Thursday, August 13, 2015

काठमाडौँको रामकोट आसपासलाई केन्द्रबिन्दु बनाएर आज राति ४ म्याग्निच्यूडको परकम्पन

0 comments
२८ श्राबन , काठमाडौं - बुधबार राती १ बजेर ४९ मिनेट जाँदा काठमाडौँको रामकोट आसपासलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। काठमाडौँ निकै हल्लिएको महसुस गरिएको थियो मानिसहरु प्राय बाहिर निस्किएको थियो।

   मंगलबार पनि बिहान १०:४२  मा पनि  काठमाडौँकै कालिमाटी केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्पको धक्का महुसस भएको थियो ।


Sagarmatha Samachar 2072-04-28

0 comments
२८ श्राबन २०७२ -बिहीबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार हेर्नुहोस।
१.सम्भिधानको परिमार्जनको बिधयक सम्भिधान सभाले मस्यौदा समितीलाई पठायो अन्तिम रुप दिन समितीलाई ५ दिनको समय।
२.सीमांकनको बिरोधमा प्रदर्शन चर्केपछि सुर्खेतमा दिनभर कर्फ्यू जाजर्कोट,दैलेख लगाएतका जिन्ल्ला बन्द
तराइको २२ जिन्ल्लाको बन्दले जनजीबन प्रभावित।
३.सिमांकन बारे नागरिकको माग सम्बोधन गर्ने प्रधानमंत्री कोइरालाको भनाई हिंसात्मक आन्दोलन नगर्न सम्बन्धित पक्षसंग आग्रह।
४.प्रदेश छुट्याउदा कमजोर बनेको सम्बाद समितिका सभापति भट्टराईको भनाई सबै कुरा एकै पटक खोज्दा प्राप्त उपलब्धी गुम्ने सचेत रहन सुझाव।
५.नाइजेरियाको बोर्नो राज्यमा भएको बिस्पोटमा ४७ जनाको मृतु र ५२ जना घाइते।
VIDEO

Blocked Foreign Employer Company by Department of Foreign Employment

0 comments
List of Foreign Employers Blocked for conducting foreign employment in Nepal by Department of Foreign Employment

