-
- एन्जेलिनाकै अनुहारकी कुनै नेपाली युवतीको तस्विर फेसवुकमा देख्नुभयो भने नझुक्निुस्, उनी हुन्, आशिका तामाङ।
- काठमाडौंपछि अल्जेरियाको अल्जियर्स, रोमानियाको बुखारेस्ट, पनामाको पनामा सिटी, साउदी अरबको जेद्दाहा र रियाद छन् ।
- glass bridge china सिशाको ठुलो आकासे पुल
- फ्रान्समा भएको८० किमि मन्ट ब्लांक दौडमा मिरा राई प्रथम
फेसवुक चलाउने हजारौँ युवाहरुलाई थप ‘एडिक्टेड’ बनाउँदै आएकी छिन्
यतिसम्म कि, उनको एक तस्विर अपलोड भएको केहि मिनेटमै तस्विर मुन्तिर हजारौँ लाइक र कमेन्टको लिष्ट हुन्छ ...
दक्षिण एसियाको सबैभन्दा महङ्गो सहर काठमाडौ
काठमाडौ दक्षिण एसियाको सबैभन्दा महङ्गो सहर भएको इकोनोमिस्ट म्यागेजिनले सार्वजनिक गरेको ‘वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्स’मा देखाइएको छ। ..
glass bridge china सिशाको ठुलो आकासे पुल
चीनमा अब आकाशमा हिँड्न सकिने भएको छ । पारदर्शी शिशाबाट बनाइएको एउटा शिशाको पुलमा हिँड्दा मानिसलार्इ आकाशमै रहेको महसुस हुने बताइएको छ । ...
फ्रान्समा भएको८० किमि मन्ट ब्लांक दौडमा मिरा राई प्रथम
फ्रान्समा भएको ८० किमि मन्ट ब्लांक दौडमा नेपालकि बहादुर छोरी मिरा राईले प्रथम स्थानमा हासिल गरेकी छिन् ...
Friday, August 7, 2015
हट & हाँस्य तीज लोकगीत २०७२ हेर्नुहोला
२२ श्राबन २०७२ - हट गायिका तथा मोडेल जोति मगर , सागर लम्साल (बले) , हरि निरौला (साङ्गलो) र सुरेश थापा (दर्शने) जस्ता हाँस्य कलाकारहरुको बेजोड अबिनय रहेको हाँस्य तीज लोकगीत हेर्नुहोला।
गायक: श्रीदेवी देवकोटा र प्रकाश कटवाल
संगीत र गीत: प्रकाश कटवाल र विनोद ढकाल &
निर्देसक :शंकर बि. सी. र अन्नपूर्णा दर्शनको प्रस्तुति रहेको छ श्रोत :म्युजिक नेपाल।

काभ्रेलाई केन्द्रबिन्दु बनाएर आज पनि भुकम्प गयो
२२ श्राबन , काठमाडौं - आज सुक्रबार बिहान ११ बजेर ५७ मिनेट जाँदा काभ्रेलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
बैशाख १२ को ठुलो भुकम्प पछि ४ म्याग्निच्यूड भन्दा ठुलो परकम्पनको यो ३६९औ पटक हो। हिजो बिलुकी ८:३६ मा पनि सिन्धुपाल्चोकलार्इ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महुसस भएको थियो ।

‘फ्रि–भिसा फ्रि–टिकट’ दिएर मलेसियाका रोजगारदाता कम्पनीहरूले नेपाली कामदार लाने भयो
श्रावण २२ -मलेसियाका रोजगारदाता कम्पनीहरूले नेपाल सरकारको पछिल्लो निर्णयअनुसार ‘फ्रि–भिसा फ्रि–टिकट’ मा नेपाली कामदार ल्याउन नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणका लागि धमाधम पेस गर्न थालेका छन् । विभिन्न १७ कम्पनीहरुले फ्रि–भिसा फ्रि–टिकट दिएर ४ सय ७० नेपाली कामदार
ल्याउनका लागि प्रमाणीकरण गर्न कागजात दूतावासमा पेस गरेको यहाँस्थित
नेपाली दूतावासले जनाएको छ ।
दूतावासले बिहीबार एक विज्ञप्ति प्रकाशन गर्दै १० महिला र ४ सय ६० पुरुष कामदारको मागपत्रउपर छानबिन गरी ती कम्पनीहरूको निरीक्षण गरिसकेपछि मागपत्र स्वीकृत गरी पठाउने प्रक्रियामा रहेको जनाएको छ । सरकारले गत असार २१ गते ‘फ्रि–भिसा फ्रि–टिकट’मा मात्र कामदार खाडी र मलेसिया पठाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपाली कामदारको माग घट्न सक्ने चिन्ता र चासो भैरहेको अबस्थामा मलेसियाली रोजगारदाताले आफूहरूलाई नेपाली कामदारको अभाव भएको भन्दै कामदार ल्याउन धमाधम नेपाली दूतावासमार्फत प्रक्रिया थालेका हुन् ।अन्य कम्पनीहरूबाट पनि प्रक्रियाबारे बुझ्न आउने क्रम छ ।’ दूतावासका अनुसार हाल दैनिकजसो ‘फ्रि–भिसा र फ्रि–टिकट’मा कामदार ल्याउने प्रक्रियाबारे विस्तृतमा बुझ्न रोजगारदाताहरू आउने गरेका छन् । स्रोतका अनुसार हाल आएका मागपत्रमध्ये सेवाअन्तर्गत सहायक क्षेत्र ‘क्लिनिङ’ मा एकै कम्पनीबाट सयजनाको माग आएको छ भने केही कम्पनीबाट ५० जनाका दरले सुरक्षागार्ड माग आएको छ ।

वैज्ञानिकहरुका अनुसार नेपाल र भारतमा अझै ठुलो भुकम्प जाने खतरा रहेको छ
