Thursday, July 2, 2015

हेमा मालिनी चढेको कार दुर्घटना

0 comments
       १७ असार,एक जमानाको प्रख्यात कलाकार तथा भारतीय जनता पार्टीका सांसद हेमा मालिनी इन्डीयाको  राजस्थानबाट ५० किमि टाँढा दौसा भन्ने ठाउँमा बिहिबार बेलुकी ९ बजेतिर उहाँको चार बिपरित दिशाबाट आएको अर्को कारसंग एक आपसमा ठोकिंदा दुर्घटना भै घाइते भएको छ।उहाँको निधारमा सानो चोट लागेको र त्यहाँको इस्थानिए आस्पतालमा उपचार भैरहेको छ ।
              बिपरित तर्फबाट आउने गाडीमा सवार ४ बर्से बच्चाको घटनास्थाल्मै मृतु तथा अन्य ४ जनाको उपचार हुदै छन्।

अन्तत कृषि मंत्रि हरि प्रसाद पराजुलीबाट राजिनामा

0 comments
       अस्सर १७, मिडियामा धान दिबसको अबसरमा महिलामाथि अस्लिन हर्कत गरेको खबर सार्बजनिक भएपछि आलोचित बनेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले पदबाट राजीनामा दिएका छन् । पराजुलीले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत प्रधानमन्त्री सुशील कोइरालालार्इ राजीनामा बुझाएका हुन् । पार्टीभित्र र बाहिरबाट मन्त्री पद छाड्न चौतर्फी दबाब परेपछि मन्त्री पराजुली बिहीबार बिहानै राजीनामा बुझाउन अध्यक्ष ओलीको बालकोटस्थित निबासमा पुगेका थिए । मन्त्री पराजुलीको हर्कतले एमालेमाथि नै चौतर्फी प्रश्न उठेपछि अध्यक्ष ओली र उपाध्यक्ष गौतम बुधबारै उनलार्इ हटाउने निचोडमा पुगेका थिए । आफूले नियतवश महिलालार्इ नसमातेको बताउने मन्त्री पराजुलीका हर्कतका तस्बिर र भिडियो सामाजिक सञ्जाल र सञ्चारमाध्यम भाइरल भएपछि उनको पद धरापमा परेको थियो । एमाले उपाध्यक्ष बामदेब गौतमको निकट भएकै कारण मन्त्री भएका पराजुलीले पदीय मर्यादा बिर्सेर महिलालार्इ अश्लील हर्कत देखाउँदै समातेपछि राजीनामा दिनुपरेको हो ।
     यो भन्दा अगाडी पनि सार्बजनिक स्थालमा खैनी मोलेको बिसयलेआलोचित बनेको थियो। बुधबार दिनभर सञ्चारमाध्यममा आफूले महिलामाथि नराम्रो हर्कत नगरेको स्पष्टिकरण दिएका थिए । अध्यक्ष ओली र उपाध्यक्ष गौतमले मन्त्री पराजुलीसँग हिजै स्पष्टिकरण लिएका थिए । स्पष्टिकरण दिने क्रममा मन्त्री पराजुलीले आफ्नो नियत गलत नभएको भन्दै बचाउको प्रयास गरेका एमाले स्रोतको भनाइ छ ।



























साउदीका राजकुमार अलवालीद तलालले ३२ अर्ब डलर दान दिने घोषणा

0 comments
      आषाढ १७ । बिल र मेलिन्डा गेट्सद्वारा स्थापित गेट्स फाउण्डेशनबाट प्रेरित संसारको ३४ औं धनी व्यक्तिमा पर्ने साउदी अरबका राजकुमार अलवालीद बिन तलालले आफ्नो सबै ३२ अर्ब डलर सम्पत्ति दान दिने घोषणा गरेका छन् ।६० वर्षिय राजकुमार तलालले यो पैसा सांस्कृतिक समझदारी बढाउन, महिला सशक्तीकरण र ठूला विपदहरुमा राहत प्रदान गर्न प्रयोग गरिने बताए ।संसारको ३४ औं धनी व्यक्ति हुन् ।राजकुमारले यसअघि पनि आफैंले स्थापना गरेको एक धार्मिक संस्थालाई साँढे तीन अर्ब डलर दान दिएका थिए ।एस्तो  निर्णयको सराहना गर्दै बिल गेट्सले विश्वलाई परोपकारी कर्ममा लाग्न प्रेरणा मिल्ने टिप्पणी गरेका छन् ।







आज बिहान भुकमपको २ परक्रमण

0 comments
१७ असार,भुकम्पको पराक्रमण आउने क्रम अझै रोकेएको छैन आज बिहान ५ बजेर २६ मिनेटमा काभ्रे केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन गएको छ ।त्यस्तै बिहान ७ बजेर ४१ मिनेट जांदा पनि सिन्धुपाल्चोक केन्द्र बनाएर ५ म्याग्निच्यूडको पराकम्पन गएको छ ।बुधबार पनि ४ म्याग्निच्यूडको ३   पराकम्पन गएको थियो ।हालसम्म ४ म्याग्निच्यूडमाथिका ३ सय ४० ओटा पराकम्पन मापन भइसकेका छन्।






















