Tuesday, September 29, 2015

खुल्यो तातोपानी नाका, भोली साँझसम्म मालबहाक गाडी ओहोरदोहो गर्न मिल्ने

0 comments
१२ असोज २०७२ काठमाडौं । भूकम्पबाट क्षतविक्षत तातोपानी नाका भोलीबाट खुल्दैछ । सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियरका अनुसार बाटो खोल्दै आज लिपिङबजारसम्म डोजरहरु पुगेका छन् ।
नेपाल चिनको मितेरी पुलबाट १ सय मिटर वर केही ठुलो पहिरो भोली दिनभरीमा खोलीसक्ने समेत गुरुङले बताए । उक्त पहिरो खोल्नसाथ चिनसँगको सिमा जोडिन्छ ।
अहिले सिमाको १ किलोमिटर नजिकैसम्म यातायात जान सक्ने भइसकेको छ । गुरुङका अनुसार मितेरी पुलनजिकै रहेको उक्त पहिरो हटाउन केही स्थानियको घरहरु भत्काउनपर्ने या अर्को नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था छ । स्थानिय घरहरु भत्काउन सहमति भए पहिरो पन्छाएर पुरानै सडकट्रयाक अनुसार खोल्न सजिलो र छिटो हुनेछ । उनले भने, ‘हामी भोली बेलुकीसम्म चिनसँग सडक जोड्छौं’ ।
स्थानिय व्यावसायि अर्जुन सापकोटाका अनुसार लिपिङ तथा तातोपानी बजारका मानिसहरु घर फर्किन थालेका छन् भने घरहरुमा बस्न तथा सटरहरु खोल्न थालेका छन् ।
खोलिएको ट्रयाकलाई फिनिसिङ गर्न केहीदिन लागेपनि पर्सि विहिबारबाट मालबहाक गाडी गुडाउन सकिने गुरुङले बताए  ।
अरु थप पहिरो आउने या कुनै प्राकृतिक दुर्घटना नभएमा विहिबारबाट मालबहाक गाडी गुड्न सक्ने भएको छ ।
अर्थमन्त्री रामशरण महतले स्थानिय स्वार्थ राखेर तातोपानी नाका खुलाउने बजेट रोकेका थिए । उनको स्थायी घर र चुनावी क्षेत्र नुवाकोटलाई मध्यनजर गर्दै बजेट केरुङ नाकामा पठाएर बाटो खुलाएपनि चिनतिरको बाटो नखुलेका कारण समस्या भइरहेको छ ।
सिहंदरबारले उचित पहलकदमी र बजेट व्यावस्था नगरेपनि स्थानिय सहयोग, सडक डिभिजन कार्यालय चरिकोटको सक्रियता, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोक, ट्रक कन्टेनर व्यावसायि संघर तथा नेपाल हिमाल सिमापार बाणिज्य संघको सक्रियतामा यो सम्भव भएको हो ।
तर तातोपानी नाकामा भने चिनले बाटो पूनर्निमार्ण गरिसकेको छ भने नेपालको नाका मितेरी पुलसम्म  चिनियाँ मालबहाक गाडीहरु चलिसकेका छन् ।
विहिबारबाट नाका संचालनमा ल्याउनका लागी समेत सरकारले पहल गर्नुपर्छ । मोटरबाटो संचालनमा आएपनि महिनौं संचालनमा नआएको भन्सार तथा ओहोदोहोर खुलाउनका लागी चिनियाँ पक्षसँग सरकारीस्तरमा पहल हुनपर्ने हुनसक्छ ।श्रोत-डबली





Hakka Haki Sept 26

0 comments
९ असोज २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की।
HAKKA HAKKI.part 19

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-06-12

0 comments
१२ आश्विन २०७२ - मंगलबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।

VIDEO


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, September 28, 2015

भारतीय अभिनेता अनुपम खेर भारतीय हस्तक्षेपबिरुद्ध उभिए

0 comments
काठमाडौं, ११ असोज । नेपालमा नाकाबन्दी गर्ने भारतीय सरकारको रवैयाप्रति भारतीय अभिनेता अनुपम खेरले आपत्ती जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालप्रति नाकाबन्दी गर्नु भारतका लागि लाजमर्दा कुरा भएको टिप्पणी गरेका छन् ।
‘नेपाल एउटा यस्तो देश हो, जसले भारतको रक्षाका लागि आफ्ना बहादुर युवाहरुलाई इन्डियन आर्मीमा पठाएको छ’ अभिनेता अनुपम खेरले ट्वीटरमा लेखेका छन् ‘आज हामी त्यही देशलाई संकटमा पार्दैछौ, यो लाजमर्दा कुरा हो ।’


भारतले नेपालमाथी हस्तक्षेप गरेपछि भारतमा पनि यसको चर्काे विरोध भइरहेको छ । भारतीय नेतादेखि अभिनेतासम्मले मोदीको कदमप्रति आपत्ती जनाइरहेका छन् ।

