-
- एन्जेलिनाकै अनुहारकी कुनै नेपाली युवतीको तस्विर फेसवुकमा देख्नुभयो भने नझुक्निुस्, उनी हुन्, आशिका तामाङ।
- काठमाडौंपछि अल्जेरियाको अल्जियर्स, रोमानियाको बुखारेस्ट, पनामाको पनामा सिटी, साउदी अरबको जेद्दाहा र रियाद छन् ।
- glass bridge china सिशाको ठुलो आकासे पुल
- फ्रान्समा भएको८० किमि मन्ट ब्लांक दौडमा मिरा राई प्रथम
फेसवुक चलाउने हजारौँ युवाहरुलाई थप ‘एडिक्टेड’ बनाउँदै आएकी छिन्
यतिसम्म कि, उनको एक तस्विर अपलोड भएको केहि मिनेटमै तस्विर मुन्तिर हजारौँ लाइक र कमेन्टको लिष्ट हुन्छ ...
दक्षिण एसियाको सबैभन्दा महङ्गो सहर काठमाडौ
काठमाडौ दक्षिण एसियाको सबैभन्दा महङ्गो सहर भएको इकोनोमिस्ट म्यागेजिनले सार्वजनिक गरेको ‘वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्स’मा देखाइएको छ। ..
glass bridge china सिशाको ठुलो आकासे पुल
चीनमा अब आकाशमा हिँड्न सकिने भएको छ । पारदर्शी शिशाबाट बनाइएको एउटा शिशाको पुलमा हिँड्दा मानिसलार्इ आकाशमै रहेको महसुस हुने बताइएको छ । ...
फ्रान्समा भएको८० किमि मन्ट ब्लांक दौडमा मिरा राई प्रथम
फ्रान्समा भएको ८० किमि मन्ट ब्लांक दौडमा नेपालकि बहादुर छोरी मिरा राईले प्रथम स्थानमा हासिल गरेकी छिन् ...
Tuesday, August 18, 2015
युएईको सारजाहमा दुई नेपाली महिलाको कारको ठक्करमा परी ज्यान गएको छ
युएई, भदौ १,२०७२ - संयुत्त अरब एमिरेट्स युएईको सारजाहमा दुई नेपाली महिलाको ज्यान गएको छ। उनीहरुको सारजाह शहरको नेशनल पेन्ट्स नजिकै बिहिबार भएको कार दुर्घटनामा परी ज्यान गएको हो ।
ज्यान जानेमा शनीस्चरे ७ मोरङकी २३ वर्षकी मुना थापा र भरतपुर ११ चितवनकी ४३ वर्षकी कृष्ण माया गुरुङ रहेका छन् । ज्यान गुमाउने दुवै जना सारजाहको हमारिया फ्रिजोनमा रहेको तानजिफ्को क्लिनिङ कम्पनीमा क्लिनरको रुपमा काम गर्ने कामदारका साथै एउटै कोठामा बस्ने साथी समेत भएको बुझिएको छ। घटनामा ज्यान गुमाएकी थापा १० महिना अगाडि र गुरुगँ १९ महिना अगाडि रोजगारका शिलसिलामा युएइ पुगेका थिए। २८ साउन बिहिबारको साँझ अफिसको डिउटि सकाएर ब्लोड जाँच गराउनका लागि नजिकै रहेको फार्मेसीमा जान लागेका बखत सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएर उनीहरु दुइ जनाको घटनास्थलमै ज्यान गएको हो। ब्लड चेक गराउन गुरुगँले आफनो साथी मुनालाइ साथै लिएर गएकी थिइन। जेब्रा क्रस र नजिकै भएको ट्राफिक सिग्नल छोडेर अर्कै ठाउँबाट सडक पार गर्न लाग्दा कारले ठक्कर दिएको उनीहरु सँगै एउटै कम्पनीमा कार्यरत गुल्मि घर भै हाल दुवइमा रहेकी घटनाकी प्रत्यक्षदर्शी निर्जला जिसिले जानकारी दिनुभयो । सडक पार गर्न लाग्दा कारले ठक्कर दिएको हो,उहाँले भन्नुभयो हामीले अस्पताल लैजाने मौका नै पाएनौ।किनकी उहाँहरुको घटनास्थल मै ज्यान गैसकेको थियो।घटनामा ज्यान गुमाएकी थापा अबिबाहित रहेको र गुरुगँका दूइ वटि छोरी रहेको पारिवारिक श्रोतले बताएको छ
