Monday, July 27, 2015

किशोरीमाथि बलात्कार प्रयास गरेको अभियोगमा एकजना पक्राउ

११ साउन - बाँकेको नेपालगन्ज किशोरीमाथि बलात्कार प्रयास गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगन्ज, घरबारीटोलस्थित नमस्ते प्रिन्र्टस (छापाखाना)का सञ्चालक दुर्गा भनिने ज्योतिलाल भण्डारी रहेका छन् ।

उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेको छ । बाँके, मनिकापुर निवासी एक किशोरीमाथि भण्डारीले शनिबार बलात्कार प्रयास गरेका थिए ।

छापाखानाका लागि कर्मचारीको आवेदन आह्वान गरेका भण्डारीले शनिबार बिहान ९ बजेतिर केही प्रतिस्पर्धीलाई बोलाएका थिए । अन्तर्वार्ता लिइसकेपछि भण्डारीले अचानक छापाखानाको सटर लगाएर हातपात गर्दै बलात्कार प्रयास गरेपछि आफूले प्रतिवाद गरेर जोगिन सफल भएको पीडित किशोरीको भनाई छ।

प्रत्यक्षदर्शीका अनुसार घटनाका विषयमा किशोरीका परिवार र आफन्त आइतबार बिहान छापाखानामै पुगेर भण्डारीलाई प्रहरी बोलाएर पक्राउ गराएका थिए ।



नुवाकोट र सिुन्धुपाल्चोकको सिमाना भएर ४.३ रिक्टर स्केलको पराकम्पन

११ साउन - नुवाकोट र सिुन्धुपाल्चोकको सिमाना गाउँखर्क आसपास  केन्द्रबिन्दु भएको ४.३ रिक्टर स्केलको पराकम्पन गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३५६ भन्दा बढी पराकम्पन गइसकेका छन् । रासस

एक महिला सांसदले संसद वैठक चल्दाचल्दै स्तनपान गराएर हंगामा मच्याएकी छन्

अर्जेटिनाकी एक सांसदले संसदमै हंगामा मच्याएकी छिन् । उनले नेपाली सभासद् जस्तो संसद भित्र कुर्सी मिल्काएर वा सभामुखलाई नै हातपात गरेर त्यस्तो हंगामा मच्याएकी भने होइनन् । उनले हंगामा मच्याउनुको कारण अर्कै छ । ‘सेक्सी एमपी’ भनेर समेत चिनिने भिक्टोरिया डोन्डा पेरेजले आफ्नो आठ महिने छोरीलाई संसद वैठक चल्दाचल्दै स्तनपान गराएर हंगामा मच्याएकी हुन् । ती सासंदले बच्चालाई दुध चुसाइरहेको तस्बिर सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।

उनको त्यो क्रियाकलापपछि विश्वभर नै नकारात्मक र सकारात्मक दुबै टिप्पणी बाहिर आएका छन् । एकथरीले बच्चा रोएपछि जहाँ सुकै भए पनि स्तनपान गराउनु एक आमाको कर्तव्य भएको प्रतिक्रिया दिएका छन् भने अर्को थरीले गम्भीर समयमा एमपीले असभ्य व्यवहार देखाएको भन्दै आलोचना गरेका छन् ।

विरोध गर्नेहरुले भनेका छन्– ‘कम्तिमा उनले आफ्नो स्तन छोपेर दुध चुसाउनु पथ्र्यो ।’ ३७ वर्षीया भिक्टोरिया पहिले एक मानवअधिकार कार्यकर्ता र कानून व्यवसायी थिइन् । तर उनले सन् २००७ को डिसेम्बरमा सबैभन्दा कान्छी सांसदका रुपमा अर्जेन्टाइन नेशनल कंग्रेसमा प्रवेश पाएकी हुन् । २६ जुलाई @नयाँपेज

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गर्ने हत्यारा पक्राउ

दाङ : घोराही नगरपालिका वडा नं. ४ चौघेराका ३८ वर्षीय रमेश विकलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ।

त्रिपुर नगरपालिका ४ सौंरी घर भई हाल घोराही नगरपालिका ४ मा बस्ने ५६ वर्षीया देवकी विकको हत्या अभियोगमा रमेशलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।


अभियुक्त रमेशले साउन ७ गते राति घोराही नगरपालिका– ४ कृष्णटोलस्थित बहिनी विमला विकको एकतले कच्ची भान्साघरमा देवकीको शिरच्छेदन गरी हत्या गरेको अभियोग लागेको छ।

धारिलो हतियार प्रयोग गरी हत्या गरी फरार भएको र दाङकै सतबरिया गाउँ विकास समिति वडा नं. २ कप्तानगञ्जस्थित जंगलमा लुकेको अवस्थामा प्रहरीले रमेशलाई पक्राउ गरेको हो । झोला खानतलासी गर्दा १ थान खुकुरीसहित रमेशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घोराही नगरपालिका– ४ का ५० वर्षीय रुपलाल विकको जाहेरीमा कर्तव्य ज्यान मुद्दामा प्रहरीले उनलाई खोजी गरिरहेको थियो। अभियुक्त रमेशलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

उक्त व्यक्ति मानसिक रोगीजस्तो देखिएको र विगतमा गाडेको लाश निकाल्ने, खसीबाख्रा काट्ने गरी टाउको, मुटुकलेजो, आन्द्रा निकाल्ने र खाने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए। “भर्खरै ल्याएर सोधपुछ गरिरहेका छौं”, उनले थपे, “अलि डराएको जस्तो देखिएको छ । अझै केही खोलेको छैन।”

एक विवाह कार्यक्रमका क्रममा गोली चल्दा २१ जनाको मृत्यु

११ साउन । अफगानिस्तानको बघलान प्रान्तमा आईतबार एक विवाह कार्यक्रमका क्रममा गोली चल्दा २१ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । विवाह चलि रहेका बेला सोही समारोहमा सहभागी व्यक्तिबीच नै गोली हानाहान सुरु भएको प्रत्यक्षदर्शीले जनाएका छन् । आइतबार साँझ अबेरतिर सो घटना भएको बताइएको छ । उक्त दुर्घटना समारोहमा सहभागी भएका पाहुनाहरुबीच भएको हो । अनदरब जिल्लाका प्रहरी प्रमुख कर्नेल गुलिस्तान कसानीले स्थानीय मुल्लाका छोराको विवाहमा ४ सय मानिस सहभागी थिए । अनदरब जिल्लाका प्रहरी प्रवक्ता जावेद बसरतले अनुसार उक्त दुर्घटनाबाट २१ जनाको ज्यान गएको छ भने अरु १० जना घाइते भएका छन् । एजेन्सी ।

डि.आई.डी.५,भाग१०,श्राबन १० (26 july) निर्मल तामांङको धमाकादर प्रस्तुतिको साथ पुरा भाग हेर्नुहोस

नुवाकोट र रसुवाका ३७ विद्यालयहरुलाई यशोदादेवी भगवानसिंह ट्रस्टको नगद सहयोग (नामावलीसहित) -

काठमाडौं । बरिष्ठ समाजसेवी दम्पत्ती स्वर्गीय  भगवाननरसिंह केसी तथा उहाँकी धर्मपत्नी स्वर्गीय यशोदादेवी केसीको स्मृतिमा स्थापना गरिएको यशोदादेवी भगवानसिंह सिंह मेमोरियल ट्रस्ट एवं बृद्धाश्रमले नुवाकोट र रसुवाका ३७ विद्यालयलाई आज नगद राहत वितरण गरेको छ । गत बैशाख १२ गते गएका विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनले क्षति पु-याएका रसुवा र नुवाकोट ३७ विद्यालयलाई आज प्रति विद्यालय ४० हजारका दरले सहयोग रकम वितरण गरिएको छ । नुवाकोटको सदरमुकाम विदुरमा गरिएको एक विशेष कार्यक्रममा बीच संस्थाका प्रमुख संरक्षक एवं सभासद् अर्जुननरसिंह केसीले सम्बन्धित विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधीलाई चेक मार्फत् सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