जापानलेले इंग्ल्यान्डलाई हराई फाइनलको यात्रतय

0 comments
अस्सर १७ ,क्यानाडामा जारी महिला बिस्वकप २०१५ को दोस्रो  सेमीफाइनलमा  जापानले इंग्ल्यान्ड लाई २-१ गोलको अन्तरले पराजित गरि फाइनलको लागि आफ्नो स्थान सुरक्क्षित पारिएको छ,जापानको तर्फबाट मियामाले ३२औ र बस्सेटले ९२औ मिनेटमा गोल गरिएको थियो। अर्कातर्फ विलीयमले ४०औ मिनेटमा गरेको गोलमै सिमित हुनु पर्यो।जापानले अमिरिकासंग (त्यहाँको स्थानिय समय अनुसार 5th july 4:pm ) नेपाली समय अनुसार २१(6th july) असार बिहान ४:४५ मा फाइनल खेल खेल्दैछन भने तेस्रो ईस्थानको लागि इंग्ल्याण्ड र जर्मनी (4 july त्यहाको इस्थानिया समय 2:00 pm ) नेपाली समय अनुसार (+११:४५ २०असार बिहान १:४५/ july5  ) मा खेल हुदै छन्।

Wednesday, July 1, 2015

Women World Cup 2015 अमेरिकाले जर्मनीलाई २-०ले हराउदै फाइनलमा प्रवेश

0 comments
      क्यानाडामा जारी महिला  बिस्वकप फूटबल अन्तर्गत पहिलो समिफनलमा अमेरिकाले जर्मनीलाई २-०ले हराउदै फाइनलको लागि आफ्नो ठाउँ सुरकक्षित बनाएको छ।खेलमा अमेरिकालाई विजयी गराउन कार्ली लोएड र केली ओहाराले एक एक गोल गरेका थिए ।
     जितसँगै साविक उपविजेता अमेरिका महिला विश्वकप फुटबलको तेस्रो उपाधि नजिक पुगेको छ । अमेरिका र जर्मनी दुबै टोलीले यसअघि २-२ पटक महिला विश्वकपको उपाधि जितिसकेकाछन् ।
      दोस्रो सेमिफाइनल नेपाली समय अनुसार १७ असार, बिहान ४ :४५मा  जापान र इङ्ल्यान्डबीच खेल्नेछ ।


















खेल तालिका क्यानाडाको ईस्थानिए समयमा दिएको छ +९:४५ देखि ११:४५ घण्टा गर्नु होला नेपालीमा परिणत गर्न
Schudule Local time
Round of 16
Saturday 20 June
20 Jun 2015 - 16:00
Germany VS Sweden              4-1

20 Jun 2015 - 17:30
China PR VS  Cameroon        1-0

Sunday 21 June
21 Jun 2015 - 14:00
Brazil VS Australia               0-1

21 Jun 2015 - 16:00
France VS Korea Republic   3-0

21 Jun 2015 - 16:30
Canada VS Switzerland        1-0
Monday 22 June
22 Jun 2015 - 17:00
Norway VS England            1-2

22 Jun 2015 - 18:00
USA VS Colombia                     2-0

Tuesday 23 June
23 Jun 2015 - 19:00
Japan VS Netherlands          2-1
Qutar-Final
Friday 26 June
26 Jun 2015 - 16:00
Germany VS France           1-1
Germany win on penalties (5 - 4)

26 Jun 2015 - 19:30
China PR VS USA             0-1

Saturday 27 June
27 Jun 2015 - 14:00
Australia VS Japan            0-1

27 Jun 2015 - 16:30
England VS Canada          2-1
Semi-finals
30 Jun 2015 - 19:00
USA VS Germany            2-0 p

01 Jul 2015 - 17:00 (2nd july 4:45 am nepali Time)
Japan VS England            2-1

Match for third place
04 Jul 2015 - 14:00 (5th july 1 :45 pm nepali Time)(4th july 2pm canada time)
Germany VS England

 Final
Sunday 05 July
05 Jul 2015 - 16:00  (6th july 4 :45am  nepali Time)(5th july 4 pm canada time)
USA VS [W50





विस्वका अचम्मका पूलहरु

0 comments
        बिकासको क्रममा संसारमा  मानिसले सोच्दा सोच्नै नसकिनिने संरचनाहरुको निर्माण भएको छन् तेसै सिलसिलामा यहाँ मुक्य ५ पूलहरु दिएका छन् हेर्नुहोला ।
१. मलेशियाको  लागाकावी स्काई ब्रिज। यो पुल समुन्द्री सतहबाट  २३००  फीटको  ऊंचाईमा रहेको छ। यस पुल  १२५  मीटर लंबाईको छ ।


२. यो सिंगापुरको हेलिक्स ब्रिज हो । निकै घुमाउरो सैलीमा निर्माण गरिएको यो पुलबाट शहरको अद्धभुत देख्न सकिन्छ। यो पुल संसारकै उत्कृष्ट ट्रांसपोर्ट बिल्डिंगको रुपमा चिनिन्छ ।


३.यो संसारकै प्रसिद्ध रोलिंग ब्रिज हो ।  अद्धभुत पुलहरू मध्येमा पर्ने यो पुल पानी जहाज वा बोट आउदा अटोमेटिकरुपमा रोल हुने गर्दछ  । बोट गए पश्चात पुनः पहिलेकै अवस्थामा आउदछ ।

४. यो  जापानको  ओहिशा ब्रिज हो ।यो  पुलले  मतस्यू र  सकाईमिनाटो नामको दुई शहरलाई जोड्ने  काम गर्दछ ।


५.यो चीनको ड्रैगन किग कौग ब्रिज हो । पुल १८५  मीटर लम्बाई र २२  मीटर ऊचाईको  रहेको छ। यो पुल चीनको चागशा मेक्‍शी लेक जिल्लामा रहेको छ  ।

कृषिमन्त्री हरिप्रसाद पराजुलीको धान रोपाइँ कार्यक्रममा अस्लिन हर्कत पछि पद धरापमा

