Monday, July 20, 2015

संविधानको मस्यौदामा सुझाव लिन आफ्नो निर्वाचन क्षेत्र गएको प्रचण्ड माथि ढुंगा को बर्षा

0 comments
सिरहा, साउन ४- एमाओवादी अध्यक्ष एवं सिराहा क्षेत्र नम्बर–५ का सभासद पुष्पकमल दाहाल सोमबार संविधानको मस्यौदाको सुझाव संकलन गर्न आफ्नो निर्वाचन क्षेत्र आउने कार्यक्रम थियो।
मिर्चैयास्थित मोहन उच्चमाविमा सुझाव संकलनको कार्यक्रम राखिएको थियो।
अध्यक्ष दाहाल हेलिकोप्टरबाट सिधै मोहन उच्चमावि आउने कार्यक्रम थियो। तर दाहाल आउने थाहा पाएका आन्दोलनरत दलले संघीय समाजवादी फोरम नेपालका सभासद वीरेन्द्र महतोको संयोजकत्वमा एउटा कमिटी नै गठन गरेका थिए। उनीहरुले दाहाल आउनुपुर्व हेलिकोप्टर ल्याण्ड गर्ने ठाउँमा टायर बाल्न सुरु गरिहाले।

सो कुरा जानकारी पाएका दाहाल लाहानमा हेलिकोप्टर ल्याण्ड गरेर लाहानबाट मिर्चैया गाडीमा आएका थिए। दाहाल आउने वित्तिकै आन्दोलरत दलले कालोझण्डा देखाउन सुरु गरे। सुरुमा कालोझण्डा देखाएका आन्दोलनरत दलले दाहाल मञ्चमा बढ्ने वित्तिकै ढुंगा मुडा वर्षाउन थाले।

संविधानको मस्यौदामा सुझाव दिन आएका सर्वसाधारण आतंकित हुने गरी आन्दोलनरत दलले विरोध गरेपछि प्रहरीले हस्तक्षेप गर्यो। दुईतर्फी झडपमा डिएसपी माधव बुढाथोकीसहित सात प्रहरी घाइते भएको एसपी रामत्रिपाल साहले जानकारी दिए। विरोधी दलका कार्यकर्ताले मञ्चमा ढुंगामुढा वर्षाउन थाले
नागरिक
पछि दाहाललाई प्रहरीले सुरक्षा ुकवचुमा राखेको थियो। विरोधीले आक्रमण गर्न नछोडेपछि दिनभरीको कार्यक्रम लिएर आएका दाहाल करिब आधाघण्टा भाषण गरेर काठमाडौं फर्किए। Photo Annapurna Post.


Sunday, July 19, 2015

झोलुङ्गे पुलबाट हाम फालेर २५ वर्षीय एक युवकले आत्महत्या

0 comments
जुम्ला, ३ साउन । गएराति सदरमुकाम नजिकको झोलुङ्गे पुलबाट हाम फालेर २५ वर्षीय एक युवकले आत्महत्या गरेका छन् ।

हत्या गर्ने युवक चन्दननाथ– १५ बोहोरागाउँ निवासी २७ वर्षीय वसन्त रावल हुन् । रावलले झोलुङ्गे पुलको बीचबाट हाम्फालेको प्रत्यक्षदर्शीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

बेलुकाको समय, वर्षाले पानीको चाप बढी भएकाले सोही दिनमा खोजी कार्यमा अवरोध आएको र आज सदरमुकामदेखि नौ किमी टाढा रहेको हाकु गाविस नजिक मृतक रावलको शव भेटिएको प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो । मृतक रावलको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा शव परीक्षण गरिसकिएको प्रहरी निरीक्षक खड्काले उल्लेख गर्नु भयो ।

यसैगरी प्रहरी निरीक्षक खड्काका अनुसार आज चन्दननाथ नगरपालिका वडा नं १२ तिलउम गाउँका ३५ वर्षीया विष्णु सार्कीले आफ्नै घरमा पटुकाको पासो लगाएर आत्महत्या गरेकी छन् ।

श्रीमान्सँगको सामान्य विवादमा विष्णुले आत्महत्या गरेको बताइएको छ । आत्महत्याको खबर बेलुका आएपछि राति उनलाई अस्पतालमा पु¥याइएको र निजको शव परीक्षण हुन नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घटना के कति कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आफ्नै दाजुभाइलाई लुट्नेहरुले अब लाज मान्नु पर्छ : श्रम राज्यमन्त्री गुरुङ

0 comments
मन्त्री गुरुङले गरेको निर्णय कामदारका पक्षमा देखिएका कारण मुलुकभर उनको पक्षमा बहसगरिदैं छ । तर व्यावसायीहरु गुरुङका कारण वैदेशिक रोजगारी खोसिने दाबी गर्दैैछन् । सरकारको निर्णय नमानेर अटेर गर्ने व्यावसायीलाई सरकारले कारवाही गर्ने मन्त्री गुरुङको दाबी छ । प्रस्तुत छ, ईमेजखबर डटकमका लागि ठाकुर बेलवासेले मन्त्री गुरुङसँग गरेको वार्ताको केही महत्वपूर्ण अंश :

सरकारको निर्णय नमान्ने भन्दै वैदेशिक रोजगार व्यावसायीहरु आन्दोलनमा छन् । व्यावसायीहरु आन्दोलनमै जानुपर्ने यो कस्तो निर्णय गर्नुभयो तपाईले ?

मैले पनि केही बुझन सकिरहेको छैन । सरकारले वैदेशिक रोजगार व्यावसाय संचालन गर भनेर अनुमतिपत्र दिएको छ । सरकारको निगरानीमा उनीहरु बस्नु पर्छ । सरकारले दिएका निर्देशन पनि पालना गर्नु पर्छ । यो उनीहरुलाई मैले बुझाइरहनु पर्ने कुरै होईन ।

अहिले खाडीमा काम गर्न जाने युवाहरु गरिब नेपालीका छोराहरु हुन् । ऋण काढेर खाडी गएका छन् । खाडीका राम्रा कम्पनीहरुले निःशुल्क प्रवेश अनुमतिपत्र र टिकट दिने गर्छ । तर हाम्रा व्यावसायीहरु खुलेआम उताका कम्पनीहरुलाई कमिशन खुवाउँछन् र नेपालीलाई लुट्छन्, यो कस्तो बिडम्बना ? यसैलाई नियममा बाधौँ, व्यवसायलाई अनुशासित बनाऔँ भन्ने मेरो पहल हो ।

नेपाली ठगीएका छन्, वैदेशिक रोजगार व्यावसाय अनुशासित छैन भन्ने कुरा बुझ्न किन यति ढिलो ?

