Monday, August 17, 2015

निर्मल तामाङले डि.आई.डी.५ भाग १६ ,श्राबन ३२ का दिन प्रस्तुत गरेको बेजोड प्रस्तुति

0 comments
३२ श्राबन २०७२ , आइतबारका दिन जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग १६ मा निर्मल तामाङले  नेपालमा भुकम्प जाँदा इंडियान आमीको एक बटालियन सबैभन्दा पहिलो आई पिडितहरुको उद्दार गर्ने सैनिकहरु प्रति समर्पित प्रस्तुतीका साथ प्रस्तुत गरेको छुट्टै बेजोड प्रस्तुतिका साथ पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
dance-india-dance-season-5


Sunday, August 16, 2015

माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दले देशभरको जनजीवन प्रभावित

0 comments
३१ , साउन काठमाडौँ - सीमांकनको विरोधमा वैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ। राजधानीका सडकमा केही निजी सवारीसाधन चलेपनि सार्वजनिक यातायात चलेका छैनन्। सडकमा बन्दकर्ताहरु भने देखिएका छैनन्। सम्भावित घटना हुन नदिन प्रत्येक चोकमा प्रहरी तैनाथ छन्।

पत्रकार ऋषि धमलामाथि आक्रमण भएको छ। नेपालवाणीमा कार्यक्रम सकेर भृकुटिमण्डपस्थित कार्यालय गइरहेका बेला उनी चढेको कारमाथि आक्रमण भएको हो। आक्रमण हुनेवितिकै उनी ओर्लिएका थिए। आफूमाथि आक्रमण भएको भन्दै संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई गुहार्दा उल्टै थर्काइ खाएको धमलाले बताए। श्रेष्ठले 'तपाइँ बन्दविरोधी हो' भन्दै थर्काएको धमलाले नागरिकन्युजलाई बताए। उनी चढेको बा५च ४७७८ कार बन्दकर्ताले तोडफोड गरेका छन्।
श्रोत साभार : नागरिक

साफ यु १६ फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल र भारत भिड्दै

0 comments
काठमाडौँ ३१ साउन - नेपाली किशोर टोलीले तेस्रो साफ च्याम्पियनसिप सोह्र वर्षमुनि (यु १६) फुटबल प्रतियोगिताको सेमिफाइनल भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दै मैदानमा उत्रने भएको छ ।

बङ्गलादेशको सिलहेटमा आज साँझ ६ बजे हुने दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतको सामना गर्दै मैदानमा उत्रने छ । तेस्रो पटक सेमिफाइनलमा पुगेको नेपालले अघिल्लो संस्करणको साफ च्याम्पियनसिपमा भारतसँग भोगेको हारको बदला लिने दाउमा रहेको छ । जारी प्रतियोगितामा समूह ‘बी’ मा परेको नेपाल शीर्ष ६ अङ्क जोड्दै समूहको विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई पाँच शून्य गोलअन्तरले पाखा लगाउँदै विजयी भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई एक शून्य गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै भारत भने समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको खेलमा भारत बङ्गलादेशसँग पराजित भएपछि नेपालसँगको भेट पक्का गरेको हो ।

त्यस्तै अघिल्लो संस्करणको फाइनल खेलमा नेपाल भारतसँग एक शून्य गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बनेको थियो । आज नै दिउँसो ३ बजे हुने पहिलो सेमिफाइनल खेलमा अफगानिस्तान र बङ्गलादेश आमने सामने हुनेछन् ।

नुवाकोट माओवादीका नेता राजेश्वर तामाङको अपहरणपछि हत्या

0 comments
काठमाण्डु, ३१ साउन- नुवाकोट उर्लेनीका एकीकृत माओवादीका गाउँ स्तरीय नेता राजेश्वर तामाङको अपहरणपछि हत्या भएको छ ।


उर्लेनी गाविस २ काल्चेतका २९ वर्षीय राजेशको शव काठमाण्डुको काभ्रेस्थलीस्थित भेडीगोठ जंगलमा फेला परेको हो ।

उनी एमाओवादी उर्लेनी गाउँ कमिटी सचिव थिए ।

तामाङ गत २१ साउनमा बालाजु बाइपासबाट अपहरणमा परेको एमाओवादी नुवाकोटका नेता रजमान तामाङ ले जानकारी दिए ।

उनका अनुसार शव शनिबार कुहिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

परिवारले जंगलमा भेटिएको शव राजेश्वरको भएको पुष्टि गरेका छन् । अपहरण र हत्याको कारण खुल्न सकेको छैन ।

तामाङ \को हत्या राजनीतिक कारणले भएको दाबी एमाओवादीले गरेको छ ।
श्रोत साभार :३० साउन KT.com मा प्रकाशित 

Dittha Saab, August 15

0 comments

डिटठा साब कमेड़ी टेली फिल्म सुक्रबार २९ श्राबन २०७२का दिन कान्तिपुर TV मा बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो हेर्नुहोस।
VIDEO

हाँस्य टेलि फिल्म हकका हक्की HAKKA HAKKI ३१ श्राबन

0 comments
३१ श्राबन ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की HAKKA HAKKI.
Hakka hakki

Sagarmatha Samachar 2072-04-31

0 comments
३१ श्राबन २०७२ -शनीबार बिहानको समाचार हेर्नुहोस।
सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO

Saturday, August 15, 2015

अन्डर १६ च्याम्पियनसिप फुटवलमा नेपालले अफगानिस्तानलाई १–० ले पराजित गरी सेमिफाईनल प्रवेश