श्रावण २२ । गत बैशाख १२ गते नेपालमा गएको ७.८ म्याग्निच्युटको भूकम्पपछि गरिएका विभिन्न अध्ययनहरुले अझै शक्तिशाली भूकम्पको जोखिम कायम रहेको देखाएका हुन् । वैशाख १२ गते नेपालमा गएको भूकम्पको शक्ति जमिनमुनी सञ्चित भएकाले नेपाल र भारतको पश्चिमी क्षेत्रमा ठूलो भूकम्प जाने अनुमान गरिएको बिबिसीले जनाएको छ । वैज्ञानिकका अनुसार गत बैशाख १२ गते गएको भुकम्पले यो क्षेत्रको जमिनमुनी सञ्चित सबै शक्तिलाई प्रवाह गर्न सकेको छैन र त्यो जमिनमुनिबाटै पश्चिमतिर सरेको छ । वैज्ञानिकहरुले पृथ्वीको सतहमुनिको केही शक्ति पोखरादेखि पश्चिम तथा दिल्लीको उत्तरतर्फ सरेको बताएका छन् । त्यसैले यो क्षेत्रमा मुख्य भूकम्प जान बाँकी रहेको अनुसन्धानले देखाएपछि अब नेपाल र भारतको पश्चिमी क्षेत्रमा विशेष सतर्कता र पूर्व सावधानी अपनाउनुपर्ने आवश्यक भएको बैज्ञानिकहरुले बताएका हुन् । तर, उनीहरुले उक्त भूकम्प कुन परिमाणको हुनेछ र कहिले आउनेछ भनेर चाहिं भन्न नसकिने बताएका छन् ।
अध्ययनमा सामेल वैज्ञानिक प्रोफेसर जाँ फिलिप अभोवाक भन्छन, हामी मानिसहरुलाई डराउन चाहदैनौँ, तर उनीहरु बसिरहेको क्षेत्रमा लामो समयबाट शक्ति सञ्चय भएका कारण सचेत हुन भने आग्रह गर्दछौ । ’

Thursday, August 6, 2015
बंदा काउलीको सुप पिएर तौल घटाउने उपाए भिडियो सहित हेर्नुहोस
बंदा काउलीको स्वादिलो सुप एक हप्तासम्म सेबन गर्नुहोस् र आफ्नो शरीरको अनावश्यक बोसो पगालेर चाहे अनुसारको शरीर पाउनुहोस् ।
यदि तपाईलाई बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ भन्ने कुराको जानकारी छैन भने आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी गराउँदै छौं ।
शरीरको अनावश्यक तौल घटाउने यो अचुक बिधिको विशेषता भनेको उपचारको अवधि भर तपाईले जति बेला भोक लाग्छ आफुले चाहे जति बन्दाको सुप खान सक्नुहुन्छ ।
जति धेरै यो सुप सेवन गर्नु हुन्छ त्यति नै मात्रामा शरीरको क्यालोरी घट्छ किनकि यो सुपमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । वास्तवमा यो सुपले भोजनको काम गर्छ जसमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । अनि यसका कारण तपाईको मेटाबोलिज्ममा बृद्धि हुन्छ र परिणामसरुप तपाईले प्राप्त गरेको क्यालोरी भन्दा तपाईको शरीरको क्यालोरी घटेर जान्छ । अझै तपाईले आफ्नो शरीरको विषादी नाश गर्न सक्नुहुन्छ र शरीरलाई चाहेको आकारमा ढाल्न सक्नुहुन्छ ।
यो उपचार अवधि भर दिन बिराउन भने हुँदैन । यदि तपाई कतै यात्रा गर्दै हुनुहुन्छ वा दिनमा कतै जानुहुन्छ भने थरमसमा यो बोसो पगाल्ने सुप भर्न नबिर्सनुहोस् र आफुलाई आवश्यक परेको बखत सुप बिधि प्रयोग गर्नुहोस् ।
यो बिधिलाई सेकरेड हार्ट मेमोरियल हस्पिटलमा शरीरको तौल धेरै भएका मुटुका बिरामीहरुमा प्रयोग गरिएको थियो । तौल नियन्त्रण भए पछि मात्र अपरेशन गर्नु पर्ने भएकाले यो तौल घटाउने बिधि अपनाईएको थियो जसमा बिधि सफल प्रमानित भयो । यो बिधिलाई एड कास्पर एल एस, अकुपंचरीस्ट तथा हर्बलिस्टले समेत आफ्नो क्याबेज सुप फर सेभन डेज टु बर्न फ्याटमा उल्लेख गरेका छन् ।
अनि यो बिधि अपनाएको अवधि भर प्रसस्त पानी पिउन बिर्सिनु हुँदैन । साथै लामो अबधि सम्म यो सुप मात्र पिउने गर्नाले शरीरमा कुपोषण लाग्न सक्ने संभावना हुन्छ ।
सुपका लागि चाहिने सरदामहरु :
- एउटा ठूलो बंदा, मसिनो पारेर काट्नुपर्छ
- आधा किलो छोडाएको हरियो मटरकोसा
- २ वटा हरियो खुर्सानी, काटेको
- ६ वटा हरियो प्याज, मसिनो काटेको
- आधा किलो गाजर, मसि काटेको
- एक पाउ टमाटर, गोलो पारेर काटेको
- थोरै नुन
- थोरै मात्र मसला
सुप तयार पार्ने बिधि:
सब्जीको मीश्रणलाई एउटा भाँडामा खन्याउनुहोस् । यसमा थोरै मसला मिसाउनुहोस् । यसमा आवश्यकता अनुसार पानी मिसाउनुहोस् र यसलाई चुलोमा दश मिनेट सम्म मधुरो आगोमा उमाल्नुहोस् । तरकारी मज्जाले नपाके सम्म उमाल्नुपर्छ ।