नेपाली दूतावास आवुधाबीले जनाए अनुसार ,कार दुर्घटनामा परी दुई जना नेपालीको ज्यान गएको सम्बन्धी स्थानीय प्रशासनको प्रारम्भिक रिपोर्ट दूतावासलाई प्राप्त भई सकेको छ । कम्पनीले आवाश्यक कानूनी प्रकृया पुरा गरेर शव जती सक्दो चाडो नेपाल पठाउन दूतावाससँग समन्वय गरिरहेको दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।

नयाँ घर बनाउदा २७ बुँदाको कडा सर्त पालना पर्ने
काठमाडौँ, भदौ १ –तपाई नयाँ घर बनाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईले २७ बुँदाको कडा सर्त पालना गर्नुपर्छ । सरकारले स्थानीय विकास मन्त्रालय मार्फत बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धि आधारभूत मार्गदर्शन २०७२ ल्याएको छ ।
मन्त्रालयले राष्टिय भवन संहिता २०६० तथा भवन सम्बन्धी परिमार्जित मापदण्डहरुलाई सहरी विकास मन्त्रालयको प्राविधीक सहयोग र समन्वयमा सबै नगरपालिका तथा गाविसहरुमा कार्यान्वयन गरी सुरक्षित एंव भूकम्प प्रतिरोधात्मक आवास, व्यवस्थित बसोबास प्रवद्र्धनको निमित्त यस्तो सहरी योजना तथा भवन निर्माण मापदण्ड ल्याएको हो ।
उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी सो मार्गदर्शन सार्वजनिक गरेका हुन् ।
मार्गदर्शनमा सडकको चौडाइ, खाली राख्नुपर्ने जमिन र खुला क्षेत्रलगायत ५५ वटा मापदण्ड जारी गरिएको मन्त्रालयका सहसचिव गोपी खनालले जानकारी दिए ।
“मापदण्डमा सडकको न्यूनतम चौडाइ छ मिटर हुनुपर्ने, सडकको न्यूनतम सेडव्याक सडक किनाराबाट १.५ मिटर छोड्नुपर्ने र सडकको न्यूनतम क्षेत्राधिकार छ मिटर कायम हुनुपर्नेलगायत मापदण्ड रहेको छ”– उनले भने ।
मापदण्ड अनुसार अब नयाँ बन्ने हरेक घरको वरपर ३० देखि ४० प्रतिशत जमिन खुल्ला हुनुपर्ने छ । सरकारी, अर्ध सरकारी वा सार्वजनिक प्रयोजनका लागि बनाइने भवन वरपर भने ५० प्रतिशत जमिन खाली हुनुपर्नेछ । यस्तै सार्वजनिक ऐलानी जग्गालाई खुदा क्षेत्र घोषणा गरी हरियाली पार्कको रुपमा रुपान्तरण गर्नुपर्नेछ । मन्त्रिपरिषदको निर्णयविना सार्वजनिक जमिन कसैलाई भाडामा वा कुनैपनि सर्तमा उपयोगका लागि दिन पाइने छैन । सडकको चौडा न्युनतम ६ मिटर
स्थानीय विकास मन्त्रालयले ल्याएको नयाँ मापदण्ड अनुसार अब हरेक सडकको चौडाइ कम्तिमा ६ मिटर हुनेछ । यो समथर र शहरी क्षेत्रका लागि हो । भिरालो र हिमाली क्षेत्रमा भने सडक चौडा न्युनतम ४ मिटर हुनुपर्नेछ ।
सडक देखि १ दशमलब ५ मिटर छोडेर मात्र घर बनाउन पाइनेछ ।
पर्खालको पनि नक्सा पास/अग्ला पर्खाल भत्काउने
पर्खाल बनाउनु पूर्व स्थानीय सरकार अर्थात गाविस वा नगरपालिकाबाट अनिवार्य नक्सा पास गराउनु पर्नेछ । विभिन्न प्रयोजनमा लगाइने पर्खालको अधिकतम उचाइ ४ फिट तोकेको छ । र, चारफिट भन्दा अग्ला र जोखिमयुक्त पर्खाल भत्काइने उल्लेख छ । चारफिट भन्दा अग्लो बार आवश्यक परे, ४ फिट पर्खालमाथि बढिमा ३ फिट जाली राख्न पर्नेछ । र घर तथा जग्गा जमिनका लागि हरितबार प्रयोग गर्नुपर्नेछ ।
