Tuesday, December 29, 2015

युएईमा एक मेहेनति नेपालिको कथा,जसको लागि बनेको छ गाडी नै घर

0 comments


आफ्नो मुलुक र घर छोडेर रोजगारीका लागि युएइ पुगेका डम्बरजंग गुरुङसँग काम भ्याएपछि आराम गर्नलाई एउटा कोठा छ । तर काम पर्‍यो ड्राइभरको । कतिबेला कहाँ कुद्नुपर्छ पत्तो छैन। त्यसैले उनी कोठामा धेरै बस्न पाउँदैनन्। बरु आफूले चलाउने गाडी नै उनको लागि आश्रयस्थल बनेको छ । युएइमा कार्यरत नेपाली डम्बरजंग गुरुङका बारेमा युएइको द नेसनल पत्रिकामा प्रकाशित समाचार –

अनवर अहमद –
अबु धाबीः डम्बरजंग गुरुङका लागि मालबाहक गाडी नै उनको घर हो। १० वर्षदेखि युइइमा मालबाहक गाडी चलाउने यी नेपाली नागरिकले यहाँ धेरै अनिदा रात बिताएका छन्।

युएइबाट टाढा टाढा जस्तो कि कतार जाँदा जब स्टेरिङबाट फुर्सद मिल्छ, यी ५० वर्षे सडक किनारमा खाना बनाउँछन्, पेट्रोल पम्प वा सडक किनारका मस्जिदमा नुहाउँछन्।
‘यो गाडी नै मेरो घर हो’, गुरुङ भन्छन्। मुसाफामा रहेको वर्कर्स भिलेज (कामदार बस्ने ठाउँ) मा उनको कोठा छ तर उनी महिनामा एकसाता पनि मुस्किलले बिताउन पाउँछन्।

‘हाम्रो काम बिहान ९ बजेदेखि दिउसो ४ बजेसम्मको अफिसको कामजस्तो होइन’, उनी भन्छन् सडकको जीवन दिक्कलाग्दो हुन्छ। उनले कति रात अनिदो काटेका छन्। अनिदै मरुभूमिमा गाडी हाँक्दै उनी घना बस्तीहरुमा छिर्छन्, गन्तब्यसम्म पुग्छन्।

‘हाम्रो अप्ठ्यारो काम र काम गर्ने अप्ठ्यारो समयले गर्दा हामी ६/७ घण्टाभन्दा बढी सुत्न पाउँदैनौँ’, उनी भन्छन्, ‘हाम्रो काम २४ घण्टा चल्छ, सामानको अर्डर जतिबेला पनि आउन सक्छ।‘ मालबाहक गाडीका चालकहरु समयमा सामान पुर्‍याउने र अर्को कामका लागि तुरुन्त कम्पनी वा कोठामा फर्किने दबाबमा रहिरहन्छन्।

‘मेरो गाडीको टप स्पिड भनेको ८० किलोमिटर प्रतिघण्टा हो। स्पिड लिमिट ८० राखिएको छ, हामी त्यो भन्दा बढीक दाउन सक्दैनौँ।

क्लियरेन्सका लागि सीमानाकामा पर्खिनु सबैभन्दा ठूलो समस्या हो। यसका लागि धेरै समय लाग्छ। कहिलेकाहीँ त यसका लागि १० दिनसम्म लाग्छ यदि कागजातमा समस्या देखियो भने। तर सामान्यतया यसका लागि साउदीको सीमामा दुईदेखि तीन दिन लाग्छ‘, उनी भन्छन्।

‘मलाई आफै खाना बनाउन मन पर्छ। मलाई रेस्टुरेन्टको खाना मन पर्दैन किनभने त्यो धेरैजनाका लागि बनाइन्छ र स्वादिलो पनि हुँदैन’, गुरुङ भन्छन्।

सीमा निरीक्षकहरुले कार्गो र गाडी परीक्षण गर्छन् तर यसको प्रक्रिया अत्यन्त ढिलो हुन्छ। फलस्वरुप बोर्डर क्रस गर्न त्यहाँ सयौँ गाडीहरु लाइनमा बस्नुपर्ने हुन्छ।

‘हामी ६ देखि ७ घण्टामा साउदी बोर्डर पुग्छौँ। तर कतार पुग्न हामीले देशभित्रै दुई हजार किलोमिटरजति गाडी चलाउनुपर्छ’, उनी भन्छन्।

