Wednesday, September 16, 2015

Afternoon News, Sept 16

0 comments

३० भदौ २०७२ बुधबार दिउसो  ABC टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

३ ठूला राजमार्गलाई सरकारले ४ लेनमा स्तरवृद्धि गर्दै

0 comments
३० भदौ । सवारी चाप बढी हुने मुलुकका तीनवटा ठूला राजमार्गलाई सरकारले चार लेनमा स्तरवृद्धि गर्ने भएको छ । सडक विभागमार्फत काँकरभिट्टा-बुटबल, नारायणगढ-काठमाडौं र मुग्लिन-पोखरा सडकखण्डलाई चार लेनमा स्तरोन्नति गर्ने योजना बनाएको  छ ।

विश्व बैंक, एसियाली विकास बैंक र मिलिनियम च्यालेन्ज को-अपरेसन (एमसिसी) गरी तीनवटा दाता संस्थाबाट लगानीको आश्वासन पाएपछि सरकारले सडक विभागमार्फत यी सडकको स्तरोन्नति गर्ने यषेजना बनाएको विभागका महानिर्देशक माधव कार्कीले जानकारी दिए ।

यी सडक आयोजनाकालागि सरकार सकारात्मक देखिएकोले योजना कार्यान्वयन हुने कार्कीको भनाई छ । अाजकाे नयाँ पत्रिकामा खबर रहेकाे छ ।

सेकेन्ड लेफ्टिनेन्टको जागिरका लागि आवेदन खुल्ला

0 comments
३० भदौ २०७२ - नेपाली सेनाको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को जागिरका लागि आवेदन खुलेको छ। जम्मा १ सय २० जना अधिकृत क्याडेटको लागि जंगी अड्डाले आवेदन माग गरेको हो। १ सय २० जनामध्ये समावेशीतर्फ महिला ११ जना, आदिवासी तथा जनजातितर्फ १७, मधेसीतर्फ १५, दलिततर्फ ८ र पिछडिएको क्षेत्रबाट ३ जना आरक्षण छुट्याइएको छ। त्यस्तै खुल्लातर्फ ६६ जनाको सिट तोकिएको छ।

आजको मितिदेखि असोज २८ गतेसम्म दर्खास्त भर्न सकिनेछ। जंगी अड्डा भद्रकाली, सुपरेटार ब्यारेक हेटौंडा, निमारे ब्यारेक सुर्खेत, इटहरी ब्यारेक सुनसरी, विजयपुर व्यारेक पोखरा र राजपुर व्यारेक दिपायलबाट आवेदन भर्न सकिन्छ। दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ।

प्रमाणपत्र तह वा सो सरह तथा स्नातक तह उत्र्तिण गरेकाले आवेदन दिन सक्नेछन्। उचाई पुरुषका लागि कम्तीमा ५ फिट ३ इन्च र महिलाका लागि ५ हुनुपर्नेछ। छाती नफुलाउँदा ३२ इन्छ र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ। तौल पुरुषका लागि कम्तीमा ५० र महिलाका लागि कम्तीमा ४० केजी हुनुपर्नेछ। कुनै फौजदारी अभियोग नलागेको तथा उमेरको हदमा १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ।  श्रोत:सेतोपाटी

विप्लव नेतृत्वको नेकपा माओवादीले असोज ३ गते नेपाल बन्द गर्ने

0 comments
काठमाडौँ, २९ भदौ : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले संविधानसभाले असोज तीन गते सार्वजनिक गर्ने संविधानको विरोध गर्दै संघर्षका कार्यक्रमसहित पार्टीको धारणा सार्वजनिक गरेको छ । तीन दलले जबरजस्त जनविरोधी संविधान जारी गर्न लागेको भन्दै विप्लब माओवादीले असोज ३ गते नेपाल बन्दको आयोजना समेत गरेको छ ।

‘कथित तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले २००७ सालदेखि गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान् जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जनआन्दोलनका राजनैतिक एजेण्डा, त्यसका निम्ति हजारौं सहिदहरुले बगाएको रगत, वेपत्ता तथा घाईते योद्धाहरुको बलिदान, लाखौं परिवर्तनकामी नेपाली जनताको लगानी र चाहानको ठिक विपरित छ’ पार्टी प्रवक्ता  खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा आन्दोलनरत पक्षको कुराको सुनुवाई नगरी जबरजस्त संविधान घोषणा गर्ने कार्यले राज्यको अग्रगामी पूनर्संरचना गर्न माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता र माओवादी र संसदवादी शक्तिबीचको सहकार्य समाप्त भएको बताएको उल्लेख छ ।