UAE

1. Al Hamed Development Construction Company (UAE Dubai)

Malaysia

2. Konsortium Pasar Borong Sdn.Bhd. (Malaysia Kuala Lumpur)

3. Pine Jati coproration SB (Malaysia Kualalumpur)

4 Konsortium Pasar Borong SB. (Malaysia Kuala Lumpur)

5 Konsortium Pasar Borong SB. (Malaysia Jalan)

6 Maxlin Garments SB. (Malaysia Johor)

7 Konsortium Pasar Borong SB (Malaysia Jalan)

8 Pangilma Intan Cleaning Services SB (Malaysia Kaala Lumpur)

9 K.F.C. Holding (Malaysia Kaala Lumpur)

10 KFC Holdings (Malaysia) Bhd (Malaysia Kaala Lumpur)

11 Perdana Cleaning Services (Malaysia Johor)

12 AHM Consultancy & Security Services SB (Malaysia Subang Jaya, D.E.)

13 ARR & Azlan SB (Malaysia Kaala Lumpur)

14 C S Metal Industries (M) SB (Malaysia Selangor)

15 Carpet Raya Manufacturing SB (Malaysia Kuala Lumpur)

16 Choon Kee Woodworks SB (Malaysia Pusing Perak)

17 Farmpave (M) SB (Malaysia Selangor D.E.)

18 Guang Lei Furniture (Malaysia 02600 Arau, Perlis)

19 HLH Wood Industries SB (Malaysia Selangor)

20 Insamadu Tiling SB (Malaysia Selangor D.E)

21 Karya Legenda SB (Malaysia Sri Hartamas, 50480 KL)

22 Kenwin Engineering SB (Malaysia Medan Setia Dua, Plaza Damansara)

23 Kilang Papan Datuk Wan Ahmad SB (Malaysia 27620 Raub Pahang Darul Makmur)

24 Landasan Sempurna (Malaysia Negari Sembilan)

25 Langkapadu (M) SB (Malaysia Selangor)

26 M10 Builders SB (Malaysia Selangor)

27 Megamall Development SB (Malaysia Jalang Puchong, KL)

28 Nian Aik SB (Malaysia Johor)

29 Perni Agaan Liew (Malaysia Bentang Pahang)

30 Restaurant Raja Arit (Malaysia Subang Jaya)

31 RNE Consortium SB (Malaysia Ipoh, Perak)

32 S.G. Meda Polywood SB (Malaysia Bukit Kepong)

33 Selangor Cotton Towels Mfg. SB (Malaysia Selangor)

34 Siang Industry (Malaysia Jalan Kepong)

35 Target Profession Holding (M) SB (Malaysia Kelantang D.E.)

36 TSE Kleener Services (Malaysia Selangor)

37 Sovina Garments SB (Malaysia Malaysia)

38 Kok Heng Cleaning Service (Malaysia Malaysia)

39 Squire SB (Malaysia)

40 Manchu Wood Industries (Malaysia)

41 Legend Plan (Malaysia)

42 Khim Seng Furniture (Malaysia)

43 Formpave (M) SB (Malaysia)

44 DK Leather Seats Sdn.Bhd. (Malaysia 47100 Puchong, Selangor Darul Ehsan)

45 GLC Cleaning & Maintenance (Malaysia Penang, Selangor, Darul Ehsan)

46 Cansortium Pasar Barang, Kl (Malaysia Kl)

47 MELUR SAUJANA SDN.BHD (Malaysia Kuala Lumpur)

48 M-Io Building Sdn Bhd (Malaysia Selangor L)

49 M-IO Builders Sdn Bhd (Malaysia Selangor)

50 Aa Asia Setia Sdn Bhd (Malaysia KualaLumpur)

51 USAHATEK SDN BHD (Malaysia)

52 Erti Unggol Sdn Bhd (Black List) (Malaysia)

53 WEALTHRICH GLOBAL (M) SDN BHD (Malaysia SELANGOR)

Qatar

54 Qatar Arab Contractors Ltd. Co. (Qatar Doha)

55 Khalid Bin Fahd Trading & Contracting Co. (Qatar Doha)

Saudi Arabia

56 Saeed Hadi Al-Dossary Establishment for Contracting (Saudi Arabia Al Dawaser)

57 EASTERN HERITAGE G. CONTRACTING & G. CLEANING & PEST CONTROL (Saudi Arabia DAMMAM)
                                       souces:http://jobs.sajhasabal.com                   

Wednesday, August 12, 2015

Timro Kasam || Nepali Full HD Movie || Ft Subash Meche, Pujana Pradhan, Dinesh DC

0 comments
          २४ श्राबन २०७० मा रिलीज भएको नेपाली कथानक चलचित्र "तिम्रो कसम" हेर्नुहोला।
कलाकारहरु : सुबास मेचे,पुजना प्रधान,दिनेश डि.सी.र सुनिल थापा।
निर्देशक :दिनेश राज शर्मा
छायाकार :हरिनारायण चौधरी
संगीतकार :बिकाश चौधरी
निर्माता :आइते लामा ,दावाङ लामा
ब्यनर :ए.डी.मनोरंजन प्रा ली
सम्पादन :तरा थापा
नृत्य निर्देशक : दिपक श्रेष्ठ
लेखक : दिनेश राज शर्मा
सह-निर्माता - बिस्व थापा, शक्ति गुरुङ
निर्माण नियन्त्रक - बसन्त तामाङ, अर्जुन गुरुङ
प्रस्तुति : दीपक श्रेष्ठ
MOVIE

Nepali movie – Tathastu

0 comments
Nepali movie – Tathastu
Starring – Rekha Thapa, Kishor Khatiwoda, Subash Thapa, Bigyan Joshi, Siru Bista, Ramesh Adhikari, Bhabu Lamsal, Khusbu Khadka etc.
Director – Shabir Shrestha

The Nepali movie ‘Tathastu’ featuring actress Rekha with Kishor was highly publicized as a female centric movie. The movie by Kites entertainment was rated ‘U’ by the Censor Board of Nepal and was released on January 9, 2015. The movie was one of the commercial successes of the year 2071.

The movie features actress Khusbu Khadka in a special role. Guest artists in the movie include Uttam KC, Kishor Bhandari, Pasang T Sherpa, Krishna Bhakta Maharjan. Child artists in the film are Tej Shree and Shahil Maharjan. The music is composed by Basanta Sapkota, story is written and produced by the director Shabir Shrestha.
MOVIE

Sagarmatha Samachar 2072-04-27

0 comments
२७ श्राबन २०७२ -बुधबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार हेर्नुहोस।
१.प्रेदेशहरुको सिमांकन सच्याउने प्रमुख दलका शिर्ष नेताहरुको आस्वासन।  संभिधान निर्माणमा असर पर्ने भन्दै आन्दोलन रोक्न आग्रह।
२.सिमांकनको बिरोधमा आन्दोलनरत चर्किएपछि सुर्खेतमा लागाईएको कर्फ्यु हट्यो बर्दिया र जाजरकोट अनिश्चितकालिन बन्द जुम्लाको खलंगामा दिनभर तनाब।
३.भूकम्पका कारण धाँजा फाँटेको ठाउँमा पहिरो गएपछि काभ्रेका १ दर्जन बस्ती जोखिममा। काठमाडौँमा भूकम्पले जोखिममा पारेका घर भत्काउन ढिलाई
४.अफगाननिस्तानमा भैरहेको तालिबान आक्रमनलाई रोक्न पाकिस्तानलाई रास्ट्रपति घानिको आग्रह आफुहरुले सान्ती चाहेको प्रतिक्रिया।
५.फिफा चुनाब नजिकिदै जाँदा जोर्डन का राजकुमार हुसैन र ब्लाडर बिच आरोप प्रत्यारोप चुलियो चुनाब फेब्रवरीमा हुने।
ViDEO

