Saturday, June 27, 2015

अर्थमन्त्री डा.रामशरण महत संग गरिएको कुराकानी

0 comments
९ आशाद २०७२ मा प्रकाशित,नेपाल भूकम्पले अस्थाबेस्थापछि पुनर्निर्माणको लागि अन्तरास्ट्रिय सम्मेलन को तयारी को बारेमा आर्थमन्त्रि डाक्टर रामशरण महत र दिल भुषण पाठक बिच गरिएको कुराकानी।

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

कमेडी लोकगीत लावंग सुपारी मरिच मिलन लामा/प्रीति आले को स्वोरमा

0 comments
चर्चित हाँस्य कलाकार शेर बहादुर र प्रीति द्धवारा अभिनित निकै रमाइलो लोकगीत लावंग सुपारी मरिच गाएक मिलन लामा र गायिका प्रीति आले को स्वोर र छायांकन दुर्गा पौड्याल,सम्पादन बिष्णु शर्मा,निर्देशक प्रकाश भट्ट रहेको छ।

नेपाली कमेडी लोकगीत फेन्सी पसल खुमन अधिकारी र ज्ञानु मगर २०१५

0 comments

निकै नै रमाइलो लोकगीत चर्चित हाँस्य कलाकार हर्के हवल्दार र निरु खड्का द्धवारा अभिनित , स्वरमा खुमन अधिकारी र ज्ञानु मगर ,छायांकन राजेश घिमिरे ,निर्देसन शंकर बि. सि.,शब्द/रचनाकार राज छेत्री .

अभिरल बर्साका कारण नेपालगंज नगर डुबानमा

0 comments
    नेपालगन्ज, आषाढ ११ । दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण नेपालगन्जका विभिन्न भागहरु डुबानमा परेका छन् ।
    अविरल वर्षाका कारण नगरका बीपी चोक, धम्बोझी चोक, सदरलाइन, सुर्खेतरोड, घरबारी टोल, फुन्टेक्रा, इदगाह रोड काँरकादो, बाँकेगाउँलगायतका ठाउँहरु डुबानमा परेका हुन् ।
      डुबानका कारण पसलहरुमा राखिएका समानहरु भिजेर नस्ट भएका छन् । नेपालगन्ज उप–महानगरपालिकाले शुक्रबार बिहानैदेखि डुबान परेको ठाउँहरुमा डोजर लगाएर पानी खोल्ने प्रयास गरिरहेको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी पनि बिहानैदे सशस्त्र प्रहरी पनि बिहानैदेखि खटिएका छन् ।
     यता, राप्ती नदीको सतह शुक्रबार दिउँसोसम्म नबढेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलाई तयारी अवस्थामा भने राखिएको छ ।









बर्दियामा लगातार वर्षाका कारण ११० घर डुबानमा

0 comments
      दुई दिनदेखि परेको लगातार वर्षाका कारण बर्दियामा ११० घर डुबानमा परेका छन् भने सयाँै मानिस विस्थापित भएका छन् । असार १० र ११ गते आएको वर्षाका कारण बर्दियाको बासगढी नगरपालिका–४ मा रहेको सुकुम्बासी बस्ती खल्ला गाउँमा ५४ वटा घर, सोही नगरपालिकाको वडा नं ६ ककौरामा ३१ वटा घर डुबानमा परेको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताउनुभयो । यसैगरी गुलरिया नगरपालिका–२ सगमबस्तीमा २० वटा घर र सानो ताराताल नगरपालिका–१२ मा पाँच वटा घर डुबानमा परेका छन् । दुई दिनदेखिको लगातारको वर्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह बढेको छ । कर्णाली नदीको चिसापानीमा पानीको सतह ५.८५ मिटरबाट बढेर ६.८५ पुगेको जल मापन केन्द्र चिसापानीले जनाएको छ । बबई नदीको चेपागमा रहेको जलमापन केन्द्रका अनुसार त्यहाँ राखिएको पानी नाप्ने यन्त्रले बबई नदीमा पानीको बहाव घटिरहेको देखाएको छ । नदीमा बिहान पानीको सतह ३.८० मिटर रहेकामा अहिले ३.२० मा झरेको छ । नदीमा ६.५ मिटर पुगेमा खतरा मानिन्छ । घर डुबानमा परेपछि पीडित विद्यालय र आफन्त कहाँ बसिरहेका छन् ।

आबुधाबीबाट भुकम्प पिडित राहत कोषमा ४३ लाख जम्मा

0 comments
       आबुधाबी- संयुक्त अरब इमिरेट्स युएईमा रहेका नेपालीले साँस्कृतिक कार्यक्रम गरेर संकलन गरेको राहत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् । गएको जेठ २९ गते आबुधाबीमा गरिएको साँस्कृतिक कार्यक्रमबाट संकलन भएको ४३ लाख ६ हजार ३ सय ८० रुपैयाँ युएइमा रहेको नेपाली दूतावास मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो । आइतबार दूतावासमा एक कार्यक्रम गरी रकम हस्तान्तरण गरिएको युएइमा कार्यरत गायक प्रकाश पौडेलले जानकारी दिए ।
  कार्यक्रममा नायक राजेश हमाल, हाँस्य कलाकार दीपकराज गिरी, दीपा श्री निरौला, गायक तिलक बममल्ल, इन्द्र जिसी, गायिका सम्झना लामिछाने, प्रजिता गेलाल, आस्था राउत र डिआइडी लिटल मास्टरकी विजेता तेरिया फौजा मगरले आ–आफ्नो प्रस्तुति दिएका थिए ।   कार्यक्रमको  संयोजन एनआरएन युएईका अध्यक्ष  कृष्ण भुसालले गरेका हुन् । सहयोग संकलनका लागि आयोजित सो साँस्कृतिक कार्यक्रममा  युएईका लागि नेपाली राजदूत  धनञ्जय झा पनि उपस्थित थिए ।    कार्यक्रम  करिब ४ हजार मानिस सहभागि भएको र यो  युएईमा आहिले सम्मकै बिसाल कार्यक्रम भएको बताइएको छ ।  



