Saturday, September 12, 2015

इजरायलको आवेदन दुई साताभित्र खुल्ने, कस्ताले आवेदन दिने ? पढ्नुस

0 comments


 
२६ भदौ - काठमाडौ । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (घरेलु कामदार) पठाउन दुई साताभित्र रोजगार आवेदन दिन खुला गर्ने तयारी गरेको छ । 
दुबै देशका सरकारमार्फत (जीटूजी) माध्यामबाट नेपाली कामदार पठाउने ब्यवस्था अनुरुप प्रारम्भिक रोष्टरका लागि आवेदन खुला गर्न लागेको कारोबार दैनिकमा खबर छ । विभागका प्रवक्ता बद्रीकुमार कार्कीले नेपाल र इजरायलबीच जीटूजीमार्फत कामदार पठाउने सम्झौताको पाइलट प्रोजेक्ट अनुरुप प्रारम्भिक रोष्टरको आवेदन खुला गर्न लागिएको बताए । विगतमा स्वीकृतप्राप्त तालिम प्रदायक संस्थाहरुबाट तीन महिना घरेलु कामदारसम्बन्धी तालिम लिइसकेका ब्यक्तिले आवेदन दिन सक्ने उनले बताए । 
आवेदन दिएका कामदारको पहिलो चरणमा प्रारम्भिक सूची तयार गरिने कार्कीले जानकारी दिए । इजरायल जानका लागि घरेलुु कामसम्बन्धी तालिम र अंग्रेजी भाषामा दक्ष हुनुपर्नेछ । कामदारको उमेर २५ देखि ४५ वर्ष, तौल ४५ किलो र उचाइ १.४ मिटर हुनुपर्नेछ । यसअघि म्यानपावर एजेन्सीले इजरायलमा कामदार पठाउँन ८ लाख रुपैयाँसम्म रकम असुलेको भन्दै दुई पटकसम्म नेपालबाट कामदार लिन बन्द गरेको थियो ।श्रोत:खबर चौतारी 

आङकाजीलाई तत्काल रिहाई गर्न ‘अमेरिकी’ दवाव

0 comments
भदौ २६ न्युयोर्क । संघीय समाज अमेरिकाले संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पालाइ चाँडो भन्दा चाँडो रिहाइ गर्नुपर्ने माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै समाजले आडकाजी र मधेस तथा थारू आन्दोलमा गिरफ्तारीमा परेकालार्इ अविलम्ब रिहाइको माग गरेका हुन् ।
साइबर क्राइमको बिल्ला भिराउने काम निन्दनिय भन्दै समाजका अध्यक्ष भरत लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिचानवादि नेता आङ्काजी शेर्पा लगायत अन्य थुनामा राखिएका जनजाती, मधेशी, थारु आन्दोलनकारीहरुलाई निशर्त अबिलम्ब रिहा गरियोस बनी संघीय समाज अमेरिका जोडदार अपिल गर्दछ ।’
प्रेस विज्ञप्ति
आङ्काजी शेर्पा र अन्य मधेशी तथा थारु अान्दोलनकारीहरुलाई अबिलम्ब रिहा गर !!!