Dhamala Ko Hamala with Narahari Acharya

0 comments

११ असोज २०७२ सोमबार - नेपाली कांग्रेसका नेता हाल कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचर्यसँग संग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ नरहरि आचर्यका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.
Video कानुन मन्त्रि


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dance India Dance Season 5 - Episode 28 - September 27, 2015 - Full Episode

0 comments
१० असोज २०७२ , आईतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २८ मा निर्मल तामाङ र डि.आई .डी. लितील स्टार २ का 1st runner up ओम क्षेत्री ले प्रस्तुत गरेको बेजोड प्रस्तुति हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो
 episode-28-september-27-2015-dance-india-dance-season-5
यो हप्ता टप सेभेन डान्सरबाट टप ५ डान्सर चुनिने छ र टप ५ बाट १ जना डि.आई .डी.५ को बिजेता हुनेछ।   त्यसैले निर्मल लाई धेरै भन्दा धेरै भोटको आबस्यकता छ। निर्मल तामाङ्को जीत नै हामी सबै नेपालीको जीत सम्झी छिटो भन्दा छिटो धेरै भोट गरिदिनुहोला।

निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार प्रत्येक शनिवार राती ९:१५ बजे देखि मंगलबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ।

निर्मल तामाङलाई www.google.com मा गई DID5 टाईप गरि एकै चोटी २० भोट गर्न पनि सकिनेछ। जसकोलागि गूगल अकाउंट sign in गर्नु पर्ने हुन्छ। यो सुबिधा हप्तामा १ चोटी मात्रै पाउने भएकोले आफुले मन परेको प्रतिस्पर्धी चुनी एकैचोटी २० भोट हाली सहयोग गरिदिनुहोला।



अन्तिममा submit Vote to did 5 मा क्लिक गर्नु  होला त्यसपछि vot पक्का हुनेछ र thank you आउनेछ।


डि.आई .डी.५ भाग २८ को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
Video
 dance-india-dance-season-5-episode-28-september-27-2015-full-episode


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dance India Dance Season 5 - Episode 27 - September 26, 2015 - Full Episode

0 comments
९ असोज २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २६ मा नेपाल नुवाकोटका निर्मल तामाङ सहित ७ प्रतिस्पर्धी का बिच भएको बेजोड  प्रस्तुती हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो
 Dance India Dance Season 5 - Episode 27 - September 26, 2015 - Full Episode


निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार प्रत्येक शनिवार राती ९:१५ बजे देखि मंगलबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, September 27, 2015

एमाओवादी नेता भट्टराईद्वारा पार्टी परित्याग

0 comments
काठमाडौँ ,  एकीकत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले शनिबार ९ असोज २०७२ पार्टी परित्यागको घोषणा गरेका छन् ।

राजधानीको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा  पत्रकार सम्मेलन गरी उनले पार्टीको साधारण सदस्यता समेत छाडेको घोषणा गरे । पार्टी छाडेसँगै उनले व्यवस्थापिका–संसदको सदस्य समेत छाडेकाे बताए ।

दोश्रो संविधानसभा निर्वाचनमा भट्टराई गोरखा–२ बाट सर्वाधिक मतले विजयी भएका थिए ।

‘संविधाननसभाबाट एउटा चरण पुरा भइसकेको सन्दर्भमा मैले आजैका मितिदेखि लागू हुने गरी एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको सम्पूर्ण जिम्मेवारी, सम्पूर्ण तहका मेरा दात्यिवहरु र साधारणसदस्यता समेत परित्याग गरेको घोषण गर्दुछ’, भट्टराईले भने, ‘आजपछि म विल्कुल स्वतन्त्र नागरिक मात्र बनेको छु र अब कुनै पाटीको सदस्य छैन ।’

उनले पार्टी परित्यागबारे एमाओवादी अध्यक्ष प्रचण्डलाई जानकारी गराइसकेको जानकारी दिए । सञ्चारकर्मीको एक जिज्ञाशामा उनले एकीकृत माओवादीलाई पुरानो र भत्केको घरको संज्ञा दिँदै पुनः फर्कने सम्भावना नरहेको बताए ।

‘घरबाट निस्केपछि नयाँ घर बनाउने वा जंगलमा बस्ने विभिन्न विकल्पहरु हुन्छ, पुरानो घर, छाडेको घर र भत्केको घर फर्कने कुरा हुँदेन ।’

भट्टराईले एउटा कालखण्डमा निश्चित उद्देश्यका लागि बनेका पार्टीहरुको औचित्य नयाँ कालखण्डमा समाप्त हुने भएकाले पुराना पार्टी काम नलाग्ने तर्क गरे । ‘पार्टीहरु भनेका साधन हुन्, तर साध्य होइनन् । साधन भनेको जनताको समृद्धि र खुसियाली हो’। भट्टराईले भने, ‘तरकारी काट्न चक्कु बन्छ भने खसी काट्न चक्कुले हुँदेन खुकरी चाहिन्छ ।’

