Thursday, February 18, 2016

लाखौ खर्च गरेर पोर्चुगल जानुभन्दा पहिले बस्ताबिकता एकचोटि पढ्नुहोस्

0 comments

युरोपियन मुलुक पोर्चुगलमा नेपाली युवाको आकर्षण बढ्दो छ । विशेष त राम्रो पढाइ भएका युवा अमेरिका, क्यानडा, अस्ट्रेलिया जान चाहने र जान नपाएपछि युरोप छिरेर कार्ड बनाउने सपना धेरैले बुन्ने गरेको पाइन्छ । तर, अब नेपालीहरुले पोर्चुगल जानु अघि एकपटक सोच्नैपर्ने अवस्था आएको छ ।

पढे-लेखेका युवा खाडी मुलुक जान हीनताबोध गर्छन् । यसैले सेन्जेन भिसा लगाएर केही दिनका लागि युरोप छिर्ने र यतै बस्नेको संख्या बढेको पाइन्छ । युरोपमा पनि कतिपय देशमा उनीहरुलाई समस्या पर्‍यो भने फुत्त पोर्चुगलतिर छिर्ने गरेको पाइन्छ ।

केही दिनको भिसामा युरोप छिराएबापत नेपालमा मोटो रकम असुल्ने दलालहरुको पनि कमी छैन । यस कार्यमा युरोपको यथार्थ बुझेकाहरू नै सक्रिय रहेको पाइन्छ । भर्खरै युरोप छिरेका एक युवाले भने, ‘आउन मात्र १५ लाख खर्च भयो, अब दुःखसुख पोर्चुगलमा पुगेर रेसिडेन्सी कार्ड बनाउनुपर्ला ।’

युरोप छिर्नेबित्तिकै पोर्चुगल किन जान्छन् ?

युरोप छिरेको वर्ष दिन नबित्दै रेसिडेन्सी कार्ड बन्ने हुँदा धेरैले पोर्चुगललाई रोजाइमा राखेको पाइन्छ । माओवादी द्वन्द्वकालमा बेल्जियम, नेदरल्यान्ड, स्विजरल्यान्डजस्ता युरोपियन मुलुकमा जीवन रक्षाका लागि भन्दै शरणार्थी केस गरेर, धेरैले कागज बनाएका पनि थिए ।
 अहिले भने देशको अवस्था सामान्य भएकाले त्यस्तो विकल्प देखिएको छैन । कथं कदाचित नेपालीले अहिले नै शरणार्थी केस गरी हाले पनि केस फेल भई उल्टै डिपोर्ट गरेर घर फिर्ता गर्छ कि भन्ने डरले त्यतातिर खासै चासो देखिएको छैन ।

कार्ड बनाउन सजिलो मुलुकमध्ये स्पेन पनि एक हो । तर, स्पेनमा कार्ड बनाउन तीन वर्ष लाग्ने र बनाउने प्रक्रियामा मात्र करिब १० लाख रुपैयाँसम्म खर्च हुन जान्छ । त्यसैले धेरैले पोर्चुगल छान्छन् ।

स्पेन छिर्न भाषा कक्षा पढ्नुपर्छ भने काम पाउन पनि मुस्किल हुन्छ । यद्यपि युरोपका अन्य मुलुकमा बस्न सक्ने अवस्था नभएपछि स्पेन जाने र अवस्था बुझेर फेरि पोर्चुगल नै अन्तिम गन्तव्य बनाउनेको संख्या पनि बढेको पाइन्छ ।

पोर्चुगलमा कमाइ

लाखौँ रकम खर्च गरेर आए पनि पोर्चुगलमा कमाइ त्यति राम्रो छैन । धेरै नेपालीले कमाएको रकमले आउन लागेको तिर्न पनि हम्मे देखिन्छ । त्यसो त पोर्चुगलमा व्यापार, व्यवसाय गरेर महिना दिनमै लाखौँ रकम कमाउने नेपालीको पनि कमी छैन ।

तर, धेरै नेपालीले ५० देखि ६० हजार रुपैयाँ कमाउने गरेको एनआरएनए पोर्चुगलका अध्यक्ष भीम कमल केसी बताउँछन् । ‘पोर्चुगलमा कार्ड बनाउन सजिलो छ, यो सबैलाई थाहा छ । तर, नेपालीको मासिक कमाई ५-६ सय युरो हुन्छ, यो औसत कमाई हो,’ अध्यक्ष केसीले भने ।
 पोर्चुगलमा व्यापार व्यवसाय गरेर लाखौँ कमाएको पनि उनले बताए । ‘पोर्चुगलमा एक सयभन्दा बढी नेपालीले रेस्टुरेन्ट सञ्चालन गरेका छन्,’ उनले भने, ‘मिनीमार्केट, सुपरमार्केट, ब्युटीपार्लर, मोबाइल पसल, घुम्ती पसल, नेपाली हस्तकला तथा गार्मेन्टजस्ता व्यवसाय पनि नेपालीले नै गरेका छन् । महिनामा ५० हजार रुपैयाँ कमाउने सामान्य नेपाली कामदारदेखि एक लाख युरोसम्म कमाउने व्यवसायी पोर्चुगलमा छन् ।’