पाखामा घर बनाउँन नपाईने
अब भिराला जमिनमा मनलागी घर बनाउन प्रतिवन्ध लगाएको छ । नयाँ मापदण्ड अनुसार ३० डिग्रीभन्दा भिरालो जमिन र भुगर्भ विभागले जोखिमयुमक्त भनी तोकेको क्षेत्रमा भवन बनाउन रोक लगाएको घर बनाउन पाइदैन । गाउँमा समेत घर बनाउँदा जिल्ला दैवीक प्रकोप वा भुगर्भ विभागले बस्न मिल्ने स्थान भनी प्रमाािण्त गरेको हुनुपर्छ ।
मान्छे बस्न बनाएको घरमा कार्यालय खोल्न नदिने
अबबाट आवासका लागि नक्सापास भएको भवनलाई व्यवसायीक प्रयोजनमा भाडामा लगाउन पाइने छैन । यस्तै भवन निर्माण सम्पन्न प्रतिवेदन नभएका भवनलाई स्कुल, अस्पताल जस्ता सार्वजनिक प्रयोजनमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।
घरको नक्सा पास गाविस वा नगरपालिकाले गर्न नपाउने
स्थानीय निकायका कर्मचारीले आफ्नो स्थानीय निकाय भित्रका भवनको नक्सा पास गर्न पाउँदैनन् । तर हरेक नगरपालिकामा इञ्जिनियर काउन्सिलमा दर्ता भएका २ जना इञ्जिनियर हुनुपर्नेछ ।
यसैगरि अब नयाँ भवन निर्माणाधिन स्थलमा अनिवार्य रुपमा भवन निर्माण इजाजत पत्र राख्नु पर्नेछ । एक हजार भन्दा बढि घरधुरी भएका गाविसहरुमा समेत यो मापदण्ड लागु हुनेछ ।
यस्तै शहरभित्र रहेका अहिलेका स–साना गल्लिको चौडाइ समेत कम्तिमा ४ मिटर तोकिएको छ । भवनको एकरुपता र शहरी सौन्दर्यताका लागि संहिताले अब हरेक क्षेत्रमा सरकारले तोकेको डिजाइन, तला र रंगमा मात्र घर बनाउन पाइनेछ । सरकारले हरेक क्षेत्रमा छुट्टा छुट्टै रंग, आकार र डिजाइन तोक्नेछ ।
श्रोत साभार ३१ श्राबनको रतोपाटीमा समाचार छ।

सपनामा शर्प देख्दा धेरै कुराहरुको संकेत गर्दछ
१ भदौ २०७२ - निदाइरहेको बेलामा एकपछि अर्को चित्र, विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका हुन्छन् । जस्तै– डरलाग्दो, साहसिक, रमाइलो वा कुनै जनावार सम्बन्धी ।
प्राय मानिसहरुले सपनामा सर्प पनि देख्ने गर्छन । सपनामा देखिने सर्पले धेरै कुराहरुको संकेत गरेको हुन्छ । जस्तै :
*सर्पले सावधान गराउछ, यदि तपाइलाइ कसैले छल गर्न लागेको छ भने।
*सपनामा सर्प देखिनुले तपाइको वास्तविक जीवनमा अप्ठ्यारो अवस्था सृजना भइरहेको कुरालाइ पनि संकेत गर्दछ । जीवनको भद्रगोलता लाइ पनि बुझाउँछ यस्तो सपनाले।
*आध्यात्मिक शक्ति वृद्धि हुन्छ ।
*विशेषगरि डरको प्रतिकको पनि मानिन्छ सर्पलाइ, साथै लुकेका खतरा, वा कुनै व्यक्ति कतिको राम्रो नराम्रो भन्ने बारेमा पनि छुट्याउन सहयोग गर्छ सर्पको सपनाले ।
*सर्प यौन को संकेत हो । यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ।

क्यानडा सरकारले भूकम्प पीडित सबैलाई भिसा दिने भए
१ भदौ २०७२ - भूकम्प पीडित नेपालीको क्यानडा भिसा आवेदन पक्रिया प्राथमिकताका साथ छिटो छरितो हुने भएको छ। क्यानडाका सिटीजनसिप र इमिग्रेसन मन्त्री क्रिस अलेक्जेन्डरले सो जानकारी दिएका हुन्।