0 comments
       १६ असार, कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई सरकारबाट फिर्ता बोलाउन नेकपा (एमाले) भित्रै दबाब बढेको छ ।कृषिमन्त्री मन्त्री पराजुलीले मङ्गलबार मूलपानीमा आयोजित धान रोपाइँका क्रममा सार्वजनिकरुपमा महिलामाथि दुव्र्यवहार गरेको समाचार सञ्चार माध्यममा आएपछि उहाँलाई सरकारबाट फिर्ता बोलाउन नेकपा (एमाले) भित्रै दबाब बढेको तथा पदबाट बर्खास्तको माग उठेको छ।
     पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री पदमा रहेर पार्टीको शिर गिराउने काम गरेकाले तत्काल कारबाहीका लागि नेतृत्वलाई ध्यानाकर्षण गरिएको राससलाई बताउनुभयो । आजको व्यवस्थापिका–संसदमा अन्य पार्टीका सभासद्ले पनि मन्त्री पराजुलीको आलोचना गरेका थिए ।
    एमालेका पदाधिकारीले पनि नेतृत्वलाई तत्काल निर्णय लिन सुझाएका छन् भने अन्य  सभासद्हरुले अध्यक्ष केपी ओलीलाई प्रमुख सचेतक अग्निप्रसाद खरेलमार्फत् ध्यानाकर्षण गराउनुभएको थियो ।
     उपाध्यक्ष शाक्यले भन्नुभयो, “मन्त्रीले नै त्यस्तो गरेपछि पार्टीभित्रका र  आम महिला कसरी सुरक्षित हुने भन्ने प्रश्न उठेको छ, के पार्टीमा अन्य छवि भएका र योग्य व्यक्ति छैनन् र ?”



इन्डोनेसियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४२ पुग्यो

0 comments
   मेदान (इन्डोनेसिया), १६ असार, इन्डोनेसियाली वायुसेनाको एक विमान मङ्गलबार दुर्घटनाग्रस्त हुदा मृत्यु हुनेको सङ्ख्या १४२ पुगेको छ । सो विमान उडेको केही समयमै एक प्रमुख नगरमा दुर्घटना भएको थियो । विमान दुर्घटनापछि विस्फोट भएको बताइएको छ ।
    विस्फोटपछिको क्षतिको विवरणअनुसार उक्त नगर क्षेत्रमा कम्तीमा पनि १४२ व्यक्तिको मृत्यु भएको बुधबार जनाइएको छ । मेदान नगरको जनसङ्ख्या करिब २० लाख रहेको छ । उक्त विमानमा करिब १२२ जना व्यक्ति रहेका बताइएको छ । सैनिकका अतिरिक्त उनका आफन्त एवम् परिवारजन पनि सो विमानमा रहेका अनुमान गरिएको छ ।
    तर पनि उक्त विमानमा के कतिजना सैनिक र यात्रु थिए भन्ने कुराको स्पष्ट जानकारी भने सैनिकले दिएको छैन । मेदान सहरमा जहाज खसेकोले उक्त नगरका समेतगरी ती नागरिक मारिएको अनुमान गरिएको छ । उक्त नगरको एक अस्पतालमा लगिएकासमेत गरी मृत्यु हुने व्यक्तिको सङ्ख्या बुधबार बिहानसम्म १४२ जना पुगेको प्रहरीले जनाएको छ ।   
    सुमात्रा द्वीपमा रहेको मेदान नगरको आवासीय क्षेत्रमा हर्कुलस सी–१३० नाम गरेको विमान खसेको थियो । विमान नगरमा खसेपछि त्यहाँका कयौँ भवन भग्नावशेषमा परिणत भएको तथा सवारी साधनहरूमा आगो लागेको बताइएको छ ।
    वायुसेनाका प्रमुख अगस सुप्रियान्ताले उक्त विमानमा ११३ व्यक्ति रहेको बताउनुभयो । उहाँले दुर्घटनामा कोही पनि बाँचेको छ भन्ने आफूलाई विश्वास नलागेको उल्लेख गर्नुभयो । उक्त विमानमा चालक दलका १२ सदस्य र १०१ यात्रु रहेको बताइएको छ ।
   धेरै यात्रु सैनिकका परिवारका सदस्य तथा महिला भएको मेदान वायुसैनिक केन्द्रका एक प्रवक्ताले बताए । उक्त विमान सोही स्थानबाट प्रस्थान गरेको थियो ।  मेदानका स्थानीय वासिन्दाले मध्यान्हमा उक्त विमान खसेको बताएका छन् । मेदानका प्रहरी प्रमुखले घटनास्थलमा शवहरु भवन तथा विमानका भग्नावशेषका कारण क्षतविक्षत भएको देखिएको बताए ।
   उक्त विमान वायुसैनिक केन्द्रबाट मध्यान्ह १२ः०८ मा उडेको थियो । यसको दुई मिनेटपछि नै विमान सोही बजार क्षेत्रमा नै करिब पाँच किलोमिटर पर खसेको थियो ।

रत्नपार्कको प्रवेश शुल्क २५ रुपैयाँ

0 comments
  मर्मतका लागि बन्द गरिएको रत्नपार्क मर्मत सम्भारपछि मंगलबार १५ असार बाट सबैको लागि खुलेको छ। पहिला निःशुल्क रहेको रत्नपार्कको प्रवेश शुल्क २५ रुपैयाँ  र १५ रूपैयाँ तोकिएको छ। सर्वसाधारणलाई २५,विद्यार्थीका लागि १५ रूपैयाँ तथा आपंगको लागि निसुल्क तोकिएको छ।