अमेरिकामा बस्ने नेपालीहरुमध्ये करिब १ सयजनाबाट र बेलायतमा बस्ने केही नेपालीहरुले भूकम्पपीडितहरुको लागि सहयोग स्वरुप ट्रस्टका सदस्य अमेरिकाबासी धनञ्जयनरसिंह केसीमार्फत ट्रस्टमा पठाएको १९ लाख ८२ हजार रुपैयाँ रकम राहत स्वरुप वितरण गरिएको हो । सो रकम मध्ये ४ लाख रुपैयाँ भने यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकिएको छ । राहत रकम वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख संरक्षक केसीले आफ्ना स्वर्गीय बुबाआमाको समाजसेवी भावनालाई सम्मान गर्दै आफूहरुले यो अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

उहाँले अप्ठेरो परेमा समाजसेवाका लागि ट्रस्ट चौविसैघण्टा तयार रहेको आफूहरुलाई जानकारी मात्रै आवश्इक भएको बताउनुभयो । उहाँले यसअघि संस्थामार्फत नुवाकोटका ३ वटै निर्वाचन क्षेत्रका अधिकांश विद्यालयलाई पुग्नेगरी केही समय अघि करिब १५ सय बण्डल जस्ता पाता र अहिले नगद रकम सहयोग गरिएको जानकारी दिनुभयो ।

यस्तै संस्थाका महासविच जगदिश्वर नरसिंह केसीले राहत विशुद्ध समाजसेवा भएकोले यसलाई राजनीतिक रंग दिन नहुने बताउनुभयो । उहाँले समाजसेवाका क्षेत्रमा आफूहरुले महाभूकम्पपछि ट्रस्ट मार्फत विभिन्न कार्यक्रम गरेको भन्दै आउँदा दिनमा पनि यस्ता समाजसेवी कार्यक्रम निरन्तर जारी राख्ने बताउनुभयो । यस्तै ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीले संस्थालाई आउँदा दिनमा अझै सशक्त र प्रभावकारी रुपमा समाजसेवाका क्षेत्रमा लगाउने बताउनुभयो । उहाँले राहत रकम उपलब्ध गराईदिने अमेरिका र बेलायतबासी नेपाली दार्जुभाई तथा दिदी बहिनीलाई विशेष धन्यावाद दिनुभयो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष प्रमिला केसी, सदस्य रेखा केसीलगायतको उपस्थिति रहेको थियो । यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी, डिएसी, शिक्षक संघका प्रतिनिधि, विद्यालयका अभिभावक, सञ्चारकर्मीलगायतको बाक्लो उपस्थिति रहेको थियो । उहाँहरुले एउटा परिवारले आफ्ना दिवंगत बुबाआमाको स्मृतिमा कडा गरेको ट्रस्टले यतिधेरै समाजसेवा गर्नु सराह्रनीय काम भएको प्रतिक्रिया दिनुभएको थियो ।

यस्तै सहयोग रकम प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राप्त भएको रकमलाई विद्यालयको भौतिक निर्माणका लागि खर्च गर्ने भन्दै कुनै हालतमा रकम दुरुपयोग हुन नदिने स्पष्ट पार्नुभएको थियो ।

४०  हजार नगद रकम प्राप्त गर्ने विद्यालयहरु :
१) कल्याणी उच्च मावि जिलिङ्ग
२) महादेव उच्च मावि रातमाटे
३) निरञ्जना उच्च मावि बेलकोट
४) शक्ति उच्च मावि मदानपुर
५) महेन्द्रमावि चतुराले
६) जनज्ञान उच्च मावि थापा गाउँ
७) समुद्रा मावि समुद्रादेवी
८) बचला निमावी महाकाली
९) स्याउरेभूमि मावि शिक्रे
१०) रामायणछाप मावि लिखु
११) भूमिदेवी मावि तलाखु
१२) शिवालय मावि ओखरपौवा
१३) कालिका मावि चाउथे
१४) विरेन्द्र मावि कुमरी
१५) भृकुटी मावि मदानपुर
१६) चन्दामावि मदानपुर
१७) उदय जालपा मावि थप्रेक
१८) बचला मावि शिखरबेसी
१९) अमरज्योति मावि खरनीटार
२०) गणेश मावि गणेशस्थान
२१) शान्ति कल्याणमावि गेर्खु
२२) विपी स्मृति प्रावि बागेश्वरी
२३) कालिका मावि कलिलास
२४) पृथ्वी मावि विदुर
२५) ग्रामिणदेवी मावि सामरी
२६) जलपा निमावी दाङ्गसिंङ्
२७) भमरा निमावी गोस्याङ्ग
२८) चण्डी मावि बुधसिंह
२९) मिपलटारमावि तारुका
३०) भूमेस्थान मावि बेतिनी
३१) ज्ञानज्योति उमावि फिकुरी
३२) कैकेश्वरी मावि राउतबेसी
अन्य ५ विद्यालयको नाम प्राप्त हुन बाँकी छ ।
श्रोत :९ श्राबन जनकपुर डट कम

जापानमा जहाज बाक्लो बस्तीमा खस्दा ठूलो जनधनको क्षति

१० श्राबन - कहिले काहीं मानिसले कल्पनै नगरेको दुर्घटनाका दृश्य देखिन्छ । यस्तो दृश्य विश्वमा बेलाबेलामा देखिन्छ । यस्तोमा पर्दछ हवाईजहाज दुर्घटना । हवाईजहाज घना बस्तीमा खस्दा ठूलो जनधनको क्षति हुन पुग्दछ । यस्तै दुर्घटना जापानको राजधानी टोकियोमा आइतबार बिहान भएको छ ।

समाचार अनुसार जापानको राजधानी टोकियोस्थित चोफू विमानस्थलबाट उडेको ५ सिटे एक इञ्जिनवाला सो जहाज टोक्योको बाक्लो बस्तीमाझ खसेको थियो । सो दुर्घटनामा कम्तिमा तीनजनाको ज्यान गएको छ । दुर्घटनामा जहाजका तथा बस्तीमा थप ५ जना मानिस गम्भीर घाइते भएका थिए ।

जहाज खसेको स्थानमा तीनवटा घर र कारमा पनि आगो लागेको थियो । दुर्घटना एयरपोर्टबाट ५ सय मिटरको दुरीमा भएको हो । दुर्घटनामा दुर्इजना जहाजका यात्रु र एक जमिनमा रहेकी महिला रहेकी छन् । पाँचजना घाइतेहरुको उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटनामा परेको जहाजमा कति यात्रु थिए भन्ने अझै एकिन भएको छैन । दुर्घटनाको कारण पनि खुल्न नसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।



video

महिनामा २ हजार कमाउने महिलाको बैंक खातामा कसरि जम्मा भयो ९ लाख ५७ हजार करोड रुपैयाँ ?