0 comments

 नेपालले साफ अन्डर १६ च्याम्पियनसिप फुटवलको समुह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १–० ले पराजित गरेको छ । जितसंग नेपाल समुह विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ । बंगलादेशको सिलेटमा साउन २९ गते भएको खेलमा नेपाललाई विजयी गराउन दोस्रो हाफको तेस्रो मिनेटमै क्षितिज राजले निर्णायक गोल गरे ।

नेपालले समुह विजेता रुपमा सेमिफाईनलमा पर्सि आईतबार समुह ए को उपविजेता इन्डियासंग प्रतिस्र्धा गर्नेछ । अर्को समिफाईनलमा समुह ए को विजेता बंगलादेश र समुह विको उपविजेता अफगानिस्तान भिड्ने छन् ।

भुकम्पका कारण खुट्टा गुमाएका रसुवाको सेदार तामाङको कहानी

0 comments
३० श्राबन , रसुवा– वैशाख १२ गते भिरमा घाँस काट्दै थिए, हाकु–८, तिरुका लाक्पा सेदार तामाङ। छोराहरू पाँचवर्षे मिङमार र तीनवर्षे विमल पनि त्यहीँ थिए।
एक्कासि भुइँ हल्लिन थाल्यो। माथिबाट चट्टाने पहिरो ओइरियो।


सेदारलाई आफ्नो भन्दा पनि छोराहरूको चिन्ता भयो। पहिरोेले छोप्नुअगावै उनले छोराहरूलाई सुरक्षित स्थानतिर हुत्याइदिए। तर, आफू उम्कन सकेनन्।

'अहिले पनि कहाली लाग्छ,' उनले त्यो क्षण सम्भि्कए, 'फेरि पनि संसार देखांैला भन्ने आसै थिएन।'

खुला चौरमा धकेलिँदा छोराहरू सामान्य घाइते मात्र भए। सेदार भने कम्मरमुनि पूरै चट्टाने पहिरोले थिचिए। उनी गुहार माग्दै चिच्याए, छोराहरू बुबाको हालत देखेर रुवाबासी गर्न थाले। तर, तत्काल उद्धार गर्न कोही आएन। १५ मिनेटपछि के भयो, उनलाई कुनै होस रहेन।

होस आउँदा उनले आफूलाई अस्पतालको शऒ्ढयामा पाए। एकछिन त उनलाई विश्वासै लागेन। बिस्तारै चारैतिर आँखा घुमाए, उज्यालो देखे। जहान–परिवार देखे। आफूभित्रको श्वासप्रश्वास महसुस गरे। त्यत्रो विपत्तिबाट पनि जोगिएकोमा अहोभाग्य ठाने।

अब उनी विजयी मनोभावमा बिस्तारै शऒ्ढयाबाट उठ्न चाहे। हात टेकेर बल गरे, कम्मरमाथिको भाग उठ्यो। तर, खुट्टाले भर दिएन। ओढ्ने पल्टाएर हेरे, एउटा खुट्टै थिएन।

अब सेदारलाई शऒ्ढयाबाट उठ्नै मन लागेन। फेरि उसै गरी पल्टिए। आँखा चिम्म गरेर निकै बेर सोचिरहे। मुहार घरी आत्तिएझैं हुन्थ्यो, घरी सम्हालिएझैं। केही बेरमा डाक्टर आइपुगे।

उनले सोधे, 'डाक्टर सा'ब मेरो खुट्टा खोइ?'

'ढुंगाले नराम्ररी थिचेकाले तपाईंको खुट्टा काट्नैपर्ने बाध्यता भो, अन्तिमचोटि हेर्नुहुन्छ त आफ्नो खुट्टा?'

उनले हेर्न मानेनन्। बरु जीवन बचाइदिएकोमा डाक्टरलाई धन्यवाद दिए। डाक्टर उनलाई नआत्तिन ढाडस दिँदै बाहिर निस्के।

'तत्काल त छाँगाबाट खसेझैं भयो तर बिस्तारै आफूलाई सम्हालेँ,' सेदार भन्छन्, 'परिवार पाल्नुपर्ने मान्छे, बाँकी जीवन बैसाखीको भरमा घिस्याउनु सजिलो छैन।'

...

पहिरोले थिचिएर बेहोस भएको एक घन्टापछि उनलाई भाइ पेम्बाले घर ल्याए। लेकमा गाडी जाँदैनथ्यो। पहिरोले बाटो थुनिएको थियो। तत्काल अस्पताल पुर्याछउने उपाय भएन। 'गाउँभरि धाँजा फाटेर पहिरो गएको थियो, पैदल बाटो नै थुनिएको थियो,' पेम्बाले सम्भि्कए, 'अस्पताल लैजान सम्भव नभएपछि गाउँमै ब्यान्डेज बाँधेर राख्यौं, दाइ चिच्याउनुहुन्थ्यो, फेरि बेहोस भइहाल्नुहुन्थ्यो।' चार दिनसम्म बिनाउपचार गाउँमै राख्दा सेदारको घाउमा किरा पर्न थालेको थियो।

पत्नी सिर्जनाले आस मारिसकेकी थिइन्। 'मलाई अब बाँँच्लान् भन्ने नै थिएन,' उनले भनिन्। चार दिनपछि सेनाको हेलिकप्टर गाउँ पुगेपछि भने उनलाई आस जाग्यो। सेनाले सेदारलाई त्रिशूली अस्पताल पुर्यााइदियो।

