Friday, July 17, 2015

म्युजिक भिडियोकी नायिका मोडल सविना विक रेलको ठक्करबाट मृत्यु

0 comments
साउन ०१, काठमाडौं - सात वटा म्युजिक भिडियोको सुटिङका लागि भारतको नयाँ दिल्लीमा रहेको टोली शोकमा परेको छ । सात वटै भिडियोकी नायिका मोडल सविना विकलाई रेलले ठक्कर दिँदा उनको मृत्यु भएपछि टोली शोकमा परेको हो । तस्बिर लिने क्रममा रेलको हावाले उनी लडेको र दुर्घटनामा पर्नुका साथै घटनास्थलमै मृत्यु भएको अक्सिजन मिडिया प्रालिका प्रबन्ध निर्देशक वीरेन्द्र वलीले बताए ।

सविना भारतमै बस्थिन् । अहिले कलाकारको टोलीलाई भारतमा सुटिङको संयोज पनि विकले नै गरेकी थिइन् । नेपाली चलचित्र ‘टाइम नेभर कम ब्याक’ मा पनि सहनायिका रहेकी विकको निधनले सुटिङमा रहेको टोली स्तब्ध भएको छ । प्रबन्ध निर्देशक ओलीले भने, ‘सातवटा मध्ये पाँच वटा गीतको त सुटिङ पनि सकिइसकेको थियो ।’

काठमाडौँबाट अक्सिजन मिडिया प्रालिको संयोजनमा टोली भारतको रमणीय सहरमा सुटिङका लागि टोली भारत गएको हो । टोलीमा निर्देशक नवीन पन्त, छायाकार मुकेश हुमागाइँ, मेकअप आर्टिस्ट उर्मिला राई, थिए।
यस्तै, कलाकार अर्जुन श्रेष्ठ, सबिना बिक थिए । प्रमोद खरेल, सागर थापा, केसु पुन, सागर अबिरल जिसी, बलबीर चलाउने, हीरा अन्जलीका आवाजमा रेकर्ड भएका गीतमा प्रेमप्रकाश, मायालु डा. गोविन्द आचार्य, सागर अबिरल जिसी, खेमराज गाउँले, प्रसाद लामेछाने, वीरेन्द्र ओली, खिम बिवस ओली, दीप दर्पणको संगीत रहेको छ ।

यही टोलीको संयोजन गरिरहेकी नायिका तथा मोडल विकको दुर्घटनापछि टोली अहिले मनोहर लोहिया अस्पताल नयाँ दिल्लीमा रहेको छ । विकको नेपालस्थित परिवारलाई सम्पर्क गरिएको छ ।

१४ महिना अघि दलालले ५ हजार डलरमा बेचेकी सुनिता मगर सकुशल घर आइ पुगिन

0 comments
 १४ महिना अघिदेखि द्वन्द्वग्रस्त मुलुक सिरियामा अलपत्र धादिङ मैदीकी सुनिता मगर सकुशल घर आइपुगेकी छन् ।सिरियामा अलपत्र उनको उद्धार नगरे ज्यानै जानसक्ने भन्दै परिवारमा दिनहुँ रुवाबासी चलेको समाचार अन्नपुर्ण पोस्ट् अनलाइनमा छापिएपछि देश विदेशका सहयोगीमार्फत सुनिता घर फर्कन सफल भएकी हुन् ।वैदेशिक रोजगारीमा गएकी सुनितालाई दलालले झुक्याएर सिरिया पुर्‍याइ अलपत्र पारिदिएका थिए । उनले आफुलाई त्यहाँबाट छिटो उद्धारका लागि सुनिताले पटक पटक आमालाई गुहार्दै आएकी थिइन् सिरियाबाट सुनिताको रोदन, ‘म यतै मर्ने भएँ’छोरीको उद्धारका लागि आमा सावित्री मगरले सरकारी निकाय गुहार्दै हिँडेपनि श्रमअनुमति र दुतावासै भएको देशका गएकाले उनको उद्धारमा सरकारले प्रयास नै गरेको थिएन ।सुनितालाई काममा लगाइदिने दलालले उनको तलब ५ हजार डलर अग्रिम लिएर बेपत्ता भएपछि पासपोर्ट जफत गरेर साहुले घरमै बन्धक बनाएको थियो तीन हजार डलर बुझाएमात्रै पासपोर्ट फिर्ता दिन्छु भनेपछि उनी सिरियामै अलपत्र परेकी थिइन् ।

आमा सिरियामा अलपत्र, घरमा छोराछोरीको बिजोग दिनुहँ बम पड्किरहने र विदेशी नागरिकलाई देखेपछि गोली हान्ने सिरियामा ३ हजार डलर तिर्न नसकेपछि सुनिता अलपत्र थिइन् ।उनी अलपत्र परेको समाचार अन्नपुर्ण अनलाइनमा प्रकाशित भएपछि एनआरएन फिनल्याण्डका अध्यक्ष बालकृष्ण श्रेष्ठ र मगर संघ हङकङकी अध्यक्ष चन्द्रज्योती मगरले उद्धारको लागि आवश्यक खर्च बेहोरिदिएपछि विहीबार सुनिता काठमाडौं आइपुगेकी छिन ।‘साहुलाइ तिर्ने पैसा नभएर नेपाल फर्कन नपाएको र बच्चाहरुको विजोग भएको समाचार पढेर साह्रै दुःख लाग्यो’, हङकङ मगर संघकी अध्यक्ष एवं अन्तराष्ट्रिय मगर संघकी केन्द्रिय सदस्य चन्द्रज्योती मगरले अन्नपूर्णसँग कुरा गर्दै भनिन्, ‘सबै अन्तर्राष्ट्रिय शाखाहरुबाट संकलन गर्ने गरी हामीले सुनिताका साहुलाई बुझाउने ३ हजार डलर एकमुष्ट पठाएका हौँ ।

’साहुलाई तिर्ने पैसा जुटेपछि एनआरएन फिनल्याण्डका अध्यक्ष एवम् धादिङ मैदीका स्थानीय बालकृष्ण श्रेष्ठको पहलमा फिनल्याण्डमा रहेका नेपालीले सुनितालाई सिरियादेखि नेपालसम्म लाग्ने हवाइ भाडा ८ सय डलर उपलब्ध गराएका थिए ।छोरी सुकशल फर्कन सफल भएपछि आमा सावित्री खुसी भएकी छिन् । ‘दिनहुँ छोरीले रुँदै फोन गर्थी, मलाइ त बाँचेर फर्कन्छेजस्तो लागेको थिएन’, उनले भनिन्, ‘मेरी छोरीको उद्धार गरिदिने सवैलाइ धन्यवाद छ ।’अव आफुलाई सिरिया पुर्‍याउने दलाल पक्राउ गराउन सरकारी निकायमा उजुरी दिने सुनिताले बताएकी छिन् । श्रोत : ओन्लिने  समाचार


नेपालमा भोलिदेखि लगातार ४ दिने सरकारी बिदा

0 comments
१ साउन - शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैंठकले साउन ३ गते आइतवार मुश्लिमहरुको पर्व इद र साउन ४ र ५ गते संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय संकलनका लागि विदा दिने निर्णय गरेको । भोलि सनिबार सहित ४ दिन बिदा लगातार हुने भएको छ। मन्त्रीपरिषद् बैठकले स्थानीय शान्ति समितिको म्याद २०७३ असार मसान्तसम्मका लागि थप गरेको छ ।