कृषिमा नेपाली कामदार

पोर्चुगलमा झन्डै २० हजार नेपाली रहेको अनुमान गरिएको छ । धेरैले होटल तथा रेस्टुरेन्ट क्षेत्रमा नै काम गर्ने गरेको पाइन्छ । यहाँ रहेका नेपालीमध्ये करिब १० प्रतिशतले आफ्नै व्यवसाय गर्ने गरेको र २० देखि २५ प्रतिशत भने कृषिमा काम गर्छन् ।पोर्चुगलमा खेतीको काम भन्नाले तरकारी तथा फलफूल टिप्ने र प्याक गर्ने बुझिन्छ ।

कृषिमा काम गर्नेमध्ये करिब ७५ प्रतिशत त अवैधानिक हुने गरेको जानकार बताउँछन् । त्यहीँ काम गरेर कार्ड बनाउन पाइने हुनाले पनि कृषिमा ठूलो भीड देखिएको हो । राजधानी लिस्बनदेखि आधा घन्टाको दूरीदेखि तीन घन्टा टाढासम्म नेपालीले खेतीमा काम गर्ने गरेको बताइन्छ ।

मेदेखि सेक्टेम्बरसम्म खेतीको सिजन भन्ने गरिन्छ भने, डिसेम्बर र जनवरीमा खासै काम हुँदैन । सो समय कागज भएका नेपाली लिस्बन आएर बस्छन् भने, नभएकाहरू कन्ट्रोल आउँछ कि भनेर कुर्नुपर्ने बाध्यता छ ।

खेतीको काममा कमाइ छैन

पोर्चुगलमा खेतीमा काम गरेर पनि राम्रो कमाई हुने होइन, मासिक औसत उही ५ देखि ६ सयमा नै आउने गर्छ । सक्नेले भने केही घन्टा बढी काम गरेर बढी कमाउने गर्छन् । कतै बस्ने व्यवस्था कम्पनीले गरेको हुन्छ भने कतै आफैँ गर्नुपर्छ । बस्ने व्यवस्था गरेका कम्पनीले खाना दिँदैनन्, खाना दिने भए बस्ने व्यवस्था आफैँ गर्नुपर्छ ।

युरोप आएको ६ महिना नपुगेका, भर्खर आएका नेपाली सीधै खेतीको काममा लाग्ने गरेको पाइन्छ । खेतीमा काम सुरु गर्दा कन्ट्रयाक भयो भने त्यतै अल्झनुपर्ने बाध्यता रहेको पनि नेपाली बताउँछन् ।

कार्ड बन्नका लागि कामदार हो कि हैन भनी कन्ट्रोल आउनुपर्ने हुन्छ । तर, खेतीको काममा कन्ट्रोल आउन ढिला हुने हुँदा बीचैमा काम छोडेर हिँड्न नमिल्ने पनि बाध्यता छ । खेतीमा करिब दुई वर्षसम्म कन्ट्रोल नगएर कागज बन्न ढिलाइ भएका केही उदारण पनि छन् ।

कहाँ-कहाँ बाट आउँछन् पोर्चुगल ?

इजरायल, कतार, दुबई, साउदीमा पुगेर काम गरेकादेखि बेलायत डेनमार्क, नर्वेजस्ता मुलुकमा अध्ययनका लागि आएका विद्यार्थी आफ्नोअनुकूल नभएपछि पोर्चुगललाई रोजी हाल्छन् । पढ्दापढ्दै गरेका कलेज खारेज भए, महँगो फी तिर्न नसके वा अन्य कारणले विद्यार्थीहरू कार्ड बनाउन पोर्चुगल छिरेका हुन्छन् ।

पछिल्लो समय डेनमार्क आएका थुप्रै विद्यार्थी कलेज र अध्यागमनमा समस्या आएपछि कार्ड बनाउन पोर्चुगल छिरेको पाइन्छ । यस्तै बेल्जियम, नेदरयान्ड, स्विजरल्यान्डमा शरणार्थी केस असफल भएका नेपाली पनि पोर्चुगल नै लाग्ने गरेको पाइन्छ ।

नेपालदेखि नै युरोप छिर्न केही दिनको सेन्जेन भिसा लगाई आएका पनि सीधै पोर्चुगल आउने गरेका छन् । यसका लागि १२ देखि १५ लाख रुपैयाँसम्म नेपालमै बुझाएका हुन्छन् । कतिपय भने पोर्चुगलमा सीधै वर्क परमिटमा पनि आउने गरेका छन् । यसका लागि पनि मोटो रकम खर्च गरेको पाइन्छ ।