हो, उहिल्यै गर्नुपर्ने काम अहिले आएर गरिदैं छ । विदेश जाने काम यतिबेला फेशनजस्तो भएको छ । सरकार पनि रेमिट्यान्सका नाममा मख्ख छ । तर यसका घाटा हामीले कहिल्यै हेरेनौं । यो दुःखको कुरा हो । हाम्रा रोजगार व्यावसायीहरु एजेन्टमात्र हुन् । नेपालको परिस्थितिले उनीहरु व्यावसायी बने । कतार, मलेसिया लगायतका राम्रा कम्पनीहरुले कामदारलाई निःशुल्क भिषा र टिकट पठाउँछन् ।

अनि नेपाली म्यानपावर कम्पनीलाई कमिशन पनि दिन्छन् तर हाम्रा व्यावसायी भनिने कम्पनीहरुले उताका काम नलाग्ने कम्पनीहरुलाई कमिशन ख्वाएर मान्छे उता पठाए । यसले नेपालीले खाडीमा दुःख त पाए नै, अर्कोतर्फ देशको ठूलो रकम विदेश गयो । यो राज्यका लागि चिन्ताको विषय हो । विगतमा के भएन, के भयो भन्नेभन्दा पनि अब राम्रो गरौं भन्नु पर्यो नि ।

नेपाली कामदारबाट लिएको मोटो रकम त रोजगार कम्पनी र यहाँका व्यावसायीले बाँडीचुँडी पो खान्छन् ?

म यस व्यावसायसँग राम्रो भिजेको मान्छे । प्रत्यक्ष मैले काम पनि गरेको छु । यसकारण यहाँ भित्र विकृति के छन् भन्नेबारे सबै मलाई थाहा छ । मलाई कसैले सिकाउनु पर्दैन । केका लागि आन्दोलन गर्दैछन् साथीहरु ? म अचम्ममा परेको छु । लुट्न पाईनँ भनेर आन्दोलन गर्ने ?

अब रोजगारीका लागि खाडी जान चाहनेले कुन निकायसँग सम्पर्क राख्ने त ?

वैदेशिक रोजगार कम्पनीसँगै हो नि सम्पर्क गर्ने । उनीहरुलाई त्यही काम गर भनेर नेपाल सरकारले अनुमतिपत्र दिएको छ ।

कमाई खोसिएपछि नेपालका रोजगार व्यावसायीले कसरी कामदारलाई विदेश पठाउने ?

यही त छ बिडम्बना । कति कमाउने ? एकजना गरिबको छोरालाई कति लुट्ने ? निःशुल्क प्रवेश अनुमतिपत्र र टिकट कामदारका नाममा आउँछ । जुन देशको कम्पनीले कादार माग गर्छ, उसैले पनि कमिशन दिन्छ । यताबाट प्रति कामदार १० देखि १५ हजार सेवा दिएबापत लिनसक्ने अवस्था पनि छ । यसरी दुबै तर्फबाट प्रतिकामदार कम्पनीले कम्तीमा २५ हजार कमाउँछ । अब मैले नबुझेको कुरा कति कमाउनु पर्ने हो उनीहरुले ? यहाँबाट ठगिएर खाडी गएका युवाहरुले हामी ठगिएका रहेछौं भन्ने थाहा पाउँछन् । यहाँका कम्पनीहरुलाई सरापेर बस्छन् । आफ्नै दाजुभाइको सराप कति खानु हो ?

अहिलेसम्म त यो क्षेत्र मनोमानी कै रहेछ नि त ?

हो, यति धेरै मनोमानी छ कि कुरै नगरौं । म त यस क्षेत्रको भुक्तमान हुँ । मैले कुनै हचुवाका भरमा निर्णय गरेको छैन । अति भएपछि यो कदम चाल्न बाध्य भएको हुँ ।

पैसाका नाममा नेपाली युवा माथि खेलवाड गर्ने अधिकार कसैसँग छैन । अहिले खाडीका देशहरुमा नेपालीको विजोग किन छ भन्दा कमिशन खुवाएर नेपाली म्यानपावर कम्पनीले नराम्रा कम्पनीको रोजगारी ल्याए, अनि नेपाली त्यहाँ पुगेपछि अलपत्र पर्न थाले, यो असह्य कुरा हो ।

व्यावसायीहरुले आन्दोलन फिर्ता लिदैनौं भन्दैछन्, के गर्नुहुन्छ ?

केका लागि आन्दोलन गर्दै हुनुहुन्छ तपाईहरु भनेर मैले बारम्बार सोधेको छु । उहाँहरुसँग जवाफ छैन । गरिबलाई लुट्न पाईनँ भनेर आन्दोलन गर्न सुहाउँदैन ।

अर्को कुरा, नयाँ नियम असार २१ बाटमात्र लागू भएको हो । उहाँहरुले ९४ हजार युवाहरुको वैदेशिक रोजगारीका लागि श्रम विभागबाट अनुमति लिइसक्नु भएको छ । १०–१२ हजार त उड्ने अवस्थामा छन् । यो सानो कुरा होइन । हामीले यो छुट पनि दिएका छौं ।

९४ हजार युवालाई लुट्ने छुट दिएको ?

हेर्नुस्, देशको अवस्थाले यस्तो भयो । लाखौं लाख युवा ठगिएका छन् ।  ९४ हजारलाई पनि ठग भनिएको होइन । पहिला भद्रगोलको अवस्था थियो । त्यही अवस्थामा अगाडि बढाईएका कामलाई नयाँ नियमले नबाँधौं, यसअघि जे भयो–भयो भनिएको मात्र हो । यति गर्दा पनि व्यावसायीलाई चित्त बुझेको छैन ।

सरकारको निर्देशन नमान्ने व्यावसायीलाई कारवाही गर्न सक्दैन सरकार ?

किन सक्दैन ? गजबले सक्छ । म हेर्दैछु । काम गरे भनेर अनुमति दिएको हो सरकारले । लुट भनेर दिएको हो र ? म हेर्दैछु । अब धेरै पर्खिन्नँ पनि ।

मैले यो निर्णय खाडीका सबै मुलुक डुलेर, वास्तविकता बुझेरमात्र गरेको छु । जसले रोजगारी दिएको छ, त्यही देशमा आज हाम्रो ईज्जत पानीमा छ । आफ्नै दाजुभाइलाई लुट्नेहरुले अब लाज मान्नु पर्छ ।

वैदेशिक रोजगार व्यावसायी संघको नवनिर्वाचित अध्यक्ष विमल ढकाललाई आफैं लागेर जिताउनु भयो, अहिले उनी नै तपाईका विरुद्धमा आन्दोलन गर्दैछन्, हैन ?

मैले यो व्यावसायमा राजनीति नगरौं भनेकै हो । विमलजी मेरो साथी हुनुहुन्छ । मेरो विरोध गर्नु भयो–भएन म जान्दिनँ । तर राम्रा कामका बारेमा उहाँले पनि साथ दिनु पर्छ । यस विषमा म दलभन्दा माथि छु । मलाई पार्टीले यसो गर, उसो गर भने पनि यसमा मान्ने पक्षमा छैन । यो आम नागरिकको काम हो ।

मन्त्रीकै कारण अब वैदेशिक रोजगारी गुम्दै छ भन्छन् त व्यावसायी ?

