Thursday, August 6, 2015

बैदेसिक रोजगारीको आकर्षक गन्तब्य इजरायल पुन खुल्यो

0 comments
काठमाडौँ , २१ श्राबन - बैदेसिक रोजगारीको आकर्षक गन्तब्य बिशेस गरि महिला कामदार जाने मुलुक इजरायल बिगत ५ बर्ष देखि  म्यानपावर व्यवसायीहरुले एउटै कामदारबाट १० लाखसम्म उठाएपछि इजरायली सरकारले नै रोकलगाएको गन्तव्य श्रम तथा रोजगार मन्त्रालयको लामो पहलपछि इजरायली सरकार नेपाली  महिला कामदार लैजान सहमत भएको हो।महिला कामदार इजरायल लैजाने सम्बन्धमा भोलि शुक्रबार सम्झौता हुँदैछ । श्रम तथा रोजगार मन्त्रालयमा दुई देशका अधिकारीबीच कामदार लैजाने विषयमा हस्ताक्षर हुँदैछ।
 
 श्रमराज्यमन्त्री टेकबहादुर गुरुङका अनुसार पाइलट प्राजेक्टका रुपमा पहिलो लटमा ६० जना महिला कामदार पठाउनेछन् र त्यसपछि आएको फिड ब्याक अनुसार कामदार पठाउने कि नपठाउने भन्ने निर्णय लिने बताए।'

५ वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल सरकारले महिला कामदार लैजाने भएको छ। श्रम तथा रोजगार मन्त्रालयको लामो पहलपछि इजरायली सरकार नेपाली  महिला कामदार लैजान सहमत भएको हो। महिला कामदार इजरायल लैजाने सम्बन्धमा भोलि शुक्रबार सम्झौता हुँदैछ । श्रम तथा रोजगार मन्त्रालयमा दुई देशका अधिकारीबीच कामदार लैजाने विषयमा हस्ताक्षर हुँदैछ।

'पाइलट प्राजेक्टका रुपमा हामीले  महिला कामदार इजरायल पठाउन लागेका छौं', श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले सेतोपाटीसँग भने 'पहिलो लटमा ६० जना महिला कामदार पठाउँदैछौं। उनले त्यसपछि आएको फिड ब्याक अनुसार कामदार पठाउने कि नपठाउने भन्ने निर्णय लिने बताए।' मन्त्री गुरुङले भने 'अव न्युनतम ६० देखि ६५ हजार तितेर  नेपाली महिला त्यता जान सक्छन् ।' महिला कामदारले एक महिनाको १ लाख देखि १ लाख २५ हजार कमाउन सक्ने गरी सम्झौता गर्न लागेको उनले बताए।इजरायलमा पुरुषभन्दा महिला कामदारको माग बढी रहेको उनले सुनाए।भबिस्यमा महिला मात्र होइन पुरुष कामदारपनि इजरायल जान्छन् तर पुरुषका माग एकदम कम आउने भएकाले हाउस गिभरमा महिलालाई त्यता पठाउने विषयमा मन्त्रालयले पहल गरेको हो' उनले भने । एकताका इजरायलमा ८ हजार नेपाली महिला कामदार थिए । अहिले भने २ देखि ३ हजारको बीचमा नेपाली महिला कामदार इजरायलमा छन् ।  श्रोत :सेतोपाटी  


Wednesday, August 5, 2015

गर्भवती अबस्थामा महिलाहरुले ख्याल गर्नुपर्ने कुराहरु

0 comments
 एउटी आमाका लागि गर्भवती हुनुजस्तो सुन्दर कुरा अरु के हुन सक्छ । एउटा नयाँ जीवनलाई यो धर्तिमा अवतरण गराउने प्रक्रिया मात्रै होइन, स्वस्थ र सुन्दर सन्तान जन्माउने पूर्वतयारी पनि हो । गर्भावस्था महिलाको धेरै देखभाल गर्ने समय मात्रै होइन, नयाँ सन्तानको देखभाल पनि गर्नु हो । किनभने गर्भवती महिलामा हुने स्वास्थ्यको गडबडीको असर सिधै गर्भमा रहेको सन्तानमा पर्छ ।
१) फोलिक एसिडको पर्याप्त मात्रा लिन जरुरी छ । हरियो सागसब्जिमा यो पाइन्छ । फोलिक एसिडले बच्चाको जन्मसँग जोडिएको संकटबाट जोगाउन सघाउँछ ।
२) फलफूल खानु त असाध्यै जरुरी छ । तर, कुनै पनि फलफूल खानुअघि त्यसको सरसफाइमा भने ध्यान दिनुहोस् ।
३) यो समयमा अण्डा, चिकेन र माछा खान फायदाजनक हुन्छ । तर, पकाउन भने राम्रैसँग पकाउनुपर्छ ।
४) प्रोटिनयुक्त खाना धेरै भन्दा धेरै खानुपर्छ । प्रोटिनले बच्चाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
५) आफ्नो खानपानको ख्याल राख्नुका साथै डाक्टरको सल्लाह र लगाउनुपर्ने भ्याक्सिनलाई कहिल्यै नछुटाउनुहोस् ।
६) जंकफुड खाने बानी छ भने आजै छाड्नुहोस् । यसमा उच्च फ्याट हुन्छ । जसका कारण कोलोस्ट्रोल बढ्ने खतरा हुन्छ ।
७) गर्भावस्थामा सम्पूर्ण तत्व मिसिएको सन्तुलित आहार जरुरी छ । खाना कत्तिको सन्तुलित आहारयुक्त छ बिचार गर्नुहोस् ।
८) नियमित हल्का एक्सरसाइज गर्नुहोस् ।

स्मार्टकार्ड सवारी चालक लाइसेन्स दशैँ तिहारपछि वितरण गर्ने

0 comments
काठमाडौं , २० श्राबन – यातायात व्यवस्था विभागले आउँदो दशैँ तिहारपछि कागजी लाइसेन्सको ठाउँमा स्मार्टकार्ड सवारी चालक लाइसेन्स वितरण गर्ने भएको छ। सो प्रयोजनका लागि ३ वटा अत्याधुनिक मेसिन नेपाल भित्र्याइसकिएको छ। पाँच वटा अाउने प्रक्रियामा छन्।

