Wednesday, July 29, 2015

नवलरासीको गैंडाकोट जयश्री खोलाको ३२ मिटर लामो फलामे पुल भाँच्चिएपछि यात्रुहरुको बिचल्ली

गैंडाकोट, श्रावण १२ - पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलरासीको गैंडाकोट ७ र ९ वडा जोड्ने जयश्री खोलाको ३२ मिटर लामो फलामे पुल (आइरन ट्रस ब्रिज) भाँच्चिएपछि यात्रुहरुको सडकको बास भएको छ । कयौ यात्रुहरु सोमबार राति पुल भाँचिय देखि गाडीमै बसि रहेला छन् । नजिकमा पसल र होटल नहुँदा अहिलेसम्म पानी पिएर बसेरहेका छन् । पूर्व पश्चिम हिंडेका सयौं सवारी साधन पुल वारिपारी रोकिएकाले यात्रु समस्यामा परेका छन् । यात्रुहरु भोकभोकै छन् ।

भाँच्चिएको पुलबाट सामान्य रुपमा हिंडेर आवतजावत गर्न दिइएको छ । बिरामी तथा असक्तलाई नेपाल र सशस्त्र प्रहरीले उद्दार गरेर वारिपारी पुर्‍याइरहेका छन् ।

पुल भाँच्चिएको ठाउँमा हेर्न आउनेको भीड लागेको छ । अहिले ड्राइभर्सन निर्माणको काम जारी छ । पानी नपरे साँझसम्म डाइभर्सन निर्माण गरी यातायात सुचारु गर्न सकिने पश्चिमाञ्चल क्षेत्रिय सडक निर्देशनालयका प्रमुख उत्तमलाल प्रधानले बताए ।

उनका अनुसार लोड धान्न नसक्दा पुल भाँच्चिएको हो । महिला तथा वालवालिकालाई बढी समस्या भएको छ । महिला यात्रुले शौचालयको समस्या भएको बताए ।

गैंडाकोट–नारायणगढ सडकखण्ड सवारीसाधनले भरिएको छ । खोलामा होमपाईप राखेर डाईभर्सन निर्माण गरिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख दीपक भट्टराईले बताए । यो सडकबाट दैनिक १ हजार २ सय भन्दा बढी सवारीसाधन आवत जावत गर्ने गरेका छन् । श्रोत :अनलाइन समाचार



Tuesday, July 28, 2015

डिभी पीआर भएको सशस्त्र प्रहरी बलका डिआइजी दुर्गा कुँवरले

  सशस्त्र प्रहरी बलका डिआइजी दुर्गा कुँवरले राजीनामा दिएका छन्। उनले सोमबार सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त सामु राजीनामा बुझाएका हुन्।

वन्तले उनको राजीनामा गृह मन्त्रालयमा आज पठाएका छन्। डिआइजीको राजीनामा गृहमन्त्रीले स्वीकृत गर्ने प्रहरी नियमावलीमा उल्लेख छ। सशस्त्र प्रहरीको नयाँ नियमावली आए लगत्तै कुँवरले राजीनामा दिएको सशस्त्र प्रहरी उच्च स्रोतले सेतोपाटीलाई जानकारी दिएको हो। उनीसँग अमेरिकाकाे डिभी पीअार रहेकाे स्राेतले जनाएकाे छ ।

यद्यपी संयुक्त राष्ट्र संघमा उच्च तहको जागिर पाएका कारण कुबँरले राजीनामा दिएको उनी निकट स्रोतले जनाएको छ। सशस्त्र प्रहरीले साउन मसान्तभित्र डिभी पिआर लिएको भए जानकारी गराउन उर्दी जारी गरेको छ। उसले ‘कि डिभी पीआर छाड्न कि जागिर छाड्ने’ गरी नयाँ नियमावली पहिलो पटक ल्याएको हो।

२०४९ साल नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा प्रवेश गरेका कुँवर सशस्त्र द्धन्द्धकालमा सशस्त्र प्रहरी बल गठन भएपछि डिएसपी त्यहाँ गएका थिए। उनी निकै असल प्रहरी अधिकारीमा गनिन्छन्। गत वैशाख १२ गते भूकम्प गएपछि उनले राजधानीमा दिनरात खटेर काम गरेका थिए। उनी डिआइजी भएपछि सशस्त्र प्रहरी महानिरीक्षक वन्तले उनीमाथि नियतवस दुख दिदैँ आएको स्रोतले जनाएको छ ।

मंगलबार उनले  अवकाश पाउन लागेका मुख्यसचिव लीलामणि पौडेल र सेनापति गौरव शमशेरराणावीच भेट गरेका छन्। श्रोत : अनलाईन खबर

क्यामराको फ्ल्यास लाइटले बालकको आँखाको ज्योति लियो

१२ साउन - अनुहार नजिकै क्यामरा लगेर फोटो खिचिदिँदा एक बालकले सधैंको लागि संसार हेर्न नसक्ने भएका छन् । क्यामराको कडा फ्ल्यास लाइटको कारण बालकको आँखाको ज्योती गुमेको हो ।

घटना चीनको हो । न्वारान नगरिएका ती बालकको अभिभावकका एक साथीले फोटो खिच्दा क्यामराको फ्ल्यास लाइट बन्द गर्न बिर्सिएको कारण आँखाको ज्योति गुमेको समाचारमा बताइएको छ ।


गद्दाफीका छोरा सेफ अल इसलामलाई मृत्युदन्डको सजाय

काठमाडौं, श्रावण १२ । लिबियाको उच्च अदालतले त्यहाँका पूर्वराष्ट्रपति कर्णेल गद्दाफीका छोरा सेफ अल इसलामलाई मृत्युदन्डको सजाय सुनाएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको सर्वाधिक खोजीको सूचीमा रहेका अल इसलाममाथि सन् २०११ मा लिबियामा भएको विद्रोह दबाउने नेतृत्व गरेको अभियोग लगाइएको थियो ।

अदालतले उनीसहित अन्य ८ जनालाई पनि मृत्युदन्डको सजाय सुनाएको हो । उनीहरुमध्ये गद्दाफीका गुप्तचर प्रमुख पनि रहेको जनाइएको छ ।

फैसलाको समय अदालतमा उपस्थित नभएका इसलामले आफूमाथि अन्याय भएको भन्दै त्यसको पुनरावेदन माग गरेका छन् । (एजेन्सी)

काठमाडौँ एरपोर्टमा प्रहरीबाटै यात्रुको सामान चोरि

काठमाडौ, श्रावण १२ - हङकङको ड्रागन एयरबाट कार्गो भइ आएको डेल कम्पनीको ल्यापटप लगायत सामान चोरी गर्ने दुई प्रहरी जवानहरु निर्मल शाह र  प्रेमप्रसाद जोशीले चोरी गरेको दृष्य सीसीटिभी फुटेजमा देखिएपछि बिमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो।  उनीहरुले साउन ३  मध्यराति आएको जहाजबाट चोरी गरेका थिए । राती सवा १२ बजे कार्गोको एप्रोन एरियामा खटिएका उनीहरुले ल्यापटप भएको कार्टुन च्यातिएको देखेपछि त्यहींबाटै चोरेका थिए । उनीहरु बिरुद्ध ड्रागन एयरका एयर सर्भिस ब्यवस्थापन सुमन तुलाधरले जाहेरी दिएका छन् । अभियुक्त प्रहरी जवानद्धयलाई चोरी मुद्दा लगाई महानगरीय प्रहरी परिसर टेकुको हीरासत कक्षमा राखिएको छ । 