नेपाले नेताहरुको अकर्मन्यता, अदुरदर्शिता, असहिष्सुणुता कृयाकलापले देश गम्भिर द्वन्द्वमा फस्न गैरहेको छ | खेलांची खेस्रा संबिधान कोरेर एकात्मवादी अखण्डे नेताहरुले नेपाली जनताको दिमाग चाटने काम गरिरहेका छन | दोस्रो जनान्दोलनबाट हासिल भएको गणतन्त्र, संघियता, धर्मनिरपेक्षता र सम...ाबेशितालाई तुहाउने भरमग्दुर कोशीश हुँदैछ, समयलाई फेरी एकचोटि पछाडि धकेल्ने दुर्नियत राखिन्दैछ| हालै चार दलका टाउकेहरु बसेर आफुलाई चुनावी पायक पर्ने नक्सा बनाएर प्रदेश बिभाजन गरेको अाक्रोशमा कैलाली, टिकापुरका थारुहरु आन्दोलनमा होमिएका थिए| अपार जन धनको क्षति भयो |हेलचक्राइंपूर्ण खेस्रो संबिधान लेख्नाले यस्तो गम्भिर परिणिति ल्याएको हो | यसको जिम्मेवारी पुलिस र स्थानीय थारु नभै झेली संबिधान लेख्ने तिनै नेताहरु हुन |
सदियौँ देखी उत्पीडित जनजाती तथा मधेशी समुदायले राखेको माग उचित तवरले सम्बोधन नहुन्जेल आन्दोलन साम्य नहुने छाँटकाँट छ | जनजाती र मधेशी समुदायले अहिलेको आन्दोलनलाई भावी पिढिमा नसारेर आँफैले नै टुङ्गोमा पुर्याउने कसिलो निर्णय गरेका छन| पहाडी भागमा भैरहेका जनजाती आन्दोलन होस् या तराइको भुभागमा भैरहेका मधेशी र थारु आन्दोलन होस्, तिनको एउटै माग छ - त्यो हो पहिचान! तिनको पहिचानको मागलाई एकात्मवादी र तथाकथित अखण्डेहरुले जातिवादको संज्ञा दिएर नेपाली जनतालाई दिग्भ्रमित पार्दैछन र 'जातियता' शब्दको खोँचे थापेर, हौवा फिँजाएर स्थितिलाई तनावपुर्ण बनाउन तल्लिन छन| पहिचानवादिहरुको मागको बटम् लाइन अर्थात चुरो चाँहीँ केन्द्रको अंकुश्रहित, पूर्ण अधिकार भएको, पहिचान सहितको नामाँकन भएको संघात्मक राज्य हो |नामांकन दोयममा पर्छ,मुख्य माग अधिकार हो अधिकार !
२५० बर्षदेखि देशमा एकछत्र हालिमुहाली गरिरहेका राजा साहेबहरु, बाबु साहेबहरु, काजी साहेबहरु र अहिले आएर एमाङ्ग्रेस भित्रका नव-बाबुसाहेबहरु आफुहरुले खाइपाइ आएको सुविधा गुम्ला भनेर " संघियता हाम्रो देशलाई फाप्दैन, संघियता हाम्रो देशको हावापानी सुहाउँदिलो छैन र संघियताले देशै टुक्र्याउँछ" भनी ढाँट कुरा गरी नेपाली जनताको दिमाग भुटने काम गरिरहेका छन| जनान्दोलनबाट जनादेश प्राप्त उपलब्धिहरुलाई तुहाउन खोजेको बिरोधमा जनजाती र मधेशीले गरिरहेको आन्दोलनलाई दबाउन सरकारले ब्यापक दमन, धरपकड, सेना परिचालन् र गोली समेत् प्रयोग गरी निहत्था आन्दोलनकारीहरुको हत्या समेत् गरेर पञ्चायतको पुनराब्रिती गरेको छ | यसै शिलशिलामा पहिचानवादी नेता आङकाजी शेर्पालाई बित्थाको साइबर क्राइमको फत्तुर लगाइ गिरफ्तार गरी उनको आवाजलाई मत्थर पार्ने सरकारले दुश्प्रयास गरिरहेको छ भने धार्मिक बिद्वेष फैलाउने खुम बहादुर, कमलनयनाचार्यहरु ढुक्कै संग धर्मनिरपेक्षताको बिरोध र हिन्दूराज्यको माग राखेर देशमा धार्मिक बिखण्डता ल्याउँदैछन| तिनको निक्रिष्ठ कृयाकलापलाई चाँहीँ सरकारले नजरान्दज गरेको छ| यि तत्वहरु देशको लागि बढी घातक छन | तसर्थ दोस्रो जनान्दोलनबाट प्राप्त उपलब्धिलाई नयाँ संबिधानमा प्रष्टसंग उल्लेख गर्नुका साथै हालै आन्दोलनका क्रममा गिरफ्तार हुनु भएका पहिचानवादि नेता आङ्गकाजी शेर्पा लगायत अन्य थुनामा राखिएका जनजाती,मधेशी,थारु आन्दोलनकारीहरुलाई निशर्त अबिलम्ब रिहा गरियोस भनि संघिय समाज अमेरिका जोडदार अपिल गर्दछ | श्रोत :शेर्पा खबर

भरत लामा
अध्यक्ष
संघिय समाज अमेरिका
न्युयोर्क


Bhadragol, 11 September 2015

0 comments
२५ भाद्र २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
bhadragol-11-september-2015

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-05-26

0 comments
   २६ भदौ २०७२ - शनिबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO 

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, September 11, 2015

Tito Satya, 10 September 2015

0 comments
नेपाल टि.भी.बाट २०७२ भदौ २४ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला। क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।
tito-satya-10-september-2015
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-05-25

0 comments
   २५ भदौ २०७२ - सुक्रबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO
 

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, September 10, 2015

नेपाल टेलिभिजनमा खुल्यो जागिर, एसएलसी देखि स्नातक सम्मले आवेदन दिन सक्ने

0 comments
काठमाडौं, भदौ २४ - नेपाल टेलिभिजनले विभिन्न पदमा गरी ४३ जना कर्मचारीको लागि आवेदन माग गरेको छ ।