'हामीले त सामान्य औषधिमूलोले नै दाइ ठिक हुने ठानेका थियौं तर चिकित्सकले देव्रेखुट्टा पूरै काम नलाग्ने भइसकेकाले काट्नैपर्ने बताए,' पेम्बा सम्झन्छन्, 'हाम्रा लागि उहाँको ज्यान जोगिनु नै ठूलो कुरा थियो।'

खुट्टा काटिएपछि सेदारलाई संसारै बिरानो लाग्न थालेको थियो। शरीरको घाउ त छँदैछ, मनको घाउ पनि बल्भि्कएर आउँथ्यो। भूकम्पले घर लगेको थियो। परिवार थातथलो छाडेर अस्थायी शिविर आइपुगेको थियो। यिनै कुराले धेरै दिन बिथोलिए उनी। तर, ज्यान जोखिममा पारेर जोगाएका दुई छोरालाई देख्न पाउँदा दुःख मलिन हुन्थ्यो। 'धन्न, छोराहरू बाँचेका रहेछन्, त्यत्रो विपत्तिपछि पनि परिवार देख्न पाएँ,' उनले भने, 'अब मन बुझाउँदैछु, हाँस्न सिक्दैछु।'

बैसाखीको भरमा जीवन गुजार्नु सजिलो छैन। त्यसमाथि पूरै परिवार उनैले धान्नु छ। अपांगता भएकालाई सरकारले सीपमूलक तालिम दिए परिवार पाल्न सजिलो हुने उनी बताउँछन्। 'अब ५ महिनामा खुट्टाको घाउ निको भएपछि नक्कली खुट्टा हाल्नुपर्ला,' उनले भने, 'सरकारले केही सहयोग गरिदेओस्, काम गर्ने जोसजाँगर घटेको छैन, आफ्नै मेहनतले छोराहरूको भविष्य सपार्छु।'

जिल्ला प्रहरी कार्यालयका अनुसार भूकम्पले अपांग बनेका व्यक्तिको संख्या जिल्लामा २५ पुगेको छ। यो संख्या विस्थापित भएर राजधानीको यल्लो गुम्बा पुगेका घाइतेको पनि रहेको प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए।

भूकम्पमा अपांगता हुनेहरूलाई परिचयपत्र र सामान्य राहतबाहेक सरकारले जीवनस्तर उकास्ने कार्यक्रम अघि सारेको छैन। प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल अपांगता भएकालाई पुनःस्थापना केन्द्रमा राख्ने र उपचार गर्ने कार्य मात्र भएको बताउँछन्। 'अपांगता भएकालाई तत्काल कुनै कार्यक्रम आएको छैन, सबैको अवस्था बुझेर बिस्तारै पहल थाल्छौं,' उनले भने। श्रोत : नागरिक

Sagarmatha Samachar 2072-04-30

0 comments
३० श्राबन २०७२ -शनीबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार हेर्नुहोस।

-  थारुहट र मधेस प्रदेशको माग गर्दै तराइका जिन्ल्ला बन्द सुर्खेतमा पनि राजनैतिक दलहरुबाट बन्दलाई निरन्तरता जान जिबन कस्टकर।
-  आन्दोलनका क्रममा भैरहेको उत्तेजनापूर्ण अभिब्यक्ती प्रति संशादहरुबाट सरकार र शिर्ष नेताहरु ध्यानाकर्षण संबाद खल्बलिन नदिन आग्रह।
-  ६प्रदेशको खाका परिबर्तन नहुने यमाले अदक्ष ओलिको जिकीर प्रदेशहरुको सिमांकन हेरफेर हुनसक्ने नेता नेपालको भनाई
-  गत बर्ष दिसेम्बरमा पाकिस्तान स्थित सैनिक बिध्यलायामा भएको हमलामा संलग्न रहेका ६ जनालाई मृतु दण्डको फैसला।
-  खेलकुद मंत्रालायबाट आर्थिक बर्ष २०७२/७३ को कार्य योजना प्रस्तुत भौतिक पुर्भाधर मुख्य प्राथमिकतामा।
VIDEO

Friday, August 14, 2015

Bhadragol, 14 August 2015 भद्रगोल २९ श्राबन २०७२

0 comments
२९ श्राबन २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल हेर्नुहोस। भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
ramsarmedia.com/bhadragol-14-august-2015
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

साफ यु–१६ फुटबल च्यािम्पयनसिप नेपाल र अफगानिस्तान खेल्दै

0 comments
काठमाडौं, श्रावण २९ -बंगलादेशको सिल्हेटमा जारी साफ यु–१६ फुटबल च्यािम्पयनसिपको दोस्रो खेलमा आज अपरान्ह ४:४५ मा नेपालले अफगानिस्तानको सामना गर्दैछ ।

नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको थियो । दोस्रो खेलमा माल्दिभ्स अफगानिस्तानसँग ४–२ ले पराजित भएपछि यो समूहबाट नेपाल र अफगानिस्ताान सेमिफाइनलमा पुगिसकेका छन् ।

यसपटक उपाधि जित्ने लक्ष्यका साथ बंगलादेश पुगेको नेपाली युवा टोलीको वास्तविक परीक्षा आज हुनेछ । प्रतियोगिताको अर्को समूहबाट श्रीलंका बाहिरिसकेको छ भने भारत र आयोजक बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् ।