सात दिने डायट प्लान:
पहिलो दिन:
सुप र फलफुल मात्र खानुहोस् । पानी तथा कालो चिया चिनि थोरै राखेर पनि सेवन गर्न सकिन्छ । केरा बाहेक सबै प्रकारका फलफुल खान सकिन्छ किनकि केरामा क्यालोरीको मात्रा बढी हुन्छ ।
दोस्रो दिन:
अन्य हरियो सब्जी र सुप मात्र सेवन गर्नुहोस् । सुखेको सिमि, भटमास, मकैको सट्टामा हरियो सागसब्जी खानुहोस् । राती सुप सँगै उसिनेको आलु खानुहोस् तर रातको समयमा फलफुल भने खान हुँदैन ।
तेस्रो दिन:
बिभिन्न प्रकारका सुप, सागसब्जी तथा फलफलुल खान सक्नुहुन्छ । तर राती आलु खान हुँदैन । तपाईले यो सात दिने तौल नियन्त्रण बिधि तिन दिन सम्म उपयुक्त तरिकाले अपनाउनु भएको छ भने तपाईको शरीरको तौल ४-५ किलो घटेको हुनुपर्छ ।
चौथो दिन :
चौथो दिनमा केरा र दुध खाने दिन हो । यी दुबै केरा र दुधमा प्रसस्त मात्रामा क्यालोरी तथा कार्बोहाईड्रेट लुकेको हुन्छ । तर यो चौथो दिनमा तपाईको शरीरलाई पोटासियम, कार्बोहाईड्रेट, प्रोटिन र क्याल्सियमको आवश्यक पर्छ जसले शरीरको प्रक्रियामा गडबड हुनदिदैन । सुपका साथै तीन वटा केरा तथा चाहे जति दुध पिउनुहोस् ।
पाँचौ दिन :
६-७ वटा टमाटर, छाला नभएको कुखुराको मासु तथा माछा अवश्यकता अनुसार तयार पार्न सक्नुहुन्छ । पानी कम्तीमा पनि ६-८ ग्लास पिउनुहोस् । यसले युरिक एसीडलाई सफा पार्छ । सुप कमसेकम दिनको एक पटक पिउनुपर्छ ।
छैठौं दिन :
तपाईले चाहे जति छाला नभएको कुखुराको मासु, सिमि, केराउ, माछा लगायतको सागसब्जी यो छैठौं दिनमा खान सक्नुहुन्छ । तर तारेको आलु भने खान हुँदैन । बंदाको सुप भने यो दिनमा पनि कमसेकम एक पटक पिउन बिर्सिनुहुँदैन ।
सातौं दिन :
हरियो सागसब्जी तथा खैरो चामलको भात । फलफुल तथा हरियो सागसब्जी जति खाए पनि हुन्छ । अनि सुप यो दिनमा पनि कमसेकम एक पटक पिउनु पर्छ ।
डायट प्रोग्राममा सुझाए अनुसारको सल्लाह तपाईले अपनाउनु भएकोले तपाईको शरीरको तौल ७(९ किलो घटेको हुनुपर्छ ।
यदि तपाईको तौल ७ किलो भन्दा बढी घटेको छ भने यस्तो अवस्थामा तपाईले २ दिन पछि डायट प्रोग्राम पुन सुरुवात गर्न सक्नुहुन्छ ।
व्यक्ति पिच्छे पाचन प्रक्रिया फरक हुने भएकोले यो डायट प्रोग्राम कसैका लागि अनुपयुक्त पनि हुन सक्छ ।
यो बिधि तपाईले उपयुक्त तरिकाले अपनाएका खण्डमा, बंदाको सुपले तपाईको पाचन प्रक्रियामा भएको समस्यामा एकरुपता ल्याएर तपाईको शरीरमा फुर्ती प्रदान गर्नुका साथै शरीरमा जम्मा भएको बोसोलाई पगाल्न ठूलो भूमिका खेल्छ । अनि तपाईले आफुलाई पहिला भन्दा हलुंगो, अझै फुर्तिलो र स्वस्थकर महसुस गर्नुहुनेछ । यो बिधिको विशेषता भनेकै तपाईले चाहेको अवधिमा प्रयोगमा ल्याउन सक्नुहुन्छ ।
तसर्थ मानसिक तथा शारीरिक रुपमा स्वस्थ महसुन नगरे सम्म यो प्रक्रिया अपनाउनुहोस् र जीवन सुखमय बनाउनुहोस् ।
आज पनि ४.१ रिक्टर स्केलको भुकम्पको परकम्प
२१ श्राबन - बिहीबार
सिन्धुपाल्चोकको बराम्ची आसपासलाई केन्द्रविन्दु बनाएर आज साँझ ८ बजेर ३६ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ। गत वैशाख १२ गतेको ‘गोरखामा गएको ७.९ रिक्टर स्केलको भूकम्प’ पछि ४ रिक्टर स्केल वा त्यसमाथिका करिब ३७० परकम्प गइसकेको छ।

बाबुले आफ्नै १६ वर्षीय छोरी लाई गर्ववती बनाए भिडियो सहित हेर्नुहोस
भारत। भारतको कानपुरमा कलियुगका एक बाबुले आफ्नै १६ वर्षीय छोरी लाई गर्ववती बनाएको कुरो खुलेको छ ।
