन्जिनियरले नक्सा, डिजाइन तयार पार्नुसाथै माटो परीक्षणसमेत अनिवार्य गर्नुपर्नेछ।

अहिले तयार पारिएका घरको डिजाइन र प्रविधि स्वीकृत भएपछि डकर्मी, सिकर्मी तथा ठेकेदारलाई तालिम दिने योजना पनि सँगसँगै कार्यान्वयन गर्ने सहरी विकास मन्त्रालयले जनाएको छ।

गाउँका जनताले आफ्नो आर्थिक क्षमताअनुसार घर बनाउनुपर्ने भएकाले न्यूनतम लागतमा सजिलै उपलब्ध हुनसक्ने प्रविधिलाई सरकारले जोड दिएको हो।

गाउँमा धेरैको माटो परीक्षण गराएर घर बनाउन सक्ने क्षमता नहुने भएकाले जुनसुकै किसिमका माटोमा पनि टिक्न सक्ने प्रविधि तथा निर्माण सामग्रीको संयोजन गरिएको विभागले जानकारी दिएको छ।

माटो परीक्षण गर्न एक लाख रुपैयाँभन्दा बढी खर्च हुने भएकाले गाउँका अधिकांश व्यक्तिको आर्थिक क्षमताले भ्याउँदैन। सहरी विभाग तथा भवन निर्माण विभागका उपमहानिर्देशक राजुमान मानन्धरले गाउँका जनताको आर्थिक क्षमता तथा सहजै उपलब्ध हुनसक्ने सामग्रीसमेतलाई ध्यान दिएर भूकम्प प्रतिरोधात्मक प्रविधिका घर बनाउन आवश्यक रहेको बताए।

'व्यक्तिको आर्थिक अवस्था, जग्गाको किसिम, सांस्कृतिक पक्षलाई समेत ध्यान दिनुपर्ने भएकाले सोहीअनुसारका घरका नमुना र प्रविधि तयार पारिएको हो', उनले भने। सहरी विकास मन्त्रालयले प्रस्तावित प्रविधि र डिजाइन स्वीकृत गरेपछि सोहीअनुसार नक्सा पास गरी घर बनाउने बाटो खुला हुनेछ।

भूकम्पले घर ध्वस्त भएका व्यक्ति तथा परिवारलाई दुई प्रतिशत ब्याजदरमा ऋण दिने भएकाले मन्त्रालयले केही दिनभित्रै प्रस्तावित प्रविधिलाई स्वीकृति दिने तयारी गरेको छ। असार १० मा हुने दाता सम्मेलनमा घरका डिजाइन तथा प्रयोग हुने प्रविधिका नमुना देखाउने सरकारको योजना छ।

डिजाइनभन्दा प्रविधिमा केन्द्रित रही नमुना बनाइएकाले भूकम्प प्रतिरोधी घर बनाउन तोकिएअनुसारका कच्चापदार्थ तथा निर्माण सामग्रीको प्रयोग अनिवार्य हुन्छ।
भएपछि घर बनाउनेले यीमध्ये एक प्रविधि अनिवार्य रूपमा लागू गर्नुपर्नेछ।

Like us

 

Search

 
Enjoy the site