प्लास्टिकबाट बनेको चामल

0 comments
       चीनमा उत्पादन हुने उक्त प्लास्टिकको चामल भारतका साथै सिंगापुर, इण्डोनेसिया तथा भियतनाम सम्म निर्यात भैसकेको बताइएको छ । यद्यपि सिंगापुरको स्ट्रेट्सटाइम अनलाइनले भने प्लास्टिकको चामल सिंगापुर आइनपुगेको जनाएको छ ।
     पछिल्लो केही वर्षदेखि चीनमा प्लास्टिकबाट चामल उत्पादन गर्ने गरिएको र त्यस्तो अखाद्य चामललाई सामान्य चामलमा मिसाएर बिक्रि गर्ने गरिएको पाइएको छ । सामान्य चामलमा मिलाएपछि प्लास्टिकको चामललाई पहिचान गर्न तथा छुट्टाउन गाह्रो हुन्छ ।
      यस्तो चामल सेतो प्लास्टिकबाट बनाउने गरिन्छ । यो चामल पानीमा पकाउँदा तुरुन्तै गल्दछ, असली चामलजस्तै गरी पाकेर भातको सिता जस्तै बन्दछ । फरक यत्तिमात्र हो की असली चामलको भात खाइसकेपछि सरीरमा पोषक तत्व प्रदान गर्न भने यो चामलको भात खानु भनेको एउटा ठूलो पोलिथिनको झोला खाए बराबर हो, जुन हानिकारक हुन्छ ।
     समाचार अनुसार चीनको शान्जी प्रान्तस्थित ताइयुआनमा सबैभन्दा धेरै प्लास्टिकको चामल उत्पादन तथा बिक्रि हुने गरेको छ । स साना पसलेहरुले धेरै नाफा कमाउनका लागि यस्तो चामलको अत्यधिक मात्रामा खरीद बिक्रि गर्ने गरेका छन्. ।
     यसैबीच प्लास्टिकको अखाद्य चामल उत्पादन भैरहेको समाचार सार्वजनिक भएसँगै चीन सरकारले यसबारेमा चासो देखाएकेा छ । घरेलु व्यापार सम्बन्धी मन्त्री हसन मलिकले यो विषयमा छानविनको आदेश दिएका छन् ।
     प्लास्टिकको चामल उत्पादन भैरहेको एक कारखानाको भिडियो हालै सार्वजनिक भएपछि त्यो इन्टरनेटमा भाइरल बनेको छ ।

नेपाल प्रहरीले जस्तै शसस्त्रले नि अपराधि पक्रन पाउने

0 comments
आषाढ १५ । सशस्त्र प्रहरीबलले अपराधि पक्रन पाउने अधिकार दिने "संसद्को राज्य व्यवस्था समितिले आफूले अन्तिम टुंगो नलगाएसम्म निर्णय नगर्न दिएको निर्देशन विपरित" नियमावली मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ ।
     अब समितिले पारित गरेको नियमावली राजपत्रमा प्रकाशित भएपछि सशस्त्र प्रहरीले आशंकित व्यक्तिलाई सूचना दिएर पक्राउ गर्न सक्नेछ ।
     समितिले गृहमन्त्रालयबाट प्रस्तावित सशस्त्र प्रहरी नियमावली २०७२ लाई परिमार्जनसहित अनुमोदन गरेको हो ।
     गृहले प्रस्ताव गरेको नियमावलीमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गर्दा सशस्त्र प्रहरी अधिकृतले पक्राउ पूर्जी नै बोकेर जाने व्यवस्था थियो ।
    समितिबाट पारित नियमावलीमा भने सशस्त्र प्रहरी बलले लिखित सूचना दिएर पक्राउ गर्न सक्ने व्यवस्था राखिएको बताइएको छ ।



र्जेन्टिनाले पाराग्वेलाई ६-१ पराजित

0 comments
आषाढ १६,आज बिहान ५:१५ मा भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले पाराग्वेलाई ६-१ को फराकिलो गोलले  हराउँदै फाइनलको लागि आफ्नो इस्थान तय गरिएको छ ।खेलमा अर्जेन्टिनालाई विजयी गराउन एन्जल डि मारियाले दुई गोल गरे ।यसैगरी मार्कस रोहो, हेभियर पास्तोरे, सर्जीयो अगुएरो र गोन्जालो हिगुवानले एक–एक गोल थपे ।पराजित टोली पाराग्वेका लुकास बारियोसले सान्त्वना गोल फर्काए ।जितसँगै अर्जेन्टिना दक्षिण अमेरिकी महादेशकै ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकाको १५ औं उपाधि नजिक पुगेको छ।आषाढ २० गते आइतबार नेपाली समय अनुसार बिहान १:४५ मा अर्जेन्टिना र चिली बीच फाइनल खेल हुदैछ ।त्यसअघि तेस्रो स्थानका लागि हुने खेलमा आषाढ १९,बिहान५:१५मा पेरु र पाराग्वे भिड्नेछन् ।

Monday, June 29, 2015

दहीको नियमित सेवन र फाइदा

0 comments

      दही हाम्रो नियमित खानामा प्रयोग हुने खाद्य पदार्थ हो । हालै गरिएको एक अध्ययनले दहीले दिने फाइदाका बारेमा थप नयाँ कुरा पत्ता लागेको छ। दही स्वास्थ्यका लागि पनि निकै उपयोगी हुन्छ । यसैक्रममा डायबिटोलिजिया जर्नलमा प्रकाशित सोधमा दहीको नियमित सेवनले मधुमेह टाइप २ को सम्भावनालाई २८ प्रतिशतले घटाउने उल्लेख गरिएको छ ।
     शोधकर्ताहरूले गरेको शोध तथा अनुसन्धानबाट के पत्ता लागेको छ भने दुग्ध पदार्थको नियमित र सन्तुलित सेवनले मधुमेहको सम्भावनालाई २४ प्रतिशतले घटाउँछ । युनिभरसिटी अफ क्याम्ब्रिजको मेडिकल रिसर्च काउन्सिल युनिटका वैज्ञानिक डा. नीता फोरौहीका अनुसार दहि र अन्य दुग्ध उत्पादनहरूमा प्रोटिन, भिटामिन, क्याल्सियम र सेचुरेटेड फ्याट धेरै हुने हुनाले टाइप २ बाट टाढा राख्नका लागि मद्धत गर्छ ।
शोधका दौरान शोधकर्ताहरूले करिब ३५ सय मानिसमा अध्ययन गरेका थिए ।


