Monday, September 7, 2015

अब विदेशबाट नेपाल आउनेले कस्तो-कस्तो सामान ल्याउन नपाउने रहेछन् पुरा पढ्नु होला

0 comments
विदेशबाट नेपाल फर्किनेहरुले पहिले टन्नै सामान घरायासी प्रयोगका लागि भन्दै ब्यागमा कोचेर लान पाउँथे । तर अब त्यसो गर्न नपाइने भएको छ । आइतबारदेखि भन्सार विभागले सबै स्थल नाकामा र हवाई नाकामा समेत सय रुपैयाँभन्दा बढीका सामान ल्याउने सबैलाई कर तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेको छ । विदेशमा बसेर आउनेले सय रुपैयाँभन्दा माथिका कुनै न कुनै सामान ल्याइहाल्छन् भनेर एयरपोर्टमा नेपाल भित्रिने सबै यात्रुलाई संक्षिप्त प्रज्ञापनपत्र भर्न अनिवार्य गरिएको छ । तपाईं सामान ल्याउनु्स् वा नल्याउनुस्, फाराम भर्नैपर्छ, भर्दिन भन्न पाइन्न । कस्तो हुन्छ त यो फाराम ? हेर्न भित्र आउनुस्- संक्षिप्त प्रज्ञापन पत्रको नमूना । ठूलो पारेर हेर्न फोटोमा क्लिक गरे हुन्छ



अनि त्यसो भए के सबै सामानको कर तिर्नुपर्छ त ?
हैन, सबैको तिर्नुपर्दैन । भन्सार विभागका महानिर्देशक टंकमणि शर्माका अनुसार निजी गुन्टा झिटी भारीको सुविधा खारेज गरिएको छैन । त्यो भनेको के भनेर अचम्ममा पर्नु भो ? एक सय ८० दिन विदेशमा बस्ने नेपालीले आफूले प्रयोग गरेको एकसरो सामान कर नतिरी ल्याउन पाउँछन् । के कस्ता सामान ल्याउन पाउने हुन् त ? हेर्नुस् सूचि-

बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः (१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः

(क) लुगाफाटा, बरबिर्छ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
(ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया,
(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक थान,
(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान
(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।
(ज) चार किलोग्रामसम्म खाद्य परिकार ।
(झ) मदिरा १.१५ लिटरसम्मको बोतल एक ।

तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड (झ) मा उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ। खण्ड (झ) मा उल्लिखित मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ।

व्यक्तिगत प्रयोजनका लागि ल्याउने कुन कुन सामानका भन्सार (कर) लाग्छ ?
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका देहायमा उल्लिखित सबै वा कुनै मालसामान प्रचलित आर्थिक ऐन बमोजिम समदरमा लाग्ने महसुल तिरी ल्याउन पाउने छन्। यस्ता मालसामान आफू आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र भन्सार गोदाममा दाखिल भैसकेको हुनु पर्नेछ।

(क) टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, सि.डि. प्लेयर, भि.सि.डि. प्लेयर, डि.भि.डी. प्लेयर, भिडियो क्यामरा र कम्प्युटर एक एक सेट।
(ख) शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान।
(ग) घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता) दुई/दुई थान।
(घ) दश किलोग्राम सम्म खाद्य परिकार।
(ङ) व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान।
(च) खण्ड (क) देखि (ङ) सम्मका सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई दुई थान।
तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका यस उपदफामा उल्लिखित सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सक्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा छ महिनाभन्दा बढी अवधि बिताई फर्केका यात्रुले आफू पुगेको ठाउँबाट उपदफा (२) बमोजिमका सामान आफूसाथ ल्याएमा वा आफू आउनुभन्दा अघि वा पछि पठाएमा निम्न बमोजिमको मूल्यसम्ममा लाग्ने भन्सार महसुल पूर्ण रुपमा छुट दिइनेछ र त्यस्तो मालसामानको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जाँचपास गर्न सकिनेछ। छुट सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐन बमोजिम समदरमा भन्सार महसुल लाग्नेछ।

(क) छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पाँच हजार रुपैयाँसम्म,
(ख) एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा दश हजार रुपैयाँसम्म,
(४) सोह्र वर्षभन्दा कम उमेरका यात्रुले उपदफा (३) बमोजिमको छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुरामा देहाय वमोजिम हुनेछः
(क) भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।
(ख) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट हुनेछ।
(ग) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई उपदफा (२) बमोजिमका सामानमध्ये अमेरिकी डलर दुईसय पचाससम्मको सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लगाई जाँचपास गर्न सकिनेछ।
(घ) विदेशमा छ महिना वा सोभन्दा बढी समय बसी फर्किने नेपाली यात्रुलाई तीनसय पचास ग्रामसम्म सुन र एक किलोग्रामसम्म चाँदी (गरगहना समेत) लाग्ने महसुल लिई साथमा ल्याउन दिइनेछ।
(ङ) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ। यसमा तोकिएको परिमाणभन्दा बढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न सकिनेछ।
(च) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुनेछ।
(छ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि तीस हजाररुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा सम्पूर्ण महसुल छुट हुनेछ।
(ज) सेमिनार, अध्ययन, अनुसन्धान तथा शोधकार्यको लागि विदेश ओहोरदोहोर गर्ने नेपाली नागरिकले आफ्नो साथमा ल्याउने लैजाने एक थान कम्प्यूटर आवश्यक प्रमाण हेरी कुनै महसुल नलिई ल्याउन लैजान दिइनेछ।
(झ) वाणिज्य मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाउने भनी तोकेको तर यस सूचनामा उल्लेख नभएका मालसामानहरु कुनै यात्रुले पैठारी गरेमा लाग्ने महसुल लिई त्यस्तो सामान जाँचपास गरिनेछ। तर त्यस्तो सामानका हकमा दफा १ को उपदफा (३) बमोजिम मूल्य छुट सुविधा दिइने छैन।
(ञ) विदेशबाट फर्केका यात्रुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गरी छुटाउन पाइने छैन ।
(ट) यो सूचनामा भएको व्यवस्थाका सम्बन्धमा कुनै द्विविधा परेमा भन्सार विभागका महानिर्देशकको निर्णय अन्तिम हुनेछ ।

(नेपाल सरकारले भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी कुनै यात्रुले आफ्नो निजी गुण्टा, झिटी भारीमा आफूसँग ल्याएको वा लगेको (एकम्पनिड) वा आफू आउनुभन्दा अघि वा पछि ल्याएको वा पठाएको (अनएकम्पनिड) माल सामानमा लाग्ने भन्सार महसुल सम्वन्धमा मिति २०६५ साल कार्तिक १ गतेदेखि लागू हुने गरी प्रकाशित “निजी गुण्टा, झिटी भारी” सम्बन्धी सूचनाबाट । यो व्यवस्था आइतबारदेखि कडाइका साथ लागू गरिएको हो । कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याएमा वा ल्याउने लैजाने प्रयत्न गरेमा त्यस्ता सामान जफत गरी प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