भूकम्पबाट व्यक्तिगत रूपमा प्रभावित रहेको जानकारी दिए आवेदनकर्ताको सम्पूर्ण आवेदन पक्रिया तत्काल गरिने अलेक्जेन्डरले बताएका छन्। यसैगरी, क्यानडा भित्रै रहेका र छोटो समयको भिसा पाएकाले पनि आफ्नो बसाई लम्ब्याउन पाउने छन्।
त्यसका लागि इमिग्रेसन क्यानडामा निवेदन दिनुपर्ने छ। सो परियोजनका निम्ती सिटीजनसिप र इमिग्रेसन क्यानडा(सिआइसी)ले विशेष इमेल र फोन नम्बर सार्वजनिक गरेको छ।
नेपालमा रहेर क्यानडाको भिसा आवेदन दिइसकेकाहरुले आफ्नो ठेगाना र कसरी भूकम्पबाट प्रभावित भएको जानकारीसहित दिल्लीस्थित क्यानडेली दूतावासको इमेल मा निवेदन दिनु पर्नेछ। त्यसमा आवेदन नम्बर पनि उल्लेख हुनु पर्नेछ। यसैगरी, घुम्न, पढ्न वा कामका निम्ती क्यानडा आउन चाहने नयाँ आवेदन कर्ताले पनि सिआइसीको वेब साइटबाट अनलाई आवेदन दिए लगतै भूकम्पबाट प्रभावित भएको सम्पूर्ण जानकारी दिल्ली दूतावासको इमेलमा छुट्टै पठाउनु पर्नेछ।
क्यानडा भित्रै रहेका आवेदनकर्ताले मा इमेल गरि भूकम्पबाट आफू कसरी प्रभावित भएको जानकारी दिई प्रक्रिया छिटो गर्न अनुरोध गर्न सक्ने छन्।
साथै सिआइसीको कल सेन्टरको नम्बर १-८८८-२४२-२१००मा फोन गरी आफू प्रभावित भएको जानकारी दिन सक्नेछन्।
क्यानडा नेपालमा गएको विनाशकारी भूकम्प प्रति निकै सम्वेदनशिल देखिएको छ। यसअघि तत्काल राहतका निम्ती ५ मिलियन क्यानडेली डलर सहायता घोषणा सहित एक उद्दार टोली पनि क्यानडाले नेपाल पठाईसकेको छ।
त्यसका साथै हाउस अफ कमनको निर्णयबाट नेपाल भूकम्म राहत कोष पनि क्यानडाले खडा गरेको थियो। सो कोष तथा अन्य दर्ता भएका संस्थाबाट २५ अप्रिलदेखी २५ मेसम्म उठेको चन्दा रकम बराबरनै सरकारले दिने घोषणा गरेको थियो।
मानवताका निम्ती निकै संवेदनशिल रहने क्यानडाको ओन्टारियो प्रान्तकी प्रिमियर क्याथलिन वाइनेले क्यानडा रेडक्रसको नेपाल भूकम्प पीडित राहत कोषमा १० लाख डलर चन्दा दिएकी थिइन्। क्यानडा रेडक्रसले नेपाल भूकम्प पीडित राहत कोष सञ्चालन गरि चन्दा संकलन गरिरहेको छ। source tajakhabar

बैंकक बम विष्फोटमा ४ जना बिदेशी सहित जम्मा २७ जनाको मृत्यु ८० भन्दा बढी घाइते
काठमाडौं, भदौ १ - थाइल्याण्डको राजधानी बैंककमा सोमबार साँझ ७:१० बजे स्थानिय समयमा भएको भीषण बम विष्फोटमा कम्तीमा ४ जना बिदेशी सहित जम्मा २७ जनाको मृत्यु भएको छ । विष्फोटमा परी ८० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
राजधानी बैंककको मध्यभागमा पर्ने चिडलम जिल्लाको एरावान मन्दिर नजिकै सो विष्फोट भएको जनाइएको छ । मोटर साइकल बम विफोट गराइएको हुनसक्ने त्यहाँको प्रहरीले जनाएको छ । दुई वटा बम भने सुरक्षाकर्मीले निष्क्रिय बनाएको थियो ।
बरह्माको मन्दिर भए पनि सो मन्दिरमा दैनिक हजारौं वौद्ध धर्मावलम्बीहरु पूजाआराधनाका लागि जाने गरेको पनि समाचारमा जनाइएको छ । विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

Monday, August 17, 2015
Dhamala Ko Hamala with Deepak Raj Giri
Part 1
Part 2
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.