१४ वर्षीय बालकलाई ४५ वर्षीया महिलाले आफ्नो सन्तानको पिता भएको आरोप

0 comments
१ साउन -भारतको मध्यप्रदेशस्थित सहडोल जिल्लाकी ४५ वर्षीया महिलाले १४ वर्षीय बालकमाथि आफ्नो सन्तानको पिता भएको आरोप लगाएपछि सबैलाई चकित बनाएका छन् । यता आरोपी बालकले भने महिला विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । बालकले आफूमाथि गलत आरोप लगाएर ती महिलाले गाउँमा आफ्नो चरित्र हत्या गरेको दाबी गरेका छन् ।
केही महिनादेखि आफूमाथि लगातार आरोप लगाएपछि ती बालकले महिला विरुद्ध उजुरी दिएका हुन् । बालकले ती महिलासँग आफ्नो कुनै किसिमको शारीरिक सम्बन्ध नरहेको बताएका छन् । यसअघि पनि आफूलाई दुःख दिएको भन्दै बालकले ती महिला विरुद्ध उजुरी दिएका थिए । एजेन्सी


आज सुनको भाउ प्रति तोलामा ७०० ले सस्तिएको छ

0 comments
 काठमाडौँ , १ श्रावण- नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकिएको आज सुनको भाउ प्रति तोला ४९ हजार ५ सय रुपैयाँ तोकिएको छ। त्यस्तै चाँदीको भाउ प्रति तोलामा ६ सय ७० रुपैयाँमा कारोवार भएको छ।     

अन्तरास्ट्रिय बजारलाई पछ्याउदै सुनको भाउ हिजो भन्दा ७०० रुपियाँले सस्तिएको र चाँदीमा ५ रुपियाँले सस्तिएको जनाएको छ।
 

गोरखा केन्द्रविन्दूबनाएर ४ म्याग्निच्युडको परकम्पन

0 comments
 साउन १ - गोरखा केन्द्रविन्दूबनाएर ४ म्याग्निच्युडको परकम्पन गएको छ जसले गर्दा परकम्पको धक्का गोरखा, नुवाकोट, धादिङ, काठमाडौं उपत्यका सहितका स्थानमा अनुभव गरिएको छ।असार २८ पछि  ४ म्याग्निच्युडको परकम्प आज गएको हो। वैशाख १२मा पनि यसै स्थानलाई केन्द्रबिन्दु बनाएर  ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

म्यानपावर व्यवसायीहरु फ्रि भिसा र फ्री टिकटमा कामदार विदेश पठाउन सहमत

0 comments
साउन१सुक्रबार - भिसा र टिकटमा नेपाली कामदार विदेश पठाउने सरकारी निर्णयविरुद्द आन्दोलनमा उत्रिएका म्यानपावर व्यवसायी र सरकारबीच अझै वार्ता चलिरहेको छ । यो बिषयमा आज साँझसम्ममा सहमतिपत्रमा हस्ताक्षर हुने स्रोतले जनाएको छ ।

श्रमराज्यमन्त्री टेकबहादुर गुरुङका कानुनी सल्लाहकार केशव जोशीका अनुसार श्रम मन्त्रालयमा मंगलबारदेखि जारी वार्तामा सहमतिका लागि पहल भइरहेको हो । उनको अनुसार आज साँझसम्ममा सहमति हुने निश्चित छ । उनको अनुसार व्यवसायीहरु 'फ्रि भिसा र फ्री टिकट'मा कामदार विदेश पठाउन सहमत भएका छन् ।

'फ्री भिसा र फ्री टिकट'को निर्णय खारेजीको माग गर्दै आएका मेनपावर ब्यवसायीहरुले वार्तासँगै आफ्नो आन्दोलन अझै जारी राखेका छन् । ब्यवसायीहरुले बैदेशिक रोजगार बिभागको कार्यालय तहांचलमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण १२ हजार भन्दा बढी उडानको क्रममा रहेका नेपालीहरु विदेश जानबाट बन्चित बनेका छन् ।

म्यानपावरहरुको आन्दोलनबाट १२ हजार भन्दा बढी नेपालीहरु विदेश जानुपर्नेमा काठमाडौँमै बिचलित बनेको भन्दै श्रममन्त्री टेक बहादुर गुरुङले म्यानपावर ब्यावसायीहरुप्रति आक्रोश प्रकट गरे । उनले भने- "त्यत्रो नेपालीलाई रोकेर राख्नु म्यानपावर ब्यबसायीहरुको खोट हो ।"

बैदेशिक रोजगार विभागका प्रमुख विश्व्प्रकास सुवेदीले आन्दोलनका कारण श्रम गर्न आउने अन्य म्यानपावर कम्पनीको पासपोर्ट तथा कागजात समेत आन्दोलनकारीहरुले खोसेको कारण विभागमा व्यक्तिगत बाहेक श्रमको काम हुन नसकेको बताए ।

नवलपरासीको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १० जना घाइते

0 comments
१ साउन ,शुक्रबार-आज बिहान नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको छ। मृत्यु हुनेमा ५ जनाको सनाखत भैसकेको छ जसमा दाङ जिल्ला त्रिभुवन नगरपालिका २ का ४५ बर्षिय गोविन्द बस्नेत, दाङकै बिजौरी– २ का ३२ बर्षिय जीवन खड्का, नवलपरासी कावासोती नगरपालिका– ८ थकालीचोककी २३ बर्षिया सुमित्रा लामा र उनकी ७ महिनाकी छोरी अंसु लामा र नवलपरासी बर्दघाट नगरपालिका–६ की ५० बर्षिया माइली लामाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १ महिला र २ पुरुषको सनाखत हुन बाँकी रहेको नायब प्रहरी उपरिक्षक (डिएसपी) सोम थाापाले जनाए ।
       काठमाडौंबाट दाङका लागि छुटेको ना ४ ख ५१४३ नम्बरको रात्रीबस र विपरित दिशाबाट आएको युपी ३२ डिएन ०८५४ नम्बरको भारतीय ट्रकसँग ठोक्किँदा उक्त हताहती भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनुको मुख्य कारण  ट्रकको ब्रेक फेल भएको बुझिएको छ। घाइते हुनेहरुमा दाङ त्रिभुवन नगरपालिकाका नरेश नेपाली, गोर्खा घ्यालचोकका विवेक अधिकारी, चितवन भरतपुरका एक खड्का, नवलपरासी कावासोतीकी सुस्मिता ढकाल, उनको ३ महिनाको छोरा सुसान्त ढकाल, रुपन्देहीका फर्साटिकरका गोपाल चौधरी, दाङ बिजौरीका सुभास नेपाली, नवलपरासी गैडाकोटका गणेश अधिकारी र रामनगर भलुहीकी मधुमाया भट्टराई छिन् । घाइतेहरुको  भरतपुर मेडिकल कलेजमा उपचार हुदै छन्।
      

Thursday, July 16, 2015

पोखरामा भारी बर्षासंगैको पहिरोम १ को मृत्यु,खोलाहरुको सतह बढेर बजार डुब्ने खतरा

0 comments
पोखरा, आषाढ ३१ - लगातारको वर्षाका कारण पहिरो जाँदा विहीबार पोखराको छोरेपाटनमा रहेको एक्स आर्मी इंग्लिस बोर्डिङ स्कुल पहिरोमा पुरिएर कक्षा ९ मा अध्ययनरत पोखरा १७ डेबिडफल्सका १४ वर्षीय विद्यार्थी सञ्जय गायकको मृत्यु भएको हो । घटनामा ५ शिक्षक र ९ विद्यार्थी गरी १४ जना घाइते भएका छन्। घाइतेहरुकोे मेट्रोसीटी, गन्डकी मेडिकल र पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विद्यालयसँग रहेको तिब्बतीयन शरणार्थी क्याम्पको पर्खाल भत्किँदा विद्यालय भवनमा क्षति पुगेको हो । कक्षाकोठाको छानामाथिबाट एक्कासि पहिरो खसेपछि विद्यार्थीहरुबीच भागदौड मच्चिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको जनाइएको छ । पहिरो जाँदा विद्यार्थीहरु परीक्षा दिँंदै थिए ।