भारतमा एक आश्चार्य लाग्दो घटना घटेको छ । भारतको कानपुरकी उर्मिला एकै झट्कामा बिल गेट्स र मार्क जुकरवर्गभन्दा ‘धनी’ बनेकी छिन् । हरेक महिनामा दुई हजार तलबबाट बचेको केही पैसा बैंकमा जम्मा गर्ने गरेकी उर्मिलाको अचानक बैंक अकाउन्टमा ९ लाख ५७ हजार करोड रुपैयाँ आइपुग्यो ।मदारपुर विनायकपुर निवासी उर्मिला यादवको खाता नम्बर ३५०१४४००२९९ हो । यति धेरै पैसा कहाँ बाट आयो ? उर्मिलालै समेत यो कुराको विश्वाश हुन सकेन । तर उनको र परिवारको खुसी धेरैबेर टिक्न सकेन ।

वास्तवमा करो यस्तो रहेछ, बैंक सर्वरको गल्तीले गर्दा उर्मिलाको खातामा ९ लाख ५७ हजार करोड रुपैयाँ जम्मा हुन पुगेको रहेछ । एसबीआई बैंकका अधिकारीले आफ्नो गल्तीको लागि माफी माग्दै अकाउन्टबाट पैसा फिर्ता लिएपछि यो कुरो खुलेको हो। यो रकम २२ जुलाईमा उनको खातामा ट्रान्सफर भएको थियो ।श्रोत:अनलाईन समाचार


संसारकै चर्चित हलिउड स्टार एन्जेलिना जोली जस्तै नेपाली चेली

काठमाडौँ/ मिडियामा उनी उति छाउदिनन् । गसिप बजारमा पनि उनको उपस्थिती छैन् । चलचित्र क्षेत्रमा जमीसकेकी कुनै स्टार पनि होइनन्, तर उनको चर्चा छ ।  फेसबुकमा त्यसैले त उनलाई मान्छेहरु पछ्याउछन्, चलेकी नायिका र चर्चित मोडल झैं ।

संसारकै चर्चित हलिउड स्टार एन्जेलिना जोली जस्तै छ अनुहार । तर, उनी एन्जेलिना होइनन् । एन्जेलिनाकै अनुहारकी कुनै नेपाली युवतीको तस्विर फेसवुकमा देख्नुभयो भने नझुक्निुस्, उनी हुन्, आशिका तामाङ।

 हो । तिनै युवतीले फेसवुक चलाउने हजारौँ युवाहरुलाई थप ‘एडिक्टेड’ बनाउँदै आएकी छिन् । यतिसम्म कि, उनको एक तस्विर अपलोड भएको केहि मिनेटमै तस्विर मुन्तिर हजारौँ लाइक र कमेन्टको लिष्ट हुन्छ ।

त्यसो त, आशिका खास सेलिब्रेटी भने अझै होइनन् । तर, फेसवुकमा उनलाई पछ्याउने र मन पराउनेहरुको लस्कर देख्दा अरु कुनै नेपाली स्थापित नायिका पछि पर्छन् । उनको फेसबुक पेजमा ७५ हजार बढीले लाइक गरेका छन् । उनलाई पर्सनल फेसबुकमा पछ्याउने फलोवरहरुको संख्या ५ हजार नाघेको छ । यसले पनि उनको लोकप्रीयता प्रमाणित गरेको छ ।

सम्भवतः कुनै चलचित्रमा नदेखिएकी, कुनै खास सुन्दरी प्रतियोगिताको ताज नपहिरिएकी युवतीहरुमध्ये यति धेरै रुचाइएकी उनी एक्ली हुन् । आशिकाको जोली लुक्स नै उनका लागि फ्यानहरु कमाउने पहिलो बरदान बनिदिएको छ । उनको अभियन हेरेर उनीप्रति आकर्षित हुनेभन्दा उनको लुक्सले लोभिनेहरुको संख्या बढी छ।  

को हुन् आशिका ?

पेशाले उनी एक नर्स हुन् । जर्मनीमा बस्दैं आएकी उनी नेपालमा छँदा कन्सल्टेन्सी सञ्चालन गर्थिन् । तर, पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा प्रवेशको तयारीमा छिन् । निर्माणधीन नेपाली चलचित्र ‘सुश्री’मा उनी आर्यन सिग्देलको अपोजिट भूमिकामा खेल्दैछिन् ।


 यसबाहेक भूकम्पका कारण पीडित गाउँलेहरुलाई केहि राहत समेत दिएकी थिइन् आशिकाले । धादिङ, नुवाकोटलगायतका जिल्लाका भूकम्प पीडितलाई उनले खाद्यान्नलगायत सहयोग गरेकी थिइन् । काठमाडौंमै जन्मेकी आशिका जर्मनीमा केहि वर्ष नर्सिङ पेशामा संलग्न भएर काम गरिसकेपछि चलचित्रमा अभिनयका लागि फर्केकी हुन् ।

सन् २०१२ मा आयोजित मिस तामाङमा प्रतिष्पर्धा गरे पनि ताज पहिरिन सफल भइनन् । पछिल्लो समय आफ्नै ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘सुश्री’मा अभिनय गरेकी आशिका चलचित्र भन्दा बढि सामाजिक सञ्जालमै चर्चित बन्दै आएकी छिन् ।

कस्ती छिन् आशिका ?

बोेल्ड र स्मार्ट देखिने आशिका बेला–बेला आफ्ना आकर्षक तस्विर फेसवुकमा अपलोड गर्छिन् । झट्ट हेर्दा हलिउड स्टार एन्जेलिना जोलीसँग उनको अनुहार मिल्दोजुल्दो छ । खासगरी, उनका ओठ, आँखा र हेराइ एन्जेलीनासँग मिल्छ ।

 उनका तस्विरमाथि टिप्पणी गर्नेहरुको सयौँ लस्कर मिनेटभरमै ह्वारह्वार्ती आउँछ । ‘एन्जेलिना जोली जस्तै सुन्दर’ ‘सेक्सी’, ‘हट’ जस्ता सयौँ उपमा दिएर उनका तस्विरमाथि टिप्पणी हुन्छन् ।          











































तस्वीरहरूः अाशिकाको फेसबुकबाट

Sunday, July 26, 2015

इन्डोनेसियाली द्वीप जाभामा ६.० म्याग्निच्यूडको भूकम्प

 जाकार्ता १२ साउन : इन्डोनेसियाली द्वीप जाभामा आइतबार ६.० म्याग्निच्यूडको भूकम्प गएको छ । स्थानीय अधिकारीहरुका अनुसार सो भूकम्प पछाडि सुनामीको कुनै खतरा रहेको छैन ।

अमेरिकन भौगर्भिक संस्थाका अनुसार स्थानीय समयाअनुसार आइतबार अपराह्न २ बजेर ५ मिनेटमा सो भूकम्प गएको बताइएको छ ।

उक्त भूकम्पको केन्द्रविन्दु पूर्वी जाभा प्रान्तको क्राजान ताम्बाक्रेजो गाउँबाट ९३ किलोमिटर दक्षिणमा ५९ किलोमिटर गहिराइमा रहेको छ ।

इन्डोनेसियाको मौसम विज्ञान र भू–शास्त्र अध्ययन संस्थानका मोचामाद रियादीका अनुसार यस भूकम्पछि मानवीय क्षति र सपत्तिको नोक्सानीको कुनै समाचार प्राप्त भएको छैन ।

सो भूकम्पको केन्द्रविन्दु समूद्र सतह भए तापनि सहरदेखि धेरै टाढा भएको सुनामीको चेतावनी भने दिइएको छैन ।

सो भूकम्पको कम्पन ५ सेकेण्डसम्म महसूस गरिएको पूर्वी जाभाका बङ्युवानगी सहरमा रहेका एएफपी एक सम्वाददाताले जानकारी दिएका छन । एजेन्सी