गुरुङका दुई छोरी र एक छोरा छन्। उनको मासिक तलब १९५० दिराम छ। कमिसन छुट्टै पाउँछन्। कमिसन सालाखाला ३००० दिरामसम्म पुग्छ।

तर उनी कति कमाउँछन् भन्ने कुरा एक महिनामा कति ट्रिप भर्न सक्छन् भन्नेमा निर्भर हुन्छ। उनी फालमका सामान, पाइप, स्टिल उत्पादन र आल्मुनियमका सामानले भरिएका कन्टेनर घिसारिरहेका हुन्छन्।

उनी परिवारका सदस्यको स्वास्थ्य, शिक्षा र दैनिक खर्चका लागि हरेक महिना ३४५९ दिराम (करिब एक लाख रुपैयाँ) घर पठाउँछन्।

सुरक्षा उनको नम्बर एक प्राथमिकता हो तर सबै सडक प्रयोगकर्ता यसमा सचेत छैनन्। ‘साना कार हाम्रा लागि चुनौति हुन्। जब उनीहरु भूलबस लेनमा घुस्छन्, हामी उनीहरुलाई देख्दैनौँ। र, उनीहरुजस्तो मुभ गर्न पनि सक्दैनौँ’, उनी भन्छन्।

ढिलो कुद्ने मालबाहक गाडीलाई ओभरटेक गर्ने इच्छालाई उनी रोक्छन् किनभने त्यसबापत उनलाई जरिवाना हुन सक्छ।

‘यदि ओभरटेक गरेको भेटियो भने हामीलाई १० हजार दिरामभन्दा बढी जरिवाना हुन्छ। धेरै ड्राइभरहरु जरिवानामा पर्छन्’, गुरुङ भन्छन् ।
– पहिलो पोष्टबाट

hamala Ko Hamala with Mahendra Ray Yadav

0 comments

५ पौस २०७२ अईतबार बेलुकी  हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेता तथा तराई मधेश सदभाबना पार्टी नेपालका अदक्ष महेन्द्र राय यादव सँग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ महेन्द्र राय यादवका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.

VIDEO  DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Samachar 2072-09-14

0 comments

१४ पौष २०७२ - मंगलबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। श्रोत : सगरमाथा टि.भी.

VIDEO

  DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, December 28, 2015

नाका अवरुद्ध गर्ने राजेन्द्र महतोलाई प्रहरीको लाठीले यसरी कुटिए भिडियो हेर्नुहोस

0 comments

१३ पौष-भन्सार नाका अवरुद्ध गर्ने क्रममा भएको झडपमा परी घाइते हुनुभएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । शनिबार अपराह्न विराटनगरको रानी भन्सार अगाडि मधेसी मोर्चाका कार्यकर्ताका साथ धर्नामा बसेपछि प्रहरीसँग झडप हुँदा उहाँ घाइते हुनुभएको थियो ।
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

comedy song push maghko jadoma Sirak Tanatan with hot jyoti magar

0 comments

गाम बेसी म्युजिक प्रा. लि. को पहिलो प्रस्तुति नया लोक दोहोरि गीत सिरक तानातान सार्बजनिक भएको छ । तिलक ओली र आरति खड्काले स्वरबद्ध गर्नुभएको उक्त कमेडी गीतमा तिलक ओलिलेनै शब्द दिनुभएको छ । यस गीतको मुजिक भिडियोमा चर्चित मोडल  ज्योति मगर र धुर्वको निकै नै रोचक अभिनय देख्न सकिन्छ।  गीतको म्युजिक भिडियोको निर्देशन भने अशोक बि. क. ले गर्नुभएको छ। 
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

पुनः श्रम स्वीकृति अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने भयो

0 comments

१३ पौष काठमाडौँ : व्यक्तिगत रुपमा विदेश गई फर्केर आएका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आमगमन कक्ष स्थापना गरी अभिलेख राखी पुनः श्रम स्वीकृति दिने व्यवस्था लागू गरिने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गत मङ्सिर २४ गते पारित गरेको ‘तत्काल सुधार कार्ययोजना’ मा छ महिनाभित्र अन्तर्राष्ट्रिय विमानस्थलबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाइने उल्लेख छ ।