लगातारको वर्षाका कारण पोखरा उपमहानगरपालिका–१३ स्थित काहु खोलामा आएको बाढीले आसपासका बस्ती डुबानमा परेका छन् । बाढीका कारण बुडुवा, कमलपोखरीलगायत आसपासका बस्तीहरु डुबानमा परेका हुन् ।

वर्षा नरोकिएको र खोलामा पानीको सतह बढ्नेक्रम जारी रहेकोले बजारसमेत डुब्न सक्ने आशंकामा आसपासका बासिन्दा त्रसित छन् । भारी बर्षासंगै बाढीकै कारण पोखराका नदीपुर, फिर्के, बाजापाटन र छोरेपाटनलगायतका स्थानमा जमिनसमेत भासिएको छ ।

बाढीका कारण पोखराको विजयपुर भगवती हाइड्रो पावर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।जसको कारण १६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको हाइड्रोपावरले जनाएको छ ।
 भएको हाइड्रोपावरले जनाएको छ ।


युएईको एक नेपाली चेली मृत्युको दोसाँधमा,सहयोगको लागि सबै नेपालीहरुसंग आग्रह

0 comments
असार-३१, युएई - सधैं सबैको एउटै दिन हुन्छ भन्ने कहाँ छ र ? सधैं राम्रै मात्र हुन्छ भन्ने पनि हुँदैन । मान्छेको जीबन हो श्वस्थ हुने प्रयास र कामना गर्दा गर्दै पनि बेलाबखत बिरामी भईहालिन्छ । सामान्य बिमारी भए त ठिकै छ ठुलो बिमार लागे के गर्ने ? दुई चार सय खर्च भए पनि ठिकै छ हजारौं खर्च भए के गर्ने ?

यस्तै समस्यामा परेका छन नवलपरासी गैंडाकोट घर भई हाल दुबईमा कार्यरत २९ बर्षीय श्रीमती रेणु शर्मा पौडेल र उनकी श्रीमान सुबर्ण गैरे । दुबईमा कार्यरत श्रीमती रेणु शर्मा अहिले ...अज्मानको जीएमसी अस्पातलमा मृत्‍यु र जीबनको दोसाँधमा मृत्‍यु सँग पौठेजोरी खेल्दै छिन । उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार गरिदैछ ।

बिगत ८-१० बर्ष देखी दुबईको एक कम्पनीमा सुपरभाईजर पदमा कार्यरत सुबर्ण गैरेले आफ्नी श्रीमतीलाई दुबई नै बोलाए र सँगै राखे । श्रीमतीलाई सानो तिनो जागिर पनि खोजी दिए । दुबै जना हाँसीखुसी दुबईका रङीन दिनहरु बिताउदै थिए ।

यसै बिच रेणु शर्मा दोस्रो पल्ट दुई जीउकी भईन । उनीहरुमा खुशीको सिमा थिएन । सुबर्ण रेणुको हेरबिचार गरिरहन्थे । बेलाबेलामा स्वास्थ्य परिक्षण पनि गरिरहन्थे । सबै राम्रै बितिरहेको थियो ।

गत हप्ता रेणुलाई बेस्सरी ज्वरो आयो । जुलाई १० तारिकको दिन ६ महिना कि दोजिया रेणुलाई उनका श्रीमानले दुबईको थुम्बे अस्पतालमा पुर्याए । परिक्षणको क्रममा रेणुको ब्लडमा सुगरको मात्रा धेरै देखियो । सुबर्णका अनुसार सुगरको लेभल ३५० भन्दा बढी देखिए पछी डाक्टरले तुरुन्त भर्ना गर्न सल्लाह दिए । उनले रेणुलाई अस्पतालमा भर्ना पनि गरे ।

रेणुको अवस्थामा सुधार आउनुको सट्टा अन्य समस्याहरु थपिदै गए । थप परिक्षण गर्दा ब्लड र मृगौलामा पनि सन्क्रमित भएको देखियो । उनी अरु सिकिस्त बन्दै गईन । उनलाई आईसियुमा भर्ना गरियो । श्वासप्रश्वासमा समस्या देखिए पछी हाल उनलाई भेन्टिलेटेरको सहायताले श्वास प्रश्वास गराइरहेको उनका श्रीमानलाई उद्द्रित गर्दै पत्रकार गीतामणीले जानकारी दिएका छन ।

जुलाई १० देखी १५ तारिक सम्म झन्डै ५० हजार दिर्हाम ( नेपाली साढे १३ लाख रुपैयाँ) खर्च भईसकेको छ । हिजो बेलुकी मात्र थुम्बे अस्पतालले रेणुलाई थप उपचार गर्नलाई जीएमसी अस्पतालमा पठाएको छ ।

साथीभाइको सहयोगमा उनले थुम्बे अस्पताललाई ३६ हजार दिर्हाम बुझाए पनि ८ हजार भने तिर्न सकेनन । उनको गच्छेले भ्याएन । मानबियताको दृष्‍टिले अस्पतालले साथीभाइको रोहभरमा ८ हजार दिर्हाम पछी तिर्ने गरी उनलाई अज्मानको जीएमसी अस्पतालमा पठाएको हो ।

जीएमसी अस्पतालमा ५ हजार दिर्हाम बुझाएर हाल रेणुको जीबन जीएमसीका डाक्टरको हातमा सुम्पिएको छ । उनको उपचारमा दैनिक हजारौ खर्च भईरहेको छ । अब कती खर्च हुने हो अनुमान लगाउन गार्हो छ ।

यस्तो समस्या तपाईं हामीलाई आई नपर्ला भन्ने केही ग्यारेन्टी छ र ? २ दिनको चोला न हो, यस्तो समस्या तपाईंलाई पनि आयो भने कसलाई गुहार्ने? आउनुस् हातमा हात मिलाऔ, तपाईंले गरेको सानो सहयोगले कसैको जीबन बचाउन सकिन्छ भने किन सहयोग नगर्ने ? प्रबासमा हाम्रो एकता देखाउने यो भन्दा अर्को उत्तम मौका के होला र ?