Sajha Sawal Episode 408 Medical Education

0 comments

कान्तिपुर टि.भी.बाट २० भाद्र २०७२ आइतबार बेलुकी प्रशारित "साझा सवाल" भाग ४०८ हेर्नुहोस । मेडिकल शिक्षामा देखिएका विवादबारे स्वास्थ्य मन्त्री खगराज अधिकारी, काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल डा. चन्दा कार्की र चिकित्सा शिक्षा सुधारका लागि गठित कार्यदलका सदस्य डा. भगवान कोइरालासँगको बहस हेर्नुहोस।

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

धमलाको हमला विथ ज्योति मगरका साथ हेर्नुहोस

0 comments

२१ भाद्र सोमबार - चर्चित हट लोक दोहोरी कलाकार ज्योति मगरसंग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ ज्योति मगरका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.
Video

Part 1


Part 2


Part 3



 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-05-21

0 comments
२१ भदौ २०७२ - सोमबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, September 6, 2015

Dance India Dance Season 5 - Episode 22 - September 6, 2015 - Full Episode

0 comments
२० भदौ २०७२ , आइतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ वाइल्ड कार्ड भाग २२को पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो 
dance-india-dance-season-5/videos/dance-india-dance-season-5-episode-22-september-6-2015-full-episode.html


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dance India Dance Season 5 - Episode 21 - September 5, 2015 - Full Episode

0 comments
१९ भदौ २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २१ मा टपटेन भित्र पर्न सफल नेपालका निर्मल तामाङ र पंकज थापाले प्रस्तुत गरेको बेजोड प्रस्तुतीहरुका साथसाथै अन्य प्रस्तुतिहरुको पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।

भिडियो निर्मल तामाङ
dance-india-dance-season-5



भिडियो पंकज थापा
dance-india-dance-season-5/videos/pankaj-performance-episode-21-september-05-2015-dance-india-dance-season-5.html


पुरा भाग हेर्न तलको फोटोमा क्लिक गर्नुहोला Dance India Dance Season 5 - Episode 21 - September 5, 2015 - Full Episode
dance-india-dance-season-5DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-05-20

0 comments
२० भदौ २०७२ -आइतबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, September 5, 2015

ल्यापटपको ब्याट्री बचाउने तरिकाहरु हेर्नुहोस

0 comments
 ल्यापटप कुनै पनि ब्रान्ड वा अपरेटिङ सिस्टमको होस, प्रयोगकर्ताहरु ब्याट्री सधैं बचाउन खोज्छन्। ब्याट्री बचाउने कुनै एप्लिकेशन हुँदैन तर यसका लागि हामीले सानो सानो कुरामा ध्यान दिनु पर्छ। ब्याट्री बचाउन हामी निम्न तरिका अपनाउन सक्छौं।

डिस्प्लेको लाइट डिम (कम) गर्नेः
ल्यापटपको ब्याट्री धेरै उज्यालो डिस्प्लेका कारण छिटो सकिने भएकाले चार्ज नगरेको समयमा ल्यापटप प्रयोग गर्दा डिस्प्लेको लाइट कम गर्ने।

वाईफाई र ब्लुटुथ बन्द राख्नेः
वाईफाई र ब्लुटुथ सधैं खुला भएको खण्डमा वाईफाई र ब्लुटुथ कनेक्सन नभएको समयमा कनेक्सन खोज्ने (सर्च) गर्ने काम भइरहन्छ । यस कारण ब्याट्री चाँडै नै सकिन्छ। त्यसैले वाईफाई र ब्लुटुथको प्रयोग नभएको खण्डमा बन्द गर्ने।

स्क्रिन सेभरलाई बन्द गर्नेः
ब्याट्री छिटो सकिने कारण मध्ये एक कारण हो स्क्रिन सेभर। ल्यापटपमा काम नभएका बेला यदि स्क्रिन सेभर खुला छ भने डिस्प्लेमा स्क्रिन सेभर आउन सुरु गर्छ। त्यसैले स्क्रिन सेभरलाई बन्द गरेर ब्याट्री जोगाउन सकिन्छ।

पावर सेटिङः
ल्यापटपको पावर सेटिङमा गएर मोनिटर टर्न अफको समयलाई कम गर्नु पर्छ। यसले ल्यापटपमा काम नभएको समयमा डिस्प्लेको लाइट बन्द हुन्छ, जसले ब्याट्री बचाउनमा मद्दत गर्छ।

एक्सटर्नल ड्राइभको कम प्रयोगः
ल्यापटपमा एक्सटर्नल ड्राइभ जस्तै पेन ड्राइभ, हार्ड डिस्क आदीलाई काम सकिने बितिक्कै निकाल्नु पर्छ। लागातार यस्ता एक्सटर्नल ड्राइभ ल्यापटपमा जोडी राखेमा छिटो ब्याट्री सकिन्छ।

 र्‍याम बढाउनेः
ल्यापटपमा जब र्‍याम कम हुन्छ तब ल्यापटप हार्ड डिस्कको भर्चुअल मेमोरीको प्रयोग गर्न थाल्छ। यस्तो स्थीतिमा हार्ड डिस्कले बढी पावर लिन थाल्छ र ब्याट्री छिटो सकिन्छ। र्‍याम बढाएमा ब्याट्री छिटो सकिनबाट जोगाउन सकिन्छ।

डिभिडी र सिडी ड्राइभको प्रयोग कम गर्नेः
ल्यापटपमा डिभिडी र सिडी ड्राइभको बढी प्रयोगले ब्याट्री छिटो सकिने हुन्छ। त्यसैले यदि फिल्म हेर्नु छ वा गीत सुन्नु छ भने डिभिडी र सिडीबाट पहिले ल्यापटपमा कपी गर्ने। यसले ब्याट्री जोगाउँछ।

अनावश्यक प्रोग्राम बन्द गर्नेः
ल्यापटपमा एकै साथ धेरै प्रोग्राम खोल्नाले पनि छिटो ब्याट्री सकिन्छ, त्यसैले आफूलाई चाहिने प्रोग्राम मात्र चलाउने।

स्ट्यान्डबाइको सट्टा हाइबरनेट गर्नेः
जति ब्याट्री हाइबरनेट मोडमा  बचाउन सकिन्छ त्यति ब्याट्री स्ट्यान्डबाइ मोडमा बचाउन सकिन्न। ब्याट्री बचाउनका लागि हाइबरनेट सेटिङमा गएर सट डाउन अप्सनलाई छान्ने।

दुबईमा शूटिंग गरिएको गित शिशा होस् या दिल.. आखिर तुट्दो रहेछ.