छपाइको संयन्त्र नेपालमै स्थापना गर्ने ठेक्का पाएको भारतको मद्रास सेक्युरिटी प्रिन्टिङ प्रेसले ३ वटा प्रिन्टिङ मेसिन नेपाल भित्र्याइसकेको हो।

'३ वटा मेसिन नेपाल अाइसके। अझ ५ वटा प्रिन्टिर ल्याउन बाँकी छ,' विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले नागरिकन्युजसँग भने, 'मंसिरदेखि लाइसेन्सको ठाउँमा स्मार्टकार्ड दिन सुरु गर्छौं।'

स्मार्टकार्डको चिप्समा जन्म मिति, नागरिकता÷राहदानी नम्बर, रक्त समूह, स्थायी ठेगाना, पिताको नाम, लाइसेन्स जारी र खारेज हुने मिति उल्लेख हुनेछ। कुन सवारीका लागि अनुमती पाएको सो पनि कार्डमै उल्लेख हुनेछ। कार्ड रिडरको सहायताले मात्र स्मार्ट लाइसेन्स जाँच गर्न सकिनेछ।

महानिर्देशक बुर्लाकोटीका अनुसार वैशाखबाटै चालक अनुमति पत्रका रुपमा स्मार्ट कार्ड वितरण गर्ने योजना थियो। भूकम्पका कारण कार्ड वितरणमा ढिलो भएको उनले बताए। 'वैशाखबाटै वितरण गर्ने भनेका थियौं। भूकम्पले गर्दा कार्ड वितरणको प्रक्रिया लम्बियो', उनले भने।

नयाँलाई स्मार्टकार्ड वितरण सुरु गरेपछि विभागले पुरानालाई पनि विस्तारै स्माटकार्डमा प्रतिस्थापन गर्दै लाने योजना बनाएको छ। सबैखाले सवारी साधनका लागि देशभर करिब २३ लाख चालक अनुमति पत्र वितरण भएका छन्।

'पुरानो अनुमति पत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने काम एक आर्थिक वर्षमा सकिँदैन,' उनले भने, 'रुपान्तरणको काम सक्न करिब ८ अर्ब रुपैयाँ खर्चिनु पर्ने देखिन्छ। त्यसैले हरेक आर्थिक वर्षमा यसका लागि बजेटको विनियोजन गर्दै लगेर केही वर्षभित्र रुपान्तरणको काम सक्नुपर्ने हुन्छ।'

चालक अनुमतिपत्र स्मार्ट कार्डमा वितरण गर्नुअघि प्रयोगकर्ता र नियामकलाई तालिम दिनु आवश्यक हुनेछ। वितरण गर्नुअघि विभागले प्रयोग गर्ने तरिका तथा विधिबारे चालक, ट्राफिक प्रहरी र यातायात व्यवस्था कर्मचारीलाई तालिम दिने योजना बनाएको छ।

दैनिक १२ घण्टा सञ्चालन गर्दा एउटा प्रिन्टरले ६ सय कार्ड छाप्न सक्छ। यस हिसाबले दैनिक ४ हजार ८ सय कार्ड छपाइको काम गर्न सकिन्छ । भारतीय कम्पनीले कार्ड छपाईको संयन्त्र नेपालमा स्थापना मात्र गरिदने र कार्डमा चालकको विवरण राखेर छाप्ने काम नेपालकै प्राविधिकहरुले गर्ने उनले बताए।

कार्ड छपाइको संन्त्रय स्थापनाका लागि एसियाली विकास बैंक(एडिबी)को सूचना तथा सञ्चार प्रविधि(आइसिटी)अन्तर्गतको कार्यक्रमबाट प्राप्त २३ लाख अमेरिकी डलर अनुदानबाट नै कार्ड छपाईको संयन्त्र स्थापनाको काम भइरहेको महानिर्देशक बुर्लाकोटीले बताए।साभार : नागरिक दैनिक


युक्रेनमा भ्रस्टचारी नेतालाई फोहोर फाल्ने कन्टेनरमा फाल्दै

0 comments
युक्रेनमा भ्रस्टचारी नेतालाई फोहोर फाल्ने कन्टेनरमा फाल्दै गरेको देख्दा हाम्रो नेपालको भ्रस्टचारी नेताहरुलाई पनि जनताले एक दिन यसरी फाल्न नपरोस त्येसैले बेलैमा जनताको मन जित्नेगरी देसविकासको काम गरौ।

Video

बिस्वको उत्कृस्ट मनमोहक सुन्दर झरनाहरु भिडियो हेर्नुहोस

0 comments
     प्रकृतिले हामीलाई येति धेरै चिज दिएका छन् जुन बर्णन र ब्याख्या गरेर साध्य छैन यस्तैमा यहाँ केही संसारको केही उत्कृस्ट मनमोहक सुन्दर झरनाहरु हामी नपुगे पनि भिडियोमा भने पनि हेरौ।
Video

म्यानमारका बाढी प्रभावित लाई चीनले सहयोग गर्ने

0 comments
२० साउन , कलाय (म्यानमार) - म्यानमारमा हालै आएको बाढी प्रभावित क्षेत्रमा मानवीय सहयोगको लागि चीन तयार रहेको म्यानमारका लागि चीनका राजदूत होङ्ग लिआङ्गले बताउनुभयो । राजदूत लिआङ्गल मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिनुभएको बताइएको छ । कलाय सहरको सागैङ्ग क्षेत्रमा आयोजित एक कार्यक्रममा उहाँले सो कुराको जानकारी दिनुभएको हो ।  बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यको लागि डुङ्गाको बस्दोबस्त गर्नेलगायत बाढीबाट ध्वस्त विद्यालयको पुननिमार्णमा समेत सहयोग गर्ने लियाङ्गले बताउनुभएको छ । सोही दिन कलाय सहरको सागैङ्ग क्षेत्रमा उद्धार मिसनकै क्रममा एक हजार ५४५ परिवारलाई चीनले पहिलो सहयोग गरेको पनि लियाङ्गले बताउनुभएको छ । दोस्रोचरणमा म्यानमारको पश्चिमी राज्य राखिनमा मङ्गलबार २० हजार परिवारलाई मानवीय सहयोगमा दिइने पनि लियाङ्गले बताउनुभएको छ ।