कास्कीमा कांग्रेसको कार्यकर्ताले कांग्रेस कार्यकर्ताकै हत्या भिडियो सहित हेर्नुहोस

0 comments
पोखरा, २९ साउन । नेपाली काँग्रेस शेर बहादुर देउबा पक्ष कास्कीका सक्रिय कार्यकर्ता रामजी पौडेल ‘बादल’को गएराति करिब ९ बजेतिर लेखनाथ नगरपालिकाको वडा नं –१३ गगनगौडामा हत्या गरिएको छ ।
सो वडास्थित वुद्धिमान गुरुङको घरमा बैठक सकी घर फर्कने क्रममा बाटोमा बसेका सुशील कोइराला पक्षका राजु रानाभाट सहित तीनजना हतियारधारीले बादललाई पृथ्वी राजमार्गको गगनगौँडा चोकमा खुकुरी र चिरपट दाउराले हानी हत्या गरेका थिए ।

हतियारधारीको प्रहारबाट बादलको घटनास्थलमै मृत्यु भएको थियो । गगनगौडा निवासी ‘बादल’ करिब ५० वर्षको हुनुहुन्थ्यो ।

हत्याका एकजना अभियुक्तलाई पक्राउ गरिएको र अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएकोे छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । भिडियो हेर्न योclick लिंकमा गर्नुहोला।

Tito Satya, August 13 2015

0 comments
नेपाल टि.भी.बाट २०७२ श्राबन २८ गते बिहिबार बिलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला।
tito-satya-august-13-2015

दक्षिण कोरियामा अबैधानिक रुपमा काम गर्दै आएका ११ नेपाली पक्राउ

0 comments
सोल, श्रावण २९ - दक्षिण कोरियामा ११ जना नेपाली मजदूर पक्राउ परेका छन् । भिसा अवधि सकेर अबैधानिक रुपमा काम गर्दै आएका उनीहरुलाई बिभिन्न स्थानबाट प्रहरी र अध्यागमन विभागका कर्मचारीले पक्राउ गरेका हुन्  ।

बुधबार राती ख्यंगी प्रान्तको आनसान हाङजी अपार्ट नजिकै रहेको छजाङ छङइल नामक मोटर पार्ट बनाउने कम्पनीमा कार्यरत चार जना अबैधानिक नेपाली कामदारलाई प्रहरीले पक्राउ गरि अध्यागमन बिभागमा बुझाएको थियो ।

उनीहरु मध्ये दुई जना रोजगार अनुमति प्रणाली (ईपिएस)  मार्फत आएर भिसा अबधि सकिएका हुन् भने अन्य दुई जना डिपेन्डेन भिसामा कोरिया आएको त्यहा कार्यरत एक नेपालीले बताए ।

उक्त कम्पनीमा १ महिनाअघि कास्की लेखनाथ १२ का भवीश्वर गुरुङको सुतेकै अवस्थामा मृत्यु भएको थियो । गुरुङ पनि अबैधानिक थिए ।

त्यस्तै ख्यङसाङ प्रान्तको थेगु नजिकैबाट डाईकस्टिङ कम्पनीमा कार्यरत ७ जना नेपाली कामदार पक्राउ परेका छन । अध्यागमन बिभागको कर्मचारीले गत सोमबार दिउसो २ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये ३ महिला ४ पुरुष कामदार छन् । अध्यागमनका कर्मचारीले ५ जनालाई कम्पनीमा काम गरिरहेको अवस्थामा र २ जना राती काम गरेर सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

अर्को एक जनालाई पक्राउ गरे पनि कोरियन अनुहार भएकाले छोडेको नजिकै कम्पनीमा कार्यरत एक नेपालीले बताए । बाहिरबाट अरुले उजुर गरेपछि अध्यामगनका कर्मचारी आएर नेपाली कामदार पक्राउ परेको ती नेपालीले बताए ।

अवैधानिक बिदेशी कामदारलाई यसअघि अध्यागमनका कर्मचारीलेमात्र पक्राउ गर्दै आएकोमा पछिल्लो समय प्रहरीले समेत पक्राउ गर्ने गरेको छ ।

कोरियामा पछिल्लो समय भिसा अबधि सकेर अबैधानिक बस्ने नेपालीको संख्या बढ्दो छ । हालसम्म नेपाली अबैधानिक कामदारको संख्या एकिन तथ्यांक नभए पनि करिब २ हजार नेपाली युवा अबैधानिक रुपमा बसेको अनुमान गरिएको छ ।

चीनमा भएको बिस्फोटमा कम्तिमा पनि ५० जनाको मृत्यु

0 comments
२९ श्रबन - चीनको उत्तरी शहर टियानजिनमा आज भएको ठूलो बिस्फोटमा कम्तिमा पनि ५० जनाको मृत्यु भएको छ । घटनामा ७ सय २० घाइते भएका छन् । खतरनाक केमिकल रहेको गोदामा बिस्फोट भएपछि ठूलो आगलागि निम्तिएको थियो । मृतकको संख्या अझै बढ्ने अनुमान लगाइएको छ । मृत्यु हुनेमध्ये १२ जना आगो निभाउन गएका व्यक्ति छन् । बिस्फोटपछि ठूलो जनधनको क्षति भएको छ । घटनापछि बाँचेका थुप्रै कामदार आफ्नो घर फर्किएका छन् । घटनामा घाइते भएकामध्ये ६० जनाको अवस्था गम्भिर छ ।