निर्मल तामाङले डि.आई.डी.५ भाग १६ ,श्राबन ३२ का दिन प्रस्तुत गरेको बेजोड प्रस्तुति
३२ श्राबन २०७२ , आइतबारका दिन जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग १६ मा निर्मल
तामाङले नेपालमा भुकम्प जाँदा इंडियान आमीको एक बटालियन सबैभन्दा पहिलो आई पिडितहरुको उद्दार गर्ने सैनिकहरु प्रति समर्पित प्रस्तुतीका साथ प्रस्तुत गरेको छुट्टै बेजोड प्रस्तुतिका साथ पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो
PLAY हुनेछ।
Sunday, August 16, 2015
माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दले देशभरको जनजीवन प्रभावित
३१ , साउन काठमाडौँ - सीमांकनको विरोधमा वैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ। राजधानीका सडकमा केही निजी सवारीसाधन चलेपनि सार्वजनिक यातायात चलेका छैनन्। सडकमा बन्दकर्ताहरु भने देखिएका छैनन्। सम्भावित घटना हुन नदिन प्रत्येक चोकमा प्रहरी तैनाथ छन्।
पत्रकार ऋषि धमलामाथि आक्रमण भएको छ। नेपालवाणीमा कार्यक्रम सकेर भृकुटिमण्डपस्थित कार्यालय गइरहेका बेला उनी चढेको कारमाथि आक्रमण भएको हो। आक्रमण हुनेवितिकै उनी ओर्लिएका थिए। आफूमाथि आक्रमण भएको भन्दै संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई गुहार्दा उल्टै थर्काइ खाएको धमलाले बताए। श्रेष्ठले 'तपाइँ बन्दविरोधी हो' भन्दै थर्काएको धमलाले नागरिकन्युजलाई बताए। उनी चढेको बा५च ४७७८ कार बन्दकर्ताले तोडफोड गरेका छन्।
श्रोत साभार : नागरिक

साफ यु १६ फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल र भारत भिड्दै
काठमाडौँ ३१ साउन - नेपाली किशोर टोलीले तेस्रो साफ च्याम्पियनसिप सोह्र वर्षमुनि (यु १६) फुटबल प्रतियोगिताको सेमिफाइनल भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दै मैदानमा उत्रने भएको छ ।
बङ्गलादेशको सिलहेटमा आज साँझ ६ बजे हुने दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतको सामना गर्दै मैदानमा उत्रने छ । तेस्रो पटक सेमिफाइनलमा पुगेको नेपालले अघिल्लो संस्करणको साफ च्याम्पियनसिपमा भारतसँग भोगेको हारको बदला लिने दाउमा रहेको छ । जारी प्रतियोगितामा समूह ‘बी’ मा परेको नेपाल शीर्ष ६ अङ्क जोड्दै समूहको विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई पाँच शून्य गोलअन्तरले पाखा लगाउँदै विजयी भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई एक शून्य गोलअन्तरले पराजित गरेको थियो ।
त्यस्तै भारत भने समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको खेलमा भारत बङ्गलादेशसँग पराजित भएपछि नेपालसँगको भेट पक्का गरेको हो ।
त्यस्तै अघिल्लो संस्करणको फाइनल खेलमा नेपाल भारतसँग एक शून्य गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बनेको थियो । आज नै दिउँसो ३ बजे हुने पहिलो सेमिफाइनल खेलमा अफगानिस्तान र बङ्गलादेश आमने सामने हुनेछन् ।

नुवाकोट माओवादीका नेता राजेश्वर तामाङको अपहरणपछि हत्या
काठमाण्डु, ३१ साउन- नुवाकोट उर्लेनीका एकीकृत माओवादीका गाउँ स्तरीय नेता राजेश्वर तामाङको अपहरणपछि हत्या भएको छ ।