आफुले कमिशन पाउँदा रोजगारी नगुम्ने, नपाउँदा गुम्ने ? सोझा नेपाली भएरमात्रै उनीहरु यस्तो कुरा गरिरहेका छन् । वर्षौदेखि निःशुल्क भिषा र निकटलाई नेपाली कामदारले पैसा तिर्न बाध्य भए । उताबाट कामदार पठाऊ, भिषा र टिकटसँगै कमिशन पनि दिन्छौं भन्छन् र त्यसै गर्छन् । यताकाहरु हाम्रा गरिब दाजुभाइलाई लुट, तिमी पनि कमिशन खाउ, हामी पनि खान्छौं भन्छन् ।

नेपाली कामदारको खाडीमा ठूलो माग छ । खाडीमा काम खोज्न जो भारतीय, श्रीलंकन या अन्य देशका कामदारभन्दा नेपाली कामदार बढी इमान्दार मानिन्छन् । यसकारण हामीले नीति राम्रो बनायौं भने रोजगारी खोसिने होइन कि अझ बढ्ने छ ।

तपाईलाई सरकारको सहयोग कस्तो छ ?

विरोध अन्य मन्त्रीज्यूहरुले गर्नु भएको छैन, यही हो सहयोग ।

खाडीमा धेरै नेपाली अलपत्र छन्, नारकीय जीवन विताउन विवश छन् भनिन्छ, कहिले उद्धार हुन्छ ?

यो काम सकिए पछि म खाडीका मुलुकमा जाँदैछु नेपाली कामदारको अवस्था बुझ्न । अब कुनै पनि नेपालीले खाडीमा दुःख भोग्नु नपरोस् भन्ने हो । मैले यसका लागि योजना बनाईसकेको छु । संविधान निर्माणले पनि केही असर त गर्ला तर म छिटै यस विषयमा विशेष काम गर्दैैछु ।इमेज समाचार


छिनिएको हात एक महिना पछि पुनः हातमा जडान

0 comments
हिजो आज दिनानुदिन नँया नँया चमत्कारिक प्रबिधी पत्ता लाग्ने र त्यसको प्रयोग हुने क्रम बढ्दो छ । बैज्ञानिकहरुले अन्य क्षेत्र जस्तै मेडिकल क्षेत्रमा पनि ठूला ठूला चमत्कारिक प्रयोगहरु सिद्ध गर्न सफल भई सकेका छन् ।

हालसालै मध्य चिनको चागंसा अस्पतालका सर्जनहरुले पनि यस्तै अनौठो उपचार सम्भव तुल्याएका छन् । चाईनाबाट प्रकाशन हुने मेल अनलाईनका अनुसार उनिहरुले एक हात छिनिएको घाईतेको हातलाई खुट्टामा जोडेर एक महिना पश्चात पुनः हातमा जडान गरेका हुन् ।

फेक्ट्रिमा काम गर्ने जो को हात घुम्ने मेशिनमा परेर छिनालीएपछि उनि त्यो छिनालिएको हात लिएर अस्पताल पुगेका थिए । अस्पतालमा डाक्टरहरुले उनको अवस्थाहेरी हातको रक्त कोशिकाहरुलाई जिवित राख्न उनको छिनिएको हात खुट्टामा जडान गरिदिए । एक महिनापछि सोहि हातलाई पुनः छिनिएकै ठाउँमा जडान गरिदिए ।

अहिले जो को हात पहिलेकै अवस्थामा आईरहेको छ । जो भन्छन्, औलाहरु बिस्तारै चल्न खोजिरहेका छन् । जो को अप्रेसन टिमका लिडर डा. ट्यागं जो भन्छन्, जोलाई उनको हात पुनः पहिलाकै अवस्थामा प्रयोग गर्न मिल्ने अवसर जुट्यो । उसो त ट्यागंको टिमले यसअघि २०१३ मा यस्तै खाले घटनामाथि सफलता पाईसकेका छन् ।








तराईमा बंगलादेशीलाई नेपाली नागरिकता र पासपोर्ट बेच्दै

0 comments
 असार ३ आइतबार - बंगलादेशी नागरिक रियन मियाले असगर अलि शाही र साइदुल इस्लामले जाहिद अलि साहीको नामबाट जिल्ला प्रशासन कार्यालय बाँकेबाट नेपाली नागरिकता र राहदानी बनाएका रहस्य खुलेको छ।

कटकुइया गाविसका सचिब र इलाका प्रशासन कार्यालय नरैनापुरका प्रशासकीय अधिकृतलाई आर्थिक प्रलोभनमा पारेर उनीहरुले २०७० फागुन १२ गते नेपाली नागरिकता बनाएका थिए।

बंगालादेशी नागरिकलाई साउदी सरकारले कामदार भिसामा कडाई गरेपछि साउदी अबरमा रहेका नेपाली नागरिक निजामको सहयोगमा उनीहरू बंगलादेशबाट नेपालगन्ज आएर नागरिकता बितरणमा संलग्न हुने नेपाली कर्मचारीहरुलाई प्रलोभनमा पारी नागरिकता र पासपोर्ट बनाएको अनुसन्धानबाट देखिएको छ।

अभियुक्तहरू बंगलादेशबाट नेपालगन्ज आएर लामो समयसम्म नेपालगन्जको मुसाफिर खाना (मुस्लिम समुदायको धर्मशाला) मा बसेर नागरिकता र पासपोर्ट बनाउनका लागि आवश्यक प्रबन्ध मिलाएका थिए।

नेपाली राहादानी बोकेर काठमाडौं हुँदै साउदी अरब जाने क्रममा २०७१ साउन २० गते उनीहरू काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा शंकास्पद अवस्था पक्राउ परेका थिए। हिन्दी र अबधी भाषासमेत राम्रोसँग बोल्न नसकेपछि केरकारगर्दा उनीहरु बंगलादेशको नागरिक भएको खुलेको थियो।

 नेपाल प्रहरीले पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत बाँकेमा नक्कली नागरिकता र पासपोर्ट बनाएको अभियोगमा मुद्दा चलाएको छ। जिल्ला अदालत बाँकेको आदेशपछि दुबै अभियुक्तहरू पुर्पक्षका लागि बाँके कारागारमा छन्।

बंगलादेशी नागरिकलाई नागरिकता दिलाउन बाँके कटकुइयाका ४ का झगरु अलि शाहीले बुबा र जैतुना अलि शाहीले आमा बनेर सहयोग गरेका थिए।

बंगलादेशी नागरिकलाई नेपाली नागरिकता दिलाउनका लागि आबश्यक कागजी प्रमाण जुटाउनका लागि सहयोग गर्ने  झगरु र जैतुना लगायत ११ जनालाई प्रहरीले प्रतिबादी बनाएर मुद्दा चलाएको छ। अभियुक्तहरुले  नेपाली पासपोर्ट बनाउनका लागि  करिब १६ लाख खर्च भएको बताएका छन्।


संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय र सुझाब संकलनको बारेमा तयार पारेको भिडियो हेर्नुहोस

0 comments
श्रावण २ सनिबार,काठमाडौं - सभासदहरु निर्वाचन क्षेत्र पुगी संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको सुझाब लिनेछन।  ४ र ५ गतेको राय संकलनलाई भव्य बनाउन नागरिकलाई आ–आफ्नो मोबाइलमा एसएमएस गरी निमन्त्रणासमेत दिने तयारी गरेको छ । योभन्दा अगाडी कर्मचारीहरुबाट भइरहेका सुझाव संकलन प्रक्रिया पनि उत्साहजनक रहेको संविधानसभा सचिवालयले जनाएको छ ।
Video

