Saturday, August 22, 2015

फेसबुकमा तापईलाई कसैले अनफ्रेन्ड गरेको थाहा पाउने एउटा सजिलो उपाए

0 comments
काठमाडौं, ५ भदौ – फेसबुकमा आफूलाई कसले अनफ्रेन्ड गर्‍यो होला भनेर हेर्न चाहनुहुन्छ ? येदि चाहनुहुन्छ भने आज हामी तपाईहरुलाई एउटा सजिलो उपाए दिनेछौ । यसका लागि तपाइले ‘हु डिलीटेड मी अन फेसबुक’ नामक एप प्यायोग गर्नुपर्ने छ । यो एपले सबै कुराको जानकारी दिनेछ। यस एपले फेसबुकमा भएका फ्रेन्ड लिस्टमा नजर राख्ने छ। तर यो एप फेसबुकले आफैं निर्माण गरेको भने होइन।

यो नयाँ एप ट्विटरको हु अनफलोड मी जस्तै हो। फेसबुकको यो नयाँ एपले तपाईको पुरानो गतिविधिहरुलाई भने हेर्ने छैन। यो एप फोनमा इन्सटल भएपछि मात्र काम गर्ने छ। यस एपको साइज २.३ एमबी रहेको छ र यसलाई प्रयोग गर्न फोनमा एन्ड्रोइड २.३ भन्दा माथिको अपरेटिङ सिस्टम हुनुपर्दछ। यस एपको प्रयोग बाट तपाइले सजिलै संग फेसबुकमा आफूलाई कसले अनफ्रेन्ड गर्‍यो भनेर हेर्न सक्नु हुनेछ । एजेन्सी

Bhadragol, 21 August 2015 भद्रगोल ४ भाद्र २०७२

0 comments
४ भाद्र २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
bhadragol-21-august-2015

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-05-05

0 comments
५ भदौ २०७२ -शनिबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO

Friday, August 21, 2015

अन्य गुन्डाहरुलाई पनि बाँकी नराख्ने संकेत

0 comments
काठमाण्डु, ४ भदौं– गुन्डानाइके कुमार घैंटेले प्रहरीले इनकाउन्टरमा मारेपछि महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले अन्य गुन्डाहरुलाई पनि बाँकी नराख्ने संकेत गरेका छन् ।

उनले भने, ‘अब गुन्डाराज चल्नेवाला छैन । हाम्रो लक्षय फ्रि अफ फियर सोसाइटी बनाउने हो । गुन्डाहरुबाट कसैले दुःख दिएका छन् भने गोप्य रुपमा सूचना दिनुहोला, गोप्यता कायम राखेर हामी कारबाही गर्छौं ।’

खनालले गुन्डा र प्रहरीबीचको दाहोहोर भिडन्तमा घैंटे मारिएपछि विरोध गर्नेहरुलाई पनि सचेत गराएका छन् । उनले गुन्डाहरुको को–कोसँग कनेक्सन छ भन्ने कुरा पनि अनुसन्धान गरेर सार्वजनिक गर्ने बताए ।  घैंटको मृत्युपछि चौतर्फी खुसीयाली आएको र धेरैले आफूलाई बधाई दिएको एसएसपी खनाले जानकारी दिए ।
– नयाँ पत्रिका दैनिकबाट

Sagarmatha Samachar 2072-05-04

0 comments
४ भदौ २०७२ -सुक्रबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO

Thursday, August 20, 2015

कतारको एक लेबर क्याम्पमा आगोलागी हुदाँ नेपाली कामदारहरुको पासपोर्ट,लत्ताकपडाका,नगद जलेर नष्ट

0 comments
भाद्र ३, २०७२- कतारको साँहनियास्थित एक लेबर क्याम्पमा आगोलागी हुदाँ झन्डै साढे चारसय जना कामदारको राहदानी -पासपोर्ट), लत्ताकपडाका, नगद जलेर नष्ट भएको छ । कामदारहरु काम गर्न कार्यक्षेत्र (साइड) मा गएको हुनाले मानबिय क्षति हुन नसकेको पुष्टि भएको छ ।