भट्टराइले संघीय लोकतान्तिक गणतन्त्रमक राज्यव्यवस्था ल्याउनका निम्ति बनाएको पार्ट पछिल्लो चरणमा एकीकेत नेकपा माओवादीका रुपमा आइपुगेको र त्यसले एउटा कालखण्डको काम पुरा गरेकाले नयाँ पार्टी चाहिएको उल्लेख गरे ।

‘नयाँ युगका निम्ति पुरानो पार्टीले पुग्दैन’, उनले भने, ‘नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठन, नयाँ नेतृत्व, नयाँ शैलीसहितको पार्टी निर्माण गरेर जानुपर्छ ।’

यद्यपि भट्टराईले आफूले तत्काल नयाँ पार्टी गठनबारे नसोचेको बताए । ‘अब के गर्ने भन्ने विषयमा पुरै खाका मेरो दिमागमा छैन ।

विचार मिल्ने सबै पक्षहरुसँग, पहिलाको पार्टीभित्र रहेका, पार्टीबाहिर रहेका, अन्य पार्टीमा रहेका, कुनै पनि पार्टीमा नरहेका सबैसँग सरसल्लाह गररे कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ, त्यो ढंगले आफूलाई प्रस्तुत गर्ने सोच मैले बनाएको छु, भट्टराइले भने ।

भट्टराईले आफूले पार्टीसँगै संसदको सदस्यसमेत छाडेको र त्यसबारे सभामुखलाई जानकारी गराइसकेको जानकारी दिए । ‘म गोरखा क्षेत्र नम्बर–१ बाट एमाओवादी पार्टीका तर्फबाट सबैभन्दा ठूलो मार्जिनबाट विजयी भएको हुँ । तर मैले पार्टी परित्याग गरिसकेपछि स्वतः नै व्यवस्थापिका–संसदको सदस्य पनि परित्याग गर्नुपर्छ ।

त्यसैले आज नै मैले संविधानसभाका सभामुखलाई पत्र लेखेर व्यवस्थापिका सदंसदबाट पनि राजीनामा दिएको जानकारी गराएको छु ।

म अब व्यवस्थापिका–संसदको सदस्य पनि छैन, कुनै पाटीको सदस्य पनि छैन ।’ पत्रकार सम्मेलनमा उनले आफू सिजवित रहँदासम्म देश र जनताको सेवामा लागिरहने प्रतिबद्धता जनाए । ९ असोज

Dittha Saab, Sep 25 2015

0 comments
 कमेड़ी टेली फिल्म डिटठा साब भाग ११९ सुक्रबार ८ असोज २०७२ कान्तिपुर TV बाट बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो हेर्नुहोस।

Video


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode-411 People's Question to KP Sharma Oli

0 comments
 कान्तिपुर टि.भी.बाट १० असोज २०७२ आइतबार बेलुकी प्रशारित "साझा सवाल" भाग ४११ हेर्नुहोस । नयाँ संविधान बनेपछि नेकपा एमालेका अधक्ष के.पी.शर्मा ओली सँग गरिएको बहस साझा सवाल. . .

