Monday, August 31, 2015

टीकापुर आक्रमणमा संलग्न भएकाे अभियोगमा थप ८ जना पक्राउ

0 comments
१४ भदौ २०७२ - एसएसपीसहित ९ जना मारिएको टीकापुर आक्रमणमा संलग्न रहेको आरोपमा थप ८ जनालाई पक्राउ गरिएको छ ।

गस्तीमा गएको प्रहरी टोलीले १३ भदौ राति मुनुवा, जोशीपुर र दुर्गौली गाविसका बिभिन्न ठाउँबाट ८ जना पक्राउ गरेको हो । टीकापुर इलाका प्रशासन कार्यालयका प्रमुख सुमन धितालले ८ जना पक्राउ गरेको बताए । “अनुसन्धानका लागि पक्राउ गरिएका हुन, उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनगढी लगिएको छ”, उनले भने ।

पक्राउ परेका ८ जनाको नाम सार्वजनिक गरिएको छैन । टीकापुर घटनापछि टीकापुर र आसपासका गाविसका बडघर र भलमन्सा गाउँ छोडेर भागेका थिए ।
बडघरहरु घर फर्केको सूचना पाएपछि गएको प्रहरी टोलीले दुई जना बडघरसहित ८ जनालाई पक्राउ गरेको हो ।

यसअघि, टीकापुर घटनामा संलग्न रहेको आरोपमा ४ जना घाइते सहित १० जनालाई पक्राउ गरिएको थियो । उनीहरु मध्ये घटनामा संलनग्न नदेखिएका ३ जनालाई रिहा गरिएको थियो ।

उनीहरुलाई पक्राउ गरेपछि १४ भदौ बिहान जोशीपुरका थारु समुदायका महिला जोशीपुर इलाका प्रहरी कार्यालय पुगेका थिए । अनुसन्धानका लागि मात्रै समातिएको र निर्दोश भए छोडिने जनाउदै सम्झाइ बुझाइ गरेपछि थारु महिलाहरु घर फर्केको इलाका प्रशासन कार्यालयका प्रमुख धितालले जानकारी दिए । श्रोत

७ भदौको टीकापुर हिंसात्मक झडपमा एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक द्वय बलराम बिष्ट र केशव बोहरा सहित ८ जना सुरक्षाकर्मी र डेढ वर्षीय बालक टेकेन्द्र साउँद मारिएका थिए । त्यसयता टीकापुर र आसपासका क्षेत्रमा कफ्र्यू लागेको छ भने जनजीवन प्रभावित बनेको छ ।



२५० रुपैयाँमा युटिएलको असिमित इन्टरनेट योजना

0 comments

 युनाइटेड टेलिकम लिमिटेडले दशैँ लगायतका चाडपर्वको अवसरमा मात्र २५० रुपैयाँमा ५६ दिनसम्म असिमितरुपमा इन्टरनेट चलाउन मिल्ने विशेष डाटा प्याक योजना ल्याएको छ।

यो योजना अन्तर्गत यही भदौ १५ देखि असोज ८ गते भित्र युटिएलको डाटाप्याक सिम खरिद गरी ग्राहकले उक्त असिमित इन्टरनेट सुविधा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।

भदौ १५ गते डाटाप्याक सिम किन्नेहरुले ५६ दिनसम्म र योजनाको अन्तिम दिन अर्थात् असोज ८ गते सिम किन्नेहरुले भने ३२ दिनसम्म असिमित रुपमा इन्टरनेट चलाउन सक्ने बताइएकोछ।

साथै यो योजना नयाँ डाटा सिम खरिदमा मात्र लागू हुने पनि बताइएको छ। यसअघिका डाटा प्याकेजहरुमा भने यो योजना लागू हुने छैन।

योजनाको अवधि समाप्त भइसकेपछि उक्त डाटा प्याक स्वतः नियमित इन्टरनेट सेवामा परिणत हुने र त्यसवापत ग्राहकले मासिक ५ सय ६५ रुपैयाँ रिचार्ज गरी सेवा सुचारु गर्नसक्ने पनि कम्पनीले बताएको छ।
श्रोत : सेतोपाटी १३ भदौ