रेणुका श्रीमान सुबर्ण गैरेले तपाईं हामी सँग सहयोगको याचना गरेका छन । कृपया युएई तथा बिदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहयोगको लागि अपील गर्दछौ ।

संपर्क : रमेश अधिकारी (००९७१ ५० ४६०७६११) । रकम सहयोगको लागि तलको खाता प्रयोग गर्न सक्नु हुनेछ।
Ac number : 17105532
Abudhabi Islamic Bank
name : subarna ghaire

सुन हिजोभन्दा आज ३००ले सस्तियो

0 comments
काठमाडौँ , ३१ असार । हिजो प्रति तोला ५० हजार ५ सय रुपैयाँमा  कारोवार भएको सुनको भाउ आज ह्वात्तै घटेको छ । आज तोलामा ३ सय रुपैयाँले भाउ घटेर प्रति तोला ५० हजार २ सय रुपैयाँमा सुनको कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आन्तरस्ट्रिय बजार मूल्य घटेपछि सुनको भाउमा केहिदिन यता घट्ने क्रम जारि रहेको छ । त्यसैगरी चाँदीमा भाउमा पनि हिजोको तुलनामा तोलामा १० रुपैयाँले कमी आइ आज प्रति तोलामा ६ सय ६५ रुपैयाँमा कारोवार भएको छ।

एनसेलले नयाँ डाटा योजना ल्याएको छ

0 comments
पछिल्लो समयमा एनसेलले आफ्ना प्रयोगकर्तालाई सुविधा दिन नया नया योजनाहरु ल्याइरहेको छ । यसैबीच एनसेलले थप विकल्पसहित नयाँ डाटा योजना ल्याएको छ । यसअन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकहरुले सुलभ दरमा आवश्यकता बमोजिमको प्याक लिई इन्टरनेट सेवा लिन सक्नेछन्। यस सुविधा मार्फत प्रयोगकर्ताले दैनिक तथा मासिक प्याकका साथै साप्ताहिक प्याक पनि प्रयोग गर्न पाउनेछन । साप्ताहिक प्लानमा ग्राहकले ५० एमबी, १२५ एमबी र २५० एमबी भल्युमका प्याक लिई क्रमशः ७० पैसा, ४८ पैसा र ४४ पैसा प्रति एमबी (कर बाहेक) मा इन्टरनेटको मज्जा लिन सक्ने एनसेलले जनाएको छ।
एनसेलले मासिक प्याक अन्तर्गतको १ जि.बी. डाटाको मूल्य पनि ६ सय ९९ बाट ५ सय ५० मा घटाएको छ। मासिक प्याकमा अब ग्राहकले २ जि.बी तथा ३ जि.बीको प्याक पनि लिन सक्नेछन्। २ जि.बीको प्याकको मूल्य ४३ पैसा प्रतिएमबी रहेको छ भने ३ जि.बीको प्याकको दर ३८ पैसा प्रति एमबी (कर बाहेक) रहेको एनसेलले विज्ञप्तिमा उल्लेख गरेको खबर नागरिक दैनिकले लेखेको छ।

पिआर , डिभी, ग्रिनकार्ड लिएका एक हजारभन्दा बढी कर्मचारीले राजीनामा दिए सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित

0 comments
 विदेशको स्थायी बसोवास अनुमतिपत्र (पिआर), डिभी, ग्रिनकार्ड लिएका एक हजारभन्दा बढी कर्मचारीले राजीनामा दिएका छन् । बर्खास्त गर्ने कानुन ल्याउने तयारीकै वेला उनीहरूले राजीनामा दिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

डिभी–पिआर लिएकालाई बर्खास्त गर्ने प्रावधानसहितको कानुनी व्यवस्था ल्याएपछि पेन्सनसमेत खोसिन सक्ने भयले ती कर्मचारीले राजीनामा दिएको मन्त्री पण्डितले बताए । उनले भने, ‘डिभी, पिआर भएका सयौँ कर्मचारीले घरायसी, पारिवारिक तथा स्वास्थ्यसम्बन्धी समस्या देखाएर राजीनामा दिएको पाइएको छ ।’

सामान्य प्रशासन मन्त्रालयको अध्ययनअनुसार डिभी र पिआर लिएका कर्मचारीको संख्या अझै एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म छ । निजामती सेवा ऐनको चौथो संशोधनमा डिभी–पिआर भएका कर्मचारीलाई बर्खास्त गर्ने प्रावधान छ । तर, ऐनअनुसार कर्मचारीलाई जागिर वा डिभी–पिआर कुन त्याग्ने भन्ने निर्णय गर्न ६० दिनको समय दिइएको छ ।

कानुन बनेपछि तत्काल बर्खास्तमा पर्ने र पेन्सनलगायतका सुविधा पनि खोसिने भयले धेरै कर्मचारीले यसअघि नै राजीनामा दिएको मन्त्रालयले जनाएको छ ।
संशोधित निजामती ऐनअनुसार कर्मचारीले ६० दिनभित्र डिभी–पिआरको जानकारी गराएर जागिर त्यागेमा उनीहरूले पाउने बिमा, सञ्चय कोष तथा पेन्सनलगायतका सबै सुविधा पाउनेछन् ।

नाठो ल्याएर आफ्नै श्रीमान को हत्या गराए

0 comments
बागलुङ जिल्ला बुर्तिबाङ भन्ने ठाउँमा २०७२ आसार २९ गते मङग्बार आफ्नो श्रीमतिले अर्को नाठो बनाएपछि बुडा हुदाहुदै भाङ्गन डरभए पछि नाठो ल्याएर र आफ्नै श्रीमान को हत्या गरेको छ सुतेको ठाउमा बन्चरो ले काट्रेर हत्या गरेको छ मृर्तु हुनेको नाम सुरेस मगर हत्या गर्ने श्रीमति को नाम सुमि मगर अहिले भागेर फरार छ्न हत्या गर्ने श्रीमति गाउले हरुले बताए अनुसार बिहे गरेको ४ साल सम्म बच्चा न भएपछि यस्तो गरेको बताउछ्न सक्दो सयर गर्नु होला।

नेपाली फिल्म नोभेम्बर रैन November Rain 2015

0 comments

सन् २०१५ को सुपरहिट फिल्म सुबास इन्टरटेन्टमेन्टको  उत्पादन र आर्यन सिग्देल इन्टरटेन्टमेन्टको प्रस्तुत रहेको नेपाली कथानक चलचित्र नोभेम्बर रैनमा मुख्य कलाकारहरु आर्यन सिग्देल,नम्रता श्रेष्ठ,चुल्थिम गुरुङ,केशव भट्टराई,शिशिर राना,बल कलाकारमा कृतन गिरी,बुध बहादुर जबिगुका अभिनिए छन्।
कला निर्देशन : राजु चित्रकार, चेतन गुरुङ
उत्पादन प्रबन्धक: सूर्य कार्की
मूल ध्वनि: राजन इशान
गीत: दिनेश राउत
पार्श्व गायक: सोनुप पौडेल , युबराज चौलागाई , प्रबिशा अधिकारी, रजिना रिमाल, मेलिना राई
संगीत: तारा प्रकाश लिम्बु
गीत निर्देशक: आलोक नेम्बंग
दोन्द: हिमाल केसीले
सह- निर्देशक: सम्राट शाक्य
सह-निर्माता: कमल गिरीले
संवाद: सामिप्य तिमल्सिना
कथा / पटकथा: चेतन गुरुङ
सम्पादक: सुरेन्द्र पौडेल
निर्माता:सुबास  गिरीले

Wednesday, July 15, 2015

विदेशबाट फर्केकाले ल्याउने टिभीमा कति कर तिर्नुपर्छ? अरु के के ल्याउन पाइन्छ ?

0 comments
हरेक पटक बजेट आउँदा विदेशमा रोजगार वा अन्य उद्देश्यले गएकाहरुलाई टिभीसम्बन्धी व्यवस्थाबारे चासो हुन्छ। विदेशमा टिभी एकदम सस्तो देखेपछि किनौँ किनौँ लाग्छ। तर नेपालमा बेस्कन कर लगाएर महँगो बनाइदिने डर पनि हुन्छ। यसपालिको बजेटले के व्यवस्था गरेको छ त?