दुई पक्षबीच झडप हुँदा एकको मृत्यु

0 comments
साउन २ सनिबार  - रौतहट लक्ष्मीपुर दोस्तीया गाविस– ५मा जग्गाको विषयमा गए राति दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार उक्त झडपमा परी सख्त घाइते भएका लक्ष्मीपुर दोस्तीया गाविस– ५ बस्ने ४५ वर्षीया सुखल मन्सुरीको उपचारका क्रममा मृत्यु भएको हो । निजले शौचालय निर्माण गर्ने क्रममा आफ्नो जग्गाको साँध मिचेर बनाएको भन्दै छिमेकी मोख्तार मन्सुरीले विवाद गरेपछि राति ९ बजे दुवै पक्षबीच झडप भएको र सो क्रममा दुवै पक्षबीच कुटाकुट भएको थियो ।

सो क्रममा ढुङ्गाले हान्दा टाउकामा लागि गम्भीर घाइते भएका सुखल मन्सुरीको उपचारका क्रममा चन्द्रनिगाहपुर अस्पतालमा मृत्यु भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु पनि घाइते भएकाले उनीहरुको गरुडास्थित अनामिका हेल्थ क्लिनिकमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Saturday, July 18, 2015

बजरंगी भाईजान भारत र पाकिस्तान छुट्टिएपछिको कथामा आधारित फिल्म भिडियो सहित हेर्नुहोस

0 comments
‘बजरंगी भाईजान’ सीमापार प्रेमको क्रसओभर फिल्म हो ।फिल्ममा धेरै ‘मेलोड्रामा’ छ, धेरै कुराहरु पत्याउन गाह्रो हुन्छ, अधिकांश गीतहरु गम्भीर कथामा नसुहाउने खालका छन् । यि सबै हुँदाहुँदै पनि फिल्मलाई चलाखीपूर्ण तरिकाले सजाइएको छ । केही मानवीय स्पर्श छ, एउटा दृष्टिकोण छ, एउटा आवाज छ ।
यो रोमान्टिक फिल्म फिल्म पनि होइन र एक्शन फिल्म पनि होइन ।वास्तवमा यो फिल्म सलमानमाथि केन्द्रित पनि छैन । यो उनको ‘मिशन’ मा केन्द्रित छ । फिल्ममा नवाजुद्दीन सिद्दीकी र सानी बालिका हर्षालीले तपाइँलाई स्तब्ध बनाउने छन् ।  

फिल्मको कथा सरल छ । पवन चतुर्वेदीले एउटी बालिका भेट्टाउँछ जो पाकिस्तानी हो र बोल्न सक्दैन ।
यो बालिकालाई सीमापार रहेका आमा–बाबुकहाँ पुर्‍याउनु पवनको ‘मिशन’ बन्छ । नवाज एउटा भिडियो भाइरल भएको पाकिस्तानी रिपोर्टरको भूमिकामा छन्– जसले सलमानलाई सहयोग गर्छ ।

फिल्म ‘गदर’ भन्दा ठिक उल्टो कहानी छ यसमा । भारत र पाकिस्तानबीचको कथा जहाँ सीमामा काँडेतार लगाइएको छ, सेना छ र सर्वसाधारण पनि । पूर्वाग्रह छ तर कोही खलनायक छैन ।फिल्मले धेरै जसो मानिसभित्र रहेको असलपनाको कुरा गर्छ ।

हिरोलाई भारत र पाकिस्तानमा बराबर मनपराइन्छ । यो मानवतावादी र भावुक फिल्मलाई पनि त्यसै गरी मनपराइने छ । - बीबीसी
video
Bajrangi Bhaijaan Full Movie

दक्षिण एसियाको सबैभन्दा महङ्गो सहर काठमाडौ

0 comments
 काठमाडौ दक्षिण एसियाको सबैभन्दा महङ्गो सहर भएको इकोनोमिस्ट म्यागेजिनले सार्वजनिक गरेको ‘वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्स’मा देखाइएको छ।

उक्त सूचकांकमा मुम्बई विश्वकै सबैभन्दा सस्तो सहर भनिएको छ। दैनिक जीवनयापनका लागि आवश्यक पर्ने विभिन्न वस्तुहरु खाद्यान्न, मदिरा, पोशाक, भाडा, यातायात र बिजुली पानी आदिको मूल्यमा गरिएको मापनको आधारमा यो सूची सार्वजनिक गरिएको हो।

यो सूचकांकमा मुम्बइले ३९ अंक पाएको छ । विश्वकै दोस्रो सस्तो सहर कराँचीको ४० अंक छ। तेस्रो सस्तो सहरमा नयाँ दिल्ली छ। सूचकांकमा दिल्लीले ४३ अंक पाएको छ । चौथो सस्तो सहरमा सिरियाको दमास्कसले ४४ अंक पाएको छ। यस्तै काठमाडौंको पनि समान ४४ अंक भएपनि सूचीमा पाँचौ स्थानमा राखिएको छ ।

काठमाडौंपछि अल्जेरियाको अल्जियर्स, रोमानियाको बुखारेस्ट, पनामाको पनामा सिटी, साउदी अरबको जेद्दाहा र रियाद छन् ।

आफ्नी श्रीमतिलाई कुटीकुटी हत्या गरी खोलामा फल्यो

0 comments
सनिबार २ असार -भक्तपुरमा एक पुरुषले भाउजूको समेत साथ लिएर आफ्नी श्रीमतिलाई कुटीकुटी हत्या गरी हनुमन्ते खोलामा फालेको खुलासा भएको छ।

महानगरीय प्रहरी वृत्त ठिमीले श्रीमती मारेर हनुमन्ते खोलामा फाल्ने पति र हत्यामा सघाउने उनकी भाउजूलाई पक्राउ गरेको छ।प्रहरीले सिराहा भदैया ६ माइतीघर भएका वर्ष ३० की साहजादी खातुनलाई मारेर भक्तपुरको हनुमन्ते खोलामा फाल्ने सिराहा मनहर गोलबजार ६ बस्ने वर्ष १९ की जाविर अन्सारी र हत्यामा सहभागी अन्सारीकी भाउजू मनिका चौधरी अन्सारीलाई शुक्रबार राती काठमाडौंको कालोपुलबाट पक्राउ गरेको हो।

वृत्तका प्रहरी नायब प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार शुक्रबार साँझ भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका ५ स्थित हनुमन्ते खोलामा खातुनको शव फेला परेको थियो।शरीरको पछाडिपट्टि घाउ र चोटपटक लागेको खातुनको सव भेटिएपछि खोजतलास गर्दै जाँदा उनकै श्रीमान् जाविर फरार रहेको पाइएको र त्यसपछि प्रहरीले खोजतलास गरी पक्राउ गरेको  नायब प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।