स्थानीय 'वाटर मास्टर टि्रन्टमेन्ट' कम्पनीको लेबर क्याम्प बिद्युतीय सर्ट भई आगोलागी भएको हो । 'हामी सबै काम गर्न साइडमा थियौं । बेलुका क्याम्पमा र्फकदा जलेर सबै नष्ट भएछ', लम्जुङका बलबहादुर गुरुङले  भने,'अहिले हामीसँग काम जान लगाउने डाग्री -पोशाक) मात्रै छ ।'त्यस कम्पनीमा झन्डै साढे चारसय कामदार छन् । जसमा दुई सय नेपाली रहेका छन् । 'कसैको पनि पासपोर्ट, नागरीकता बचेन । धेरै साथीहरुको घरमा पठाउन राखिएको पैसा पनि जल्यो', उनले भने । सोही कम्पनीमा कार्यरत प्युठानका ओमबहादुर घर्तीमगर, तनहुँका बीरबहादुर आले मगर, सर्लाहीका राजन लोहर, संखुवासभाका नरेश रोक्का, ताप्लेजुङका दिपेन्द्र शर्माले लत्ताकपडा सहित राहदानी जाल्दा समस्यामा परेको बताए ।

'कति साथीहरुको आज -बुधबार)को घर फिर्ने टिकट थियो । सरसामानहरु किनेर राखेका थिए । नेपाल लैजाने लगेज तयार बनाएका थिए', प्युठानका ओमबहादुरले भने,'उनीहरु पनि सबै जल्यो पछि टिकट रद्द भएको छ । आगोलागीबाट ज्यान त जोगियो ।'

आगोलागी मंगलबार दिउसो एक बजेको समयमा भएको थियो । कम्पनीले उनीहरुलाई बन्दै गरेको युसिसिको सात नम्बर क्याम्पमा राखेको छ । 'कम्पनीले अस्थायी बसोबासको लागि युसिसिको क्याम्ममा राखेको छ । बस्ने ओछ्यान लिएर दिएको छ', सर्लाहीका राजनले भने,'अहिले जसोतसो मिलेर बसेका छौं । खाना पनि जसोतसो मिलाएर दिइरहेको छ ।'

सामान जलेको पीरले कसैको मन ठाँउमा नभएको गुरुङले बताए । त्यस कम्पनीमा नेपालीहरु प्लम्बर, मेसन, लेबर लगायत रहेका छन् । उनीहरुले स्वीमिङ पुल निर्माण तथा मर्मतसम्भार गर्ने काम गर्ने गरेका छन् । अधिकारीहरुले आगोलागी तिनघण्टा पछि नियन्त्रणमा ल्याएको थियो । उनीहरुले यसबारे छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ । कतारस्थित नेपाली दुताबासले समस्यामा परेका नेपाली कामदारको अबस्थाको बिषयमा आफुहरुले जानकारी लिइरहेको जनाएको छ । 'राहदानी जलेको हो भने हामी बनाइदिन्छौं', कार्यबाहक राजदुत मणीरत्न शर्माले भने ।

उच्च गर्मीको मौसम भएकोले क्याम्पहरुमा आगोलागी लाग्ने घटनाहरु बढिरहेको आन्तरीक मन्त्रालयले जनाएको छ । यो बेला सबैलाई उच्च सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।

साफ यु–१९ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई ३–१ गोलले पराजित

0 comments
काठमाडौं, भदौ ३ -  नेपालले पहिलो साफ यु–१९ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा विहीबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–१ गोलले पराजित गरेको हो । नेपालको जितमा कप्तान विमल घर्तीमगरले ह्याट्रिक गरे । उनले खेलको १०औं, २९औं र ६२औं मिनेटमा गोल गर्दै नेपाललाई उत्कृष्ट जित दिलाएका हुन् ।

खेलको ७३औं मिनेटमा नेपालले पाएको पेनाल्टीमा भने विमल गोल गर्नबाट चुकेका थिए ।

भुटानका तर्फबाट सोनाम तोग्बेले एक सान्त्वना गोल गरे । जितसँगै नेपालले ३ अंक जोडेको छ । नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशको सामना गर्नेछ ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, अफगानिस्तान, भुटान र माल्दिभ्स सहभागी छन् । नेपाल, भुटान र बंगलादेश समूह ‘ए’मा रहेका छन् भने समूह ‘बी’मा भारत, अफगानिस्तान र माल्दिभ्स रहेका छन् ।