एकैसाथ गोरखापत्रमा विज्ञापन जारी गरेर मागिएको आवेदनमा तह ६ समाचार सम्पादकको लागि ३ जनाको आवेदन मागिएकोमा २ जना खुल्ला तर्फ र १ जना महिलाको लागि दरखास्त आव्हान गरिएको छ । त्यस्तै तह ६ मा नै प्रशाशन अधिकृतको लागि १ जना मागिएको छ । तह ५ वरिष्ठ सहायक प्राविधिकको लागि इन्जिनियरिङ तर्फ ६ जनाको दरखास्त आव्हान गरिएको छ, जसका लागि आवेदकले मान्यता प्राप्त संस्थाबाट रेडियो एण्ड इलेक्ट्रिमेनिक्स वा इलेक्ट्रिक विषय लिई इन्जिनियरिङमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने बताइएको छ । तह ५ अन्तर्गत नै वरिष्ठ सहायक लेखामा २ जनाको आवेदन माग गरिएको छ । यसमा आवेदन दिन आवेदकले व्यवस्थापन विषयमा प्रविणतापत्र वा सोसरह पास गरेको हुनुपर्ने बताइएको छ । तह ५ अन्तर्गत वरिष्ठ सहायक क्यामरामेनको लागि पनि ४ जना माग गरिएको छ ।

त्यस्तै वरिष्ठ सहायक ध्वनिनियन्त्रक तह ५ को लागि ४ जना र वरिष्ठ सहायक दृश्य सम्पादकको लागि ५ जनाको उम्मेदवारी माग गरिएको छ । त्यस्तै वरिष्ठ सहायक कम्प्युटर अपरेटरको लागि १ जना मागिएको हो ।

सहायक प्राविधि तह ४ को लागि ८ जनाको आवेदन मागिएको छ । खुला तर्फ ४, महिला २ तथा आदिवासी जनजाति र मधेसी ११ जनाके उम्मेदवारी मागिएको छ । त्यस्तै सहायक लेखाको लागि २ तथा सहायक प्रशासनको लागि ६ जनाको आवेदन माग गरिएको छ । खुला तर्फ ३, महिला, आदिवासी जनजाति र मधेसी ११ जनाको उम्मेदवारी मागिएको छ । यसमा आवेदन दिन आवेदकले मान्यता प्राप्त शिक्षणसंस्थाबाट एसएलसी वा सोसरह उत्तीर्ण गरी कम्पयुटर सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने नेपाल टेलिभिजनले जनाएको छ ।

आवेदकको उमेरफारम बुझाउने अन्तिम आजको मितिले एक महिनाको तोकेको टेलिभिजनले दरखात्त फारम संस्थाको वेभसाइट www.ntv.org.np मा प्राप्त गर्न सकिने बताएको छ । श्रोत : खबर साइट

फ्लाई दुबईमा ३०% छुटमा टिकट

0 comments
२४ भदौ २०७२  - फ्लाई दुबईले आफ्ना यात्रुहरुलाई ३० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरेको छ । यही अक्टोबर १ तारिखदेखि २०१६ जुन ३० सम्म उडान गर्ने यात्रुहरुले फ्लाई दुबईले उडान भर्ने दुबई र अन्य केही गन्तव्यमा बिजनेश साथै इकोनोमी क्लासमा यस्तो छुट पाउने छन् । यसका लागि भने यात्रुहरुले सेप्टेम्बर २० अगाडि नै उडान टिकट बुकिङ गर्नुपर्ने हुन्छ ।
 फ्लाई दुबईले सातामा ४५ राष्ट्रका ९० भन्दा बढी शहरमा उडान भर्दै आएको छ । सातामा ४९ वटा विमानमार्फत १ हजार ६ उडान भरिरहेको कम्पनीले जनाएको छ । इमिरेट्सले पहिले दुबई उडान भर्दै आएकोमा पछिल्लो समय फ्लाई दुबईले नेपालमा नियमित उडान भर्दै आएको छ । गल्फ कोअपरेशन काउन्सिलका ६ राष्ट्र, मध्यपूर्व, अफ्रिका, आर्र्मेिनया, अजरबैजान, जर्जिया, इरान, टर्की, रशिया, मध्य एशिया र युरोप लगायतका देशहरुमा फ्लाई दुबईले उडान भर्दै आएको छ ।

Sagarmatha Samachar 2072-05-24

0 comments
                        २४ भदौ २०७२ - बिहीबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO
 

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Wednesday, September 9, 2015

Meri Bassai, 8 September 2015

0 comments
२२ भदौ २०७२ - नेपाल टेलिभिजन बाट प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै हेर्नुहोस।क्लिक गर्नुहोस भिडियो play हुनेछ।
meri-bassai-8-september-2015
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-05-23

0 comments
२३ भदौ २०७२ - बुधबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO
 