एयरपोर्टमा यात्रुको सामान चोरी भइ नै रहन्छ । तर प्रहरीबाटै भएको चाहिं यो पहलिो घटना हो ।  'लोडर वा सर सफाई गर्नेहरुले त चोरी गरेको भेटिन्थ्यो' बिमानस्थलका एक प्रहरी अधिकारीले भने 'हाम्रै प्रहरीले नै चोरी गरेको घटना पहिलो हो । केहि समय अघि ईण्डिगो एयरबाट भारतको दिल्लीतर्फ उडेका एक यात्रुको लगेजबाट ३५ हजार भारतिय रुपैंया चोरी भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा  प्रस्थान द्धारको पहिलो बिन्दु देखी नै मानिस र उनीहरुका गतिविधिको निगरानी हुन्छ । भारतिय बिमानबाट जाने सामानहरु नेपाली सुरक्षा निकायबाट पास भएपछि भारतीय सुरक्षा निकायको एक्सरे मेसिनबाट अलग्गै जाँच हुन्छ । केहि समय अघिसम्म पर्याप्त सिसिटिभी नहुँदा बायू सेवा निगम -आरए)का 'लोडर' हरुले एक जनाको शरिरले सिसिटिभी छेल्ने र अर्काले यात्रुको झोला खोतल्ने प्रबृति मौलाएको थियो । एयर ईण्डिया, थाई एयरवेज बाहेकका सबै एयरलाईन्सका यात्रुहरुको सामानको जिम्मा आरएका कर्मचारीलाई हुन्छ । प्रहरी स्रोतका अनुसार सिहंको झोलामा एयरलाईन्सले लगाइदिएको टेप लोडरले निकालेको दृष्य सीसीटीभीमा कैद छ ।

बिमानस्थलमा यात्रुको सामानलाई लिएर हुने यो लापरबाही नौलो  होइन । बिमानस्थलको चोरी तथा हराएको उजुरी गर्ने शाखामा महिनाको पाँच देखी ७ वटा सम्म उजुरी पर्छन् । सुटकेस भित्र राखिएका मोबाईल, आईप्याड, बच्चाका खेलौना लगायतका सामागि्र चोरी भएको उजुरी आउने गर्छ ।  कतिपय यात्रुले त यस्ता उजुरीहरु दर्तै गर्दैनन् । 'उजुरी गरेपनि फिर्ता पाउने आश नदेखेपछि चोरीको उजुरी नै गर्दैन्' एक कर्मचारीले भने।
गएको माघ १२ गते जेट एयरको उडानमा दिल्लीबाट काठमाडौं आएका एक यात्रुको लगेजबाट ५ हजार ५ सय भारतिय रुपैंया र ११ हजार नेपाली रुपैंया चोरी भयो । प्रहरीले चोरीमा संलग्न लोडर गणेश बहादुर महर्जन र मानबहादुर मगरलाई पक्राउ गर्‍यो ।  अर्का एक भीमसेन थापा फरार छ । श्रोत:अनलाईन खबर

आज दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको २ धक्का

काठमाडौँ १२ श्राबन - वैदेशिक रोजगारमा जाने नेपालीहरुले शून्य लगानीमा जान पाउने अभियान सुरु गरेका श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको काम रोकिने स्थितिमा पुगेको छ । प्रधानमन्त्री सुशील कोइराला आफै शून्य लागतको विरुद्धमा कस्सिएर लागेपछि गुरुङको अभियान थला पर्ने स्थितिमा पुगेको हो । स्रोतका अनुसार प्रधानमन्त्रीले ‘शून्य लागत’ (फ्रि भिसा, फ्रि टिकट) जसरी पनि हटाउने आश्वासन दिएपछि अहिले म्यानपावर व्यवसायीहरु आन्दोलन छाडेर काममा फर्किएका छन् ।

यद्यपि रोजगार मन्त्रालयले औपचारिक रुपमा यो निर्णय फिर्ता लिएको छैन । मन्त्री गुरुङले मलेसिया, साउदी, कतार, बहराइन, ओमन, कुवेत र दुबइमा ‘शून्य लागत’मा कामदार पठाउने निर्णय गरेका थिए । ‘फ्रि भिसा’, ‘फ्रि टिकट’ अर्थात् भिसा र टिकटका लागि कुनै शुल्क नलाग्ने मन्त्रिस्तरीय निर्णय गरेर एकाएक आम सर्वसाधारणको ताली पाएका गुरुङमाथि प्रधानमन्त्रीको चर्को दबाब बढेपछि निर्णय सच्याउनुपर्ने बाध्यता सिर्जना भएको बताइएको छ ।
रोजगार मन्त्रालयले शून्य लागतको निर्णय गरे लगत्तै नेपाली कांग्रेस निकट म्यानपावर व्यवसायीहरु प्रधानमन्त्री कार्यालय पुगेर यसको विरोध जनाएका थिए । कांग्रेस निकट व्यवसायीहरुको संगठन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर यस्तो व्यवस्था हटाउन आग्रह गरेका थिए । चुनावको बेला ठूलो चन्दादाताको मानिने व्यवसायीको आग्रह अस्वीकार गर्न नसकी प्रधानमन्त्री कोइरालाले मन्त्री गुरुङलाई व्यवसायीकै अगाडि यस्तो व्यवस्था खारेज गर्न निर्देशन दिएका थिए । गुरुङले प्रधानमन्त्रीको निर्देशन तत्काल अवज्ञा नगरे पनि निर्णय सही भएको तर्क गर्दै निर्देशन पालना गर्न अस्वीकार गरेका थिए ।

त्यसपछि आन्दोलनमा उत्रिएका व्यवसायीहरुले पटक पटक प्रधानमन्त्रीलाई भेटेर निर्णय फिर्ता गराउन दबाब दिँदै आएका थिए । प्रधानमन्त्री कोइरालाले मौखिक रुपमा दिएको निर्देशन नमानेपछि लिखित रुपमै उक्त व्यवस्था हटाउन निर्देशन दिएका छन् । आफूले प्रत्यक्ष लिखित निर्देशन दिँदा मिडियामा आएर विरोध हुने बुझेका प्रधानमन्त्री कोइरालाले आफ्नो स्वकीय सचिवालयको तर्फबाट शून्य लागतको निर्णय फिर्ता लिन अह्राएका छन् । गत असार १४ गते नै उक्त पत्र लेखिए पनि मन्त्री गुरुङले अहिलेसम्म निर्णय फिर्ता गरेका छैनन् । तर व्यवसायी, प्रधानमन्त्री र स्वयं आफ्नै पार्टीका शीर्ष नेताहरुको चर्को दबाब खेप्न परिरहेको मन्त्री गुरुङले अन्तिम अवस्थामा आएर निर्णय फिर्ता लिने मुडमा पुगेको बताइन्छ । ‘मन्त्रीज्यू अहिले कुनै शब्द वा बहाना मिलाएर निर्णय फिर्ता गर्ने कि भन्ने मनस्थितिमा पुग्नुभएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘एक्लो हुटिट्याउँले स्वर्ग धान्दैन । सरकारमा सहभागी सहकर्मी पार्टीका शीर्ष नेताहरुको समेत दबाब परेपछि एक्लैले के धान्न सकिन्न ।’
 प्रधानमन्त्री कोइरालाको सचिवालयले लेखेको पत्रमा श्रम सम्झौता गरेर मात्र शून्य लागतको निर्णय गर्न निर्देशन दिइएको छ । पत्रमा प्रत्यक्ष त्यस्तो शब्द लेखिए पनि घुमाउरो भाषामा त्यस्तो निर्देशन दिएको स्पष्ट बुझ्न सकिन्छ । ‘वैदेशिक रोजगारका लागि जाने नेपाली कामदारलाई शून्य लागतको व्यवस्था महत्वपूर्ण र सार्थक विषय हो भन्नेमा कुरामा दुई मत हुनैसक्दैन,’ पत्रमा भनिएको छ, ‘सम्बन्धित रोजगारदाता मुलुकसँग श्रम सम्झौता गरेर मात्र उपयुक्त शून्य लागत व्यवस्था मिलाउन तथा श्रम सम्झौताविना पठाउँदा उनीहरुले आर्थिक, भौतिक, मनोवैज्ञानिक सुरक्षामा अभाव महसुस भै नकारात्मक परिणाम आउनेतर्फ पनि सोच राखी कार्वाही अगाडि बढाउन आदेशानुसार अनुरोध गरिन्छ ।’ पत्रको अन्य भाषा वा वाक्यमा जेसुकै कुरा लेखिएको भए पनि ‘श्रम सम्झौता गरेर मात्र उपयुक्त शून्य लागत व्यवस्था मिलाउन’ भन्ने वाक्यले निर्णय फिर्ता गर्न निर्देशन दिएको स्पष्ट बुझ्न सकिन्छ । प्रधानमन्त्रीको कार्यायलबाट यस्तो पत्र आए पनि मन्त्रीले अहिलेसम्म निर्णय फिर्ताको औपचारिक घोषणा गरेका छैनन् ।
 जनमानसमा मन्त्री गुरुङको निर्णयलाई वर्तमान मन्त्रिपरिषदका सदस्यहरुले गरेका नीतिगत निर्णयमध्ये आम सर्वसाधारणको हितमा गरिएको एक महत्वपूर्ण निर्णय मानिएको थियो । तर पार्टीहरुको चुनावका लागि महत्वपूर्ण चन्दादाताको रुपमा रहेका म्यानपावर व्यवसायीहरुको दबाब थेग्न मन्त्री गुरुङ र स्वयं सरकारलाई पनि धौधौ परिरहेको छ । यस्तो अवस्थामा कुनै विशेष कारण देखाएर यो निर्णय तत्कालका लागि फिर्ता लिइएको घोषणा हुनसक्ने वा म्यानपावर व्यवसायीहरुले कामदारहरुबाट अन्य कुनै बहानामा रकम असुल्न पाउने गरी व्यवस्था मिलाउन लागिएको बुझिएको छ । श्रोत : अनलाईन खबरहरु