फ्री भिसा र टिकेट सहमतिमा पुगेपछि बन्द रहेका म्यानपावर कार्यालय आजबाट खुल्ला

काठमाडौँ, साउन १०–श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी सङ्घबीचको गएराती अबेरसम्म चलेको वार्ता सहमतिमा पुगेपछि दुई हप्तादेखि बन्द रहेका म्यानपावर कार्यालय आइतबारदेखि खुल्ला भएका छन् । गत असार २१ गतेदेखि मलेसिया र खाडीका छ मुलुकमा निःशुल्क हवाई टिकट र प्रवेशाज्ञा व्यवस्था गरिएपछि आफ्ना कार्यालय नै बन्द गरी आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीचको पटक–पटकको वार्ता सहमतिमा पुगेपछि आजदेखि म्यानपावर खुल्न लागेको हो । श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा व्यवसायी र मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरी कार्यदलले दुई महिनाभित्र प्रतिवेदन तयार पारी त्यसले दिएका सुझावका आधारमा निःशुल्क हवाई टिकट र प्रवेशाज्ञा विषय टुङ्ग्याउने लगायतका ३१ बुँदामा सहमति भएको वार्तामा सहभागी व्यवसायी पदमराज पौडेलले जानकारी दिए । कार्यदलको प्रतिवेदन नआउँदासम्म मन्त्रालयले गरेको निःशुल्कको निर्णय यथावत रहने र प्रतिवेदन आएपछि आवश्यकतानुसार परिमार्जन गर्न सकिने सहमति दुबै पक्षबीच भएको छ । कार्यदलका प्रतिनिधि कामदार जाने गन्तव्य मुलुकमा समेत गएर अध्ययन गर्ने सहमतिमा उल्लेख छ । व्यवसायीले निःशुल्कको निर्णय स्थगन गर्नुपर्ने, कार्यालयमा अनावश्यक छापा मार्न नहुने, भिएलएन नेपालमार्फत मलेसियाको प्रवेशाज्ञा प्रक्रिया बन्द गर्नुपर्ने, स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली लागू गर्न नहुनेलगायत ३३ बुँदे माग राखी आन्दोलनमा उत्रिएका थिए । यसअघि, शुक्रबार मन्त्रालयले तीन दिनभित्र म्यानपावर नखोले कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि व्यवसायीहरु झुक्न बाध्य भएका हुन् ।

मह खान जान्दा अमृत,नजान्दा विष

              प्रकृतिको अमूल्य उपहार हो मह । आयुर्वेद र एलोप्याथी दुबैमा महको योगदान छ । औषधि, सौन्दर्य प्रशाधन र दैनिक आहारमा महको उपभोग महत्वपूर्ण मानिएको छ । यसको प्रतिकूल असर छैन, खानेवित्तिकै ऊर्जा पाइने तयारी आहार हो मह ।
तर यसको सेवन गर्ने पनि नियम जाने अमृतसरह फाइदा हुन्छ नजाने विष । पतञ्जली योगपीठ, हरिद्धारका आयुर्वेदविज्ञ आचार्य बालकृष्णले मह सेवन विधि र नियम उल्लेख गरेका छन् ।
-अम्बा, अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृतसमान हुन्छ ।
-चिया र कफीको साथ मह विषसमान हुन्छ ।
-महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन ।
-माछा, मासुसित मह खानु विष खाएसरह हुन्छ ।
-महमा पानी वा दूधको बराबर मात्रा खानु पनि हानिकारक हुन्छ ।
-चिनीमा मह मिसाउनु विषमा अमृत हालेसरह हुन्छ ।
-घिऊ, तेल, नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ । -
घिऊ र महको समान मात्रा कदापि खानु हुँदैन ।
-मौरीले विभिन्न वनस्पतिको परागबाट मह बनाउँछ । त्यसैले वनस्पतिको स्रोतअनुसार महको औषधीय गुण पनि अलग-अलग हुन्छ । जस्तो, नीमको स्रोतबाट बनेको मह आँखाको लागि, जामुन मधुमेह, हृदय, वात, रक्तचाप रोगको लागि फाइदाजनक हुन्छ ।
-वसन्त ऋतुमा विकसित वनस्पतिको परागबाट निर्मित मह सर्वोत्कृष्ट हुन्छ । सहर वा घरआँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिकोे मह सबभन्दा राम्रो हुन्छ ।
-मह सेवन गर्ने बित्तिक्कै तातो पानी पिउनु हुँदैन ।
-मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खान सकिन्छ ।
-निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।ण्
-महको तापीय विशेषता गज्जबको हुन्छ । तातो चिजसँग खाँदा तातो र चिसो चिजसँग चिसोपना पैदा गर्दछ । त्यसैले मौसम र आवश्यकताअनुसार मह सेवन गर्नुपर्दछ ।
-महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ । यसबाट अतिसारजस्ता रोगले सताउँछ, जसको निराकरण निकै कठिन हुन्छ ।
-एकै पटक धेरै मह खानु राम्रो हुँदैन । दिनमा दुईतीन चम्चासम्म मह खान मिल्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म मह सेवन गर्नुपर्छ ।
-मह खाँदा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाए आराम हुन्छ । अथवा, एक ग्राम धनियाँको धूलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्छ ।
-बढिरहेको ज्वरोमा दूध, घिऊ र मह सेवन विषसमान हुन्छ ।
-यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्युनजिक बनाउँछ ।

Saturday, July 25, 2015

जमिन खन्दा निक्लियो अनौठो मानब जस्तै जिव

0 comments
भारत । भारतको नयादिल्ली स्थित जोधपुरको बावड़ी गाउँमा एक अपत्यारिलो घटना घटेको छ । जमिन खन्ने क्रममा एक अनौठो मानिसको स्वरुप भएको जिव भेट्टिये पछि त्यस बिषयेले धेरै चर्चा पाएको छ । नया दिल्ली स्थित जोधपुरको बावड़ी गाउँमा केही मानिसले पानी ल्याउनका लागि ट्यूबवेल खनिरहेका बेला यस्तो आश्चर्यलाग्दो वस्तु भेटिएको हो ।जमिन खन्ने क्रममा यस्तो अनौठो मानब भेटियपछि उक्त सानो प्रजातिको मानबको हात समातेर एक जनाले तस्वीर पनि खिचेका थिए । जुन तस्बिर अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । यस्तो अनौठो प्रजातिको मानब भेटियेपछि सबै गाउबासि हरु आश्चर्यमा परेका छन् ।जमिनमुनि भेटिएको यस्तो मानबबारे भने थप अनुसन्धान भइरहेको जनाइएको छ । एजेन्सी ।
http://news.jagranjunction.com/2015/07/24/small-human-like-organism-found-while-digging-earth/?src=jfb