Friday, June 26, 2015

पाकिस्तानमा गर्मीका कारण मर्नेको सङ्ख्या करिब १००० पुग्यो

0 comments
       इस्लामाबाद, सामुद्रिक किनारमा अवस्थित पाकिस्तानी सहर कराची र सिन्ध प्रदेशमा  भीषण रूपमा चलेको तातो हावाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या करिब १००० पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यहाँको अस्पतालमा आपत्काल घोषणा भएको र स्वास्थ्यकर्मीहरू बिरामीको उपचारमा कार्यरत रहेका जनाइएको छ । कराचीको प्रान्तीय राजधानीमा अवस्थित एक प्रमुख अस्पतालमा तातोहावा अर्थात् लूको कारण बिरामी भएर आएका व्यक्तिको ठूलो सङ्ख्यामा मृत्यु भएको र त्यहाँ तीन हजारभन्दा बढी व्यक्ति उपचारार्थ रहेको चिकित्सक सेमी जमालीले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।    पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार सन् १९९७ यता हाल आएर पाकिस्तानको आर्थिक केन्द्रका रुपमा रहेको कराची सहरको तापक्रम पहिलो पटक ४५ डिग्री पुगेको छ । कराची सहरको करिब दुई करोड व्यक्तिको बसोबास रहँदै आएको छ ।  
      पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले यस घटनाप्रति गहिरो दुःख प्रकट गर्नुभएको प्रधानमन्त्री कार्यालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिमा सरिफले उपचारार्थ अस्पताल भर्ना भएका व्यक्तिहरूका लागि सक्दो राम्रो उपचारका लागि पनि आदेश दिनुभएको जनाइएको थियो ।    पाकिस्तानको मानवअधिकार नियोगले थप व्यक्तिको ज्यान जानबाट जोगाउनका लागि सरकारले तुरुन्तै प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने जनाएको छ ।    यसैबीच प्रान्तीय सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ र यहाँका बासिन्दालाई घरमै बस्न सल्लाह दिएको छ । यस प्रकोपबाट ज्यान गुमाउने प्रायः दिउँसो घर बाहिर काम गर्ने श्रमिक परेको एक अधिकारीले बताएका छन् ।    केही समय अगाडिमात्र पाकिस्तानको छिमेकी राष्ट्र भारतमा गर्मीको लहरका कारण दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।


वार्षिक ३५ हजार पाउण्ड कमाउनेले मात्र युके मा सेटललमेंट भिषा

0 comments
   लण्डन ।  बेलायतमा कार्यरत विदेशी आप्रवासीहरुले यहांको सेटलमेन्ट पाउनका लागि कम्तीमा वार्षिक ३५ हजार पाउण्डको कमाइ देखाउनुपर्ने नयां इमिग्रेसन नीतिबारे तात्तातो बहस चलेको छ । होम सेक्रेटरी थेरेसा मेले सन २०१२ मा घोषणा गरेको यो नीति सन २०१६ को अप्रिलबाट लागु भएपछि यसले हजारौं आप्रवासी कामदारका लागि बेलायतको सेटलमेन्ट पाउने ढोका बन्द गरिदिनेछ । जसबाट ठूलो संख्याका नेपालीहरु पनि प्रभावित हुने निश्चित छ ।
   युरोपेली संघबाहिरका देशबाट बेलायतमा आएर टिएर टुअन्तर्गत वर्क पर्मिट लिएर पांच वर्ष काम गरेपछि यहांको सेटलमेन्टका लागि आवेदन गर्न पाउने व्यवस्था थियो । तर नया नीति लागु भएपछि भने वार्षिक ३५ हजार पाउण्डभन्दा कम आम्दानी हुनेहरु सो सुविधाबाट बञ्चित हुनेछन ।
  बेलायतस्थित नेपाली सोलिसिटर राजु थापा भन्छन, ''सन् २०११ को अप्रिल ६ तारिखभन्दा पछि बेलायतमा वर्क पर्मिट लिएर आउनेहरुको हकमा नया नीति लागु हुनेछ । सन २०११ को अप्रिल ५ तारिखभन्दा अघि नै वर्क पर्मिट लिएका कामदारलाई भने नयां नीतिले असर गर्नेछैन ।''
  उनका अनुसार वार्षिक कमाइको मापदण्ड पुरा गर्न नसकेर सेटलमेण्ट पाउन नसक्नेहरुले पहिलेकै वर्क पर्मिट नै लम्ब्याउन पनि पाउने छैनन ।  थापा भन्छन, ''जसले आवश्यक कमाइ देखाउंछ, उसले सेटलमेन्ट  पाउंछ, नसक्नेले स्वदेश फर्किनुपर्ने हुन्छ ।''
  बेलायतमा कार्यरत अधिकांश आप्रवासी कामदारको वार्षिक कमाइ ३५ हजार पाउण्डभन्दा कम नै हुने भएकाले यस नीतिबाट धेरै प्रभावित हुनेछन । एक तथ्यांकअनुसार गत वर्षमात्र युरोपेली संघ बाहिरका मुलुकबाट करिब ६८ हजार कामदार बेलायतमा काम गर्न आएका थिए ।
  सिमित संख्यामा वित्तिय तथा अरु प्राविधिक क्षेत्रमा जागिर हुनेहरुले वार्षिक ३५ हजारभन्दा बढि कमाइ गर्ने भएपनि अधिकांश कामदारलाई भने नयां नीतिले मर्कामा पार्ने निश्चित छ । अधिकांश नर्सहरुको कमाइ पनि त्यसभन्दा कम हुने गरेकाले आप्रवासी कामदारमै निर्भर भनिने यहांको स्वास्थ्य सेवा एनएचएस पनि यसबाट निकै प्रभावित हुने विश्लेषण छ ।
  यहां वर्क पर्मिटमा कार्यरत नेपालीहरुमा पनि धेरै रेष्टुरेन्ट, होटेल वा नर्सिंग लगायतका क्षेत्रमा छन । जसमध्ये अधिकांशको वार्षिक कमाइ ३५ हजार पाउण्ड भन्दा कम नै हुने गरेको छ । यसकारण यो नयां व्यवस्थाबाट उनीहरु पनि प्रभावित हुने भएका छन ।
  एक बेलायती नागरिकको औसत वार्षिक कमाइ पनि २६ हजार पाउण्डको हाराहारीमा मात्र हुने सन्दर्भमा आप्रवासीका लागि ३५ हजारको मापदण्ड तोक्ने सरकारी नीतिलाई अव्यवहारिक भन्दै तिब्र आलोचना गरिएको छ ।