विद्यार्थीलाई समस्या

पछिल्लो समय पोर्चुगलमा सीधै विद्यार्थी भिसामा आउने विद्यार्थी पनि भेटिन थालेका छन् । पोर्चुगिस भाषामा पढाइ हुने हुँदा आएका विद्यार्थी पनि भाषाका कारण समस्या भोगिरहेको बताउँछन् ।

यस्ता विद्यार्थीको रेसिडेन्सी परमिट अन्यसरह नहुने एनआरएनए अध्यक्ष केसी बताउँछन् । ‘अन्यका लागि कार्ड बनेको ६ वर्षमा पासपोर्ट एप्लाई गर्न सकिने नियम छ । तर, पढ्न आएका यस्ता विद्यार्थीको हकमा यो नियम स्पष्ट छैन । यसरी पढ्न आएका विद्यार्थीमध्ये ४-५ जना त विविध कारणले नेपाल फर्किसकेका छन्,’ उनले भने ।

केही युवा कुलतमा

सोचेजस्तो युरोप नदेखेपछि केही युवा भने कुलतमा फसेका छन् । कमाउने रहर बोकेर आएका युवा लागुपदार्थ दुव्र्यसनीमा लागेर पार्कतिर बरालिने गरेको भेटिन्छन् । नेपालदेखि नै कुलतमा लागेकाहरू यता आएपछि झनै स्वतन्त्र भएर कुलतमा लागेको पनि पाइएको छ ।

केही नेपाली सडकमा

कतिपय नेपाली त गाडी पार्किङ गराउन सहयोग गर्ने र उनीहरूबाट पैसा माग्ने काम पनि गर्न थालेका छन् । थोरैको संख्यामा मात्र यसरी नेपालीलाई सडकमा देखिने गरेको भए पनि पोर्चुगलमा देखिएको यो अवस्थालाई भने लुकाउन मिल्दैन ।

कसरी बन्छ पोर्चुगलको कार्ड ?

युरोप प्रवेश गरेको ६ महिनासम्म पोर्चुगलमा पुगेर पनि वैधानिक रुपमा काम गर्न मिल्दैन । कार्ड बनाउने प्रक्रिया स्वरूप सबैभन्दा पहिले फिनान्स नम्बर बनाउनुपर्छ । पासपोर्टमा यदि सेन्जेन भिसा छ भने, फिनान्स नम्बर लिँदा खासै रकम लाग्दैन ।

यदि भिसा सकिएको वा सेन्जेन नभए वकिलमार्फत बनाउँदा करिब एक सय ५० युरोसम्म खर्च लाग्ने गरेको स्थानीय बताउँछन् । लिगल भए फिनान्स नम्बर तत्काल बन्ने र अन्यको हकमा एक हप्तामा बन्ने गरेको पाइन्छ ।

काम गर्ने अनुमतिका लागि

काम गर्ने अनुमतिका लागि सेगुरान्सा सोसियल नम्बर -इन्सुरेन्स नम्बर) बनाउनुपर्ने हुन्छ । यदि काम गर्ने कम्पनीले काम गर्ने कन्ट्रयाक पेपर दियो भने आफैँले नम्बर निकालिदिन्छ । तर वकिलमार्फत जानुपरेमा एक सय ५० युरोदेखि ४ सय युरो खर्च लाग्ने गरेको भेटिएको छ । यसका लागि करिब २ देखि ३ महिना समय लाग्ने गरेको स्थानीय नेपाली बताउँछन् ।

फिनान्स नम्बर र सेगुरान्सा सोसियल नम्बर प्राप्त गरे पोर्चुगलको कार्डका लागि आवेदन दिने गरिन्छ । यसका लागि युरोप छिरेको ६ महिना हुनुपर्ने, वैधानिक कामको कन्ट्रयाक, एड्रेस प्रुफ लगायत कागजी प्रक्रियापछि आवेदक कार्डको प्रतीक्षामा हुन्छन् । सामान्यः खेतीमा काम गर्ने कामदारका लागि कन्ट्रोल ढिलो जाने पाइएकाले, यताबाट पेपर ढिलो बन्ने गरेको भेटिन्छ ।

कसैले एप्लाई गरेको ६ महिना नै कार्ड पाउने भए पनि कतिलाई २ वर्षसम्म लाग्ने गरेको पाइन्छ । तर सेन्जेन भिसा नभएकाहरूको हकमा छुट्टै प्रकिया हुने हुँदा कार्डका लागि सामान्यता २ वर्ष देखि ६-७ वर्ष सम्म पनि कुर्नुपरेका घटना छन् ।

एनआरएनएलाई समस्या

नेपालीको संख्या बढ्दै गए पछि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको कार्यालयमा विभिन्न समस्याका लागि नेपाली आउन थालेका छन् ।