0 comments
यु.ए.ई.मा शूटिंग गरिएको आधुनिक नेपाली मन छुने गित , शिशा होस् या दिल.. आखिर तुट्दो रहेछ....


शब्द/ संगीत/स्वर: सावित्री गिरी
मोडल: लालबहादुर ढेंगा, नम्रता लामा र लक्ष्मी शर्मा
छायांकन: जयराम लामा
निर्देशक: लालबहादुर ढेंगा
स्काई कल्चर क्रियशनको प्रस्तुति गरिएको 
VIDEO

मणिपुरका नेपाली भाषी विस्थापनको त्रासमा

0 comments
भाद्र १९ , २०७२- भारतको पूर्वोत्तर राज्य मणिपुरको विधान सभाले मंगलबार नागरिकतासम्बन्धी ‘इनर लाइन परमिट (आईएलपी)’ विधेयक पारित गरेको छ। उक्त विधेयक कार्यान्वयनमा आए सन् १९५२ पछि उक्त राज्यमा बसोबास थालेका सबै जना गैरनागरिक ठहरिने छन्।

मणिपुरका मूल निवासीको संरक्षणका लागि ल्याइएको भनिएको उक्त विधेयकको विरोधमा भएका प्रदर्शनमा ८ जनाको मृत्यु भइसकेको छ। लोकसभाका १ र विधान सभाका ६ सदस्यको घर जलाइएको छ। स्थिति नियन्त्रणमा लिन चुराचाँदपुर सहरमा कफ्र्यु लगाइएको छ।

आईएलपी भनेको भारत सरकारले जारी गर्ने ट्राभल डकुमेन्ट हो, जुन भारतीय नागरिकलाई संरक्षित क्षेत्र भ्रमण गर्न निश्चित अवधिका लागि दिने गरिन्छ। हालसम्म अरुणाचल प्रदेश, मिजोरम र नागाल्यान्डमा यस्तो व्यवस्था छ। बंगाल इस्टर्न फ्रन्टियर रेगुलेसन १८७३ को प्रावधानमा टेकेर उक्त कागजात जारी गरिन्छ।

जसअनुसार उक्त कानुन लागू भएको क्षेत्रमा भ्रमण गर्ने व्यक्तिले सम्पत्ति खरिद गर्न पाउँदैन। केन्द्र सरकारका कर्मचारी र सुरक्षाकर्मीको हकमा भने त्यो लागू हुँदैन। सन् २०१२ मै मणिपुर विधानसभामा यससम्बन्धी प्रस्ताव प्रस्तुत भएको थियो।

गत मार्चमा मुख्यमन्त्री इबोबी सिंहले पर्यटक, भाडामा बस्ने व्यक्ति र आप्रवासीका लागि मणिपुर नियमावली ल्याए। जसअनुसार पर्यटक, भाडामा बस्ने व्यक्ति र आप्रवासीको सूची तयार गरिने बताइएको थियो। तर, पछि यसलाई इनर लाइन पर्मिट विधेयकका रूपमा अगाडि सारियो।

भारतमा गाभिँदा मणिपुरलाई इनर लाइन परमिटकै अवधारणा निकटको अधिकार दिइएको थियो। सन् १९५१ मा तत्कालीन चिफ कमिस्नर हिम्मत सिंहले यस नियमलाई हटाएर मणिपुरबाहिरका बासिन्दालाई पनि त्यहाँ बसोबास खुला गरेका थिए।

आईएलपीएस जोइन्ट कमिटीका कन्भेनर इन्चार्ज केएच रतनका अनुसार सन् २०११ को जनगणनाअनुसार मणिपुरको जनसंख्या २७ लाख छ। जसमा, १७ लाख मात्र आदिवासी छन्।

मणिपुरमा बसोबास गर्दै आएका ठूलो संख्याका नेपालीभाषीसमेत यसबाट प्रभावित हुने भएका छन्। उनीहरू विस्थापनको त्रासमा छन्। विधेयक लागू भए सन् १९५२ पछि मणिपुर आएका नेपालीभाषीसहित सबै जातिलाई राज्य सरकारले गैरनागरिक ठहर गर्दै विस्थापन गर्ने सम्भावना रहेको गोर्खा समुदायले जनाएको छ।

‘नेपालीभाषीलाई विदेशीको पगरी गुथाएर विस्थापन गर्न पटक–पटक प्रयत्न भएकै हो,’ मणिपुरको प्रेसिडेन्सी कलेजका प्राध्यापक डा. टंकनाथ खतिवडाले भने, ‘आईएलपी विधेयकले नेपालीभाषी विस्थापित हुने निश्चित छ।’

मणिपुरमा नेपालीभाषीको करिब २ सय वर्ष पुरानो इतिहास रहेको उल्लेख गर्दै खतिवडाले राज्य सरकारले नेपालीभाषीलाई लखेट्ने योजना बनाएको दाबी गरे। ‘नेपालीभाषीलाई लक्षित गरेर यो विधेयक पारित गरिएको हो,’ खतिवडाले भने, ‘नेपालीभाषीको पुरानो गुन मणिपुर सरकारले भुल्दै गयो।’

खतिवडाका अनुसार सन् १८२४ ताका मणिपुरका तत्कालीन चिफ कमिस्नर गम्भीर सिंहले गोर्खा सैनिकको सहयोगबाट बर्मालाई भूमि अतिक्रमण गर्न रोकेका थिए। सुवेदार निरन्जन छेत्री र टेकेन्द्रजीत सिंहले मणिपुरलाई अतिक्रमण हुनबाट जोगाएको इतिहासमा उल्लेख छ।

त्यहाँका नेपालीभाषी मणिपुरी नागरिकका साथै त्यहाँका दर्जनौं आतंकवादी संगठनको पनि तारो बन्दै आएका छन्। मणिपुरमा ५० भन्दा बढी उग्रवादी संगठन छन्, जसमा मणिपुरी र कुकी समुदायका सदस्य बढी छन्। छिमेकी नागाल्यान्डको नागा र मुसलमानको ‘पल्प’ नामक उग्रवादी संगठनले समेत त्यस क्षेत्रमा आतंक मच्चाइरहेका छन्।

साहित्यकार राहुल राईका अनुसार विगतमा पनि नेपालीभाषीलाई मणिपुरबाट लखेटिएको इतिहास छ। सन् १९७८ देखि १९८३ को दशकमा करिब ४० हजार नेपाली त्यहाँबाट विस्थापित भएका थिए।

सन् १९५२ अघिको बसोबासलाई आधार मान्न नहुने काङ्लातोम्वी गाउँ पञ्चायतका प्रधानपञ्च केदार नेपालले बताए। ‘१९५२ को बसोबास आधारलाई मणिपुर सरकारले संशोधन गर्न जरुरी छ,’ उनले भने।