न्यून लागतमा कामदार पठाउन प्रमुख गन्तव्य मुलुकसँग तीन महिनाभित्रै श्रम सम्झौता गर्ने, निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्थाअनुरुप काम भए÷नभएको अनुगमन गरिने कार्ययोजनामा उल्लेख छ ।

स्तरोन्नत्तियुक्त एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली लागू गरी वैदेशिक रोजगारमा जाने आउनेको विवरण छ महिनाभित्र अभिलेखिकरण गरिसक्ने कार्ययोजनामा छ ।

नेपालको विदेशस्थित नियोगले नेपाली कामदार तथा नेपाली नागरिकलाई पुर्‍याउने सेवा, सुविधा अझ सहज तथा प्रभावकारी बनाउन, वैदेशिक रोजगारीमा मृत्यु भएका कामदारका परिवारले पाउने सहयोग रकम समयमै दिलाउन परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयले समन्वय गरी कार्य गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

इजरायलमा पहिलो चरणमा तीन सय नेपाली कामदार पठाउने कार्य छ महिनाभित्र सम्पन्न गर्ने, नेपालमा रहेका विदेशी कामदारको अनुगमन, अनिवार्य श्रम स्वीकृति प्रदान र अभिलेख व्यवस्थापन एक वर्षभित्र गरिने कार्ययोजना सरकारले तयार पारेको छ ।

त्यसैगरी सङ्क्रमणकालीन व्यवस्था अन्तर्गत नेपालको संविधानमा भएको श्रम तथा रोजगार स्म्बन्धी प्रावधानको कार्यान्वयन गर्न आवश्यक नीतिगत, कानुनी, प्रक्रियागत तथा सङ्गठनात्मक व्यवस्था एक वर्षभित्र मिलाउने तयारी गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने सम्भावित १० हजार कामदारलाई तालिम प्रदान गर्ने तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नीति तर्जुमा छ महिनाभित्र गर्ने कार्ययोजना तय गरिएको छ ।

वैदेशिक रोजगार विभागमा लेखपढ गर्न नसक्ने कामदारको व्यक्तिगत श्रम स्वीकृतिका लागि निःशुल्क फारम भर्ने व्यवस्था तीन महिनाभित्रै मिलाइने विभागले तयारी गरेको छ ।

भूकम्पछिको त्रिभुवन को कार्यमा सघाउ पुर्‍याउन अर्धदक्ष, कामदार सिकर्मी, डकर्मी, प्लम्बर, इलेक्ट्रिसियन, टायल, मार्बलगायतका तालिमका कार्यक्रम श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत मिलाउने तयारी गरिएको छ ।

हाल केन्द्रमा सीमति रहेको सामाजिक सुरक्षा कोषको कार्यलाई स्थायी निकायसम्मम पुर्‍याउन संरचनात्मक व्यवस्था मिलाउने, योगदानमा आधारित सामाजिक सुरक्षालगायत सामाजिक सुरक्षाका प्रभावकारी सेवा, सुविधा र व्यवस्था कार्यान्वयन गर्ने कार्ययोजनामा उल्लेख छ । श्रोत नागरिक दैनिक

युएईमा कम्पनी छोड्दा लाग्ने ६ महिनाने प्रतिवन्ध हटयो

0 comments

दुवई, पुष १३ - युएईमा नयाँ बर्षसँगै यदि कामदार र रोजगारदाताबीच सहमतिमा श्रम सम्झौता रद्ध गरिएमा कामदारले ६ महिनाको प्रतिवन्ध झेल्नु नपर्ने भएको छ । यो नियम सन् २०१६ को जनवरी देखि लागु हुने स्थानीय अरविक दैनिक पत्रिका अल बयानले समाचार लेखेको छ । यसअघि त्यसरी बीचमै श्रम सम्झौता रद्ध भएमा कामदारले ६ महिनाको प्रतिवन्ध भोग्दै आएका छन् ।

समाचार अनुसार रोजगारदाता र कामदारबीच वर्क परमिट र रोजगारी सम्झौता आपसी सहमतिमा तोडिएमा यसअघि लाग्दै आएको ६ महिने प्रतिवन्धको व्यवस्थालाई हटाइएको युएईको श्रम मन्त्रालयले प्रष्ट पारेको छ ।