भारतले नेपालको अतिक्रमित ९६ रोपनी भूमि नेपाललाई फिर्ता

0 comments
      असार १४ । भारतद्वारा लामो समयदेखि अतिक्रमित पर्साको ठोरीस्थित ९६ रोपनी नेपाली भूमि अन्तत नेपालले फिर्ता पाउने भएको छ । ८३ र ८४ सीमा स्तम्भ साबिककै स्थानमा गाड्न भारत सरकार राजी भएपछि १२ एकड अर्थात् ९६ रोपनी नेपालको जमिन विधिवत् रुपमा आफ्नै स्वामित्वमा आउने भएको हो ।
     नेपाल र भारतबीच मुख्य विवादित क्षेत्रमा पर्साको ठोरी, नवलपरासीको सुस्ता, दार्चुलाको कालापानी लगायत पर्छन् । ठोरी गाविसमा पर्ने ती दुई सीमा स्तम्भ नेपालकै प्रस्तावमा पुरानै स्थानमा गाढ्न भारतीय पक्ष राजी भएपछि संयुक्त सीमा सर्भेका क्रममा नेपाल र भारतबीच स्थानीय स्तरमा जेठ अन्तिम साता त्यस विषयमा हस्ताक्षर भइसकेको नापी विभागका एक उच्च सरकारी अधिकारी लेजानकारी दिए.

भुकम्प आउनु भन्दा अगाडी सूचना दिने प्रविधि नेपालमा आईपुग्यो

0 comments
             नेपालमा भूकम्पले त्रास कायमै रहेका बेला नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले नयाँ प्रविधि भित्र्याएको छ ।
            नास्टले भूकम्प आउनु अगाडि नै सूचना दिने प्रविधियुक्त यन्त्रलाई भित्र्याएर धादिङको नौबीसे–१ धार्केस्थित रेडियो राजमार्गको कार्यालयमा आइतबार जडान गरेको हो । नास्ट र चिनियाँ विशेषज्ञसहितको टोलीले भूकम्पबारे २२ सेकेन्डअघि नै थाहा दिने प्रविधिसहितको यन्त्र जडान गरेको हो ।उक्त यन्त्रको मूल्य करिब २२ लाख पर्छ । भूकम्प आउनुपूर्व सूचना दिने यो प्रविधिलाई नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको नास्टका उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो-यो प्रविधिबाट भूकम्पबारे ६ देखि २२ सेकेण्ड अगाडि नै जानकारी प्राप्त हुन्छ । संचारमाध्ययममा यो यन्त्र जडान गरी भूकम्पको पूर्वसूचना प्रसारण गर्न सकेमा मानवीय क्षति कम गराउन सहयोग पुग्छ ।उहाँका अनुसार यो यन्त्र धादिङसहित ललितपुरको खुमलटारस्थित नास्टको कार्यालय र काभ्रेको बनेपामा जडान गरिएको छ । यो यन्त्र जडान गरिएको ठाउँमा आसपासका क्षेत्रमा भूकम्प आउनु अगाडि नै थाहा पाइनेछ ।
     चीनको इन्स्टिच्युट अफ केयर लाईफ (आईसिएल), पिपुल्स रिपब्लिक अफ चाइनाको अनुदानमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्‍याउन एफएम रेडियोका साथै मोबाइल एप्स, अस्पताल र सार्वजनिक ठाउँमा साइरन प्रयोग गर्न सकिने नास्टले जनाएको छ ।
    नास्टका अनुसार भूकम्पबारे अगाडि थाहा पाउन नेपालमा ३२० वटा सेन्टरमा यन्त्र जडान गर्नुपर्ने देखिएको छ । जसमा चिनियाँ सहयोगमा ८० वटा सेन्सर जडानको काम सुरु भएको छ, भने २४० वटा सेन्सर नास्टले नै किनेर जडान गर्दैछ । यो प्रविधिबाट जोखिम क्षेत्रका सर्वसाधारणले पूर्वसूचना पाउने हुँदा भूकम्पबाट मानवीय क्षति कम हुने नास्टको विश्वास छ ।

तस्बिर आफै बोल्छ

0 comments

   बैसाख,१२,२९ को भूकम्पले रसुवामा ४३० जनको मृतु,७३५ जना घाइते,८००० जति घरहरु धोस्त भएको सरकारी प्रतिबेदनमा उल्लेख गरिएको छ साथै लांङ्टाङ् हिमालमा गएको हिम पहिरोले धेरै बिदेसी पर्यटक र त्यहाको स्थानिएलाई ठूलो छती पुर्याइएको छ। समग्रमा भन्नुपर्दा त्यहाँको कुल जनसंख्याको ८२ प्रतिसत प्रभाभित देखिन्छ। तल को तस्बिरमा धेरै ठाउँमा पहिरो गाको,एक ठाउँमा त त्रिशुली नदी नै थुनिएको देखिन्छ साएद केहि छिनको लागि थुनियो पनि होला यो सबै तस्बिरले बताउनेछन्।