सरकारले आवासीय भवनमा सटर वा पसल राख्न नपाने

0 comments
      ११ आसार, काठमाडौ । सरकारले आवासीय भवनमा सटर वा पसल राख्न नपाने ब्यवस्था गर्न लागेको छ । भवन निर्माण सम्बन्धी मापदण्ड संशोधन गरी सहरी विकास मन्त्रालयले यस्तो नियम ल्याउन लागेको हो । यो प्रस्ताव मन्त्रीपरिषदले पारित गरेपछि अब निर्माण हुने आवासीय भवनमा सटर तथा पसल राख्न पाइने छैन । सटर र पसलको स्वीकृति लिए त्यस्तो भवन स्वतः ब्यापारिक मानिनेछ ।
      त्यस्तै, ६ मिटरभन्दा कम चौडाइको सडक वरपर बन्ने भवनमा पनि सटर राख्न नपाइने भएको छ । सटर राख्दा कम्तीमा ३ मिटरको ‘सेट ब्याक’ छाड्नुपर्ने प्रस्तावमा रहेको कारोबार दैनिकमा खबर छ ।
    सहरी विकासले ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड २०७२’ मा सुझावका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय प्रस्ताव पठाएको छ । सरोकारवालासँग छलफलपछि स्वीकृतिका लागि मन्त्रीपरिषदमा पेश गरिनेछ ।
     मापदण्डमा तीन तलाभन्दा अग्ला सबै आवासीय र सर्वसाधारण भेला हुने सपिङ मल, सुपरमार्केट, स्कुल/कलेज, अस्पताल, नर्सिङ होम, पार्टी प्यालेस, सिनेमा हल लगायतका भवन निर्माण गर्दा अनिवार्य रुपमा माटो परीक्षण गर्नुपर्ने र योजनाअनुमति लिनुपर्ने ब्यवस्था गरिएको छ ।
     १७ मिटरभन्दा अग्ला भवनका लागि थप भौगर्भिक परीक्षण तथा भूकम्पीय विश्लेषण प्रतिवेदनसहित नक्सापास अनुमतिका लागि निवेदन दिनुपर्ने ब्यवस्था गरिएको छ । खानी तथा भूगर्भ विभागले नेपाल राजपत्रमा प्रकाशित गरी निषेध गरेका क्षेत्रमा घर बनाउन नदिइने पनि प्रस्ताव गरिएको छ ।


१८ बर्षिय श्रीमतीसहित ७ जनाको हत्या गरि कतारमा

0 comments
     पत्नी ,सासु ससुरा र अर्की एक महिलालाई मारेर सप्तरीका एक युवा कतार पुगेका छन् ।
     सप्तरीको पटेवा घर भएका ३५ बर्षिय मोहम्मद सकिल हुसेन मियाँ कतारमा बसिरहेका हुन् । उनले पत्नी १८ बर्षिय सैरुन खातुन, ससुरा ५८ बर्षका इद्रिस खालिफा, सासु ५५ बर्षकी जैतुन खातुन र अर्की एक महिला दुलारी देवी साहलाई मारेको खुलेको छ ।
    इन्टरपोलले उनलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरेको छ ।इन्टरपोलले गत सोमबार रेडकर्नर नोटिस जारी गरेको हो । सकिलले सुनसरीमा पत्नी, सासु ससुरा, सप्तरीमा दुलारी देवीबाहेक थप तीन जनाको हत्या गरेको खुलेको छ । यिनले सप्तरीको त्रिकोलमा निर्मलादेवी साहको हत्या गरेको खुलेको छ ।
    साहको लास गाडिएको थिएन । यस्तै सदरुल मिया र उनकी बुहारी सागिरा खातुनको सप्तरीकै बिसनपुरबाट दुई किलोमिटर दक्षिणमा रहेको कुखुरा फार्ममा मारेर गाडेका थिए । सप्तरी प्रहरीले गाडेको शव फेला पारेको छ।