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

आफ्नै बाबुले घरको शान्तिका लागि भन्दै छोरीकै बलि दिए

0 comments
भारतको उत्तर प्रदेशको कानपुरमा एक बाबुले आफ्नी नौ वर्षकी छोरीको बलि दिएको समाचार छ । उनकी

प्राप्त जानकारी अनुसार सिकन्दरा क्षेत्रको जमौर गाउँमा बस्ने गिरजेश (३८) को परिवारमा पत्नी सुनीताको अलावा दुई छोरा अमित (१५) अमन (१३) र एक छोरी खुशी (९) थिए। कृषक गिरजेश कमाई भएकै कारण दुई वर्षदेखि दुःखी थिए।

सुनीताका अनुसार शनिवार साँझ जब गिरजेश घर आएपछि उनले घरमा कपुर भए नभएको सोधे । घरमा पूजाको सामान नभएपछि बाहि
र गएर उनले सामान लिएर आए । जव खाना खाने समय भयो उनले उपवास भएकाले पूजापाठ सकेर खाने बताए ।

राती कृष्णजन्‍माष्‍टमीको विषयमा पति पत्निको झगडा भयो । त्यसपछि उनी बच्चाहरु लिएर बाहिर सुत्न निस्किए । उनी बाहिर निस्केको कहिबेरपछि रगताम्य छोरीको लाश देखियो, छोरीको लाससँगै अगरबत्ती र फूल समेत भेटियो ।

प्रहरीले तन्त्रमन्त्रको चक्करमा हत्या गरिएको भनेपनि यसको जाँच भईरहेको जनाएको छ ।

पत्नीले कुनै साथीले घरको सुख–शान्तिको लागि यस्तो गर्न सुझाएपछि आफ्नै छोरीको बली दिएको बताएकी छिन् । उनका अनुसार साथीको सल्लाह बमोजिम नै उनका पतिले हथौडा र ह्याण्डपम्पले पिटेर छोरी मारेका हुन् । पुलिसले आरोपीलाई गिरफ्तार गरेको छ ।

Tuesday, September 8, 2015

यु- १९ साफ च्याम्पियन जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने तामाङलाई सम्मान

0 comments

यु -१९ साफ च्याम्पियन मा भारतविरुद्ध टाई ब्रेकरमा निर्णायक गोल गर्ने नेपाली टिमका उपकप्तान अनन्त तामाङ्लाई उनको गृह नगर शिवसताक्षीमा भव्य  कार्यक्रमको आयोजना गरी  अाज सम्मान गरिएको छ।
झापाको शिवसताक्षी नगरमा स्थाई घर भएका तामाङ्गले भदौ १२ गते सम्पन्न यु -१९ साफ च्याम्पियनसीपको उपाधि नेपालको पक्षमा दिलाउन पेनाल्टी सुटमार्फत् निर्णयक गाोल गरेका थिए।

झापाको झिलझिले, दुधे, धरमपुर, शिवगञ्ज, माईधार लगायतका स्थानमा उनलाई सवै उमेर समुहका सर्वसाधरण नागरिकले फुलमाला अबिर खादा दोसल्ला र नगद दिएर सम्मान गरेका हुन।

२२ वर्षे इतिहासलाई तोड्दै नेपालले भारतविरुद्ध यु -१९ साफ च्याम्पियनसीपको उपाधि हात पार्न टिम वर्क र कुशल प्रशिक्षक पाएकाले उपाधि जित्न नेपाल सफल भएको तामाङ्गले बताए। झापाको शिवसताक्षी ३ स्थित व्याँङ्गडामा आयोजित एक समारोहमा बोल्दै उपकप्तान तामाङ्गले खेल सकिन ५ मिनेट बाँकी छदाँको नेपालविरुद्धको टाई ब्रेकरमा भारतले गोल गरेपछि आफु भावविव्हल भएको सुनाए। त्यतिबेला उनले टिमको कप्तानी सम्हालेका थिए।

टाई ब्ररेकरमा भारतको पहिलो प्रहारलाई कुसल गोल किपर सोजित गुरुङ्ले रोकेपछि पुनः उपाधिको आसा पलाएको उनले सुनाए। 'मलाई प्रशिक्षक बालगोपाल महर्जनले तेस्रो किक गर्न भन्नुभएको थियो तर मैले मानिनँ र पाँचौ किक मेरोमा दर्ज भयो' उनले भने 'मैले हानेको किकले भारत हार्यो  र सारा नेपालीको जित भयो।'

तामाङ्लाई स्थानिय सतासीधाम स्पोटिङ्ग क्लवले मोटरसाईकल र्यालीको आयोजना गरेर नगर परिक्रमा गराएको थियो। सो र्यालीमा व्यापारी, शिक्षक, विद्यार्थी, खेलाडी लगायत सयौंको संख्यामा सर्वसाधारणको सहभागीता थियो।