खासमा विदेशबाट फर्किएकाले ल्याउने टेलिभिजनबारे यो बजेटले केही न‌याँ व्यवस्था गरेको छैन। यस अन्तर्गत गत वर्षकै जस्तो वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। अघिल्लो वर्षभन्दा यो वर्ष फरक पारिएको शब्द चाहिँ ‘कम्तिमा लगातार १२ महिना काम गरी फर्कने नेपाली नागरिक’ भनिएको छ। परारको बजेटले ३० इञ्चसम्मको टिभीमा मात्रै छुट दिएकोमा पोहोर ३२ इन्चसम्म कर छुट दिने व्यवस्था भएको हो। यसपालि पनि त्यो कायम छ। यसका लागि तपाईँ वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ। पढ्नलाई विदेश गएको वा एनआरएनले टिभी ल्याएमा कर महसूल छुट हुने छैन। वैदेशिक रोजगारमा गएकाको पनि अभिलेख राखिने र यस्तो सुविधा एक पटकका लागि मात्र दिइने भनिएको छ। त्योभन्दा ठूलो टिभी ल्याएमा छुट दिइने छैन, इन्च नापेर भन्सार महसूल लिइनेछ। यो महसूल दरमा पनि परिवर्तन गरिएको छैन। त्यसो भए कत्रो टिभीमा कति कर लाग्छ त ?

आर्थिक विधेयक २०७२ मा यस्तो व्यवस्था छ
मानौँ तपाईँले ६० इञ्चको ठूलो टिभी ल्याउनुभएको  छ भने छ महिनाभन्दा बढी विदेशमा बस्नेले ६०X१२०० = ७२ हजार भन्सार महसूल तिर्नुपर्‍यो। छ महिनासम्म विदेश बसेकाले भने ६०X१२५० = ७५ हजार तिर्नुपर्‍यो।

यसमा ध्यान दिनु पर्ने कुरा के हो भने ३२ इन्चसम्मको टिभीको भन्सार लाग्दैन, त्योभन्दा बढीको लाग्छ भन्ठान्नु हुँदैन। यसअघि माइसंसारको ब्लगमा आएका कमेन्टमा यसैमा धेरै पाठक झुक्किएको देखियो। माथि विधेयकमा प्रष्ट लेखिएको छ- सोभन्दा बढी इन्चको टिभी ल्याएमा उक्त छुट सुविधा दिइने छैन। अर्थात्, ३६ इन्चको टिभी ल्याएर ३२ सम्मको त भन्सार लाग्दैन, बाँकी ४ इन्चको मात्र तिर्छु भन्न पाइँदैन, पूरै ३६ इन्चको तिर्नुपर्छ।

अरु के के ल्याउन पाइन्छ ?
सरकारले २०६५ कात्तिक १ मा राजपत्रमा सूचना प्रकाशित गरे अनुसार यस्तो सामानलाई भन्सार लाग्दैन

बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः
(१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली
नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै
मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः
(क) लुगाफाटा, बरबिर्छ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
(ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय
ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको
गहना गुरिया,
(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक
थान,
(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान
(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद
सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको
सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।
(ज) चार किलोग्रामसम्म खाद्य परिकार।
(झ) मदिरा १.१५ लिटरसम्मको बोतल एक।

तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड (झ) मा
उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै यात्रुले
माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था,
परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार
कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ। खण्ड (झ) मा उल्लिखित
मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ।

(क)भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ
महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा
ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।
(ख) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु
हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट
हुनेछ।
(ग) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई
उपदफा (२) बमोजिमका सामानमध्ये अमेरिकी डलर दुईसय पचाससम्मको
सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लगाई
जाँचपास गर्न सकिनेछ।
(घ) विदेशमा छ महिना वा सोभन्दा बढी समय बसी फर्किने नेपाली यात्रुलाई
तीनसय पचास ग्रामसम्म सुन र एक किलोग्रामसम्म चाँदी (गरगहना
समेत) लाग्ने महसुल लिई साथमा ल्याउन दिइनेछ।
(ङ) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम
लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ। यसमा तोकिएको परिमाणभन्दा
वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार
महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न
सकिनेछ।
(च) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित
भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका
सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल
छुट हुनेछ।
(छ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश
फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि तीस हजार
रुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात
हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा
सम्पूर्ण महसुल छुट हुनेछ।
(ज) सेमिनार, अध्ययन, अनुसन्धान तथा शोधकार्यको लागि विदेश
ओहोरदोहोर गर्ने नेपाली नागरिकले आफ्नो साथमा ल्याउने लैजाने एक
थान कम्प्यूटर आवश्यक प्रमाण हेरी कुनै महसुल नलिई ल्याउन लैजान
दिइनेछ ।

                         यो अनुसार टिभीको साटो एलइडी कम्प्युटर स्क्रिन र सिपियु ल्याउनु भयो भने चाहिँ भन्सार शुल्क नलाग्ने देखिन्छ। किनभने भनिएको छ- भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।

Tuesday, July 14, 2015

आइएसले तालिम दिने क्रममा एक बच्चालाई बमले उडाए

0 comments
इराक: आइएस आतंककारी सगंठनले आफ्ना लडाकुलाई तालिम दिने क्रममा एक बच्चालाई बमले उडाएका छन् ।

इराकी सञ्चार माध्यमका अनुसार उत्तरी इराकको सलाहुद्दीन स्थित एक तालिम केन्द्रमा बच्चालाई बमले उडाइएको हो । बच्चाको उमेर ५ देखी १० बर्षको बिचमा रहेको बताइएको छ ।

सो बच्चाको शरिरमा बम बाधेर रिमोट कन्ट्रोल डेटोनेटरको माध्यमबाट विस्फोट गरिएको बताइएको छ । आतंककारी लडाकुले आइइडी असेम्बल गर्न सिकेको समाचारमा बताइएको छ ।

आइएस आतंककारी लडाकुले बुबी ट्रयापिङ मेकानिज्मको विषयमा तालिम लिएको थाहा भएको दियाला प्रान्तका सेक्यूरिटी कमिटीका प्रमुख सादिक अल हुसेनले बताएका छन् ।

आफ्ना लडाकुको हत्या गरेको आरोपमा आइएसले हत्या गरिएका बच्चाको बाबुको पनि हत्या गरेको तर आमाको अवस्था के छ भन्ने विषयमा भने थाहा हुन नसकेको बताइएको छ ।


फेसबुकमा 'फोहोर' शब्द लेखेको अभियोगमा एक अष्ट्रेलियनलाई यु.ए.ई.ले जेल हाली देश निकाला