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, September 26, 2015

नेपाल र भारत सिमा क्षेत्रमा नाकाबन्दी जारी, उपत्यकामा इन्धन अभाव

0 comments

९ असोज २०७२ - भारतले औपचारिक घोषणाबीना नै आज तेस्रो दिन पनि सिमा क्षेत्रमा नाकाबन्दी जारी राखेको छ । नेपाल भारत सिमा नाकाबाट कुनै पनि सवारी साधन नेपालतर्फ आउन सकेका छैनन् । भारतको नाकाबन्दी संगै सिमापारि भन्सार क्षेत्रमा इन्द्यन, खाद्य सामाग्री र लत्ताकपडाका हजारौ सवारी साधन थन्किएका छन् । भारतीय सिमा नाकाबाट दैनिक २ हजार ५ सय सवारी साधन आउने गरेकामा अहिले पुरै ठप्प छ । भारतले नेपालको राजीतिक अस्थिरतालाई कारण देखाउदै सिमामा कडाई गरेको बताएपनि उसले अधोषित रुपमा नाकाबन्दी गरेको सरकारले निश्कर्ष निकोलेको छ । नेपालको तराइ क्षेत्रमा भएको आन्दोलनकारीका माग सम्बोधन गर्न दवाव दिदै भारतले नाकावन्दी गरेको हो । उसले हिजो बिज्ञप्ति निकाली तराइको समस्या समाधान गर्न पुन दवाव दिएको छ । नाकावन्दीबारे नेपाल सरकारले हिजो भारतिय राजदुतसंग स्पष्टीकरण लिएको थियो । यता आयल निगमले २ हप्ता सम्मलाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण रहेको बताएपनि उपत्यकामा इन्धनको हाहाकार मच्चिएको छ । राजधानीका पेट्रोलपम्पमा सवारी साधनको लामो लाइन लागेको छ । धेरै पम्प इन्धन नभएपछि बन्द गरिएको छ । सीमामा कडाईका बाबजुद २  हप्तालाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण रहेको भन्दै निगमले आवश्यक भन्दा वढी इन्धन संञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ । निगमसंग २३ हजार किलोलिटर पेट्रोल र डिजेल संचित रहेको  निगमका प्रवक्ता दिपक बरालले जानकारी दिए । पेट्रोल दैनिक ३ सय ३५ किलोलिटर माग हुदै आएकोमा अवाभ भएसंगै उपभोक्ताले संचित गर्न थालेपछि वजारमा अहिले ४ सय किलोलिटर भन्दा वढी माग भईरहेको निगमले जनाएको छ । यस्तै डिजेलपनि साविक भन्दा १ सय किलोलिटर वढी दैनिक ५ सय किलोलिटर हाराहारीमा माग भईरहेको छ । तराईमा झण्डै २ महिनादेखिको आन्दोलनलाई कारण देखाएर भारतीय पक्षले कडाई गरेपछि १ सय भन्दा वढी टयाङकर र २ सय वुलेट ग्यास भन्सारमै थन्किएका छन् ।

फेसबुकमा अश्लिल फोटाहरु ट्याग गर्न नमिल्ने बनाउन अपनाउनुहोस् यी उपायहरु

0 comments
९ असोज २०७२ - नकारात्मक सन्देश दिने वा अश्लिल फोटाहरुमा पनि कहिलेकाँही अरुले ट्याग गरिदिने गर्छन्।

यसले प्रयोगकर्तालाई समस्या बनाइरहेको भए यसको समाधान सजिलै गर्न सकिन्छ जसका बारेमा धेरै जसो फेसबुक प्रयोगकर्ताहरुलाई थाहा नहुन सक्छ।

फेसबुकमा ट्याग गर्न नमिल्ने बनाउनका लागि सबैभन्दा पहिले सेटिङमा जाने।

त्यसपछि जेनरल एकाउण्ट सेटिङ (General Account Settings) को पेज खुल्छर यसको बाँया पट्टि धेरै अप्सनहरु रहेका हुन्छन्।

यी अप्सनहरुबाट टाइमलाइन एण्ड टगिङ सेटिङ (Timeline and Tagging Settings) को अप्सनमा क्लिक गर्ने जसमा तीन वटा अरु अप्सनहरु आउँछन्।

यसमध्ये तेस्रो अप्सन म्यानेज ट्याग पिपल वा ट्यागिङ सजेसन हुन्छ। यसको भित्र हुने तेस्रो अप्सन "Who sees tag suggestions when photos that look like you are uploaded"  लाई  'No One' बनाउने।

यति गरिसकेपछि फेसबुकमा नचाहिने फोटाहरु ट्याग हुने झमेलाबाट टाढा रहन सकिन्छ।

बिस्वको लामो तथा ५९० फिट आग्लो शिशाको पुल चीनमा निर्माण भयो

0 comments
९ असोज २०७२ । चीनमा निर्मित नयाँ ५९० फिट अग्लो झोलुंगे पुल चढ्न पुगेका एक हुल पर्यटकहरुले सायद जीवनमा कहिल्यै नगरेको अनुभव गरे । सिसाको सतह भएको पुलमा पार गर्ने क्रममा उनीहरु धेरैपटक रिंगटा लागेर थचारिएका थिए ।
यो अद्भूत संरचना चीनको हुनान प्रान्तमा अवस्थित छ । पिपुल्स डेली अनलाइनले पुलमा पहिलोपटक हिँडेका पर्यटकको तस्वीर प्रकाशित गरेको छ जसमा उनीहरु डरले कक्रक्क परेका देखिन्छन् । केहि युवतीहरु हिँड्नै नसकेर अरुले सहारा दिनु परेको छ ।
यसअघि शीनिउझाईस्थित स्टोन बुद्ध माउन्टेनका दुई चुचुराहरुलाई जोड्ने काठको पुल थियो । अहिले ९८४ फिट लामो सिसाको संरचना बनाइएको हो । ११ जना इन्जिनीयरहरुको समूहले थुप्रै महिना लगाएर काठलाई सिसाले प्रतिस्थापन गरेका थिए । यसलाई संसारकै पहिलो सिसाको सतहयुक्त झोलुंगे पुल भनिएको छ ।