Tuesday, August 11, 2015

बिरेनुनको प्रयोग बाट बिभिद रोगबाट मुक्ति पाउन सकिन्छ

0 comments
              पहिलेपहिले गाउँघरतिर घरका सानासाना केटाकेटीको पेट घोच्दा वा दुख्दा घरकी हजुरआमा तथा हजुरबाले आफ्ना नानीहरुलाई बिरेनुन चुस्न दिने गर्दथे । अपचका कारण केटाकेटीलाई झाडापखाला लागेमा पनि बिरेनुन सहितको पानी बनाएर औषधीका रुपमा दिने गर्थे । तर यो घरेलु ओखतीको ठाउँ आजभोली आधुनिक औषधीले दिइसकेको भएता पनि बैज्ञानिकहरुले बिरेनुनमा दर्जनौ रोगहरुबिरुद्ध लड्नसक्ने क्षमता रहेको औंल्याएका छन् ।

अनुसन्धानले के देखाएको छ भने बिभिन्न थरिका रोग निको पार्न बिरेनुन संसारमा सबैभन्दा उत्तम नुन साबित भएको छ । प्राचिन काल देखिनै मानव सभ्यतामा बिरेनुनलाई अति मूल्यवान मानिदै आइएको छ । त्यसैलाई आधार मानेर हुनसक्छ कतिपय खानेकुरामा यो नुनको प्रयोग आजभोली पनि गर्ने गरिन्छ । त्यसो त बिरेनुनको स्वादका कारणले पनि हुनुपर्छ यसका पारखीहरु धेरै छन् । जस्तै चनाचटपटी, पानीपुरी, समोसाको अचार लगायतका चटपटे स्वादका खानेकुरामा यसको मीश्रणकै कारण मानिसहरुको मन लोभ्याउन बिरेनुन सफल भएको हो ।

बैज्ञानिकहरुका अनुसार साधारण नुन भन्दा फरक बिरेनुन सजिलै शरीरमा घोलिने तथा यसमा पोटासियम र सोडियमको मात्रा पनि नहुने भएकोले यो सेवन गर्नाले उच्च रक्तचाप जस्ता लाग्दो रोगमा समेत यसले केही फरक पार्दैन ।

बिरेनुन प्रयोग गर्नाले प्राप्तहुने फाइदाहरु:

१. यो सजिलै शरीरमा समायोजन हुनसक्ने भएकोले यसले डिहाइड्रेशनबाट बचाउँछ ।
२. शरीरमा पानीको मात्राको पुर्तिगर्नुका साथै शरीरमा स्फुर्ति ल्याउन भुमिका खेल्छ ।

३. रगतमा चिनीको मात्रा पुरागर्नुका साथै शरीरमा चिनीरोगको बिकास हुन दिदैन ।

४. यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

५. शरीरमा एसीड तथा फासफोरसको मात्रालाई सन्तुलनमा ल्याउँछ ।

६. नियमित रुपमा यो नुन प्रयोग गर्नाले छाला चाउरीन पाउँदैन । साथै छालामा दुख दिने खटिरा तथा डण्डीफोर आउन पाउँदैन ।

७.  स्वासप्रश्वास संबन्धी समस्याहुनेहरुका लागि यो बिरेनुनको प्रयोग अति लाभदायक हुन्छ ।

८. बढ्दो उमेरका केटाकेटीहरुका लागि यसले हड्डी बलियो बनाउन मद्धत पुर्याउँछ ।

९. टाउकोको कोषिकाहरुलाई पुनर्जिवित बनाउनुका साथै एकाग्रतामा सुधार ल्याउनुका साथै मीठो निन्द्रा निमत्याउँछ ।

१०. मांसपेशीलाई बलियो बनाउँछ ।

११. रक्तसंचारमा सुधार ल्याउँनुका साथै रगतलाई प्रदुशित हुनबाट जोगाउँछ ।

१२. यसले रगतलाई सफा पार्नुका साथै शरीरमा विषादी प्रवेश गर्न दिदैन ।

१३. यसले कलेजो तथा किडनीलाई बलियो बनाउँछ ।

१४. पिनास, घाँटीदुखेको तथा दम रोगमा यसको धुलो सुँघेमा रोग निदान हुन्छ ।

१५. शरीरको संपुर्ण शक्ति, मुड तथा सकारात्मक बिचारको बिकासमा यसको देन प्रशंसनिय छ ।

बिरेनुन सेवन गर्नाले कुनै पनि नकारात्मक असर शरीरमा देखा पर्दैन । यसले तपाईको पेट तथा किडनीमा पनि हानि पुर्याउँदैन ।

बिरेनुन पानीमा मिसाएर नुहाउँदा धेरै फाइदा मिल्छ:

एक लिटर पानीमा ३० ग्राम बिरेनुन मिसाउनुहोस् । मनतातो पानी भए अति राम्रो । यो नुनपानीले स्नानगर्दा सावुन तथा स्याम्पु भने प्रयोग नगर्नुहोस् । हुनत बिरेनुन प्रयोग गरेर बनाएको साबुन पनि पाइन्छ । बिरेनुन तथा बिरेनुनजडित साबुनले नुहाउँदा सुरुसुरुमा छालामा केही असहज महसुस हुनसक्छ तर यस्तो हुँदैमा चिन्ता लिनुपर्दैन । केही दिनपछि सहज हुँदै जान्छ ।

छालासंबद्ध समस्याहरुमा बिरेनुनको प्रयोग अति लाभदायक छ । जस्तै:

१. छालाजन्य बिभिन्न रोगहरु

२. सानातिना किरा तथा लामखुट्टेले टोकेको, घाउ तथा चोटपटक

३. छाला चिलाएको तथा एलर्जी

४. पाठेघर संबन्धी समस्याहरु

५. जोर्नीजन्य समस्या तथा शरीर सुनिएकोमा

६. अपरेशन पछिका घाउ निकोपार्न

यसका साथै डण्डीफोर तथा अनुहारको घाउ खटिरा निकोपार्न बिरेनुन अचुक मानन्छ:

डण्डिफोर लगायतका अनुहारको फोहर, दाग तथा खटिरा निदानका लागि बिरेनुन प्रयोग गर्न सकिन्छ । त्यसका लागि तीन लिटर मनतातो पानीमा १०० ग्राम बिरेनुन मिसाउनुहोस् । अनुहार सफागर्नुहोस् । यो प्रक्रिया नियमित रुपमा अपनाउनुहोस् ।

नाक तथा पिनासका लागि:

आधा लिटर पानीमा सानो चम्चाले एक चम्चा बिरेनुन को धुलो मिसाउनुहोस् । पानीमा बिरेनुनलाई थिग्रीन दिनुहोस् । अनि मीश्रणको माथील्लोभाग तथा पानीमात्र नाकले तान्नुहोस् ।

यसका बाहेक अन्य प्रयोजनका लागि पनि बिरेनुन प्रयोग गर्न सकिन्छ:

-  इलर्जी तथा फंगसका कारण पाइतालाको छालामा समस्या आएको खण्डमा बिरेनुन सहितको पानीमा खुट्टा चोप्लिनुहोस् ।

-  घाँटी दुखेकोमा बिरेनुन सहितको पानीले कुलकुल गर्नुहोस् । तर पानी चाँही ननिल्नुहो ।
VIDEO

Meri Bassai (Comedy Show) - August 11, 2015

0 comments
२६ श्राबन २०७२
नेपाल टेलिभिजन बाट प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै हेर्नुहोस।
meri-bassai-11-august-2015

A Heart Touching Nepali Earthquake Song

0 comments
शनिबार१२ बैशाख २०७२ को दिनमा गएको बिनाशकारी भुकम्पले हामी नेपालीको सारासंसार लुटेर लग्यो घर ढल्यो कति पुरिएर मरे कति घाइते भए यही कालो दिनको सम्झनामा गाईएको गीत हेरौ।
VIDEO

Kantipur Nepali News, 11 August 2015

0 comments
              २६ श्राबन , २०७२ मंगलबार ७ बजे बेलुकी कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
Video

Latest Hits Comedy Video Teej Song Solmarima Jane Ho by Basanti Sunuwar & MT Mahar HD

0 comments
      चर्चित नेपाली हाँस्य कलाकारहरु कुमार कट्टेल(जिग्री) , अर्जुन घिमेरे(पाँडे) , निरु खड्का(ठ्याँस कुमारी) दवारा अभिनित २०७२ श्राबन २६ मा प्रकाशित तीज लोक गीत ''सोलमारीमा गईन्छ टुच्छ लाईन्छ …. ''हेर्नुहोस।
गायक / गायिका :  बसन्ती सुनुवार / एम.टी.महर
अल्बम : सोलमारीमा जाने हो
लय : किरण बाबु पुन
शब्द : ज्ञानेन्द्र के. सी.
निर्देशन : कपिल लामा
अडियो / भिडियो :अम्बिका म्युजिक प्रा ली
VIDEO

स्याउ खाँदा हुने फाईदाहरु

0 comments


केही दिनअगाडिसम्म बजारमा २ सय ३० देखि २ सय ४० रुपैयाँमा कारोवार भइरहेको फुजी र झोले स्याउको मूल्यमा अहिले ८० देखि १ सय रुपैयाँसम्म गिरावट आएको छ। स्याउमा प्रशस्तै मात्रामा भिटामिन सी, क्याल्सियम, मिनरल्स, पोटासियम, फसफोरसजस्ता तत्वहरु पाइन्छ।

विभिन्न तत्वहरुले भरिपूर्ण स्याउ खाँदा स्वास्थ्यमा के के फाइदा छ त?