प्राध्यापक खतिवडाका अनुसार सन् २०१० को गणनाअनुसार नेपालीभाषीको संख्या करिब ५० हजार छ। ‘करिब तीन दशकयता नेपालीभाषीको जनसंख्या बर्सेनि घटदो छ,’ उनले भने, ‘धेरै नेपालीभाषीलाई मणिपुरमा सुरक्षित छैनौं भन्ने लागिसकेको छ।’

काङलातोम्बीकै पूर्वप्रधानपञ्च चूडामणि खरेलले उग्रवादी त्रासका कारण मणिपुरका नेपालीभाषी भारतका अन्य राज्यमा स्थानान्तरण भइरहेको बताए। पश्चिम बंगालको सिलिगुडी, नक्सलबाडी, पानीट्यांकीलगायत क्षेत्रमा बसाइँ सर्न थालेका छन्। मणिपुरका नेपालीलाई बेला–बेला विदेशी भनेर ‘ट्याग’ लगाइन्छ।

यसको कारण हो, त्यहाँका राजनीतिक व्यक्तिले ‘विदेशी’लाई चुनावी मुद्दा बनाउँछन्। रैथाने मणिपुरीले लगाउने जमिन ओगटेर बसेको आरोप समेत नेपालीभाषी खेप्दै आएका छन्।

भारत अंग्रेजको उपनिवेश बन्नुअघिदेखि नै मणिपुरमा नेपाली बसोबास गर्न थालेका हुन्। काङलातोम्वीलगायत कतिपय स्थान तत्कालीन इस्ट इन्डिया कम्पनीले नेपालीका लागि छुट्याइदिएको थियो। श्रोत साभार : कान्तिपुर

यु.ए.र्इ.का ४५ र बहराइनका ५ पाँच जना सैनिक विस्फोटनमा परी मारिए

0 comments
२०७२ भाद्र १९ शनिबार - यमनमा विद्रोही विरुद्ध लडिरहेका संयुक्त अरब एमिरेट्स (युएर्इ) र बहराइनका ५० जना सैनिक शुक्रबार विस्फोटनमा परी मारिएका छन् ।

मारिनेमा संयुक्त अरब एमिरेट्स (युएई) का ४५ जना र बहराइनका पाँच जना सैनिक परेका छन् ।

यमनमा साउदी अरेबियाको नेतृत्वको सेनाद्वारा सुरु भएको कारबाहीको कयौँ महिनापछि शुक्रबारलाई सबैभन्दा रक्तपातपूर्ण दिनका रुपमा लिइएको छ ।

सैनिक पोष्टमा रहेका उनीहरुलाई विद्रोहीले बम विस्फोट गराइ हत्या गरेका जनाइएको छ । अर्को समाचारअनुसार उक्त दुर्घटना भुलबस भएको पनि उल्लेख गरिएको छ ।

यमनी सरकारले उक्त दुर्घटन भुलबस हुन पुगेको भनेको छ । तर यमनमा सरकारविरुद्ध लडाइँ गरिरहेको हुथी विद्रोही समूहले आफ्ना लडाकूले ती सैनिकको हत्या गरेको जनाएका छन् ।

आक्रमणपछि निस्केको धुवाँ
हुथी विद्रोही समूहले आफ्ना विद्रोहीले रकेट प्रहार गरी सैनिकको हत्या गरेको जानकारी सार्वजनिक गरेको छ ।

युएइका युवराज शेख मोहमद बिन जायद अल नयनले यमनमा भएको अन्यायविरुद्ध आफ्नो देशले निरन्तर रुपमा सहयोग गरिरहने प्रतिक्रिया दिएका छन् ।

युएइले गत वर्षदेखि यमनमा सुरु विद्रोहीहरु विरुद्धको युद्धमा सघाइरहेको छ । साउदी अरेबियाले नेतृत्व गरेको सैनिक कारबाहीमा उसको पनि संलग्नता रहेको छ । एजेन्सी

हुवावेले ल्यायो विश्वकै पहिलो फोर्स टच प्रविधियुक्त स्मार्टफोन

0 comments


सेप्टेम्बर ९ मा सार्वजनिक हुन लागेको एप्पलको नयाँ आइफोनमा फोर्स टच नामक नयाँ प्रबिधि आउँदैछ । तर, चिनियाँ मोबाइल उत्पादक हुवावेले एप्पललाई उछिन्दै त्यसको ठिक एक साताअघि फोर्सटचयुक्त प्रबिधिको फोन सार्वजनिक गरेको छ ।

हुवावेले फोर्स टच टेक्नोलोजी युक्त नयाँ स्मार्टफोन मेट एस सार्वजनिक गरेको छ ।

जर्मनीको बर्लिनमा चलिरहेको युरोपको सबैभन्दा वृहत कन्जुमर इलेक्टोनिक्स शो, आइ एफ ए का अवसरमा हुवावेले यो स्मार्टफोन पेश गरेको हो ।

हुवावेको मेट एस मा पाँच दशमलब इन्चको डिस्प्ले, फुल एचडी स्क्रिन रहेको छ भने १३ मेगापिक्सेलको रियर क्यामेरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेकेा छ । साथै यसमा फिंगरप्रिन्ट सेक्योरिटी प्रविधि पनि रहेको छ । यसका साथै किरिन ९३५ अक्टाकोर प्रोसेसर, ३ जिबी र्याम तथा ६४ जिबी सम्मको स्टोरेज रहेको छ ।एन्ड्रोइड ५.१ अपरेटिंग सिस्टममा चल्ने यो स्मार्टफोनमा २७ सय मिलिएम्पियर क्षमताको ब्याट्रीको प्रयोग गरिएको छ ।

हुवावेको मेट एस फोर्स टच प्रविधियुुक्त विश्वको पहिलो स्मार्टफोन बनेको छ । यो प्रविधिले स्क्रिनमा गरिने हल्का स्पर्श तथा जोडसँग थिच्दा बीचको फरक छुट्टाउन सक्छ र जोडसँग थिचेमा नयाँ फंक्सन खुल्दछ ।

आगामी सेप्टेम्बर ९ मा सार्वजनिक गर्ने आफ्नो नयाँ आइफोनमा एप्पलले पनि फोर्स टच प्रविधि भित्राउने खबर अन्तराष्टिय मिडियामा छाइरहेको छ । यद्यपि एप्पललको स्मार्टवाचमा भने फोर्स टच प्रविधि प्रयोग गरिसकिएको छ ।

३२ जिबी स्टोरेजवाला स्मार्टफोनकेा मूल्य हुवावेले ६४९ युरो तोकेको छ भने ६४ जिबी स्टोरेज क्षमताको मेट एस लाई ६९९ युरो तोकिएको छ । जुन एप्पलको हाइ इण्ड आइफोन सिक्स सिरिजका स्मार्टफोन जत्तिकै हो ।