गत जुलाई १६ मा नाबालिका छोरीले आफ्नै बुबाले ८ महिना देखि जवरजस्ती आफुलाई यौन शोसण गरेको आरोप लगाएकी थिइन । आमाको मृत्यु भएको केहि महिना पछि एक दिन बुबाले रक्सि खाएर आइ आफुलाई जवरजस्ती बलात्कार गरेका र कसैलाई भनेमा मर्ने धम्कि दिएका उनले प्रहरीमा बताएकी छिन् । जुलाई २० मा डाक्टरको शारीरिक परिक्षन पछि २३ हप्ता २ दिनको गर्भ रहेको पुस्टि गरिएको छ। छोरीको आरोप पछि उनका बुबालाई गिरफ्तार गरि जेलमा राखिएको थियो । आफ्नै बुबाले गर्ववती बनाएपछि १६ वर्षीय छोरीले आफुले यो बच्चा जन्माउन पाउनु पर्ने भन्दै लोकल कोर्टमा अनुरोध राखेकि छिन् । डाक्टरले आफु गर्ववती रहेको कुरो खुलाए पछि उनले अदालत संग यस्तो अनुरोध राखेकी हुन् । “मैले मेरो गर्वमा रहेको बच्चा लाई मार्न चाहन्न, यो बच्चा लाई जन्म दिन्छु अनि जुन बुवा आमाका बच्चा छैनन् तिनीहरु लाई मेरो बच्चा पालना दिन्छु ” उनले अदालतमा यसो बताएकी छिन् । तर डाक्टरहरुका अनुसार यदि उनले यो बच्चा लाई जन्म दिएमा उनको ज्यानलाई नै खतरा हुन सक्छ ।यस केसको सोमबार अदालतमा सुनुवाई भएको थियो ।एजेन्सी ।
Video

२१ श्राबन दिउसोको समाचार हेर्नुहोस।
२१ श्राबन , २०७२ कान्तिपुर टि.भी. बाट प्रशारित दिउसोको समाचार हेर्नुहोस।
सबैभन्दा मुख्य समाचार यसप्रकार छन् : आज
१.सिमांकन सहितको सम्भिधान र अन्य बिबाद बिसयमा समाधान खोज्न शिर्ष नेताहरुको बैठक जारि। सबै बिसयमा सहमति नजिक पुगेको दाबी।
२. सामाजिक शुरक्षा भत्ता बैंकमार्फत दिएसंगै धेरैलाई भत्ता लिन समस्या।
३. लिबियाको समुन्द्रमा ६०० आप्रबासी चढेको डुंगा डुब्दा २५ जनाको मृत्यु उद्दार तथा खोजि कार्य जारी दुबेकाहरुलाई जिवितै भेट्ने न्यून सम्भावना।
४.नेपाल ओलम्पिक कमिटिको निर्बाचन स्थगित।

Nepali comedy JURELI episode 1
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.
बैदेसिक रोजगारीको आकर्षक गन्तब्य इजरायल पुन खुल्यो
काठमाडौँ , २१ श्राबन - बैदेसिक रोजगारीको आकर्षक गन्तब्य बिशेस गरि महिला कामदार जाने मुलुक इजरायल बिगत ५ बर्ष देखि म्यानपावर व्यवसायीहरुले एउटै कामदारबाट १० लाखसम्म उठाएपछि इजरायली सरकारले नै रोकलगाएको गन्तव्य श्रम तथा रोजगार मन्त्रालयको लामो पहलपछि इजरायली सरकार नेपाली महिला कामदार लैजान सहमत भएको हो।महिला कामदार इजरायल लैजाने सम्बन्धमा भोलि शुक्रबार सम्झौता हुँदैछ । श्रम
तथा रोजगार मन्त्रालयमा दुई देशका अधिकारीबीच कामदार लैजाने विषयमा
हस्ताक्षर हुँदैछ।
श्रमराज्यमन्त्री टेकबहादुर गुरुङका अनुसार पाइलट प्राजेक्टका रुपमा पहिलो लटमा ६० जना महिला कामदार पठाउनेछन् र त्यसपछि आएको फिड ब्याक अनुसार कामदार पठाउने कि नपठाउने भन्ने निर्णय लिने बताए।'
५ वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल सरकारले महिला कामदार लैजाने भएको छ। श्रम तथा रोजगार मन्त्रालयको लामो पहलपछि इजरायली सरकार नेपाली महिला कामदार लैजान सहमत भएको हो। महिला कामदार इजरायल लैजाने सम्बन्धमा भोलि शुक्रबार सम्झौता हुँदैछ । श्रम तथा रोजगार मन्त्रालयमा दुई देशका अधिकारीबीच कामदार लैजाने विषयमा हस्ताक्षर हुँदैछ।
'पाइलट प्राजेक्टका रुपमा हामीले महिला कामदार इजरायल पठाउन लागेका छौं', श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले सेतोपाटीसँग भने 'पहिलो लटमा ६० जना महिला कामदार पठाउँदैछौं। उनले त्यसपछि आएको फिड ब्याक अनुसार कामदार पठाउने कि नपठाउने भन्ने निर्णय लिने बताए।' मन्त्री गुरुङले भने 'अव न्युनतम ६० देखि ६५ हजार तितेर नेपाली महिला त्यता जान सक्छन् ।' महिला कामदारले एक महिनाको १ लाख देखि १ लाख २५ हजार कमाउन सक्ने गरी सम्झौता गर्न लागेको उनले बताए।इजरायलमा पुरुषभन्दा महिला कामदारको माग बढी रहेको उनले सुनाए।भबिस्यमा महिला मात्र होइन पुरुष कामदारपनि इजरायल जान्छन् तर पुरुषका माग एकदम कम आउने भएकाले हाउस गिभरमा महिलालाई त्यता पठाउने विषयमा मन्त्रालयले पहल गरेको हो' उनले भने । एकताका इजरायलमा ८ हजार नेपाली महिला कामदार थिए । अहिले भने २ देखि ३ हजारको बीचमा नेपाली महिला कामदार इजरायलमा छन् । श्रोत :सेतोपाटी

Wednesday, August 5, 2015
गर्भवती अबस्थामा महिलाहरुले ख्याल गर्नुपर्ने कुराहरु