रुपन्देहीको बेथरीमा ४ वर्षे नाबालकसहित ४ जनाको मृत्यु

0 comments
२९ भदौ २०७२ - रुपन्देहीको बेथरीमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको छ ।
प्रहरीले सुरक्षा दिँदै गन्तव्यतर्फ लैजाँदै गरेको ट्रकमाथि आन्दोलनकारीले आक्रमण गरेपछि झडप भएको हो । प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा गोनाहा ६ का ३५ वर्षका राजकुमार बराई, ३५ वर्षकै बिन्दु लाकोल र १४ वर्षकी रञ्जना क्षेत्रीको मृत्यु भएको छ । अर्का ४ बर्षिय बालक नन्दन कुमार पटेलको पनि मृत्यु भएको छ । तर प्रहरीले भने नन्दन बाहेक अन्य व्यक्तिहरुको भने मृत्यु भएको पुष्टि गरेको छैन ।
आन्दोलनकारीको ढुंगा लागेर ५ प्रहरी पनि घाईते भएका छन् भने ४ वटा गाडि तोडफोड गरेका छन् ।
भैरहवा–लुम्बिनी सडकखण्डमा गरिएको आक्रमणपछि प्रहरीले सुरक्षार्थ हवाई फायर गरेको छ । सो सडकखण्डमा रहेको इलाका प्रहरी कार्यालय बेथरी नजिकै भैरहवाबाट गइरहेका मालबाहक ट्रकमाथि आन्दोलनकारीले ढुङ्गा हानेपछि झडप भएको प्रहरीले जनाएको छ ।

निजामती कर्मचारीहरुको तलव र सुविधाको जानकारी

0 comments
२९ भदौ २०७२- निजामती कर्मचारीहरुको तलव सुविधा कति होला ।  अर्थमन्त्रालयले एक वर्षअघि तोकेको तलव अनुसार  निजामती कर्मचारीको सबैभन्दा ठूलो पद मुख्य सचिवको तलव एक महिनाको ४३ हजार ६ सय ७० रुपैयाँ छ ।   सचिवले प्रत्येक महिना ४१ हजार १३० रुपैयाँ बुझ्छन् ।

सहसचिवले ३२ हजार १ सय  २० उपसचिवले २७ हजार ३ सय ७० र शाखा अधिकृतले २४ हजार ४ सय रुपैयाँ पाउँछन् ।  मूख्य सचिव, सचिव र सहसचिवले  सवारी, त्यसको चालक र पेट्रोल, डिजेल सुविधा पनि पाउँछन । नायव सुब्बाको १८ हजार ८ सय रुपैयाँ र खरिदारले १७ हजार ७ सय ३० पाउँछन् ।

कार्यालय सहयोगीको ५ वटा स्तर छ । सबैभन्दा तल्लो स्तरको सहयोगीको तलव  १२ हजार ९ सय ८० छ । माथिल्लो कार्यालय सहयोगीले  एक महिनामा १७ हजार ४ सय १० बुझ्छन् । ठूला सवारी चालकले तह अनुसार रकम पाउछन्। उनीहरुले १५ हजार ८ सय १० देखि २२ हजार ७ सय ६० सम्म पाउँछन् ।

हल्का सवारी चालकको मासिक तलव १४हजार ६ सय ७० देखि २१ हजार ७ सय ४० रुपैयाँ बुझ्छन् । सबैभन्दा तल्लो पद हुलाकीले १३ हजार २ सय ६० देखि १७ हजार ८ सय ७० रुपैयाँ पाउँछन् । श्रोत:सेतोपाटी 


Tuesday, September 15, 2015

Meri Bassai,15 September 2015

0 comments


२९ भदौ २०७२ - नेपाल टेलिभिजन बाट मंगलबार प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै हेर्नुहोस।
क्लिक गर्नुहोस भिडियो play हुनेछ।

VIDEO
meri-bassai-15-september-2015DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

New Lokdohori 2015/2072 52 pattiko 53 khela || Hot Sushma KarkiHD

0 comments

२२ भदौ २०७२ मा रिलीज भएको नयाँ नेपाली लोक गीत ५२ पत्तिको ५३ खेल …….
गायक/गायिका : पोम नारायण सापकोटा / शान्ति सुनार
शब्द तथा संगीत : अर्जुन थापा मगर
कलाकार: सुष्मा कार्की र पोम नारायण सापकोटा
प्रस्तुती : तिर्शाना म्यूजिक 
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Jire Khursani, 14 September 2015 Repeat Episode

0 comments

२८ भदौ २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस।

क्लिक गर्नुस भिडियो खोल्नेछ।

jire-khursani-14-september-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-05-29

0 comments
२९ भदौ २०७२ - शनिबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO 