मन्त्रालयका अनुसार त्यसरी रोजगार अनुमति खारेज भएमा कामदारले तत्काल अर्को रोजगारी सुरु गर्न पाउनेछन् । दुई बर्ष पुरा नगरेका कामदारले समेत यो सुविधा उपभोग गर्न सक्ने समाचारमा जनाइएको छ । तर मन्त्रालयका अनुसार चौथो र पाँचौं तहका कामदारले भनें पहिलो ६ महिना पुरा नगरी यो सुविधा उपभोग गर्न पाउने छैनन् ।

यो नयाँ व्यवस्था गत सेप्टेम्वरमा घोषणा गरिएको सुधार कार्यक्रम अन्तर्गतको नै भएको युएईका श्रम मन्त्री सकर गोवासले बताएका छन् । नयाँ व्यवस्था जनवरी देखि लागु हुने उनले प्रष्ट पारेका छन् । अहिले गर्न खोजिएको नयाँ व्यवस्था कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण तयार मन्त्रालयले गरिसकेको गोवासले बताएका छन् ।

श्रम मन्त्रालयका सहायक उपसचिव हमिद रसिद दिमास अल सुवाइदीले नयाँ व्यवस्था अनुसार रोजगारादातासँगको सहमतिमा रोजगार अनुमति सम्झौता रद्ध गरेका कामदारले तत्काल अर्को कम्पनीमा काम गर्न सक्ने बताएका छन् । त्यसका लागि युएईमा दुई बर्ष काम गरिसकेको हुनु नपर्ने उनको भनाई छ । नयाँ व्यवस्थाको बुँदा नम्वर ७६६ अनुसार आपसी सहमतिमा सम्झौता रद्ध गरेका कामदारले तत्काल रोजगारदाता परिवर्तनको अनुमति प्राप्त गर्नेछन् । श्रोत साभार देश पर्देश

शेरबहादुर देउवा र आरजु देउवा छुट्टिए

0 comments

पौष १३ ,श्रीमती आरजु देउवाको सनकी स्वभाव र एनजिओको खेतीपातीको कारण डडेल्धुरा देउवा कांग्रेस दुई फ्याक भएपछि शेरबहादुर देउवा आफ्नै गृह जिल्लाको झगडामा परेका छन् । आरजु ५ वर्ष डडेल्धुरा जिल्ला विकास समितिको सभापति र १३ वर्ष जिल्ला कांग्रेसको सभापति भइसके पनि जनाधार भने शुन्य बराबर भएका रघुवर भट्टतिर लागेकी छिन् ।

डडेल्धुरा देउवा कांग्रेस आन्तरिक रुपमा चरम विवादमा फसेपछि सुशील कोइराला गुटकले डडेल्धुरामा खेल्न खोजेको छ । देउवा पक्षमैं भिडाएर फाइदा लिन कोइराला पक्षले प्रयत्न गरिरहेको चर्चा कांग्रेसमा चलेको छ ।

आरजुले महाधिवेशन प्रतिनिधिसमेत हारेका शेरबहादुर देउवाका स्वकीय सचिव रहिसकेका गोविन्द बोहोरालाई बोकेपछि आफ्नो जिल्लामा शेरबहादुर आफ्नै पत्नी आरजुका कारणले कमजोर बन्दैछन् ।

गोविन्द बोहोरा २०४९ सालमा शेरबहादुरलाई कालो झण्डा देखाएर विरोध गर्नेमा पर्छन् । तिनै बोहोराको पक्षमा आरजु देउवा र वर्तमान डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्लको पक्षमा शेरबहादुर देउवा देखापरेपछि डडेल्धुरा जिल्लामा शेरबहादुर र आरजु हाँसोको पात्र बनेको समाचार  साँघु साप्ताहिकले छापेको छ ।

Sajha Sawal Episode 424

0 comments

१२ पौष २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४२४मा बैदेशिक रोजगारीको सिलसिलामा बिदेस जाना तयारीमा रहेका ,बिदेसमा काम गरेर फर्केका र बैदेशिक रोजगारीमा रहेका संग स्काईप् मार्फत गरिएको साझा बहस हेर्नुहोस ।
श्रोत : कान्तिपुर टि.भी.साझा सवाल