दुबै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिताको फाइनल भदौ १२ गते हुनेछ ।


Tito Satya, 20 August 2015

0 comments
नेपाल टि.भी.बाट २०७२ भाद्र ३ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला।
tito-satya-20-august-2015

Harke Haldar,19 August 2015

0 comments

२ भाद्र २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २२७औ भागको  भिडियो हेर्नुहोस।
VIDEO

Kantipur Nepali News, 20, August 2015

0 comments

३ भदौ २०७२ विहीबार बेलुकी ७ बजे कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
Video 

डन कुमार श्रेष्ठ उर्फ कुमार घैटे प्रहरी टोली संगको दोहोरो भिडन्तमा मृत्यु भिडियो सहित हेर्नुहोस

0 comments
३ भदौ २०७२ - कुमार श्रेष्ठ उर्फ कुमार घैटे कहिले दिपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा बसेर आफ्नो प्रभाव विस्तार गरेपछि यी दुबै समुहबाट छुट्टीएर आफ्नै समूह चलाइरहेका गुन्डा नाइके कुमार घैंटे राजधानीको सामाखुसी कपुरधारामा विहीबार बिहान साढे ११ बजे अपराध अनुसन्धान महाशाखाबाट खटेको प्रहरी टोली संगको दोहोरो भिडन्तमा घाइते भएको थियो उपचारको लागी शिक्षण अस्पतालमा मृत्यु भएका छन् । उनको छाति र तिघ्रामा गरी ८ वटा गोली लागेको थियो । साथै उनका समुहका अन्य २ जना घाइते र २ प्रहरी समेत घाइते भएका छन् । प्रहरी देख्नासाथ घैटेले गोली चलाएपछि प्रतिकारमा प्रहरीले गोली चलाएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताएका छन् । घैंटेले हानेको गोली भूइँमा लागेको प्रहरीले जनाएको छ।

नुवाकोट निबशी त्यसमा पनि नुवाकोट जिल्लाका नेताको छत्रछाँयामा हुर्किएका घैटे गणेश लाम र चक्रे मिलनसँग दुश्मनी रहेका २०६२ बाट पक्राउ पर्ने र छुट्नेक्रम शुरु भएको थियो।

प्रहरी रेकर्ड अनुसार २०६२ असार १८ गते सामाखुसीमा रहेको भन्ज्याङ्ग दोहोरी साँझमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए। उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेपछि उनी रिहा भए।
२०६३ असार १८ गतेनै उनी पुनः महानगरपालिका वडा नम्बर १९ को सिद्धीगणेश मावि अगाडि ट्याक्सीमा गइरहेका प्रेम लामालाई धारिलो हतियार प्रहार गरेका थिए। उनीमाथि फेरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइयो र पुन रिहा भए।
२०६३ भदौं १६ मा गोंगबुमा रहेको शोगर्ल रेष्टुरेन्ट अगाडि काभ्रेका विष्णु लामामाथि गोलि प्रहार गरेको २७ चैतमा गल्कोपाखामा हनेन्द्र सिंहलाई धारिलो हतियार प्रयोग गरेर ज्यान मार्ने प्रयास गरेको अभियोगमा उनी पक्राउ पर्ने र रिहा हुनेक्रम जारी रह्यो।

मिति २०६५ कात्तिक २४ मा दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाईते बनाएको ज्यान मार्ने उद्योग चले पछि फरार रहेका उनलाई प्रहरीले तिग्रामा गोली हानेर घाइते बनाई लाजिम्पाटको एक होटलमा पक्राउ गरेको थियो। हतियार सहित पक्राउ परेका उनी केही समयका लागि जेल गए पनि पुन रिहा भए।



Video

Sagarmatha Samachar 2072-05-03

0 comments


३ भदौ २०७२ -बिहीबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO

Wednesday, August 19, 2015

Kantipur Nepali Afternoon News,19 August 2015

0 comments

२ भदौ २०७२ बुधबार दिउसो कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
Video 

Tuesday, August 18, 2015

Kantipur Nepali News,18 August 2015

0 comments
१ भदौ २०७२ मंगलबार बेलुकी ७ बजे कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
Video 