उर्लेनी गाविस २ काल्चेतका २९ वर्षीय राजेशको शव काठमाण्डुको काभ्रेस्थलीस्थित भेडीगोठ जंगलमा फेला परेको हो ।
उनी एमाओवादी उर्लेनी गाउँ कमिटी सचिव थिए ।
तामाङ गत २१ साउनमा बालाजु बाइपासबाट अपहरणमा परेको एमाओवादी नुवाकोटका नेता रजमान तामाङ ले जानकारी दिए ।
उनका अनुसार शव शनिबार कुहिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
परिवारले जंगलमा भेटिएको शव राजेश्वरको भएको पुष्टि गरेका छन् । अपहरण र हत्याको कारण खुल्न सकेको छैन ।
तामाङ \को हत्या राजनीतिक कारणले भएको दाबी एमाओवादीले गरेको छ ।
श्रोत साभार :३० साउन KT.com मा प्रकाशित

Saturday, August 15, 2015
अन्डर १६ च्याम्पियनसिप फुटवलमा नेपालले अफगानिस्तानलाई १–० ले पराजित गरी सेमिफाईनल प्रवेश
नेपालले साफ अन्डर १६ च्याम्पियनसिप फुटवलको समुह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १–० ले पराजित गरेको छ । जितसंग नेपाल समुह विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ । बंगलादेशको सिलेटमा साउन २९ गते भएको खेलमा नेपाललाई विजयी गराउन दोस्रो हाफको तेस्रो मिनेटमै क्षितिज राजले निर्णायक गोल गरे ।
नेपालले समुह विजेता रुपमा सेमिफाईनलमा पर्सि आईतबार समुह ए को उपविजेता इन्डियासंग प्रतिस्र्धा गर्नेछ । अर्को समिफाईनलमा समुह ए को विजेता बंगलादेश र समुह विको उपविजेता अफगानिस्तान भिड्ने छन् ।
भुकम्पका कारण खुट्टा गुमाएका रसुवाको सेदार तामाङको कहानी
३० श्राबन , रसुवा– वैशाख १२ गते भिरमा घाँस काट्दै थिए, हाकु–८, तिरुका लाक्पा सेदार तामाङ। छोराहरू पाँचवर्षे मिङमार र तीनवर्षे विमल पनि त्यहीँ थिए।
एक्कासि भुइँ हल्लिन थाल्यो। माथिबाट चट्टाने पहिरो ओइरियो।
सेदारलाई आफ्नो भन्दा पनि छोराहरूको चिन्ता भयो। पहिरोेले छोप्नुअगावै उनले छोराहरूलाई सुरक्षित स्थानतिर हुत्याइदिए। तर, आफू उम्कन सकेनन्।
'अहिले पनि कहाली लाग्छ,' उनले त्यो क्षण सम्भि्कए, 'फेरि पनि संसार देखांैला भन्ने आसै थिएन।'
खुला चौरमा धकेलिँदा छोराहरू सामान्य घाइते मात्र भए। सेदार भने कम्मरमुनि पूरै चट्टाने पहिरोले थिचिए। उनी गुहार माग्दै चिच्याए, छोराहरू बुबाको हालत देखेर रुवाबासी गर्न थाले। तर, तत्काल उद्धार गर्न कोही आएन। १५ मिनेटपछि के भयो, उनलाई कुनै होस रहेन।
होस आउँदा उनले आफूलाई अस्पतालको शऒ्ढयामा पाए। एकछिन त उनलाई विश्वासै लागेन। बिस्तारै चारैतिर आँखा घुमाए, उज्यालो देखे। जहान–परिवार देखे। आफूभित्रको श्वासप्रश्वास महसुस गरे। त्यत्रो विपत्तिबाट पनि जोगिएकोमा अहोभाग्य ठाने।
अब उनी विजयी मनोभावमा बिस्तारै शऒ्ढयाबाट उठ्न चाहे। हात टेकेर बल गरे, कम्मरमाथिको भाग उठ्यो। तर, खुट्टाले भर दिएन। ओढ्ने पल्टाएर हेरे, एउटा खुट्टै थिएन।
अब सेदारलाई शऒ्ढयाबाट उठ्नै मन लागेन। फेरि उसै गरी पल्टिए। आँखा चिम्म गरेर निकै बेर सोचिरहे। मुहार घरी आत्तिएझैं हुन्थ्यो, घरी सम्हालिएझैं। केही बेरमा डाक्टर आइपुगे।
उनले सोधे, 'डाक्टर सा'ब मेरो खुट्टा खोइ?'