भिटामिन सी हुने हुँदा दाँत सेतो र स्वस्थ राख्न मद्दत गर्छ।

स्मरणशक्तिको सुरक्षा गर्छ। स्याउले सबै किसिमको क्यान्सर रोगको नियन्त्रण गर्न सहयोग गर्छ।

मधुमेह अर्थात चिनी रोग लाग्ने सम्भावना कम गर्छ। मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। बिहान उठ्नेवित्तिकै स्याउ खाँदा राम्रो हुने स्वास्थ्य विज्ञहरुको भनाई छ।

कोलेस्ट्रोल नियन्त्रण राख्न पनि स्याउ निकै उपयोगी मानिन्छ।

यसले मृगौलामा जम्न सक्ने पत्थरीको समस्याबाट पनि बचाउँछ।

स्याउले पाचन प्रणालीमा सहयोग गर्ने हुँदा कब्जियतको समस्याबाट पनि मुक्त गर्छ र पखालाको नियन्त्रण गर्छ।

अनावश्यक रुपमा तौल बढ्न नदिन पनि स्याउले मद्दत गर्दछ। 

कलेजो सफा राख्न सहयोग गर्छ। स्याउले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दछ।
स्याउको सिजन सुरु भएसँगै बजारमा स्याउको मूूल्य सस्तिएको छ। नेपालमै उत्पादित स्याउ पनि केही दिनमै बजारमा आउने बल्खु फलफूल थोक बजारका व्यवसायीहरु बताउँछन्।

ग्रिनकार्ड नेपाली बैंकर सर्वसाधारणको करोडौं ठगेर अमेरिकामा मस्ती गर्दै

0 comments
काठमाडौं – विदेशमा स्थायी बसोबास अनुमति लिएर सरकारी सेवामा कार्यरत कर्मचारहरु धमाधम राजीनामा दिन थालेका छन् । सरकारले बर्खास्तीको तयार गरेपछि निजामति तथा प्रहरीमा डिभी र पिआरधारीहरुको राजीनामाको लहर चलेको छ ।


सरकारी मात्र होइन, निजी क्षेत्रमा पनि डिभी , पिआर र ग्रिनकार्डमाथि प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता देखिएको छ । अमेरिकाको ग्रिनकार्ड भएकै आधारमा एक नेपाली बैंकर सर्वसाधारणको करोडौं ठगेर यतिबेला अमेरिकामा मस्ती गर्दै आइरहेका छन् । क्यापिटल मर्चेन्ट एण्ड बैंकिङका तत्कालीन सञ्चालक पवनजंग कार्की नेपालमा मोस्ट वान्टेड छन् । फाइनान्समा रहँदा व्यापक हिनामिना गरी उनले संस्थालाई नै संकटमा पारेका थिए । तर, पनि अमेरिकाको ग्रिनकार्ड भएकाले उनले सजाय भोग्नुपरेको छैन । अनुसन्धान सुरु भएलगत्तै उनी ठगेको पैसा लिएर अमेरिका भागेका थिए ।

अमेरिका यस्तो देश हो जहाँ स्रोत नखुलाईकन जति पनि पैसा लैजान पाइन्छ । तर, अमेरिकाबाट अन्य देशमा दश हजार डलर मात्र पठाउनुपर्यो भने पनि त्यसको अनुसन्धान हुन्छ । अमेरिकाको त्यही नीतिको फाइदा उठाएर कार्कीले ठगीको पैसाबाट अमेरिकामा डिपार्टमेन्ट स्टोर चलाउँदै आएका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ । श्रोत साभार रतोपाटी

जहाजको बाटोमा तगारो बनेको कोटेश्वर चोकको घर तिन महिनाभित्र भत्काउन निर्देशन

0 comments

काठमाडौं,साउन २५–ब्यवस्थापीका संसदको विकास समितीले जहाजको बाटोमा तगारो बनेको कोटेश्वर चोकमा निर्मित आठतले सिटी टावर सहितका घर तिन महिनाभित्र भत्काउन सरकारलाई निर्देशन दिएको छ । समितीको सोमवार बसेको बैठकले यस्तो निर्देशन दिएको हो।
त्यस्तै बैठकले विमानस्थलभित्रको व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न, २४सै घन्टा सरसफाइमा ध्यान दिन तथा आन्तरिक सजावट र सौन्दर्यमा अभिवृद्धि गरी नमुना विमानस्थल बनाउन गरी काम थाल्न पनी निर्देशन दिएको छ । त्रिभुवन विमानस्थलको स्तरोन्नति र गुणस्तर बारे चासो राख्दै समितीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सचिव लगायतका पदाधिकारी सँग छलफल गरेको थियो । बैठकमा अधिकांश सभासद्हरूले पर्यटकको पहिलो प्रभाव पर्ने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र गुणस्तर अभिवृद्धिलाई विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका थिए । सभासद्हरू रामचन्द्र पोखरेल, वैजनाथ चौधरी, रामकुमार भट्टराई, जनार्दन ढकाल, सीता गिरी ओली, तुलसा राना, आङ्टावा शेर्पालगायतले विमानस्थलको आन्तरिक व्यवस्थापनलाई सुधार गरी सेवालाई चुस्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । बैठकमा पर्यटन मन्त्री कृपाशुर शेर्पाले विमानस्थलको स्तारोन्नतितर्फ जमिनमुनिको पार्किङको काम ८० प्रतिशत सकिएको जानकारी दिँदै जमिनमुनि पार्किङ र माथि सरकारी कार्यालय राख्ने योजना रहेको जानकारी दिए । श्रोत साभार रतोपाटी