सुनसरी बन्दको इटहरीका व्यवसायीले अवज्ञा गरे बजार तथा यातायात सबै सुचारु

0 comments
सुनसरी, श्रावण २९ - पूर्वी नेपालका ६ जिल्लालाई छुट्टै थारुहट राज्य माग गर्दै पूर्वी थरुहट संघर्ष समिति कोचिला राज्य समितिले आयोजना गरेको सुनसरी बन्दको इटहरीका व्यवसायीले अवज्ञा गरेका छन् ।

लगातारको बन्दले व्यापार व्यवसाय चौपट भएको भन्दै व्यवसायीले व्यवसाय खोलेका हुन् ।

थरुहट माग्दै सडक र बजार बन्द गराउँदै आएका थारुहट कार्यकर्तालाई प्रहरीले सडकबाट हटाएको थियो ।

बजार खुलेसँगै पूर्व पश्चिम जाने यातायातका साधन पनि सुचालु भएका छन् ।

Sagarmatha Samachar 2072-04-29

0 comments
२९ श्राबन २०७२ -शुक्रबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार हेर्नुहोस।

१. अखण्ड मध्यपचिमको माग गर्दै हिजो चौथो दिन पनि सुर्खेत बन्द। गोलि काण्डको दोषीलाई कारबाहीको माग र जगर्कोटमा पनि झडप २४ जना घाइते।
२.थरुहट र मधेस प्रदेशको माग गर्दै तराईका विभिन्न जिल्ला बन्द लिम्बुवानबाट पनि  पुर्बी नेपाल बन्द।
३.सम्भिधानको यकिकृत मस्यौदा लेखन कार्य थालियो अब कुनै पनि बहानामा सम्भिधान नरोकिने शिर्ष नेताहरुको भनाई। सम्भिधान ल्याएरै छाड्ने उदघोस।
४.रास्ट्रिय पुन निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा डाक्टर गोबिन्द पोख्रेललाई नियुक्ती गर्ने मन्त्रिपरिषदको निर्णय।
५.चीनको त्येयान जीनमा शक्तिशाली बिस्फोड़ ४४ जनाको मृतु। इराकीमा भएको बिस्फोडमा ९० जनाको ज्यान गएको छ।
VIDEO

Thursday, August 13, 2015

डा.नूतन शर्मालाई गर्भपतनको आशयले भ्रूणको लिंग परीक्षण गरेको भन्दै तीन महिनाका लागि निलम्बन

0 comments
२८ श्राबन - भ्रुण हत्या मानव हत्या हो । यसो गर्न सरकारले प्रतिबन्ध लगाएको छ । तर राजधानीकै एक नाम चलेको अस्पतालले वर्षौंदेखि अतिरिक्त कमाइका लागि काठमाडौ उपत्यका र बाहिरका समेत बच्चाको हत्या गर्दै आएको छ । यो हो राजधानीमा कहलिएको ललितपुरमा रहेको अल्का अस्पताल ।

त्यस अस्पतालमा कार्यरत महिला चिकित्सक नुतन शर्माले निकै पहिलेदेखि नै भ्रुणको हत्या गरेर अकुत कमाई गर्दै आएकी छन् । जावलाखेला रहेको यस अस्पतालमा अवैध रुपले गर्भपतन गराउनेको भीड नै लाग्ने गरेको छ ।

सो अस्पतालमै गैरकानूनी रुपले बच्चा हत्या गरिने उजुरी यसअघि पनि चर्चामा आउने गरेकै हो । सोही अस्पतालमा अवैध भ्रुणहत्या गरेको उजुरी सप्रमाण अख्तियारमा समेत केही अघि परेपछि एक महिला चिकित्सकलाई निलम्बन गरिएको थियो ।

अहिले फेरी सोही अस्पतालमा चिकित्सक नुतनले यस्तै धन्दा चलाएको तथ्य पाइएपछि उनलाई पेशागत काम गर्न नपाउने गरी नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले निलम्बन गरेको छ । अवैध गर्भपतन गराएको प्रमाण सहित आइतबार उनलाई सजायँ दिइएको हो ।

ग्गलत र अवैध काम गर्ने नुतनलाई तीन महिनाका लागि निलम्बन गरिएपनि यस्ता कार्यमा संलग्न अल्का अस्पताललाई भने काउन्सिलले कुनै सजायँ वा चेतावनी दिएको छैन । सोही अस्पताल, यसका श्रोत साधन, उपकरण प्रयोग गरी भ्रुणको लिंग पहिचान गरी हत्या गरेको अभियोगमा उनी निलम्बित हुँदा अस्पतालले उन्मुक्ति पाउनु आफैंमा विरोधाभास पूर्ण भएको एक चिकित्सक बताउँछन् ।

अहिलेसम्म अल्का र नुतनले हजारौं छोरीको हत्या गरी आधा अर्बभन्दा बढी कमाई गरिसकेका अल्काकै पूर्व डाक्टरले धमाकालाई बताए ।

काउन्सिलले अस्पताल र गर्भपतनमा संलग्न अन्य स्वास्थ्यकर्मीलाई पनि कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । विद्यमान कानूनी प्रावधान अनुसार लिंग पहिचान गरी गर्भपतन गर्न पाइदैन ।

काउन्सिलले चिकित्सकीय आरचासंहितालाई समेत ख्याल नगरेर कानुन विपरितको कार्य गरेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ । श्रोत साभार :ई.कान्तिपुर