हुवावेका अनुसार मेट एस चीन, जर्मनी, इजरायल, जापान, फ्रान्स तथा स्पेन लगायतका ३० देशमा उपलब्ध सेप्टेम्बरको सुरुदेखि नै उपलब्ध गराइएको छ । पश्चिमी युरोपमा आगामी १५ सेप्टेम्बर देखि यसको प्रिअर्डर सुरु हुने बताइएको छ ।


Bhadragol, 4 September 2015

0 comments
१८ भाद्र २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
bhadragol-4-september-2015
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-05-19

0 comments
१९ भदौ २०७२ -शनिबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, September 4, 2015

९१ बर्ष अघि नै नेपालले ओलम्पिकमा स्वर्ण पदक प्राप्त गरेको इतिहास छ |

0 comments

नेपालीले ९१  वर्षअघि नै ओलम्पिकमा पदक जितेका थिए त्यो पनि स्वर्ण पदक।

विधान लामाले सन् १९८८ को सोल ओलम्पिकमा प्रदर्शनी खेलमा राखिएको तेक्वान्दोबाट कास्य पदक जितेका थिए जुन आधिकारिक मानिँन्छ तर त्यो सत्य होइन ,९१ बर्ष अघि नै नेपालले ओलम्पिकमा स्वर्ण पदक प्राप्त गरेको इतिहास छ ।
                                       सन् १९२२मा पहिलो पटक सगरमाथा आरोहणको लागि गएको टोलि तर असफल भए चढ्नु ,यहि टोलीमा थिए नेपाली तेजवीर बुरा (बुढा)

१९२४ मा फ्रान्सको चेमोनिक्समा भएको हिउँदे ओलम्पिकमा नेपालीले जितेको स्वर्ण पदकबारे सन् २०१२ तिर मात्र पत्ता लागेको छ। नेपाली खेलाडी तेजवीर बुरा (बुढा) ले पर्वतारोहण (अल्पानिजम) मा स्वर्ण जितेका रहेछन्। सन् १९२२ मे महिनामा तेजवीरसँगै सर चार्ल्स जोफ्री ब्रुस र जर्ज इङले फिन्चको टोलीले सगरमाथा चढ्ने पहिलो प्रयास गरेको थियो। १९२१ मा सगरमाथा चढ्ने रुट पत्ता लागेको अर्को वर्ष उनीहरू विश्वको सर्वोच्च शिखरतर्फ लम्केका थिए। बेलायती ब्रुस टोली नेता थिए भने फिन्चलाई अहिलेसम्मकै उत्कृष्ट पर्वातारोहीमध्ये एक मानिन्छ।
को थिए तेजवीर

ब्रिटिस-भारतीय सेनामा छैटौं गोर्खा राइफलको दोस्रो बटालियनका एनसिओ (तालिम गराउने, अनुशासन कायम गर्ने, सम्पत्ति सुरक्षा गर्ने) थिए तेजवीर। नेपाली भए पनि उनी कहाँका हुन् भन्ने केही खुलेको छैन। तेजवीरले पाएको उक्त पदक इङ्ल्यान्डको विनचेस्टरस्थित गोर्खा संग्रहालयमा सुरक्षित छ।

                                     सन् १९२४ मा प्राप्त ओलम्पिक स्वर्णपदक सन् २०१२को ओलम्पिक भन्दा पहिले सगरमाथामा पुराउने कार्य गर्दै केनटोन कुल

उनीहरूको टोली त्यसबेला ८ हजार २ सय ३० मिटर (२७ हजार फिट) सम्म पुगेको थियो। मे २५ मा तेजवीरसहितको टोली २६ हजार फिटमाथि चढेको थियो। तेजवीर केही सय फिट माथि पुगेपछि घोप्टो परेर ढलेको फिन्चको डायरीमा उल्लेख छ। फिन्चको किताबमा उल्लेख भएनुसार तेजवीरले ५० पाउन्ड तथा ब्रुस र फिन्चले ४०-४० पाउन्डको भार बोकेका थिए। आरोहणका क्रममा भारतीय सदस्यहरूको मृत्यु भएको पाइए पनि अन्य विवरण खुलेको छैन।

सगरमाथा आरोहणको इतिहास पल्टाउँदा ब्रुस र फिन्चले तेजवीरलाई २७ हजार फिटसम्म लैजाने र त्यसपछि आफूहरू दुईजना अघि बढ्ने योजना बुनेको देखिन्छ। तर, उनीहरू सफल भएनन्। त्यसको ३२ वर्षपछि तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा शिखरमा पाइला राखेका थिए। ब्रुस टोलीको यही पर्वतारोहण अभियानले त्यस बेलासम्म सबैभन्दा बढी उचाइमा पाइला राखेको भनेर १९२४ को हिउँदे ओलम्पिकमा स्वर्ण पदक जितेको थियो। यो अभियानका तेजवीरसहित २० जनालाई स्वर्ण पदक दिइएको थियो।

                   १९२२ मा तेजवीरसँगै सर चार्ल्स जोफ्री ब्रुस र जर्ज इङले फिन्चको टोलीले सगरमाथा चढ्ने पहिलो प्रयास गर्दाको क्षण। यीमध्ये तेजवीर को हुन् भन्ने खुलेको छैन



बल्ल पत्ता लाग्यो

आधुनिक ओलम्पिकका जन्मदाता जाँ पियेर कुबरतिनले १८९६ मा ओलम्पिक सुरु गराएका हुन्। त्यही वर्ष पर्वतारोहणमा स्वर्ण पदक दिने उल्लेख गरिए पनि १९२४ मा चोमोनिक्समा भएको पहिलो हिउँदे ओलम्पिकमा बल्ल यो पदक दिइएको थियो।
१९२४ को ५ फ्रेब्रुअरीका दिन त्यही सन् १९२२ को सगरमाथा अभियानका उपनेता लेफ्टेनन्ट कर्नेल स्ट्रटलाई टोलीका प्रत्येक सदस्यले पाउने गरी १३ स्वर्ण पदक प्रदान गरिएको थियो। त्यो टिमको टोली नेता (ब्रुस) ब्रिटिस भएकाले पदक बेलायतको खातामा लेखिएको थियो। तेजवीर समूहका सदस्यमात्र भएकाले पदक नेपालको नाममा छैन तर नेपाली खेलाडीले स्वर्ण जितेको भनेर लन्डन ओलम्पिकको वेबसाइटमा नै उल्लेख छ।


अन्तर्राष्टिय ओलम्पिक कमिटीको नियमानुसार विभिन्न देशका खेलाडी सम्मिलित कुनै एक टोलीले पदक जिते क्याप्टेनको राष्ट्रियताका आधारमा त्यो देशलाई पदक दिने प्रावधान छ। सम्भवतः ओलम्पिक इतिहासमै ब्रुस र तेजवीरको टोलीमात्र यो नियममा बाँधिएको हुनसक्छ।