Meri Bassai, 18 August 2015

0 comments
१ भदौ २०७२ - नेपाल टेलिभिजन बाट प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै हेर्नुहोस।क्लिक गर्नुहोस भिडियो play हुनेछ।
meri-bassai-18-august-2015

युएईको सारजाहमा दुई नेपाली महिलाको कारको ठक्करमा परी ज्यान गएको छ

0 comments
युएई, भदौ १,२०७२ -  संयुत्त अरब एमिरेट्स युएईको सारजाहमा दुई नेपाली महिलाको ज्यान गएको छ। उनीहरुको सारजाह शहरको नेशनल पेन्ट्स नजिकै बिहिबार भएको कार दुर्घटनामा परी ज्यान गएको हो ।
ज्यान जानेमा शनीस्चरे ७ मोरङकी २३ वर्षकी मुना थापा र भरतपुर ११ चितवनकी ४३ वर्षकी कृष्ण माया गुरुङ रहेका छन् । ज्यान गुमाउने दुवै जना सारजाहको हमारिया फ्रिजोनमा रहेको तानजिफ्को क्लिनिङ कम्पनीमा क्लिनरको रुपमा काम गर्ने कामदारका साथै एउटै कोठामा बस्ने साथी समेत भएको बुझिएको छ। घटनामा ज्यान गुमाएकी थापा १० महिना अगाडि र गुरुगँ १९ महिना अगाडि रोजगारका शिलसिलामा युएइ पुगेका थिए। २८ साउन बिहिबारको साँझ अफिसको डिउटि सकाएर ब्लोड जाँच गराउनका लागि नजिकै रहेको  फार्मेसीमा जान  लागेका बखत  सडक पार गर्ने क्रममा गाडीले ठक्कर  दिएर  उनीहरु दुइ जनाको घटनास्थलमै ज्यान गएको हो। ब्लड चेक गराउन गुरुगँले आफनो साथी मुनालाइ साथै लिएर गएकी थिइन। जेब्रा क्रस र नजिकै भएको ट्राफिक सिग्नल छोडेर अर्कै ठाउँबाट सडक पार गर्न लाग्दा कारले ठक्कर दिएको उनीहरु सँगै एउटै कम्पनीमा कार्यरत गुल्मि घर भै हाल दुवइमा रहेकी घटनाकी प्रत्यक्षदर्शी  निर्जला जिसिले जानकारी दिनुभयो । सडक पार गर्न लाग्दा कारले ठक्कर दिएको हो,उहाँले भन्नुभयो हामीले अस्पताल लैजाने मौका नै पाएनौ।किनकी उहाँहरुको घटनास्थल मै ज्यान गैसकेको थियो।घटनामा ज्यान गुमाएकी थापा अबिबाहित रहेको र गुरुगँका दूइ वटि छोरी रहेको पारिवारिक श्रोतले बताएको छ

नेपाली दूतावास आवुधाबीले जनाए अनुसार ,कार दुर्घटनामा परी दुई जना नेपालीको ज्यान गएको सम्बन्धी    स्थानीय प्रशासनको प्रारम्भिक रिपोर्ट दूतावासलाई प्राप्त भई सकेको  छ । कम्पनीले आवाश्यक कानूनी प्रकृया पुरा गरेर शव जती सक्दो चाडो नेपाल पठाउन दूतावाससँग समन्वय गरिरहेको दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।

नयाँ घर बनाउदा २७ बुँदाको कडा सर्त पालना पर्ने

0 comments
काठमाडौँ, भदौ १ –तपाई नयाँ घर बनाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईले २७ बुँदाको कडा सर्त पालना गर्नुपर्छ । सरकारले स्थानीय विकास मन्त्रालय मार्फत बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धि आधारभूत मार्गदर्शन २०७२ ल्याएको छ ।

मन्त्रालयले राष्टिय भवन संहिता २०६० तथा भवन सम्बन्धी परिमार्जित मापदण्डहरुलाई सहरी विकास मन्त्रालयको प्राविधीक सहयोग र समन्वयमा सबै नगरपालिका तथा गाविसहरुमा कार्यान्वयन गरी सुरक्षित एंव भूकम्प प्रतिरोधात्मक आवास, व्यवस्थित बसोबास प्रवद्र्धनको निमित्त यस्तो सहरी योजना तथा भवन निर्माण मापदण्ड ल्याएको हो ।

उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी सो मार्गदर्शन सार्वजनिक गरेका हुन् ।

मार्गदर्शनमा सडकको चौडाइ, खाली राख्नुपर्ने जमिन र खुला क्षेत्रलगायत ५५ वटा मापदण्ड जारी गरिएको मन्त्रालयका सहसचिव गोपी खनालले जानकारी दिए ।

“मापदण्डमा सडकको न्यूनतम चौडाइ छ मिटर हुनुपर्ने, सडकको न्यूनतम सेडव्याक सडक किनाराबाट १.५ मिटर छोड्नुपर्ने र सडकको न्यूनतम क्षेत्राधिकार छ मिटर कायम हुनुपर्नेलगायत मापदण्ड रहेको छ”– उनले भने ।

मापदण्ड अनुसार अब नयाँ बन्ने हरेक घरको वरपर ३० देखि ४० प्रतिशत जमिन खुल्ला हुनुपर्ने छ । सरकारी, अर्ध सरकारी वा सार्वजनिक प्रयोजनका लागि बनाइने भवन वरपर भने ५० प्रतिशत जमिन खाली हुनुपर्नेछ । यस्तै सार्वजनिक ऐलानी जग्गालाई खुदा क्षेत्र घोषणा गरी हरियाली पार्कको रुपमा रुपान्तरण गर्नुपर्नेछ । मन्त्रिपरिषदको निर्णयविना सार्वजनिक जमिन कसैलाई भाडामा वा कुनैपनि सर्तमा उपयोगका लागि दिन पाइने छैन । सडकको चौडा न्युनतम ६ मिटर

स्थानीय विकास मन्त्रालयले ल्याएको नयाँ मापदण्ड अनुसार अब हरेक सडकको चौडाइ कम्तिमा ६ मिटर हुनेछ । यो समथर र शहरी क्षेत्रका लागि हो । भिरालो र हिमाली क्षेत्रमा भने सडक चौडा न्युनतम ४ मिटर हुनुपर्नेछ ।

सडक देखि १ दशमलब ५ मिटर छोडेर मात्र घर बनाउन पाइनेछ ।

पर्खालको पनि नक्सा पास/अग्ला पर्खाल भत्काउने

पर्खाल बनाउनु पूर्व स्थानीय सरकार अर्थात गाविस वा नगरपालिकाबाट अनिवार्य नक्सा पास गराउनु पर्नेछ । विभिन्न प्रयोजनमा लगाइने पर्खालको अधिकतम उचाइ ४ फिट तोकेको छ । र, चारफिट भन्दा अग्ला र जोखिमयुक्त पर्खाल भत्काइने उल्लेख छ । चारफिट भन्दा अग्लो बार आवश्यक परे, ४ फिट पर्खालमाथि बढिमा ३ फिट जाली राख्न पर्नेछ । र घर तथा जग्गा जमिनका लागि हरितबार प्रयोग गर्नुपर्नेछ ।

पाखामा घर बनाउँन नपाईने

अब भिराला जमिनमा मनलागी घर बनाउन प्रतिवन्ध लगाएको छ । नयाँ मापदण्ड अनुसार ३० डिग्रीभन्दा भिरालो जमिन र भुगर्भ विभागले जोखिमयुमक्त भनी तोकेको क्षेत्रमा भवन बनाउन रोक लगाएको घर बनाउन पाइदैन । गाउँमा समेत घर बनाउँदा जिल्ला दैवीक प्रकोप वा भुगर्भ विभागले बस्न मिल्ने स्थान भनी प्रमाािण्त गरेको हुनुपर्छ ।

मान्छे बस्न बनाएको घरमा कार्यालय खोल्न नदिने

अबबाट आवासका लागि नक्सापास भएको भवनलाई व्यवसायीक प्रयोजनमा भाडामा लगाउन पाइने छैन । यस्तै भवन निर्माण सम्पन्न प्रतिवेदन नभएका भवनलाई स्कुल, अस्पताल जस्ता सार्वजनिक प्रयोजनमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