0 comments
आबुधाबी—फेसबुकमा 'फोहोर' शब्द लेखेको अभियोगमा एक अष्ट्रेलियन महिलालाई युनाइटेड अरब इमिरेट्सले देश निकाला गर्ने भएको छ। अदालतले जोडी मगी, ३९लाई 'सामाजिक सञ्जालमा खराब शब्द' लेखेको अभियोगमो यस्तो सजाय तोकेको हो। 
 विवाद गत फेब्रुअरीदेखि सुरु भएको थियो। मगीले अाफू बस्ने अपार्टमेन्टको पार्किंग स्थलमा अपाङ्ग स्टिर नभएका कार अपाङ्गका कार पार्किङ गर्ने स्थानमा पार्क गरेको फोटो खिचेर फेसबुकमा पोस्ट गरेकी थिइन्। कार पार्किङमा हुने अव्यवस्थाविरुदद्ध उनले फेसबुकमा गरेको सोही पोस्टसम्बन्धी विवाद लम्बिँदै जाँदा देश निकालाको आदेश भएको हो। अपाङ्ग स्टिकर नभएका गाडीलाई अपाङ्ग क्षेत्रमा पार्किङ गर्नेहरुलाई उनले स्वार्थी ड्राइभरको संज्ञा दिएकी थिइन्।
 जुनमा उनीविरुद्ध आबुधाबी अदालतमा मुद्दा दायर भएको थियो। सो मुद्दाको फैसला गर्दै अदालतले ‘व्यक्तिविरुद्ध सामाजिक सञ्जालमा खराब शब्द’ प्रयोग गरेकोमा मगीलाई दोषी ठहर गरेर सजाय सुनाएको हो। उनलाई अदालतले ३६०० अष्ट्रेलियन डलर जरिवाना र देश निकाला आदेश सुनाएको छ।
 आइतबारदेखि उनलाई जेलमा राखिएको छ। कति समय जेलमा राखिने हो स्पष्ट नभएको अष्ट्रेलियन रेडियो एबीसीले उल्लेख गरेको छ। ‘म मेरो जीवनलाई अनिश्ति पाइरहेकी छु’, उनले भनेकी छन्, ‘कोही मसँग कुरा गरिरहेका छैनन्। के हुँदैछ कसैले मलाई केही भनिएको छैन।’
मगी अबुधाबीमा सन् २०१२ देखि इमिरेट्स महिलालाई ग्राफिक डिजाइन पाठ्यक्रम पढाउँदै आएकी थिइन्। उनको फेसबुक पेजमा साथीहरुले उनीमाथि गहिरो साहनुभूति देखाएका छन्।
‘बलियो बन जोडी तिमी एक्लै छैनौं। हामी सबै तिम्राबारेमा सोचिरहेका छौं’, एक साथीले उनको फेसबुक पेजमा लेखका छन्।

अनिश खालिङ भाइ पैसाको लोभ नगर

0 comments
कमाउन बिदेश गएको एउटा नेपालीको छोरा हत्याको आरोपमा मृत्युदण्डको सजाय पाएर जेलमा आफ्नो अन्तिम दिनहरू गन्दै बसिरहेको छ।
पीडित परिवारलाई ब्लड मनि तिर्न सके सजाय छुट भई नेपाल फिर्ता भएर आए सानी डेढ बर्षकी छोरीले बाबुको अनुहार देख्न पाउँने भन्दै उनकी श्रीमतीले मिडियामा गरेको बिलौनाले सारा नेपालीहरुको मन दुख्यो।
 अन्जानमा भएको भनिएको पाकिस्तानी नागरिकको हत्या अभियोगमा युएईमा मृत्युदण्डको सजाय सुनाइएका संखुवासभाका अनिश खालिङ राईलाई मृत्युदण्डबाट जोगाउन उनीद्वारा हत्या गरिएका पाकिस्तानी नागरिकको परिवारलाई ‘ब्लड मनि’ स्वरुप एकासी लाख दिइनुपर्ने र सामान्य आर्थिक अवस्थाका घर- परिवार पाल्न बिदेशमा मजदुरी गर्न गएका उनको परिवारसँग त्यति ठूलो रकम नभएको भन्दै बिभिन्न माध्यममा उनको परिवारले आग्रह गरेपछि देश बिदेशमा रहेका नेपालीहरुले उनलाई बचाँउन पर्छ भन्दै सहयोग रकम जुटाउन थाले।
 बिभिन्न देशमा अभियान नै सन्चालन भयो। अभियान थालेको केहि महिना भित्रै चाहिने एकासी लाखभन्दा चार गुणा बढी ३ करोड भन्दा धेरै रकम जम्मा भयो।
 तर, हामी नेपालीहरुले उठाएको त्यो रकम ‘ब्लड मनि’ तिर्न काम लागेन । कसैले उनको ब्लड मनि पहिल्यै तिरिदिइसकेको हुनाले, उनी कैद मुक्त भइ केहि दिन अगाडि नेपाल फर्किए।
 एउटा गरिब नेपालीको छोरो बिदेशी भूमिमा मर्नबाट जोगियो सारा नेपालीहरु खुसी भए।
 उनी पनि नयाँ जीवन पाइ नेपाल फर्किएर आए र आफ्नो परिवारसँग रमाउँदै छन्।
 तर, अहिले आएर उनलाई बचाउँन भनेर जम्मा गरिएको रकम उनको नाउँमा ट्रस्ट खोल्ने रे भनेको सुन्दा हामी अचम्ममा परेका छौं। र दुःखी भएका छौं। सकेको सहयोग हामीले पनि गरेको थियौं। तर अचानक ट्रस्टको कुरा सुन्दा मन खल्लो भएको छ।
 कुन हैसियतमा किन र कसरी अनिशले हामीले जम्मा गरेर दिएको पैसाले ट्रस्ट खोल्ने? उनलाई जीवन यापन गर्न सजिलो होस् र नेपाल फर्किए पछि ट्रस्ट खोलेर जागीर खान त्यो पैसा हामिहरूले उठाँएर दिएको कदापि थिएनौं। उनी हट्टाकट्टा ज्यान बोकेर नेपाल फर्किएका छन्। जवान छन्, पाखुरा बलियो र मान्छे हेर्दा खाइलाग्दो देखिन्छन्। न उनलाई गुजारा चलाँउन त्यो रकम दिन आवश्यक छ? न उनले त्यो पैसाले ट्रस्ट खोल्ने अधिकार राख्छन्?
उनलाई काम गरेर परिवार पाल्ने बाटो बन्द भएको पनि छैन।
 उनी जेलभित्र मृत्यु कुरेर बस्दाको पीडा अहिले जेल मुक्त हुने बित्तिकै कसरी बिर्सिए। खोला तर्‍यो लौरो बिर्सियो भने जस्तो उनले गर्न मिल्छ? उनले जेल मुक्त भएर नेपाल फर्किसकेपछि आफ्नो ज्यान बचाँउन सहयोग रकम जुटाउने सम्पूर्णलाई धन्यबाद दिँदै , त्यो बाँकि रहेको सम्पूर्ण पैसा इमान्दारीताका साथ सरकारलाई बुझाउन पर्ने थियो।
 उनी जस्तै विनाकसुर र भबितब्यमा कसैको हत्या हुँदा मृत्युदण्डको सजाँय कुर्दै बसेका थुप्रै नेपालीहरु बिदेशी जेलमा छन् । त्यो पैसा उनीहरूलाई काममा आउँन सक्छ।
 अझ उदेक लाग्दो कुरा उनलाई बचाउन दौडधुप गर्दा बीस लाख भन्दा बढि रकम खर्च भयो रे? त्यत्रो रकम कहाँ र कसरी किन खर्च भयो? बीस लाखले अमेरिका प्लेनमा बीस चोटि ओहोरदोहर गर्न पुग्छ। सत्य तथ्य कुरा के हो तुरुन्त छानबिन गरेर त्यो पैसा सरकारी कोषमा दाखिला गर्नुपर्छ। र बिदेशमा आपतमा परेका अन्य नेपालीलाई सहयोग गर्नुपर्छ।
 याद रहोस् यदि अनिश खालिङ राईलाई बचाउन जम्मा भएको पैसा हिनामिना भयो र त्यो पैसाले ट्रस्ट खोलियो भने, आउँने दिनहरुमा बिदेशमा कुनै नेपालीलाई दुःख आपत पर्दा अर्को नेपालीले सहयोग नगर्ने दिन आँउन सक्छ। जसरी अनिशलाई बचाउँन एकजुट भए नेपालीहरू त्यसै गरी फेरि एकजुट नहुन सक्छ्न्।
 अनिश भाइ आफू जेल बस्दाको पीडा महसुस गर। ति भयानक कहालीलाग्दा दिनहरू सम्झ। पैसा नै सबैथोक होइन। मानवता देखाउ परिश्रम गर, तर त्यो पैसामा आँखा नलगाऊ। त्यो पैसाले धेरैको ज्यान बच्न सक्छ।