समाचार अनुसार पहिलोचोटी यस्तो पुल टेक्ने क्रममा थुप्रैको सातो गएको थियो । कोहि एक अर्कालाई सहारा दिएर हिँडिरेहका देखिन्थे भने कोहि पुलको रेलिङको आड लिइरहेका थिए । पुलको मुन्तिर हेर्दै कहालिएको आवाज पनि पटक पटक सुनिएको थियो । मानिसहरुको चाप भएको बेलामा पुल हल्लिदा झनै आतंक मच्चिन्थ्यो ।
यद्यपि पुल वरिपरीको दृष्यले धेरै पर्यटकहरुलाई मोहित बनायो । यो पुलको चित्ताकर्षक सौन्दर्यले गर्दा यसलाई ‘हिरो पुल’ नाम दिन थालिएको छ । यस पुलमा प्रयोग गरिएको शीशा झ्यालमा हालिने सामान्य खालको सिसा भन्दा २५ गुणा बलियो रहेको जनाइएको छ ।पुलमा हिँड्दा हिँड्नेहरुलाई विशेषखालको जुत्ता लगाउन दिइन्छ, ताकि उनीहरु नचिप्लिउन् भनेर ।

सिसाका संरचनाहरु आजकाल चीनमा निकै लोकपि्रय भइरहेका छन् । हालै मात्र हुबेईस्थित एक पर्यटकीय स्थलमा सिसाको एलिभेटर सञ्चालनमा आएको छ, जसमा चढेर पहाडको टुप्पोमा पुग्न सकिन्छ ।








Sagarmatha Samachar 2072-06-09

0 comments

९ आश्विन २०७२ - शनिबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।

VIDEO



 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, September 25, 2015

चिनिया सेनाले सीमा क्षेत्रमा भारतीय गतिविधिको कडा बिरोध गर्दे त्यसो नगर्न चेतावनि दिएको छ

0 comments

८ असोज २०७२ - बिरलै मात्र आफ्ना भनाई सार्वजनिक गर्ने चिनिया जनमुक्ति सेनाले सीमा क्षेत्रमा भारतीय गतिविधिको कडा बिरोध गर्दे त्यसो नगर्न चेतावनि दिएको छ
सीमा क्षेत्र लद्दाखमा चीन द्वारा निर्माण गरिएको अस्थायी पोष्ट भारतीय जवानले हटाएको केहि दिन पछि चीनको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।
विज्ञप्ति जारी गर्दे चिनिया सेनाले भनेको छ ‘भारतीय सेनाले सीमा क्षेत्रमा रहेको स्थिरता खलल पुग्ने कुनै पनि काम नगरोस् ।’
चीनको रक्षा मन्त्रालयका प्रवक्त वू कियानले भनेका छन् ‘भारतीय सेनाको पछिल्ला गतिविधि दुई पक्षबीच भएको सम्झौताको भावना अनुरुप छैन् ।’
चीनले भनेको छ भारत –चीन सीमामा संयुक्त रुपमा शान्ति कायम राख्ने  सहमति दुई देशका सरकारबीच भएको छ त्यसलाई भारतीय सेनाको क्रियाकलापले असर प¥याउन सक्ने हुदा गम्भिर बनोस् ।
चीनको सेनाले चुनौतीपूर्ण भाषामा भारतलाई सहमतिको इमान्दारीता पूर्वक पालना गर्न नभए त्यसको सामना गर्न तयार रहन भनेको छ । एजेन्सी

५० हजार भारतीय भूपू सैनिक पेन्सन पाउनबाट बञ्चित

0 comments

८ असोज २०७२ - भारत सरकारबाट अनेकौँ नचाहिने किसिमका कागजपत्र खोज्दा ५० हजारभन्दा बढी भुपू सैनिक, प्रहरी र अन्य सेवाका भूपू र तिनका आश्रित परिवार पेन्सन पाउनबाट बञ्चित भएका छन्।

नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी सङ्गठन पोखराले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सन् १९९० भन्दाअघि भारतीय सेनामा भर्ना भई पेन्सन प्राप्त गरेका भूूपूलाई भारतीय सरकारबाट दिइएको पेन्सनपट्टा, डिस्चार्ज सर्टिफिकेट र वरिष्ठ अधिकारीद्वारा प्रमाणित गरिएको संयुक्त फोटो र परिवारको औँठा छापलाई आधार मानी पेन्सन दिन माग गरिएको छ।

सो अवधिभन्दा अघि भर्ना भएका नेपाली नागरिकताको प्रमाणपत्र बिना भर्ना भएकोमा अहिले भूपूको पारिवारिक पेन्सन कागजपत्रमा नागरिकता अनिवार्य गरिएकाले उनीहरुको नामथर फरक पर्न जाने तथा बिधवा, उमेर, जातलगायतका कारण देखाउँदै अनेक झन्झट दिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