राहदानी बनाउन, फिनान्स नम्बर, सेगुरान्सा सोसियल नम्बरदेखि कामको खोजी गर्नेहरू एनआरएनए कार्यालयको ढोका धाएकै हुन्छन् । २-३ जना इमिग्रेसन र्फम भर्न, पासपोर्टका लागि ३-४ जना त्यस्तै सोधपुछका लागि ८-१० जना मान्छे दिनहुँ कार्यालय धाउने गर्छन् । फेरि विवाद मुद्दा-मामिला, सम्बन्ध विच्छेद, कुटपिट झगडा, लेनदेनका विषय लिएर पनि नेपाली एनआरएन आउने गरेको केसी बताउँछन् ।
 संघका अध्यक्ष केसी भन्छन्, ‘सुरुदेखि नै हामीलाई नै गुहार्छन्, फिनान्स भर्न नचिनेको मान्छेसँग साक्षी बस्न प्रायः मान्दैनन् । तर संस्थामा हामी जिम्मेवार भएपछि आफैँ साक्षी बस्नुपर्छ । १ सय ५० भन्दा केही बढी नेपालीका लागि त म एक्लै साक्षी बसेको छु । अन्य मजस्तै धेरै साथीहरूले सहयोग गर्नुभएको छ ।’

पोर्चुगल आउने क्रम बढिरहेको बेला यहाँका समस्या र विविध कारणले नेपाल र्फकनेहरू पनि भेटिएका छन् । प्रत्येक महिना १० देखि १५ जना सम्म नेपाल र्फकने गरेको अनुमान छ । श्रोत : वसन्त रानाभाट , बार्सिलोना अनलाइनखबर |

Harke Haldar 17 Feb 2016

0 comments

५ फाल्गुन २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २५२ औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

TOUGH talk with Prof. Dr. Lokraj Baral

0 comments

प्रत्येक बुधबार  कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा प्राध्यापक डाक्टर लोकराज बरालसँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : ५ फाल्गुन २०७२कान्तिपुर टिभीबाट प्रशारीत TOUGH talk with Dil Bhusan Pathak
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Tuesday, February 16, 2016

Dhamala Ko Hamala with Rajendra Mahato

0 comments

हरेक अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा संयुक्त मधेशी मोर्चाका शिर्ष नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महताेसँग ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ राजेन्द्र महताे''हेर्नुहोस . श्रोत : हिमालयन TV.२०७२ फाल्गुन २मा प्रसारित
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode-431

0 comments

हरेक आइतबार बेलुकी कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४३१ मा फेसबुक, ट्वीटर, भाइबर, स्काइपलगायतका सामाजिक संजाल प्रयोग गर्ने नेपालीको संख्या ६० लाख नाघिसकेको छ । प्रयोगकर्ता बढेसँगै यसले नयाँ नयाँ समस्या पनि निम्त्याएको विषयमा पत्रकार कुन्द दिक्षित , नेपाल प्रहरीका प्रबक्ता कमल सिंह बम र अधिबक्ता पबित्र राउत र अन्य सहभागीहरुको बिच गरिएको साझा बहस सरकारको चार महिना हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल २०७२ फागुन २ मा प्रसारित। ..
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

१२औ साग फुटबलम पुरुषमा स्वर्ण र महिला तर्फ रजत पदक हात पर्यो

0 comments

फाल्गुन ४, २०७२- १२औ साग फूटबल अन्तर्गत भारतको इन्दिरा गान्धी रंगशाला गुवाहटीमा हिजो सोमबार भएको खेलमा नेपालले भारतलाई २-१ गोलले पराजीत गरेको थियो। २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेर नेपाली फुटबल टिमले खेल प्रेमीहरुलाई ठूलो खुशी दिएको छ ।


   त्यस्तै १२औ साग फूटबल महिला फुटवलमा नेपालले रजत पदकमा चित्त बुझाएको छ । अपराजित रहँदै फाईनलमा पुगेको नेपाल फाईनलमा भने भारतसँग ४–० ले पराजित हुन पुग्यो । लिग चरणमा नेपालले भारतसँग गोल रहित बराबरी खेलेको थियो ।

भारतको सिलोङ् स्थित जवहरलाल नेहरु स्टेडियममा भएको खेलमा भारतको जितमा कमला देवीले दुई तथा बाला देवी र आशा लतादेवीले गोल गरेका थिए ।

खेलको ३२ औं मिनेटमा कमला देवीको गोलबाट अग्रता लिएको भारतका लागि ५६ औं मिनेटमा कमलाले नै अग्रता दोब्बर पारिन् । नेपाली डिफेण्डरको गल्तीको फाईदा उठाउदै पहिलो हाफमा १–० को अग्रता दिलाएकी कमलाले कर्नर प्रहारलाई सदुपयोग गर्दै नेपाललाई २–० ले पछि पारिन् । खेलको ७३ औं मिनेटमा बालादेवी र ८० औं मिनेटमा आशा लतादेवीले थप गोल गरे ।