कुबरतिन आफैंले त्यो पदक प्रदान गरेको ओलम्पिक जन्मदाताको डायरीमा उल्लेख छ। युरोपको सबैभन्दा अग्लो चुचुरो माउन्ट ब्ल्याङ्कको फेदमा त्यो पदक बाँडिएको थियो। पहिलोपटक उक्त पदक बाँडिदा पाउनेमा १२ बेलायती र अस्ट्रेलियाली फिन्च थिए। उक्त समयमा ब्रुस पर्वातारोहणका सिलसिलामा रहेकाले पदक समारोहमा उपस्थित थिएनन्। उनी फर्किएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग समन्वय गरी तेजवीर र अन्य ७ शेर्पा भरिया (सम्भवतः भारतीय अथवा तिब्बती) लाई स्वर्ण पदक दिन माग गरेका थिए। उनैको अनुरोधमा तेजवीरसहित अन्य ७ ले स्वर्ण पाएका थिए। ब्रुस तिनै व्यक्ति हुन् जसले कुल्ली, भरिया र पोर्टर भनेर चिनिँदै आएका शेर्पालाई सम्मानस्वरूप ‘द टाइगर्स’ उपनाम दिएका थिए।

९० वर्षपछि सगरमाथामा पदक

कुबरतिनले स्ट्रटलाई पदक दिँदा सोधेका थिए, ‘यसलाई सगरमाथामा पुर्‍याउन सकिन्छ कि सकिँदैन? जवाफमा स्ट्रटले मौका पाउनासाथ पुर्‍याउने वाचा गरेका थिए। त्यो वाचाको ८८ वर्षपछि ब्रुसको नेतृत्वमा रहेको टोलीले पाएको त्यो पदक सगरमाथामा पुर्‍याइएको थियो। ब्रुस, फिन्च र तेजवीर सगरमाथातर्फ अघि बढेको ९० वर्ष पुगेको भोलिपल्ट अर्थात यही वर्ष मे २६ मा पदक सगरमाथा पुर्‍याइयो। लन्डन ओलम्पिक २०१२ सुरु हुनुभन्दा ठीक दुई महिनाअघि।

ओलम्पिक पदक लिएर सगरमाथा आरोहण गर्ने केन्टन कुल थिए। सगरमाथामा उनको त्यो १० औं सफल आरोहण थियो। कुल आरोहण टोलीका निर्देशक ब्रिटिस रिचर्ड रवीन्सनले नागरिकसँग इमेल कुराकानीमा भने, ‘तेजवीरसहित ९० वर्षअघिको आरोहण टोलीको वाचास्वरूप र उनीहरूको सम्मानका लागि स्वर्ण पदक सगरमाथा पुर्‍याइएको हो।’

संकलन साभार – सुनिल श्रेष्ठ ( बिभिन्न अनलाइन श्रोतबाट )

विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको निधन

0 comments

काठमाडौं—विश्वका सबैभन्दा होचा व्यक्ति चन्द्रबहादुर डाँगीको अमेरिकामा मृत्यु भएको छ। उनी ७६ वर्षका थिए।  विश्वको सबैभन्दा होचो व्यक्ति र विश्वकै सबैभन्दा होचो जीवित व्यक्ति गरी गिनिजबुकमा उनका दुई विश्व रेकर्ड थिए।

अमेरिकाको समोआमा स्थित एक अस्पतालमा उनको मृत्यु भएको वालस्ट्रिट जर्नल अनलाइनले उल्लेख गरेको छ। गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएपछि विश्वकै ध्यान तानेका उनी केही महिनादेखि उनी अमेरिकामै थिए।

जीवित होचा व्यक्तिको रेकर्ड उनको नाउँमा नभए पनि विश्वमा अहिलेसम्म भेटिएका मध्ये सबैभन्दा होचा व्यक्तिको रेकर्ड भने उनकै नाउँमा रहनेछ। उनी ५४.६ सेन्टिमिटर उचाइ भएका उनको तौल १५ केजी थियो।

एउटा फोटो जसले विश्वलाई नतमस्तक बनायो(फोटोफिचर)

0 comments

एजेन्सी  । टर्कीको इस्ताबुलमा बुधबार रातो रङको टिसर्ट र निलो जुत्ता लगाएका एक बालकको समुन्द्र किनारमा मृत अवस्थामा फेला परे ।

यी बच्चा टर्किको प्रमुख पर्यटकिय रिसोर्टको नजिकै रहेको एक समुद्र किनारमा फेला परेका हुन् ।अझ सम्म पनि यि बालक को हुन् र कसरी यस स्थानमा भेटिए भनेर थाहा हुन सकेको छैन ।



यस बच्चाको फोटोलाई ’टिनी विक्टिम अफ ए ह्यूमन केटास्ट्रोफी’ ले ’वन फोटो टू साइलेन्स द वल्र्ड भने ट्विट गरेपछि सामाजिक सन्जालमा यस बच्चाको तस्विरले सबैलाई नतमस्तक बनाएको छ ।

सामाजिक सञ्जालमा अहिले यस बच्चाको तस्विरले बिश्वभरीका मासिसहरुको ध्यान केन्द्रित गरेको छ । यी बच्चा को हुन र कसरी समुन्द्रको किनारामा भेटिए भन्ने बिषयमा अनुसन्धान भइरहेको छ।



उक्त बच्चा ग्रिस जान लागेका सिरियाली आप्रवासी मध्ये कसैको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।



Tito Satya, 3 September 2015

0 comments
नेपाल टि.भी.बाट २०७२ भदौ १७ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला। क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।
tito-satyua-3-SEPT-2015
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-05-18

0 comments
१८ भदौ २०७२ -शुक्रबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, September 3, 2015

Sagarmatha Samachar 2072-05-17

0 comments
१७ भदौ २०७२ -विहिबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Wednesday, September 2, 2015

टिकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई आर्थिक सहयोग

0 comments
 मृतकको सन्ततीलाई निःशुल्क अध्ययनको व्यवस्था

१६ भदौ २०७२ - कैलाली जिल्लाको टिकापुरमा भएको घटनामा मृत्यु भएका दुईजना सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सशस्त्र प्ररहीले आर्थिक सहयोग तथा एक/एक सन्ततीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ।

घटनामा परेका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले एक/एक लाख रुपैयाँ नगद प्रदान गरेको हो।