साफ अन्डर १६मा नेपाल सेमिफाइनल प्रवेश

0 comments
काठमाडौं, श्रावण २८ -  नेपाल साफ अण्डर–सिक्सटिन फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशको सिल्हेटमा जारी प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा माल्दिभ्सलाई अफ्गानिस्तानले हराएपछि नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालले समुहको पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको थियो । बुधबार अफ्गानिस्तानसँग ४-२ ले पराजित भएपछि माल्दिभ्स भने समुह चरणबाटै बाहिरीएको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा भोलि अफ्गानिस्तानसँग खेल्नेछ ।

यो खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्नेछ । प्रतियोगिताको अर्को समुहबाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

भदौभित्र१६ मालपोत कार्यालयलाई अनलाइनमा स्मार्ट कार्डमा लालपुर्जा

0 comments
काठमाडौं २८ श्राबन – भूमिसुधार तथा व्यवस्था मन्त्रालयले यही भदौभित्र देशका विभिन्न १६ मालपोत कार्यालयलाई अनलाइन सेवा प्रणालीमा लाने तयारी अन्तिम चरणमा पु¥याको छ। अनलाइन प्रणाली सुरु भएपछि सर्वसाधारणले फाँट चाहारेर काम गराउनु पर्ने झन्झट समाप्त हुनेछ। दलालको सहयोग बिनै घरै बसीबसी रजिष्ट्रेसन पासका लागि आवेदन दिन सकिनेछ।
अनलाइन प्रवाहले सेवाग्राहीको अधिक चाप हुने मालपोत कार्यालयको कार्यसम्पादन सहज बनाइदिने, बिचौलियाको भूमिका समाप्त पार्ने, कार्यालय सञ्चालन खर्चमा कमी आउने र समयको बचत हुने भूमिसुधार तथा व्यवस्था मन्त्रालयको विश्वास छ।

'सेवाग्राहीको बढी चाप हुने कार्यालयलाई अनलाइन प्रणालीमा लाँदैछौं,' मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले नागरिकन्युजसँग भने, 'अनलाइन प्रणालीमा गएपछि सेवाग्राहीले आफ्नो घरैमा बसेर जग्गाको रजिष्ट्रेशन पासलगायतको सेवाका लागि आवेदन गर्न सक्छन्।'

अनलाइन सेवामा गएका मालपोत कार्यालयले सेवाग्रहीलाई विभिन्न फाँट चहारेर सेवा लिनुपर्ने झण्झटबाट मुक्त गरी एकीकृत रुपमा सेवा प्रदान गर्नेछन्।
                                                                                 अनलाइन हुन लागेका मालपोत कार्यालयहरु
मन्त्रालयले वैशाखबाट शुरु गरेर यसै आर्थिक वर्षमा ४० मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा लाने तयारी गरेको थियो। वैशाखमा गएको भूकम्पले कतिपय कार्यालयको भवन नै भत्काइदिएको र सरकारले पनि पर्याप्त बजेट विनियोजन नगरेपछि १६ वटा कार्यालयको सेवा मात्रै अनलाइनमा लान लागिएको हो।

'एसियाली विकास बैंक(एडिबी)को सहयोग सरकारको आफ्नै बजेटमा गरी कूल १६ कार्यालयलाई अनलाइनमा लाने तयारी अन्तिम चरणमा पुगेको छ,' मन्त्रालयका सहसचिव नागेन्द्र झाले नागरिकन्युजसँग भने, 'यही भदौदेखि हामी अनलाइन सेवामा प्रवेश गर्दैछौं।'

१४ मालपोत कार्यालयमा अनलाइन अनलाइन प्रणाली स्थापना गर्न एडिबीले प्राविधिक र भौतिक सहयोग गरेको छ। दुई कार्यालयलाई सरकारले आफ्नै बजेटबाट अनलाइन सेवा स्थापना गर्न लागेको हो। सेवाग्राहीको चापलाई हेरेर प्राथमिकताका आधारमा देशका १ सय ४ वटै मालपोत कार्यालयको सेवालाई अनलाइन प्रणालीमा लगिने सहसचिब झाले बताए।

पछिल्लो समय डिजिटल प्रविधि नेपालीको पनि जीवनशैली बन्न थालेपछि सरकारी निकायलाई त्यतातर्फ अग्रसर हुन दवाब बढ्दो छ।

'कागजी ढड्डा प्रणालीको भन्दा निकै कम जनशक्ति र समयमा नै बढी सेवा प्रवाह हुन सक्छ,' मन्त्रालयका सचिव रेग्मी भन्छन्, 'पारर्शीता बढ्ने, तथ्याङ्क व्यवस्थापनमा सहज हुने र सेवा प्रवाही र सेवाग्राहीबीच बिचौलियाले खेल्ने अवस्थाको पनि अन्त्य हुनेछ।'

लालपुर्जा स्मार्ट कार्डमा
अनलाइन सेवामार्फत सेवालाई डिजिटलाइज गर्दै विस्तारै केही समयपछि जग्गाधनी प्रमाणपूर्जालाई पनि डिजिटल बनाउने मन्त्रालयको योजना रहेको सचिव रेग्मीले बताए ।

अहिले पानीले हत्तपत्त नगल्ने, हत्तपत्त नच्यातिने र नख्इलिने विशेषताको नेपाली कागजमा जग्गाधनी प्रमाणपुर्जा अर्थात् लालपुर्जा वितरण हुँदै आएको छ। मेसिनले पढ्न सक्ने सानो चिप्स(मेमोरी)मा नै सम्पूर्ण विवरणहरु अँटाउने भएपछि एक हात लामो लालपुर्जा बोकेर हिँड्ने झण्झटबाट नेपाली मुक्त हुनेछन्।