Sunday, June 28, 2015

भारतको आसम केन्द्रबिन्दु भएर ५.६ रेक्टर स्केलको भूकम्प

0 comments
      असार१३, आज विहानै पूर्वी नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ । विहान कबिर ६ः५५ बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो । सीएसइएम–इएमएससीले जनाएअनुसार भारतको आसाम केन्द्र बिन्दु बनाएर स्थानीय समयअनुसार बिहान ६:३५ बजे ५.६ रेक्टर स्केलको
      भारत आसामको बोन्गाई गाउँबाट २२ किलोमिटर उत्तरमा भूकम्पको केन्द्र मापन गरिएको छ । उक्त भूकम्पबाट आसाम र आसपासका क्षेत्रमा कुनै क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन भने यता नेपाल तर्फ भूकम्पको धक्काले केहीबेर मानिसहरु त्रसित बने पनि क्षति नभएको बुझिएको छ ।
भूकम्प गएको छ । पूर्वी नेपालका झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा सो भूकम्पको धक्का महशुस गरिएको थियो ।




चोक्टा खाना गको बुढी झोलमा डुबेर मरी झैँ भएछन् यो शिंहलाई

0 comments
       शिकार मारेर मज्जाले खाउ भनि छिटो छिटो भैसिको दुई तिघ्राको बिचनिर छिरेको कहिल्यै फर्किन नमिल्ने गरि च्यापेछन् र छटपटीएर शिंहको  मृत्यु भएछन,भिडियो हेर्नुहोस।

Saturday, June 27, 2015

फ्रान्समा भएको८० किमि मन्ट ब्लांक दौडमा मिरा राई प्रथम

0 comments
      असार १२,फ्रान्समा भएको ८० किमि मन्ट ब्लांक दौडमा नेपालकि बहादुर छोरी मिरा राईले प्रथम स्थानमा हासिल गरेकी छिन् l उक्त दौड पुरा गर्दै नेपालको झन्डा फहराउदै नेपाललाई बिश्व सामु अझ राम्रो परिचय दिएकी छिन्। नेपालको पूर्व क्षेत्रको पहाड घर भएकी राईले ८० किमि स्काई रनिङ्ग ( उचाई दौड )मा सबै प्रतियोगीलाई उछिन्दै प्रथम स्थान हासिल गरेकी हुन् l यस अगाडी पनि उनले हङकङमा भएको अल्टा ट्रायल दौड प्रतियोगितामा पनि उनि बिजेता बनेकी थिइन,
     मिरा राईले उक्त दौड १२ घण्टा ३२मिनेट ३२ सेकेन्ड मा दौड पुरा गरि पदक हात परेकी छिन् भने उक्त दौडमा ३० वटा राष्ट्रको सहभागिता रहेको थियो l बिगतमा उक्त दौडमा इटाली , स्पेन तथा फ्रान्सको दब दबा रहेको भएता पनि उक्त दौडमा अस्ट्रेलिया ,न्युजील्याण्ड ,चेक रिपब्लिक ,जापान ,पोल्याण्ड तथा अमेरिकाका प्रतिभाशालि खेलाडीहरुले आफ्नो प्रतिभा देखाएका थिए l
    मिरा राई ले २०१४ को मुस्तांग ट्रायल दौड , बफेलो स्टमपेड तथा अन्यमा जित हासिल गरि सकेकी छिन् l उनको दौडमा रुचि भएकोले १४ बर्षको उमेरमा उनले पढाई छोडेकी थिइन्.

नुवाकोट क्षेत्र नम्वर ३ का २८८ परिवार पहिरोको उच्च जोखिममा

0 comments
२०७२ असार १२ काठमाडौँ ।
            गत वैशाख १२ गतेको विनाशकारी भूकम्पको कारण नुवाकोटको निर्वाचन क्षेत्र नम्वर ३ का २८८ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।एक नगरपालिका र १८ गाविस रहेको क्षेत्र नं ३ मा भूगर्भविद्, इन्जिनियरसहितको दुई टोलीले स्थलगत अध्ययन गरी १४ गाविसको १८ स्थान असुरक्षित रहेको जनाएको छ । असुरक्षित स्थानको बस्तीलाई तत्काल स्थानान्तरण गर्न टोलीले जिल्ला दैवीप्रकोप उद्धार समितिमा सिफारिस गरेको छ ।
         अनुगमन टोलीमा जिल्ला भू संरक्षण कार्यालय नुवाकोटका प्रमुख श्यामसुन्दर श्रेष्ठ र जल उत्पन्न प्रकोप शव डिभिजन कार्यालयका प्रमुख हरि गुरागाई संयोजक रहेको पाँच–पाँच जना सहभागी थिए । टोलीले बुझाएको प्रतिवेदनमा फिकुरी गाविस वडा–७ र ९ का ९७ घर पहिरोको जोखिममा रहेको र गाउँको माथिल्लो भागमा रहेको ढुङ्गा खसेर घरसहित टेलिकमको रिपिटर टावर, सिँचाइ कुलो र खेतीयोग्य जमिनमा क्षति पुग्न सक्ने उल्लेख गरिएको छ ।
          यस्तै दाङसिङ गाविसमा दुई घर, देउराली गाविस–१ मा १४ घर, सोही ठाउँको पोलोचेमा १४ घर, आर्तामा १३ घर, सोही ठाउँको लामडाडाँमा सात घर, देउरालीकै–९ मा १५ घर, किम्ताङको नाङगाङ चलायमानमा २२ घर पहिरोको जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।किम्ताङ गाविस–८ कै चुङ्गाङटोलमा २५ घर, मनकामना गाविस–८ को अर्चलेमा १४ घर, भाल्चे गाविसको भाल्चेवेसीमा १२ घर, काहुले गाविस ढोङचेतमा दुई घर, काहुलेकै मानेर्गेर्सामा दुई विद्यालय र नौ वटा घर र थप सात घर पहिरोको जोखिममा रहेका छन् ।
बर्खा लागिसकेकाले जोखिमयुक्त बस्तीलाई सुरक्षितस्थानमा स्थानान्तरण गर्न सरकारले ध्यान दिनुपर्ने जिल्ला भूसंरक्षण कार्यालयका प्रमुख श्यामसुन्दर श्रेष्ठले बताए । क्षतिलाई कम गर्न कतिपय स्थानमा भूकम्पले हल्लिएको ठूला ढुङ्गाहरू विस्फोट गराउनसमेत उनले सुझाव दिए ।
        क्षेत्र नं ३ को जोखिमयुक्त बस्तीको अनुगमन गरेपनि क्षेत्र नं १ र २ मा भने अझै हुन सकेको छैन । भूकम्पको कारण चर्केको जमिनको विज्ञबाट अनुगमन गराउन स्थानीयको निवेदन जिल्ला दैवीप्रकोप समितिमा आइरहेकाले सोही निवेदनको आधारमा टोली खटाउने योजना रहेको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र घिमिरेले बताए ।