आज दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको २ धक्का

श्राबन १२ काठमाडौँ - दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ३८ मिनेट जाँदा ४ म्याग्निच्यूडको धक्का (परकम्प)  गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाइएको छ ।

त्यसअघि आजै बिहान ९ बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको बतासे आसपास केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूडको धक्का गएको थियो ।

गत वैशाख १२ को ‘गोरखा भूकम्प’ गएको आज तीन महिना पुगे पनि परकम्प जाने क्रम रोकिएको छैन । पछिल्लो महिना परकम्प जाने क्रम केही कम भए पनि साउन महिनामा भने दैनिक जसो परकम्प गइरहेका छन् ।बैसाख १२को ७.९ म्याग्निच्यूडको   भूकम्पपछि चार म्याग्निच्यूड वा त्यसमाथिका ३६३ धक्का गइसकेका छन्।

इन्डोनेसियामा ७ रेक्टर स्केल को भूकम्प

काठमाडौं, १२ साउन । इन्डोनेसियाको पपुव राज्यको राजधानी जयापुरामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्वेक्षणका अनुसार  मंगलवार बिहान  ६ :४१मिनेट जाँदा ७ .०  रेक्टर स्केल को भूकम्प गएको हो  ।
एक ब्यक्तिको मृतु भएको छन् र कयौ घरहरुमा क्षती पुर्याइएको छन् अन्य विवरण आउन बाँकी रहेको छ । यस अघि सन २००४ मा इन्डोनेसियाको  सुमात्रा द्वीपमा गएको शक्तिशाली भूकम्पको कारण २,३०,००० मानिसको मृत्यु थियो  ।

धरानमा १७५ फिट अग्लो बुद्ध मूर्ति बनाउदै

११ साउन, धरान - दुई वर्षअघिदेखि पूर्वको पर्यटन विकास गर्न धरानमा निर्माण गर्ने भनिएको ‘थाउजन बिगबुद्ध’ निर्माण परियोजनाको प्रारम्भिक काम सुरु भएको छ ।
हङकङ नेपाली महासंघको पहलमा सुरु भएको परियोजना सञ्चालनकालागि महासंघ अध्यक्ष प्रदीप थापा मगरको अध्यक्षतामा सुर्योदय बुद्ध विहार धरान दर्ता गरेर नमूना बिग बुद्धका मूर्तिमा निर्माण, थ्रीडी निर्माण र डिजाईनको काम सुरु भएको छ ।
एक सय ७५ फिट अग्लो बुद्ध मूर्तिसँगै बुद्ध दर्शन अध्ययन केन्द्रका विभिन्न संरचना निर्माण गर्न करिब ९० करोड र साना १० हजार बुद्ध मूर्ति निर्माण गर्न ८ करोड लाग्ने अनुमान गरिएको छ । सरकारसँग एक पैसा नमागी दान र सहयोगबाटै परियोजना सफल बनाउने सुर्योदय बुद्ध विहारको योजना छ ।
बिगबुद्ध वरिपरि साना १० हजार बुद्ध मूर्तिहरु रहने र ति मूर्ति देशविदेशका दातालाई दान स्वरुप उनिहरुकै नाममा राख्न दिने योजना रहेको बिग बुद्ध परियोजनामा सक्रिय  भिक्षु मेधांकर (भिक्षु मगर)ले बताए । उनका अनुसार परियोजनामा हालसम्म करिब १० लाख खर्च भईसकेको छ भने दुई प्रतिशत काम भएको छ ।

एक अर्ब खर्च हुने अनुमान गरिएको परियोजना सफल बनाउन आईतबार धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघको सहकार्यमा धरानमा अन्तरक्रिया भयो । कार्यक्रममा प्रतिवद्धता व्यक्त गर्दै धरानका विभिन्न राजनीतिक दलका प्रतिनिधी र पर्यटनकर्मीहरुले सबै मिलेर परियोजना सफल बनाउने बताए ।
अन्तरक्रियामा बोल्दै विराटनगरबाट आएका संस्कृतिविद् डा.सोमप्रसाद खतिवडाले यो परियोजनाले पूर्वको पर्यटनको विकास गर्न र मान्छेको जीवनस्तर उकास्न सहयोग पुर्‍याउने भएकाले सबै मिलेर साथ दिनु पर्ने बताए । उनले भने ‘यो परियोजनाले पूर्वलाई नै ठूलो फाईदा पुर्‍याउछ ।’
अन्तरक्रियामा इटहरीका पर्यटन व्यवसायी रविन गौतमले पनि बिग बुद्ध परियोजनाले पूर्वमा पनि बुद्ध पर्यटनको सम्भावना बढ्ने र देशविदेशका पर्यटक भित्रिने बताए ।
राजनीतिक दलका तर्फबाट बोल्दै नेपाली कांग्रेस धरान नगर अध्यक्ष किशोर राईले परियोजना सफल बनाउन सबै लागि पर्ने बताए ।

परियोजनाका लागि भेडेटार तलको छोटी मोरङ डाँडालाई हेरिएको र बिगबुद्ध बनाईने ठाउँ सरकारी वन क्षेत्र भएकाले आवश्यक समन्वयका लागि पहल भईरहेको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रसासकीय अधिकृत गणेश खतिवडाले बताए । श्रोत :अनलाईन खबर