'ढुंगाले नराम्ररी थिचेकाले तपाईंको खुट्टा काट्नैपर्ने बाध्यता भो, अन्तिमचोटि हेर्नुहुन्छ त आफ्नो खुट्टा?'
उनले हेर्न मानेनन्। बरु जीवन बचाइदिएकोमा डाक्टरलाई धन्यवाद दिए। डाक्टर उनलाई नआत्तिन ढाडस दिँदै बाहिर निस्के।
'तत्काल त छाँगाबाट खसेझैं भयो तर बिस्तारै आफूलाई सम्हालेँ,' सेदार भन्छन्, 'परिवार पाल्नुपर्ने मान्छे, बाँकी जीवन बैसाखीको भरमा घिस्याउनु सजिलो छैन।'
...
पहिरोले थिचिएर बेहोस भएको एक घन्टापछि उनलाई भाइ पेम्बाले घर ल्याए। लेकमा गाडी जाँदैनथ्यो। पहिरोले बाटो थुनिएको थियो। तत्काल अस्पताल पुर्याछउने उपाय भएन। 'गाउँभरि धाँजा फाटेर पहिरो गएको थियो, पैदल बाटो नै थुनिएको थियो,' पेम्बाले सम्भि्कए, 'अस्पताल लैजान सम्भव नभएपछि गाउँमै ब्यान्डेज बाँधेर राख्यौं, दाइ चिच्याउनुहुन्थ्यो, फेरि बेहोस भइहाल्नुहुन्थ्यो।' चार दिनसम्म बिनाउपचार गाउँमै राख्दा सेदारको घाउमा किरा पर्न थालेको थियो।
पत्नी सिर्जनाले आस मारिसकेकी थिइन्। 'मलाई अब बाँँच्लान् भन्ने नै थिएन,' उनले भनिन्। चार दिनपछि सेनाको हेलिकप्टर गाउँ पुगेपछि भने उनलाई आस जाग्यो। सेनाले सेदारलाई त्रिशूली अस्पताल पुर्यााइदियो।
'हामीले त सामान्य औषधिमूलोले नै दाइ ठिक हुने ठानेका थियौं तर चिकित्सकले देव्रेखुट्टा पूरै काम नलाग्ने भइसकेकाले काट्नैपर्ने बताए,' पेम्बा सम्झन्छन्, 'हाम्रा लागि उहाँको ज्यान जोगिनु नै ठूलो कुरा थियो।'
खुट्टा काटिएपछि सेदारलाई संसारै बिरानो लाग्न थालेको थियो। शरीरको घाउ त छँदैछ, मनको घाउ पनि बल्भि्कएर आउँथ्यो। भूकम्पले घर लगेको थियो। परिवार थातथलो छाडेर अस्थायी शिविर आइपुगेको थियो। यिनै कुराले धेरै दिन बिथोलिए उनी। तर, ज्यान जोखिममा पारेर जोगाएका दुई छोरालाई देख्न पाउँदा दुःख मलिन हुन्थ्यो। 'धन्न, छोराहरू बाँचेका रहेछन्, त्यत्रो विपत्तिपछि पनि परिवार देख्न पाएँ,' उनले भने, 'अब मन बुझाउँदैछु, हाँस्न सिक्दैछु।'
बैसाखीको भरमा जीवन गुजार्नु सजिलो छैन। त्यसमाथि पूरै परिवार उनैले धान्नु छ। अपांगता भएकालाई सरकारले सीपमूलक तालिम दिए परिवार पाल्न सजिलो हुने उनी बताउँछन्। 'अब ५ महिनामा खुट्टाको घाउ निको भएपछि नक्कली खुट्टा हाल्नुपर्ला,' उनले भने, 'सरकारले केही सहयोग गरिदेओस्, काम गर्ने जोसजाँगर घटेको छैन, आफ्नै मेहनतले छोराहरूको भविष्य सपार्छु।'
जिल्ला प्रहरी कार्यालयका अनुसार भूकम्पले अपांग बनेका व्यक्तिको संख्या जिल्लामा २५ पुगेको छ। यो संख्या विस्थापित भएर राजधानीको यल्लो गुम्बा पुगेका घाइतेको पनि रहेको प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए।
भूकम्पमा अपांगता हुनेहरूलाई परिचयपत्र र सामान्य राहतबाहेक सरकारले जीवनस्तर उकास्ने कार्यक्रम अघि सारेको छैन। प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल अपांगता भएकालाई पुनःस्थापना केन्द्रमा राख्ने र उपचार गर्ने कार्य मात्र भएको बताउँछन्। 'अपांगता भएकालाई तत्काल कुनै कार्यक्रम आएको छैन, सबैको अवस्था बुझेर बिस्तारै पहल थाल्छौं,' उनले भने। श्रोत : नागरिक