यु–१६ फुटबल च्याम्पियनसिप रतियोगितामा नेपालले माल्दिभ्सलाई ५–० गोलले हरायो

0 comments
काठमाडौं, श्रावण २५ । साफ यु–१६ फुटबल च्याम्पियनसिपको तेस्रो संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ ।
बंगलादेशको सिलेटमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । मध्यान्तरसम्म तीन गोल गरेको नेपालले मध्यान्तरपछि दुई गोल थपेको थियो ।

नेपाललाई जिताउने क्रममा पे्रजेन तामाङ र सुमन अर्यालले समान दुई गोल तथा लक्ष्मण परियारले एक गोल गरे । जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।
दक्षिण एसियाका ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपालको समूह ‘बी’मा माल्दिभ्ससँगै अफ्गानिस्तान रहेको छ । समूहको अन्तिम खेलमा नेपालले शुक्रबार अफगानिस्तनसँग खेल्नेछ । अर्को समूहमा आयोजक बंगलादेशसँगै भारत र श्रीलंका छन् ।

यसअघिका दुबै संस्करण काठमाडौंमा भएका थिए । नेपाल पहिलो संस्करणमा तेस्रो तथा दोस्रो संस्करणमा दोस्रो भएको थियो ।

पति विदेशमा, पत्नी अर्कैसँग, वैदेशिक रोजगारले गुम्यो सर्वस्व

0 comments

२६ साउन - घरजग्गा र सम्पत्तिसहित पत्नी अर्कैसँग हिँडेपछि वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपालगन्ज २४ का दानबहादुर शाही निकै तनावमा छन् । दु:ख, सुखमा साथ दिने पत्नीले धोका दिएपछि उनलाई ठूलो धक्का पुगेको हो । नेपालगन्ज उपमहानगरपालिकाभित्र पर्ने लाखौँ मूल्यको घर अरू कसैको भइसकेको रहेछ । हाल उनी छोरीसहित आफन्तको घरमा बस्न बाध्य छन् । अर्कैसँग श्रीमती लागेको खबर पाएपछि उनी अघिल्लो सातामात्रै मलेसियाबाट नेपालगन्ज फर्किएका हुन् ।

‘जसको खुसीका लागि पैसा कमाउन विदेश गएँ उसैले मेरो सर्वस्व लुट्यो । विदेशमा दु:ख गरी कमाएर पठाएको पैसा र घरजग्गा सबै लुटी’ न्यायका लागि प्रहरीमा दौडधुप गरिरहेका उनले भने, ‘घरमा राखेको ८ तोला सुनका गहना, आइफोन, ल्यापटप सबै लगिन् । छिमेकीसँग मेरो नाममा ७ लाख ऋण पनि लिएकी रहिछन् ।’ विदेश जानुअघि शाही नेपालगन्जको एक गैरसरकारी संस्थामा काम गर्थें । धेरै पैसा कमाउने आशामा ५ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएँ, श्रीमती रुक्माकुमारी र एक छोरीलाई घरमै छोडेर । तीन–तीन महिनामा उनले विदेशबाट पैसा पठाउँथे । ५ वर्षमा १५ लाख ५० हजार श्रीमतीलाई पठाएको उनले बताए ।

विश्वास गरेरै घरजग्गा श्रीमतीकै नाममा राखेका थिए । तर पति विदेश गएपछि रुक्माले उक्त घरजग्गा आफ्नो आमाको नाममा पास गरेर बैंकबाट लोन लिइएको छ । जुन जग्गा बैंकले पैसा तिर्न नसकेको भन्दै लिलामीमा राखेको छ । उनी बागेश्वरी २ खजुराका सोमनबहादुर पाण्डेसँग दोस्रो विवाह गरेर त्यही घरमा बस्दै आएकी थिइन् ।

‘श्रीमतीका बारेमा छिमेकीबाट टीकाटिप्पणी हुन थालेपछि आत्तिएर कसैलाई थाहै नदिई गत आइतबार घर फर्किए । घर पुग्दा नसोचेको दृश्य आफ्नै आँखा अगाडि देख्नुपर्‍यो । सोमनबहादुर र श्रीमती मेरै घरमा थिए । म पुगेको थाहा पाउने बित्तिकै दुवै जना भागे,’ दानबहादुरले भने,‘ ‘विदेशबाट जोडेको सम्पत्तिले घरमा सुखसँग जीवन बिताउँला भनेको उल्टो सबै वर्वाद भइसक्यो ।’