सुन सस्तो भयो तर बजारमा किन्न खोज्दा पाईदैन

अन्तर्राष्ट्रिय बजारमा आएको उच्च गिरावट र नेपालमा भन्सार दर घटेपछि सुनको भाउ चार वर्षयताकै सस्तो भएको छ । तर, उपभोक्ताले किन्न पाएका छैनन् । बजारमा सुनको कृत्रिम अभाव छ ।
बैंक र व्यवसायी बजारमा सुन अभाव हुनुको दोष एक–अर्कालाई लगाइरहेका छन् । बैंकले सुन बिक्री गर्न नमानेको आरोप सुनचाँदी व्यवसायीको छ । तर, बैंकहरूले भने नियमित रूपमा व्यवसायीलाई ढिक्का सुन बिक्री गरिरहेको दाबी गरेका छन् । उपभोक्ता भने मारमा छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला ४८ हजार रुपैयाँ तोकेको थियो । तर, बैंकरले प्रतितोला ४८ हजार चार सय रुपैयाँमा मात्रै उपलब्ध गराउन सक्ने बताएपछि व्यवसायीले सुन खरिद नगरेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘व्यवसायीले गएको चार दिनदेखि बैंकबाट सुन उठाउन सकेका छैनन्,’ उनले भने, ‘यसले गर्दा बजारमा सुनको अभाव देखिएको हो ।’
भन्सारदर र भाउ एकैचोटि घटेका कारण बैंकले आफूसँग मौज्दात सुन बिक्री गर्न नमानेको अध्यक्ष शाक्यले बताए । ‘भाउ घट्नुअघि आयात भएको सुन बैंकले आफूलाई नाफा कम हुने भएपछि बिक्री गर्न नमानेका हुन्, यसले गर्दा समस्या उत्पन्न भएको छ,’ उनले भने । नयाँ पत्रिकामा खबर छ ।

रुद्राक्षको एउटै रुखबाट २५ लाख रुपैयाँ सम्म बैना

संखुवासभा - सामान्यतया घरजग्गा किनबेचका क्रममा बैना गर्ने चलन छ । तर संखुवासभाको खाँदबारी नजिकैको एउटा गाउँमा रुद्राक्षका बोटको बैना गरिएको छ । त्यो पनि पूरै फल लाग्न नपाउँदै ।
सदरमुकाम खाँदबारी ढुंगेधाराका किसान लक्ष्मीकुमार श्रेष्ठले हुर्काएको रुद्राक्षको रुख २५ लाख रुपैयाँमा बैना गरिएको हो । व्यापारीले २५ लाखमा रुद्राक्षको बोटै किन्न खोजेपछि उनले २ लाख रुपैयाँ बैना रकम लिएका हुन् । भोजपुर दिंग्लाका व्यवसायी शेरबहादुर बस्नेतले बैना गरेका हुन् ।
‘जेठमा व्यापारीहरू आएर यो रूखमा फलेका रुद्राक्षका दाना हाम्रो भयो, मूल्य गर्नुस् भन्न थाले,’ उनले भने, ‘त्यसपछि २ लाख बैना समातें ।’ २५ लाख मूल्य भनिए पनि दाना धेरै फल्यो भने त्यस बेलाको बजार मुल्यअनुसार रकम बढाउने सर्तमा बैना लिएको उनले बताए । फलेको दाना बस्नेतले लिनेछन् ।
तीन वर्ष अघिदेखि फल्न थालेको यो बोटको सबै रुद्राक्ष एकनाशको र बोक्रा नखोलीकनै उनले राम्रो आम्दानी गरेका छन् । ‘पोहोर यो बोटमा १ हजार ३ सय रुद्राक्षका दाना फलेका थिए,’ उनले भने, ‘त्यो बेला १२ लाखमा रूखै बेचेको थिएँ ।’ पोहोर पनि भोजपुरकै बस्नेतले उनको रूख किनेका थिए ।
कमाइ भएको पैसाले साहुको ऋण तिरेको र छोराछोरीलाई पढाउन सहज भएको उनले बताए । ‘रूद्राक्ष खेती गरेर राम्रो आम्दानी लिनका लागि एकमुखे रुद्राक्ष नै हुनुपर्छ भन्ने छैन,’ उनले भने, ‘ठूलाखालका ५ मुखे रुद्राक्ष भए पनि त्यसको मूल्य राम्रै हुन्छ ।’ गत वर्ष १३ सय दाना फलेको बोटमा यसपालि ४ हजारभन्दा बढी फल्ने अनुमान उनको छ ।
रुद्राक्ष व्यापारीले फूल फुल्नुअघि नै बगान एक वर्षका लागि किन्ने गरेको अर्का व्यापारी मोती शंकरले बताए । ३ वर्ष अघिसम्म ५ मुखे रुद्राक्षका दाना प्रतिकिलो ३० रुपैयाँसम्ममा बिक्री हुँदै आएको थियो । पछिलो पटक चीनमा रुद्राक्ष जान थालेपछि अरूको भन्दा ५ मुखेको मूल्य बढेको शंकरले बताए ।
‘३ वर्षअघि ५ रुपैयाँ बिक्री हुने रुद्राक्ष अहिले गोटाको २ हजारसम्म बेच्ने गरेको छु,’ उनले भने, ‘कन्ठे नाम गरेको रुद्राक्षको माग धेरै छ तर बजारमा पाउन गाह्रो छ ।’ प्रत्येक वर्ष भदौदेखि सुरु हुने रुद्राक्षको कारोबार फागुनसम्म बढी व्यापार हुने गरेको छ । संखुवासभा र भोजपुरमा उत्पादित रुद्राक्षको मुख्य बजार सदरमुकाम खाँदबारी हो ।
विशेषगरी रुद्राक्षको मुख, तौल र आकार हेरेर किनबेच हुने गरेको छ । मुख र आकारले रुद्धाक्षको मूल्य निर्धारण गर्ने हुँदा यसको मूल्य मुख र आकारका आधारमा कम र बढी हुने गरेको व्यापारीको भनाइ छ । सामान्यत: गत वर्ष दुईमुखेलाई २० देखि ३० हजार र तीनमुखे ३ सय देखि ५ सयसम्म ६ मुखेलाई ४० रुपैयाँदेखि सयसम्म ७ मुखेलाई ५ सयदेखि हजारसम्म किनबेच हुने गरेको छ ।
यसैगरी ८ मुखेलाई १५ सयदेखि ३ हजारसम्म, ९,१० र ११ मुखेलाई ५ हजारदेखि १० हजारसम्म र १२ मुखेलाई ७ हजारदेखि १२ हजारसम्म, १३ मुखे १० देखि १५ हजार, १४ मुखे २५ हजारभन्दा बढीमा बिक्री भएका थिए । २० मुखे ५ देखि १५ लाखसम्म, २१ मुखे २५ लाखभन्दा माथि २७ र २८ मुखेलाई ४० लाखभन्दा माथि खाँदबारी बजारमा किनबेच हुने गरेको छ ।
संखुवासभामा वार्षिक अर्ब रुपैयाँभन्दा बढीको रुद्राक्ष किनबेच हुने गरेको व्यवसायीहरू बताउँछन् । तीन वर्षयता ४, ५ र ६ मुखेको रुद्राक्ष माग अत्यधिक बढेको छ,’ उनले भने, भोजपुरको
दिङ्ला क्षेत्र र संखुवासभामा फलेको एउटै रुद्राक्ष ५० लाखसम्ममा बिक्री हुने गरेको छ । यहाँ उत्पादित रुद्राक्ष देशका विभिन्न सहर, भारत र चीनसम्म पुग्ने गरेको छ ।
रुद्राक्ष कारोबार फस्टाउन थालेपछि केही वर्षदेखि श्रेणी विभाजन गरी जिविसले कर लिन थालेको छ । एक हजारभन्दा बढी व्यापारीलाई जिविसले लाइसेन्स वितरण गरेको छ । श्रोत : अनलाईन खबर