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Singha Durbar - Episode 07

0 comments

महिला नेतृत्व र काम कुनै पनि अन्य पुरुष भन्दा कम छैन भन्ने सन्देस स्वरुप पहिलो महिला प्रधानमन्त्रीको रुपमा कलाकार गौरी मल्ल अभिनीत नेपाल टेलिभिजनबाट २०७२ पौष १२ आइतवार बिलुकी प्रसारीत सिंहदरबार टेली फिल्म हेर्नुहोला।

VIDEO
Singha Durbar - Episode 07
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, December 27, 2015

Ditha Sab 26 Dec, 2015

0 comments

२०७२ पौष ११ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १३२ हेर्नुहोस।

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, December 25, 2015

Ho Ki Kya Ho_Episode 16

0 comments

प्रत्येक विहीबार बेलुकी ८:३० र ११:३० मा हिमालयन टि.भी.बाट प्रशारित सामाजिक सन्देसमुलक चर्चित नेपाली हाँस्य टेली फिल्म हो कि क्या हो हेर्नुहोला।
लेखक / निर्देशक: आर्यन नकर्मी
क्यामेरा / फिलिम सम्पादन: दिपेन बस्न्यत
मुख्य कलाकारहरु : साबिन शाक्य, राजाराम पौडेल , मुकुन्द किशोर भट्टराई , आर्यन नकर्मी , कमला रेग्मी, रोहिणी भट्टराई, गहेन्द्र मान शाक्य , डोमा , लक्ष्मी पाण्डे, निशा थापा र अन्य  ...
ho ki kya ho part 16

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Harke Haldar 23 Dec, 2015

0 comments

८ पौष २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २४४औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, December 24, 2015

TOUGH talk with Anup Raj Sharma Chairperson, National Human Rights Commission

0 comments

बुधबार ८ पौस २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा  राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा लामो समय न्याय सेवामा काम गरेर अवकाश भएपछि १४ महिना अगाडीदेखि देशको समग्र मानव अधिकारको संरक्षण, संम्वर्दन र प्रभावकारी कार्यान्वयनको सुनिश्चित गर्ने संवैधानिक जिम्मा पाएको आयोगको नेतृत्व समाहलिरहनुभएको पूर्वप्रधानन्यायाधीश समेत रहनुभएका शर्मा न्यायालयको नेतृत्वमा रहंदा छोटो समयमा प्रभावकारी काम गर्ने थोरै प्रधानन्यायाधीशमा गनिनुहुन्छ । संयुक्त राष्ट्रसंघको बर्गिकरण अनुसार हाम्रो मानव अधिकार आयोग क बर्गमा परेको छ । संसारका अरु देशहरुमा आयोगलाई बिभिन्न बर्गिकरणमा राखिएका हुन्छन् । नेपालको आयोग क बर्गमा पर्नुमा पहिलो यसको संवैधानिक हैसियत दोस्रो अनुसन्धान गर्न पाउने एक्सकुलुसिभ पावर र तेस्रो आयोगको निर्णय अदालत सरह मान्न कानुनी संरचनाका हिसावले । तर के आयोगको भूमिका यसरी क बर्ग मा छुट्याए जस्तो छ त ? बुझ्ने सिलसिलामा छु म आयोगका अध्यक्ष अनुपराज शर्मासंग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत साभार : TOUGH talk with Dil Bhusan Pathak/कान्तिपुर टिभी।

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Tuesday, December 22, 2015

भारतमा बाबुको हत्यारालाई हत्या गरि १२ टुक्रा पारी बदला लियो

0 comments

७ पौष ,नयाँ दिल्ली–भारतमा एकजना १२ वर्षे बालकले आफ्नो बाबुको हत्यारालाई पनि १२ वर्षपछि हत्या नै गरेर बदला लिएको छ ।