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

चितामा राखिएको मानिसको शवले मसानघाट पुगेका मलामीलाई समात्यो

0 comments
भाद्र २८, २०७२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा एक अनौठो घटना सार्वजनिक भएको छ । गुजरातको जेतपुरमा चितामा राखिएको शवले मलामी गएका एक मानिसको हातको औला समातेको घटना सार्वजनिक भएको हो । यो घटनाले मसानघाटमा हलचल मच्चिएको छ । आधा जति मलामी भागेका थिए । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार जेतपुरमा बस्दै आएका २५ वर्षीय पुरुष देवेन्द्र पंड्या मुटुरोगी थिए ।



धेरै ठाउँमा उपचार गराउने क्रममा बुधवार विहान उनको मृत्यु भयो । डाक्टरले उनलाई मृत घोषित गरे । त्यसपछि अस्पतालबाट उनको शवलाई अन्तिम संस्कारका लागि अपराह्न जेतपुर मसान घाट लगियो । जहां चितामाथि राखिएको देवेन्दको शवले नजिकै रहेका आफ्ना साथीको हातको औला समाते । यो दृश्यलाई देखेर त्यहाँ उभिएका मलामीको होसै उड्यो । त्यसपछि मलामीहरुले तत्कालै मसान घाटमा डाक्टरलाई बोलाए । डाक्टर आएको १० मिनेटपछि देवेन्द्रको मुटुको चाल आफै बन्द भयो ।

त्यसपछि उनलाई मृत घोषित गरियो । डाक्टरका अनुसार मसान घाटसम्म पुग्दा देवेन्द्र जिउँदै थिए । ती डाक्टरले उनलाई १० मिनेटको चेकजांचमा मुटुको धड्कन विस्तारै चलिरहेको पाएका थिए । डाक्टरले मृत घोषित गरेपछि शवको अन्तिम संस्कार गरियो । एजेन्सी


आङकाजी शेर्पा २० हजार धरौटीमा रिहा

0 comments
२८ भदौ सोमबारका दिन जनजाति नेता आङकाजी शेर्पा सोमबार रिहाई भएका छन् । काठमाडौं जिल्ला अदालतको फैसलाले २० हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । नेपाल प्रहरीले 'साईबर अपराध' गरेको अभियोगमा भदौ १६ गते पक्राउ गरेको थियो । शेर्पा संघीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्य तथा नेपाल आदिवासि जनजाती महासंघका पूर्वमहासचिव हुन् । 'बाह्र दिनपछि बीसहजार धरौटीमा छुट्नु भएको छ,' महासंघका उपाध्यक्ष डण्ड ढोक्पेले भन्नुभएको छ । श्रोत : कान्तिपुर 

Monday, September 14, 2015

Dhamala Ko Hamala with Gagan Thapa

0 comments
२८ भाद्र सोमबार - सभासद गगन थापा संग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ गगन थापाका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.
Video
gagan thapa

 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode 409 Terai Movement

0 comments

कान्तिपुर टि.भी.बाट २७ भाद्र २०७२ आइतबार बेलुकी प्रशारित "साझा सवाल" भाग ४०९ हेर्नुहोस । एक महिनादेखि तराईमा जारी आन्दोलनबारे सूचना तथा संचार मन्त्री एवं नेपाली कांग्रेसका नेता मीनेन्द्र रीजाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का उपाध्यक्ष जितेन्द्र देव र थरुहट तराई पार्टी नेपालकी उपाध्यक्ष एवं सभासद गंगा चौधरीसँग गरिएको साझा सवाल

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dance India Dance Season 5 - Episode 24 - September 13, 2015 - Full Episode

0 comments
२७ भदौ २०७२ , आईतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २४मा निर्मल तामाङले प्रस्तुत गरेको बेजोड प्रस्तुतिको साथ् साथै अन्य प्रस्तुतिहरु सहित पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो
dance-india-dance-season-5/videos/dance-india-dance-season-5-episode-24-september-13-2015-full-episode

निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/shows/dance-india-dance-season-5/contestants/nirmal-tamang/?success=yes गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार प्रत्येक शनिवार राती ९:१५ बजे देखि मंगलबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ


Sunday, September 13, 2015

मधेसी नेता भारत पलायन हुदै

0 comments
गौशाला, २७ भदौ । स्थानीय प्रशासनबाट असुरक्षित भएको भन्दै महोत्तरीका मधेसी नेता भारत पलायन भएका छन् ।

जिल्लाको मधेशी नेताको घरघरमा स्थानीय प्रशासनले व्यापक रुपमा प्रहरी परिचालन गरी पक्राउ गर्ने, कुटपिट गर्ने र मुद्दा चलाउने कार्य गर्न थालेको आरोप लगाउँदै महोत्तरीका ३५ मधेसी नेता भारतको बिहार राज्यअन्तर्गतको मधुवनी जिल्लाको मधवापुरमा गएर बसेका  छन् ।