उनीहरु भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका ५ बालकोटमा कोठा लिएर बस्दै आएका थिए । खातुन भने मध्यपुर थिमीस्थित राजन ढुंगानाको ब्याग पसलमा काम गर्थिन् ।श्रीमान र श्रीमतीको उमेर धेरै फरक भएकाले उनीहरुबीच बेला बेलामा झैझगडा हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । साथै खातुनको यसअघि नै अन्य केटासँग विवाह भइसकेको हुँदा दुईजनाबीचको सम्बन्ध राम्रो थिएन । दुई वर्षअघि विवाह गरेका खातुन र अन्सारीबीच हुने झगडा प्रहरीसम्म पनि पुगेको थियो ।

घटना भएको दिन बिहीबार पनि श्रीमानश्रीमतीबीच झगडा भएको थियो । झगडाले उग्र रुप लिएपछि दुईजना बालकोटस्थित महानगरीय प्रहरी प्रभाग पुगेका थिए । प्रभागमा दुवैजनाले अब पुनः झगडा नगर्ने वाचा गरेपछि राती साढे नौ बजे श्रीमानश्रीमती कोठातर्फ लागेका थिए ।तर बाटोमा पुनः झगडा भएपछि अन्सारीले श्रीमतीलाई कुटीकुटी मारेर हनुमन्ते खोलामा फालेको प्रहरी अनुसन्धानबाट देखिएको छ।

‘प्रहरीकहाँ मिलेका दुई जना कोठातर्फ फर्कने बेला फेरि झगडा हुँदा अन्सारीले कुटपिट गर्दा मरेकी श्रीमतीलाई हनुमन्ते खोलामा फालेको स्वीकार गरेका छन्’, नायब प्रहरी उपरीक्षक वोगटीले भने, ‘श्रीमतीलाई मारेपछि फाल्नलाई अन्सारीले आफ्नी भाउजूलाई बोलाएका थिए र भाउजूले पनि देवरानीको लास खोलामा फाल्न सघाएर दुवै भागेका थिए ।’

वृत्तले प्रहरीको अपराध महाशाखाको सहयोगमा शुक्रबार राती हत्यामा संलग्न अन्सारी र उनकी भाउजू मनिकालाई काठमाडौं कालोपुलबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले हत्यामा संलग्न अन्सारी र मतियार बनेकी मनिका दुवैलाई कर्तव्य ज्यान मुद्दा चलाउँदै थप अनुसन्धान अघि बढाएको छ ।
फाइल फोटो


एक महिलालाई अस्पताल लैजाँदै गर्दा कारको सिटमै बच्चा जन्माएकी भाइरल भिडियो हेर्नुहोस्

0 comments
 संयुक्त राज्य अमिरिकाको  ह्युसटन सहरमा एक महिलाले कारको सिटमै बच्चा जन्माएकी छिन् । डेलिभरीका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा सुत्केरी व्यथा लागेपछि कार चालकले खिचेको थियो।
 अन्य जानकारी खुलाएको छैन। -एजेन्सी


सोलोमन द्वीपमा ७ म्याग्निच्यूडको भूकम्प

0 comments
असार २ सनिबार - आज बिहान सोलोमन द्वीपको लाताबाट ७८ किलोमीटर पश्चिम-उत्तरलाई  केन्द्रबिन्दु बनाएर  ७ म्याग्निच्यूडको भूकम्प गएको छ। यू.एस.जी.सी.क अनुसार सोलोमन द्वीपको तटीय क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्पगएको बुझिएको छ। सबै तथ्यांकको अध्ययनपछि वैज्ञानिकहरुले सुनामीको खतरा समाप्त भएको जनाएका छन् । सुरुमा ७.५ म्याग्निच्यूडको भनिए पनि पछि सुधारिएको हो।

अस्ति सोमबार ५ दिनअघि मात्रै पनि ४.८ म्याग्निच्यूडको भूकम्प गएको थियो। सन् २०१३ मा ८ म्याग्निच्यूडको भूकम्पपछि सुनामी आउँदा सो क्षेत्रमा १० जना मानिसको ज्यान गएको थियो । सुनामीले बस्ती भत्काउँदा हजारौं मानिस विस्थापित भएका थिए।

एक १६ वर्षकी केटीलाई भिडले कुटि कुटी बेहोस बनाएर जिउँदै जलाएको भिडियो

0 comments
ग्वाटेमालाको रिओ ब्राभो नगरमा डरलाग्दो घटना भएको छ । एक १६ वर्षकी केटीलाई भिडले कुटि कुटी बेहोस बनाएर जिउँदै जलाएको भिडियो सार्वजनिक भएको छ ।

ती किशोरीमाथि एक ट्याक्सी ड्राइभरलाई गोली हनेको आरोप लागेको थियो । उनी र अन्य २ युवक मिलेर ६८ वर्षीय कार्लोस इनरिक नामका ट्याक्सी ड्राइभरमाथि गोली प्रहार गरेको भन्दै भिडले उनलाई लछार पछार र कुटपिट गरेपछि जिउँदै जलाएको समाचारमा जनाइएको छ ।

उनीसँग रहेका २ युवक भागेको तर ती किशोरीलाई भने भिडले समातेर कुटेको थियो । एक वृद्धले खिचेको भिडियोमा उनलाई कुटेर मारिँदै गर्दा मानिसहरु रमिते बनेको देखिन्छ ।

पुलिसले हस्तक्षेप गर्दा समेत मानिसहरुले पुलिसलाई रोकेर युवतीलाई कुटेका थिए । यो आक्रमणको विषयमा छानविन भैरहेको प्रहरीले जनाएको छ ।


VIDEO

नुवाकोट रा.प्र.पा.का अध्यक्ष अनिएमितता गरेको कारण पदबाट बर्खास्त

0 comments
नुवाकोट, साउन २– राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटका अध्यक्ष झनकबहादुर प्याकुरेललाई राप्रपाले अध्यक्ष पदबाट बर्खास्त गरेको छ ।

जिल्लामा पार्टी एकीकरण अधिवेशन भएको साँढे दुई वर्षमै अध्यक्ष प्याकुरेललाई पार्टी नीति विपरीत काम गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले पदबाट बर्खास्त गरेको जनाएको छ ।

पार्टी अध्यक्ष पशुपतिशमशेर जबराको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय समितिको बैठकले विधान २०४८ को दफा २७ ङ अनुसार राप्रपाको नुवाकोट अध्यक्षबाट प्याकुरेललाई बर्खास्त गरिएको जनाइएका् छ ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्याकुरेललाई बर्खास्त गरी कोषाध्यक्ष नरेन्द्रप्रसाद फुँयाललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

पार्टीका सहायक महामन्त्री तथा सङ्गठन विभाग प्रमुख हेमजङ गुरुङद्वारा जारी विज्ञप्तिमा यसको जानकारी जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला विकास समितिको कार्यालयमा गराइएको छ ।

पार्टीको अनुशासन समितिले गत असार १८ गते अध्यक्ष प्याकुरेललाई कारबाही गर्न केन्द्रीय समितिलाई सिफारिस गरेको थियो ।