Dhamala Ko Hamala with Sitaram Kattel Dhurmush

0 comments
14 भाद्र सोमबार - चर्चित हाँस्य टेलि फिल्म मेरी बास्सैका कलाकार सिताराम कट्टेल धुर्मुससंग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ सिताराम कट्टेल धुर्मुसका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.
Video Part 1 Part 2 Part 3 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Afternoon news – 31 August 2015

0 comments
१४ भदौ २०७२ आइतबार बिहान हिमालयन टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
VIDEO
click over picture news will open
http://www.npnewsportal.com/afternoon-news-31-august-2015/

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

आइतबार साँझ काठमाडौंमा भूकम्पको धक्का

0 comments
काठमाडौं - १३ भदौ २०७२ आइतबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । साँझ ७ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । राजधानीबासी घर बाहिर निस्केको थियो।

भूकम्पको धक्कापछि सर्वसाधारण घरबाहिर निस्किएका छन्  । सिन्धुपाल्चोक केन्द्रबिन्दु  भएर ५ रेक्टरस्केलको पराकम्पन गएको हो । वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पपछि साना ठूला पराकम्पन आउनेक्रम जारी छ ।


Sunday, August 30, 2015

Dance India Dance Season 5 - Episode 20 - August 30, 2015 - Full Episode

0 comments
१३ भदौ २०७२ , आइतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २० मा नेपालका निर्मल तामाङ र  पंकज थापाले प्रस्तुत गरेको बेजोड प्रस्तुतीहरुका साथसाथै अन्य प्रस्तुतिहरुको पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।

dance-india-dance-season-5-episode-20-august-30-2015-full-episodel


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dance India Dance Season 5 - Episode 19 - August 29, 2015 - Full Episode

0 comments
१२ भदौ २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग १९ मा नेपालका पंकज थापाले प्रस्तुत गरेको बेजोड प्रस्तुतीका साथसाथै अन्य प्रस्तुतिहरुको पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
dance-india-dance-season-5-episode-19-august-29-2015-full-episode.html

Nepali Comedy Video JURELI Episode 3

0 comments
 नेपाली हाँस्य टेली फिल्म जुरेली भाग ३ भिडियो सहित हेर्नुहोला।
VIDEO Part 1
Part 2 Part 3 Part 4 Part 5
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode 407 Development of Eastern Hills

0 comments

कान्तिपुर टि.भी.बाट १३ भाद्र २०७२ आइतबार बेलुकी प्रशारित "साझा सवाल" भाग ४०७ हेर्नुहोस । झण्डै आधा जनसंख्याको बसोबास रहेको पहाडी क्षेत्रको विकासको लागि सरकारले बर्षेनी अरबौं रुपैंया खर्च गर्छ । तैपनि शिक्षा, स्वास्थ्य, यातायातलगायत विभिन्न सुविधाको खोजीमा बसाई सर्ने क्रम पनि जारी छ । पहाडको विकास कसरी गर्न सकिएला? आजको साझा सवालको बहस: ओखलढुङ्गाका सभासद् यज्ञराज सुनुवार, संसदको विकास समितिका सदस्य अनीता देवकोटा र विकासविद् द्वारिकानाथ ढुङ्गेलसँग
VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Hakka Hakki Aug 29

0 comments

१२ भदौ २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की।
HAKKA HAKKI.
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Ditha Saab , 29 August 2015

0 comments

डिटठा साब कमेड़ी टेली फिल्म सुक्रबार ११ भदौ २०७२का दिन कान्तिपुर TV मा बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो हेर्नुहोस।
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Kantipur - Evening News , 30 August 2015

0 comments
१३ भदौ २०७२ आइतबार बेलुकी कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
VIDEO
click over picture news will open
dcnepalonline.com/video/kantipur

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, August 29, 2015

यू-१९ साफ च्याम्पियनसिप फुटबलमा नेपालले इंडियालाई हराउदै च्याम्पियन बन्यो

0 comments
१२ भदौ, काठमाडौं । नेपालले पहिलो यू-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा भारतलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

यससँगै नेपालले दुई दशक लामो उपाधिको खरेडी टारेको छ । नेपालले सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेको थियो । त्यसयता नेपाली पुरुष टीमले कुनै पनि उपाधि जित्न सकेको थिएन । गर्यो र उपाधी हात पार्यो पुरा समाचार र भिडियो हेर्न तल थिच्नुहोस गर्दै

सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले ३१ औं मिनेटमा गोल गरेको थियो ।

कर्नरमा आएको बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेका थिए । तर, बाउन्स भएको बलमा तेज तामाङले गोल गरेका हुन् । त्यसअघि अन्जनको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो । श्रोत :अनलाईन खबर

तर, खेलको ८७ औं मिनेटमा भारतले पेनाल्टीमार्फत गोल फर्कायो । निर्धारित समयको खेल १-१ को गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो ।

टाइब्रेकरमा नेपाली गोलरक्षक सोजित गुरुङले भारतका पहिलो पेनाल्टी नै रोकेका थियो । नेपाली सबै खेलाडीले गोल गरे । अन्तिममा अनन्त तामाङले गोल गर्दै नेपाललाई उपाधि दिलाए ।
FULL MATCH: India vs Nepal - SAFF Championship 2013
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

SAAF U19 FOOTBALL NEPAL VS INDIA live

0 comments

यु-१९ साफ च्याम्पियनसीप उपाधिका लागि नेपालले भारतसँग अहिले ३ बजे देखि भिड्दै छ । खेलमा भारतविरुद्ध नेपाल १-० गोलले अगाडी छ। खेलको ३० अौ मिनेटमा तेज तामाङले गोल गरेका हुन्। प्रत्यक्ष प्रसारण हेर्नुहोस ।
LIVE

Sagarmatha Samachar 2072-05-12

0 comments
१२ भदौ २०७२ -शनिबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, August 28, 2015

धनीराम चौधरीलाई कारबाही नगर्न पासाङ शेर्पाको चेतावनीपुर्ण खुल्लापत्र मन्त्रि लालबाबु पण्डितलाई

0 comments
शुक्रबार, ११ भदौ , काठमाडौं । सरकारी जागिरमा बिदा लिएर थरुहट आन्दोलनमा लागेको भन्दै थरुहट आन्दोलनका संयोजक धनीराम चौधरीलाई कारबाही गर्ने प्रक्रिया सुरु भएपछि पासाङ शेर्पाले सामान्यप्रशासन मन्त्री लालबाबु पण्डितलाई चेतावनी दिएका छन् । एमालेकै पूर्व कार्यकर्तासमेत रहेका सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य शेर्पाले खुल्लापत्र फेसबुकमा राख्दै चेतावनी दिएका हुन् । उनले मन्त्री पण्डितको वरिपरी रहेका सबै थारु विरोधी भएको आरोप लगाएका छन् । उनले धनीराम चौधरीलाई कारबाही नगर्न घुमाउरो पाराले चेतावनी दिएका हुन् ।
उनकाे खुलापत्र जस्ताकाे तस्तै थारु कल्याणकारिणीका अध्यक्षलाई सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डितले कारवाही गरेकाे समाचार अायाे त्याे साँचाे हाे कि हाेईन ? यदि हाे भने मन्त्री ज्युलाई मेराे खुल्ला पत्र ।माननीय मन्त्रीज्यु, हिजाे सम्म ईन्जिनियर थियाे अब तपाईले खाँटी थारू नेता बनाई दिनुभयाे । अर्काे एउटा अान्दाेलनकारी नेता जन्माउनु भयाे । धन्यवाद ।
युनियन युनियन भन्दै कार्यालयमा हाजिर गर्दै दिन भरी राजनीतिक भेलामा जाने पार्टीवाला सरकारी कर्मचारीहरुलार्इ चाँहि अब तपाई के गर्नुहुुन्छ ? कि तपाईकाे याे नियम थारूलाई मात्र लागू हुन्छ ? पार्टीकाे अान्दाेलनमा मुठ्ठी उठाउदै उफ्रिने कर्मचारीकाे फाेटाे सहितकाे फेहरिस्त लिएर अाएँ भने तपाईं के गर्नु हुन्छ ?
म पनि तपाईसँगै एमालेमा हुँदा पार्टीकाे संगठन चलाएर बस्ने कैयन कम्रेडहरु थिए त । के तिनीहरुले पार्टीकाे सँगठन छाडी सके ? कि राष्ट्रसेवक कर्मचारीकाे जागिर छाडे ? मलाई भनी दिनु न मन्त्री ज्यू ।
सारा नेपालीले हेरिरहेका हुनेछन तपाईकाे याे नियम थारूलाई मात्र लागू हुन्छ कि अरु जातिलाई पनि लागू हुन्छ ? हाे तपाईले एउटा थारुकाे छाेरालाई जागिरबाट निकाले पछि धेरै धेरैले धन्यवाद भन्ने छन । किन कि तपाईकाे वरिपरि थारुहरु अहिले छैनन थारुहरु अहिले मन्त्रीकाे वरिपरी पुग्न सक्ने हैसियतमा छैनन । तपाईंकाे वरिपारी अहिले जाे छ त्याे सबै थारु बिराेधीहरु हुन त्यसकारण तपाईलाई धन्यवादकाे अाेईराे लाग्ने छन । तर जुन दिन तपाईकाे पनि मन्त्रिपद खुस्किन्छ नि अनि तपाईले थाहा पाउनु हुने छ तपाईलाई धन्याद दिनेहरु काे रहेछन भनेर ।
त्यसपछि हामी फेरि सँगै सँगै सडकमा कराउदै उफ्राैला उत्पिडीत जाति समुदाय एक हाै, एक हाै भन्दै कराउला ।
सरक्षित त तपाईं हाम्राे समुदायकाे लागि सडक नै सुरक्षित छ है । मलाई थाहा छ, थारुकाे छाेरालाई जागिरबाट निकाल्ने मन्त्रिज्यु पनि एकदिन सडकमै अाउनु हुनेछ । त्याे बेला उहाँलाई अाेछ्याउन काम लाग्छ भनेर एउटा खाली कार्टुन बकस जाेगाई राखेकाे छु ।
उहीँ तपाईकाे भुपू कार्यकर्ता एवं. अहिले अाफ्नै समुदायकाे नेता ।
शेर्पाकाे फेसबुक पेजबाट