कोरियाबाट फर्केका युवा सामूहिक अस्ट्रिचपालन गरेर लाखौंको कमाइ

बुटवल - कोरियामा काम गरेर फर्केका युवा रुपन्देहीको सूर्यपुरामा  सामूहिक अस्ट्रिचपालन गरेर लाखौं कमाइरहेका छन् । करिब सवा अर्ब रुपैयाँ लगानी भएको नेपालकै एकमात्र अस्ट्रिच फार्म अस्ट्रिच नेपाल प्रालिले अघिल्लो वर्षबाट रुपन्देहीको सूर्यपुरामा सुरु गरेको ३ वर्षे ‘कन्ट्रयाक्ट फार्मिङ’मा १४ जना युवा सहभागी छन् । उनीहरू वार्षिक २० लाख रुपैयाँसम्म कमाउँछन् ।
रुपन्देही, नवलपरासी, स्याङ्जा, कैलाली र कञ्चनपुरसम्मका १४ जना युवाले ४ समूहमा बाँडिएर छुट्टाछुट्टै फार्म दर्ता गरेका छन् र अस्ट्रिच पालिरहेका छन् । ‘कन्ट्रयाक्ट फार्मिङ’ गरिरहेका १४ जनामध्ये १२ जना कोरियामा रहँदा बीबीसीको साझा सवाल कार्यक्रममा अस्ट्रिच नेपाल प्रालिका सञ्चालक सीपी शर्माको अन्तर्वार्ताबाट प्रभावित भएर स्वदेशमै केही गर्नुपर्छ भन्ने संकल्प गरेर फर्केका युवा हुन् ।
३/३ बिघा क्षेत्रफलका ४ वटा फार्ममा हरेक ३ महिनामा ४०० का दरले वर्षमा १२ सय चल्ला पाल्न सकिन्छ । आलमदेवी, युनाइटेड, पशुपति र नवलपरासी नामका ती फार्मलाई अस्ट्रिच नेपाल प्रालिले हरेक ३ महिनामा ४०० का दरले चल्ला दिन्छ ।  चल्ला पाल्न आवश्यक फार्मका लागि जग्गासहित दाना, घाँस, प्राविधिक सहयोग पनि सबै अस्ट्रिच नेपाल प्रालिले कृषकको फार्ममै पु¥याइदिन्छ । कृषकले चल्ला, दाना, घाँस, प्राविधिक पक्ष कुनैमा पनि लगानी गर्नुपर्दैन । चल्लाको बिमासमेत प्रालिले गरिदिएको छ ।
९ महिनासम्म पालेपछि कृषकले अस्ट्रिच नेपाल प्रालिलाई नै चल्ला फिर्ता गर्छन् । ९ महिना पालेबापत कृषकले प्रतिचल्ला १० हजार रुपैयाँ कमाउँछ । यो क्रम ३ वर्षसम्म दोहोरिरहन्छ ।
स्याङ्जा आलमदेवीका अर्जुन पाण्डे र भुमा द्वारे क्षत्रीसँग मिलेर अस्ट्रिचपालनमा रमाइरहेका आलमदेवी फार्मका धनपति पाण्डे ‘कन्टङयाक्ट फार्मिङ’ गरेको १ वर्षमा  ४० लाख रुपैयाँ कमाउन सफल भएको बताउँछन् ।  “आफ्नै देशमा काम गरेर वर्षमा ४० लाख कमायौं, योभन्दा खुसी अरु के हुनसक्छ ?” उनले भने, “स्वाभिमान बेचेर अरुको देशमा गएर कमाउनुभन्दा आफ्नै माटोमा उद्यम गर्न पाउँदा गर्व महसुस भएको छ ।”
धनपतिजस्तै नवलपरासीका नारायण न्यौपाने र रुपन्देहीका दुर्गेशकुमार यादवसँग मिलेर अस्ट्रिचपालन गरिरहेका चितवनका रमेश चापागाईं पनि ‘कन्ट्रयाक्ट फार्मिङ’को आम्दानीबाट सन्तुष्ट छन् । “कोरियाको भन्दा राम्रो कमाइ पनि हुन्छ । कमाइसँगै आफ्नै देशमा परिवारसँग बसेर काम गर्दै रमाउन पाउनु ठूलो कुरा हो,” उनले भने ।
नवलपरासीकै सन्दीप केसीको नवलपरासी फार्म र कैलालीका सन्तोष देउपाल र कञ्चनपुरका अनन्त खड्काको पशुपति फार्मले पनि वार्षिक १२ सयका दरले अस्ट्रिचका चल्ला पालिरहेका छन् । बेरोजगार युवा र कृषकलाई उद्यमी बनाउने र अस्ट्रिचको उत्पादन बढाउने उद्देश्यले ‘कन्ट्रयाक्ट फार्मिङ’मा सहभागी गराएको  अस्ट्रिच नेपाल प्रालिका सञ्चालक सीपी शर्माले बताए ।
“एक्लै गरेर केही हुँदैन, अवसरको खोजीमा रहेका युवालाई पनि यसमा आबद्ध गराएर जानुपर्छ भनेर यो अवधारणा अघि बढाएका हौं,” शर्माले भने, “यो अवधारणामा अस्ट्रिच पालेर आयआर्जन गर्न चाहने युवालाई लक्षित गरेर सूर्यपुरामा ८० बिघा जग्गाको व्यवस्थापन भइसकेको छ । त्यसमा काम गर्ने जाँगर भएका जो कोही सहभागी हुनसक्छन् ।” २ जना मिलेर गरेको फार्मबाट १ जनाले वार्षिक २० लाख सजिलै कमाउन सक्ने शर्माको दाबी छ ।
‘कन्ट्रयाक्ट फार्मिङ’मा वार्षिक १२ सय चल्ला पाल्न चाहनेले पछि फिर्ता हुने गरी ६० लाख रुपैयाँ धरौटी राख्नुपर्ने सर्त प्रालिको छ । यसमध्ये १० लाख फार्म निर्माणमा खर्च गरिन्छ । प्रालिले कृषकलाई निःशुल्क तालिम पनि दिने गरेको छ । शर्माका अनुसार १२ सय अस्ट्रिच पाल्ने एउटा फार्मले ३ वर्षमा १ करोड २० लाख रुपैयाँ कमाउन सक्छ ।
०६५ सालमा रुपन्देहीको मधवलियामा १५ सय चल्लाबाट सुरु भएको अस्ट्रिच नेपाल प्रालिले अहिले मधवलियाको मुख्य फार्ममा ५ हजार माउ, सूर्यपुरामा ८ सय माउ र ५ हजार चल्ला तथा दाङमा १ हजार माउ अस्ट्रिच पालिरहेको छ । प्रालिले सन् २०१९ सम्ममा वार्षिक ८० हजार अस्ट्रिच उत्पादन गरी वार्षिक सय टन मासु बिक्री गर्ने लक्ष्य लिएको सञ्चालक शर्मा बताउँछन् । आफ्नै दाना प्रशोधन उद्योग र अन्तर्राष्ट्रिय मापदण्डको वधशाला निर्माण गर्ने तयारी पनि प्रालिले गरिरहेको छ । स्रोत:कारोबार दैनिक

Monday, July 27, 2015

भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलाम ८४ बर्षको उमेरमा निधन

११ साउन - भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलाम सिलोङको इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टको एक सम्मेलनमा वक्ताकोरुपमा उपस्थित भएका कलाम बोल्दाबोल्दै बेहोस हुँदा उपचारकोक्रममा सोमबार साँझ निधन भएको छ ।‘मिसाइल मेन’को नामले चिनिएका ८४ वर्षीय पूर्वराष्ट्रपति कलामको सिलोङस्थित बेथानी अस्पतालको आईसीयूमा उपचारका लागि भर्ना गरेलगत्तै निधन भएको हो ।
फाइल फोटो

पूर्वराजा ज्ञानेन्द्र खाना लिएर बिरामी छोरा पारसलाई भेट्न नर्भिक पुगे

 काठमाडौँ, ११ साउन - मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका छोरा पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र आइतबार साँझ नर्भिक अस्पताल पुगेका छन् ।अचानक मुटुमा समस्या देखिएपछि नर्भिकमा भर्ना गरेर पेस मेकर राखिएका पारसलाई भेट्न ज्ञानेन्द्र खाना लिएर अस्पताल पुगेका हुन् । अन्नपुर्ण पोस्टमा ज्ञानेन्द्र खड्काले समाचार लेख्नु भएको छ ।पारसको मुटुको अप्रेशन गरी नर्भिकका चिकित्सक रमेश रावतसहितले पेस मेकर राखेपछि उनी खतरामुक्त भइसकेका छन् ।विरामी छोरालाई भेट्न यसअघि आइतबार दिउँसै आमा कोमल नर्भिक पुगिसकेकी थिइन् । उनी अप्रेशनपछि आराम गरिरहेका छोरालाई रुँघेर नर्भिकमै दिनभरी बसिन् । 