म्यानमारमा गत जुनबाट सुरु भएको मौसमी वर्षापछिको बाढीका कारण मारिने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ४७ पुगेको जनाइएको छ । साथै यस बाढीबाट दुई लाखभन्दा १० हजार भन्दाबढी व्यक्ति नराम्ररी प्रभावित भएका छन् । म्यानमारका विभिन्न क्षेत्रमा जारी रहेको भारी वर्षापछि बाढीको प्रकोप निकै बढेको छ । सो बाढीका कारण अरु पनि कयौँ नागरिक हराएका छन् । तीन दिनदेखि जारी वर्षा र त्यसपछिको बाढीले कयौँ नागरिक घरबार बिहीन भएका छन् । साथै सो वर्षाका कारण उद्वारको काममा पनि कठिनाई उत्पन्न भएको बताइएको छ । बाढीबाट हजारौँ घरबास बगाएको तथा यसले प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । हजारौँ व्यक्ति घरबार बिहीन भएका छन् । उनीहरुलाई सहयोगको प्रयास जारी रहेको बताइएको छ । म्यानमारमा बाढीबाट बर्सेनि ठूलो सङ्ख्याका नागरिक घरबारबिहीन हुने गरेका छन् । रासस/एएफपी


एस.एल.सी.को पुरक परीक्षा श्रबन २० देखि २८ सम्म

0 comments
काठमाडौं, श्रावण २० - एसएलसीको पुरक परीक्षा आज बुधबारबाट सुरु भएको छ । २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थहरुले पुरक परीक्षामा सहभागी हुन पाउँदछ।

आज पहिले दिन अंग्रेजी विषयको परीक्षा भएको छ । परीक्षामा देशभरका २ सय २७ वटा केन्द्रमा गरि १ लाख २४ हजार २ सय ५१ जना सहभागी भएका छन् । परीक्षा श्रावण २७ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । 



२ रेल १० मिनेटको फरकमा एकै ठाउँमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु र २५ जना घाइते

0 comments
२० श्राबन - भारतको मध्यप्रदेशस्थित हरदा जिल्लामा दुईवटा रेल १० मिनेटको फरकमा एकै ठाउँमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु र २५ जना घाइते भएको छ ।हालसम्म २५० जनाको उद्दार गरिसकेको छन्। घटना रातको ११:३० र ११:५० मा भएको थियो। कामायानी एक्सप्रेस र जनता एक्सप्रेसका केही डब्बा लिक बाहिर उछिट्टिदा  मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारले दुर्घटनामा मृत्यु हुनेको परिवारलाई २ लाखका , गम्भिर घाइते हुनेलाई ५० हजार र सामान्य घाइते हुनेलाई २५ हजार सहयोग रकम उपलब्ध गराउने भएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दु:ख व्यक्त गर्नु भएको छ । उहाँले एक विज्ञप्ति जारी गर्दै मृतकको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति सान्त्वना व्यक्त गर्नुभएको छ । रेलवे प्रबक्ता अनिल सक्सेनाका अनुसार रेलको लिकमा पानी जमेकाले रेलको लीग झोल्लिएर दुबै रेल दुर्घटना भएको हो । रेलमन्त्री सुरेश प्रभुले घटनाको छानवीनका लागि सेन्ट्रल जोन मुख्य कमिश्नरलाई जिम्मा दिएको छ । एजेन्सी


पहिरोले फेवाताल पुरिदै जाँदा अस्तित्व नै संकटमा

0 comments
पोखरा,  २०  साउन - भीषण पहिरोले पर्यटकिय नगरी पोखराको मुख्य आर्कषण फेवाताल पुरिदै जाँदा ठुलो लगानी रहेको पर्यटन व्यवसाय जोखिममा पर्नसक्ने खतरा देखिएको छ।

जलाधारक्षेत्रका दर्जनौस्थानमा गएका पहिरोले बगाएका माटो, ढुंगा, रुख, झारपात, सिनोले पुरिएर तालको अस्तित्व नै संकटमा परेको हो। ताल नै नरहे मुख्य आर्कषण नहुने र व्यवसायमा ठुलो धक्का पुग्ने भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन।

भदौरेतामागी ५ घाँटीछनामा गएको पहिरोले वगाएका पदार्थहरुले ताल पुर्नुकासाथै धमिलो बनाएको छ। मुख्य पानीको स्रोत हपर्नखोला आसपासबाट आएको जलकुम्भिले ढाकिएर ताल कुरुप भएको छ।  मानिसले नुहाउन, कपडा धुन प्रयोग गर्ने तालको पानी अहिले पुरै हिलाम्मे बनेको छ । जसले गर्दा गर्दा घुमफिरका लागि आउनेहरु पनि निकै घटेका छन।

कास्कीका प्रमुख उद्वववहादुर घिमिरले गत १३ गते रातिको भीषण पहिरोले फेवातालको अस्तित्व झनै संकटमा पारेको भू संरक्षण कार्यालय बताए। ’बर्षा याममा आएको बाढि पहिरोले पुरेर फेवातालको उतरी क्षेत्र मैदान बन्दै गईरहेको थियो,’ उनले भने ‘पानीको मुख्यस्रोत हर्पनखोलामाथि पछिल्लोपटक गएको पहिरोले ताल धेरै नै पुरेको छ। यस्तै हो भने ताल चाडै मैदान बन्नेछ।’

फेवाको जलाधार क्षेत्रहरु हपर्नखोला, भदौरेतामागी, कास्कीकोट, सराङकोट, पुम्दिभूम्दि लगायतका क्षेत्रमा ठाउँ ठाउँमा पहिरो गएर सिधै तालमा मिसाएको छ। बिज्ञहरुले यसपालिको पहिरोले दश बर्ष लाग्ने माटो एकैपटकमा बगाएर ताल पुरेको अनुमान गरेका छन।