वाणिज्य तथा आपूर्ती मन्त्री सुनीलबहादुर थापाले पठाएको राहत सामग्री वितरणमा जिल्ला अध्यक्ष प्याकुरेलले एकलौटी रूपमा निर्णय गरेको, १८ महिनादेखि पार्टीको जिल्ला कार्यसमितिको बैठक नगरेको, संस्थापन पक्षविरुद्ध गुटबन्दी गरेको, केन्द्रीय अध्यक्ष पशुपतिशमशेर जबराविरुद्ध आयोजित भेलामा सहभागी भएकोलगायत कारण देखाउँदै पार्टीको केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन समितिका संयोजक बाबुराम पौडेलले लिखित स्पष्टीकरण मागेका थिए ।

अनुशासन समितिको स्पष्टीकरण मागेपछि डा प्रकाशचन्द्र लोहनी उनी पक्षधर नेता तथा कार्यकर्ताले स्पष्टीकरण नदिन अध्यक्ष प्याकुरेललाई निर्देशन दिएको बुझिएको छ । प्याकुरेलले पार्टीले विधानसम्मत मागेको स्पष्टीकरण नदिएका कारण उनीमाथि कारबाही भएको सो पार्टीले जनाएको छ ।

प्याकुरेलले भने आफूलाई कारबाही गर्ने अधिकार कसैलाई नभएको र आफू नै अध्यक्ष रहेको दाबी गरेका छन् ।

४ किलो सुनसहित १ ब्यक्ति काठमाण्डौँ एयरपोर्टमा पक्राउ

0 comments
काठमाडौँ, साउन २–यु.ए.ई.को शारजाहाबाट काठमाण्डौँ आएका भारतीय ५७ वर्षीय रामनिवास बर्मालाई अवैध रूपमा ल्याएको चार किलो सुनसहित प्रहरीले शुक्रबार पक्राउ गरेको छ । एयर अरेबियाको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै भन्सार पार भएपछि आगमन द्वारमा प्रहरीले जाँच गर्ने क्रममा सुनसहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बर्माले शरीरभित्र लुकाइछिपाइ चार टुक्रामा उक्त परिमाणको सुन ल्याएका थिए । राहदानी नं ८२५२९५९५ मन बर्माका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

शक्तिशाली कार बम विस्फोटमा परी कम्तीमा ९० जनाको ज्यान गएको छ

0 comments
खान बानी साद (इराक), २ साउन । इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रमा भएको एक शक्तिशाली कार बम विस्फोटमा परी कम्तीमा पनि ९० जनाको ज्यान गएको समाचार छ ।

शुक्रबार साँझ र रातिगरी सो विस्फोट भएको थियो । उक्त विस्फोटमा परी मारिने व्यक्तिको सङ्ख्या ९० जना पुगेको अधिकारीहरुले जनाएका छन् ।

उक्त विस्फोट इस्लामिक स्टेटले गराएका थिए । उनीहरुले यसको जिम्मेवारी पनि लिइसकेका छन् ।
विस्फोट भएको नगर खान बानी सादका एकजना अधिकारीले मृत्यु हुने व्यक्तिको सङ्ख्या ९० पुगेको जानकारी दिएका छन् । उनले सो विस्फोटमा परी हराउनेको सङ्ख्या २० भन्दा बढी रहेको बताएका छन् ।

अब्बास हादी सालेहले सो बारेमा जानकारी दिएका छन् । उनले भनेका छन्– मारिनेको सङ्ख्या ९० पुगेको छ र त्यसमा परी अरु १२० जना घाइते भएका छन् ।

रमाजानको अन्तिम दिन मनाइरहेका बेला शुक्रबार यसरी विस्फोट भएको थियो । विस्फोटमा परी १५ जना बालबालिका पनि मारिएका छन् ।

बजारको मध्यभागमा नै शुक्रबार किनमेल जारी रहेको समयमा धेरै मानिस जम्मा भएको स्थानमा यस्तो विस्फोट भएकोले धेरै नागरिकको ज्यान गएको बताइएको हो ।

सिया समुदायका मुसलमानहरुको बाहुल्यता रहेको भनिएको सो नगरमा बर्सेनि यसरी रमाजानकै समयमा हमला हुने गरेको छ । जसका कारण नागरिकमा त्रास फैलिने गर्दछ ।

यसरी बर्सेनि हामीमाथि हमला हुने गरेको छ हामी सियाहरुको दोषी बन्दै आएका छौँ– सालेहले भने । यो नगर दिया प्रान्तमा पर्दछ । इराक सरकारले गएको महिनामात्र यस नगरलाई आइएसबाट सुरक्षित नगरका रुपमा नै घोषणा गरेको थियो ।

आइएसले यसको जिम्मेवारी लिएका छन् । उनीहरुले यस विस्फोटमा कम्तीमा पनि तीन टन शक्तिशाली विस्फोटक पदार्थको प्रयोग गरेको जनाएको छ ।

उसले उक्त नगरमा गतवर्षबाट सुरु गरेको आक्रमणपछि यसलाई सबैभन्दा शक्तिशाली विस्फोट भएको बताएको छ ।

एएफपीका समाचारदाताले उक्त शक्तिशाली विस्फोटका कारण सो सडकमा ठूलो खाडल परेको बताएका छन् । विस्फोटबाट अरुपनि कयौँ संरचना ध्वस्त भएको बताइएको छ ।

यु.ए.ई.को सेक्युरेटी कम्पनीमा कार्यरत १ नेपालीको मृत्यु

0 comments
सनिबार २ असार ,युएई  -  फोक्सोको क्यान्सरका कारण युएईमा एक नेपालको ज्यान गएको छ । अलऐनमा रहेको तवाम अस्पतालमा उपचार गराइ रहेका कालिका–४ कास्कीका रबिन्द्र बजगाईंको ज्यान गएको हो ।
१८ महिना अघि आबुधाबीमा रहेको स्पार्क सेक्युरेटी कम्पनीमा काम गर्न आएका  २६ वर्षका बजगाईंलाई ६ महिना अघि फोक्सोको क्यान्सर भएको पुष्टी भएको थियो ।
रेडियोथेरापी पद्धती अनुसार किमोथेरापी र टोमोथेरापी भैरहेका बेला बजगाईंको शनिबार ज्यान गएको अस्पतालले जनाएको छ ।
बजगाईंको ज्यान गएको बारे आधिकारिक जानकारी दूतावासमा नआएको युएईका लागि नेपाली राजदूत धनन्जय झाले बताउनुभयो ।
आधिकारिक जानकारी आएपछि मात्रै घटनाको पुष्टी गर्न सकिने दूतावासले जनाएको छ ।
तस्बिर : दलबीर शिंह बराइली
न्यूजअभियान

गेष्टहाउसका सञ्चालक मृत् अबस्थामा भेटियो

0 comments
काठमाडौंको कपन  स्थित आस्था गेष्टहाउसका सञ्चालकको मृत्यु भएको छ। तेह्थुमका ४७ वर्षीय गणेश मोक्तानको शुक्रबार करेन्ट लागेर मृत्यु भएको हो । मृत् अबस्थामा भेटियो