पत्नी हिमानी पनि कोमलसँगै पतिलाई भेट्न दिउँसै नर्भिक पुगेकी थिइन् । उनी पनि सासु कोमलसँगै पतिलाई रुँघेर दिनभर नर्भिकमै बसिन् ।

परिवारका सबै सदस्य नर्भिक पुगेपछि राति आठ बजे ज्ञानेन्द्र आफैं कार हाँकेर नर्भिक पुगेका हुन् । यसअघि पारस आइतबार मध्यान्ह १२ बजे छोरा हृदयन्द्रलाई साथमा लिएर आफैं कार हाँकी नर्भिक पुगेका थिए ।
तस्विर : फाइल -


हिमानी शाहलाई राष्ट्रपतिको उम्मेदवार उठाइने

काठमाडौँ, ११ साउन - एमाले र एमाओवादीले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दामा सहमति जनाउन कांग्रेसमाथि निक्कै ठूलो दबाब परेको छ । आजको तरुण साप्ताहिकमा खबर छ खासगरी छिमेकी मुलुक भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुबाट कांग्रेसमाथि यस्तो दबाब आउनुलाई रहस्यपूर्ण मानिएको छ । भाजपा दुई पिलर र गणतन्त्रको धारमा विभाजित भएको बुझिन्छ । समाचार स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहको केही समय अघिको तारन्तार भारत भ्रमण र भारतको एउटा लबीद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत संयोगमात्र होइन । केही समय अघि पूर्व राजालाई भाजपका नेताहरुले पुनर्वहालीको लागि तत्कालै जनमत नभएको र जनमत जुट्न अझै केही वर्ष लाग्न सक्ने जवाफ दिएको समाचार आएको थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका व्यवस्था संविधानमा राख्ने र पूर्वराजा शाहलाई राष्ट्रपतिको उम्मेदवार बनाएर चुनाव जिताउने रणनीति नेताहरुले बनाएको बुझिएको छ । पूर्व राजा शाह र पूर्व युवराज्ञी हिमानी शाहमध्ये जसलाई अघि बढाउँदा चुनाव जित्न सजिलो हुन्छ उसैलाई अघि बढाउने रणनीति उनीहरुले बनाएको समाचार स्रोतले जनाएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रावधान संविधानमा राखिए ज्ञानेन्द्रलाई चुनाव लडाउने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिए हिमानीलाई उम्मेदवार बनाउने रणनीति तय गरिए उनी नै अन्य उम्मेदवारभन्दा पपुलर हुने एकथरीको विश्लेषण छ ।

किशोरीमाथि बलात्कार प्रयास गरेको अभियोगमा एकजना पक्राउ

११ साउन - बाँकेको नेपालगन्ज किशोरीमाथि बलात्कार प्रयास गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगन्ज, घरबारीटोलस्थित नमस्ते प्रिन्र्टस (छापाखाना)का सञ्चालक दुर्गा भनिने ज्योतिलाल भण्डारी रहेका छन् ।

उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेको छ । बाँके, मनिकापुर निवासी एक किशोरीमाथि भण्डारीले शनिबार बलात्कार प्रयास गरेका थिए ।

छापाखानाका लागि कर्मचारीको आवेदन आह्वान गरेका भण्डारीले शनिबार बिहान ९ बजेतिर केही प्रतिस्पर्धीलाई बोलाएका थिए । अन्तर्वार्ता लिइसकेपछि भण्डारीले अचानक छापाखानाको सटर लगाएर हातपात गर्दै बलात्कार प्रयास गरेपछि आफूले प्रतिवाद गरेर जोगिन सफल भएको पीडित किशोरीको भनाई छ।

प्रत्यक्षदर्शीका अनुसार घटनाका विषयमा किशोरीका परिवार र आफन्त आइतबार बिहान छापाखानामै पुगेर भण्डारीलाई प्रहरी बोलाएर पक्राउ गराएका थिए ।



नुवाकोट र सिुन्धुपाल्चोकको सिमाना भएर ४.३ रिक्टर स्केलको पराकम्पन

११ साउन - नुवाकोट र सिुन्धुपाल्चोकको सिमाना गाउँखर्क आसपास  केन्द्रबिन्दु भएको ४.३ रिक्टर स्केलको पराकम्पन गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३५६ भन्दा बढी पराकम्पन गइसकेका छन् । रासस

एक महिला सांसदले संसद वैठक चल्दाचल्दै स्तनपान गराएर हंगामा मच्याएकी छन्

अर्जेटिनाकी एक सांसदले संसदमै हंगामा मच्याएकी छिन् । उनले नेपाली सभासद् जस्तो संसद भित्र कुर्सी मिल्काएर वा सभामुखलाई नै हातपात गरेर त्यस्तो हंगामा मच्याएकी भने होइनन् । उनले हंगामा मच्याउनुको कारण अर्कै छ । ‘सेक्सी एमपी’ भनेर समेत चिनिने भिक्टोरिया डोन्डा पेरेजले आफ्नो आठ महिने छोरीलाई संसद वैठक चल्दाचल्दै स्तनपान गराएर हंगामा मच्याएकी हुन् । ती सासंदले बच्चालाई दुध चुसाइरहेको तस्बिर सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।

उनको त्यो क्रियाकलापपछि विश्वभर नै नकारात्मक र सकारात्मक दुबै टिप्पणी बाहिर आएका छन् । एकथरीले बच्चा रोएपछि जहाँ सुकै भए पनि स्तनपान गराउनु एक आमाको कर्तव्य भएको प्रतिक्रिया दिएका छन् भने अर्को थरीले गम्भीर समयमा एमपीले असभ्य व्यवहार देखाएको भन्दै आलोचना गरेका छन् ।

विरोध गर्नेहरुले भनेका छन्– ‘कम्तिमा उनले आफ्नो स्तन छोपेर दुध चुसाउनु पथ्र्यो ।’ ३७ वर्षीया भिक्टोरिया पहिले एक मानवअधिकार कार्यकर्ता र कानून व्यवसायी थिइन् । तर उनले सन् २००७ को डिसेम्बरमा सबैभन्दा कान्छी सांसदका रुपमा अर्जेन्टाइन नेशनल कंग्रेसमा प्रवेश पाएकी हुन् । २६ जुलाई @नयाँपेज

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गर्ने हत्यारा पक्राउ

दाङ : घोराही नगरपालिका वडा नं. ४ चौघेराका ३८ वर्षीय रमेश विकलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ।

त्रिपुर नगरपालिका ४ सौंरी घर भई हाल घोराही नगरपालिका ४ मा बस्ने ५६ वर्षीया देवकी विकको हत्या अभियोगमा रमेशलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।


अभियुक्त रमेशले साउन ७ गते राति घोराही नगरपालिका– ४ कृष्णटोलस्थित बहिनी विमला विकको एकतले कच्ची भान्साघरमा देवकीको शिरच्छेदन गरी हत्या गरेको अभियोग लागेको छ।

धारिलो हतियार प्रयोग गरी हत्या गरी फरार भएको र दाङकै सतबरिया गाउँ विकास समिति वडा नं. २ कप्तानगञ्जस्थित जंगलमा लुकेको अवस्थामा प्रहरीले रमेशलाई पक्राउ गरेको हो । झोला खानतलासी गर्दा १ थान खुकुरीसहित रमेशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घोराही नगरपालिका– ४ का ५० वर्षीय रुपलाल विकको जाहेरीमा कर्तव्य ज्यान मुद्दामा प्रहरीले उनलाई खोजी गरिरहेको थियो। अभियुक्त रमेशलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