२२ वर्षे पुरानो इतिहासलाई एक झापाली फुटवल खेलाडीले सिङ्गो मुलुकलाई जित दिलाउन गरेको कामको प्रशंसा गर्दे उनलाई सामुहिक रुपमा सम्मान गरिएको सतासीधाम स्पोटिङ्ग क्लवका टिम क्याप्टेन नरविर फागो (भाग्य) ले बताए। अनन्तको सम्मान कार्यक्रममा उनका बुबा चन्द्रबाहादुर गोलेले नेपालका लागि लागेको गोलको खडेरी अनन्तले पेनाल्टी सुटमार्फत तोडदै नयाँ इतिहास कायम गर्न सफल भएकोमा आफ्नो छोरासहित नेपाली टिमलाई बधाई दिए। अनन्तको सम्मान कार्यक्रममा आमाद्धय मायादेवी , शान्तिमाया दाई फुर्वा (प्रदीप) गोलेको पनि उपस्थिति थियो। श्रोत : २१ भदौ सेतोपाटी 

मधेस आन्दोलन चर्काउन भारतीयहरुसँग गुहार मागे

0 comments
२२ भदौ २०७२ काठमाडौं -  मधेस केन्द्रित दलका नेताहरुले मधेस आन्दोलन चर्काउन भारतीयहरुसँग गुहार मागेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दोश्रो तहका नेताहरुले सोमबार रक्सौल पुगेर आन्दोलन चर्काउन भारतीयसँग गुहार मागेका हुन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ आन्दोलनका क्रममा वीरगन्जमा प्रहरीको गोलीबाट मारिएका पाँच जनाको शोकमा सीमावर्ती रक्सौलमा सोमबार आयोजित श्रद्धान्जलीसभामा मधेसी मोर्चाका नेताहरुले नेपाल सरकारले सेना र प्रहरीको आडमा आन्दोलन दबाउने हर्कत गरेको भन्दै आन्दोलनमा सहयोग गरिदिन आग्रह गरे ।

सदभावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्णले नेपाल सरकारले मधेसीलाई अधिकार दिन नचाहेकाले मधेसमा आन्दोलन चर्काउन सहयोग पुर्‍याउन भारतीयलाई आग्रह गरे ।

सङ्घीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले नेपाल र भारतबीच ‘रोटीबेटी’को सम्बन्ध भएकाले मधेसको आन्दोलनमा भारतीयले सहयोग गर्नुपर्ने बताए ।

‘हामीले मधेसबन्द गराएका छौं’, अध्यक्ष यादवले भने, ‘तपाईंहरुले रक्सौलबाट पेट्रोलियम र अन्य आवश्यक बस्तुको आपूर्तिमा रोक लगाइदिनुहोस् ।’ मधेसीले अधिकार माग्दा सरकारले सेना परिचालन गरेर दमन गरेको भन्दै उनले आन्दोलनमा अब भारतको सहयोग आवश्यक रहेको जिकिर गरे ।

मधेस ठप्प पारी आन्दोलनमा उत्रिँदा पनि सरकारले सेना परिचालन गरी आपूर्ति सहज बनाइरहेकाले रक्सौलबासीले त्यसको विरोध गर्नुपर्ने उनको भनाइ थियो ।

श्रद्धान्जली सभामा तमलोपाका पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा ,सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानी, तराई मधेश सदभावना पार्टीका प्रेमचन्द कुशवाहा लगायतकाले मधेस आन्दोलन सफल बनाउन भारतीयको सहयोग अब अपरिहार्य भएको बताए ।

सभामा रक्सौलका समाजसेवी एवम् प्रोफेसर डाक्टर अनिल सिन्हाले मधेस आन्दोलन सफल बनाउन आफूहरुले तन मन र धनले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले मधेसीसँग आफूहरुको रगतको सम्बन्ध रहेको भन्दै मधेसीले अधिकार पाएमा मात्र आफूहरुको पनि अधिकार सुनिश्चित हुने बताए । उनले नेपाल सरकारले पाँच दिनभित्र मधेसीको माग सम्बोधन नगरे भारतबाट नेपालतर्फ हुने मालसामाजको आपूर्ति ठप्प पार्ने उद्घोष गरे ।

सत्तारुढ भारतीय जना पार्टीका सांसद र नेताहरुसँग मधेस आन्दोलनबारे आफुहरुको कुरा भइरहेको भन्दै उनले भने, ‘यदि बिजेपीले मधेस आन्दोलनमा सहयोग गरेन भने रक्सौलका जनता बिजेपीविरुद्ध सडक आन्दोलनमा उत्रिन्छन् ।’

श्रद्धान्जली सभामा सहभागी रक्सौलका व्यपारी, बुद्धिजीवी र स्थानीयले मधेस आन्दोलनमा वीरगन्जमा मारिएका पाँच मृतकका परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । संकलित रकम उनीहरुले मोर्चाका नेताहरुलाई हस्तान्तरण गरे ।

Sagarmatha Samachar 2072-05-22

0 comments
२२ भदौ २०७२ - मंगलबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO
 

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, September 7, 2015

Jire Khursani, 7 September 2015

0 comments
२१ भदौ २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस।

क्लिक गर्नुस भिडियो खोल्नेछ।
jire-khursani-7-september-2015


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Hakka Hakki, 5 September 2015

0 comments

१९ भदौ २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की।
HAKKA HAKKI.