भारत पलायन हुनेमा तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्मा, सद्भावना पार्टीका जिल्ला अध्यक्ष रामबाबु यादव, महामन्त्री देवेन्द्र यादव, लालबाबु यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र यादव, केन्द्रीय सदस्य सुरेश पाण्डे, केन्द्रीय उपाध्यक्ष रानी शर्मा, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश राय, केन्द्रीय सदस्य कृष्णशङ्कर साह, पूर्व मन्त्री हरिनारायण यादव, पूर्व सभासद कौशल यादव लगायत ३५ नेता छन् ।

यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले र प्रहरी उपरीक्षक शौरभ राणाले नेताहरु भारत पलायन भएको थाहा नभएको र नेताहरुलाई पक्राउ गर्ने त्यस्तो कुनै निर्णय नभएको बताए ।रासस

मोबाइल फोन चार्ज गर्ने क्रममा कालिकोटमा दुर्इजना बालकको मृत्यु

0 comments
२७ भदौ, कालिकोट । मेहलमुडी–२ जोगीबारा बस्ने पदमनाथ योगीको छोरा १४ वर्षीय चनेसनाथ योगी र सोही ठाउँ बस्ने हरिनाथ योगीको छोरा १३ वर्षीय माननाथ योगीको मोबाइल चार्ज गर्ने क्रममा ब्याट्री पडकन जाँदा शनिबार घटनास्थलमै मृत्यु भएको छ ।

मेहलमुडी–२ जोगीमारामा सकेट बमजस्तो देखिने बस्तु बिष्फोट हुँदा २ बालकको मृत्यु भएको भन्ने खवर प्राप्त भएपछि खटि गएको प्रहरीले बुझ्दा पदमनाथ योगीको घरमा अन्य मानिस नभएको अवस्थामा १२ भोल्टको ब्याट्रीमा मोवाइल चार्ज गर्दा उक्त घटना भएको खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


Dance India Dance Season 5 - Episode 23 - September 12, 2015 - Full Episode

0 comments

२६ भदौ २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २३ को पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो

http://www.zeetv.com/shows/dance-india-dance-season-5/videos/dance-india-dance-season-5-episode-23-september-12-2015-full-episode.html

Saturday, September 12, 2015

थारु र पहाडीयाको सहमति : द्वन्द्व फैलाउने आए भने मिलेरै लखेट्ने

0 comments

अत्तरिया : टीकापुर घटना पछि स्थानिय स्तरमा सदभाव खल्बलिन्छ कि भन्ने चिन्ता सबैतिर बढेका बेला कैलालीको अत्तरिया नगरपालिका १२ गेटीका थारु र पहाडी सामुदायले उदाहरणीय सन्देश दिएका छन्।

यहाँ करिब ३ सय ६० फरक जातजातिका परिवार सँगै बस्दै आएका छन्। उनीहरु हरेको दिन जसो थारु बढघर यज्ञ राज चौधरीको गोल घरमा बसेर समीक्षा गर्छन्। देशमा नयाँ सविधान जारी हुने बेला अधिकारको लडाई हुनु स्वभाविक भए पनि टीकापुरको घटनाले दुवै पक्षलाई राम्रो शिक्षा दिएकाले अबका दिनमा यस्ता घटना हुन नदिन सबै सचेत हुनुपर्ने उनीहरुको बुझाइ छ। टीकापुरको आगो जिल्लाका अन्य ठाउँमा पनि सल्किन सक्ने खतराप्रति दुवै सामुदाय सचेत रहेको स्थानीय अगुवा कर्ण सिह बोहराले बताए।

गाउँमा सामाजिक सदभाव कायम राख्न पटक पटक दुवै सामुदायका अगुवाहरु छलफलमा जुटेका हुन्छन्। उनीहरुले एक अर्का प्रतिको समस्यालाई सधैँ मिलेर सामाधान गर्दै आएका छन्।

समाजलाई भड्काउन र दुवै पक्षलाई गाउँमा कोही उकास्न आए मिलेर प्रतिवाद गर्ने निर्णय गरेको  स्थानीय राना सामुदायका अगुवा नारायन रानाले बताए। नेताहरुले स्थानीय स्तरमा सघीयताको बारेमा नबुझाएकाले अहिले समस्या आएको उनीहरुको बुझाइ छ।

सघीयतामा भुगोल को सीमाङ्न जसरी भए पनि स्थानीय सामुदायले जहिले पनि मिलेर बस्नु पर्ने थारु महिला अमेली देवी चौधरीले बताइन्। वर्षौंदेखि मिलेर बसेका कैलालीका थारु पाहाडी सामुदायले एक अर्काको चाडबाड रिती रिवाज र सगै मिलेर मनाउन थालिसकेका छन् भने पछिल्ला केही वर्ष यता दुवै सामुदायमा बिहे समेत हुन थालेको छ।

संघीयतामा सीमाङ्कनको विषयलाई लिएर विवाद हुन थालेपछि जिल्ला भर चिन्ता बढेको छ। तर अत्तरिया नगरपालिकामा भने दुवै सामुदायले गाउँमा आएर विवाद नगर्ने बताएका छन्।