नुवाकोटका विद्यार्थीहरुलाई एक स्कुलले बेलायती स्तरको गुणस्तरिय शिक्षा दिदै

0 comments
नुवाकोट, असार ९–कामकाजी अवस्थामा गुज्रीरहेको नेपाली शिक्षामा विकास हुन नसकिरहेको बेला नीजीस्तरबाट नेपालमै पहिलोपटक नुवाकोटका विद्यार्थीहरुले बेलायती स्तरको गुणस्तरिय शिक्षा पाउन थालेका छन् । विगत २० वर्षदेखि नुवाकोटको देविघाटमा सञ्चालन भइरहेको सत्यम एकेडेमी स्कूललाई यस शैक्षिक सत्रबाट नयाँ व्यवस्थापनसहित विकास गरी पठनपाठन थालनी गरिएको हो । नुवाकोटको जिलिङ–७ मा जन्मिएर १८ वर्षदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका कृष्ण भट्टले करिब तीन करोडको लगानीमा नयाँ शैलिको शैक्षिक संस्थाको रुपमा सञ्चालन गरेका हुन् । हुन त यो नीजि विद्यालय हो तर, गुणस्तरिय पठनपाठन र सक्षम विद्यार्थी उत्पादन गर्ने मुख्य उद्देश्य विद्यालयको छ । यसअघि रघुनाथ खरालबाट सञ्चालिन यस विद्यालयको सम्पूर्ण स्वामित्व लिएर बेलायती स्तरको गुणस्तरिय पठनपाठन लागू गरिने सत्यम एकेडेमीका संञ्चालक भट्टले जानकारी दिए । लण्डनमा १५ वर्षदेखि एबीआई कलेज सञ्चालन गरिरहेका उनले नुवाकोट र रसुवा जिल्लामै पहिलो नमूना विद्यालय बनाउने उद्देश्य लिएका छन् । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष शैक्षिक जनशक्ति उत्पादन गर्ने आधारभूत तथा आधूनिक विद्यालयको रुपमा विकास गरिने भट्टको दाबी छ । ‘हालको शैक्षिक प्रणालीलाई सुधार गर्ने नयाँ शैक्षिक योजनासहित यो विद्यालयलाई फरक ढंगले सञ्चालन गर्न लागिरहेका छौँ, भट्टले भने, ‘प्रयोगात्मकदेखि आवश्यक सबै गुणस्तरिय शिक्षालाई यहाँ पठनपाठनको रुपमा लागू गरिनेछ ।’ तर, यस विद्यालयमा बालबालिका पठनपाठन गराउनका लागि अन्य विद्यालयको तुलनामा अतिरिक्त शुल्क नलाग्ने उनले बताए । ‘नाफा मात्रै कमाउने भन्दापनि मुख्यगरी बालबालिकालाई समयअनुसारको शिक्षा दिनुपर्छ भन्ने मेरो सोच हो ।’ हाल नर्सरीदेखि १० कक्षासम्म पढाई भइरहेको यस स्कूलमा नेपाल र बेलायतमा उच्च ख्याती कमाएका शैक्षिक संस्थाहरुसरह विकास गरिने भट्टले दाबी गरे । ‘प्रविधिको विकास र भूमण्डलीकरणको यो जमानामा विकसित समयको मागसँगसँगै त्यसैअनुरुपको शिक्षा वालवालिकाहरुका लागि खाँचो छ, उनले भने, ‘यो ठाउँ मेरो जन्मथलो पनि हो र एकेडेमिक सेक्टरमा लामो अनुभव पनि भएकोले मैले त्यस्तो स्तरीय शैक्षिक प्रणालीको विकास गर्न चाहेको छु, जसले यहाँका विद्यार्थीहरुलाई आधुनिक शिक्षा आर्जनमा विकसित विश्वको अनुभूति गराओस् ।’ बालमैत्री शैक्षिक वातावरणमा अनुभवी तथा दक्ष शिक्षक÷शिक्षिकाहरुद्धारा पठनपाठन गराइनुका साथै नयाँ विद्यालय भवनदेखि आधुनिक भौतिक संरचना, खेलकुद, कम्प्यूटर शिक्षा, प्रायोगात्मक सिकाईका क्षेत्रमा स्तरोन्नती गर्ने काम भइरहेको विद्यालयले जनाएको छ । रामहरि गजुरेल रतोपाटीबाट 

एक बालकलाई बलि चढाउने नाममा हत्या

0 comments
नवलपरासी, श्रावण ८ । नवलपरासीको कुडिया गाविस–४ मा एक बालकलाई बलि चढाउने नाममा हत्या गरिएको छ ।

झारफूकको काम गर्ने स्थानीय रुद्धल चमारले छिमेकी शिवमंगल कोहारका १० वर्षीय छोरा जीवन कोहारलाई बलि चढाउने भन्दै हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलाटारीका निरीक्षक जगतबन्धु पोखरेलका अनुसार छिमेकी सुकइ चमारका छोरा बिरामी परेपछि रुद्धलले झारफूकको काम गरेका थिए ।

झारफूकका क्रममा सुकइका छोराले ‘मान्छेको मासु खान मन लाग्यो भन्दै बर्बराएपछि’ रुद्धलले जीवन कोहारको हत्या गरेको प्रहरीले जनाएको छ । बिरामी परेका सुकइका छोरा र हत्या गरिएका जीवन मिल्ने साथी हुन् ।

विहीबारर साँझ बालक हराएपछि आफन्त र गाउँलेले खोजतलास गर्दा नपाएपछि प्रहरीलाई खबर गरेका थिए । खोजतलासको क्रममा बालकको शव घरनजिकैको झाडीमा घाँटी रेटेर फालेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक पोखरलेले बताए ।

घटनामा संलग्न धामी रुद्धलसहित ८ जनालाई पक्राउ गरी अनुसन्धान  अगाडि बढाइएको प्रहरीले जनाएको छ


रिङमा नहारेका तेक्वान्दोका पुराना खेलाडी शंकर तामाङ

0 comments
९ असार,काठमाडौं - खेलमा जितहार स्वाभाविक हुन्छ। नेपाली तेक्वान्दोमा २०४० को दशकमा यस्ता अस्वाभाविक पात्र जन्मिए, जसले तेक्वान्दो रिङमा कहिल्यै हार्न जानेनन्। 

नुवाकोटको चण्डेश्वरी स्कुलमा बडादसैं फूलपाती विशेष कार्यक्रम हँदै थियो । तेक्वान्दोको प्रदर्शनी खेल देखाउन नेपालका चर्चित ओलम्पियन खेलाडी विधान लामा र मानबहादुर लामा त्यहाँ पुगेका थिए। स्कुलस्तरमा फुटबल र तेक्वान्दो खेलको कला सिक्दै गरेको स्थानीय ठिटो महेन्द्र तामाङ (शंकर) लाई विधान र मानबहादुरको एक्सन फाइटले मोहित तुल्याएछ। 

‘विधान गुरु त्यतिबेलाका प्रख्यात खेलाडी हुनुहुन्थ्यो। उहाँको एक्सन देखेर म नजिक गएँ। मैले पनि उस्तै एक्सन देखाउन थाले। सायद मेरो एक्सनले उहाँलाई छोएछ। उहाँले मेरो नाम सोध्नुभो, मैले शंकर भने। काठमाडौं आऊ भन्दै उहाँ हिँड्नुभयो।

म केही दिनमै काठमाडौं आएँ र विधान गुरुलाई भेटें। उहाँले मलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्यसचिव शरदचन्द्र शाह र कोरियन प्रशिक्षक मिस्टर ओसँग भेट गराईदिनु भयो। विधान गुरुकै कारण तेक्वान्दोमा तानिए', शंकरले अन्नपूर्ण पोस्ट्सँग भने।

प्रवेशिका परीक्षा सकेर पहेँलो पेटी लिन काठमाडौं आएका शंकरको जोसिलो सट देखेर शरदचन्द्र शाह र कोरियन प्रशिक्षक ओ त्यतिबेला छक्कै परेका थिए रे। त्यतीबेला मलेसियामा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको छनोट खेल चलिरहेको थियो। छनोट खेलमा शंकरले कालोपेटीका खेलाडीलाई हराए।

काठमाडौं आएको तीन महिनामै मलेसियाका लागि उनी छनोट भए। शरदचन्द्रको प्रयासमा सुरुमै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गराइएका शंकर पहेँलो पेटीका खेलाडी हुनाले मलेसिया लैजान प्रशिक्षक ओलाई गाह्रो भएछ।

अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न कालो पेटी लिएको हुनुपर्ने नियम रहेछ। त्यसपछि शरदचन्द्र, प्रशिक्षक ओ र दीपराज गुरुङले तत्कालै बैठक बसेर शंकरलाई एकैपटक कालो पेटी दिने निर्णय गरेर मलेसिया पठाए।

मलेसियामा उनले सिंगापुर, अस्ट्रेलिया र हङकङका खेलाडीलाई नकआउट गरे। चौथो खेलमा उनी कोरियाका खेलाडीसँग पराजित भए। ‘अन्तिम खेलमा पनि मैले राम्रो खेलेको थिएँ। तर म माथि धाँधली भएको रहेछ। पछि थाहा पाएँ, कोरियाकै अफिसियलले मैले राम्रो खेलेको भन्दै पाँच सय अमेरिकी डलर दिएका थिए। त्यतिबेला त्यो पैसा धेरै ठूलो हो', शंकर भन्छन्।

हेर्दै जिउँदो बाघ समाउँलान् जस्ता शंकरले विशेषगरी सदस्यसचिव र प्रशिक्षक ओको मन जितिसकेका थिए। मलेसियाबाट फर्किएपछि उनलाई फेरि पहेँलो पेटीबाट कालोपेटीसम्मको तयारी गराइयो। कोर्स पूरा गर्नका लागि उक्त तयारी गराइएको थियो।