एउटी आमाका लागि गर्भवती हुनुजस्तो सुन्दर कुरा अरु के हुन सक्छ । एउटा नयाँ जीवनलाई यो धर्तिमा अवतरण गराउने प्रक्रिया मात्रै होइन, स्वस्थ र सुन्दर सन्तान जन्माउने पूर्वतयारी पनि हो । गर्भावस्था महिलाको धेरै देखभाल गर्ने समय मात्रै होइन, नयाँ सन्तानको देखभाल पनि गर्नु हो । किनभने गर्भवती महिलामा हुने स्वास्थ्यको गडबडीको असर सिधै गर्भमा रहेको सन्तानमा पर्छ ।
१) फोलिक एसिडको पर्याप्त मात्रा लिन जरुरी छ । हरियो सागसब्जिमा यो पाइन्छ । फोलिक एसिडले बच्चाको जन्मसँग जोडिएको संकटबाट जोगाउन सघाउँछ ।
२) फलफूल खानु त असाध्यै जरुरी छ । तर, कुनै पनि फलफूल खानुअघि त्यसको सरसफाइमा भने ध्यान दिनुहोस् ।
३) यो समयमा अण्डा, चिकेन र माछा खान फायदाजनक हुन्छ । तर, पकाउन भने राम्रैसँग पकाउनुपर्छ ।
४) प्रोटिनयुक्त खाना धेरै भन्दा धेरै खानुपर्छ । प्रोटिनले बच्चाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
५) आफ्नो खानपानको ख्याल राख्नुका साथै डाक्टरको सल्लाह र लगाउनुपर्ने भ्याक्सिनलाई कहिल्यै नछुटाउनुहोस् ।
६) जंकफुड खाने बानी छ भने आजै छाड्नुहोस् । यसमा उच्च फ्याट हुन्छ । जसका कारण कोलोस्ट्रोल बढ्ने खतरा हुन्छ ।
७) गर्भावस्थामा सम्पूर्ण तत्व मिसिएको सन्तुलित आहार जरुरी छ । खाना कत्तिको सन्तुलित आहारयुक्त छ बिचार गर्नुहोस् ।
८) नियमित हल्का एक्सरसाइज गर्नुहोस् ।

स्मार्टकार्ड सवारी चालक लाइसेन्स दशैँ तिहारपछि वितरण गर्ने
काठमाडौं , २० श्राबन – यातायात व्यवस्था विभागले आउँदो दशैँ तिहारपछि कागजी लाइसेन्सको ठाउँमा स्मार्टकार्ड सवारी चालक लाइसेन्स वितरण गर्ने भएको छ। सो प्रयोजनका लागि ३ वटा अत्याधुनिक मेसिन नेपाल भित्र्याइसकिएको छ। पाँच वटा अाउने प्रक्रियामा छन्।
छपाइको संयन्त्र नेपालमै स्थापना गर्ने ठेक्का पाएको भारतको मद्रास सेक्युरिटी प्रिन्टिङ प्रेसले ३ वटा प्रिन्टिङ मेसिन नेपाल भित्र्याइसकेको हो।
'३ वटा मेसिन नेपाल अाइसके। अझ ५ वटा प्रिन्टिर ल्याउन बाँकी छ,' विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले नागरिकन्युजसँग भने, 'मंसिरदेखि लाइसेन्सको ठाउँमा स्मार्टकार्ड दिन सुरु गर्छौं।'
स्मार्टकार्डको चिप्समा जन्म मिति, नागरिकता÷राहदानी नम्बर, रक्त समूह, स्थायी ठेगाना, पिताको नाम, लाइसेन्स जारी र खारेज हुने मिति उल्लेख हुनेछ। कुन सवारीका लागि अनुमती पाएको सो पनि कार्डमै उल्लेख हुनेछ। कार्ड रिडरको सहायताले मात्र स्मार्ट लाइसेन्स जाँच गर्न सकिनेछ।
महानिर्देशक बुर्लाकोटीका अनुसार वैशाखबाटै चालक अनुमति पत्रका रुपमा स्मार्ट कार्ड वितरण गर्ने योजना थियो। भूकम्पका कारण कार्ड वितरणमा ढिलो भएको उनले बताए। 'वैशाखबाटै वितरण गर्ने भनेका थियौं। भूकम्पले गर्दा कार्ड वितरणको प्रक्रिया लम्बियो', उनले भने।
नयाँलाई स्मार्टकार्ड वितरण सुरु गरेपछि विभागले पुरानालाई पनि विस्तारै स्माटकार्डमा प्रतिस्थापन गर्दै लाने योजना बनाएको छ। सबैखाले सवारी साधनका लागि देशभर करिब २३ लाख चालक अनुमति पत्र वितरण भएका छन्।
'पुरानो अनुमति पत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने काम एक आर्थिक वर्षमा सकिँदैन,' उनले भने, 'रुपान्तरणको काम सक्न करिब ८ अर्ब रुपैयाँ खर्चिनु पर्ने देखिन्छ। त्यसैले हरेक आर्थिक वर्षमा यसका लागि बजेटको विनियोजन गर्दै लगेर केही वर्षभित्र रुपान्तरणको काम सक्नुपर्ने हुन्छ।'
चालक अनुमतिपत्र स्मार्ट कार्डमा वितरण गर्नुअघि प्रयोगकर्ता र नियामकलाई तालिम दिनु आवश्यक हुनेछ। वितरण गर्नुअघि विभागले प्रयोग गर्ने तरिका तथा विधिबारे चालक, ट्राफिक प्रहरी र यातायात व्यवस्था कर्मचारीलाई तालिम दिने योजना बनाएको छ।
दैनिक १२ घण्टा सञ्चालन गर्दा एउटा प्रिन्टरले ६ सय कार्ड छाप्न सक्छ। यस हिसाबले दैनिक ४ हजार ८ सय कार्ड छपाइको काम गर्न सकिन्छ । भारतीय कम्पनीले कार्ड छपाईको संयन्त्र नेपालमा स्थापना मात्र गरिदने र कार्डमा चालकको विवरण राखेर छाप्ने काम नेपालकै प्राविधिकहरुले गर्ने उनले बताए।