मोबाईल ढिला,ह्यंग हुने समस्या छभने एसो गर्नुस ठिक हुनसक्छ

0 comments

            मोबाइल स्लो भएर हैरान हुनु भयो भने मोबाइलको स्पिड बढाउने ५ उपाय थाह पाईराखौ
एन्ड्रोइड अपरेटिङ सिस्टम सहितको मोबाइल तपाइ पनि बोक्नु हुन्छ होला। नयाँ किन्दा जस्तो स्पिड नभएर हैरान पनि पक्का हुनु हुन्छ होला। खुरुखुरु मोबाइल चलाउने अनि मोबाइललाइ औषधि उपचार गर्ने त पक्का पनि गर्नुहुन्न। अनि ‘स्लो’ भयो, ‘ह्याङ्ग’ भयो, ‘रेस्पोन्स’ गरेन भन्दै साथिभाइ संग टिप्स लिँदालिँदा अब त स्लो नै भएपनि त्यसैमा बानी नै परेको होला।
      तपाइले सानो सानो कुराहरुमा ध्यान दिनुभयो भने पनि प्रोसेसिङ को साथै रेस्पोन्स स्पिड पनि बनाउन सकिन्छ मोबाइलको।
    डाउनलोड अनि इन्सटल गरिएका एप, क्यासमा बसेका डाटा, ब्याकग्राउण्डमा चलिरहेका एप, एनिमेसन स्पिड, अादि कैयौ कुराहरुले तपाइको मोबाइलको पर्फरमेन्स निर्धारण गर्ने गर्छ।
तपाइको एण्ड्रोइड मोबाइलको स्पिड ५ टिप्सहरु तल प्रस्तुत गरिइकाछन्।
१. नचालाइले एप तथा गेमहरु डिलिट गर्नुहोस।
केहि नयाँ भेट्यो कि डाउनलोड गरिहाल्ने अनि अलि दिन पछि चलाउन छोड्ने, धेरै जस्तो गेम वा एपमा हामी यस्तै गर्छौ। यस्ता एपहरु नचालाउदा पनि तपाइको मोबाइलको सिपियुको मा केहि न केहि रिसोर्स ओगटि रहन्छ, ब्याकग्राउण्ड सर्विसको लागि। त्यस्तै मेमोरीलाइ पनि यत्रतत्र छरिरहन्छ, जसलाइ फ्राग्मेन्टिङ भनिन्छ। त्यसैले नचालाइले एपहरु डिलिट गर्नुहोस।
२. क्यास्ड डाटा किल्न गर्नुहोस्।
क्यास्ड डाटा सामान्यतया तपाएको सजिलोको लागि राखिन्छ। जस्तो कुनै एप वा साइट खोल्दा सामान्यतया धेरै प्रयोग भइरहने फोटो तथा आइकनहरु तपाइकै मोबाइलमा स्टोर भएको हुन्छ। यो क्यास्ड डाटाहरु कुनै एप डिलिट गरेपनि स्टोर भइरहेको हुन सक्छ, जसले तपाइको मोबाइलको मेमोरी ओगटिरहेको हुन्छ। समय समयमा क्यास्ड डाटा क्लिन गर्ने गर्नुहोस।
३. एनिमेसनहरु कम गर्नुहोस् वा बन्दै गर्नुहोस।
एनिमेसनले तपाएको सिपियु रिसोर्स निरन्तर ओगटिरहेको हुन्छ। Settings >> About Phone जानुहोस, Build number खोज्नको लागि तल स्क्रोल गर्नुहोस अनि सात चोटि ट्याप गर्नुहोस, एउटा म्यासेज आउछ तपाइ डेभलपर हो भन्ने। ब्याक जानुहोस, Developer option देख्नुहुनेछ System भित्र। त्यहाँ जानुहोस अनि Window animation scale, Transition animation scale, र animatior duration scale को लागि तल स्क्रोल गर्नुहोस। प्रत्येकलाइ .5x वा off गर्नुहोस।
४. अपटुडेट रहनुहोस।
नयाँ अपडेटहरुमा पुराना सफ्टवेरमा भएका समस्याहरु समाधान भएर आएका हुन्छन। जसले सिपियु, र्याम लगायतका हार्डवयर्स र एपहरु बिचको कम्युनिकेसन राम्रो गराउछ। तपाएको मोबाइलको अपरेटिङ सिस्टम अपटुडेट हुनु जरुरी हुन्छ।
५. फ्याक्ट्रि रिसेट गर्नुहोस।
फ्याक्ट्रि रिसेटले तपाइको मोबाइलको सेटिङ्स तथा डाटाहरु क्लियर गर्छ। Settings>>Backup & reset>>Factory Data reset मा जानुहोस रिसेटको लागि।

भूकम्पले काठमाडौँलाई रातभरिमा ३ चोटी हल्लायौ

0 comments
काठमाडौं, आषाढ ११ । गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’को दुई महिना पुग्दासमेत पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।
      विहीबार राति मात्रै तीनओटा पराकम्पन आएका छन् । विहीबार राति ९ बजेर ७ मिनेटमा नुवाकोट केन्द्रबिन्दू भएर ४ दशमलव ३ म्याग्निच्यूडको पराकम्पन आएको थियो । जसको धक्का काठमाडौंसम्म महसुस गरियो ।
       यस्तै, विहीबार मध्यराति ११ बजेर ४९ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन मापन भएको थियो ।
      यसको दुई मिनेटपछि नै राति ११ बजेर ५१ मिनेटमा नुवाकोट र सिन्धुपाल्चोकको सीमा आसपास केन्द्रबिन्दू भएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्पन मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
      यसअघि, बुधबार ४ म्याग्निच्यूडमाथिको एकओटा पराकम्पन मापन भएको थियो भने मंगलबार कुनै पराकम्पन मापन भएन । सोमबार पनि एकओटा मात्रै पराकम्पन आएको थियो ।  
      शक्तिशाली गोरखा भूकम्पपछि शुक्रबार बिहानसम्म ४ म्याग्निच्यूडमाथिका ३३० ओटा पराकम्पन राष्ट्रिय भूकम्प मापन केन्द्रले मापन गरिसकेको छ ।


