१० मंसिर। नेपाल राष्ट्र बैंकले नगद नेपाली र विदेशी मुद्रा ओसारपसारमा प्रतिबन्ध लगाएको छ । केही दिनअघि भारतीय रुपैयाँ विनियमयमा कडाइ रहेको बैंकले नगद नेपाली र विदेशी मुद्रा ओसारपसारमा प्रतिबन्ध लगाएको हो ।
नेपाली तथा भारतीय मुद्रा अन्य मुलुकमा लैजान वा पठाउन नपाइने, भारतबाट अन्य मुलुकबाट ल्याउन नपाइने व्यवस्था रहेको भन्दै बैंकले तोकिएको सीमाभन्दा बढी ओसारपसार गर्नुपरे विदेशी मुद्राको हकमा भन्सार अधिकृतलाई जानकारी गराउन आग्रह गरेको छ । त्यसपछि भन्सार अधिकृतले प्रमाणित गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
के के मा प्रतिबन्ध
१) नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा प्रतिव्यक्ति नेपाली रुपैयाँ ५ हजार भन्दा बढी साथमा लैजान र अन्य मुलुकबाट साथमा लिइ आउन पाइने छैन् ।
२) नेपाली वा विदेशी नागरिकले नेपालबाट अन्य मुलुक जाँदा प्रतिव्यक्ति अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा भन्दा बढी नगदै सामान लैजान पाउने छैन् । तर विशेष प्रयोजनका लागि पासपोर्टमा बैंकले दरपिठ गरी सहटी दिएको हकमा सो बन्देज लाग्ने छैन् ।
३) नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजार भन्दा बढी ल्याएमा भन्सार घोषणा गरी प्रमाणित गरेको हुनुपर्छ ।
नयाँ व्यवस्थामा कुनै अड्चन भए फुकाउन सकिने अधिकार राष्ट्र बैंकसमक्ष छ ।






























Nepalese Rupee Exchange Rate