कार्ड छपाइको संन्त्रय स्थापनाका लागि एसियाली विकास बैंक(एडिबी)को सूचना तथा सञ्चार प्रविधि(आइसिटी)अन्तर्गतको कार्यक्रमबाट प्राप्त २३ लाख अमेरिकी डलर अनुदानबाट नै कार्ड छपाईको संयन्त्र स्थापनाको काम भइरहेको महानिर्देशक बुर्लाकोटीले बताए।साभार : नागरिक दैनिक

म्यानमारका बाढी प्रभावित लाई चीनले सहयोग गर्ने
२० साउन , कलाय (म्यानमार) - म्यानमारमा हालै आएको बाढी प्रभावित क्षेत्रमा मानवीय सहयोगको लागि चीन तयार रहेको म्यानमारका लागि चीनका राजदूत होङ्ग लिआङ्गले बताउनुभयो । राजदूत लिआङ्गल मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिनुभएको बताइएको छ । कलाय सहरको सागैङ्ग क्षेत्रमा आयोजित एक कार्यक्रममा उहाँले सो कुराको जानकारी दिनुभएको हो । बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यको लागि डुङ्गाको बस्दोबस्त गर्नेलगायत बाढीबाट ध्वस्त विद्यालयको पुननिमार्णमा समेत सहयोग गर्ने लियाङ्गले बताउनुभएको छ । सोही दिन कलाय सहरको सागैङ्ग क्षेत्रमा उद्धार मिसनकै क्रममा एक हजार ५४५ परिवारलाई चीनले पहिलो सहयोग गरेको पनि लियाङ्गले बताउनुभएको छ । दोस्रोचरणमा म्यानमारको पश्चिमी राज्य राखिनमा मङ्गलबार २० हजार परिवारलाई मानवीय सहयोगमा दिइने पनि लियाङ्गले बताउनुभएको छ ।
म्यानमारमा गत जुनबाट सुरु भएको मौसमी वर्षापछिको बाढीका कारण मारिने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ४७ पुगेको जनाइएको छ । साथै यस बाढीबाट दुई लाखभन्दा १० हजार भन्दाबढी व्यक्ति नराम्ररी प्रभावित भएका छन् । म्यानमारका विभिन्न क्षेत्रमा जारी रहेको भारी वर्षापछि बाढीको प्रकोप निकै बढेको छ । सो बाढीका कारण अरु पनि कयौँ नागरिक हराएका छन् । तीन दिनदेखि जारी वर्षा र त्यसपछिको बाढीले कयौँ नागरिक घरबार बिहीन भएका छन् । साथै सो वर्षाका कारण उद्वारको काममा पनि कठिनाई उत्पन्न भएको बताइएको छ । बाढीबाट हजारौँ घरबास बगाएको तथा यसले प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । हजारौँ व्यक्ति घरबार बिहीन भएका छन् । उनीहरुलाई सहयोगको प्रयास जारी रहेको बताइएको छ । म्यानमारमा बाढीबाट बर्सेनि ठूलो सङ्ख्याका नागरिक घरबारबिहीन हुने गरेका छन् । रासस/एएफपी

एस.एल.सी.को पुरक परीक्षा श्रबन २० देखि २८ सम्म
काठमाडौं, श्रावण २० - एसएलसीको पुरक परीक्षा आज बुधबारबाट सुरु भएको छ । २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थहरुले पुरक परीक्षामा सहभागी हुन पाउँदछ।
आज पहिले दिन अंग्रेजी विषयको परीक्षा भएको छ । परीक्षामा देशभरका २ सय २७ वटा केन्द्रमा गरि १ लाख २४ हजार २ सय ५१ जना सहभागी भएका छन् । परीक्षा श्रावण २७ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

२ रेल १० मिनेटको फरकमा एकै ठाउँमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु र २५ जना घाइते
२० श्राबन - भारतको मध्यप्रदेशस्थित हरदा जिल्लामा दुईवटा रेल १० मिनेटको फरकमा एकै ठाउँमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु र २५ जना घाइते भएको छ ।हालसम्म २५० जनाको उद्दार गरिसकेको छन्। घटना रातको ११:३० र ११:५० मा भएको थियो। कामायानी एक्सप्रेस र जनता एक्सप्रेसका केही डब्बा लिक बाहिर उछिट्टिदा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारले दुर्घटनामा मृत्यु हुनेको परिवारलाई २ लाखका , गम्भिर घाइते हुनेलाई ५० हजार र सामान्य घाइते हुनेलाई २५ हजार सहयोग रकम उपलब्ध गराउने भएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दु:ख व्यक्त गर्नु भएको छ । उहाँले एक विज्ञप्ति जारी गर्दै मृतकको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति सान्त्वना व्यक्त गर्नुभएको छ । रेलवे प्रबक्ता अनिल सक्सेनाका अनुसार रेलको लिकमा पानी जमेकाले रेलको लीग झोल्लिएर दुबै रेल दुर्घटना भएको हो । रेलमन्त्री सुरेश प्रभुले घटनाको छानवीनका लागि सेन्ट्रल जोन मुख्य कमिश्नरलाई जिम्मा दिएको छ । एजेन्सी