Thursday, June 25, 2015

अमेरिकाको टेक्सास,टेक्सोमा भन्ने ठाउँमा ८ फूट ठुलो प्वाल

0 comments

कपाल झर्ने समस्या र झरिसकेको छ भने यी घरेलु उपाय अपनाउनुस्

0 comments
        हिजोआज युवावस्थामा नै कपाल झर्ने समस्याले अधिकांस पीडित र चिन्तित् छन् । कपाल झर्ने समस्या कसैका लागि तनाव र चिन्ताको कारण पनि हुनसक्छ । वंशानु गुणका कारण पनि युवावस्थामै कपाल झर्न सक्छ । तर महिलाहरुमा भने यो समस्या ३० वर्षको उमेरपछि देखा पर्न सक्छ ।यस्तै, खानपान, प्रदूषित पर्यावरण, औषधिहरुको नकरात्मक प्रभाव तथा अन्य केही कारणले पनि कम उमेरमै कपान झर्ने समस्या देखिन सक्छ । यदी तपाईंलाई पनि कपाल झर्ने  समस्या र कपाल झरिसकेको छ भने यी दुई घरेलु उपाय अपनाउनुस् ।
१, जटामांसीलाई नरिवलको तेलमा उमाल्ने । सेलाएपछि यो तेललाई एउटा बोतलमा राख्ने र दैनिक रुपमा सुत्नु अघि कपाल झरेको स्थानसहित टाउकोमा यो तेलले मालिस गर्ने । यसो गर्दा कपाल झर्ने समस्या हट्नुको साथै झरेको स्थानमा फेरि आउने सम्भवना रहन्छ ।
२, नुन र कालो मरिच एक एक चम्चा र नरिवलको तेल पाँच चम्चा मिलाएर कपाल झरेको  स्थानसहित टाउकोमा लगाउँदा पनि कपाल झर्ने समस्या हुँदैन । र कपाल झरिसकेको स्थान पनि फेरि कपाल आउने सक्ने सम्भावना हुन्छ ।







नेपालको पुनर्निर्माणको लागि कसकसले कति दियो हेर्नुहोस

0 comments
       काठमाडौं, १० असार,नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटनसत्र सकिएको छ । काठमाडौंको सोल्टी होटेलमा जारी सम्मेलनको उद्घाटनसत्रका बेला विभिन्न मुलुक र दातृ संस्थाहरुका प्रतिनिधिहरुले नेपालमा हालै गएको भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण, निर्माण, नव निर्माण तथा राहतका लागिसहयोग रकमको घोषणा गरेका छन् ।
      उद्घाटन सत्रलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले १ खर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरिन् । यस्तै सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले ७६ अर्ब, जापानका विदेश राज्य मन्त्री मिनोरु कियुचीले २६ अर्ब, एशियाली विकास बैंकका अध्यक्ष ताकेहिको नाकाओले २५ अर्बको सहयोलाई ६० अर्ब रुपैयाँसम्म पुर्याउने घोषणा गरेका छन् ।
      यस्तै नर्वेका विदेशमन्त्री वर्ग ब्रेन्डेले ३ अर्ब रुपैयाँको घोषणा गर्दा अमेरिकी विदेशमन्त्री जोन केरीको सन्देश बाचन गर्दै अमेरिकी राजदूत पिटर डब्लु बोडेले १३ अर्ब रुपैयाँको सहयोग घोषणा गरेका छन् । युरोपियन युनियनले ११ अर्ब रुपैयाँ अनुदान गर्ने घोषणा गरेको छ । विश्व बैंकले ५० अर्ब रुपैयाँको सहयोग गर्ने गरेको छ ।
     सम्मेलनलाई संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले भिडियो मार्फत सम्बोधन गरेका थिए । सम्मेलनमा ५६ मुलुकका करिब २ सय ८० प्रतिनिधि सहभागी छन्।




नुवाकोटको ओखरपौवालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प

0 comments
   आषाढ १०,नुवाकोटको ओखरपौवालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ९ बजेर ७ मिनेटमा गएको भूकम्प ४.३ रेक्टर स्केलको हो।
     काठमाडौंबाट १५ कि.मी उत्तर पश्चिम पारेर गएको भूकम्पको धक्का राजधानीसहित नुवाकोट, धादिङ, काभ्रेलगायतको जिल्लामा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका लोक विजय अधिकारीले बताएको छ। 
 