कुवेतमा बलात्कार भएकी नेपाली चेलीको बयानले कुबेती अदालत स्तब्ध

0 comments
भाद्र ११, २०७२- अदालतको कठघरामा उभ्याइदासम्म उनी निकै डराएकी थिइन् । होचो कद र पातलो शरीरकी उनको अनुहारलाई बुर्काले ढाकेको थियो । आँखा मात्रै देखिन्थ्यो । न्यायाधीशले बयान लिन अनुमति दिएपछि दोभाषे बाराका केदारनाथ खरेल अगाडि गएर उभिए ।
'तिमीलाई बलात्कार भयो भनेर प्रहरीले मुद्दा दायर गरेको छ,' कुबेती वकिलले भनेपछि अरबी भाषालाई नेपालीमा अनुवाद गर्दे खरेलले उनलाई प्रश्न गरे, 'बलात्कार कसरी हुन गयो ?'
२७ बर्षीया युवतीले तुरुन्तै जवाफ दिइन् । जब उनले जवाफ दिन थालिन् उनका आँखाबाट आँशुका ढिक्का खस्न थाले । अदालतभरी उनको सुँक्क सुँक्क आवाजमात्रै सुनियो । टाउको छोपेको सलले उनले आँखा र मुख छोप्न थालिन् । तर, पीडालाई लुकाउन सकिनन् । उनको रुवाईको आवाज झन् बढ्यो । उनको रुवाईले अदालत स्तब्ध भयो ।
केहीबेरका लागि अदालती सुनुवाई पनि प्रभावित भयो । न्यायाधीशदेखि अन्य उपस्थित ब्यक्तिहरु स्तब्ध थिए । निकैबेर अदालतमा उनको सुक्क सुक्क मात्रै सुनियो । बाँकी अदालत मौन रह्यो । मौनता चिर्दै फेरि खरेल बोले, 'बहिनी डराउनु पर्दैन । तिम्रो साथमा हामी छौं । साँचो कुरा बताइदेऊ ।'
उनले आँशु पुछिन् । 'दिनभरिको कामले थाकेर चल्न पनि नसक्ने भएर म सुतिरहेको थिएँ,' बल्ल उनको ओठ चल्यो, 'केही गहुँगो बस्तु आएर थिचेजस्तो लाग्यो ।' त्यो गहु्रङगो वस्तु उनले काम गर्ने घरको मालिक्निको छोरा थियो । 'म चिच्याउन खोजें, उसले मेरो घाँटी थिच्यो,' यति भनेर उनी फेरि रोइन् । उसले उनलाई कराए मारिदिने धम्की दियो । 'म ऊसामु आत्मसमपर्ण गर्न बाध्य भएँ,' उनले भनिन् ।
खरेलले उनको बयानलाई जस्ताको तस्तै अरबीमा न्यायाधीश सामु बताइदिए । उनलाई पटकपटक ज्यान मार्ने धम्की दिएर बलत्कार गरिएको थियो । दुई तले घरको छतमा उनको कोठा थियो । कोठामा चुकुल थिएन । मालिक्नीका अरु पनि छोरा थिए । केही पहिले अर्को छोराले पनि उनको कोठामा छिर्ने प्रयास गरेको थियो । त्यतिबेला मालिक्नीले थाहा पाएर छोरालाई गाली गर्दै लगेकी थिइन् ।
घरेलु कामदारका रुपमा सात महिना अघि मात्रै उनी कुबेत आइपुगेकी थिइन् । श्रीमानले दोश्रो बिबाह गरेपछि दुई छोराछोरीलाई पाल्न उनी हाउसमेड बनेकी थिइन् । त्यस घरमा आठ भाई छोरा, एक छोरी र बुढाबुढी थिए । बलात्कार हुनेबित्तिकै प्रहरीमा उनको मुद्दा दर्ता भएको थिएन । बिरामी भएर परिक्षण गर्न जाँदा गर्भवती भएपछि अस्पताल प्रशासनले प्रहरीको जिम्मा लगाएको थियो । त्यही उनले प्रहरीलाई आफ्नो बलत्कार भएको बताएकी थिइन् । 
तीन दिनसम्म सुनुवाई भएपछि अदालतले सुनुवाईको अर्को तारिख दिएको छ । बलात्कृत नेपाली युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । बलत्कारी कुबेती युवालाई अनुसन्धानको लागि प्रहरीले थुनेको छ ।
कुबेतस्थित नेपाली दुताबासले कुबेत प्रहरीले नै मुद्दा हेरेकोले पीडित आफुहरुको सम्र्पकमा नआएको जनाएको छ । 'थप बुझेर पीडितलाई न्याय दिलाउने काम हामी गर्नेछौं,' कुबेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले भने । श्रोत : कान्तिपुर समाचार