अमेरिका पुगेका ११ जना नेपालीलाई बिमानइस्थलबाटै फिर्ता

0 comments
      लायन्स इन्टरनेशनलको कार्यक्रममा भाग लिन नेपालबाट अमेरिका पुगेका ११ जना नेपालीलाई न्युयोर्कबाटै स्वदेश फिर्ता पठाइएको छ । न्युयोर्कस्थित अध्यागमन विभागले ११ जना नेपालीको टिमलाई स्वदेश फिर्ता पठाइदिएको हो । उनीहरु अमेरिकाको हवाईमा भइरहेको लायन्सको सम्मेलनमा भाग लिने भन्दै न्युयोर्क विमानस्थल पुगेका थिए । तर, विमानस्थलस्थित अध्यागमन अधिकारीलाई शंका लागि चेक गर्दा उनीहरुको साथमा हवाईसम्मको टिकट नभेटिएपछि फिर्ता पठाइएको बताइएको छ । लायन्सको कार्यक्रम हवाईमा भए पनि उनीहरुको साथमा काठमाडौँबाट न्युयोर्कसम्मको दुईतर्फी टिकटमात्रै थियो । लायन्सको कार्यक्रमको बहानामा अमेरिका छिर्न खोजेको अध्यागमनको आशंका थियो । उनीहरुको परिचय भने खुलेको छैन ।
     कार्यक्रममा भाग लिन हवाई पुगेका लायन्सका एक नेपाली अधिकारीका अनुसार, लायन्सको सम्मेलनमा भाग लिन छ सय भन्दा बढी नेपाली अमेरिका पुगेका छन् ।
नेपालीहरुलाई अमेरिकाको विमानस्थलबाटै फर्काएको यो पहिलो होइन् । यसअघि पनि पटकपटक नेपालीहरुले यसरी नै अमेरिकाको विमानस्थलबाट फर्कनु परेको छ ।