उनले सम्पत्ति फिर्ता पाउनका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उनीहरू भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘दानबहादुर विदेशमै रहेका बेला रुक्माकुमारीले श्रीमानले घरबाट निकाला गरेको भन्दै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी थिइन् । तर पति विदेशमा रहेकाले घरमै म्याद तामेल गराई मुद्दा फैसला गराएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका इन्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहराले भने, ‘वैदेशिक रोजगारले बलबहादुर सडकमा आएका छन् । फरार रहेका दुवै जनाको खोजी भइरहेको छ । न्याय दिलाउन प्रयास गर्छौं ।’ रुक्मासँग विवाह गर्ने पाण्डेको घरमा जेठी श्रीमती, दुई छोरी र एक छोरा छन् । रुक्मासँग विवाह दर्ता गराएको थाह पाएपछि जेठी श्रीमती बहुविवाह दर्ता गराउन प्रहरी कार्यालय आएकी छन् । कान्तिपुर दैनिकमा खबर छ ।

आज बिहान काठमाडौँलाई केन्द्रबिन्दु बनाएर भुकम्प गयो

0 comments
२६ श्राबन , काठमाडौं - आज मंगलबार बिहान १० बजेर ४२ मिनेट जाँदा काठमाडौँको कालिमाटीलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। काठमाडौँ निकै हल्लिएको महसुस गरिएको छ मानिसहरु प्राय बाहिर निस्किएको थियो।

   हिजो बिहान  ४ :१५ मा पनि  गोरखा केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्पको धक्का महुसस भएको थियो ।

Nepali Comedy Video JURELI Episode 2

0 comments
 नेपाली हाँस्य टेली फिल्म जुरेली भाग २ भिडियो सहित हेर्नुहोला। क्लिक्क गर्नुस भिडियो खोल्नेछ।
Jureli
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samchar 2072-04-26

0 comments
२६ श्राबन २०७२ -मंगलबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार हेर्नुहोस।
१.महोत्तरी र प्युठानमा भएको बस दुर्घटनामा मृतु हुनेको संख्या १८ पुग्यो। ७० जना घाइते।
२.सुर्खेतमा सिमंकनको बिसयमा भएको आन्दोलनमा ३ जनाको मृतु कर्फ्युको बेवास्ता गर्दै प्रदर्शन।
३.सिमांकनको बिसयमा असन्तुस्टी  हुनेहरुलाई संयम हुन्  दहालको आग्रह सिमांकनकोखाका सच्याउन सकिने।
४.भारतको बैद्यनाथ ज्योतिर्लिंगा मन्दिरमा भएको भाग दौडमा १६ जनाको मृतु ५० जना भन्दा बढी घाइते।
५.तेस्रो साफ अन्डर १६ साफ प्रतियोगिता अन्तर्गत नेपालको विजय शुरुवात माल्दिव्सलाई ५ - ० गोलको अन्तरले पराजीत।
Video

Nepali Comedy Drama Wah Bhudi वाह बुढी

0 comments
चर्चित हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढो ), सीता राम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली), सुरबिर पंडित (दारी बुडो) अभिनीत कार्यक्रम "! वाह बुढी"हेरी मनोरंजन लिनुहोस्।
Video

अफगानिस्तानमा आत्मघाती कारबम विस्फोटमा ५ व्यक्तिको मृत्यु १६ घाइते

0 comments
२५ साउन काबुल -  अफगानिस्तानको राजधानी नजिकै विमानस्थलमा सोमबार भएको एक आत्मघाती कारबम विस्फोटमा ५ व्यक्तिको मृत्यु भएको समाचार छ । यस विस्फोटमा परी अन्य १६ जना घाइते भएका एक अधिकारीले जनाएका थिए । मृतु हुनेमा ४ सर्बसाधारण र १ सीमाना प्रहरी अधिकारी छन् । स्थानीय समयानुसार करिब १२ बजे मध्याह्नमा काबुल विमानस्थलको प्रमुख प्रवेशद्वार नजिकै सो विस्फेटन भएको जनाएइएको छ । प्रारम्भिक समाचारमा यस विस्फोटनमा पाँचको मृत्यु हुनुको साथै अन्य १६ घाइते भएको जनाइ एतापनि हताहतको सङ्ख्या बढ्नसक्ने सार्वजनिक अस्पतालका प्रवक्ता अजिज कावोसीले सिन्ह्वा समाचार समितिलाई जनाउनुभएको छ । यस विस्फोटनपछि नियमित उडान समेत कम्तीमा चार या पाँचघण्टा ढिला भएको जनाइएको छ । विस्फेटन परिसरमा कयौँं सवारीसाधन ध्वस्त हुनुको साथै वरिपरी रहेका भवनहरु क्षतिग्रस्त भएको जनाइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहलेृ जिम्मा लिएको छैन । गत शुक्रबार पनि अफगानिस्तानको राजधानी काबुलको भएको एक आक्रमणमा कम्तीमा ५१ व्यक्तिको मृत्यु भएको थियो । अफगानिस्तानमा तालिवान नेता मुल्लाह ओमारको मृत्यु भएको घोषणा भएपछि तालिवान आतङ्ककारीद्वारा गरेका आक्रमणहरु परी सयौँ व्यक्ति हताहत भएका छन् ।