एम्बुलेन्सबाट थुती लेखेटी लखेटी मारिए सशस्त्रका असईको बारेमा पद्नुहोस

0 comments

२५ भदौ २०७२ सुक्रबारका दिन अान्दोलनकारीले एम्बुलेन्सबाट थुतेर हत्या गरेका सशस्त्र प्रहरीका असई थमन विकको घर बाँकेको कन्चनपुर- ६ मा हो। उनी २०५६ सालमा नेपाल प्रहरीमा भर्ति भएका थिए । २०५८ सालमा सशस्त्र प्रहरी गठन भएपछि उनी सशस्त्रपट्टि आएका थिए। ३ वर्षअघि मात्र उनी असईमा बढुवा भएका थिए। महोत्तरीको सिमा सुरक्षा बलमा कार्यरत उनी एक वर्षदेखि त्यहीँ रहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी पुष्पराम केसीले जानकारी दिए। ‘पथलैयामा विशेष कामका लागि आएका थिए, आन्दोलनकारीको आक्रमणमा उनको निधन भयो’ उनले भने। उनले नेपालगंजमा रहेका विकको परिवारलाई घटनाबारे जानकारी गराएका छन् । शुक्रबार बिहान महोत्तरीको जलेश्वरबाबा चोकनेर लिफ्टमा पुगेका थिए सशस्त्र प्रहरीका असई थमन विक। अफिसको काम विशेषले बाराको पथलैयास्थित सशस्त्र प्रहरीको कार्यालयमा आएका उनी मधेस बन्द क्रममा मोटरसाइकलमा लिफ्ट मागेर महोत्तरी पुगेका थिए। मोटरसाइकलमा जलेश्वरबाबा चोकमा पुगेका उनीमाथी प्रर्दशनकारीले आक्रमण गरेका थिए । त्यहाँबाट नेपाल प्रहरीले उद्धार गरी जिल्ला अस्पताल लगेको थियो। १६ टाँका लगाएपछि उनलाई अस्पतालले जनकपुर अञ्चल अस्पताल रिफर गरेको थियो। रेडक्रसको एम्बुलेन्समा दिउँसो उनलाई एक जना सशस्त्र प्रहरीको साथ लगाएर जनकपुर ल्याउँदै गर्दा बाटोमा प्रर्दशनकारीले अवरोध गरेका थिए। त्यसपछि चालकले एम्बुलेन्स बटियातर्फ गाउँको बाटो जनकपुर ल्याउने भन्दै त्यता मोडेका थिए। महोत्तरी गाविस बटिया ३ मा एम्बुलेन्स सडकमा फस्न पुग्यो। पछ्याउदै गएका आन्दोलनकारीले उनलाई एम्बुलेन्सबाट निकाले र खेदीखेदी मारेको प्रहरीले जनाएको छ।
 

मक्काको मस्जिदमा क्रेन पल्टिँदा १ सय सात जनाको मृत्यु

0 comments
काठमाडौं, २६ भदौ – साउदी अरबको मक्का शहरमा क्रेन खस्दा १ सय ७ जनाको मृत्यु भएको छ । मुस्लिम समुदायको पवित्र धर्म स्थल मक्कामा भएको दुर्घटनामा हज गर्न गएका अरु २ सय ३० जना घाइते भएको जनाएका छ ।




हावा हुरी संगै पानी परे पछि क्रेन मस्जिदको छतमा ठोकिदा सो दुर्घटना भएको बताइएको छ। मृत्यु सबै
मक्कामा हज गर्न गएका तीर्थयात्री रहेका छन् ।नमाज पढिरहेका बेला अचानक रातो रंगको क्रेन मस्जिदको छत तोडेर खस्दा यो दुर्घटना भएको हो ।श्रोत : रोयटर्सले

VIDEO

त्रिशूलीका २३ वर्षीय निर्मल तामाङ डी.आई.डी.टपटेनमा

0 comments
भाद्र २६ काठमाडौं -  भारतीय टेलिभिजन जीटीभीबाट प्रसारित चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’ (डीआईडी) मा नुवाकोट विदुर नगरपालिका, त्रिशूलीका २३ वर्षीय निर्मल तामाङ टपटेनमा पर्न सफल भएका छन्।
प्रत्येक शनिवार र आईतवार राती सवा नौवजे प्रशारण हुँदै आएको छ । उत्कृष्ट दशपछि छनौट हुनलाई भोटिङको साहरालिनुपर्ने छ । निर्मललाई भोटिङ गर्न DID5 space NIR send to ५७५७५ मा एसएमएस गर्नुपर्नेछ । एसएमएस सेवा नेपालबाट पनि गर्न सकिनेछ । त्यस्तै अनलाईनबाट पनि उनलाई भोट गर्न सकिनेछ । जसको लागि  http://www.zeetv.com/nir/ लेखेर अनलाईन भोटिङ गर्न  सकिनेछ । भोटिङ गर्ने समय आज शनिवार राती नौ १५ देखि बुधबार साँझसम्म हुनेछ । विश्वको जुनसुकै ठाउँबाट पनि भोटिङ गर्न सकिनेछ । एसएमएस भोटका आधारमा विजेता गरिने भएकाले निर्मलका बाबु शेरबहादुर तामाङले सबै नेपालीलाई सहयोगका लागि आग्रह गरेका छन् । तीन दाजुभाइ र तीन दिदीबहिनीमध्ये कान्छा हुन् उनी।