लन्डनमा एक नेपाली विद्यार्थीले एसीसीए परीक्षामा विश्वमै उत्कृष्ट अंक ल्याए

0 comments
भाद्र ११, २०७२- लन्डनमा अध्ययनरत एक नेपाली विद्यार्थीले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै उत्कृष्ट अंक ल्याएर प्रथम स्थान हासिल गरेकी छिन् ।

चितवन लंकु ६ स्थायी निवासी सिर्जना भण्डारी गौतमले गत जुनमा भएको
एसीसीए पि वान -प्रोफेशनल लेभल) परीक्षामा विश्वभरका २१ हजार ३ सय ७ जना परीक्षार्थीलाई उछिन्दै ८९ स्कोरसहित प्रथम स्थान हासिल गरेकी हुन् ।

'नतिजासहित एसीसीएको इमेल आउंदा त म शुरुमा आश्चर्यचकित भएं', खुशी बांड्दै उनले भनिन्, 'मेरो सफलताका पछाडि लगाव र मिहेनत नै हो । अनि परिवारको प्रेरणा र साथ ।'

नेपाल छंदा नै उनी पढाइमा अब्बल थिइन् । अर्किड कलेज चितवनबाट ए लेभल उत्तिर्ण भए लगत्तै सन् २०१० सेप्टेम्बरमा यूके आएकी सिर्जनाले लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट म्याथ एण्ड अकाउन्टिङमा ब्याचलर्स डिग्री गरेर एसीसीए पढ्न थालेकी थिइन् । 'लन्डन आउने बित्तिकै शुरुतिर अलमल भयो', उनले विगत सुनाइन्, 'पढाउने तरिका फरक अनि यहांको संस्कृति र रहनसहन पनि । पछि विस्तारै एडजस्ट भएं ।'

हाल लन्डनस्थित एउटा व्यवस्थापन कम्पनी 'एम एण्ड जी' की जागिरे उनी लन्डनमा जागिर अनि पढाइ एकसाथ लैजान सजिलो भने नभएको अनुभव सुनाउंछिन् ।