अचानक करेन्ट लागेर गम्भीर घाइते भएका मोक्तानको ग्रान्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उता, उदयपुर त्रियुगा नगरपालिका­१७ बस्ने रामकुमार सदाको ११ महीनाका छोरा बिरेन सदाको आप्mनै घर नजिकै पानी जमेको खाल्डोमा डुबी मृत्यु भएको छ। गम्भिर घाइते शिशुको उपचारका लागि अस्पताल लाँदा अस्पतालमै मृत्यु भएको बताइएको छ।

यसैबीच,काठमाडौं महानगरपालिका १४ बल्खुस्थित खाली जग्गामा पाल टाँगी बसेका काभ्रे साँगाका ६६ वर्षीय सानुकाजी बस्नेत शुक्रबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

दिउँसो सुत्ने मानिसहरुको चाँडै मृत्यु

0 comments
राती नसुतेको भन्दै दिनमा सुत्ने मानिसहरु सावधान हुनुहोस् । एक तथ्यका आधारमा दिउँसो सुत्ने वयस्क र पाको मानिसहरुको चाँडै मृत्यु हुने सम्भावना हुन्छ । विशेष रुपमा, दिउँसोको निन्द्राले स्वासप्रश्वाससम्बन्धि रोगहरु बढाउने गर्दछ ।

४० देखि ६५ वर्षका उमेरसमूूहरुका मानिसहरु जो दिउँसो एक घण्टा वा त्योभन्दा बढि सुत्ने गर्दछन् उनीहरुको मृत्यु हुने सम्भावना दिउँसो नसुत्ने मानिसहरुको तुलनामा दोब्बर हुन्छ, युनिभर्सिटी अफ क्याब्रिजका अनुसन्धानकर्ताहरुले बताए । दिउँसो धेरै सुत्नाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ विशेष गरि श्वासप्रश्वाससम्बन्धि रोगहरु, क्याम्ब्रिजका महामारीविद् यू लेंगले बताए । उक्त अनुसन्धानमा १६ हजार मानिस सामेल गराइएको थियो । सन् १९९८ देखि २००० सम्मको अन्तरालमा उनीहरुको सुत्ने बानीको बारेमा जानकारी लिइयो र उनीहरुलाई १३ वर्षसम्म पिछा गरियो ।source dainik khabar

एजेन्टलाई ३० लाख रुपैयाँका दरले तिरेर अमेरिका

0 comments
सन् २०१६ डिसेम्बरसम्म लागु हुने टीपीएस यस्तो सुविधा हो, भिसाबिनै पुगेका वा बसेका नेपालीले श्रम इजाजत पाउनेछन् ।

उनीहरुलाई स्थायी बसोबास (ग्रिन कार्ड) को आवेदन दिने मौका समेत दिइनेछ । यसैलाई भजाउँदै ‘अमेरिका लगिदिन्छु’ भनेर कुनै दलालले तपाईसँग पैसा झारिसकेको त छैन नी ? छैन भने, ठीकै छ । नत्र सावधान रहनुहोस्, यो धन्दा मौलाइसकेको छ।

ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा यो साता मात्र तीन जना नेपाली पुर्याइए । त्यही घरजमसहित व्यवसाय गर्दै आएका सिन्धुलीका छत्रबहादुर मैनालीका अनुसार राजधानी बोगोटाको रियल स्टार होटलमा उनीहरुलाई राखिएको थियो ।

उनीहरु बाँके, दाङ र रुपन्देहीका हुन् । बैंककबाट मलेसिया, त्यहाँबाट दुबई हुँदै अल्मल्याउँदै ल्याइएको उनीहरुसँग ब्राजील र क्युवासम्मको भिसा छ ।

‘उनीहरुले एजेन्टको नाम चाँही भन्न मानेनन्,’ मैनालीले टेलिफोनबाट सुनाए, ‘तर, त्यही व्यक्तिले थप २५ जनालाई लैजान काठमाडौमा पैसा उठाइसकेको र सय जनाको लागि अन्तरवार्ता लिइरहेको बताए ।’

उनीहरु एजेन्टलाई ३० लाख रुपैयाँका दरले तिरेर उडेका थिए । त्यो समूह बिहीबार पैदनमार्गबाट अमेरिकातर्फ लागेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

एक महिलाको इन्जेक्सन र औषधि दिएको केही समयमै मृत्यु

0 comments
पाँचथर, २ साउन । पाँचथरको यासोकमा झाडापखालाबाट थलिएकी एक महिलाको इन्जेक्सन र औषधि दिएको केही समयमै मृत्यु भएको छ । यासोक–३ की ४६ वर्षीया यमकुमारी धमलाको मृत्यु भएकोे हो ।

पेट दुख्यो भन्दै छटपटाएकी धमलाका यासोक बजारमा रहेको सलिना मेडिकलबाट इन्जेक्सन र औषधि लिएको केही छिनमै मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।

मृतकको आफन्तले प्रहरीमा मेडिकल सञ्चालकविरुद्ध जाहेरी दिएका छन् । घटनाबारे स्थलगत अनुसन्धानका लागि ब्युरोको टोली यासोक खटिएको र टोलीको प्रतिवेदनपछि मात्रै वास्तविकता भन्न सकिने प्रहरी निरीक्षक थपलियाको भनाइ छ ।

नवजात शिशुको मेडिकल विद्यार्थीले लिंग नै काटिदिए

0 comments
मेक्सिकोको एक अस्पतालमा एक महिलाले जन्माएकी नवजात शिशुको मेडिकल विद्यार्थीले लिंग नै काटिदिएको खुलेको छ ।
सुत्केरी भएको जन्मेको २ घन्टासम्म पनि आफ्नो शिशुको मुख देख्न नपाएपछि आत्तिएका बाआमाले आफ्नो सन्तानबारे निकै चासो राखेका थिए ।
निकै कर गरेपछि डाक्टरले उनीहरुको बच्चा बाहिर ल्याए । त्यतिबेला डाक्टरले उक्त घटना लुकाउन निकै प्रयास गरेका थिए । तर, ढाटे कुरा काटे मिल्दैन भने झै मेडिकल विद्यार्थीले गरेको गल्ती छताछुल्ल भयो ।
मेक्सिकोको साल्टिलो सहरमा रहेको अस्पतालका अधिकारीहरुले ती शिशुको बाआमालाई शिशु छिट्टै निको हुने अश्वासन दिए । डाक्टरहरुले ती शिशुको लिंग सिलाएर जोडिदिएको अखबारहरुमा सार्वजनिक भयो । उक्त घाउ दुई सेन्टिमिटर गहिरो थियो । अस्पतालले जानीबुझी यस्तो नगरेको स्पष्ट पारेको छ । यता, शिशुका बुवा डिएगोले मुद्दा हालेका छन् ।
-

१० वर्षीय बालिकाले बच्चा जन्माई सबैलाई अचम्मीत पर्यो

0 comments
ब्रजिलको बेलो हारिजॉन्ट भने स्थानमा दश वर्षीय स्कुले बालिकाले एक बच्चालाई जन्म दिएकी छन्  । स्कुलमा अध्यनरत बालिकालाई अचानक स्कुलमा पेट दुख्न थाले पछि अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै  स्कुले बालिकाले एक बच्चालाई जन्म दिए पछि अस्पताल परिसरमा रहेका सबै  अचम्ममा परेको मिररले जनाएको छ ।