सङ्गठनका केन्द्रीय उपाध्यक्ष मनबहादुर गुरुङले विशेष गरी काठमाडौँस्थित भारतीय दूतावासले भूपू सैनिकले राखेका विभिन्न आठसूत्रीय माग पूरा नगरे मङ्सिर १ गतेदेखि आमरण अनशन बस्ने चेतावनी दिए।

कागजपत्रमा कुनै किसिमको शङ्का देखिएमा सम्बन्धित गाउँ तथा नगरपालिका कार्यालय र प्रमुख जिल्ला अधिकारीको सिफारिसलाई मान्यता दिन सङ्गठनका सदस्य लालकाजी गुरुङले आग्रह गए।

भूतपूर्व कल्याणकारी समितिका संयोजक गजबहादुर गुरुङले पेन्सन प्राप्त भूपू सैनिकको तीन पुस्ते, उत्तराधिकारी, बहुविवाह र बिधवा महिलाका बारेमा भारतीय पेन्सन क्याम्पका पदाधिकारीले अनेक प्रश्न गरेर पेन्सनबाट वञ्चित गरेको आरोप लगाए।

टाढाटाढाबाट आउने भूपूको समस्यालाई ध्यानमा राखेर क्याम्प कमान्डिङ अधिकृत बाहिर गएको बेला उप कमान अधिकृतको निगरानीमा पेन्सन वितरण गर्न पनि सङ्गठनले माग गरेको छ।

नेपाल अधिराज्यभर भारत सरकारबाट करिब चार लाखले पेन्सन पाउने गरेको कार्यक्रममा जानकारी दिइयो। रासस 

Bhadragol, 25 September 2015

0 comments
८ अशोज २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
bhadragol-25-september-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

ditha sab 18 september 2105 ( डीठा साब )

0 comments

कमेड़ी टेली फिल्म डिटठा साब भाग ११८ सुक्रबार १ असोज २०७२ कान्तिपुर TV बाट बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो हेर्नुहोस।
Video



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dittha Saab, Sep 11

0 comments

कमेड़ी टेली फिल्म डिटठा साब भाग ११७ सुक्रबार २५ भदौ २०७२का दिन कान्तिपुर TV मा बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो हेर्नुहोस।
Video



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dittha Saab, Sep 05

0 comments

कमेड़ी टेली फिल्म डिटठा साब भाग ११६  सुक्रबार १८ भदौ २०७२का दिन कान्तिपुर TV मा बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो हेर्नुहोस।
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

भारतीय र बंगलादेशी नागरिक नेपाली पासपोर्टमा विदेश

0 comments

काठमाडौं, ८ असोज - खाडी मुलुक कुवेतमा बंगलादेशी नागरिकलाई रोजगारीमा जान प्रतिबन्ध छ। तर, सयौँ बंगलादेशी त्यहाँ कार्यरत छन्। आफूहरू नेपाली भएको भन्दै झुक्याएर उनीहरू कुवेतमा काम गर्दै आएका छन्।

नेपाली भएको भनेर ढाँट्ने मात्र होइन, उनीहरूले नेपाली पासपोर्ट नै प्रयोग गर्दै आएका छन्। नेपाली पासपोर्ट खरिद गरी सयौँ बंगलादेशी कुवेतलगायतका खाडी देशमा कार्यरत छन्। तीमध्ये एक हुन्- मोहम्मद वोहार। जो यतिवेला महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। दुई वर्षअघि उनी बंगलादेशबाट कतार गएका थिए। कतारबाट कुवेत जाने क्रममा उनी मोहम्मद वोहारबाट रामकुमार साह बने। मानव तस्करीमा संलग्न गिरोहले नेपाली नागरिक रामकुमार साहको पासपोर्टमा उनको फोटो टाँसिदिए र उनलाई कुवेत पठाए।

दुई वर्षसम्म कुवेत बसेर गत महिना बंगलादेश फर्कंदै थिए। कुवेतस्थित एयरपोर्टमा कुन देशबाट आएको भनेर अध्यागमनका अधिकारीले सोध्दा उनले आफू बंगलादेशबाट आएको बताए। तर, उनको हातमा नेपाली पासपोर्ट थियो। शंकास्पद लागेपछि त्यहाँको अध्यागमनले उनलाई नेपाल डिपोर्ट गरी पठाएको थियो।

नेपालमा अध्यागमन विभागले अध्यागमन ऐनअनुसार उनलाई मुद्दा चलाएकोमा उनी धरौटी तिरेर छुटे। नेपाली पासपोर्टमा किर्ते गरेकाले विभागले थप अनुसन्धान र कारबाहीका लागि गत साता काठमाडौं परिसरमा पठाएको हो। सरकारी दस्तखत छाप किर्ते मुद्दामा उनीमाथि छानबिन भइरहेको परिसरका डिएसपी दिनेश आचार्यले बताए। पचरवा–६ धनुषाका रामकुमार साहको पासपोर्टमा उनले कुवेतमा दुई वर्ष काम गरेका थिए। उनीजस्ता सयौँ बंगलादेशी कुवेतमा नेपाली पासपोर्टमा काम गर्दै आएको खुलेको छ। अर्का एक बंगलादेशी युवती अध्यागमन विभागको हिरासतमा छिन्।