ढिकुरपोखरीको ठुलाचौर सामुदायिक बनको २० हेक्टर बनसहित अन्य स्थानका दर्जनौ हेक्टर जमिन बगाएर तालमा पुर्‍याएको घिमिरेले बताए। अहिलेपनि ताल पुरै हिलाम्मे भएकोले माटो थ्रिगिन केहि समय लाग्ने जानकारी दिदै उनले त्यसपछि नापेर ताल कति पुरियो भन्न सकिने बताए। पछिल्‍लो पटक गएको पहिरोले ताल धेरै पुरेको छ। यस्तै हो भने ताल चाँडै मैदान बन्‍नेछ।

प्राकृतिक प्रकोपबाट ताल बचाउन फेवाताल र जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर जथाभावी मोटरबाटो खन्ने र भौतिक संरचना बनाउने काम तत्काल बन्द गर्नुपर्नेमा जोड दिए। ’तालको जलाधार क्षेत्रमा मोटरबाटो र अन्य भौतिक निर्माणका काम भईरहेकोले हरेक बर्ष बाढिपहिरो गएर तालमा मिसिने गरेको छ,’ उनले भने ‘जथाभावी हचुवाका भरमा बाटो र र अरु संरचना बनाउने काम तत्काल नरोके ताल चाडै मैदान बन्नेछ।’

सन् १९५७ को नापीमा २२ हजार रोपनी क्षेत्रफल रहेको फेवाताल बर्षेनी करिव डेढ लाख मेक्ट्रिकटन माटोले पुर्दै आएको छ। हरेक बर्ष प्राकृतिक र मानवीय दोहनले तालको बीच बीचमा ढिस्का र मैदान बन्दै गईरहेको छ । तालको उतर पश्चिम क्षेत्र पुरिदै गएकोले स्थानीयबासीले खेत बनाएर धान रोप्दै आएका छन।

फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्विबहादुर नेपालीले जीन्दगीमा पहिलोपटक यति ठुलो बाढि पहिरोले ताल पुरेको देखेको बताउँदै राज्यले तत्काल संरक्षणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। ’माटो, रुख, झारपात, सिनो थुप्रिएर ताल हराउँदै गएको छ,’ ७७ बर्षीय नेपालीले भने ‘यहि तालको पानी पिएर हामी हुर्किएका हौं।

पहिला ताल आँखाले हेरेर नभ्याईने कति ठुलो थियो। अहिले पुरिदै गएकोले मान्छेहरुले खेत बनाएका छन।’
उनले ताल कुरुप बनेकोले घुम्न आउनेहरु पनि घटेको बताउँदै पहिरो नरोक्ने हो भने चाडै ताल पुरिएर धेरैको व्यवसाय र रोजगारी गुम्ने भन्दै चिन्ता व्यक्त गरे।

खर्बको लगानी जोखिममा


तालको संरक्षण नगरे आसपासमा ठुलो लगानीमा खोलिएका पर्यटन व्यवसाय समेत संकटमा पर्ने देखिन्छ। घुमफिर गर्न आउनेहरु ताल किनारामा बसेर मन बहलाउने गरेकोले यस क्षेत्रमा करिव एक खरवको लगानीमा ठुला ठुला होटल, रेष्टुराँ र पर्यटकिय पसलहरु खोलिएका छन। तर प्राकृतिक र मानवीय अतिक्रमणले ताल संकटमा पर्दै गएकोले ठुलो लगानी जोखिममा परेको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाले बताए।

’फेवातालको जगमा नै पोखराको पर्यटनले शिखर चुमेको हो, ताल नै नरहे पर्यटनको कल्पनासम्म गर्न सकिदैन,’ उनले भने ’अहिलेको पहिरोले तालको अस्तित्व नै विगार्ने गरी समस्या थोपरेको छ। यसलाई तत्काल रोक्न राज्य र सरोकारवाला व्यवसायीको ध्यान जान जरुरी छ।’ उनले फेवाताल बचाउन वृहत योजना बनाएर काम शुरु गर्नुपर्नेमा जोड दिदै राज्यले तत्काल पहल गर्नुपर्ने बताए।

डम्पिङसाईड बनाईदै

पूर्वि र दक्षिणीक्षेत्रमा स्थानीय पर्यटन व्यवसायीले मलमुत्र, ढल र फोहोर फालेर अतिक्रमित गर्दै आएका छन। तालमा जथाभावि मिसाईएका ढल, नहर, खोलावाट आउने फोहोर र माटोले बर्षेनी ताल पुरिदै गएको छ।

होटल र बजारको ढल, सिंचाई नहर र खोलावाट आउने प्लाष्टिक, सिनो, माटो, दूषित पानी, मर्करी, जलकुम्भि लगायतका झारपातले तालको अस्तित्व संकटमा पारेको छ। पोखराको जौवारीदेखि वैदामसम्मको सेती नहर आसपासका शयौं घरहरुले सेफ्टी टंयाकी, जुठेल्नाको पानी नहरमा मिसाएकाले तालमा पुग्दछ।

दुई सय भन्दा बढि प्रजातीका बनस्पती, ४० प्रजातिका माछा, जलचर एवं पक्षिको आ श्रयस्थल तालमा चर्को प्रदूषणले धेरैजलचर र वनस्पति हराईसकेका छन। सन् १९५७ को नापीमा तालको क्षेत्रफल २२ हजार रोपनी भएपनि सन् २००० को अध्ययनले ९ हजार ९ सय ५५ रोपनीमा साँघुरिएको देखाएको भूसंरक्षण कार्यालयले जनाएको छ।

पहिला १८ मिटरसम्म गहिरो ताल अहिले क्रमशः पुरिदै गएको छ। प्रति बर्ष फेवातालमा एक लाख ४२ हजार मेट्रिक टन माटो र गेग्रयान थुप्रिदै आएको अध्ययनले देखाएको छ।

दाम र नाम कमाउने माध्यम
माछापुच्छ्रे र अन्नपूर्ण हिम श्रृंखला मुस्कुराउने फेवाताल पोखरामा कतिपयको लागि दाम र नाम कमाउने माध्यम भएको छ।ताल संरक्षणको नाममा देश र बिदेशबाट रकम ल्याउने र कुम्ल्याउनेहरु पनि उतिकै छन।

स्थानीय टोले संस्थादेखि अन्तराष्ट्रियस्तरका कतिपय गैह् सरकारी संस्थाले ताल बचाउको नाममा बजेट ल्याएपनि कुनै पारदर्शीता छैन। तालका मुख्य समस्या के छन? , नियन्त्रणका लागि के गर्न जरुरी छ?’ भन्ने बारे साझा दृष्टिकोण नभएर आ-आफ्नै ढंगले खर्च गर्ने गरेका छन।