बाबा रामराज भण्डारी र आमा ताराकी सुपुत्री २५ वर्षीया सिर्जनाले भविष्यमा अकाउन्टिङमै करिअर बनाउने लक्ष्य लिएकी छिन् । उनलाई श्रीमान् विशाल गौतमको पनि साथ छ । श्रोत साभार : कान्तिपुर समाचार

मन्त्रि लाल बाबु पण्डितले धनीराम चौधरीलाई कारबाही गर्न निर्देशन

0 comments

काठमाडौँ, ११ भदौ - सामान्य प्रशासन मन्त्रालयले कानुनविपरीत राजनीतिक आन्दोलनमा सरिक हुँदै आएका सडक डिभिजन कार्यालय, बुटवलका सरकारी कर्मचारी (इन्जिनियर) धनीराम चौधरीलाई कारबाही गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

निजामती प्रशासनको नियामक मन्त्रालय सामान्यले निजामती सेवा ऐनविपरीत चौधरी थारू कल्याणकारी सभाको अध्यक्ष भई थरुहट प्रदेशको माग गर्दै सरकारविरोधी आन्दोलनमा उत्रेको पाइएको उल्लेख गर्दै कारबाहीका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई लिखित निर्देशन दिएको  छ ।

करिब एक वर्षअघि थारू कल्याणकारी सभाको अध्यक्ष भएका चौधरी बहाल रहेको हाल सडक डिभिजन कार्यालय बुटवलमा साउन २९ देखि भदौ २४ सम्मका लागि बिदा लिएर आन्दोलनमा लागेका हुन् । उनी थारू सभासदहरूको मोर्चासहित ४ संगठनको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक पनि हुन् । ‘इन्जिनियर चौधरी निजामती ऐनविपरीत आन्दोलनको नेतृत्व गरिरहेको कुरा आएको छ ।

उनी सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर हुन् कि होइनन् । हुन् भने निजामती ऐनअनुसार स्पष्टीकरण लिएर कारबाही गर्न सामान्यले भौतिक पूर्वाधार मन्त्रालयलाई लिखित निर्देशन दिएको छ,’ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने । कान्तिपुर दैनिकमा खवर छ ।


पृथ्वीमा ठुलो चट्टान ठोकिदै र जसले संसारकै अन्त्य गराउन पनि सक्नेछ

0 comments
केही खगोलविदहरुले आगामी ४ साताभित्र पृथ्वीमा एक भयानक खगोलीय चट्टान ठोक्किने र त्यो संसारकै अन्त्यको कारण बन्न सक्ने दावी गरेका छन् । एस्टेरोइड भनिने उक्त चट्टान सेप्टेम्बरमा पृथ्वीमा ठोकिन्ने र २१ सेप्टेम्बर देखि २८ सेप्टेम्बरकोबीचमा यस्तो घटना हुँदा पृथ्वी ध्वस्त हुने अवस्था समेत आउने कतिपय शंकाबादी खगोलवीदको दावी छ ।

आफूलाई भविष्यबक्ता दावी गर्ने एफ्रेन रोड्रिगेज नामका एक ब्यक्तिले आफुले गरेको अध्यन अमेरिकाको अन्तरिक्ष अध्यन संस्था नाशालाई पठाएका थिए ।

रोड्रिगेजले ब्लड मुन प्रोफेसी भनिने भविष्यवाणीको धारामा आधारित रहेको र उनको भविष्यवाणी अनुसार २८ सेप्टेम्बर उनले भन्ने गरेको ४ ब्लड मुनको अन्तिम साता रहेको बताइएको छ । एजेन्सी

Bhadragol, 28 August 2015

0 comments
११ भाद्र २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
bhadragol-28-august-2015
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

२२ बर्षको उमेरमा गुजरात हल्लाउने हार्दिक पटेल

0 comments
अहमदाबाद– २२ वर्षीय हार्दिक पटेलले पटेल समुदायलाई आरक्षणको माग गर्दै सुरु गरेको आन्दोलनका कारण गुजरात अस्थिर भएको छ । हार्दिकको आन्दोलनका कारण विगत दुई दिनदेखि लगातार कर्फ्यू लगाइएको छ भने नौ जनाले आफ्नो ज्यान गुमाइसकेका छन्। स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ । दुई महिना अगाडि अपरिचित हार्दिक अहिले पुरै भारतभर चर्चित भएका छन् । निकै महत्वकाक्षी २२ वर्षीय हार्किकको परिवार र उनका गुरुलाई भने उनी एक दिन चर्चित बन्ने थाहा थियो ।