सपना देख्नु बिपनामा राम्रो वा नराम्रो संकेत हो

0 comments
         सपनाको संसार ज्यादै नै रोचक हुन्छ यो यौटा संकेत हो । पहिला पहिला यो पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो तर आजभोलि मनोविज्ञान, चिकित्सा विज्ञान आदिको अनुसन्धानको विषय बनिसकेको छ। यस्तै केही सपना र यसका फलको बारे यहाँ जानकारी दिइएको छ।
                 कुन सपनाबाट के हुन्छ यसको बारेमा तल दिएको छ।
    १. आँखामा गाजल लगाउनु - शारीरिक कष्ट
    २. आफ्नै काटेको हात देख्नु - कुनै नजिकको प्रियजनको मृत्यु
    ३. उजाड बगैचा देख्नु - दुःख पाउने
    ४. मोटो भैसी देख्नु - अन्न सस्तोमा पाउने
    ५. दुब्लो भैसी देख्नु - अन्न महंगो हुनु
    ६. बाख्रा देख्नु - शत्रुको डर
    ७. राजनेताको मृत्यु भएको देख्नु - देशमा समस्या आउनु
    ८. पहाड हल्लिएको देख्नु - विरामी हुने डर
    ९. पुरी खाएको देख्नु - खुशीको समाचार आउनु
    १०. तामा देख्नु - गोप्य कुरा पत्ता लाग्नु
    ११. बेडमा सुतेको देख्नु - गौरव तथा प्रतिष्ठा पाउनु
    १२. थुक देख्नु - समस्यामा पर्नु
    १३. हरियालीपुर्ण जंगल देख्नु - खुशियाली आउनु
    १४. आफूलाई उडेको देख्नु - कुनै समस्याबाट छुटकारा पाउनु
    १५. सानो जुत्ता लगाएको देख्नु - कुनै महिलासँग झगडा हुनु
    १६. स्त्रीसँग मैथुन गर्नु - धन प्राप्त हुनु
    १७. झगडा गर्नु - प्रसन्नता प्राप्त हुनु
    १८. लडाईमा मरेको देख्नु - राजनीतिमा सफल हुनु
    १९. चन्द्रमा झरेको देख्नु - कुनै समस्यामा पर्नु
    २०. चन्द्रग्रहण देख्नु - कुनै रोग लाग्नु
    २१. आफ्नै दाँत भाँचिएको देख्नु - समस्या बढ्दै जानु
    २२. ढोका खुल्ला देख्नु - कुनै व्यक्तिसँग मित्रता हुनु
    २३. बन्द ढोका देख्नु - धन नास हुनु
    २४. धुँवा देख्नु - व्यापारमा हानि
    २५. भुकंप देख्नु - सन्तानलाई दुःख कष्ट हुनु
    २६. चश्मा लगाएको देख्नु - ज्ञान बढ्छ
    २७. बत्ती बालेको देख्नु - नयाँ अबसर प्राप्त हुनु
    २८. मासु देख्नु - आकस्मिक धन लाभ
    २९. पूजा पाठ गरेको देख्नु - समस्याको अन्त हुनु
    ३०. फलको झुप्पा देख्नु - छिटो धन प्राप्त हुने योग
    ३१. सेतो परेवा देख्नु - शत्रुसँग मित्रता हुनु
    ३२. बिरालो एक आपसमा झगडा गरेको देख्नु - मित्रसँग झगडा
    ३३. सेतो बिरालो देख्नु - धन नास हुनु
    ३४. समाधिस्थल देख्नु - सौभाग्य प्राप्तिमा योग
    ३५. गोबर देख्नु - पशु व्यापारमा लाभ
    ३६. उजाड जंगल देख्नु - समस्या बढ्नु
    ३७. मरेको मानिस देख्नु - रोगबाट मुक्त
    ३८. गरगहना देख्नु - कार्य पुर्ण हुनु
    ३९. जुवा खेलेको देख्नु - व्यापारमा लाभ
    ४०. पैसा उधारोमा दिनु - अत्यधिक धन प्राप्त हुन्छ।
    ४१. चील देख्नु - शत्रुबाट नोक्सान हुनु
    ४२. चाँदी देख्नु - धन प्राप्त हुनु
    ४३. कैची देख्नु - घरमा झै-झगडा हुनु
    ४४. खेतमा पाकेको गहुँ देख्नु - धन लाभ हुनु
    ४५. काग देख्नु - कसैको मृत्युको समाचार आउनु
    ४६. कुकुर देख्नु - पुरानो साथीसँग भेट हुनु
    ४७. नदीको पानी पिएको देख्नु - सरकारी लाभ हुनु
    ४८. सेतो फूल देख्नु - कुनै समस्याबाट छुट्कारा मिल्नु
    ४९. रातो फूल देख्नु - भाग्य चम्कनु
    ५०. घोडा देख्नु - संकट हट्नु
    ५१. मोती देख्नु - छोरी पाउने योग
    ५२. गाडेको धन देख्नु - अचानक धन लाभ हुनु
    ५३. झरना देख्नु - दुःखको अन्त हुनु
    ५४. चेक लेखेर दिएको देख्नु - विरासतमा धन मिल्नु
    ५५. कुवामा पानी देख्नु - धन लाभ
    ५६. सुन्दर स्त्री देख्नु - प्रेममा सफलता
    ५७. खुकुरी देख्नु - संकटबाट मुक्ति
    ५८. चन्दन देख्नु - शुभ समाचार आउनु
    ५९. नक्शा देख्नु - कुनै योजनामा सफलता मिल्नु
    ६०. नून देख्नु - स्वास्थ्यमा लाभ
    ६१. सुकेको घाँस देख्नु - जीवनमा समस्या
    ६२. रुद्राक्ष देख्नु - शुभ समाचार आउनु
    ६३. स्वर्ग देख्नु - भौतिक सुखमा वृद्धि
    ६४. सूर्य देख्नु - विशेष व्यक्तिसँग भेट हुने योग
    ६५. तिर्खा लाग्नु - लोभ बढ्नु

गूगलले बिस्वभर निसुल्क वाईफाई को विकास गर्नेभयो

0 comments
गुगलले विश्वभरमा निःशुल्क वाइफाइ उपलब्ध गराउने योजना बनाएको छ।यसलाई अमेरिकाको न्यूयोर्क शहरबाट परिक्षण स्वरूप १० हजर फोन बुथलाई वाइफाइ हबमा परिणत गरिदैछन।न्यूयोर्कमा अहिले लिंक एनवाइसी नामको परियोजनाका लागि निःशुल्क पब्लिक नेटवर्कको निर्माण भइरहेको बताइएको छ।यसले कनेक्टिभिटीको लागि शहरका पुराना टेलिफोन बाकसहरुलाई वाइफाइ हबमा परिणत गर्नेछ।कम्पनीले न्यूयोर्कमा यो परिक्षण सफल भएमा विश्वभर नै वाइफाइ वितरण गर्ने योजना बनाएको छ। आशा गरौ सफल हुनेछ र हामी सबैले निसुल्क वाइफाई प्रयोग गर्न पाउने छन्।

 

रसुवा धुन्चे र कालिकास्थान को बिचमा गएको पहिरोले यातायात अबरुद्ध

0 comments
     १२ आसर , रसुवा–अबरिल वर्षासँगै पहिरो गएपछि पासाङल्हामु मार्ग अर्न्तगत धुन्चे–त्रिशुली सडक खण्ड अबरुद्ध भएको छ। रसुवाको राम्चे, मुलखर्क, ग्राङ बिभलीलगायत आधा दर्जन ठाउँमा पहिरो गएपछि यातायात अबरुद्ध छ।बाटो अबरुद्ध भएपछि रसुवा धुन्चे, स्याफ्रु, चिलिमे बाट राजधानी काठमाण्डौ छुट्ने बस बिच बाटो मै रोकिदाँ सयौ यात्रु अलपत्र परेका छन्। पहिरो हटाउनका लागि नुवाकोट त्रिशुलीबाट र धुन्चेबाट दुई वटा स्क्याएभेटर पठाईएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनायो। भुकम्प सँगै चिरा परेका सडक पनि केही ठाउँमा धसिएर तल झरेका छन्।






Like us

 

Search

 
Enjoy the site