कतिपय व्यक्ति र संघसंस्थाले सामाजिक काम गरेको भन्दै चर्चामा आउन जलकुम्भि र झारपात हटाए झै गरेका पनि पाईन्छ।फेवाताल पछिल्लो समय कमाई खाने भाँडो बन्दै गईरहेको पोखरा उपत्यका नगर विकास समितिका सदस्य सचिव सुरेन्द्रप्रसाद सिग्देलले बताए।

’ताल बचाउने भन्दै बिभिन्न एनजीओ र आईएनजीओ खोलेर मोटो रकम कुम्ल्याउनेहरु बड्दै गईरहेका छन,’ उनले भने ’कस्ले कहाँ कति खर्च गर्‍यो, कुनै पारदर्शीता र लेखाजोखा नभएकोले मनपरि भएको छ।’

उनले ताल बचाउन छुट्टै अधिकार सम्पन्न निकाय गठन गरेर योजनाबद्व ढंगले काम गर्नुपर्नेमा जोड दिए। ’विज्ञहरु लगाएर ताल संरक्षणको योजना बनाएर सबै रकम एकद्वार प्रणालिमार्फत खर्च गर्नुपर्दछ,’ उनले भने ’यसो गर्न सकेमा भ्रष्टाचार र अनियमितता गरेर कसैले रकम कुम्ल्याउन पाउने छैन।’

उनले बाढि र पहिरोले पुरेर ताल संकटमा पर्दै गएको बताउँदै जलाधार क्षेत्रहरुमा चेक ड्याम बनाएर माटोसहितका पदार्थहरु सिधै तालमा प्रवेश गर्न दिन नहुने  भन्नुभएको छ।श्रोत : अन्नपूर्ण पोस्ट

दोलखा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भुकम्पको धक्का

0 comments
२०श्राबन, काठमाडौं - आज बुधबार दिउँसो १ बजेर ५९ मिनेट जाँदा दोलखाको भिमेश्वर नगरपालिकास्थित अनरिनको राजमार्गलार्इ केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्पगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले
जनाएको छ।

      यसअघि गत शनिबार सिन्धुपाल्चोकलार्इ केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का महुसस भएको थियो ।

Tuesday, August 4, 2015

दिल्ही हुदै दुबाई जान लागेको २७ जना नेपाली युवतीको उद्धार भिडियो सहित हेर्नुहोस

0 comments
काठमाडौं, श्रावण १९ । भारतको नयाँ दिल्ली हुँदै युएई जान लागेका २७ जना नेपाली युवतीको उद्धार गरी मंगलबार स्वदेश पठाइएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय प्रहरीको सहयोग उनीहरुको उद्धार गरी स्वदेश पठाएको हो । उनीहरुलाई नेपाल  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मा लगाइएको छ ।

उद्धार गरिएका युवतीहरुमा खोटाङका मालती राई, लक्ष्मी राई, सिन्धुपाल्चोकका पूजा तामाङ, शर्मिला थापा, सविता, सोनाम डोल्मा र अम्मो रहेका छन् ।

यस्तै, उदयपुरका शोभाकुमारी परियार, कृष्णादेबी बिक, उमा भुजेल, शर्मिला थापा, नवलपरासीकी फूलकुमारी र काभ्रेकी सम्झनालाई पनि नेपाल पठाइएको छ ।

यस्तै, दाङकी शिला, काभ्रेकी मास्लोमाया तामाङ, रुपन्देहीकी किस्नु, धादिङकी कालीमाया तामाङ घले, रामेछापकी सुकमाया घिसिड, नुवाकोटकी छेगु डोल्मा तामाङ, शारदा तामाङ, सिन्धुपाल्चोककी पेमा झोकी, याङजी लामा, गोरखाकी मोनिका भण्डारी, सोलुखुम्बुकी लक्ष्मी तामाङ, सोलखुम्बुकी अनशोपा शेर्पा र चितवनकी उरमाया थिङलाई पनि उद्धार गरी नेपाल पठाइएको छ । श्रोत : अनलाईन समाचार

Monday, August 3, 2015

धमलाको हमला नायिका प्रियंका कार्की को साथ हेर्नुहोस

0 comments
नेपाली फिल्मका अहिलेको चर्चित नायिका प्रियंका कार्की संग पत्रकार ऋषी धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला नायिका प्रियंका कार्की को साथ हेर्नुहोस". श्रोत : हिमालयन TV .


video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

आज बिहान प्रशारित समाचार हेर्नुहोस श्राबन १८ ,२०७२

0 comments
आज बिहान प्रशारित समाचार हेर्नुहोस श्राबन १८ ,२०७२।

Video

Dance India Dance Season 5 - Episode 12 - August 2, 2015 - Full Episode

0 comments
डि.आई.डी.५ भाग १२ ,श्राबन १७ आइतबारका दिन प्रस्तुत पुरा भाग हेर्नुहोस्।
                                                         क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
http://www.zeetv.com/shows/dance-india-dance-season-5/videos/dance-india-dance-season-5-episode-12-august-2-2015-full-episode.html

निर्मल तामाङले डि.आई.डी.५ भाग १२ ,श्राबन १७का दिन प्रस्तुत गरेको बेजोड प्रस्तुति

आज श्राबन १७मा जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग १२ मा नेपालका निर्मल तामाङले अनिलाका साथ प्रस्तुत गरेको बेजोड प्रस्तुति। क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
D.I.D.5,series12

आजकै दिन गरिएको अर्को प्रस्तुति जुम बराबर जुम फिल्मको गीतमा गरिएको बेजोड प्रस्तुति। खुशिक,आशिकको प्रस्तुति पछि निर्मलको बेजोड प्रस्तुति देख्न पाउनेछ। क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
http://www.zeetv.com/shows/dance-india-dance-season-5/videos/kaushik-ashish-and-nirmal-performance-episode-12-dance-india-dance-season-5.html