VIDEO
http://www.ramsarmedia.com/hakka-hakki-5-september-2015/


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

अब विदेशबाट नेपाल आउनेले कस्तो-कस्तो सामान ल्याउन नपाउने रहेछन् पुरा पढ्नु होला

0 comments
विदेशबाट नेपाल फर्किनेहरुले पहिले टन्नै सामान घरायासी प्रयोगका लागि भन्दै ब्यागमा कोचेर लान पाउँथे । तर अब त्यसो गर्न नपाइने भएको छ । आइतबारदेखि भन्सार विभागले सबै स्थल नाकामा र हवाई नाकामा समेत सय रुपैयाँभन्दा बढीका सामान ल्याउने सबैलाई कर तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेको छ । विदेशमा बसेर आउनेले सय रुपैयाँभन्दा माथिका कुनै न कुनै सामान ल्याइहाल्छन् भनेर एयरपोर्टमा नेपाल भित्रिने सबै यात्रुलाई संक्षिप्त प्रज्ञापनपत्र भर्न अनिवार्य गरिएको छ । तपाईं सामान ल्याउनु्स् वा नल्याउनुस्, फाराम भर्नैपर्छ, भर्दिन भन्न पाइन्न । कस्तो हुन्छ त यो फाराम ? हेर्न भित्र आउनुस्- संक्षिप्त प्रज्ञापन पत्रको नमूना । ठूलो पारेर हेर्न फोटोमा क्लिक गरे हुन्छ



अनि त्यसो भए के सबै सामानको कर तिर्नुपर्छ त ?
हैन, सबैको तिर्नुपर्दैन । भन्सार विभागका महानिर्देशक टंकमणि शर्माका अनुसार निजी गुन्टा झिटी भारीको सुविधा खारेज गरिएको छैन । त्यो भनेको के भनेर अचम्ममा पर्नु भो ? एक सय ८० दिन विदेशमा बस्ने नेपालीले आफूले प्रयोग गरेको एकसरो सामान कर नतिरी ल्याउन पाउँछन् । के कस्ता सामान ल्याउन पाउने हुन् त ? हेर्नुस् सूचि-

बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः (१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः

(क) लुगाफाटा, बरबिर्छ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
(ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया,
(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक थान,
(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान
(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।
(ज) चार किलोग्रामसम्म खाद्य परिकार ।
(झ) मदिरा १.१५ लिटरसम्मको बोतल एक ।

तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड (झ) मा उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ। खण्ड (झ) मा उल्लिखित मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ।

व्यक्तिगत प्रयोजनका लागि ल्याउने कुन कुन सामानका भन्सार (कर) लाग्छ ?
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका देहायमा उल्लिखित सबै वा कुनै मालसामान प्रचलित आर्थिक ऐन बमोजिम समदरमा लाग्ने महसुल तिरी ल्याउन पाउने छन्। यस्ता मालसामान आफू आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र भन्सार गोदाममा दाखिल भैसकेको हुनु पर्नेछ।

(क) टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, सि.डि. प्लेयर, भि.सि.डि. प्लेयर, डि.भि.डी. प्लेयर, भिडियो क्यामरा र कम्प्युटर एक एक सेट।
(ख) शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान।
(ग) घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता) दुई/दुई थान।
(घ) दश किलोग्राम सम्म खाद्य परिकार।
(ङ) व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान।
(च) खण्ड (क) देखि (ङ) सम्मका सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई दुई थान।
तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका यस उपदफामा उल्लिखित सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सक्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा छ महिनाभन्दा बढी अवधि बिताई फर्केका यात्रुले आफू पुगेको ठाउँबाट उपदफा (२) बमोजिमका सामान आफूसाथ ल्याएमा वा आफू आउनुभन्दा अघि वा पछि पठाएमा निम्न बमोजिमको मूल्यसम्ममा लाग्ने भन्सार महसुल पूर्ण रुपमा छुट दिइनेछ र त्यस्तो मालसामानको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जाँचपास गर्न सकिनेछ। छुट सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐन बमोजिम समदरमा भन्सार महसुल लाग्नेछ।