घरको नक्सा पास गाविस वा नगरपालिकाले गर्न नपाउने

स्थानीय निकायका कर्मचारीले आफ्नो स्थानीय निकाय भित्रका भवनको नक्सा पास गर्न पाउँदैनन् । तर हरेक नगरपालिकामा इञ्जिनियर काउन्सिलमा दर्ता भएका २ जना इञ्जिनियर हुनुपर्नेछ ।

यसैगरि अब नयाँ भवन निर्माणाधिन स्थलमा अनिवार्य रुपमा भवन निर्माण इजाजत पत्र राख्नु पर्नेछ । एक हजार भन्दा बढि घरधुरी भएका गाविसहरुमा समेत यो मापदण्ड लागु हुनेछ ।

यस्तै शहरभित्र रहेका अहिलेका स–साना गल्लिको चौडाइ समेत कम्तिमा ४ मिटर तोकिएको छ । भवनको एकरुपता र शहरी सौन्दर्यताका लागि संहिताले अब हरेक क्षेत्रमा सरकारले तोकेको डिजाइन, तला र रंगमा मात्र घर बनाउन पाइनेछ । सरकारले हरेक क्षेत्रमा छुट्टा छुट्टै रंग, आकार र डिजाइन तोक्नेछ ।

 श्रोत साभार ३१ श्राबनको रतोपाटीमा समाचार छ।




सपनामा शर्प देख्दा धेरै कुराहरुको संकेत गर्दछ

0 comments
१ भदौ २०७२ - निदाइरहेको बेलामा एकपछि अर्को चित्र, विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका हुन्छन् । जस्तै– डरलाग्दो, साहसिक, रमाइलो वा कुनै जनावार सम्बन्धी ।

प्राय मानिसहरुले सपनामा सर्प पनि देख्ने गर्छन । सपनामा देखिने सर्पले धेरै कुराहरुको संकेत गरेको हुन्छ । जस्तै :
*सर्पले सावधान गराउछ, यदि तपाइलाइ कसैले छल गर्न लागेको छ भने।

*सपनामा सर्प देखिनुले तपाइको वास्तविक जीवनमा अप्ठ्यारो अवस्था सृजना भइरहेको कुरालाइ पनि संकेत गर्दछ । जीवनको भद्रगोलता लाइ पनि बुझाउँछ यस्तो सपनाले।

*आध्यात्मिक शक्ति वृद्धि हुन्छ ।

*विशेषगरि डरको प्रतिकको पनि मानिन्छ सर्पलाइ, साथै लुकेका खतरा, वा कुनै व्यक्ति कतिको राम्रो नराम्रो भन्ने बारेमा पनि छुट्याउन सहयोग गर्छ सर्पको सपनाले ।

*सर्प यौन को संकेत हो । यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ।

क्यानडा सरकारले भूकम्प पीडित सबैलाई भिसा दिने भए

0 comments
१ भदौ २०७२ - भूकम्प पीडित नेपालीको क्यानडा भिसा आवेदन पक्रिया प्राथमिकताका साथ छिटो छरितो हुने भएको छ। क्यानडाका सिटीजनसिप र इमिग्रेसन मन्त्री क्रिस अलेक्जेन्डरले सो जानकारी दिएका हुन्।


भूकम्पबाट व्यक्तिगत रूपमा प्रभावित रहेको जानकारी दिए आवेदनकर्ताको सम्पूर्ण आवेदन पक्रिया तत्काल गरिने अलेक्जेन्डरले बताएका छन्। यसैगरी, क्यानडा भित्रै रहेका र छोटो समयको भिसा पाएकाले पनि आफ्नो बसाई लम्ब्याउन पाउने छन्।

त्यसका लागि इमिग्रेसन क्यानडामा निवेदन दिनुपर्ने छ। सो परियोजनका निम्ती सिटीजनसिप र इमिग्रेसन क्यानडा(सिआइसी)ले विशेष इमेल र फोन नम्बर सार्वजनिक गरेको छ।
नेपालमा रहेर क्यानडाको भिसा आवेदन दिइसकेकाहरुले आफ्नो ठेगाना र कसरी भूकम्पबाट प्रभावित भएको जानकारीसहित दिल्लीस्थित क्यानडेली दूतावासको इमेल  मा निवेदन दिनु पर्नेछ। त्यसमा आवेदन नम्बर पनि उल्लेख हुनु पर्नेछ। यसैगरी, घुम्न, पढ्न वा कामका निम्ती क्यानडा आउन चाहने नयाँ आवेदन कर्ताले पनि सिआइसीको वेब साइटबाट अनलाई आवेदन दिए लगतै भूकम्पबाट प्रभावित भएको सम्पूर्ण जानकारी दिल्ली दूतावासको इमेलमा छुट्टै पठाउनु पर्नेछ।