डिटठा साब Dittha Saab Aug 02 2015

डिटठा साब ५९औ भाग कमेड़ी टेली फिल्म सुक्रबार १५ श्रबन २०७२का दिन कान्तिपुर TV मा बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो हेर्नुहोस।
ditha saab

डिटठा साब

Sunday, August 2, 2015

मुसा जस्तै जिवमाथी गोली हान्दा गोली नै फर्केर आएर एक जना शिकारीको

अमेरीका । अमेरिकाको टेक्सस राज्यमा पाउने बुलेटप्रुफ छाला भएको मुसा जस्तै देखिने आर्माडिलमाथी गोली प्रहार गर्दा गोली नै फर्केर आएर एक जना शिकारीको ज्यान गएको छ ।

प्रहरीका अनुसार ति व्यक्तिले आफनो घरमा बसिरहको अवस्थामा सानो जनवार जस्तो देखेर आफु संग भएको बन्दुक निकाले तीन राउन्ड गोली हानेका थिए ।

उक्त आर्माडिलोलाई हानेको गोली मध्ये एक गोली सिधै फर्किएर आएर शिधै छातिमा लाग्दा उनको ज्यान गएको हो ।गोली लागेपछि अस्पतालमा उपचार हुदै गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

बिदेसमा बस्ने नेपालीहरु प्रति समर्पीत २०७२ सालको सुपरहिट नयाँ लोक गीत Bidesh


नयाँ लोक गीत

बिदेसमा बस्ने नेपालीहरु प्रति समर्पीत २०७२ सालको सुपरहिट लोक गीत , पेसा जे छ जुन ठाउँमा भएनि नेपाली हौ बिदेसमा रहेनि हाम्रो देश नेपाल …… हामी नेपाली , अहिलेको छुट्टीमा जानेहो एसपाली। . .…………………
 गएक/गायिका : नेत्र जे पन्त ( सफल ) / राधिका हामल
संगीत/गीतकार : नेत्र जे पन्त।
क्यामेरा : मधुर बस्नेत
सम्पादन : दीपक विष्ट
निर्देशक : उमेश गुरुङ
उत्पादक तथा वितरक : सहकार्य मुजिक प्रा.लि.को रहेको छ.

Saturday, August 1, 2015

हाँस्य टेलि फिल्म हकका हक्की HAKKA HAKKI

१६ श्राबन , सनिबार प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की HAKKA HAKKI.
http://www.onlinecanadanepal.com/2015/08/comedy-tv-serial-hakka-hakki-new.html

श्राबन १५ गते प्रशारित कमेडी टेलि शृंखला भद्रगोल भिडियो सहित हेर्नुहोला

श्राबन १५ गते प्रशारित कमेडी टेलि शृंखला भद्रगोल भिडियो सहित हेर्नुहोला
Bhadragol, 31 July 2015

याकूब मेमन पछि यी दुई दिदीबहिनीहरुलाई फांसीमा चढाउने सम्भावना

१९९३मा मुम्बईमा भएको अलग अलग बम विस्फोटका दोषी याकूब मेमनलाई विहीबार दिइएको फांसीपछि महाराष्ट्रको कोल्हापुरका दुई बहिनीलाई पनि फांसीमा चढाउने सम्भावना बढेको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अब रेणुका किरण शिन्दे र उनकी बहिनी सीमा मोहन गवितलाई फांसीमा चढाइनेछ ।

यो घटनामा पहिलो फैसला अप्रिल २०१५मा भएको थियो । जबकि अर्काे अन्तिम फैसला अक्टुबर २०१५मा हुँदैछ । खबरअनुसार उनीहरुविरुद्ध अदालतमा डेथ वारन्ट (मृत्युदण्ड) जारि गरिएको छ । जसले फाँसी सजाय हुने सम्भावना धेरै छ । तल्लो अदालतले यसअघि मृत्युदण्डको प्रस्तावसहित माथिल्लो अदालतमा मुद्दा पठाएको थियो।

यी दिदीबहिनीलाई तल्लो अदालतले यस्तो सजाँय वर्ष २००१मा सुनाइएको थियो । यी दुबैले मागेको माफीलाई पनि राष्ट्रपतिले २०१४मा अस्वीकार गरेका थिए । अपराधी दिदीबहिनी रेणुका र सीमामाथि आरोप थियो कि दुबै बहिनीले आफ्नी आमा अनजानाबाई गवितसँग मिलेर १३ बच्चाको अपहरण गरेका थिए । र उनीहरुलाई भीख माग्ने बाध्य पारेका थिए । जब यिनीहरुमा ९ बच्चा भीख मांग्न नसक्ने थिए र भीख माग्न मानेन् तब आमासँग मिलेर दिदीबहिनीले ती सबै बच्चाहरुको हत्या गरिदिए । मुद्दा चल्दैगर्दा आमा अनजानाबाईको मृत्यु भयो । अहिले यो मुद्दा सर्वाेच्च अदालतमा सुनुवाईको क्रममा छ ।

आगामी अक्टुबर २०१५मा फैसला हुने यो मुद्दामा दुबै बहिनीलाई फाँसी सजायँ हुने सम्भावना प्रबल छ । किनकि उनको मृत्युदण्ड सजाय माफी राष्ट्रपतिले समेत अस्वीकार गरिसकेका छन । जसका कारण पनि अदालतले सिधै फाँसी सजाँय सुनाउनेछ । एजेन्सी

देउतालाई बालक बलि चढाउने कोदई हरिजन र अन्य अभियुक्तहरुको दर्दनाक बयान

१६ साउन, नवलपरासी । नवलपरासी कुडियाका बालक सोनु कोहारलाई बलि दिँदा सोनुले चिच्याउन खोजेको अभियुक्त कोदई हरिजनले बताएका छन् । अरुलाई बलि दिँदा आफ्नो छोरालाई निको हुँने कथित अन्धविश्वासमा कोदईले छिमेकी बालकलाई बलि चढाएका थिए ।

बालकलाई बलि चढाउने कोदईसहितका अभियुक्त अहिले प्रहरीको चिसो छिँडीमा छन् । कुडिया ४ मर्चहवाका ३५ वर्षीय कोदई हरिजनले गत साउन ५ गते मर्चहावाका १० वर्षीय सोनु कोहारको देउतालाई बलि चढाएको स्वीकार गरिसकेका छन् ।