(क) छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पाँच हजार रुपैयाँसम्म,
(ख) एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा दश हजार रुपैयाँसम्म,
(४) सोह्र वर्षभन्दा कम उमेरका यात्रुले उपदफा (३) बमोजिमको छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुरामा देहाय वमोजिम हुनेछः
(क) भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।
(ख) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट हुनेछ।
(ग) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई उपदफा (२) बमोजिमका सामानमध्ये अमेरिकी डलर दुईसय पचाससम्मको सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लगाई जाँचपास गर्न सकिनेछ।
(घ) विदेशमा छ महिना वा सोभन्दा बढी समय बसी फर्किने नेपाली यात्रुलाई तीनसय पचास ग्रामसम्म सुन र एक किलोग्रामसम्म चाँदी (गरगहना समेत) लाग्ने महसुल लिई साथमा ल्याउन दिइनेछ।
(ङ) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ। यसमा तोकिएको परिमाणभन्दा बढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न सकिनेछ।
(च) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुनेछ।
(छ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि तीस हजाररुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा सम्पूर्ण महसुल छुट हुनेछ।
(ज) सेमिनार, अध्ययन, अनुसन्धान तथा शोधकार्यको लागि विदेश ओहोरदोहोर गर्ने नेपाली नागरिकले आफ्नो साथमा ल्याउने लैजाने एक थान कम्प्यूटर आवश्यक प्रमाण हेरी कुनै महसुल नलिई ल्याउन लैजान दिइनेछ।
(झ) वाणिज्य मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाउने भनी तोकेको तर यस सूचनामा उल्लेख नभएका मालसामानहरु कुनै यात्रुले पैठारी गरेमा लाग्ने महसुल लिई त्यस्तो सामान जाँचपास गरिनेछ। तर त्यस्तो सामानका हकमा दफा १ को उपदफा (३) बमोजिम मूल्य छुट सुविधा दिइने छैन।
(ञ) विदेशबाट फर्केका यात्रुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गरी छुटाउन पाइने छैन ।
(ट) यो सूचनामा भएको व्यवस्थाका सम्बन्धमा कुनै द्विविधा परेमा भन्सार विभागका महानिर्देशकको निर्णय अन्तिम हुनेछ ।

(नेपाल सरकारले भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी कुनै यात्रुले आफ्नो निजी गुण्टा, झिटी भारीमा आफूसँग ल्याएको वा लगेको (एकम्पनिड) वा आफू आउनुभन्दा अघि वा पछि ल्याएको वा पठाएको (अनएकम्पनिड) माल सामानमा लाग्ने भन्सार महसुल सम्वन्धमा मिति २०६५ साल कार्तिक १ गतेदेखि लागू हुने गरी प्रकाशित “निजी गुण्टा, झिटी भारी” सम्बन्धी सूचनाबाट । यो व्यवस्था आइतबारदेखि कडाइका साथ लागू गरिएको हो । कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याएमा वा ल्याउने लैजाने प्रयत्न गरेमा त्यस्ता सामान जफत गरी प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

Sajha Sawal Episode 408 Medical Education

0 comments

कान्तिपुर टि.भी.बाट २० भाद्र २०७२ आइतबार बेलुकी प्रशारित "साझा सवाल" भाग ४०८ हेर्नुहोस । मेडिकल शिक्षामा देखिएका विवादबारे स्वास्थ्य मन्त्री खगराज अधिकारी, काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल डा. चन्दा कार्की र चिकित्सा शिक्षा सुधारका लागि गठित कार्यदलका सदस्य डा. भगवान कोइरालासँगको बहस हेर्नुहोस।

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

धमलाको हमला विथ ज्योति मगरका साथ हेर्नुहोस

0 comments

२१ भाद्र सोमबार - चर्चित हट लोक दोहोरी कलाकार ज्योति मगरसंग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ ज्योति मगरका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.
Video

Part 1


Part 2


Part 3



 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-05-21

0 comments
२१ भदौ २०७२ - सोमबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, September 6, 2015

Dance India Dance Season 5 - Episode 22 - September 6, 2015 - Full Episode

0 comments
२० भदौ २०७२ , आइतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ वाइल्ड कार्ड भाग २२को पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो 
dance-india-dance-season-5/videos/dance-india-dance-season-5-episode-22-september-6-2015-full-episode.html


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dance India Dance Season 5 - Episode 21 - September 5, 2015 - Full Episode

0 comments
१९ भदौ २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २१ मा टपटेन भित्र पर्न सफल नेपालका निर्मल तामाङ र पंकज थापाले प्रस्तुत गरेको बेजोड प्रस्तुतीहरुका साथसाथै अन्य प्रस्तुतिहरुको पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।

भिडियो निर्मल तामाङ
dance-india-dance-season-5



भिडियो पंकज थापा
dance-india-dance-season-5/videos/pankaj-performance-episode-21-september-05-2015-dance-india-dance-season-5.html