पहिरोले फेवाताल पुरिदै जाँदा अस्तित्व नै संकटमा
पोखरा, २० साउन - भीषण पहिरोले पर्यटकिय नगरी पोखराको मुख्य आर्कषण फेवाताल पुरिदै जाँदा ठुलो लगानी रहेको पर्यटन व्यवसाय जोखिममा पर्नसक्ने खतरा देखिएको छ।
जलाधारक्षेत्रका दर्जनौस्थानमा गएका पहिरोले बगाएका माटो, ढुंगा, रुख, झारपात, सिनोले पुरिएर तालको अस्तित्व नै संकटमा परेको हो। ताल नै नरहे मुख्य आर्कषण नहुने र व्यवसायमा ठुलो धक्का पुग्ने भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन।
भदौरेतामागी ५ घाँटीछनामा गएको पहिरोले वगाएका पदार्थहरुले ताल पुर्नुकासाथै धमिलो बनाएको छ। मुख्य पानीको स्रोत हपर्नखोला आसपासबाट आएको जलकुम्भिले ढाकिएर ताल कुरुप भएको छ। मानिसले नुहाउन, कपडा धुन प्रयोग गर्ने तालको पानी अहिले पुरै हिलाम्मे बनेको छ । जसले गर्दा गर्दा घुमफिरका लागि आउनेहरु पनि निकै घटेका छन।
कास्कीका प्रमुख उद्वववहादुर घिमिरले गत १३ गते रातिको भीषण पहिरोले फेवातालको अस्तित्व झनै संकटमा पारेको भू संरक्षण कार्यालय बताए। ’बर्षा याममा आएको बाढि पहिरोले पुरेर फेवातालको उतरी क्षेत्र मैदान बन्दै गईरहेको थियो,’ उनले भने ‘पानीको मुख्यस्रोत हर्पनखोलामाथि पछिल्लोपटक गएको पहिरोले ताल धेरै नै पुरेको छ। यस्तै हो भने ताल चाडै मैदान बन्नेछ।’
फेवाको जलाधार क्षेत्रहरु हपर्नखोला, भदौरेतामागी, कास्कीकोट, सराङकोट, पुम्दिभूम्दि लगायतका क्षेत्रमा ठाउँ ठाउँमा पहिरो गएर सिधै तालमा मिसाएको छ। बिज्ञहरुले यसपालिको पहिरोले दश बर्ष लाग्ने माटो एकैपटकमा बगाएर ताल पुरेको अनुमान गरेका छन।
ढिकुरपोखरीको ठुलाचौर सामुदायिक बनको २० हेक्टर बनसहित अन्य स्थानका दर्जनौ हेक्टर जमिन बगाएर तालमा पुर्याएको घिमिरेले बताए। अहिलेपनि ताल पुरै हिलाम्मे भएकोले माटो थ्रिगिन केहि समय लाग्ने जानकारी दिदै उनले त्यसपछि नापेर ताल कति पुरियो भन्न सकिने बताए। पछिल्लो पटक गएको पहिरोले ताल धेरै पुरेको छ। यस्तै हो भने ताल चाँडै मैदान बन्नेछ।
प्राकृतिक प्रकोपबाट ताल बचाउन फेवाताल र जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर जथाभावी मोटरबाटो खन्ने र भौतिक संरचना बनाउने काम तत्काल बन्द गर्नुपर्नेमा जोड दिए। ’तालको जलाधार क्षेत्रमा मोटरबाटो र अन्य भौतिक निर्माणका काम भईरहेकोले हरेक बर्ष बाढिपहिरो गएर तालमा मिसिने गरेको छ,’ उनले भने ‘जथाभावी हचुवाका भरमा बाटो र र अरु संरचना बनाउने काम तत्काल नरोके ताल चाडै मैदान बन्नेछ।’
सन् १९५७ को नापीमा २२ हजार रोपनी क्षेत्रफल रहेको फेवाताल बर्षेनी करिव डेढ लाख मेक्ट्रिकटन माटोले पुर्दै आएको छ। हरेक बर्ष प्राकृतिक र मानवीय दोहनले तालको बीच बीचमा ढिस्का र मैदान बन्दै गईरहेको छ । तालको उतर पश्चिम क्षेत्र पुरिदै गएकोले स्थानीयबासीले खेत बनाएर धान रोप्दै आएका छन।
फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्विबहादुर नेपालीले जीन्दगीमा पहिलोपटक यति ठुलो बाढि पहिरोले ताल पुरेको देखेको बताउँदै राज्यले तत्काल संरक्षणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। ’माटो, रुख, झारपात, सिनो थुप्रिएर ताल हराउँदै गएको छ,’ ७७ बर्षीय नेपालीले भने ‘यहि तालको पानी पिएर हामी हुर्किएका हौं।
पहिला ताल आँखाले हेरेर नभ्याईने कति ठुलो थियो। अहिले पुरिदै गएकोले मान्छेहरुले खेत बनाएका छन।’
उनले ताल कुरुप बनेकोले घुम्न आउनेहरु पनि घटेको बताउँदै पहिरो नरोक्ने हो भने चाडै ताल पुरिएर धेरैको व्यवसाय र रोजगारी गुम्ने भन्दै चिन्ता व्यक्त गरे।
खर्बको लगानी जोखिममा
तालको संरक्षण नगरे आसपासमा ठुलो लगानीमा खोलिएका पर्यटन व्यवसाय समेत संकटमा पर्ने देखिन्छ। घुमफिर गर्न आउनेहरु ताल किनारामा बसेर मन बहलाउने गरेकोले यस क्षेत्रमा करिव एक खरवको लगानीमा ठुला ठुला होटल, रेष्टुराँ र पर्यटकिय पसलहरु खोलिएका छन। तर प्राकृतिक र मानवीय अतिक्रमणले ताल संकटमा पर्दै गएकोले ठुलो लगानी जोखिममा परेको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाले बताए।