सो रकम सशस्त्र प्रहरी बल उग्रतारा गण टिकापुर कैलाली मार्फत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार स्वर्गिय ललितबहादुर साउदको परिवारलाई तथा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बर्दिया मार्फत सशस्त्र प्रहरी हवल्दार स्वर्गिय रामविहारी थारुको परिवारलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैगरी मृतक सशस्त्र प्रहरीका एक/एक जना सन्तानलाई सशस्त्र प्रहरी परिवार महिला संघले उनीहरुको अभिभावकको स्वीकृती भएमा काठमाडौं ल्याई आवाशीय सुविधासहित १२ कक्षासम्म अध्ययनको व्यवस्था मिलाउने जानकारी दिएको छ।

घटनामा प्रदर्शनकारीले प्रहार गरेको गोलीबाट सशस्त्र प्रहरी सहायक हवल्दार नेत्रबहादुर साउदको करीव डेढ वर्षिय छोरा टेकबहादुर साउदको समेत मृत्यु भएको थियो। उनलाई समेत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले ५० हजार रुपैयाँ प्रदान गरेको छ।

 कल्याणकारी सेवा केन्द्रद्वारा यसअघि मृतक दुवैजना सशस्त्र प्रहरी कर्मचारीको किरीया खर्चवापत तत्कालै उनीहरुका परिवारलाई तीस/तीस हजार रुपैया प्रदान गरेको छ। किरीया खर्चवापतको रकम सशस्त्र प्रहरी बलको कल्याणकारी योजना अन्तर्गत व्यवस्था रहेको छ।

बलको कल्याणकारी योजना अन्तर्गत निर्जिवन दुर्घटना विमावापत चार लाख रुपैयाँ तथा सेवा अवधिभरको प्रत्येक वर्षको लागि वार्षिक दुई हजार रुपैयाँका दरले रकम प्रदान गर्ने बताएको छ। यसैगरी मृतक सशस्त्र प्रहरी कर्मचारीको क्लोदिङ वापत जम्मा भएको रकम समेत प्रदान गर्ने सशस्त्रले जनाएको छ।

यसैगरी ड्युटीको सिलसिलामा मृत्यु भएका दुवै सशस्त्र प्रहरी कर्मचारीको नजिकको हकदारलाई कर्मचारी संचयकोषबाट नियमानुसार जम्मा भएको संचित रकमको अतिरिक्त कल्याणकारी योजना अन्तर्गतको विमा रकम ५० हजार तथा किरिया खर्चवापतको रकम २५ हजार र दुर्घटना क्षतिपुर्ती वापतको रकम ५० हजार समेत पाउने छन्।

ड्युटीको सिलसिलामा मृत्युहुने सशस्त्र प्रहरी कर्मचारीको नजिकको हकदारलाई निज सशस्त्र प्रहरीले खाइपाई आएको तलवको आधा पारिवारिक निबृत्तिभरण प्रदान गरिने व्यवस्था सशस्त्र प्रहरी नियमावली २०७२ मा उल्लेख छ। त्यस्तो सशस्त्र प्रहरी दश वर्षसम्मको सेवा अवधि नपुग्दै मृत्यु भएमा ६ महिनाको तलव बराबरको रकम, १० वर्षदेखि २० वर्षसम्मको सेवा अवधि पुरागरी मृत्यु भएमा ९ महिनाको तलव बराबरको रकम तथा २० वर्षभन्दा बढि सेवा अवधि पुरागरी मृत्यु भएमा एक वर्षको तलव बराबरको रकम निजको नजिकको हकदारले पाउने छन्।

यसैगरी मृतक विल्लादार जवानको दुईजना सन्ततीले त्यस्तो सशस्त्र प्रहरीको सुरु तलव स्केलको १४ प्रतिशत रकम मासिक रुपमा सन्ततीवृत्ति पाउने छन्। यसैगरी उनीहरुलाई सन्ततीवृत्तिको अतिरिक्त एक हजार आठ सय रुपैयाँ मासिक रुपमा शैक्षिकवृत्ति समेत प्रदान गरिनेछ।

मृतक सशस्त्र प्रहरीको नजिकको हकदारले औषधी उपचार, घरविदा, विरामी विदा वापतको रकम प्राप्त गर्ने व्यवस्था समेत सशस्त्र प्रहरी नियमावली २०७२ मा उल्लेख छ। सो नियमावलीले मृतक सशस्त्र प्रहरीको परिवारलाई थप एक लाख रुपैयाँ दिने व्यवस्था समेत गरेको छ।

सामान्य ड्युटीको सिलसिलामा मृत्यु भएको सशस्त्र प्रहरी कर्मचारीको सेवा अवधि १५ वर्ष पुराभएको भए निजको सेवा अवधिमा निवृत्तिभरणको लागि आवश्यक पर्ने सेवा अवधि पुर्‍याउन आवश्यक पर्ने अवधि थप गरी निजको परिवारलाई निवृत्तिभरण वा उपदान जुन लिन चाहन्छ सो रोजेर दिने व्यवस्था समेत उक्त नियमावलीमा रहेको छ।

यसैगरी विशेष ड्युटीमा खटिएको वेला मृत्युहुने सशस्त्र प्रहरी कर्मचारीलाई मरणोपरान्त एक तह पदोन्नती गरी सोही पद अनुसारको पुरा तलव निजको परिवारलाई त्यस्तो सशस्त्र प्रहरी कर्मचारीको उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढिमा सात वर्षसम्म दिइने व्यवस्था समेत सो नियमावलीले गरेको छ।

सात वर्ष अवधि व्यतित भई सकेपछि मृतक सशस्त्र प्रहरीको सेवा अवधि निवृत्तीमरण अवधि पाक्नेभन्दा कम भएमा निवृत्तिभरण पाकेको अवधि सरह र निवृत्तिभरण पाक्ने अवधिभन्दा बढि सेवा अवधि भएमा सोही बमोजिम मृतक सशस्त्र प्रहरीको परिवारले निवृत्तिभरण पाउनेछन्। श्रोत साभार : सेतोपाटी 

हुण्डीबाट रकम पठाउनेलाई विदेश जान नै प्रतिबन्ध लगाउने श्रम मन्त्रीको चेतावनी

0 comments
विकाश श्रेष्ठ ।
१३ भदौ, सोल ।

चार दिने कोरिया भ्रमणमा रहेका नेपालका श्रम राज्य मन्त्री टेक बहादुर गुरुङले अवैधानिक हुण्डी मार्फत कमाएको पैसा स्वदेश पठाए कोरिया पुनः प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।

राजधानी सोलस्थित नेपाली राजदुतावासमा शनिवार आयोजित नेपाली समूदायसँगको भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै राज्य मन्त्री गुरुङले यस्तो चेतावनी दिएका हुन् ।