'निकट भविष्यमै लालपुर्जालाई पनि डिजिटल बनाउने योजनामा हामी अघि बढिरहेका छौं,' भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले नागरिकन्युजसँग भने, 'कोरिया लगायत विश्वका थुप्रै विकसित राष्ट्रहरुले भू–स्वामित्वको प्रमाण पुर्जालाई डिजिटल स्मार्ट कार्डमा बदलिसकेका छन्। हामी पनि त्यो दिशातर्फ अग्रसर छौं।'

सूचना प्रविधि तथा डिजिटलाइजेशनलाई स्वीकार्दै कार्यान्वयमा ल्याउनुको विकल्प नरहेको उनी बताउँछन्। 'यसले सेवा प्रदायकको काम गर्ने तौरतरिका र सेवाग्राहीलाई सुविधा थप्छ।' श्रोत साभार :नागरिक


ग्यास्ट्राइटिस र बच्ने उपयहरु

0 comments
झन्डै ८० प्रतिशत नेपालीलाई कुनै न कुनै बेला ग्यास्ट्रिक लागेको अनुमान छ । सबै समुदाय र उमेर समूहका मानिस ग्यास्ट्रिकबाट पीडित भएको चिकित्सकहरू बताउँछन् । मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर चिनिने यो रोगलाई बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिन्छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।
आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो। 
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्पि्रन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ। आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ।
जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ। जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड-रक्सी, चिया, कफी,कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।
जटिलताहरूः
– यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ। यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।

उपचारः
– ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।
हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्या उन पाउँदैन।
व्यायाम तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।
विश्राम व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ । ३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।
सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं।
३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं।
५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं।
यो समाचार जनचेतनाका लागि शेयर गरिएको हो ।
-डा. हेमराज कोइराला

नेपालका वीर्य बेच्ने पुरुष र डिम्ब बेच्ने महिलाको अभाव

0 comments
२८ श्राबन - नेपालका केहि अस्पतालमा पुरुषको वीर्य र महिलाको डिम्ब खरिद बिक्री गरिन्छ। तर अस्पतालमा भने वीर्य बेच्ने पुरुष र डिम्ब बेच्ने महिलाको अभाव भएको डाक्टरहरुको भनाई छ।

बाँनेश्वरको भेनस अस्पतालले टेस्ट्युब बेबीको सेवा सुरु गरेको झण्डै एक वर्ष भयो। यो एक वर्षमा भेनस अस्पतालले वीर्यर डिम्बको खरिद गर्न नपाउँदा पाँच जना ग्राहकहरुलाई सेवा दिन सकेन।

अहिले नेपालका आधा दर्जनभन्दा बढी अस्पतालमा टेस्ट्युब बेबी सेवा उपलब्ध छ। टेस्ट्युब बेबी सेवा उपलब्ध भएका अस्पतालहरुमा डिम्ब तथा शुक्रकिट खरिद गर्ने गरिन्छ। भेनस अस्पताल बाहेक ओम हस्पिटल, ग्लोवल हस्पिटल ग्वार्को, ग्रान्डी सिटी क्लिनिक र ग्रान्डी हस्पिटलमा शुक्रकिटको खरिद गर्ने गरिन्छ।

अन्तर्राष्ट्रिय बजारमा यस्ता वीर्य र डिम्बको खरिद बिक्री गराउने एजेन्सी हुन्छन्। तर नेपालमा एजेन्सीको अभावमा पटक पटक वीर्य र डिम्बको अभाव खेप्नु परेको भेनस अस्पतालको टेस्ट्युब बेबी विभाग प्रमुख श्वस्ती शर्माले जानकारी दिइन्।

शर्माका अनुसार भेनस अस्पतालले पुरुषको वीर्य एक हजार रुपैयाँमा खरिद गर्छ। त्यस्तै महिलाको डिम्बका लागि भने अस्पतालले ७० हजार रुपैयाँ तिर्छ। शर्माका अनुसार अस्पतालमा वीर्य बेच्न धेरैजसो बिद्यार्थी आउने गर्दछन् भने डिम्ब बेच्नको लागि विवाहित महिला आउने गर्दछन्।

यसरी डिम्ब बेच्ने महिला र वीर्यबेच्ने पुरुषको नाम भने अस्पतालले गोप्य राख्ने गर्दछ। खरिद गर्ने मानिसहरुलाई समेत 'डोनर'को बारेमा जानकारी दिँइदैन। वीर्यतथा डिम्ब खरिद गर्न आउनेहरुले आफ्नो जातको मानिस खोज्ने गरेको शर्माले जानकारी दिइन्। प्राय वीर्यर डिम्ब खरिद गर्न आउनेहरुले अग्लो, पढेको र गोरो मानिसको शुक्रकिट र डिम्ब खोज्ने गरेको उनले बताइन्।

पुरुषको शुक्रकिटलाई संकलन गरी राख्न भेनस अस्पातालसँग यसको बैंक पनि छ।  नेपालमा अहिले पैसा कमाउन विदेशीने युवाको जमात ठुलो छ। विदेशिएका युवा नेपाल एक महिना देखि दुई महिनाको छुट्टी मिलाएर आउने गर्दछन्।