उक्त व्यक्ति मानसिक रोगीजस्तो देखिएको र विगतमा गाडेको लाश निकाल्ने, खसीबाख्रा काट्ने गरी टाउको, मुटुकलेजो, आन्द्रा निकाल्ने र खाने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए। “भर्खरै ल्याएर सोधपुछ गरिरहेका छौं”, उनले थपे, “अलि डराएको जस्तो देखिएको छ । अझै केही खोलेको छैन।”

एक विवाह कार्यक्रमका क्रममा गोली चल्दा २१ जनाको मृत्यु

११ साउन । अफगानिस्तानको बघलान प्रान्तमा आईतबार एक विवाह कार्यक्रमका क्रममा गोली चल्दा २१ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । विवाह चलि रहेका बेला सोही समारोहमा सहभागी व्यक्तिबीच नै गोली हानाहान सुरु भएको प्रत्यक्षदर्शीले जनाएका छन् । आइतबार साँझ अबेरतिर सो घटना भएको बताइएको छ । उक्त दुर्घटना समारोहमा सहभागी भएका पाहुनाहरुबीच भएको हो । अनदरब जिल्लाका प्रहरी प्रमुख कर्नेल गुलिस्तान कसानीले स्थानीय मुल्लाका छोराको विवाहमा ४ सय मानिस सहभागी थिए । अनदरब जिल्लाका प्रहरी प्रवक्ता जावेद बसरतले अनुसार उक्त दुर्घटनाबाट २१ जनाको ज्यान गएको छ भने अरु १० जना घाइते भएका छन् । एजेन्सी ।

डि.आई.डी.५,भाग१०,श्राबन १० (26 july) निर्मल तामांङको धमाकादर प्रस्तुतिको साथ पुरा भाग हेर्नुहोस

नुवाकोट र रसुवाका ३७ विद्यालयहरुलाई यशोदादेवी भगवानसिंह ट्रस्टको नगद सहयोग (नामावलीसहित) -

काठमाडौं । बरिष्ठ समाजसेवी दम्पत्ती स्वर्गीय  भगवाननरसिंह केसी तथा उहाँकी धर्मपत्नी स्वर्गीय यशोदादेवी केसीको स्मृतिमा स्थापना गरिएको यशोदादेवी भगवानसिंह सिंह मेमोरियल ट्रस्ट एवं बृद्धाश्रमले नुवाकोट र रसुवाका ३७ विद्यालयलाई आज नगद राहत वितरण गरेको छ । गत बैशाख १२ गते गएका विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनले क्षति पु-याएका रसुवा र नुवाकोट ३७ विद्यालयलाई आज प्रति विद्यालय ४० हजारका दरले सहयोग रकम वितरण गरिएको छ । नुवाकोटको सदरमुकाम विदुरमा गरिएको एक विशेष कार्यक्रममा बीच संस्थाका प्रमुख संरक्षक एवं सभासद् अर्जुननरसिंह केसीले सम्बन्धित विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधीलाई चेक मार्फत् सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

अमेरिकामा बस्ने नेपालीहरुमध्ये करिब १ सयजनाबाट र बेलायतमा बस्ने केही नेपालीहरुले भूकम्पपीडितहरुको लागि सहयोग स्वरुप ट्रस्टका सदस्य अमेरिकाबासी धनञ्जयनरसिंह केसीमार्फत ट्रस्टमा पठाएको १९ लाख ८२ हजार रुपैयाँ रकम राहत स्वरुप वितरण गरिएको हो । सो रकम मध्ये ४ लाख रुपैयाँ भने यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकिएको छ । राहत रकम वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख संरक्षक केसीले आफ्ना स्वर्गीय बुबाआमाको समाजसेवी भावनालाई सम्मान गर्दै आफूहरुले यो अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

उहाँले अप्ठेरो परेमा समाजसेवाका लागि ट्रस्ट चौविसैघण्टा तयार रहेको आफूहरुलाई जानकारी मात्रै आवश्इक भएको बताउनुभयो । उहाँले यसअघि संस्थामार्फत नुवाकोटका ३ वटै निर्वाचन क्षेत्रका अधिकांश विद्यालयलाई पुग्नेगरी केही समय अघि करिब १५ सय बण्डल जस्ता पाता र अहिले नगद रकम सहयोग गरिएको जानकारी दिनुभयो ।

यस्तै संस्थाका महासविच जगदिश्वर नरसिंह केसीले राहत विशुद्ध समाजसेवा भएकोले यसलाई राजनीतिक रंग दिन नहुने बताउनुभयो । उहाँले समाजसेवाका क्षेत्रमा आफूहरुले महाभूकम्पपछि ट्रस्ट मार्फत विभिन्न कार्यक्रम गरेको भन्दै आउँदा दिनमा पनि यस्ता समाजसेवी कार्यक्रम निरन्तर जारी राख्ने बताउनुभयो । यस्तै ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीले संस्थालाई आउँदा दिनमा अझै सशक्त र प्रभावकारी रुपमा समाजसेवाका क्षेत्रमा लगाउने बताउनुभयो । उहाँले राहत रकम उपलब्ध गराईदिने अमेरिका र बेलायतबासी नेपाली दार्जुभाई तथा दिदी बहिनीलाई विशेष धन्यावाद दिनुभयो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष प्रमिला केसी, सदस्य रेखा केसीलगायतको उपस्थिति रहेको थियो । यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी, डिएसी, शिक्षक संघका प्रतिनिधि, विद्यालयका अभिभावक, सञ्चारकर्मीलगायतको बाक्लो उपस्थिति रहेको थियो । उहाँहरुले एउटा परिवारले आफ्ना दिवंगत बुबाआमाको स्मृतिमा कडा गरेको ट्रस्टले यतिधेरै समाजसेवा गर्नु सराह्रनीय काम भएको प्रतिक्रिया दिनुभएको थियो ।

यस्तै सहयोग रकम प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राप्त भएको रकमलाई विद्यालयको भौतिक निर्माणका लागि खर्च गर्ने भन्दै कुनै हालतमा रकम दुरुपयोग हुन नदिने स्पष्ट पार्नुभएको थियो ।

४०  हजार नगद रकम प्राप्त गर्ने विद्यालयहरु :
१) कल्याणी उच्च मावि जिलिङ्ग
२) महादेव उच्च मावि रातमाटे
३) निरञ्जना उच्च मावि बेलकोट
४) शक्ति उच्च मावि मदानपुर
५) महेन्द्रमावि चतुराले
६) जनज्ञान उच्च मावि थापा गाउँ
७) समुद्रा मावि समुद्रादेवी
८) बचला निमावी महाकाली
९) स्याउरेभूमि मावि शिक्रे
१०) रामायणछाप मावि लिखु
११) भूमिदेवी मावि तलाखु
१२) शिवालय मावि ओखरपौवा
१३) कालिका मावि चाउथे
१४) विरेन्द्र मावि कुमरी
१५) भृकुटी मावि मदानपुर
१६) चन्दामावि मदानपुर
१७) उदय जालपा मावि थप्रेक
१८) बचला मावि शिखरबेसी
१९) अमरज्योति मावि खरनीटार
२०) गणेश मावि गणेशस्थान
२१) शान्ति कल्याणमावि गेर्खु
२२) विपी स्मृति प्रावि बागेश्वरी
२३) कालिका मावि कलिलास
२४) पृथ्वी मावि विदुर
२५) ग्रामिणदेवी मावि सामरी
२६) जलपा निमावी दाङ्गसिंङ्
२७) भमरा निमावी गोस्याङ्ग
२८) चण्डी मावि बुधसिंह
२९) मिपलटारमावि तारुका
३०) भूमेस्थान मावि बेतिनी
३१) ज्ञानज्योति उमावि फिकुरी
३२) कैकेश्वरी मावि राउतबेसी
अन्य ५ विद्यालयको नाम प्राप्त हुन बाँकी छ ।
श्रोत :९ श्राबन जनकपुर डट कम