उनले आफू तीन वर्षको छँदा आफ्नो बुबाको हत्या देखेको भन्दै यसरी बदला लिए कि त्यो पुरानो घटना सम्झिदै त्यस हत्यारालाई पनि १२ टुक्रा पारेर नदीमा फालिदिएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुले मङ्गलबार दिएको समाचारअनुसार ती बालकले आफ्नो बाबुको हत्यारालाई घरमा रक्सी खान बोलाएको र रक्सीले मातेका उनलाई छुरी र ह्यामरले हानेर मारेका थिए ।
उनले प्रहरीलाई दिएको बयानअनुसार आफ्नो बुबाको हत्यारालई मार्ने आफ्नो पुरानो इच्छा बमोजिम नै घरमा रक्सी खान बोलाएको र रक्सीले मातेपछि सुरुमा छुरीले हानेर ढालेपछि ह्यामरले टाउकोमा हानेर मारेको बताएका छन् ।

त्यसपछि ह्याक्सो ब्लेडले त्यस व्यक्तिका १२ वटा टुक्रा पारी बोरामा हालेर नजिकैको नदीमा फालिदिएका थिए ।

भारतको उत्तरप्रदेशमा गत हप्ता सो घटना भएको प्रहरीले जानकारी दिएको छ । त्यस व्यक्तिले सन् २००३ मा आफ्नो बुबाको घाँटी रेटेर हत्या गरेको आफूले देखेको भन्दै १२ वर्षीय बालक अलाम खानले सो योजना बनाएको बताएका छन् ।

उनले आफूले विगत लामो समयदेखि सो योजना बनाएको र गतहप्ता त्यो सम्भव पनि भएको सोमबार जानकारी दिए ।

प्रहरीले पक्राउ गरेपछि सोमबार सम्वाददाताहरुसँग उनले भने– मैले विगत लामो समयदेखि यस कार्यका लागि पर्खिरहेको थिएँ र गतहप्ता मेरो सपना साकार भएको छ ।

उनले यसका लागि एकजना साथीको पनि सहयोग लिएको बयान दिएका छन् । तर त्यस व्यक्तिलाई चक्कुले ढलाएपछि ह्यामरले हानेर मार्नेसम्मको काम भने आफैले मात्र गरेको उनले बताए ।
टुक्रा पारिसकेपछि भने प्लास्टिकका विभिन्न पोकामा हालेर नजिकैको नदीमा फाल्ने काममा उनले सघाएको बताए । यसरी मारेपछि उनीहरुले नदीमा लगेर फालेका थिए ।

स्थानीय मोहम्मद राइस नामको त्यस व्यक्तिलाई खानले रक्सी खानका लागि साँझको समयमा घरमा बोलाएका थिए ।

नदीमा शरीरका टुक्रा उत्रिएपछि प्रहरीले मारिने व्यक्ति राइस नै हुन् भनेर चिन्न पनि प्रहरीलाई निकै गाह्रो भएको थियो ।

शव उनैको हो भनेर चिनेपछि भने ती बालकले रक्सी खान बोलाएको र हत्या गरेको विषयमा खुलेको थियो । उनले हत्या स्वीकारीसकेको बयान प्रहरीलाई दिएका छन् ।

खानलाई उद्धृतगर्दै भारतीय पत्रिका टाइम्स अफ इन्डियाले लेखेको छ–मैले उसलाई मारिसकेपछि ठूलो आवाजमा सङ्गीत बजाएँ र उसको शरीरका टुक्रा पारेँ ।

उनले आफ्नो बुबाको हत्यारा को हो भन्ने बारेमा १२ वर्षसम्म कसैलाई पनि भनेका थिएनन् । यसका लागि उनले अत्यन्तै गोप्य रुपमा यो योजना बनाएका छन् र अहिले सफल भएको बताएका छन् ।
प्रहरीसँगको बयानमा उनले भने– मैले यस बदलाका लागि १२ वर्षसम्म कुरेँ र आज काम सम्पन्न गर्न सकेकोमा म निकै खुसी छु ।

उनको अनुसन्धानमा खटेका प्रहरी सुपरिटेन्डेन्ट रामसुरेश यादवले खानले आफूले सो कार्य गरेको र बाबुको हत्यारालाई बदला लिँदा आफूलाई आनन्द आएको भन्दै खानले बिना कुनै पश्चाताप स्वीकार गरेको बताएका छन् ।

प्रहरीले उनको घरबाट त्यस व्यक्तिलाई मार्न प्रयोग गरेका सबै सामाग्री र हतियार बरामद गरिसकेको जानकारी पनि प्रहरीले दिएको छ ।