उनले आफूसहित झाँक्रीहरु सूर्यभान हरिजन, रुदल हरिजन, गंगा हरिजन र छोरा विजय हरिजनले १० वर्षीय बालक सोनु हरिजन देउतालाई बलि चढाएको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीलेे घटनामा अनुसन्धानको लागि हालसम्म ११ जनालाई पक्राउ गरेको छ । बालक सोनुको शव साउन ८ गते आधी घाँटी काटिएको अवस्थामा गाउँ नजिकैको पोखरीमा फेला परेको थियो ।

घटनाको आरोपी बालकको बलि दिने (घाँटी काट्ने) आरोपमा पक्राउ परेका अभियुक्तसगँ प्रहरीको थुनुवा
कक्षमा पुगेर गरेको कुराकानीमा अाधारितः

अभियुक्त कोदई हरिजन
बालक बलिका मुख्य अभियुक्त
मेरो छोरा विजय हरिजन त्रिवेणी नदीको किनारमा जाँदा त्यसलाई देउता लागेको थियो । त्यसलाई सन्चो बनाउनका लागि मैले मान्छे (सोनु)को बलि दिएको हुँ । मंगलबारका दिन (साउन ५ गते) बिहान मसहित सूर्यभान हरिजन, रुदल हरिजन, गंगा हरिजन मिलेर छोरा विजय हरिजनलाई सन्चो पार्नका लागि झारफुक गर्दै थियौं । झारफुक गर्दा गर्दै विजयले (भुत/देउता) मलाई मान्छेको मासु चाहियो, मलाई बलि चाहियो भन्यो अनि त्यसपछि हामीले झारफुक बन्द गर्यौ र छिमेकी शिवमंगल कोहारको छोरा १० वर्षीय सोनु कोहारको भुत/देउतालाई बलि दिने योजना बनायौँ ।
त्यही साँझको समय थियो सोनु आफ्नो घर अगाडि खेल्दै थियो । मैले उसलाई बोलाएर १० रुपैयाँको बिस्कुट दिए । अनि त्यसपछि मैले सोनुलाई ५० रुपैयाँको नोट देखाएर फकाउँदै सिवानमा (खुल्ला स्थान, घर भन्दा ९ सय ८५ फिट टाढा) लगे । करिब त्यही साँझको साढे ७ बजेको थियो । अनि त्यहाँ सोनुलाई पल्टायौँ । त्यसपछि सूर्यभान हरिजनले सोनुको खुट्टा समाते, रुदल हरिजनले हात समाते, छोरा विजय हरिजनले कोही मान्छे नआओस् भनी बाटो हेर्दै थिए । अनि त्यसपछि गंगा हरिजनले पूजा गर्नका लागि सलाईको काँटी बालेर कपुर र ल्वाङ्ग जलाएर करिब १ मिनेट जति पूजा गरे । त्यसपछि मैले बायाँ हातले सोनुको मुख छोपे र दायाँ हातले उखु काट्ने हसियाँले (गडासा) सोनुको घाँटी रेटे ।
सोनु चिच्याउन खोजेको थियो तर मैले झन बेस्सरी उसको मुख थिचिदिएपछि उ चिच्याउन सकेन । उसको आवाज बन्द भएपछि हामीले सोनुको शरीरलाई छोड्यौ । घाटी रेटेपछि सोनुको छटपटिरहेको थियो । करिब २/३ मिनेट सम्म पीडाले सोनु छटपटिरह्यो र त्यसपछि उसको मृत्यु भयो । अनि त्यसपछि हामीले सोनुको घाँटी काटेको स्थानदेखि उसको शरीरलाई उत्तर दिशातर्फ लगेर झाँडीको भित्र राख्यौँ र शरिरको माथिबाट खरले पुरेर हतियार (गाडासा) खोलामा फालिदयौँ ।
त्यसपछि हाम्रो शरीरमा लागेको रगत सफा गर्यौँ । त्यसपछि त्यहाँबाट पहिला रुदल हरिजन, सूर्यभान हरिजन र गंगा हरिजन, छोरा वियज हरिजन आ- आफ्नो घर गए र म सबैभन्दा अन्तिममा आफ्नो घर आए । अनि केही समयपछि मैले मेरो श्रीमती कान्ति हरिजनलाई घटनाबारे पुरै कुरा बताए । त्यसपछि मेरो श्रीमतीले मलाई किन यस्तो गरेको भन्दै गालीगलौज गरी । घर आएको आधा घण्टापछि सोनुको परिवारले सोनुलाई खोज्न सुरु गर्यो । त्यसपछि सोनुको परिवारले मैले उनीहरुको छोरा मारेको भन्न थाले र मैले झुठो बोल्दै मैले तपाईहरुको छोरालाई मारेको छैन भने ।
त्यसपछि म सोनुलाई खोज्ने बाहनामा घरबाट भागेर भारतको गोरखपुर गएँ । त्यसपछि बिहीबार गोरखपुरबाट राति १ बजे सिसवा बजार आएँ । अनि बिहान ट्याक्सी चढेर झुलनीपुर पुगेँ । त्यहाँ राखेको साइकल लिएर घर आउँदै थिए ।
बिचबाटोमा एक जना चिनेको मान्छे भेटियो र उसले भन्यो कहाँ गएको थिइस् ? गाउँलेहरुले तेरो घर भत्काइदिएका छन् तँ गाउँ गइस् भने तलाई त्यहाँ मार्छन् आइज मसगँ मेरो गाउँ हिड् । अनि त्यसपछि म त्यो मान्छेको घर पुगेँ । त्यो गाउँमा पनि मान्छेहरुले सोनुलाई खोज्दै थिए । त्यसपछि त्यो गाउँको केही मान्छेहरुले मलाई चिने र मलाई कुटपिट गर्न थाले । कुटपिट गर्दा गर्दै प्रहरी आइपुग्यो र मलाई समातेर यहाँ ल्यायो । यो घटनाका लागि मैले रुदल र सूर्यभान हरिजनलाई ५० हजार रुपैयाँ दिएको थिएँ । मैले काम गरेर बचत गरेको ५६ हजार रुपैयाँ थियो । ६ हजार रुपैयाँ यताउता खर्च भयो अनि ५० हजार रुपैयाँ घटनाबारे कसैलाई नभन्नका लागि मैले उनीहरुलाई दिएको थिए । यो घटनामा हामी ५ जना बाहेक अरु कसैको संग्लनता छैन ।