शंकरको खेलले त्यतिबेला धेरैको मन पनि जित्यो। उनी नेपाली तेक्वान्दोका नयाँ स्टार भए। २०४२ सालमा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेका शंकरले त्यसपछि पछाडि फर्केर हेर्नु परेन।

विधानले काठमाडौं बोलाएका शंकरले पछि विधानलाई नै छक्क पार्न थाले। दुईदुई वर्षमा हुनुपर्ने राष्ट्रिय प्रतियोगिता बीचमा रोकियो। तर संघको आयोजनामा हुने राष्ट्रिय प्रतियोगितामा शंकर सँधै पहिलो भए।
मलेसियामा उनले सिंगापुर, अस्ट्रेलिया र हङकङका खेलाडीलाई नकआउट गरे। चौथो खेलमा उनी कोरियाका खेलाडीसँग पराजित भए।
२०५२ सालसम्म उनी लगातार १० पटक राष्ट्रिय च्याम्पियन बने। तेक्वान्दोमा उनले राष्ट्रिय स्तरमा पाएको सफलता अन्य खेलाडीको कमै छ। विभागीय टोली त्रिभुवन आर्मी क्लबमा अनुबन्ध भएर खेलेका शंकर आर्मीको प्रशिक्षकसमेत बने।

‘त्यतिबेला दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) भए पनि तेक्वान्दो खेल समावेश नहुनु मेरो लागि दुर्भाग्य भयो। साफबाहेक एसिएन च्याम्पियनसिप र अन्य अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा धेरै पदक जितेँ।

मलाई ओलम्पिक खेलाउने तयारी भइरहेको थियो। शरदचन्द्रले पहिलेदेखि नै तेक्वान्दोमा विधानपछि तिमी नै हौ भन्नुहुन्थो। सोहीअनुसार तयारी गर्दै अगाडि बढेको थिएँ। तर ओलम्पिक खेल्ने बेलामा मेरो बाटो मोडियो', शंकरले भने।

२०५२ सालमा भारतमै अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो च्याम्पियनसिप भएको थियो । ६६ देशका खेलाडी सहभागी उक्त च्याम्पियनसिपमा राष्ट्रिय च्याम्पियनका हिसाबले छनोट भएका शंकरले त्यहाँ पनि स्वर्ण नै जितेका थिए। त्यही बर्ष जापानमा एसियन च्याम्पियनसिप थियो।

त्यहाँ भने उनको स्थानमा नवीनकुमार श्रेष्ठलाई लैजाने निर्णय भएछ। पहिलो खेलाडीलाई नलगेर दोस्रो खेलाडीलाई लैजाने निर्णयबाट विरक्तिएका शंकरले त्यसपछि तेक्वान्दोबाट टाढिने सोच बनाए।

एक दशक तेक्वान्दोमा राज गरेका शंकरले एकाएक तेक्वान्दोको रिङबाट हात झिको। रिङबाट उनी हराउनुको एउटै कारण थियो, पारिवारिक र आर्थिक समस्या।

त्यहीबेला नेपालमा यूएई अबुधाबी पुलिसको कमान्डोमा भर्तीका लागि नेपाली युवा छनोट गर्न अबुधाबी पुलिसको टोली नेपाल आएको थियो। छनोटका लागि आवेदन दिएका ५० जनामध्ये शंकरले एक नम्बरमा नाम निकाले।

अबुधाबी पुलिसको कमान्डो ट्रेनिङमा पनि उनी एक सय ८७ जनामा दोस्रो भए । ट्रेनिङपछि यूएईका राजा सेख  जाईदले कमान्डो पुलिसको स्वागतका लागि रात्रिभोजको आयोजना गरेका थिए।

भोजमा तेक्वान्दोको प्रदर्शनी खेल देखाउने मौका पाएका शंकर त्यहीबेला राजाको नजरमा परे। शंकरको तेक्वान्दो कला मनपराएर तत्काल राजाले हाफ्नै हातको घडी फुकालेर शंकरलाई उपहार दिएका थिए।

भोलिपल्टै भेटका लागि दरबार बोलाइएका शंकर त्यसपछि राजपरिवारको सुरक्षा कमान्डमा खटिए। राजपरिवारका सदस्यलाई तेक्वान्दो सिकाउने मौका पनि पाए। अबुधाबी पुलिसबाट तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेल्ने अवसर पाएका उनी त्यहाँ पनि दुई पटक च्याम्पियन बने।

सन् १९९९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको जहाज अपहरण भएको थियो । अपहरणकारीले उक्त जहाज यूएईको विमानस्थल पुर्‍याएका थिए। उक्त जहाजलाई अपरेसन गरेर मुक्त बनाउने काम उनै शंकरको काँधमा आइपर्‍यो।

शंकरको कमान्डमा रहेको टोली जहाजको दायाँतर्फको झ्याल फुटाएर एक्सन सुट गर्न फिल्डमा उत्रिएको थियो। सुट गर्नै लाग्दा अपहरणकारीले फेरि विमान उडाए । यदि त्यहाँ अपहरणकारीलाई सुट गर्न पाएको भए एउटा नेपालीको नाम छुट्टै हुन्थ्यो', शंकर भन्छन्। नेपालका

तेक्वान्दोका चर्चित खेलाडी शंकरलाई यूएई आर्मीको कमान्डो जागिर राम्रो थियो। 'उमेर ढल्कँदै जाँदा जन्मथलो र परिवारको मायाले सताउने रहेछ। विदेशमा मात्र कति बस्नु जस्तो लाग्यो। कुनै क्षेत्रमा नाम कमाएपछि त्यसलाई बिर्सन गाह्रो हुने।

मलाई तेक्वान्दोको लत उत्तिाकै लागेको छ। अब आफ्नै सानातिनो व्यवसाय गरेर स्वदेशमा बस्नेछु। तेक्वान्दोलाई लक्षित गरी केही गर्ने सोच छ', ४७ वर्षीय शंकरले भने। तेक्वान्दोका पाँचौं डान उनलाई विधान लामाको नाम ओलम्पियनको रूपमा सदाबहार छाउँदा आफू ओलम्पियन बन्न नपाएको पीडाले भने चिमोटि रहन्छ रे।

शंकर पहेँलो पेटीका खेलाडी हुनाले मलेसिया लैजान प्रशिक्षक ओलाई गाह्रो भएछ। अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न कालो पेटी लिएको हुनुपर्ने नियम रहेछ। त्यसपछि शरदचन्द्र शाह, प्रशिक्षक ओ र दीपराज गुरुङले तत्कालै बैठक बसेर शंकरलाई एकैपटक कालो पेटी दिने निर्णय गरेर मलेसिया पठाए।

मलेसियामा उनले सिंगापुर, अस्ट्रेलिया र हङकङका खेलाडीलाई नकआउट गरे। चौथो खेलमा उनी कोरियाका खेलाडीसँग पराजित भए।  आजको अन्नपूर्ण पोस्टबाट साभार


Friday, July 24, 2015

खानामा एकै साथ खाना नहुने खानेकुराहरु

0 comments
खाना मानिसको लागि नभई नहुने अपरिहार्य चीज हो र मानिसहरु सकेसम्म स्वादिलो खान रुचाउँछन्। स्वादिलो खाने होडमा धेरै जसोले खानेकुराहरुले ल्याउने समस्याका बारेमा भने ध्यान दिदैँनन्। यसले गर्दा प्रायः जसो मानिसहरुको स्वास्थ्यमा नराम्रो असर परिरहेको हुन्छ। कहिलेकाँही खानेकुराहरुको मेल नहुँदा पनि खतरनाक समस्याहरु आइरहेको हुन्छ।