भारतमा नेपाली चेलीको बलात्कार पछि हत्या गर्नेलाई मुत्युदण्ड सुनाइयो

0 comments

काठमाडौं, पुस ७ – मानसिक रुपमा अस्वस्थ एक नेपाली महिलाको सामुहीक बलात्कारपछि हत्या गरेको आरोपमा भारतको एक अदालतले सात जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

भारत हरियाणाको रोहतक जिल्लाको अदालतले मानसिक रुपमाले अस्वस्थ २८ वर्षकी नेपाली महिलाको सामुहिक बलात्कार गरी हत्या गर्ने सात जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । अदालतले यसलाई गम्भीर अपराध भनेको छ ।

गएको फेब्रुअरी १ मा रोहतक जिल्लाको गड्डी खेरा गाउँमा दिदी भिनाजुको साथमा बस्दै आएकी पीडित नेपाली महिला घरबाट हराएकी थिइन । ती महिलाको शव चार दिनपछि रोहतक जिल्लाकै बहु अकबर गाउँमा क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

मानिस रोगको उपचारका लागि बर्दियाको राजापुरबाट भारत गएकी सुनार थरकी ती महिलाको बलात्कारपछि हत्या भएको हो । अदालतले नेपाली युवा सन्तोषसहित भारतीय युवाहरु गुचाडु भनिने राजेश, शीला भनिने सुनिल, बिल्लु भनिने सरवर, मनबरी, माधा भनिने सुनिल, पवन र पदम भनिने प्रमोदलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

प्रहरीले यी सबैलाई गएको फेब्रुअरी ९ मा पक्राउ गरेको थियो । दोषीले रक्सीको नशामा आफूहरुले अपराध गरेको स्वीकार गरेका छन् । अदालत अभियुक्तमाथि जनही एक लाख ७५ हजार रुपैयाँ जरिवानाको पनि फैसला गरेको छ ।

बलात्कारपछि दोषी युवाले महिलाको ढुंगाले हानेर हत्या गरेका थिए । यो घटनाको आठौं अपराधी २२ वर्षका सोमबीरले केही महिना अघि दिल्लीको बवाना क्षेत्रमा आत्महत्या गरेका थिए ।

अभियुक्त विरुद्ध सेप्टेम्बर ७ मा फास्ट ट्रयाक अदालतमा मुद्दा दायर भएको थियो । सुनवाइको क्रममा ५७ जना प्रत्यदर्शिको बयान लिइएको थियो । १८ डिसेम्बर अर्थात पुस ३ गते अदालतले सात अभियुक्तलाई दोषी ठहर गरेको थियो ।

पीडितको पोस्टमार्टम रिर्पोट गर्ने डाक्टरले पनि पीडित महिलामाथि अमानवीय व्यवहार भएको बताएका थिए । सामुहिक बलात्कार पछि पीडित महिलाको हत्या गर्नु अघि शारीरिक यातना दिइएको थियो ।

पीडित महिलाको टाउको, छाती तथा यौनआंगमा चोट लागेको थियो । अदालतले यो फैसलामा चित्त नबुझे दोषीले उच्च न्यालयमा अपिल गर्न सक्ने जनाएको छ ।

कोषराज वन्तले अख्तियारलार्इ १० करोड धरौटी बुझाए

0 comments

पौस ७ काठमाडौं, भ्रष्टाचार मुद्दामा तानिएका सशस्त्र प्रहरीका निलम्बित महानिरीक्षक कोषराज वन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १० करोड धरौटी बुझाएका छन् ।

सशस्त्रका लागि भएको सामान ढुवानीमा भ्रष्टाचार गरेको अभियोगमा चलाएको मुद्दामा सोमबार अख्तियारमा बयान दिन गएका वन्तले १० करोड धरौटी बुझाएर तारेख लिएका हुन् ।


बयान नसकिएको जनाउँदै अख्तियारले वन्तलाई थुना राख्ने तयारी गरेपछि आफू थुनामा नबस्ने बरु जति भएपनि धरौटी बुझाउन तयार रहेको बताएका थिए ।

वन्तले धरौटी बुझाउने बताएपछि अख्तियारका अधिकारीले वन्तसँग १० करोड धरौटी मागेका थिए । वन्तले उक्त धरौटी वापदको बैंक जमानत दाखिल गराएपछि तारेखमा रिहा भएका हुन् ।