जापानमा जहाज बाक्लो बस्तीमा खस्दा ठूलो जनधनको क्षति

१० श्राबन - कहिले काहीं मानिसले कल्पनै नगरेको दुर्घटनाका दृश्य देखिन्छ । यस्तो दृश्य विश्वमा बेलाबेलामा देखिन्छ । यस्तोमा पर्दछ हवाईजहाज दुर्घटना । हवाईजहाज घना बस्तीमा खस्दा ठूलो जनधनको क्षति हुन पुग्दछ । यस्तै दुर्घटना जापानको राजधानी टोकियोमा आइतबार बिहान भएको छ ।

समाचार अनुसार जापानको राजधानी टोकियोस्थित चोफू विमानस्थलबाट उडेको ५ सिटे एक इञ्जिनवाला सो जहाज टोक्योको बाक्लो बस्तीमाझ खसेको थियो । सो दुर्घटनामा कम्तिमा तीनजनाको ज्यान गएको छ । दुर्घटनामा जहाजका तथा बस्तीमा थप ५ जना मानिस गम्भीर घाइते भएका थिए ।

जहाज खसेको स्थानमा तीनवटा घर र कारमा पनि आगो लागेको थियो । दुर्घटना एयरपोर्टबाट ५ सय मिटरको दुरीमा भएको हो । दुर्घटनामा दुर्इजना जहाजका यात्रु र एक जमिनमा रहेकी महिला रहेकी छन् । पाँचजना घाइतेहरुको उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटनामा परेको जहाजमा कति यात्रु थिए भन्ने अझै एकिन भएको छैन । दुर्घटनाको कारण पनि खुल्न नसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।



video

महिनामा २ हजार कमाउने महिलाको बैंक खातामा कसरि जम्मा भयो ९ लाख ५७ हजार करोड रुपैयाँ ?

भारतमा एक आश्चार्य लाग्दो घटना घटेको छ । भारतको कानपुरकी उर्मिला एकै झट्कामा बिल गेट्स र मार्क जुकरवर्गभन्दा ‘धनी’ बनेकी छिन् । हरेक महिनामा दुई हजार तलबबाट बचेको केही पैसा बैंकमा जम्मा गर्ने गरेकी उर्मिलाको अचानक बैंक अकाउन्टमा ९ लाख ५७ हजार करोड रुपैयाँ आइपुग्यो ।मदारपुर विनायकपुर निवासी उर्मिला यादवको खाता नम्बर ३५०१४४००२९९ हो । यति धेरै पैसा कहाँ बाट आयो ? उर्मिलालै समेत यो कुराको विश्वाश हुन सकेन । तर उनको र परिवारको खुसी धेरैबेर टिक्न सकेन ।

वास्तवमा करो यस्तो रहेछ, बैंक सर्वरको गल्तीले गर्दा उर्मिलाको खातामा ९ लाख ५७ हजार करोड रुपैयाँ जम्मा हुन पुगेको रहेछ । एसबीआई बैंकका अधिकारीले आफ्नो गल्तीको लागि माफी माग्दै अकाउन्टबाट पैसा फिर्ता लिएपछि यो कुरो खुलेको हो। यो रकम २२ जुलाईमा उनको खातामा ट्रान्सफर भएको थियो ।श्रोत:अनलाईन समाचार


संसारकै चर्चित हलिउड स्टार एन्जेलिना जोली जस्तै नेपाली चेली

काठमाडौँ/ मिडियामा उनी उति छाउदिनन् । गसिप बजारमा पनि उनको उपस्थिती छैन् । चलचित्र क्षेत्रमा जमीसकेकी कुनै स्टार पनि होइनन्, तर उनको चर्चा छ ।  फेसबुकमा त्यसैले त उनलाई मान्छेहरु पछ्याउछन्, चलेकी नायिका र चर्चित मोडल झैं ।

संसारकै चर्चित हलिउड स्टार एन्जेलिना जोली जस्तै छ अनुहार । तर, उनी एन्जेलिना होइनन् । एन्जेलिनाकै अनुहारकी कुनै नेपाली युवतीको तस्विर फेसवुकमा देख्नुभयो भने नझुक्निुस्, उनी हुन्, आशिका तामाङ।

 हो । तिनै युवतीले फेसवुक चलाउने हजारौँ युवाहरुलाई थप ‘एडिक्टेड’ बनाउँदै आएकी छिन् । यतिसम्म कि, उनको एक तस्विर अपलोड भएको केहि मिनेटमै तस्विर मुन्तिर हजारौँ लाइक र कमेन्टको लिष्ट हुन्छ ।

त्यसो त, आशिका खास सेलिब्रेटी भने अझै होइनन् । तर, फेसवुकमा उनलाई पछ्याउने र मन पराउनेहरुको लस्कर देख्दा अरु कुनै नेपाली स्थापित नायिका पछि पर्छन् । उनको फेसबुक पेजमा ७५ हजार बढीले लाइक गरेका छन् । उनलाई पर्सनल फेसबुकमा पछ्याउने फलोवरहरुको संख्या ५ हजार नाघेको छ । यसले पनि उनको लोकप्रीयता प्रमाणित गरेको छ ।

सम्भवतः कुनै चलचित्रमा नदेखिएकी, कुनै खास सुन्दरी प्रतियोगिताको ताज नपहिरिएकी युवतीहरुमध्ये यति धेरै रुचाइएकी उनी एक्ली हुन् । आशिकाको जोली लुक्स नै उनका लागि फ्यानहरु कमाउने पहिलो बरदान बनिदिएको छ । उनको अभियन हेरेर उनीप्रति आकर्षित हुनेभन्दा उनको लुक्सले लोभिनेहरुको संख्या बढी छ।  

को हुन् आशिका ?

पेशाले उनी एक नर्स हुन् । जर्मनीमा बस्दैं आएकी उनी नेपालमा छँदा कन्सल्टेन्सी सञ्चालन गर्थिन् । तर, पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा प्रवेशको तयारीमा छिन् । निर्माणधीन नेपाली चलचित्र ‘सुश्री’मा उनी आर्यन सिग्देलको अपोजिट भूमिकामा खेल्दैछिन् ।


 यसबाहेक भूकम्पका कारण पीडित गाउँलेहरुलाई केहि राहत समेत दिएकी थिइन् आशिकाले । धादिङ, नुवाकोटलगायतका जिल्लाका भूकम्प पीडितलाई उनले खाद्यान्नलगायत सहयोग गरेकी थिइन् । काठमाडौंमै जन्मेकी आशिका जर्मनीमा केहि वर्ष नर्सिङ पेशामा संलग्न भएर काम गरिसकेपछि चलचित्रमा अभिनयका लागि फर्केकी हुन् ।

सन् २०१२ मा आयोजित मिस तामाङमा प्रतिष्पर्धा गरे पनि ताज पहिरिन सफल भइनन् । पछिल्लो समय आफ्नै ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘सुश्री’मा अभिनय गरेकी आशिका चलचित्र भन्दा बढि सामाजिक सञ्जालमै चर्चित बन्दै आएकी छिन् ।

कस्ती छिन् आशिका ?

बोेल्ड र स्मार्ट देखिने आशिका बेला–बेला आफ्ना आकर्षक तस्विर फेसवुकमा अपलोड गर्छिन् । झट्ट हेर्दा हलिउड स्टार एन्जेलिना जोलीसँग उनको अनुहार मिल्दोजुल्दो छ । खासगरी, उनका ओठ, आँखा र हेराइ एन्जेलीनासँग मिल्छ ।

 उनका तस्विरमाथि टिप्पणी गर्नेहरुको सयौँ लस्कर मिनेटभरमै ह्वारह्वार्ती आउँछ । ‘एन्जेलिना जोली जस्तै सुन्दर’ ‘सेक्सी’, ‘हट’ जस्ता सयौँ उपमा दिएर उनका तस्विरमाथि टिप्पणी हुन्छन् ।          











































तस्वीरहरूः अाशिकाको फेसबुकबाट

Like us

 

Search

 
Enjoy the site