डाक्टरका अनुसार सो स्कुले बालिकाले बच्चालाई सात महिनामा जन्म दिएकी थिइन् र आमा र बच्चा दुवै अहिले एकदम स्वस्‍थ रहेका छन् । बच्चा जन्म दिएको केहि समय पश्चात ती स्कुले बालिकाको बयानको आधारमा उनका सौतेनी बाबुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको  छ ।
स्कुले बालिकाको अनुसार उनका  सौतेनी बाबुले आमा नभएको अवस्थामा डर देखाई आफूलाई बारम्बार बलात्कार गर्ने गरेको र यस बिषयमा कसैलाई भने मारिदिने धम्की समेत दिनेगरेको  बताईन ।

गाउँहरुमा बलात्कारको घटनालाई सामसुम पार्न बार्गेनिङ

0 comments
 चैनपुर बजारको एक घरमा नागरिक अगुवाहरू भएको भेलामा पाँच लाखभन्दा कममा हुँदैन भन्दै मोलमोलाइ हुँदै थियो। एक १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटनालाई सामसुम पार्न पाँच लाखको कुरा चल्यो, एक घन्टा ‘बार्गेनिङ’ चलेपछि दुई लाख ७५ हजारमा कुरा मिल्यो। उनीहरूले एक लाख रुपैयाँ लेनदेन गरेर बाँकीको तमसुक बनाए।संखुवासभाकै शीतलपाटीमा एक वर्षअघि करिब ३० जनाको समूह भेला भएर औषधिउपचार गरिदिनुपर्छ भनेर कागज गर्दै थिए। ६ वर्षीया बालिकाको बलात्कारपछि उनको योनी १.५ सेन्टिमिटर च्यातिएपछि औषधिउपचार गर्ने सर्तमा कागज गरियो।१२ वर्षीया बालिका बलात्कार भएपछि प्रहरीमा जाहेरी दिइन्। प्रहरीले आरोपीलाई गिरफ्तार गर्‍यो। दुई दिनपछि जाहेरी फिर्ता लिन लगाई चार लाख २५ हजारमा मिलापत्र भयो।

स्वास्थ्य परीक्षणमा बलात्कृत भएको प्रमाणित भयो तर पीडितले उजुरी नदिएपछि प्रहरीले मुद्दा दर्ता नगरेको अन्नपूर्ण पोस्टमा खबर छ ।तेह्रथुममा फागुन १७ गते मोबाइल चार्ज गर्न गएकी ६ वर्षीया बालिका बलात्कृत भइन् । घटना दुई हजार रुपैयाँमा मिलापत्र भयो । १० दिनपछि घटना सार्वजनिक भयो र आरोपी थोक्लुङ-२ तेह्रथुमका १८ वर्षीय प्रेमकुमार श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरी कारबाही थाल्यो।बिचौलिया पीडितसँग भन्छन्, ‘मुद्दा लडेर के गर्छौ? दुई वर्षमा छुटिहाल्छ, बरु पैसा लिए एक काम टर्छ। तिनै बिचौलिया फेरि आरोपीसँग भन्छन्, ‘कानुन बलियो छ जेल खेप्नुभन्दा दुईचार लाख दिएकै राम्रो।

 पैसाको बन्दोबस्त गर्न सुरु गर मिलाउने जिम्मा मेरो।’अर्को एउटा घटनामा पीडककी पत्नी पीडितसँग केही रकम थापेर ‘एक पटकलाई माफी दिन’ बिलौना गरिरहेकी छन्। उनी बेलाबेला रकम घटाइदिन पनि बिन्ती बिसाउँदैछन्। अलि पर रहेका उनका पति बलात्कारजस्तो ‘जघन्य’ मानिने अपराध पैसाले ढाकछोप हुन लाग्दा खुसी भएका छन्।

Friday, July 17, 2015

१७ लाख रुपैयाँ र ३ तोला सुन लिएर एक युवकको श्रीमती फरार

0 comments
ताप्लेजुङ- वैदेशिक रोजगारबाट आठ वर्षपछि फर्किएका एक युवक आफ्नी श्रीमती र छोरो खोजिदिन हुलियासहितको निवेदन लिएर प्रहरी कार्यालय आइपुगेका छन् । आफूले कतारबाट पठाएको करिब १६ लाख रुपैयाँको भौचरसहित पुगेका उनले आफन्त, नातागोतामा खोज्दा नभेटाएपछि प्रहरीको शरणमा आएको बताए।

२०६४ सालमा एक छोरासहित श्रीमतीलाई छाडेर कतार गएका तिरिङ्गे गाविस ४ का बुद्धराज लिम्बू अघिल्लो साता आएका हुन् । काठमाडौंबाट सरासर सदरमुकाम फुङलिङ आएका उनी आफूले विदेश जाँदा डेरा राखेको सदरमुकामको घरमा परिवार खोज्न पुगेका थिए । ‘घरधनी अमर फुरुम्बुले दुई वर्षअघि नै उनकी श्रीमतिले कोठा छाडेको बताएपछि ससुराली गएँ, सासूले दुई वर्षदेखि नआएको बताउनुभयो’ उनले भने, ‘त्यसपछि नातागोता सबैतिर सोधखोज गर्दा कतै पत्तो लागेन ।’ खोजीदिन आग्रह गर्दै उनले प्रहरीमा निवेदन दिए । २०६२ सालमा फुरुम्बु गाविस ६ की रत्नकुमारी लिम्बूसँग विवाह गरेका उनी पुत्रलाभपछि विदेशिएका थिए ।

कतारको दोहास्थित अल्बे कम्पनीमा काम गरेका उनले २०७० सालसम्म १७ लाख रुपैयाँ र तीन तोला सुन पठाएको दाबी गरे । उनले पैसा बैंकमा राख्न, कसैलाई नदिन र छोरालाई राम्रो पढाउन भनेका थिए । तर रत्नकुमारीले पैसा ब्याजमा लगाउने गरेको पत्तो पाएपछि फोनमा उनको झगडा भयो । ‘छोरीलाई सम्झाइदिन र पैसा जथाभावी खर्च नगर्न सल्लाह दिन सासूलाई फोन गरेर अनुरोध गरें,’ उनले भने, ‘सासूले सम्झाउन खोज्दा झगडा भएछ ।’ प्रहरी प्रमुख शान्तिराज कोइरालाले हराएकी महिलाको खोजी गर्ने आश्वासन दिएका छन् ।  लिएर बेपत्ता

‘उनी अन्यायमा परेका हुन् या के हो, महिला फेला परेपछि पत्तो हुन्छ, अहिले खोजी सुरु गरेका छौं,’ आइतबार निवेदन बुझेपछि कोइरालाले भने । भिसाको म्याद थप नहुँदा अवैध रूपमा बसेकाले धेरै पैसा पठाएर र श्रीमतीसँग विवाद भए पनि बेलैमा फर्कन नसकेको लिम्बूले बताए । श्रोत -अनलाइन खबर


Like us

 

Search

 
Enjoy the site