Sunday, February 14, 2016

१२औ साग पुरुष तथा महिला फुटबल फाइनल खेल सोमबार हुदै

0 comments

       १२औ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको फुटबलतर्फ २०७२ फाल्गुन ३ सोमबार नेपाल र भारतबीच पुरुष तथा महिला दुबैतर्फका दुई फाइनल खेल हुने भएका छन् ।

पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको फाइनल गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा नेपाली समयानुसार साँझ ७:१५ बजे हुनेछ । त्यस्तै, नेपाल र भारतबीचकै महिला फुटबलको फाइनल सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा दिउँसो ४:१५ बजे हुनेछ ।

पुरुष फुटबलअन्तर्गत शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-३ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो भने भारतले सेमिफाइनलमा बङ्गलादेशलाई ३-० ले पाखा लगाएको थियो ।

त्यस्तै, महिलातर्फ दक्षिण एसियाका पाँच टोली (नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का)मध्ये राउण्डरोबिनका आधारमा अङ्कतालिकामा नेपाल पहिलो र भारत दोस्रो हुँदै सिधै फाइनलमा प्रवेश गरेका हुन् ।
लिग चरणमा नेपालले श्रीलङ्कालाई ४-०, बङ्गलादेशलाई ३-०, माल्दिभ्सलाई २-० ले पराजित गरेको थियो भने भारतसँग गोलरहित बराबरी खेलेको थियो । यता भारतले श्रीलङ्कालाई ५-०, बङ्गलादेशलाई ५-१ ले हराएको थियो भने नेपाल र माल्दिभ्ससँगको खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो ।

त्यसैगरी, पुरुष फुटबलमा समूह ‘बी’ मा रहेको नेपालले भुटानलाई ५-० ले हराएको थियो भने बङ्गलादेशसँग १-२ ले नतिजा सुम्पिँदै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । साथै, समूह ‘ए’ को उपविजेता भएर चित्त बुझाएको भारतले माल्दिभ्सलाई ३-२ ले पराजित गरेको थियो भने श्रीलङ्कासँग ०-१ को हार व्यहोरेको थियो । श्रोत साभार :कान्तिपुर समाचार

देश विदेश जहाँ पनि निशुल्क फोन गर्न मिल्ने एपहरु

0 comments

5 Best Free Calling Apps to make a call in Mobiles/Landlines

There are numerous apps such as WeChat, Facebook messenger, Viber and others that let users to call free when online. This means both the sides, the users need to be online. What about offline call or call without internet connection? That sounds great, is not it? Below we present 5 best free calling apps to make a call in mobiles/landlines that can be used to make calls even when you have no internet connection.

 
1. Bigo 
An exciting app, Bigo lets you make calls without any charge to any mobile/landline throughout the world. The fabulous thing about this Bing app is that the one whom you call does not require the same app or even an internet connection. Have Bing installed on your gadget, it’s enough. Bigo gives 400 credits in a month and further 10 daily credits for just logging into the app. For invite, you will be offered 20 credits each.


2. Libon
Another VoIP calling app, Libon also renders free calls to its users. Libon to Libon calls are unlimited free. Libon to non-libon users call is free for 30 minutes. Non-libon users can be users on mobile or landline with no internet connection or libon. Refer friends and get 60 minutes free per month.
3. Nanu
Nanu is a new comer into the world of free calling and provides free unlimited call from Nanu to Nanu (on-net) whereas Nanu to non-nanu (offline calls) are 15 minutes per week free. This fifteen minutes can be used to call mobile or landline without being connected to the internet. Nanu is free for more than forty countries.


4. Dingaling
Another free calling app, Dingaling lets you to call local or international calls over wifi, 2G, 3G and 4G networks, to those who don’t use the app as well. You can call free unlimited Dingaling calls to mobile or landline. For now free call locations comprise of more than twenty countries. Dingaling renders 1 hours and 30 minutes calling to nations with a ceiling of 10 minutes per day.
5. FreeKall
Here comes another top free calling app. You don’t even need a smartphone. This app is in real based on cloud call idea that is easy to get. It is required to call to FreeKall’s customer service number and make a missed call. They will back back you to ask receiver’s mobile number. You give the number and they will divert the call. You need to keep on listening to the ads until the call is diverted. FreeKall app is available for Windows.