पुरा भाग हेर्न तलको फोटोमा क्लिक गर्नुहोला Dance India Dance Season 5 - Episode 21 - September 5, 2015 - Full Episode
dance-india-dance-season-5DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-05-20

0 comments
२० भदौ २०७२ -आइतबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, September 5, 2015

ल्यापटपको ब्याट्री बचाउने तरिकाहरु हेर्नुहोस

0 comments
 ल्यापटप कुनै पनि ब्रान्ड वा अपरेटिङ सिस्टमको होस, प्रयोगकर्ताहरु ब्याट्री सधैं बचाउन खोज्छन्। ब्याट्री बचाउने कुनै एप्लिकेशन हुँदैन तर यसका लागि हामीले सानो सानो कुरामा ध्यान दिनु पर्छ। ब्याट्री बचाउन हामी निम्न तरिका अपनाउन सक्छौं।

डिस्प्लेको लाइट डिम (कम) गर्नेः
ल्यापटपको ब्याट्री धेरै उज्यालो डिस्प्लेका कारण छिटो सकिने भएकाले चार्ज नगरेको समयमा ल्यापटप प्रयोग गर्दा डिस्प्लेको लाइट कम गर्ने।

वाईफाई र ब्लुटुथ बन्द राख्नेः
वाईफाई र ब्लुटुथ सधैं खुला भएको खण्डमा वाईफाई र ब्लुटुथ कनेक्सन नभएको समयमा कनेक्सन खोज्ने (सर्च) गर्ने काम भइरहन्छ । यस कारण ब्याट्री चाँडै नै सकिन्छ। त्यसैले वाईफाई र ब्लुटुथको प्रयोग नभएको खण्डमा बन्द गर्ने।

स्क्रिन सेभरलाई बन्द गर्नेः
ब्याट्री छिटो सकिने कारण मध्ये एक कारण हो स्क्रिन सेभर। ल्यापटपमा काम नभएका बेला यदि स्क्रिन सेभर खुला छ भने डिस्प्लेमा स्क्रिन सेभर आउन सुरु गर्छ। त्यसैले स्क्रिन सेभरलाई बन्द गरेर ब्याट्री जोगाउन सकिन्छ।

पावर सेटिङः
ल्यापटपको पावर सेटिङमा गएर मोनिटर टर्न अफको समयलाई कम गर्नु पर्छ। यसले ल्यापटपमा काम नभएको समयमा डिस्प्लेको लाइट बन्द हुन्छ, जसले ब्याट्री बचाउनमा मद्दत गर्छ।

एक्सटर्नल ड्राइभको कम प्रयोगः
ल्यापटपमा एक्सटर्नल ड्राइभ जस्तै पेन ड्राइभ, हार्ड डिस्क आदीलाई काम सकिने बितिक्कै निकाल्नु पर्छ। लागातार यस्ता एक्सटर्नल ड्राइभ ल्यापटपमा जोडी राखेमा छिटो ब्याट्री सकिन्छ।

 र्‍याम बढाउनेः
ल्यापटपमा जब र्‍याम कम हुन्छ तब ल्यापटप हार्ड डिस्कको भर्चुअल मेमोरीको प्रयोग गर्न थाल्छ। यस्तो स्थीतिमा हार्ड डिस्कले बढी पावर लिन थाल्छ र ब्याट्री छिटो सकिन्छ। र्‍याम बढाएमा ब्याट्री छिटो सकिनबाट जोगाउन सकिन्छ।

डिभिडी र सिडी ड्राइभको प्रयोग कम गर्नेः
ल्यापटपमा डिभिडी र सिडी ड्राइभको बढी प्रयोगले ब्याट्री छिटो सकिने हुन्छ। त्यसैले यदि फिल्म हेर्नु छ वा गीत सुन्नु छ भने डिभिडी र सिडीबाट पहिले ल्यापटपमा कपी गर्ने। यसले ब्याट्री जोगाउँछ।

अनावश्यक प्रोग्राम बन्द गर्नेः
ल्यापटपमा एकै साथ धेरै प्रोग्राम खोल्नाले पनि छिटो ब्याट्री सकिन्छ, त्यसैले आफूलाई चाहिने प्रोग्राम मात्र चलाउने।

स्ट्यान्डबाइको सट्टा हाइबरनेट गर्नेः
जति ब्याट्री हाइबरनेट मोडमा  बचाउन सकिन्छ त्यति ब्याट्री स्ट्यान्डबाइ मोडमा बचाउन सकिन्न। ब्याट्री बचाउनका लागि हाइबरनेट सेटिङमा गएर सट डाउन अप्सनलाई छान्ने।

Like us

 

Search

 
Enjoy the site