Sagarmatha Samachar 2072-04-30
३० श्राबन २०७२ -शनीबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार हेर्नुहोस।
- थारुहट र मधेस प्रदेशको माग गर्दै तराइका जिन्ल्ला बन्द सुर्खेतमा पनि राजनैतिक दलहरुबाट बन्दलाई निरन्तरता जान जिबन कस्टकर।
- आन्दोलनका क्रममा भैरहेको उत्तेजनापूर्ण अभिब्यक्ती प्रति संशादहरुबाट सरकार र शिर्ष नेताहरु ध्यानाकर्षण संबाद खल्बलिन नदिन आग्रह।
- ६प्रदेशको खाका परिबर्तन नहुने यमाले अदक्ष ओलिको जिकीर प्रदेशहरुको सिमांकन हेरफेर हुनसक्ने नेता नेपालको भनाई
- गत बर्ष दिसेम्बरमा पाकिस्तान स्थित सैनिक बिध्यलायामा भएको हमलामा संलग्न रहेका ६ जनालाई मृतु दण्डको फैसला।
- खेलकुद मंत्रालायबाट आर्थिक बर्ष २०७२/७३ को कार्य योजना प्रस्तुत भौतिक पुर्भाधर मुख्य प्राथमिकतामा।
VIDEO

Friday, August 14, 2015
Bhadragol, 14 August 2015 भद्रगोल २९ श्राबन २०७२
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.
साफ यु–१६ फुटबल च्यािम्पयनसिप नेपाल र अफगानिस्तान खेल्दै
काठमाडौं, श्रावण २९ -बंगलादेशको सिल्हेटमा जारी साफ यु–१६ फुटबल च्यािम्पयनसिपको दोस्रो खेलमा आज अपरान्ह ४:४५ मा नेपालले अफगानिस्तानको सामना गर्दैछ ।
नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको थियो । दोस्रो खेलमा माल्दिभ्स अफगानिस्तानसँग ४–२ ले पराजित भएपछि यो समूहबाट नेपाल र अफगानिस्ताान सेमिफाइनलमा पुगिसकेका छन् ।
यसपटक उपाधि जित्ने लक्ष्यका साथ बंगलादेश पुगेको नेपाली युवा टोलीको वास्तविक परीक्षा आज हुनेछ । प्रतियोगिताको अर्को समूहबाट श्रीलंका बाहिरिसकेको छ भने भारत र आयोजक बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् ।

कास्कीमा कांग्रेसको कार्यकर्ताले कांग्रेस कार्यकर्ताकै हत्या भिडियो सहित हेर्नुहोस
पोखरा, २९ साउन । नेपाली काँग्रेस शेर बहादुर देउबा पक्ष कास्कीका सक्रिय कार्यकर्ता रामजी पौडेल ‘बादल’को गएराति करिब ९ बजेतिर लेखनाथ नगरपालिकाको वडा नं –१३ गगनगौडामा हत्या गरिएको छ ।
सो वडास्थित वुद्धिमान गुरुङको घरमा बैठक सकी घर फर्कने क्रममा बाटोमा बसेका सुशील कोइराला पक्षका राजु रानाभाट सहित तीनजना हतियारधारीले बादललाई पृथ्वी राजमार्गको गगनगौँडा चोकमा खुकुरी र चिरपट दाउराले हानी हत्या गरेका थिए ।
हतियारधारीको प्रहारबाट बादलको घटनास्थलमै मृत्यु भएको थियो । गगनगौडा निवासी ‘बादल’ करिब ५० वर्षको हुनुहुन्थ्यो ।
हत्याका एकजना अभियुक्तलाई पक्राउ गरिएको र अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएकोे छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । भिडियो हेर्न योclick लिंकमा गर्नुहोला।

Subscribe to:
Posts (Atom)