प्युठानमा भएको बस दुर्घटनामा मर्नेको संख्या १० र २४ घाइते

0 comments
२५ श्राबन २०७२ - सदरमुकाम नजिकै आज अपरान्ह भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।घटनास्थलमै छ र उपचारका लागि लैजाँदै गर्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । एकजनाको शव च्यापिएकाको अवस्थामा बसभित्रै रहे पनि निकाल्न सकिएको छैन ।

मृतकमध्ये प्युठान नगरपालिका–१४ की माया केसी र नगरपालिका–२ का सञ्जय सुनार, तोरवाङ गाविसका नरेन्द्र जिसी, कपिलवस्तुका लङ्कबहादुर रावत र दाङ गढवाकी सीता पण्डितको सनाखत भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा चार पुरुष र दुई महिलाको मृत्यु भएको प्रहरी जनाएको छ । घटनामा परी घाइते भएका २४ जनालाई उद्धार गरी स्वर्गद्वारी लाइफकेयर अस्पताल बाग्दुला र जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि लगिएको छ । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना ३ ख ८३८३ नंको यात्रुबाहक बस सारीवाङको घुम्तीबाट खोलामा खसेर दुर्घटना भएको थियो ।




Jire Khursani, 10 August 2015

0 comments
२५ श्राबन २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस। क्लिक गर्नुस भिडियो खोल्नेछ।
jire khurshani

Monday, August 10, 2015

डिभी,पिआर बोकेका कर्मचारीहरुले राजीनामा दिन थाले

0 comments
काठमाडौँ २५ साउन । विदेशको स्थायी अनुमतिपत्र (पिआर), डाइभर्सिटी भिसा (डिभी) लिनेलाई बर्खास्तसम्म गर्ने कानुन कार्यान्वयनमा आएपछि कर्मचारीले राजीनामा दिन थालेका छन् । सचिव, सहसचिवदेखि तल्लो तहका कर्मचारीसम्मले राजीनामा दिएका छन् । बोकेका

कर्मचारीले घरायसी तथा स्वास्थ्य लगायतको कारण देखाउँदै राजीनामा दिएका हुन् । तर, सामान्य प्रशासन मन्त्रालयले पिआर तथा डिभी लिएका कर्मचारीले धमाधम राजीनामा दिन थालेको जनाएको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार राजीनामा दिनेहरुको सूची बढ्दै गएको छ । अर्थ मन्त्रालयका राजस्व सचिव नवराज भण्डारीले केही दिनअघि राजीनामा दिएका छन् ।

भण्डारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएर अमेरिका गएको स्रोतले बताएको छ । उनी २० माघ ०७१ मा सचिवमा बढुवा भएका थिए । उनको पदावधि अझै साढे चार वर्ष बाँकी थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भण्डारीसँग अमेरिकाको पिआर रहेकाले राजीनामा दिएको जनाएको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि भण्डारीले राजीनामा दिएको सुनेको, तर औपचारिक जानकारी नआइसकेको बताए ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिव भण्डारीको राजीनामा स्वीकृत गर्नेछ । सूचना आयोगका सचिव लक्ष्मण मैनालीले भने आफ्नो श्रीमतीसँग अमेरिकाको पिआर रहे पनि आफूसँग नरहेको जानकारी गराएका छन् । उनीमाथि थप छानबिन हुनसक्ने सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ । पिआर भएकै कारण राजीनामा दिनेमा सहरी विकास मन्त्रालयका सहसचिव महेन्द्र सुब्बा रहेको सामान्य मन्त्रालय स्रोतले बतायो ।

सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव गोपाल कटुवाल क्षेत्रीले पनि राजीनामा दिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार हाल पेन्सन पाकिसकेका, डिभी–पिआर भएका केही कर्मचारीले स्वास्थ्य तथा घरायसी कारण उल्लेख गरेर धमाधम राजीनामा दिइरहेका छन् । नयापत्रिका

Sajha Sawal Episode 404 Issues of Dalits

0 comments
             नेपालमा वर्षौंदेखि रहेको जातीय विभेद र छुवाछुतको अन्त्य कहिले र कसरी गर्न सकिएला? नेपाली काँग्रेसका नेता प्रदीप गिरी, एमाओवादीका विश्वभक्त दुलाल 'आहुती' र अभिनेता राजेश हमालसँग सप्तरीमा गरिएको बहस । कान्तिपुर टि.भी.बाट २४ श्राबन आइतबारका बेलुकी प्रशारित भाग ४०४ हेर्नुहोस।
Video

Like us

 

Search

 
Enjoy the site