क्यानडा भित्रै रहेका आवेदनकर्ताले मा इमेल गरि भूकम्पबाट आफू कसरी प्रभावित भएको जानकारी दिई प्रक्रिया छिटो गर्न अनुरोध गर्न सक्ने छन्।

साथै सिआइसीको कल सेन्टरको नम्बर १-८८८-२४२-२१००मा फोन गरी आफू प्रभावित भएको जानकारी दिन सक्नेछन्।

क्यानडा नेपालमा गएको विनाशकारी भूकम्प प्रति निकै सम्वेदनशिल देखिएको छ। यसअघि तत्काल राहतका निम्ती ५ मिलियन क्यानडेली डलर सहायता घोषणा सहित एक उद्दार टोली पनि क्यानडाले नेपाल पठाईसकेको छ।

त्यसका साथै हाउस अफ कमनको निर्णयबाट नेपाल भूकम्म राहत कोष पनि क्यानडाले खडा गरेको थियो। सो कोष तथा अन्य दर्ता भएका संस्थाबाट २५ अप्रिलदेखी २५ मेसम्म उठेको चन्दा रकम बराबरनै सरकारले दिने घोषणा गरेको थियो।

मानवताका निम्ती निकै संवेदनशिल रहने क्यानडाको ओन्टारियो प्रान्तकी प्रिमियर क्याथलिन वाइनेले क्यानडा रेडक्रसको नेपाल भूकम्प पीडित राहत कोषमा १० लाख डलर चन्दा दिएकी थिइन्। क्यानडा रेडक्रसले नेपाल भूकम्प पीडित राहत कोष सञ्चालन गरि चन्दा संकलन गरिरहेको छ। source tajakhabar

Sagarmatha Samachar 2072-05-01

0 comments
१ भदौ २०७२ -मंगलबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
 Video

बैंकक बम विष्फोटमा ४ जना बिदेशी सहित जम्मा २७ जनाको मृत्यु ८० भन्दा बढी घाइते

0 comments
काठमाडौं, भदौ १ - थाइल्याण्डको राजधानी बैंककमा सोमबार साँझ ७:१० बजे स्थानिय समयमा भएको भीषण बम विष्फोटमा कम्तीमा ४ जना बिदेशी सहित जम्मा २७ जनाको मृत्यु भएको छ । विष्फोटमा परी ८० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

राजधानी बैंककको मध्यभागमा पर्ने चिडलम जिल्लाको एरावान मन्दिर नजिकै सो विष्फोट भएको जनाइएको छ । मोटर साइकल बम विफोट गराइएको हुनसक्ने त्यहाँको प्रहरीले जनाएको छ । दुई वटा बम भने सुरक्षाकर्मीले निष्क्रिय बनाएको थियो ।

बरह्माको मन्दिर भए पनि सो मन्दिरमा दैनिक हजारौं वौद्ध धर्मावलम्बीहरु पूजाआराधनाका लागि जाने गरेको पनि समाचारमा जनाइएको छ । विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।


Monday, August 17, 2015

Dhamala Ko Hamala with Deepak Raj Giri

0 comments
३२ शाउन सोमबार - चर्चित हाँस्य कलाकार दिपकराज गिरी संग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ दिपकराज गिरीका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV. 
Part 1
Part 2
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Jire Khursani, 17 August 2015

0 comments
३२ श्राबन २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस। क्लिक गर्नुस भिडियो खोल्नेछ।
jire-khursani-17-august-2015

Sajha Sawal Episode 405 Demarcation of Federalism

0 comments

कान्तिपुर टि.भी.बाट ३१ श्राबन आइतबार बेलुकी प्रशारित "साझा सवाल" भाग ४०५ हेर्नुहोस।
VIDEO

Kantipur Afternoon News, 2072-04-32

0 comments
३२ श्राबन , २०७२ सोमबार दिउसो कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
VIDEO

Like us

 

Search

 
Enjoy the site