यस्तो समस्या आउन नदिन खानाको सही मेल (कम्बिनेसन)को अर्थात कुन खाने कुरा  एक साथ खाने र कुन नखाने भन्ने बारेमा पूर्ण जानकारी राख्नु पर्दछ।

सामान्यतया एकैसाथ खान नहुने खानेकुराहरु यसप्रकार रहेका छन्ः

दूधसँग दही, कागती वा प्याजः
दूध र दही एकैसाथ खानु स्वास्थ्यको लागि हानिकारक हुनसक्छ। यसले पेट सम्बन्धी समस्या निम्त्याउन सक्छ।
त्यस्तै प्याज र दूधसँगै खानाले विभिन्न छाला सम्बन्धी रोगहरु जस्तै दाद, छाला चिलाउने, एग्जिमा, सोराईसिस आदी हुने सम्भावना हुन्छ।
दुध र कागतीसँगै खाए ग्यास्ट्रिकको समस्या हुन सक्छ ।

कुखुराको मासु र मिठाईः
कुखुराको मासु र मिठाई सँगै खानाले पेट खराब हुनसक्ने चिकित्सकहरु बताउँछन्।

चिसो पेय पदार्थ र पान मसलाः
चिसो पेय पदार्थ पिउनु पूर्व र पिएपछि पुदिना युक्त पान मसला खानु हुँदैन । पुदिना र चिसो पेय पदार्थ मिसिएपछि  याे ज्यान नै लिनसक्ने विष समान हुन्छ ।

आलु र भातः
आलु र भातसँगै खानाले कब्जियतको समस्या हुनसक्छ।

दहीसँग माछा वा कालो दालः
दहीसँग माछाखानाले ग्यास, एलर्जी र छालाको रोगको सम्भावना हुने र कालो दालसँग खाँदा मुटु रोग निम्त्याउन सक्ने बताइएको छ।

टि.पि.एस. र अमेरिका प्रवेशको बारेमा अमेरिकी दूतावासको काठमाडौँ एक विज्ञप्ती

1 comments
बैशाख १२ को भूकम्पपछि अमेरिका र क्यानडा लैजाने भन्दै दलालहरु भूकम्प प्रभावित गाउँहरुमा सक्रिय भएका छन् । गाउँ गाउँमा पुगेर रकम उठाउँन थालेपछि त्यसविरुद्ध सावधान हुनु पर्ने अवस्था आएको छ ।
गाउँ गाउँमा दलालहरु सक्रिय भएर ठगी गर्न थालेपछि अमेरिकी दूतावासले एक विज्ञप्ती जारी गरि यस बारे आफ्नो धारणा प्रष्ट पारेको छ । संयुक्त राज्य अमेरिका प्रवेश गर्न तथा टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) हासिल गर्न सघाउन सक्ने भनी केही व्यक्तिहरू सक्रिय भएको न्यूजले अमेरिकी दूतावास चिन्तित भएको विज्ञप्तीमा उल्लेख छ । यस्ता दाबीहरू झुट्टा भएको र दलालहरुको पछाडि नलाग्न दूतावासले सबैलाई आग्रह गरेको छ । २०७२ असार ९ गते वा सो अघि निरन्तर तथा शारीरिक रूपमा संयुक्त राज्य अमेरिकामा उपस्थित भएका तथा त्यसपछि पनि संयुक्त राज्य अमेरिकामा नै निरन्तर रूपमा शारीरिक रूपमा उपस्थित रहेका व्यक्तिहरू मात्रै टिपिएसका निम्ति योग्य हुने दूतावासको विज्ञप्तीमा उल्लेख छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि असार ९ गते संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाललाई टिपिएसको सूचीमा राखिएको घोषणा गरेको थियो । संयुक्त राज्य अमेरिकामा पुगी बसोबास गरिसकेका योग्य नेपाली नागरिक (र यसअघि नेपालमा बसोबास गर्दै आएका नागरिकताविहीन व्यक्ति) हरूले टिपिएसका लागि आवेदन दिन सक्नेछन् । यस्तो योग्यता पुग्ने नेपालीहरूका लागि दर्ता अवधि २०७२ असार ९ देखि पुस ६ गतेसम्म रहेको दूतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । टिपिएस एक अस्थायी सुविधा भएको र यसले वैध स्थायी बासिन्दासम्बन्धी सुविधा वा अन्य कुनै अध्यागमन सुविधा प्रदान गर्दैन । उल्लेख्य रूपमा झुट्टा आश्वासनहरू बढ्दै गएको सम्बन्धमा अमेरिकी दूतावास सर्वसाधारणलाई सचेत रहन सल्लाह दिन चाहन्छ भनिएको छ । लामो समयदेखि अमेरिकामा रहेर कानुनी सेवा दिदै आएका क्षेत्री एण्ड एशोसियटका प्रमुख समेत रहेका वरिष्ठ अधिवक्ता खगेन्द्रध्वज जीसीले पनि ठगहरुको पछाडि लागेर पैसा नफसाउन आग्रह गर्नुभयो ।
अमेरिकामा रहेका नेपालीहरुले मात्रै यो सुविधा पाउने जनाउँदै उहाँले ठगहरुबाट सावधान हुन भूकम्प पीडित नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।
अहिले भूकम्प पीडित गाउँहरुमा अमेरिका, क्यानडा र अन्य विकसित मुलुकहरुमा लैजाने भन्दै रकम उठाउन थालेको सूचना पाएपछि अमेरिकी दूतावासले औपचारिक रुपमा विज्ञप्ती निकालेर यसबारे स्पष्ट गरेको हो ।


सुनको मुल्यमा बुधबार भन्दा ८०० रुपैयाँले कम्ति

0 comments

काठमाडौं, श्रावण८  - नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले कम्ति भै ४७ हजार २०० रुपैयाँ कायम भएको छ ।बिहिबार स्थिर रहेको बजार बुधबार छापावाल सुनको मूल्य प्रतितोला  १५ सय रुपैयाँले घटेर ४८हजार मा कारोबार भएको थियो । त्येस्तै चाँदीको मूल्यमा प्रतितोला पाँच रुपैयाँले कमी भै प्रतितोला ६६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारभाउ र सरकारले सुनमा भन्सार दर घटाएपछि साउन महिनामा सुनको मूल्यमा कमि आएको छ। 

प्रहरीले एकान्तकुनास्थित यातायात कार्यालयबाट ४१ जना दलालहरुलाई पक्राउ

0 comments
साउन ८ – महानगरीय प्रहरी परिसर ललितपुरले एकान्तकुनास्थित बागमती अञ्चल यातायात कार्यालय र ताल्छिखेलस्थित यातायात कार्यालय परिसरमा रहेका दलाललाई नियन्त्रणमा लिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

यातायात कार्यालयमा दलालको बिगबिगी रहेको र सर्वसाधारण विभिन्न बहानामा ठगिनुपरेको गुनासो आएपछि प्रहरीले बिहान ११ बजे दुवै कार्यालय परिसरमा एकैपटक छापा मारेको हो ।
छापा मार्ने क्रममा प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएको छ । एसएसपी पिताम्बर अधिकारीले सहज रुपमा हुने काममा पनि परिसर वरिपरि घुमिरहजे एजेन्टले दुःख दिएको उजुरीपछि छापा मार्ने क्रममा ४१ नालाई नियन्त्रणमा लिएको बताए ।‘सर्वसाधारणलाई दुःख दिने काम भइरहेको भन्ने उजुरी आएको थियो,’ उनले भने, ‘त्यसपछि हामीले दुवै कार्यालयमा पुगेर शंकास्पद व्यक्तिलाई पक्राउ गरेका हौं ।