’फेवातालको जगमा नै पोखराको पर्यटनले शिखर चुमेको हो, ताल नै नरहे पर्यटनको कल्पनासम्म गर्न सकिदैन,’ उनले भने ’अहिलेको पहिरोले तालको अस्तित्व नै विगार्ने गरी समस्या थोपरेको छ। यसलाई तत्काल रोक्न राज्य र सरोकारवाला व्यवसायीको ध्यान जान जरुरी छ।’ उनले फेवाताल बचाउन वृहत योजना बनाएर काम शुरु गर्नुपर्नेमा जोड दिदै राज्यले तत्काल पहल गर्नुपर्ने बताए।
डम्पिङसाईड बनाईदै
पूर्वि र दक्षिणीक्षेत्रमा स्थानीय पर्यटन व्यवसायीले मलमुत्र, ढल र फोहोर फालेर अतिक्रमित गर्दै आएका छन। तालमा जथाभावि मिसाईएका ढल, नहर, खोलावाट आउने फोहोर र माटोले बर्षेनी ताल पुरिदै गएको छ।
होटल र बजारको ढल, सिंचाई नहर र खोलावाट आउने प्लाष्टिक, सिनो, माटो, दूषित पानी, मर्करी, जलकुम्भि लगायतका झारपातले तालको अस्तित्व संकटमा पारेको छ। पोखराको जौवारीदेखि वैदामसम्मको सेती नहर आसपासका शयौं घरहरुले सेफ्टी टंयाकी, जुठेल्नाको पानी नहरमा मिसाएकाले तालमा पुग्दछ।
दुई सय भन्दा बढि प्रजातीका बनस्पती, ४० प्रजातिका माछा, जलचर एवं पक्षिको आ श्रयस्थल तालमा चर्को प्रदूषणले धेरैजलचर र वनस्पति हराईसकेका छन। सन् १९५७ को नापीमा तालको क्षेत्रफल २२ हजार रोपनी भएपनि सन् २००० को अध्ययनले ९ हजार ९ सय ५५ रोपनीमा साँघुरिएको देखाएको भूसंरक्षण कार्यालयले जनाएको छ।
पहिला १८ मिटरसम्म गहिरो ताल अहिले क्रमशः पुरिदै गएको छ। प्रति बर्ष फेवातालमा एक लाख ४२ हजार मेट्रिक टन माटो र गेग्रयान थुप्रिदै आएको अध्ययनले देखाएको छ।
दाम र नाम कमाउने माध्यम
माछापुच्छ्रे र अन्नपूर्ण हिम श्रृंखला मुस्कुराउने फेवाताल पोखरामा कतिपयको लागि दाम र नाम कमाउने माध्यम भएको छ।ताल संरक्षणको नाममा देश र बिदेशबाट रकम ल्याउने र कुम्ल्याउनेहरु पनि उतिकै छन।
स्थानीय टोले संस्थादेखि अन्तराष्ट्रियस्तरका कतिपय गैह् सरकारी संस्थाले ताल बचाउको नाममा बजेट ल्याएपनि कुनै पारदर्शीता छैन। तालका मुख्य समस्या के छन? , नियन्त्रणका लागि के गर्न जरुरी छ?’ भन्ने बारे साझा दृष्टिकोण नभएर आ-आफ्नै ढंगले खर्च गर्ने गरेका छन।
कतिपय व्यक्ति र संघसंस्थाले सामाजिक काम गरेको भन्दै चर्चामा आउन जलकुम्भि र झारपात हटाए झै गरेका पनि पाईन्छ।फेवाताल पछिल्लो समय कमाई खाने भाँडो बन्दै गईरहेको पोखरा उपत्यका नगर विकास समितिका सदस्य सचिव सुरेन्द्रप्रसाद सिग्देलले बताए।
’ताल बचाउने भन्दै बिभिन्न एनजीओ र आईएनजीओ खोलेर मोटो रकम कुम्ल्याउनेहरु बड्दै गईरहेका छन,’ उनले भने ’कस्ले कहाँ कति खर्च गर्यो, कुनै पारदर्शीता र लेखाजोखा नभएकोले मनपरि भएको छ।’
उनले ताल बचाउन छुट्टै अधिकार सम्पन्न निकाय गठन गरेर योजनाबद्व ढंगले काम गर्नुपर्नेमा जोड दिए। ’विज्ञहरु लगाएर ताल संरक्षणको योजना बनाएर सबै रकम एकद्वार प्रणालिमार्फत खर्च गर्नुपर्दछ,’ उनले भने ’यसो गर्न सकेमा भ्रष्टाचार र अनियमितता गरेर कसैले रकम कुम्ल्याउन पाउने छैन।’
उनले बाढि र पहिरोले पुरेर ताल संकटमा पर्दै गएको बताउँदै जलाधार क्षेत्रहरुमा चेक ड्याम बनाएर माटोसहितका पदार्थहरु सिधै तालमा प्रवेश गर्न दिन नहुने भन्नुभएको छ।श्रोत : अन्नपूर्ण पोस्ट

दोलखा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भुकम्पको धक्का
२०श्राबन, काठमाडौं - आज बुधबार दिउँसो १ बजेर ५९ मिनेट जाँदा दोलखाको भिमेश्वर नगरपालिकास्थित अनरिनको राजमार्गलार्इ केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्पगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले
जनाएको छ।
यसअघि गत शनिबार सिन्धुपाल्चोकलार्इ केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का महुसस भएको थियो ।
जनाएको छ।
Subscribe to:
Posts (Atom)