कोरियाबाट फर्केकाको सरकारसँग अभिलेख रहने र उसले कमाएको पैसा वैधानिक तवरले नेपाल भित्रिए नभित्रिएको जानकारी सम्पत्ति शुद्धिकरण मार्फत लिने भन्दै राज्य मन्त्री गुरुङले अवैधानिक कारोबार गरे कोरिया पुनः प्रवेशमा रोक लगाउन सकिने उनले बताए । अवैधानिक हुण्डी मार्फत पैसा पठाउदाँ कामदार स्वंयमले जोखिम मोल्नुपर्ने र नेपाल सरकारलाई पनि रेमिट्यान्समा घाटा पर्ने हुदाँ त्यसको कारोबार नगर्न वैदेशिक रोजगारका महानिर्देशक भरत सुवेदीले पनि नेपाली कामदारलाई आग्रह गरेका छन् । उनले हुण्डी कारोबार निरुत्साहित पार्न नेपाल सरकारले श्रम बैंक स्थापना गर्न लागेको र कामदार कोरिया आउनुपुर्व नै उसले सो बैंकमा अनिवार्य खाता खोली सोही खातामा रकम पठाउनुपर्ने बताए ।Capture
श्रम बैंकले पनि वाणिज्य बैंकले दिने सेवा सुविधा लगायत पछि नेपाल गएपछि व्यावसाय सञ्चालनका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने जानकारी सुवेदीले दिएका छन् । अन्र्तक्रिया कार्यक्रम सहभागीले बैकिङ कारोबार सरल र सहुलियत शुल्क नभएकोले हुण्डी कारोबार फस्टाएको भन्दै बैकिङ प्रणाली सुधार गरी सहज र सरल गराउन आग्रह गरेका थिए ।

यसैबीच राजदुतावासको कार्य शैली प्रति असन्तुष्टि जनाएका राज्यमन्त्री गुरुङले दुःख पाएका तथा काम छोडेर अलपत्र परेका नेपाली महिलाको लागि आश्रयस्थल व्यावश्थापन गरेकोमा महिला सेल्टरको टिमलाई धन्यावाद दिएका छन् । दोङदेमुनस्थित महिला सेल्टरको निरिक्षण तथा भ्रमण समेत गरेका राज्य मन्त्री गुरुङले यथासक्य चाँडो नेपाल सरकार मार्फत सेल्टरका लागि आवश्यक अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । दुःख पाएका नेपालीलाई सहयोग तथा आश्रय दिने दायित्व नेपाली दुतावासको भएको र पुरुष तथा महिलालाई आश्रय दिनका लागि राजदुतावास मार्फत सेल्टर सञ्चालन गर्ने उनले बताए ।

त्यस्तै राज्यमन्त्री नेतृत्वको अध्ययन भ्रमण टोलीमा आएका श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सुर्य प्रसाद श्रेष्ठले कोरिया अन्य मुलुकको तुलनामा रोजगार र कमाईका लागि आर्कषक गन्तब्य भएको बताउदै यहाँ सिकेको सिप, संस्कार र रकम स्वदेशमा लगानी गर्न नेपाली युवाहरुलाई उनले आह्वान गरे । गत वैशाष बाह्को प्रलयकारी महाभुकम्प पछि पुर्न निर्माण तथा भत्किएको संरचना हटाउन दैनिक एक हजार रुपैया ज्याला दिदाँ पनि कामदार नपाएको अवश्थामा नेपालीलाई युवालाई विदेश पठाउनु दुःख लाग्दो भएको सचिव श्रेष्ठले बताए ।

यसैवीच अन्र्तक्रिया कार्यक्रममा उपस्थित सहभागीले नेपाली कामदारले भोग्नुपरेको समस्या, स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवाहरुलाई विदेशिनबाट रोक्नुपर्ने लगायतका गुनासो र ज्ञापनपत्र राज्यमन्त्री समक्ष बुझाएका छन् । कृषि क्षेत्रमा आउने महिला कामदार बढि समस्यामा पर्ने गरेको, भाषामा दक्ष नहुदाँ थप समस्यामा पर्ने भएको हुदाँ भाषा सिकाईमा कडाई गर्न सहभागीले राज्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । त्यस्तै म्यारिज ब्यूरो मार्फत आउने नेपाली चेलीले पनि धेरै दुःख पाउने गरेको तर्फ ध्यान आकृष्ट गर्दै सहभागी महिलाहरुले पनि नेपालका खोलिएका म्यारिज ब्यूरोमा सरकारको निगरानी बढाउन राज्यमन्त्रीसँग आग्रह गरेका छन् । भाषाको अज्ञान, कोरियाको सस्कृति, भेषाभुषा रहनसहन थाहा नहुदाँ कोरियनसँग विहे गरेका नेपाली चेलीहरु घरेलु हिंसा र घर निकाला गरिएर अलपत्र समेत हुने गरेका छन् ।

यसैबीच कार्यक्रममा उठेको प्रश्नहरुको जवाफ दिदै महामहिम राजदूत कमानसिंह लामाले अवैधानिक तवरले बसेका केही समूहका कारण अवैधानिक हुने क्रम बढेको आरोप लगाए । उनले काम गरिरहेका नेपालीलाई बढी तलबको प्रलोभन देखाएर काम छाड्न लगाउने र तीन महिना सम्म काम गर्नबाट बन्चित गराएर अवैधानिक बनाउन केही समूह लागिपरेको बताए । कमिशनको चक्करमा ती समूहले बढी तलबको प्रलोभनमा काम छोड्न लगाउने गरेको भन्दै ती व्याक्ति वा समूहबाट सजग भएर सकेसम्म एउटै कम्पनीमा काम गर्न राजदूत लामाले सुझाएका छन् ।

भेटघाट तथा अन्र्तक्रियामा राज्यमन्त्री गुरुङ नेतृत्वका आएका श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव श्रेष्ठ,वैदेशिक रोजगार विभागका महानिर्देशक सुवेदी , ईपिएस कार्यालयका निर्देशक डिल्लीराज बस्तोला लगायतका अधिकारी हरु सहित कोरियामा क्रियाशिल विभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार, कामदारहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन दुतावासका श्रम सहचारी अनिल गुरुङले सञ्चालन गरेका थिए । श्रम सम्झौता नविकरण सहित अध्ययन भ्रमणमा आएको राज्यमन्त्री गुरुङ नेतृत्वको टोली आजै नेपाल फर्किसकेको छ । श्रोत दैनिक खबर

Sagarmatha Samachar 2072-05-16

0 comments
१६ भदौ २०७२ -बुधबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Tuesday, September 1, 2015

Jire Khursani, 31 August 2015

0 comments
१४ भदौ २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस। क्लिक गर्नुस भिडियो खोल्नेछ।
jire-khursani-31-august-2015


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Meri Bassai, 1 September 2015

0 comments
१५ भदौ २०७२ - नेपाल टेलिभिजन बाट प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै हेर्नुहोस।क्लिक गर्नुहोस भिडियो play हुनेछ।
meri-bassai-1-september-2015-new-episode
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Like us

 

Search

 
Enjoy the site