निर्मलका बाबु शेरबहादुर अवकाश प्राप्त भारतीय सैनिक हुन। दिल्ली युनिभर्सिटीबाट व्यवस्थापन संकायमा स्नातक सकेका निर्मलको बाल्यकाल भारतमै बितेको हो। चार वर्षअघि बुवाले सेवाबाट अवकाश लिएपछि उनीहरू नेपाल फर्किएका हुन्।

शेरबहादुरका अनुसार, निर्मल सानैदेखि नृत्यमा रुचि राख्थे। योभन्दा पहिला पनि उनले डीआईडीमा भाग लिई टप १८ सम्म पुगेका थिए । त्यसपछि उनी नेपाल आई काठमाडौंमा नृत्य सेन्टर खोले।

एक वर्षको काठमाडौं बसाइपछि उनी आफ्नै गाउँ त्रिशूली फर्के र 'न्यु इरा डान्स तथा एरोबिक सेन्टर' चलाउँदै आएका थिए तर वैशाखको भूकम्पले उनको इन्स्टिच्युट भत्काइ दिएपछि डीआईडीमा भाग लिन भारत गएका हुन्। डीआईडीको जारी संस्करणमा निर्मल टप टेनमा पुगेका छन्।

नृत्यका साथै खेलका सौखिन उनले विभिन्न प्रतियोगितामा मेडल पनि प्राप्त गरेका छन् । छोराको प्रगति देखेर आमाबाबु निकै खुसी छन्। 'निर्मल सानैदेखि के राम्रो, के नराम्रो आफैं छुट्याएर काम गथ्‍यो। मेहेनती पनि', बुबा शेरबहादुरले भने, ‘कुनै काम सुरु गरेपछि त्यसलाई पूरा नगरेसम्म अरूतिर लाग्दैनथ्यो।



नेपालकी सन्नी लियोन अर्चना पनेरू प्रहरी हीरासतमा

0 comments
भदौ २६ काठमाडौं । पोर्न स्टार बन्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा समाचार आएपछि एकाएक चर्चामा आएकी कञ्चनपुर भासीकी अर्चना पनेरु चर्चामा आइन् ।

उनको नग्न फोटोलाई लिएर सामाजिक सञ्जाल र मिडियाहरुमा चर्चा परिचर्चा भए । बिहीबार उनका बाबुआमालाई समेत प्रहरीले बोलाएर आइन्दा यस्तो नगर्ने सर्तमा कागज गरेर फर्काएको थियो ।

तर, अर्चनाकी आमा सुनिता पनेरुले भने आफ्नस् छोरीलाई जसरी पनि पोर्न स्टार बनाएरै छाड्ने बताएकी छिन् । लामो समयसम्म मुम्बई बस्दै आएका पनेरु परिवार विगत ७ वर्षदेखि भासीमा बस्दै आएका थिए ।

सुनिता भोजराजकी कान्छी श्रीमती हुन् । उनी आफैं पनि मोडलिङ गर्न चाहन्थीन् । तर, विवाह भएपछि आफुले त्यस्तो गर्न नसकेको र छोरीलाई मोडल बनाउने भन्ने गरेकी थिइन् ।

                                                       मोडल अर्चना पनेरुकी आमा सुनिता
छर छिमेकमा पनि उनको व्यावहार मन नपराउने गरेको छिमेकीहरु बताउँछन् । छिमेकीले उनीहरुको वास्ता गर्दैनथ । सुनिताले पनि सामाजिक सञ्जाल फेसबुकमा आफ्ना मोडलीङ जस्तै फोटाहरु पोष्ट गर्ने गरेकी थिइन् । उनले छोरीको इच्छा अनुसार नै घरमै फोटो सुट गराउने गरेको बताएकी छिन् ।

उनले छोरीको इच्छा पुरा गर्न आफु जे सुकै गर्न र भोग्न तयार रहेको भन्दै छोरीलाई पोर्न स्टार बनाएरै छाड्ने बताएकी छिन् । नेपाल सन्देशसँग छोटो कुरा गर्दै आफ्नी छोरीलाई प्रहरीले कागज गराएपछि रातभर रोएकी बताउँर्दै सन्तानको इच्छा पुरागर्न आफु तयार रहेको बताइन् ।