भारतीय संचारमाध्यमका अनुसार उनी अन्य मानिस भन्दा अगल देखिन्थे । उनको जन्म २० जुलाई १९९३ मा अहमदाबादको वीरम गाउँमा बुवा भरतभाईर आमा उषाबेनको घरमा भएको हो । स्कुलको पढाइ गाउँको दिव्यज्योत स्कुल र केबी शाह हाइयर सेकेन्डरी स्कुलमा भएको हो । दार्हिकलाई पढाउने शिक्षकका अनुसार उनको पढाइ औषत थियो भने क्रिकेटमा भने विलक्षण प्रतिभा । स्कुल र कलेजमा हार्दिकको स्वभाव अन्र्तमुखी भएपनि नेतृत्व क्षमतामा भने गजवको थियो ।

स्कुल कलेजमा कुनै कार्यक्रम वा क्रिकेट खेलमा सधैं हार्दिक अगाडि देखिन्थे । हार्दिकमा आमा उषबेनका अनुसार उनी निडर स्वभावका छन् । उनले कसैको विषयमा कुनै गुनासो गरेका छैनन् । जस्तोसुकै समस्या आफैं सुल्झाउँछन् । क्रिकेटर मैदानदेखि आरक्षणको मञ्चसम्मको यात्रा तय गरेको हार्दिकको यात्रा भने घरबाटै सुरु भएको थियो । हार्दिककी बहिनी मोनिकाको १२ कक्षामा ८४ प्रतिशत आएपनि राज्यले दिने छात्रबृत्ति उनले पाइनन् । यसबाट हार्दिकलाई दुःख लाग्यो ।

अझ मोनिकाका ८१ प्रतिशत ल्याउने साथीले छात्रबृत्ति पाएको थाहा पाएपछि उनले आफूँलाई रोक्न सकेनन् । मोनिकाका अनुसार उनी जिल्ला टपर थिइन् र नियम अनुसार छात्रवृत्ति आफूले पाउनुपर्ने थियो । मलाई दिइएन तर मेरी साथीले भने पाए । यही कुराबाट हार्दिकले आरक्षणको मुद्दा उठाए र दुइ महिनामा आन्दोलनले गुजरात अस्थिर भएको छ ।


लिपुलेकमा बस्ने नेपालीहरु भन्छन ‘तिम्रो सरकारले के दियो, भारतले सबथोक दिएको छ ।’

0 comments
काठमाडौं, भदौ ११ – लिपुलेकको एक नम्बर पिल्लरसम्म पुगेर फर्केका वैद्य माओवादी संवद्ध अखिल (क्रान्तिकारी) का नेताहरुले त्यहाँ बस्ने अधिकांश नेपालीहरुसँग दोहोरो नागरिकता रहेको बताएका छन्
लिपुलेकबाट फर्केपछी बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष रत्न ढकालले भने, ‘लिपुलेकमा बस्ने नेपालीहरुले खुलेआम भारतिय नागरिकता देखाउँदै हामीलाई सोधे, ‘तिम्रो सरकारले के दियो, भारतले सबथोक दिएको छ ।’

सिमानामा खुलेआमा दोहोरो नागरीकता वितरण गरिएको बारे आफ्नो संगठनले सरकारको ध्यानाकषर्ण गराउने ढकालले बताए । उनका अनुसार सीमाका बासिन्दालाइ सीमा मिचीएको बारे कुनै मतलव छैन ।

बरु काठमाडौंमा बस्नेहरुले सीमाको कुरा उठाउँदा उनिहरुले समस्या महसुस गर्ने गरेको विद्यार्थी नेता विरेन्द्र बस्नेतले बताए ।

दश दिनको भौगोलिक कठिनाइ चिरेर लिपुलेक पुग्दा ठुलो जोखिम मोल्नुपरेको उल्लेख गर्दै कैयौं ठाउँमा विद्याथी नेताहरुले ज्यान हत्केलामा राखेर अगाडी बढेको (अखिल क्रान्तिकारी) ले जनाएको छ ।