गरिए असम्भव के छैन र विदेशबाट फर्किएका युवा व्यावसायिक बाख्रा पालनमा

0 comments
म्याग्दीको अर्मनमा विदेशबाट फर्किएका एक जना युवाले बाह्र लाख रुपैयाँ लगानी गरेर व्यावसायिक बाख्रा फार्म स्थापना गरेका छन् ।  अर्मन–५ पाँखुका ४० वर्षीय वीरबहादुर खड्काले सोही गाविस– ४ धारा गाउँमा धौलागिरि फार्म स्थापना गरी बाख्रापालन सुरु गरेका हुन्। चार वर्षसम्म दक्षिण कोरियामा काम गरेर घर फर्किएका खड्काले बाख्रापालन सुरु गर्नका लागि आठ लाखमा खोर निर्माण तथा चार लाखमा बाख्रा खरिद गरेर थालनी गरे।

 खड्काले एक वर्षअघि २६ वटा खरी र जमुनापारी जातका बाख्राबाट फार्म सुरु गरेका थिए। उक्त फार्ममा बाख्रा बढेर हाल ५० वटाभन्दा बढी भएका छन् । अब मासुका लागि खसी र नश्ल सुधारका लागि प्रजननयोग्य बोका बिक्री गर्ने उनले बताए । दक्षिण कोरियामा कृषि फार्ममा काम गरेका खड्काले सो सम्बन्धी व्यावसायिक ज्ञान र अनुभव हासिल गर्नुभएको छ । बाख्रा फार्ममा घरपरिवारका तीन जना सदस्यले पूर्ण रोजगारी पाएका छन् ।
 बाख्रालाई घाँस आपूर्ति गराउन खाली पाखोमा बहुबर्खे, डाले र भुइँ घाँसखेती गर्ने खड्काको योजना छ । रासस

२२ वर्षीय युवतीको लास खाल्डोमा भेटियो

0 comments
काठमाडौं, २९ असार । मध्यप्रदेशको देवास जिल्लाको सिदनी विजयपुर गाउँमा सोमबार विहान त्यो समयमा सनसनी फैलियो जब ५ फीट गहिरो खाल्डोमा एक युवतीको पुरिएको अवस्थामा लास भेटियो । गाउँले शंका छ कि अज्ञात व्यक्तिले हत्या गरेर युवतीलाई खाल्डोमा गाँडेका थिए । गाउँलेको सूचना पाएपछि पुलिसले लगभग १ घण्टापछि शवलाई खाल्डोबाट बाहिर निकाल्यो र पोस्टमार्टमका लागि सिविल अस्पताल पठायो । मृतक युवतीको पहिचान अहिलेसम्म हुन सकेको छैन् ।
 पहिला युवतीको साडि देखियो, त्यसपछि हात 






घटना देवास जिल्लाबाट करिब १२ किलोमीटर टाढा गाउँको हो । भारतीय सञ्चारमाध्यमको खबर अनुसार सोमबार विहान करिब १० बजे गाउँलेहरु तालको किनारबाट अगाडि बढिरहेका थिए । त्यही बेला उनीहरुले एक ठाउँमा टूटेका चूडि देखे । अचानक उनीहरुले एउटा खाल्डो पनि देखे जो भर्खरै खनेको जस्तो देखियो । त्यसपछि उनीहरुले अनौठो बस्तुको आशंका गरी गाउँ चौकीदारलाई सूचना दिए । चौकीदारले पुलिसलाई खबर गरे । त्यसपछि प्रहरी घटनास्थल पुग्यो । खाल्डोको बरीपरी निरीक्षण गरेर माथिको माटो हटायो । केही बेरमा खाल्डोमा एउटा साडिको टुक्रा भेटियो । त्यसपछि एक युवतीको हात भेटियो ।

हातमा विष्णु संग रजनी लेखिएको थियो
 अहिलेसम्म युवतीको सनाखत हुन सकेको छैन् । उनको उमेर २० देखि २२ वर्षको बीचमा छ । उनले सिन्दुर पनि लगाएकी छिन् । यसबाट उनी विवाहित महिला भएको पुष्टि भएको छ । उनको बायाँ हातमा विष्णु संग रजनी लेखिएको थियो । एजेन्सी

जहाजमा रहेका मानिसहरुलाई तानेर खान्थियो रे समुद्रमा पाइने दैत्य जीव

0 comments
काठमाडौं, आषाढ २९ - प्राचीनकालमा समुद्र र महासागरहरुमा यात्रा गर्दा जहाजबाटै मानिसहरु हराउने गरेको इतिहास छ ।

 कहिले–काँही समुद्रभित्रबाट लामा–लामा हातहरु फैलाइ जहाजमा रहेका मानिसहरुलाई कुनै अज्ञात जीवले तानेको डरलाग्दो दृष्य जहाजमा यात्रा गर्नेहरुले देख्ने गर्दथे । त्यस समय ‘समुद्रमा दैत्यहरु हुन्छन्’ र ‘तिनीहरुले नै जहाजमा रहेका मानिसहरुलाई तानेर खाएका हुन्’ भन्ने कुरामा मानिसहरु विश्वास गर्दथे ।

 समुद्र र महासागरमा जहाजमा रहेका मानिसहरुलाई तानेर खाने दैत्य नभइ जीव ‘स्विकड्’ हो भन्ने कुरा पछि पत्ता लाग्यो । स्विकड् ढाड नहुने जीवहरुमध्ये सबैभन्दा ठूलो एक समुद्री जीव हो । यो जीव खासगरी उत्तरी आन्द्र महासागरको गहिराइमा पाइन्छ । यो प्राणी वर्गको मोलस्कस जातिको समूहमा पर्दछ । जसमा चिप्लेकीरा, शंखकीरा आदि पर्दछन् ।

 स्विकड्हरु केही सेन्टीमीटर मात्र लामो आकारका हुने, स–साना खालका पनि हुन्छन् । तर, ठूलो स्विकड्को लम्बाई भने करिब पाँच मिटर लामो हुन्छ । यसको तौल दुई टनभन्दा पनि बढी हुन्छ । यसको शरीरको आकार रकेटको जस्तै हुन्छ र शरीरमा रातो, पहेंलो, हरियो र नीलो रंगका ताराहरु चम्के जस्तै चम्किरहेका हुन्छन् । यसको टाउकोमा १० ओटा लामा–लामा हातहरु फैलिएका हुन्छन् र तिनीहरु मध्ये आठओटा मात्र तल्लो सतहमा कडा काँडा जस्ता अंगहरु सम्मिलित चुसक हुन्छ । जसबाट स्विकड्ले १५ मिटर टाढाकसम्मको आफनो शिकारलाई समात्न सक्दछ ।

 स्विकड् अत्यन्त फूर्तिलो र हिंस्रक मांसाहारी प्राणी हो । माछा र झिंगेमाछा यसका मुख्य आहारा हुन् । खाने बेलामा स्विकड्ले आफना दुईओटा लामा हातहरुबाट शिकारको शरीरलाई टुक्रा पार्ने काम गर्छ भने अन्य आठओटा हातहरुबाट शिकारलाई समात्ने गर्दछ । यिनीहरुको भिडन्त भनेको अर्को समुद्री जीव ह्वेलसँगको हो । भिडन्तको समयमा समुद्रमा एक माइलसम्म आवाज सुनिन्छ ।