उनले नेपालमा पोर्न फिल्म बनाउन नपाइने थाहा पाए पनि विस्तारै यो व्यवस्था हुने बताउँदै पोर्न स्टारहरुको पनि क्यारेक्टर फरक हुने बताइन् ।

छोरीलाई न्युट फोटो र न्युड सिन मात्र खेलाउने बताउँदै सुनिताले यसकालागि आफु जे पनि गर्न तयार रहेको बताएकी हुन् । उनले छोरीलाई सिंगल सिनहरुमा मात्र खेलाउने योजना रहेको बताइन् ।

उनकी छोरी अर्चनाले भने अब आफु बढाइमा केन्द्रीत बन्न चाहेको बताइन् । उनले साथीहरुले नराम्रो भनेकाले यस्तो काम नगर्ने बताइन् । पोर्न स्टार बन्ने आफ्नो चाहना भएपनि बाबा ममीले भनेको मान्ने बताउँदै अर्चनाले आफुले केही गल्ती नगरेको बताइन् ।

इजरायलको आवेदन दुई साताभित्र खुल्ने, कस्ताले आवेदन दिने ? पढ्नुस

0 comments


 
२६ भदौ - काठमाडौ । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (घरेलु कामदार) पठाउन दुई साताभित्र रोजगार आवेदन दिन खुला गर्ने तयारी गरेको छ । 
दुबै देशका सरकारमार्फत (जीटूजी) माध्यामबाट नेपाली कामदार पठाउने ब्यवस्था अनुरुप प्रारम्भिक रोष्टरका लागि आवेदन खुला गर्न लागेको कारोबार दैनिकमा खबर छ । विभागका प्रवक्ता बद्रीकुमार कार्कीले नेपाल र इजरायलबीच जीटूजीमार्फत कामदार पठाउने सम्झौताको पाइलट प्रोजेक्ट अनुरुप प्रारम्भिक रोष्टरको आवेदन खुला गर्न लागिएको बताए । विगतमा स्वीकृतप्राप्त तालिम प्रदायक संस्थाहरुबाट तीन महिना घरेलु कामदारसम्बन्धी तालिम लिइसकेका ब्यक्तिले आवेदन दिन सक्ने उनले बताए । 
आवेदन दिएका कामदारको पहिलो चरणमा प्रारम्भिक सूची तयार गरिने कार्कीले जानकारी दिए । इजरायल जानका लागि घरेलुु कामसम्बन्धी तालिम र अंग्रेजी भाषामा दक्ष हुनुपर्नेछ । कामदारको उमेर २५ देखि ४५ वर्ष, तौल ४५ किलो र उचाइ १.४ मिटर हुनुपर्नेछ । यसअघि म्यानपावर एजेन्सीले इजरायलमा कामदार पठाउँन ८ लाख रुपैयाँसम्म रकम असुलेको भन्दै दुई पटकसम्म नेपालबाट कामदार लिन बन्द गरेको थियो ।श्रोत:खबर चौतारी 

आङकाजीलाई तत्काल रिहाई गर्न ‘अमेरिकी’ दवाव

0 comments
भदौ २६ न्युयोर्क । संघीय समाज अमेरिकाले संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पालाइ चाँडो भन्दा चाँडो रिहाइ गर्नुपर्ने माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै समाजले आडकाजी र मधेस तथा थारू आन्दोलमा गिरफ्तारीमा परेकालार्इ अविलम्ब रिहाइको माग गरेका हुन् ।
साइबर क्राइमको बिल्ला भिराउने काम निन्दनिय भन्दै समाजका अध्यक्ष भरत लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिचानवादि नेता आङ्काजी शेर्पा लगायत अन्य थुनामा राखिएका जनजाती, मधेशी, थारु आन्दोलनकारीहरुलाई निशर्त अबिलम्ब रिहा गरियोस बनी संघीय समाज अमेरिका जोडदार अपिल गर्दछ ।’
प्रेस विज्ञप्ति
आङ्काजी शेर्पा र अन्य मधेशी तथा थारु अान्दोलनकारीहरुलाई अबिलम्ब रिहा गर !!!