मौनिती नाम गरेकी ती युवती पर्वतकी प्रविना पुन लामिछानेको पासपोर्टमा साउदी अरेबिया गएकी हुन्। भारतमा दलालहरूले उनलाई नेपाली बनाएर साउदी पठाएका थिए। नेपाल फर्कने क्रममा उनी बंगलादेशी भएको खुलेपछि अध्यागमनले कारबाही प्रक्रिया अघि बढाएको हो। त्यस्तै, एक भारतीय युवती शोभा तामाङलाई प्रहरीले थुनामा राखी कारबाही प्रक्रिया अघि बढाएको छ। दार्जिलिङ घर भएकी तामाङ हरिपुर–१ सर्लाहीकी सावित्री नेपालीको पासपोर्टमा साउदी अरेबिया पुगेकी थिइन्। साउदीमा दुई वर्ष काम गरेर फर्कने क्रममा उनी गत साता पक्राउ परेकी थिइन्।

अध्यागमन विभागका अधिकारीका अनुसार यसरी नेपालीको पासपोर्ट किनेर वैदेशिक रोजगारीमा जानेको संख्या ठूलो छ। कतिपयलाई फर्कने क्रममा त्यहाँको सरकारले थाहा पाएर नेपाल डिपोर्ट गर्छ भने कतिपयचाहिँ उम्कन सफल हुन्छन्। बंगलादेशी पुरुष र भारतीय महिला नेपाली पासपोर्टमा खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने गरेका छन्।श्रोत:नयाँ पत्रिका

साउदी अरब मक्का हजका क्रममा भएको भगदौडमा मर्नेको संख्या ७१७ जना पुग्यो

0 comments
८ असोज २०७२ शुक्रबार। साउदी अरबको पवित्र शहर मक्काको मिनामा हजका क्रममा बिहीबार भएको भगदौडमा मर्नेको संख्या ७१७ जना पुगेको छ ।

यो घटनामा चारजना नेपाली नागरिक पनि मारिएका छन् । घटनामा सयौं मारिएपछि त्यहाँ पत्रकारहरुलार्इ समेत जान प्रतिबन्ध लगाइएको छ ।

अल जजीरा टेलिभिजनकी पत्रका बासमा अतासीले पत्रकारहरुलार्इ त्यहाँ पस्नै नदिएको बताइन् ।

'हामीलार्इ घटना भएको जग्गा भन्दा धेरै वर रोकिएको छ । जहाँ हामीलार्इ रोकिएको छ, त्यहीँबाट पनि घटना कति भयानक रहेछ भन्ने पत्ता लगाउन समस्या भएन',  उनले भनेकी छन्, 'कयौं कन्टेनर र ट्रकहरु लाशले भरिएका थिए । कालो सडक सेताम्ये भएको थियो ।

भारतको हैदराबादकी रहने ६० वर्षीया बीबीजानलार्इ हजयात्रामा पठाउन उनका छोराहरुलार्इ उनी कहिल्यै नआउने कुरा सायदै थाहा थियो । मारिनेमा जान पनि सामेल छिन् ।

उनका ६९ वर्षीय पति मजिद पनि उनीसँगै थिए । तर जब भागदौड मच्चियो तब उनको हात पतिको हातबाट फुत्किन पुग्यो ।
दह्रोसँग पक्डेको पतिको हात धेरै बेर उनले समाउन सकिनन् । 'उनलार्इ पक्रिराख्न मैले धेरै कोशिस गरेँ, तर हातमा पसिना आएपछि उनको हात छुट्यो', मजिदले भारतीय सञ्चारमाध्यमलार्इ टेलिफोनमा भने, 'त्यसपछि उनी भुइँमा लडिन् अनि उनलार्इ सबैले कुल्चे । मैले मद्दतका लागि गुहार मागेँ । जब भागदौड सकियो तबसम्म मैले उनलार्इ सदाका लागि गुमाइसकेको थिएँ ।'

भारतको भोपाल शहरका काजी सैय्यद मुश्ताक अली नदवीका अनुसार बिहान १० बजेको थियो । उनी नातेदार र अन्य हजयात्रीसँगै हरम शरिफ नजिकै सैतानलार्इ ढुंगा हान्ने रीत पुरा गर्नका लागि निस्केका थिए ।

उनीहरु करिब डेढ किलोमिटर परसम्म पुग्न सके । त्यही बेला मिनामा भागदौड शुरु भएको खबर आयो । खबर आएपछि मिनातर्फ अघि बढेका उनीहरु त्यहाँ पुग्दा मक्का तीर्थस्थल लाशले भरिइसकेको थियो ।