Saturday, February 13, 2016

Ditha Sab 13 Feb 2016

0 comments

२०७२ फाल्गुन १ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १३९ हेर्नुहोस।

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Ditha Sab Episode 138

0 comments

प्रत्यक शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १३८ हेर्नुहोस। प्रशारित मिती २३ माग २०७२। श्रोत ek Channel

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

१२औ सागमा नेपाली महिला फुटबल टिमले श्रीलंकलाई ४-० ले हरायो

0 comments

१ फागुन २०७२। १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार बिहान सिलोङमा भइरहेको महिला फुटबलमा नेपालले श्रीलंकलाई ४-० ले हराएको छ।

प्रमुख स्ट्राईकर अनु लामा बिना नै मैदानमा उत्रिएको नेपालले श्रीलंका विरुद्ध सहज जीत निकाल्न सफल भएको हो। सिलोङस्थित जवहरलाल नेहरु स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा नेपालका लागि माया लिम्बूको क्रसलाई बचाउने क्रममा श्रीलंकन डिफेन्डरले गोल गर्न पुगेपछि नेपालले अग्रता लिएको थियो।
पहिलो हाफ १-० मा टूंग्याएको नेपालले दोस्रो हाफमा तीन गोल गर्न सफल भएको हो। नेपालका लागि ५१ औं मिनेटमा सावित्रा भण्डारीले गोल गरिन्। २-० को अग्रता लिएको नेपालले त्यसपछि आक्रमक खेल खेल्यो।
नेपालका लागि ६३ औं मिनेटम सावित्राले नै अर्को गोल थप्दै अग्रता तेब्बर पार्न सफल भइन्। खेलको ७९ औ मिनेटमा सपना लामाले गोल गर्दै ४-० को अग्रता दिलाउँदै रजत पदक पक्का गराउन सफल भइन।
यसअघि बिहीबार भएको समूह चरणको तेस्रो खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको थियो।
गत आइतबार भएको समूह चरणको दोस्रो खेलमा नेपाली महिला फुटबल टोलीले माल्दिभ्सलाई २-० गोलले पराजित गरेको थियो

नेपालले पहिलो खेलमा बंगलादेशलाई ३-० गोलले हराएको थियो। नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ।


१२औ सागमा नेपालले माल्दिभ्सलाई ४-३ गोलले हराई फाईनलमा पुग्यो

0 comments

१ फाल्गुन २०७२। दश खेलाडीमा सीमित नेपालले अन्ततः फाइनलमा पुग्नका लागि माल्दिभ्सले तेस्र्याएको तगारो तोडेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल विजयी भएको छ । माल्दिभ्समाथि ४-३ को नतिजा निकाल्दै नेपाल फाइनलमा पुगेको हो । ढाकामा सम्पन्न बंगबन्धु गोल्डकपमा माल्दिभ्स बिरुद्ध ह्याट्रिक गरेका नवयुगले सागमा पनि माल्दिभ्स बिरुद्ध ह्याट्रिक गरे । जारी प्रतियोगितामा यो उनको दोस्रो ह्याट्रिक हो । निर्धारित समयसम्म २-२ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा नेपाल विजयी भएको छ । माल्दिभ्सले अतिरिक्त समयको २४ औ‌ मिनेटमा एक गोल गरेर अग्रता लिए लगत्तै नेपालका नवयुग श्रेष्ठले २८ औं र ३० औं मिनेटमा गोल गरे । यसअघि नेपालका लागि अन्जन विष्टले १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो गोल उत्कृष्ट लयमा रहेका नवयुग श्रेष्ठले ३६ औं मिनेटमा गरे । आजको खेलमा नेपालका कमल श्रेष्ठले रातोकार्ड पाए । फल गरेपछि दोस्रो पहेंलो कार्ड खाँदै कमल मैदान छाड्न बाध्य भएपछि नेपाल दश खेलाडीमा सीमित थियो । नेपालले अब उपाधीका लागि भारतको सामनाा गर्नेछ । नेपालले १९८४ र १९९३ मा साफ गेम्सको फुटबलमा स्वर्ण पदक जितेको थियो ।



Friday, February 12, 2016

Harke Haldar 10 Feb

0 comments

२७ माघ २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २५१औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

TOUGh talk with Krishna Prasad Sitoula

0 comments

बुधबार २७ माघ २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा नेपाली कांग्रेशका महामंत्री कृष्ण प्रसाद सिटौला सँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत साभार : TOUGH talk with Dil Bhusan Pathak/कान्तिपुर टिभी।

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

यातायात व्यवस्था कार्यालयको जस्तै ट्रायल स्पट भएको ड्राइभिङ स्कुल

0 comments
काठमाडौँको तीनकुनेमा रहेको क्रियसन ड्राइभिङ स्कुलले ३० प्रतिशतको भारी छुटमा ड्राइभिङ सिकाउने भएको छ ।  विगत ५ वर्षदेखि उत्कृष्ट चालकहरू उत्पादन गर्दै आएको चर्चित ड्राइभिङ स्कुलले ३० प्रतिशत छुटमा ड्राइभिङ सिकाउने भएको हो ।
सडक दुर्घटनामा अधिकांश दुर्घटना मानवीय त्रुटीले हुने गरेको तथ्यांक आइरहेका बेला दुर्घटना न्यूनिकरण गर्न ड्राइभिङ सकुलहरुको समेत भुमिकाको मध्यनजर गर्दे यो छुट योजना सार्बजनिक गरेको स्कुलका संचालक दीपक लामाले बताउनुभयो ।