आफ्नो संगठन त्यहाँ जाने कुरा थाहा पाएपछी भारतिय सिमा सुरक्षा बलले ठाउँ–ठाउँमा तुईन काट्ने र बत्तिको लाईन काटिदिएर समस्या सिर्जना गरेको सो संगठनले दाबी गरेको छ ।

अध्यक्ष ढकालका अनुसार स्थानियमा आक्रोशको रफ्तार बढाउनका लागि भारतिय सिमा सुरक्षा बलले बिजुली र तुईन काटेको थियो । उनले भने, ‘त्यसो गर्न सकेमा नेपाली भुमिमा बस्दै आएकाहरुले नै हामीलाई असहयोग गर्नेमा भारतिय सिमा सुरक्षा बल विश्वस्थ रहेको पाईयो ।’

त्यस्तै लिपुलेकको घना जंगलबाट ठुलो संख्यामा बन्यजन्तु तस्करी हुँदा पनी नेपाली प्रहरीहरु मुकदर्शक बन्ने गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ । लिपुलेक पुगेर फर्कनेहरुका अनुसार लिपुलेक जाने बाटोमा पर्ने होटलहरुमा जंगली जनावरको सुकुटी र बावुराम नामक रक्सी छ्यापछ्याप्ती पाईन्छ ।

वैद्यका विद्यार्थिहरुसँगै लिपुलेक पुगेका एक पत्रकारका भन्छन्, ‘त्यहाँ जिन र भर्जिन भन्दा पनी बावुराम रक्सी र जंगली जनावरको सुकुटी लोकप्रिय रहेछ ।

लिपुलेकमा चामल नपाउने हुनाले त्यहाँ जौ को ढिँडो निकै लोकप्रिय बनेको छ ।

त्यस्तै भारत र चिनले लिपुलेक हुँदै दैनिक सयौं खच्चरहरु मार्फत सामान ओसार पसार गर्ने गरेको भएपनी नेपालको प्रशासनले भन्सार प्रणाली लागु गर्न नसकेको उनिहरुले बताएका छन् । गएको साउन २३ गते काठमाडौंबाट लिपुलेक हिँडेका विद्यार्थिहरु ३२ गते लिपुलेकको एक नम्बर पिल्लरमा पुगेका थिए । त्यहाँबाट उनिहरु कञ्चनपुर हुँदै भदौ पहिलो साता काठमाडौं फर्केका थिए । श्रोत साभार :रातोपटी 

नेपाल अन्डर नाइन्टिन साफ च्याम्पियन्सिप फुटबलको फाइनलमा प्रवेश

0 comments
काठमाडौं, ११ भदौ । नेपाल अन्डर नाइन्टिन साफ च्याम्पियन्सिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको सेमिफाइनमा अफ्गानिस्तानलाई ३ – २ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालका लागि अन्जन विष्टले दुई र सुनिल पालले एक गोल गरेका थिए ।

खेलको ५० औं मिनेटमा बल जोगाउने क्रममा अनन्त तामाङले आत्मघाती गोल गरेका थिए ।

अब नेपालले बिहीबार हुने बंगलादेश र भारतबीचको सेमिफाइनल विजेतासँग फाइनल खेल्नेछ ।



नुवाकोट पहिरोमा परी मृत्यु भएका ६ जनाको सनाखत र ६ जना घाइते

0 comments
नुवाकोट, भदौ ११ । नुवाकोटमा पहिरोमा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा गोर्स्याङ २ काभ्रेस्थलीका स्थानीय २६ बर्षीय सोमबहादुर तामागं र उनकी श्रीमती भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही गाविसका फुर्क तामागं र उनका छोरा केशव र पूणको पनि मृत्यु भएको छ । त्यस्तै नुवाकोटकै धर्लागंकी कुमारी तामागंको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोबाट ६ जना घाइते भएको बताइन्छ ।

घटनास्थल सदरुमुकामदेखि झण्डै १७ किलोमिटर पश्चिममा पर्छ । घाइतेहरुलाई उपचारका लागी सदरुमुकाम ल्याउने तयारी भइरहेको प्रहरीको भनाई छ । भिडियो हेर्न यहाँ थिच्नुहोस 



photo by :nuwakot khabar


Like us

 

Search

 
Enjoy the site