अभियुक्त गंगा हरिजन
अर्का अभियुक्त
घटनामा मेरो कुनै संग्लनता छैन । मंगलबार (साउन ५ गते) कोदई हरिजनको घरमा बिहान भएको झारफुकमा म उपस्थित भएको थिएँ । तर साँझ हत्या भएको समयमा घटनास्थलमा म गएको थिइन । घटनापछि म भारत गएको थिएँ । गाउँलेहरु बोलाएर गाउँमा आएपछि प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त विजय हरिजन
विरामी रहेका कोदाईका छोरा
म विरामी छु । के भएर विरामी भएको थाहा छैन । भुत/देउता लागेको कारण मान्छेको बलि मागेको थिएँ । वुवा कोदई हरिजन, झाँक्रीहरु गंगा, सूर्यभान र रुदले मिलेर सोन कोहारको बलि दिएछन् । घटना भएको बेला म आफ्नै घरमा थिएँ ।
(विजयका बाबुले भने घटना भएको बेला विरामी भनिएका छोरा विजयले बाहिरबाट कोही आउँछ कि भन्दै बाटो हेर्दै बसेको प्रहरीसमक्ष बयान दिएका छन् ।)

अभियुक्त रमानन्द हरिजन
म घटनामा संग्लन छैन । मैले रुपन्देही तामनगरस्थित काम गर्ने गरेको थिएँ । सो दिन गर्भवती रहेकी श्रीमती बोलाएर घर आउँदा प्रहरीले पक्राउ गरेको हो ।
(मृतक सोनु कोहारको हजुरवुवा परामानन्द कोहारले प्रहरी कार्यालयमा दिएको जाहेरीमा रमानन्द हरिजन नाम किटान गरिएको छ ।)

अभियुक्त कान्ति हरिजन
कोदाईकी श्रीमती
हत्या भएको समयमा म घरमा खाना पकाउँदै थिएँ । श्रीमान कोदाईले हत्या गरेर घर आएपछि मलाई घटनाबारे सुनाएका थिएँ । त्यसपछि मैले उनलाई किन यस्तो गर्नुभयो भन्दै गाली गरेकी थिएँ । घटनामा मेरो कुनै संग्लनता छैन ।
(जाहेरीमा कान्तीको पनि नाम किटानी गरिएको छ ।)

अभियुक्त सुनिता हरिजन
मलाई घटनाबारे केही पनि थाहा छैन । हत्यामा मेरो कुनै संग्लनता छैन । हत्या भएको भनिएको समयमा म खेतमा थिएँ । (सुनिता सुर्यभान हरिजनकी श्रीमती हुन् ) ।
साभार श्राेतः अनलाइन खबर

सलमानविरुद्ध फाँसी सजायँको माग

१६ श्रबन - बलिउड अभिनेता सलमान खानलाई बेला बेलामा हुने बिबादले सताइरहेको हुन्छ |उनि बलिउडका अरु कलाकार भन्दा बढी बिबादित बन्ने गरेका छन् |पछिल्लो समय पाँच वर्षको जेल सजायँ पाएका सलमानले माथिल्लो अदालतबाट न्याय पाएका थिए ।यही क्रममा विहीबार भारतमा फाँसी सजायँ सुनाइएका याकूब मेमनको पक्षमा बोलेको भन्दै सलमानविरुद्ध फाँसी सजायँको माग उठ्न थालेको छ । त्यो पनि सत्तारुढ दलकै नेताबाट । सत्तारुढ भारतीय जनता पार्टीका सांसद उषा ठाकुरले सलमान खानलाई मृत्युदण्ड सजायँ दिन माग गरेकी छिन् ।

उनले याकूब मेमन जस्तैगरी सलमानलाई पनि फाँसीमा झुण्ड्याउनुपर्ने बताएकी हुन् । उषाले देशविरोधी गतिविधी गर्ने अपराधी भएकाले अपराधीको पक्ष लिने पनि देशद्रोही हो भन्दै सलमानलाई फाँसीमा चढाउन अदालत र न्यायधिशलाई आग्रह गरेकी छिन् । सलमानले याकूबलाई फाँसीमा झुण्ड्याउनु दुई दिन अगाडि फाँसीमा चढाउनु गलत कार्य भएको भनेर न्यायलयको अलोचना गर्नेगरी ट्विट गरेका थिए ।

यस्तो विवादास्पद भनाईपछि सांसद उषाका अमर्थक र अचोलक दुई धारमा छुट्टिएका छन् । उनको राजीनितक बजारमा पनि आलोचना सुरु भएको छ । उनका समर्थकले पनि सामाजिक सञ्जालमा मृत्युदण्डको माग गरिरहेका छन् । उषा सत्तारुढ दल भाजपाको मध्य प्रदेशको इन्दौरकी सांसद हुन् ।

तर यस बिषयमा सलमानको पक्षमा अदालतले के निर्णय गर्छ भन्ने बारेमा कुनै प्रतिक्रिया आएको छैन |सलमानले पनि देशद्रोहिको आरोपमा मृत्युदण्ड पाएका मेमनको पक्षमा आफ्नो मत दिएका थिए |
श्रोत :अनलाइन खबर


आज सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भुकम्प गयो

काठमाडौँ, १६ साउन । आज बिहान ७ बजेर २२ मिनेट जाँदा सिन्धुपाल्चोक स्याउलेबजार केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प गएको छ । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि आजसम्म चार रिक्टर स्केल वा त्यसमाथिका ३६६ परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

कास्कीमा गएको भिषण पहिरोले हालसम्म ३१ जनाको मृत्यु र अझै १५ जना बेपत्ता भिडियो हेर्नुहोस

श्रबन १६ - कास्कीमा गएको भिषण पहिरोक कारण लुम्ले , माँझाघर , भदौरे , तामाघी , ढुरेफाँट र ढुकेरपोखरीमा गरि ३१ जनाको मृत्यु र  हालसम्म अझै १५ जना बेपत्ता छन्।
Video

Like us

 

Search

 
Enjoy the site