 समुद्रको एक माइल गहिराइमा पाइने स्विकड्को शरीरमा प्रकाश उत्पन्न गर्ने अंग पाइएको छ । यही अंगको मद्दतबाट त्यो समुद्रभित्र अन्धकारमा पनि जगमगाएर यताउति पौडिरहेको हुन्छ । (एजेन्सी)


एस.एल.सी.मा एसिड पीडित संगीता पुलामी मगर प्रथम श्रेणीमा पास

0 comments

काठमाडौं, २८ असार । प्रवेशिका परीक्षा (एसएलसी)मा फेल भएकी भनिएकी एसिड पीडित किशोरी संगीता पुलामी मगर प्रथम श्रेणीमा पास भएको खुलासा भएको छ ।

उनको वास्तविक (ओर्जीनल) मार्कसिटमा प्रथम श्रेणीमा पास गरेको नम्बर उल्लेख गरिएको छ । नतिजा प्रकाशनका बेला इन्टरनेटमा देखाईने नतिजामा संगीता फेल भएकी थिईन् ।
उनको बास्तविक नाम खड्गमाया पुलामी हो । उनले प्राक्टिकल बाहेक अन्य सबै विषयमा शून्य नम्बरमै ल्याएको इन्टरनेटको प्रारम्भिक नतिजाले देखाएको थियो । तर, विद्यालयले दिने बास्तविक मार्कसिटमा उनी फस्र्ट डिभिजनमा पास भएकी हुन् ।

काठमाडौंको बसन्तपुरमा एसिड आक्रमण परेर घाइते संगीताले उपचारसँगै काठमाडौँ मेडिकल कलेज अस्पतालको शैयाबाटै एसएलसीको परीक्षा दिएकी थिईन् ।
उनले आफ्नो विद्यालयबाट प्रथम श्रेणीको मार्कसिट पाएकी छिन् । मार्कसिटमा उनले ६५ प्रतिशत अंक ल्याएको देखाइएको छ । जबकी नतिजा सार्वजनिक हुँदा उनको जम्मा १२ प्रतिशत मात्रै थियो ।
उनले सबै विषयमा शून्य नतिजा ल्याएकी थिईन् मात्र प्रयोगात्मक बाहेक । यस विषयमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक विष्णु द्धारेले संगीताको मार्कसिटका विषयमा छानविन हुने बताए ।

‘परीक्षा नियन्त्रण कार्यालयको लापरवाहीका हो वा वा अन्य कुनै कारण हो यस विषयमा हामी छानविन गर्दैछौं,’ उनले भने । उनका अनुसार अहिले परीक्षा नियन्त्रण कार्यासँग यो विषयको जवाफ नै छैन् ।
स्रोतका अनुसार नतिजा अंकमा त्रृटी भएकाले संगीताले अर्थशास्त्रको पुनःपरीक्षा फेरि दिएकाले अंकमा घटबढ भएको बतायो । उनले परीक्षा दिएको अर्थशास्त्रको पेपर नै हराएछ, त्यसको पत्तो पाएपछि उनलाई फेरि परीक्षा दिन बोलाइयो ।’

संगीतासँगै एसिड आक्रमणमा परेकी सीमा बस्नेत पनि फेल भएकी छिन् । उनी मौका परीक्षामा सहभागि हुँदैछिन् ।

Monday, July 13, 2015

चर्चित हाँस्य टेलिफिल्म भद्रगोलका कुमार कट्टेल ''जिग्री''संग गरिएका रमाइलो कुराकानी

0 comments
चर्चित हाँस्य टेलिफिल्म भद्रगोलका कुमार कट्टेल ''जिग्री''कलाकार , लेखक र मुख्य सहायक निर्देसक संग गरिएका रमाइलो कुराकानी।

माननीय श्रम राज्य मन्त्री ज्यु लाई देस द्रोही घोषणा गरि फाँसी देउ सरकार !!

0 comments
सम्माननिय श्रम राज्य मन्त्री ज्यु लाई देस द्रोही घोषणा गरि फाँसी को ब्यबस्था गर्न म नेपाल सरकार र सम्बन्धित निकाय अनि प्रमुख राजनितिक दलका नेता ज्यु हरु संग माग गर्दछु । श्रम राज्य मन्त्री ज्यु लाई कस्लेदियो यत्रो अधिकांर जो नेपाली बेरोजगार अनि गरिब हरु को पक्षमा निर्णय गर्न लाई ? कस्ले दियो अधिकार बिचौलिया र माफिया हरुको पेट मा लात हान्न लाइ ? कस्ले दियो मन्त्री ज्यु लाई अधिकार नेपाली राजनितिक दलको लागि मोटो चन्दा दिने माफिया हरुको प्रमुख आम्दानिको श्रोत बन्द गर्नलाइ ?कस्ले दियो मन्त्री ज्यु लाई अधिकार जस्ले कानुन लाई लत्याइ मानव बेचबिखन र शरीर बन्धक बनाउने लाई ठोस कानुन बनाइ रोक्न ? सायद यो सबै प्रस्न,को जबाफ सरकार अनि नेपाल का प्रमुख दलहरु ले दिनु पर्ने हो तर बिड्म्बना यहाँ नत सरकार न त कुनै राजनितिक दल ले नै श्रम राज्य मन्त्री ज्यु को शून्य लागत नीति लाई सार्बजनिक स्वागत गर्न सके !! किन ? किन कि यहाँ नेपाल का राजनितिक दलको आम्दानी को श्रोत गुम्ने निस्चित छ त्यसैले यो पनि बुज्नु आबस्यक छ कि हाम्रा लोकप्रिय नेता ज्यु हरु ले माफिया बाट आयको चन्दा ले तिम्रा केही स्याल हरु मात्र मोटायका छ्न अनि लाखौ नेपाली हरु शरीर बन्धक बन्धक बनाउन बाध्य छ्न अनि घर जग्गा धितो राखी बिदेसियका हरु बिचौलिया को कारण कमाउन नसकेर घर जग्गा गुमाउदै छन , याद रहोस सरकार !!

अनि हामी जस्ता लाखौ युबा को रेमिटेन्स ले देस को आर्थिक र सामाजिक बिकास मा महत्त्वपूर्ण भुमिका निभायको छ र आगामी दिन मा शून्य लागत नीति ले हामि ले तिर्ने मोटो रकम बिचौलिया मार्फत जाने छैन र युबा र गरिब हरु ले आफ्नो घर जग्गा धितो राखी गुमाउनु पर्ने छैन। यदि यो देस गरिब नै रहोस युबा शक्ति आबस्यक छैन यो देस मा सिमित बिचौलिया मात्र मोटाउन पाउनु पर्ने हो , भने सडक मा ओर्लेर मेनपावर बन्द गरेका माफिया संग आत्म समर्पण गर सरकार कानुनी हैन पैसा तन्त्र माफिया तन्त्र को राज्य बनाउ कानुन सम्बत मानव बेचबिखन र गरिब लै कंगाल बनाउने नीति पारित गर र माफिया लाई श्रम राज्य मन्त्री नियुक्ति गरि सम्माननिय श्रम राज्य मन्त्री गुरुङ ज्यु लाई देस द्रोही घोषणा गरि फाँसी को सजाय गरियोस किनकी गरिब र देस अनि जनता को पक्षमा बोल्ने र काम गर्ने अधिकार मेरो देस मा कसैलाइ छैन हामी जस्तैसबै ले आगामी दिन मा २ लाख तिरेर ६० हजार को रसिद बुजि हिडि रहनु परोस ।।
जय नेपाल
बिबस सन्तोष कुमार बियोगी
दैलेख नेपाल
हाल मलेसिया


Like us

 

Search

 
Enjoy the site