ड्राइभिङ स्कुलमा ड्राइभिङ सिकेर चालक अनुमतीपत्र लि“दा चालकको जिउधनको रक्षा हुनुका साथै दुर्घटना न्यूनिकरणमा समेत कमी आउने विश्वासका साथ राम्रोस“ग ड्राइभिङ सिकेर मात्र लाइसेन्स लिने बानी बसाल्न यस्तो योजना सुरू गरिएको कम्पनीको भनाइ छ ।

 क्रियसन ड्राइभिङ स्कुलले गुणस्तरिय सिकाइ मार्फत ग्यारेन्टी ट्रायल पास गराउने, प्रि टेष्ट र प्रि ट्रायलको व्यवस्था गर्दै दक्ष चालक उत्पादन गर्दै आएको छ । क्रियसनमा यातायात व्यवस्था कार्यालयको जस्तै ट्रायल स्पट भएको, लाइसेन्स् ट्रायल अभ्यासका लागी प्रतिघण्टाका दरले मोटरसाइकल, स्कुटर, कार प्रशिक्षण दिने , आफ्नै सवारी भएकालाई सशुल्क रूपमा स्पट उपलब्ध गराउने, ट्रायल दि“दा ध्यान दिनुपर्ने कुराहरुको विशेष प्रशिक्षण लगायतको व्यवस्था भएको संचालक लामाको भनाइ छ ।


यस्तै ड्राइभिङका लागी दक्ष तथा अनुभवी प्रशिक्षकबाट सरकारको मापदण्ड भित्र रहेर ड्राइभिङ सिकाउने, प्रशिक्षण अवधि भित्र ट्राफिक ज्ञानका साथै सवारी नियमबारे र सवारीको इञ्जिन र पार्टपुर्जाबारे समेत सामान्य प्रशिक्षण दिने स्कुलको भनाइ छ ।

बजारमा रहेका ड्राइभिङ सेन्टरहरूले सवारी प्रशिक्षण दिने नाममा अदक्ष प्रशिक्षक राख्ने, ट्रायल स्पट नभएका, गुणस्तरिय सवारी साधनको व्यवस्था नगर्ने समस्या रहेको भन्दै क्रियसनले आफुहरूले दक्ष नभएसम्म सिकाएर ग्यारेन्टी ट्रायल पास गर्न सक्ने बनाउने दाबी गरेको छ ।

Wednesday, February 10, 2016

Dhamala Ko Hamala with Dinesh D.C.

0 comments

२४ माघ २०७२ अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली चलचित्र क्षेत्रका चर्चित ब्यक्तित्व दिनेश डि.सी.सँग ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ रामेस्वर दिनेश डि.सी.हेर्नुहोस". श्रोत : हिमालयन TV.
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, February 8, 2016

नेहा पुनका हत्यारा आज सार्वजनिक गरिदै

0 comments

कास्की, २५ माघ । नायिका नेहा पुनका हत्यारा पोखराबाट पक्राउ परेका छन् । मगर चलचित्रमा मुख्य नायिकाको अभिनय गरेकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले पक्राउ गरीसकेको र आज सार्वजनिक गर्ने तयारी गरिएको छ । प्रहरी अनुसन्धानका क्रममा हत्यारा पोखरा नयाँ सडकका युवकले नेहालाई मोटरसाइकलको हेलमेटले हानेर हत्या गरेको स्विकारेको कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए । पालका अनुसार मृतक नायिका पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा कार्यरत थिईन् । यही माघ १९ गते विहान कामबाट नर्फके पछि आफन्तले खोजी गर्दा उनको घर नजिकै हत्या भएको अवस्थामा शव फेला परेको थियो । यसबारेमा प्रहरीले १ बजे पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेको छ । 

नीमा घर्तीमगरले दिलाइन सागमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाईन

0 comments











माघ २५, २०७२- १६ बर्षीय नीमा घर्तीमगरले १२ औं सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी छन् । उनले उसुको थाउलोअन्तर्गत् छानछ्वजान अलराउन्डमा स्वर्ण जितेकी हुन् । नीमाको यो पहिलो अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागिता हो । स्वर्ण जितेकी उनले देशका लागि पहिलो स्वर्ण पदक दिलाउन सकेकोमा आफूलाई एकदमै गर्व लागेको बताइन् । यो स्पर्धामा भारतले रजत र पाकिस्तानले काश्य पदक प्राप्त गर्‍यो । यस्तै, उसुको नानकुन तर्फ पनि सोमबार एक रजत पदक प्राप्त गरेको छ । प्रतिष्पर्धामा नेपालका युवराज थापाले रजत पदक जितेका हुन् । उनले पहिलो चरणमा ८ दशमलव आठ–आठ र दोश्रो चरणमा ९ दशमलव दुइ एक सहित कुल १८ दशमलव एक तन अंक प्राप्त गर्दै रजत पदक दिलाएका हुन् । योसंगै नेपालको १ स्वर्ण, ४ रजत र ७ काश्यसहित पदकसंख्या १२ पुगेको छ । श्रोत कान्तिपुर