Wednesday, June 24, 2015

बाँसको ४० वर्षभन्दा बढी टिक्ने घर कम्तिमा साँढे ३ लाखमा तयार

0 comments


    ९असार, भूकम्पबाट घर ध्वस्त भएपछि धेरैले सस्तो घरको खोजी गरिरहेको अवस्थामा हिमालयन बेम्बोले बाँसबाट भूकम्प प्रतिरोधी घर बनाउने जनाएको छ । कम्पनीले भूकम्प प्रभावितलाई लक्षित गरेर सस्तोमा बाँसको घर बनाउने जानकारी दिएको हो । 
     बाँसलाई ट्रिटमेन्टपछि प्रयोग हुने भएकाले घरको आयु ४० वर्षभन्दा बढीको हुने र यस्तो घर नेपालको हावापानी र भौगोलिक अवस्था अनुकुल भएको कम्पनीको दाबी छ । बाँसको घर बनाउन फाउन्डेसनको लागि १५ दिन र घर पूरै निर्माण गर्न १५ दिन लाग्ने बताइएको छ ।
     कम्पनीले अहिलेसम्म दुई सय घर निर्माण गरिसकेको जनाएको छ । भूकम्पपछि मात्रै डेढ सय घरको अर्डर लिइसकेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
      घरको मूल्य साढे तीन लाखदेखि सुरु भएर सुविधा र कोठा अनुसार बढ्दै जानेछ । एक परिवारको लागि आवश्यक २ कोठा, भान्छा, ट्वाईलेट र बरण्डासहितको ३ सय ६० वर्गफिटको हुने यो घरको लागत प्रतिवर्ग फिट एक हजारदेखि १६ हजार रुपैयाँसम्म पर्ने विज्ञप्तीमा उल्लेख छ ।कम्पनीको हेटौंडामा रहेको उद्योगले बाँसको ट्रिटमेन्ट गरेपछि घरको फ्रेम निर्माण हुन्छ ।
     कम्पनीका अनुसार घरको फाउन्डेसनमा ढुंगा र सिमेन्ट प्रयोग हुन्छ । घरको छानो टिनको हुनेछ र भित्तामा बाँसमा सिमेन्टले प्लास्टर गरेपछि आर्कषक देखिने कम्पनीले जनाएको छ ।

भूकम्पपछि नयाँ घर निर्माणमा लगाएको प्रतिवन्ध हटाएको छ

0 comments

    ८ असार, काठमाडौं । सरकारले विनाशकारी भूकम्पपछि नयाँ घर निर्माणमा लगाएको प्रतिवन्ध हटाएको छ । साथै प्रक्रियामा रहेका नयाँ नक्सा पास स्वीकृति प्रक्रिया अघि पनि बढाउने निर्णय भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मन्त्रिस्तरीय निर्णयका आधारमा भवन निर्माणसम्वन्धी ८ बुँदे सर्कुलर जारी गरेको छ । जसमा गत जेठ ४ गते जारी भएको १६ बुँदे निर्देशनको प्रमुख १, २ र ३ नम्बरको निर्णयहरुलाई सम्बोधन गरिएको छ ।
    नयाँ निर्देशन अनुसार नक्सा पास भएका तथा निर्माण सुरु नभएका घरहरुको निर्माणमा लागेको प्रतिवन्ध हटेको छ । साथै निर्माणाधीनको हकमा दुई तलाभन्दा बढी बनाउन नपाइने व्यवस्था पनि खारेज भएको छ ।
निर्देशनको दोस्रो बुँदामा भनिएको छ-‘राष्ट्रिय भवन संहिता, र स्वकृत मापदण्ड बमोजित स्वीकृत भएका क, ख, ग र घ वर्गका भवनहरुको निर्माण कार्यलाई प्रचलित कानूनको परिधिमा रही निर्माण कार्य सुचारु गर्न दिने ।’ तर, निर्माण कार्य सुरु नभएका क र ख बर्गको भवनको हकमा भने माटो परीक्षण गर्नु पर्ने भएको छ ।
भवन ऐनको दफा ८ अनुसार क बर्गमा अन्तराष्ट्रिय स्तरका ठूला भवनहरु पर्छन् भने ख वर्गमा एक हजार स्वायरफिट क्षेत्रफल भएको र तीन तला वा सोभन्दा माथिका भवनहरु पर्छन् । ग बर्गमा तीन तलाभन्दा कमका र घ मा अन्य घरहरु पर्छन् ।
    मन्त्रालयका शाखा अधिकृत केशवराज पार्धले अनलाइनखबरसँग भने-‘अब मापदण्ड अनुसार घर बनाउने पाइनेछ । यसअघिको प्रतिवन्ध हटेको छ ।’
    यस्तै भवन निर्माणका लागि प्रक्रियामा अगापडि बढेका भवनहरुको नक्सा तथा डिजाइनहरु राष्ट्रिय भवन संहिता तथा स्वीकृति मापदण्ड अनुसार भए कानून अनुसार नक्सा स्वीकृत गर्ने निर्णय भएको छ ।
तर, भवन निर्माण अनुमतिका लागि असार मसान्तसम्म नयाँ निवेदन दर्ता नगर्ने निर्णय भने कायमै राखिएको अधिकृत केशवराज पार्धले बताए ।
    भूकम्प कारण क्षति भएका तथा मर्मतयोग्य घरहरु मर्मत तथा रेट्रोफिट गर्न सकिने भएको छ । नियम अनुसार नक्सा पास भएर बनेका घरहरुको मर्मत तथा रेट्रोफिट गर्न योजनासहित गाविस वा नगरपालिकाको कार्यलयमा निवेदन दिनु पर्नेछ ।
उपत्यका बाहिर नमुना मापदण्ड
   मापदण्ड लागू नभएका उपत्यकाका नगरपालिकाहरुले अर्को व्यवस्था नभएसम्म काडमाडौं उपत्यकाभित्र नगपालिका र नगरोन्मुख गाविसमा गरिने निर्माण सम्वन्धी मापदण्ड लागू हुने भएको छ ।
भवन निर्माणसम्वन्धी मापदण्ड नभएका उपत्यका बाहिरका नयाँ तथा पुरानो नगरपालिकामा भने शहरी विकास मन्त्रालयले जारी गरेको भवन निर्माणको नमुना मापदण्ड लागू हने स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
    ८ बुँदे निर्देशन अजुसार अब अन्तराष्ट्रिय स्तरका ठूला र तीन तलाभन्दा माथिका घरहरुको नक्सा तथा डिजाइन, निर्माण, प्राविधिक सुपरिवेक्षण तथा प्रमाणिकरण नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएका इन्जिनियरले मात्र गर्न पाउने छन् ।
नगरपालिकामा यस्ता इन्जिनियर नभए करारमा व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।