युवा विदेशीने बढेसंगै नेपालमा बाँझोपनाको समेत बृद्धि भएको शर्माले बताइन्। विदेशको कम्पनीबाट छुट्टी मिलाएर नेपालमा एक महिनाको लागि आएको समयमा गर्भ बस्नको लागि कतिपयलाई निकै कठिन हुने गरेका उनले जानकारी दिइन्।

यस्ता धेरैजसो विदेश बस्ने युवाहरु पनि भेनस अस्पतालमा वीर्यसंकलन गराउनको लागि आउने गर्दछन् । तर उनीहरु वीर्यअरुलाई बेच्नको लागि भने आउँदैनन्। विदेश जाने समय नजिकिँदा पनि आफ्नी पत्नी गर्भवती नभएपछि उनीहरु अस्पतालमा वीर्यसंकलन गराउँछन्। अस्पतालले यसरी संकलन गरेर राखेको वीर्यमहिलाको प्रिगेनेन्सी अवधि सुरु भएपछि 'पर्भजानील्टी अल्ट्रासाउण्ड'को सहायताले महिलाको पाठघरमा राखिन्छ।

कतिपय पुरुषको विर्यमा शुक्रकिटको मात्रा कम भएका कारण श्रीमतीले गर्भधारण गर्न सक्दैनन्। यस्तो अवस्थामा अर्कै पुरुषको वीर्यखरिद गरेर अस्पतालको सहयोगमा महिलाहरुले गर्भधारण गर्ने गर्छन्। त्यस्तै महिलाको डिम्बमा अण्डाकोषको मात्रा कम भएका जोडीहरुले भने डिम्ब खरिद गरेर बच्चा जन्माउने गरेका छन्। महिलाको डिम्बलाई खरिद गरेर पुरुषको शुक्रकिटलाई संयोजन गरी महिलाको पाठेघरमा राख्ने गरिन्छ, जसलाई टेस्ट्युब बेबी पद्धति भन्ने गरिन्छ।

सबै मानिस भने डिम्ब तथा शुक्रकिटको डोनर बन्न सक्दैनन्। डिम्ब र शुक्रकिटको डोनर बन्न चाहने मानिसहरुमा कुनै रोगहरु हुनुहुँदैन। डोनरको सात पुस्तामा कुनै बच्चा शारीरीक वा मानसिक अपाङ्ग भएको पाइएमा त्यस्ता डोनर अयोग्य मानिन्छन्। सुगरजन्य रोग र यौनजन्य रोगहरु भएका व्यक्तिहरु डोनर बन्न नसक्ने शर्माको भनाई छ।

'नेपालमा सांस्कृतिक कारणले पनि जोकोही मानिस डोनर बन्न हिच्चकिचाउँछन्', शर्माले भनिन, ' चेतनाको अभावमा मानिसहरु डोनर बन्न हिच्चकिचाउँछन्।'

नेपालमा शुक्रकिट तथा डिम्ब खरिद बिक्री गर्न लागेको झन्डै १२ वर्ष भयो। यस्तो व्यवसाय सबैभन्दा पहिले शुरु गरेको ओम अस्पतालले अहिलेसम्म कैयौं मानिसहरुलाई यो सेवा प्रदान गरिसकेको छ।

विश्वमा 'टेष्ट ट्युव बेबी' को शुरुवात सन् १९८४ देखि भएको हो। अमेरिकाको फिलाडेल्फीयाको जेफर्सन मेडिकल कलेजले विश्वमा सबैभन्दा पहिले यो सेवा सुरु गरेको हो। टेस्ट्युब बेबी भने विश्वमा सर्वप्रथम बेलायतमा जन्मेकी थिइन्। सन् १९७८ को जुलाई २५ मा बेलायतमा सर्वप्रथम टेस्ट्युब बेबी लुइस जोई ब्राउनको जन्म भएको थियो। अहिले उनि ३७ वर्षकी भइसकेकी छन् भने उनले विवाह गरेर छोरा समेत जन्माईसकेकी छिन्। श्रोत साभार :सेतोपति पत्रिका

Harke Haldar 12 August 2015

0 comments

चर्चित हाँस्य टेली फिल्म हर्के हल्दार बुधबार २७ श्राबन २०७२ का दिन कान्तिपुर टि.भी.बाट प्रशारित भाग २२६ हेर्नुहोला।
कलाकारहरु : बिष्णु सापकोटा (हर्के/लाउरे) , रोशनी सापकोटा (बटुली) , शिबहरि बैरागी (झम्के) , सुबास गजुरेल (डाइरेक्टर), अनिता कार्की(प्यात्त ) , आशा खड्का (दोहोरो भूमिका) , इन्द्र दोङ लामा , सरु दाहाल (देउती), जयनन्द लामा , सुरेन्द्र के. सी. , लक्ष्मन चौलागाई , रेश्मा के.सी..
लेखन : सैलेन्द्र सिम्खडा
VIDEO

TATO NA CHHARO Episode 1

0 comments


चर्चित नेपाली हाँस्य टेली फिल्म "तातो न छारो"हेर्नुहोला।
कलाकारहरु : पुस्पा डंगोल (चम्सुरी) , बद्रीपुडासैनी , बरुण राज पुडासैनी , कुमार सुबेदी , रामसरण गहतराज , राम गहतराज , मनराज लामा , जगदीश श्रेष्ठ , करुणा लिम्बु।
निर्देशक : पवन कार्की
VIDEO

Like us

 

Search

 
Enjoy the site