'आयोगले धरौटी जमानत वापत १० करोड रुपैयाँ माग गरेकोमा उक्त रकम बराबरको बैङ्क जमानत दाखिला गर्न ल्याएकोले निलम्बित सप्रमनि वन्तलाई धरौटी जमानतमा तारिखमा राखी थप अनुसन्धान भैरहेको छ', अख्तियारको विज्ञप्तीमा भनिएको छ ।

सामान ढुवानीमा फर्जी बिल बनाइ करोडौं अनियमितता गरेको पाइएपछि अख्तियारको सिफारिसमा सरकारले वन्तलाई निलम्बन गरेको थियो । वन्तले ७ करोड रुपैयाँ बढीको भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ ।

Monday, December 21, 2015

Dhamala Ko Hamala with Karishma Manandhar

0 comments

५ पौस २०७२ अईतबार बेलुकी  हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली चलचित्रको नायिका करिश्मा मानन्धर सँग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ नायिका करिश्मा मानन्धर साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.

VIDEO DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Singha Durbar - Episode 06

0 comments

महिला नेतृत्व र काम कुनै पनि अन्य पुरुष भन्दा कम छैन भन्ने सन्देस स्वरुप पहिलो महिला प्रधानमन्त्रीको रुपमा कलाकार गौरी मल्ल अभिनीत नेपाल टेलिभिजनबाट २०७२ पौष ५ आइतवार बिलुकी प्रसारीत सिंहदरबार टेली फिल्म हेर्नुहोला।

VIDEO
Singha Durbar - Episode 06
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode - 423

0 comments

५ पौष २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४२३मा तराई मधेस आन्दोलनलाई सम्भोधन र समाधानको बिषयमा तराई मधेश सदभाबनाका पार्टीका अदक्ष महेन्द्र यादब ,संघिय समाजबादी फोरमका उपाध्यक्ष रेनुका यादब र नेकपा एमालेका बरिस्ट नेता माधब कुमार नेपाल संग अन्य ६० जना सहभागीको बिच गरिएको साझा बहस हेर्नुहोस ।
श्रोत : कान्तिपुर टि.भी.

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Sunday, December 20, 2015

Ditha Sab 19 Dec, 2015

0 comments

२०७२ पौष ४ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १३१ हेर्नुहोस।

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, December 19, 2015

राजेन्द्र महतोसँग पत्रकार ऋषि धमलाले लिएको सनसनीपूर्ण अन्तरबार्ता हेर्नुहोस।

0 comments

मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग पत्रकार ऋषि धमलाले लिएको अन्तरबार्ता हेर्नुहोस। source:News24

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Talk With Hot and Sexy Model & singer Jyoti Magar

0 comments

Jyoti Magar is a Nepali folk  singer, model, and an actress.She started her professional musical career in 2006 and since then, she has given a number of hit albums and has travelled extensively within and outside Nepal to perform in stage programs. Jyoti has been criticized by some media outlets and Nepali social media users for her provocative and glamorous way of dressing and dancing.Jyoti Magar is a hit and most preferred singer at present scenario. At international to national scenario, Jyoti Magar’s performance has always got good appreciation.

Video
Due to her glamorous avatar and performance, she has been number 1 singer at present case. Jyoti Magar was supposed to fly to United Kingdom for an event but she was rejected at Embassy.Jyoti Magar was born in a village in the Rolpa district of Nepal. However, her family migrated to Dang when she was still a toddler. In interviews, she has often said that as a young child she was more interested in dancing than in singing. She has also said that she comes from a family that deeply loved music, though not professionally involved in it. souces;Halkaro online TV

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

khas khus episode 4

0 comments

चर्चित हाँस्य कलाकारहरु माग्ने बुढा (केदार घिमिरे ),तक्मे बुढा (विल्सन बिक्रम राई) ,मैया (सुनिता गौतम "बजगाई ")र अन्य कलाकारहरु अभिनीत नेपाली हाँस्य टेली फिल्म खासखुस हेर्नुहोला...

Khaskhus Episode 4 (Magne, Takme Buda and Team)
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Wednesday, December 16, 2015

Harke Haldar 16 December 2015

0 comments

१ पौष २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २४३औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Like us

 

Search

 
Enjoy the site