शर्प र खरायो को घमाशान लडाई

0 comments




जादुमयी आइफोन ७ छिट्टै आउदै छ

0 comments
     एप्पलको आइफोनका पारखीहरुका लागि खुसीको खबर छ । एप्पलले निकट भविष्यमा बजारमा ल्याउने आइफोन ७ यस्तो हुनेछ, जुन विद्यमान स्मार्टफोनहरुको आधारमा हुने कल्पना भन्दा भिन्न हुनेछ ।
     समाचार अनुसार आइफोन ७ मा होम बटन हुनेछैन । होम बटन नहुने भएपछि स्मार्टफोनको पूरै फ्न्ट प्यानलमा स्मार्टफोनको स्क्रिन रहनेछ । होम बटन हुने ठाउँमा फिंगरपि्रन्ट सेन्सर हुनेछ, जसका कारण यो आइफोनले निकै अत्याधुनिक तथा अनौठो तरिकाले काम गर्नेछ ।
      डिजीटाइम्सका अनुसार आइफोन सेभेनमा एप्पलले नयाँ प्रविधिको प्रयोग गर्दैछ, त्यसको नाम हो टच एण्ड डिस्प्ले ड्राइभर इन्टिग्रेसन अर्थात् टीडीडीआइ सिंगल चिप सोल्यूसन । यो प्रविधि एकिकृत फिंगरपि्रन्ट सेन्सरले युक्त हुनेछ । यो प्रविधिको प्रयोगले आइफोन सेभेनलाई निकै पातलो अर्थात् अल्ट्रा  स्लिमका साथै डिस्प्लेलाई अल्ट्रा न्यारो बनाउनका लागि सहयोग मिल्नेछ ।
       एप इनसाइडरका अनुसार एप्पलको यो जादुमयी फोन २०१७ सम्ममा बजारमा आउनेछ । एप्पलका कैयन् नयाँ प्रोजेक्टका बारेमा प्रायः सही जानकारी दिने सबैजसो सुत्रहरुले आइफोन सेभेनमा एप्पलले होम बटन हटाएर नयाँ प्रविधिको प्रयोग गर्न लागेको पुष्टि गरेका छन् ।
       दाबी गरिएअनुसारको प्रविधिले युक्त आइफोन सेभेन बजारमा आयो भने सेल्फीप्रेमीहरुका लागि यो फोन पहिलो रोजाइको हुनेछ । किनकी आइफोन सेभेनबाट निकै सार्प सेल्फी लिन सकिनेछ । एप्पलले आगामी आइफोनको फ्रन्ट क्यामराको क्षमता विस्तार गर्न लागेको आइओएस नाइनको कोडिङको विश्लेषण गर्ने विज्ञहरुले बताएका छन् ।
        आइफोन सेभेनको फ्रन्ट क्यामराबाटै फुल एचडी भिडियो रेकर्ड गर्न सकिनेछ र फ्लास समेत दिन सकिन्छ । आइओएस नाइस फेसटाइम क्यामरालाई १०८० पिक्सेलमा भिडियो रेकर्ड गर्न मद्दत गर्दछ । जबकी आइफोन सिक्स तथा सिक्स प्लसमा ७२० पिक्सेलको फ्रन्ट क्यामरा छ । फ्रन्ट क्यामराको क्षमता विस्तारका कारण आइफोन सेभेनबाटै प्यानोरेमिक सेल्फी लिन सकिनेछ ।
       आइफोन सेभेनमा फोर्स टच प्रविधि हुनेछ जसले एप्स प्रयोगलाई अझै सहज बनाउनेछ । यो प्रविधिलाई एप्पलले म्याकबुकमा प्रयोग गरिसकेको छ । यो प्रविधि अनुसार यदि तपाइँले फोनको स्क्रिनमा केही सेकेण्डसम्म थिचिरहनुभयो भने फोनले बुझ्नेछ की तपाइँ फोन मेनुमा जान चाहनुहुन्छ । अनि आइफोनको स्क्रिनमा  फोन मेनु देखिनेछ ।
        श्रोतका अनुसार आइफोन सेभेनमा ए नाइन प्रोसेसर, २ जिबी य्राम  हुनुका साथै १२ मेगापिक्सेलको पछाडिको क्यामरा रहने बताइएको छ । श्रोतका अनुसार आइफोन सेभेनमा एप्पल वाचमा जस्तै आल्मुनियम तथा रोज गोल्डको प्रयोग गरिनेछ









Tuesday, June 23, 2015

अफगानिस्तानको संसदभवनलाई आतंकबादीबाट जोगाउने सैनिकलाई राष्ट्रपतिबाट सम्मान

0 comments
    ८ असार, अफगानिस्तानको संसदमा तालिबानले गरेको आक्रमणलाई असफल पार्न महत्वपूर्ण भूमिका खेल्ने सैनिकलाई राष्ट्रपतिले सम्मान रगरेका छन् ।
    राष्ट्रपति असरफ घानीले सैनिक ईसा खानलाई एक फ्याटको साँचो हस्तान्तरण गरेका छन् । उनले संसदमा आक्रमण गर्ने सात मध्ये ६ आक्रमणकारीलाई मारेका थिए ।
    राष्ट्रपतिले ईसा खानलाई आफ्नो निवासमा स्वागत गरेको तस्वीर समेत सार्वजनिक भएको छ । ईसालाई मेडल दिनुका साथै बढुवा समेत गरिने भएको छ ।
     सोमबार अफगान संसदमा प्रस्तावित रक्षामन्त्रीको परिचय गराइरहेका बेला बाहिर विस्फोट भएको थियो । लगतै आक्रमणकारीहरु भवन भित्र प्रवेश गरेका थिए । तर, सुरक्षाबलले ६ आक्रमणकारी मारेपछि तालिबानको प्रयास असफल भएको थियो ।
       स्थानीय सञ्चार माध्यमले आक्रमणपछि चरमपन्थीको शव नजिकै उभिएका ईसाको तस्वीर देखाएका थिए । उनले भनेका थिए-‘म त्यहाँ तैनाथ थिएँ । मैले उनीहरुलाई संसदतर्फ आउँदै गरेको देखेँ । पहिलो एकलाई मारे । सबै गरेर ६ जनालाई मारेँ ।
      देशका लागि आफू ज्यान दिन तयार रहेको उनले बताएका छन् । अफगान राष्ट्रपतिले ईसा खानको बहादुरीमा आफूलाई गर्व रहेको बताएका छन् ।