बिप्लव माओवादीले गरेको बन्दबाट देशभरको जनजीवन प्रभावित

0 comments
काठमाडौँ, ८ साउन- बिप्लव नेतृत्वको नेकपा माओवादीले भारत र चिनबिच भएको लिपुलेक र चार दलबिच भएको १६ बुँदे सम्झौताको विरोधमा आज गरेको नेपाल बन्दका कारण विहानै देखि देशभरको जनजीवन प्रभावित भएको छ।अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाइली सहित काठमाडौँको कोटेश्वरबाट अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाइली सहित ११ जनालाई पक्राउ गरेको छ। त्यस्तै बागलुङमा बन्द सफल गराउन हिँडेका माओवादी जिल्ला सेक्रेटरी बिकिरण क्षेत्री, जिल्ला सदस्य बाबुलाल शाक्य सहित १० जना बन्दकर्ता पक्राउ परेका छन्। बन्द सफल पार्न विहानैदेखि बिप्लव माओवादीका कार्यकर्ता सडकमा उत्रिएका छन्। बन्दका कारण प्रेस, मानवअधिकार, एम्बुलेन्स लगायत अत्यावश्यक सवारीका साधन बाहेक अन्य साधन बन्द रहेका छन्।
  लिपुलेक सम्झौता, दलहरुबिचको १६ बुँदे सहमति, भुकम्प प्रभावितहरुका लागी गरिएको राहत वितरणमा भएको भ्रष्टाचारको विरुद्धमा र देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै सर्वपक्षिय राजनीतिक सभाको माग गर्दै बन्द आह्वान गरिएको विप्लब माओवादीले जनाएको छ।

नासाले पृथ्वीजस्तै अर्को ग्रह पत्ता लगाएको छ

0 comments

पृथ्वीबाट करिब १४ सय प्रकाशवर्ष टाढा पृथ्वीजस्तै अर्को ग्रह भेटिएको छ । अमेरिकी अन्तरीक्ष नियोग नासाले केप्लर टेलिस्कोपको मद्दतले यस्तो ग्रहका बारे पत्ता लगाएपछि वैज्ञानिकहरु उत्साही बनेका छन् । यसको नाम केप्लर ४५२ बी दिइएको छ । जुन पृथ्वीभन्दा ६० प्रतिशत ठूलो छ । यहाँ पृथ्वीमाजस्तै जीवनको अस्तित्व हुनसक्ने अनुमान पनि गरिएको छ । यहाँ ३ सय ८५ दिनको एक वर्ष हुने गरेको छ अर्थात् उसले सूर्यजस्तै आफ्नो तारालाई एक परिक्रममा गर्न ३ सय ८५ दिन लगाउने गर्दछ । नासाका वैज्ञानिक जोन जेन्कीनका अनुसार यो पृथ्वीभन्दा ठूलो छ र पृथ्वीभन्दा पुरानो पनि हो । यसले पृथ्वीमा आगामी दिनमा आउनसक्ने सम्भावित प्राकृतिक परिवर्तनको अध्ययन गर्न समेत सघाउ पुग्नेछ । सन् २००९ मा थालिएको यस अभियान अन्तर्गत अन्य केही पृथ्वीजस्तै ग्रहहरु पनि भेटिएका छन् तर तिनीहरु भने या त त्यसको केन्द्रमा रहेको सूर्यबाट निकै नजिक छन् या पृथ्वीभन्दा धेरै ठूला छन् जसका कारण तापक्रम बढी छ । यसैले त्यहाँ जीवनको कल्पना गर्न सकिँदैन । तर, पछिल्लो खोजले भने अन्तरीक्षमा धेरै सम्भावनाहरुको ढोकालाई खोलिदिएको छ।


Thursday, July 23, 2015

धर्म निरपेक्षताबारे सोध्दा हिमानी मुस्कुराइन् मात्र संविधान मस्यौदाको त्रुटी सच्याउन आग्रह

0 comments
७ साउन, काठमाडौं । पूर्व युवराज्ञी हिमानीले जनताको चाहनाअनुसार संविधानमा रहेका त्रुटी सच्याउनुपर्ने बताएकी छिन् । हिमानी ट्रष्टले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सुझाव संकलनका क्रममा आएको जनमतको सम्मान गर्नुपर्नेमा जोड दिइन् ।

हिमानी ट्रस्टका गतिविधीबारे पत्रकारसँग सल्लाह लिन आयोजना गरिएको कार्यक्रममा पत्रकारले संविधानसँग सम्वन्धित प्रश्नको वर्षा गरेका थिए ।
हिमानीेले राजनीतिक विषयका प्रश्नहरुलाई सुरुमा हाँसेर टारेकी थिइन् । ‘हामी पोलिटिक्समा संलग्न छैनौं’ हिमानीले भनिन्-‘कृपया हिमानी ट्रस्टको विषयमा मात्रै कुरा गरौं न ल ।’
भिडियो

तर राजनीतिक प्रश्न आउन छोडेनन् । ‘हिन्दू राज्यको माग भइरहेको छ, के भन्नुहुन्छ ?’ एक पत्रकारले सोधे । कुनै जवाफ नदिइ मस्केर बसिरहिन् हिमानी ।
‘सबै जनताले अहिले संविधानबारे सुझाव दिइरहेका छन्, तपाईंहरुका पनि त व्यक्तिगत सुझाव होलान् ?’ अर्का पत्रकारले सोधे ।

बल्ल उनले मुख खोलिन् । ‘जनताको धारणा बुझ्नलाई सुझाव संकलन भइरहेको न हो । यसलाई त मान्यता दिनुपर्‍यो नी । जनताले देखाएका त्रुटीहरु सच्याएरै जानु राम्रो हुन्छ नी होइन ?’ उनले भनिन् ।
‘जनताको चाहना कस्तो पाउनुभएको छ त तपाईंले ?’ भन्ने पत्रकारको प्रश्नमा उनले हाँस्दै भनिन्-‘त्यो त मलाईंभन्दा तपाईंहरुलाई नै बेसी थाहा होला ।’

पत्रकारहरुले हिमानी ट्रस्टलाई महिला, तथा बालबालिकाको क्षेत्रमा केन्दि्रत भएर काम गर्न सुझाव दिएका थिए । हिमानीले ट्रस्टको साधन स्रोतको सिमितता औंल्याउँदै सकभर धेरै भन्दा धेरै ठाउँमा पुग्न प्रयासरत रहेको उल्लेख गरिन् ।
उनले देशका विभिन्न स्थानहरुमा ट्रस्टले भूकम्पप्रतिरोधी स्कुलहरु निर्माणको लागि योजना बनाइरहेको जानकारी दिइन् ।

नदी किनारमा आमा छोरीको लास भिटियो

0 comments
मकवानपुर, ७ साउन । मकवानपुरमा एकै दिन तीन जना मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी-२ को नदी किनारमा दुई र भैसे-७ खोकलाङमा एक महिला मृत भेटिएका छन् । मनहरी–२ मा मृत भेटिएका दुई महिला आमा छोरी हुन् । यी दुबै आमा छोरीको शरीरको अधिकांश भागमा लुगा नभेटिएको प्रहरीले जनाएको छ ।
मृत फेला पर्नेमा मनहरी-२ छरिवाङ बस्ने ५५ बर्षीया ठुलीमाया थिङ र उनकी ३२ बर्षीया छोरी छयरानी थिङ रहेका छन् । आमा मनहरी-१ लोथर खोलाको किनारमा विहीबार मृत फेला परेकी थिईन भने, छोरी१ सय मिटर पर चितवन पिप्ले-६ लोथर खोलाको किनारमा निवस्त्र फेला परेकी हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आमाछोरीलाई खोलाले बगाएर ल्याएको देखिएको छ । यद्यपी खोलाले बगाएको हो कि हत्या गरि खोलामा फालिएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।
यस्तै, मकवानपुर भैसे-७ खोकलाङ बस्ने ३० बर्षीया निला राई विहिबार आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी छिन् । उनले आत्महत्या गरेको बताइएको छ ।


Like us

 

Search

 
Enjoy the site