भागदौडमा बाँचेर भेटिएका जति चिनेजानेकालार्इ उनीहरुले क्याम्पमा राखेर प्रहरीलार्इ खबर गरे । तर घटना हुनुभन्दा पहिले नै प्रहरी घटनास्थलबाट हिँडिसकेको उनको भनाइ छ ।
साउदी अरबको एक टीभीका पत्रकार टीआई इसोफुका अनुसार लाखौंको संख्यामा मानिस सैतानको प्रतिक खम्बामाथि ढुंगा हान्न गइरहेका थिए ।

ठीक त्यही बेला अन्य हजयात्री पनि अर्को दिशाबाट त्यहींतर्फ अघि बढे । त्यही बेला त्यहाँ भागदौड शुरु भयो ।

भागदौडपछि मानिसहरु सुरक्षित स्थानमा पुग्न एक दोस्रोमाथि चढ्न थाले। कयौं मानिस पुलबाट पनि खस्न पुगे । त्यो बेला त्यहाँ अधिकांश मानिसहरु नाइजेरिया, नाइजर, चाड र सेनेगलका थिए ।

मारिनेहरुमा बालबालिका र महिला पनि छन् । मानिसहरु अल्लाह पुकार्दै सहयोग मागिरहेका थिए तर उनीहरुको पुकार सुनेर मद्दत गर्ने कोही भएनन् । एजेन्सी


राष्ट्रिय झण्डाको अपमान गरेकोमा भारतीय प्रधानमन्त्री मोदीलाइ ३ बर्ष जेल हुनु सक्ने

0 comments
वासिंगटन असोज ८ ,२०७२ - अमेरिकी भ्रमणमा रहेका  भारतीय  प्रधानमन्त्री  नरेन्द्र मोदीलाई राष्ट्रिय झण्डाको अपमान गरेकोमा ३ बर्षको जेल सजाय हुने दाबी डीएनएइन्डिया डटकमले  गरेको  छ  | संयुक्त  राष्ट्रसंघको  महासभामा  भाग  लिनु  अमेरिका  गएका  मोदीलाई  राष्ट्रिय  झन्डामा  आफ्नु  हस्ताक्षर गरेको बिषयले  तिब्र  बिबादमा  तानेको  छ ,यो बिषयलाई धेरै बुद्दिजिबिहरुले  सामाजिक संजालमा  व्यापक  आलोचना गर्दै  मोदीलाई  सजाय हुनु  पर्ने  माग  गरेको  छ |
mdinus

अमेरिकामा रहेका सेलिब्रेटी  सेफ  बिकाश खन्नालाइ  उपहार स्वरूप तिरंगा ,भारतको राष्ट्रिय झन्डा प्रदान  गरेका थिए  जुन  झन्डामा  मोदीले  हस्ताक्षर  गरेर दिएका  थिए  |
मोदीले राष्ट्रिय झन्डामा सहि गरेकोले तिरंगाको अपमान गरेको भन्दै टुइटरमा भारतीयको ह्यासट्यागको अभियान नै संचालन भएको छ | बिरोधलाइ मध्य  नजर  गर्दै  उपहार दिएको  सो  झन्डा सेलिब्रेटी  सेफ  बिकाश खन्नाबाट फिर्ता  लिएको भारतीय विदेश मन्त्रालयले  जानाएको छ |
modi
भारतमा राष्ट्रिय झण्डाको  अपमान गर्नेलाई ३ बर्षको  जेल  सजाय  सहित  जरीवानाको ब्यबस्था  छ |
झन्डा  बिबाद मोदीको लागि कुनै नौलो  होइन | विश्व  योगा दिवसको  दिन  पनि  झन्डाले पसिना पुछेकोमा  बिबादमा  तानिएका  थिए  मोदी |
modi
साथै अमेरिकी  राष्ट्रपतिले  मोदीलाई एयरपोर्टमा  स्वागत  गर्नु  पठाएको ब्यक्ति  एक  सामान्य न्यु योर्क काउन्सिलको सदस्य  रहेको  पनि  थाहा  हुनु  आएको  छ जसले गर्दा  अमेरिकाले भारतको  अपमान  गरेको भन्दै बिभिन्न बुद्दिजिबिहरुले  अमेरिकी राष्ट्रपति  बराक ओबामाको  आलोचन गरेका  छन्  साथै  मोदीको  पनि  |

Sagarmatha Samachar 2072-06-08

0 comments
८ आश्विन २०७२ - शुकबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।

VIDEO



 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, September 24, 2015

Tito Satya, 24 September 2015

0 comments
नेपाल टि.भी.बाट २०७२ असोज ७ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्यको ५९९ औ भाग हेर्नुहोला । क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।

VIDEO
tito-satya-24-september-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Like us

 

Search

 
Enjoy the site