बिस्वको अग्लो होटेल दुबाईमा

0 comments
बिस्वको अग्लो होटेल दुबाईमा जसले गीनिज ओल्ड रिकार्ड मा नाम लिखाएको छ भिडियो हेर्नुहोस।



एक जंगली फल जुन खाएपछि जनावरहरु रक्सीले झैँ मात लाग्दछ

0 comments
     अफ्रिकामा पाउने  एक किसिमको फल,जुन जनावरहरुलाई अति नै मन पर्दो रहेछन र खाएपछि रक्सि लागेको जसरि मात लागि लडिबुडी हुदोरहेछन भिडिओ हेर्नुहोस ।




2072 S.L.C.पुरक परिक्षाको तालिका सार्बजनिक

0 comments
काठमाडौं, असार ४– आज एसएलसीको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले पुरक परीक्षाको तालिकासमेत आजै सार्वजनिक गरेको छ ।
   परीक्षा नियन्त्रण कार्यलयले दिएको जानकारी अनुसार पुरक परीक्षा आगामी साउन २० गतेदेखि २७ गतेसम्म चल्नेछ ।
    शनिबारको दिनसमेत चल्ने परीक्षाको केन्द्र सम्बन्धित जिल्लाको सदरमुकाममा हुने पनि जानकारी दिइएको छ भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।
SLC मा दुई विषयसम्म लागेकाले पुरक परीक्षा दिन सक्ने व्यवस्था छ ।

२०७२/o४ /२०    अनिबार्य  अंग्रेजी
२०७२/o४ /२१    अनिबार्य  नेपाली
२०७२/o४ /२२    अनिबार्य गणित
२०७२/o४ /२३    अनिबार्य बिज्ञान 
२०७२/o४ /२४     अनिबार्य सामाजिक शिक्षा
२०७२/o४ /२५      स्यस्थ्य,जनसंख्या तथा बाताबरण शिक्षा
२०७२/o४ /२६      ऐ.प्रथम पत्रका सबै बिषयहरु 
२०७२/o४ /२७     ऐ.  दोस्रो पत्रका सबै बिषयहरु




Monday, June 22, 2015

नेपाली नायिका प्रियंका कार्कीले कार किन्दा बिभिद आरोप

0 comments
          विनाशकारी भूकम्पले हजारौको ज्यान लियो, हजारौ घाइते भए र लाखौ घरबार बिहिन भए , महाभूकम्पको मारमा परेकाहरुलाई कैयन देशी -बिदेशी हरुले सहयोग गरे र गर्दैछन । यस्तैमा नेपाली कलाकारहरुले पनि सक्दो सहयोग जुटाएका तथा आफैले पनि सहयोग गरेका छन्। तर यो हप्ता एक जना चर्चित नेपाली चलचित्रका हिरोइनलाई भने भुकम्प पिडितको नाममा उठाइएको रकम बाट कार किनेको आरोप लागेको छ ।
         कुरा हो नायिका प्रियंका कार्कीको, झोले, नाइँ नभन्नु ल २ र नाइँ नभन्नु ल ३ जस्ता सफल चलचित्र बाट छोटै समयमा स्थापित नायिकाको रुपमा उभ्याउन सफल यी नायिका अहिले भने भर्खरै किनेको नया कारको कारण जघन्य आरोप खेपिरहेकी छिन । प्रियंका कार्की भूकम्प पश्चात भूकम्प पिडित हरुको सहयोगार्थ यु के मा आयोजित बिभिन्न नेपाली कार्यक्रमहरुमा सरिक भएकी थिइन्। यू के बाट फर्के पछि केहि संचार माध्यममा प्रियंका ले आफ्नै कमाइले नया कार किनेको सकारात्मक समाचारहरु आएका थिए ।
       प्रियंका स्वयमले भने जून १९ तारिखमा फेसबुक मार्फत शेयर गरेकी थिइन् यस पश्चात बिभिन्न व्यक्तिहरुले प्रियंकाले यू के मा भूकम्प पिडित को लागि कति उठाइयो र कहाँ खर्च गरियो कि त्यहि पैसाले आफ्नो लागि नया कार किनेको त हैन ? भनि प्रश्न तेर्स्याएका छन । , जून एक चर्चित नायिकाको लागि एक दमै गम्भीर आरोप हो । तर प्रियंकाले भने आफ्नो फेसबुक स्ट्याटस सच्याएर उक्त कार भूकम्पको २ दिन अघिनै किनेको बताएकी छिन । के थाहा प्रियंकाले आफ्नो सच्चाइ प्रमाणित गर्न कार किनेको मिति देखिने बिल समेत देखाउनु पर्ने हो कि ? नेपाली नायिका प्रियंका कार्कीले कार किन्दा बिभिद आरोप

Like us

 

Search

 
Enjoy the site