नेपाले नेताहरुको अकर्मन्यता, अदुरदर्शिता, असहिष्सुणुता कृयाकलापले देश गम्भिर द्वन्द्वमा फस्न गैरहेको छ | खेलांची खेस्रा संबिधान कोरेर एकात्मवादी अखण्डे नेताहरुले नेपाली जनताको दिमाग चाटने काम गरिरहेका छन | दोस्रो जनान्दोलनबाट हासिल भएको गणतन्त्र, संघियता, धर्मनिरपेक्षता र सम...ाबेशितालाई तुहाउने भरमग्दुर कोशीश हुँदैछ, समयलाई फेरी एकचोटि पछाडि धकेल्ने दुर्नियत राखिन्दैछ| हालै चार दलका टाउकेहरु बसेर आफुलाई चुनावी पायक पर्ने नक्सा बनाएर प्रदेश बिभाजन गरेको अाक्रोशमा कैलाली, टिकापुरका थारुहरु आन्दोलनमा होमिएका थिए| अपार जन धनको क्षति भयो |हेलचक्राइंपूर्ण खेस्रो संबिधान लेख्नाले यस्तो गम्भिर परिणिति ल्याएको हो | यसको जिम्मेवारी पुलिस र स्थानीय थारु नभै झेली संबिधान लेख्ने तिनै नेताहरु हुन |
सदियौँ देखी उत्पीडित जनजाती तथा मधेशी समुदायले राखेको माग उचित तवरले सम्बोधन नहुन्जेल आन्दोलन साम्य नहुने छाँटकाँट छ | जनजाती र मधेशी समुदायले अहिलेको आन्दोलनलाई भावी पिढिमा नसारेर आँफैले नै टुङ्गोमा पुर्याउने कसिलो निर्णय गरेका छन| पहाडी भागमा भैरहेका जनजाती आन्दोलन होस् या तराइको भुभागमा भैरहेका मधेशी र थारु आन्दोलन होस्, तिनको एउटै माग छ - त्यो हो पहिचान! तिनको पहिचानको मागलाई एकात्मवादी र तथाकथित अखण्डेहरुले जातिवादको संज्ञा दिएर नेपाली जनतालाई दिग्भ्रमित पार्दैछन र 'जातियता' शब्दको खोँचे थापेर, हौवा फिँजाएर स्थितिलाई तनावपुर्ण बनाउन तल्लिन छन| पहिचानवादिहरुको मागको बटम् लाइन अर्थात चुरो चाँहीँ केन्द्रको अंकुश्रहित, पूर्ण अधिकार भएको, पहिचान सहितको नामाँकन भएको संघात्मक राज्य हो |नामांकन दोयममा पर्छ,मुख्य माग अधिकार हो अधिकार !
२५० बर्षदेखि देशमा एकछत्र हालिमुहाली गरिरहेका राजा साहेबहरु, बाबु साहेबहरु, काजी साहेबहरु र अहिले आएर एमाङ्ग्रेस भित्रका नव-बाबुसाहेबहरु आफुहरुले खाइपाइ आएको सुविधा गुम्ला भनेर " संघियता हाम्रो देशलाई फाप्दैन, संघियता हाम्रो देशको हावापानी सुहाउँदिलो छैन र संघियताले देशै टुक्र्याउँछ" भनी ढाँट कुरा गरी नेपाली जनताको दिमाग भुटने काम गरिरहेका छन| जनान्दोलनबाट जनादेश प्राप्त उपलब्धिहरुलाई तुहाउन खोजेको बिरोधमा जनजाती र मधेशीले गरिरहेको आन्दोलनलाई दबाउन सरकारले ब्यापक दमन, धरपकड, सेना परिचालन् र गोली समेत् प्रयोग गरी निहत्था आन्दोलनकारीहरुको हत्या समेत् गरेर पञ्चायतको पुनराब्रिती गरेको छ | यसै शिलशिलामा पहिचानवादी नेता आङकाजी शेर्पालाई बित्थाको साइबर क्राइमको फत्तुर लगाइ गिरफ्तार गरी उनको आवाजलाई मत्थर पार्ने सरकारले दुश्प्रयास गरिरहेको छ भने धार्मिक बिद्वेष फैलाउने खुम बहादुर, कमलनयनाचार्यहरु ढुक्कै संग धर्मनिरपेक्षताको बिरोध र हिन्दूराज्यको माग राखेर देशमा धार्मिक बिखण्डता ल्याउँदैछन| तिनको निक्रिष्ठ कृयाकलापलाई चाँहीँ सरकारले नजरान्दज गरेको छ| यि तत्वहरु देशको लागि बढी घातक छन | तसर्थ दोस्रो जनान्दोलनबाट प्राप्त उपलब्धिलाई नयाँ संबिधानमा प्रष्टसंग उल्लेख गर्नुका साथै हालै आन्दोलनका क्रममा गिरफ्तार हुनु भएका पहिचानवादि नेता आङ्गकाजी शेर्पा लगायत अन्य थुनामा राखिएका जनजाती,मधेशी,थारु आन्दोलनकारीहरुलाई निशर्त अबिलम्ब रिहा गरियोस भनि संघिय समाज अमेरिका जोडदार अपिल गर्दछ | श्रोत :शेर्पा खबर

भरत लामा
अध्यक्ष
संघिय समाज अमेरिका
न्युयोर्क


Like us

 

Search

 
Enjoy the site