Singha Durbar - Episode 13

0 comments

महिला नेतृत्व र काम कुनै पनि अन्य पुरुष भन्दा कम छैन भन्ने सन्देस स्वरुप पहिलो महिला प्रधानमन्त्रीको रुपमा कलाकार गौरी मल्ल अभिनीत नेपाल टेलिभिजनबाट २०७२ मंसीर २४ आइतवार बिलुकी प्रसारीत सिंहदरबार टेली फिल्म भाग १३ हेर्नुहोला।
VIDEO
Singha Durbar - Episode 13
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, February 7, 2016

Sajha Sawal Epi-430

0 comments

२४ माघ २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४३० मा के.पी. वोली सरकार
गठन भएको ४ महिना बितिसक्दा पनि जनताले भोग्नुपरेका मधेस आन्दोलनक कारण नकाबंधी , इन्धन समस्या , कालोबजारी ,भुकम्प पछिको पुनर्निर्माणमा ढिलाई जस्ता समस्याहरुको बिषयमा उपप्रधान,पररास्ट्र तथा स्थानिया विकास मन्त्री कमल थापा र अन्य सहभागीहरुको बिच गरिएको साझा बहस सरकारको चार महिना हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

पासाङ ल्हामु शेर्पा अंकिता एड्भेन्चरर अफ दि इयर २०१६ बनिन

0 comments

माघ २४ , २०७२- नेपाली पर्वतारोही पासाङ ल्हामु शेर्पा अंकितालाई नेसनल जियोग्राफिकले ‘एड्भेन्चरर अफ दि इयर २०१६’ घोषणा गरेको छ । १० जनालाई मनोनयनमा राखेर गरिएको मतदानमा उनी विजयी घोषित भएकी हुन् ।

संरक्षण, आरोहण र मानवीय काममा उल्लेख्य योगदान दिने र सफलता पाउनेलाई नेसनल जियोग्राफिकले यो सम्मान दिँदै आएको छ । पासाङ ल्हामुलाई उनको पर्वतारोहण र भूकम्पपछिको उद्दारमा देखाएको साहसका कारण छनौट गरिएको जियोग्राफिकले जनाएको छ । सोलुखुम्बुको खुम्जुङमा जन्मिएकी पासाङले सगरमाथालगायतका विश्वका थुप्रै अग्ला शिखरको आरोहण गरिसकेकी छन् । श्रोत : कान्तिपुर

पुन तताएर खान नहुने खानाहरु यसप्रकार छन्

0 comments
सामान्यतः हामीले खानालाई दोश्रो पटक तताएर खाने गर्छौं । हरेक प्रकारको खानेकुरा तताएर खाने हाम्रो बानी हुन्छ ।
तर यस्तो बानी छ भने अव सावधान हुनुस् । अध्यनले कतिपय खाना दोश्रो पटक तताउनु घातक हुने देखाएको छ ।

तताउँदा यस्ता खाने कुरामा रहेको पोषक तत्व नष्ट हुने गर्छ । त्यस्तै दोश्रो पटक तताउँदा खानेकुरामा विषाक्ता बढ्ने समेत खतरा हुन्छ ।

थाहा पाइ राख्नुस् दोश्रो पटक तताउन नहुने खाने कुरा के के।

१. भात

भातलाई दोश्रो पटक तताउँदा विषाक्त हुन सक्छ । यसबाट फुड पोइजनिङको खतरा हुन्छ ।





२. आलुको परिकार

आलुको परिकार पनि दोश्रो पटक तताउँदा विषाक्त हुन सक्छ । आलु पकाउने सबैभन्दा राम्रो तरिका उमाल्नु हो ।



३. पालक , धनियाँको पात , शलगम , सलाद (lettuce) नाईट्रेटको मात्र बढी भएकोले एक पटक पकाइसकेपछि पुन तताउनु हुँदैन । यसलाई तताउँदा बिषाक्त बन्न सक्छ साथै यसमा क्यान्सर बनाउने तत्व पैदा हुन्छ ।

४. कुखुराको मासु ,अन्डा
कुखुराको मासु प्रोटिनयुक्त खाना हो । यसलाई दोश्रो पटक तताउँदा पाचन सम्बन्धि समस्या आउन सक्छ । रहेको कुखुराको मासुलाई सलाद वा अन्य कुरासँग मिसाएर नतताइ खाने गर्नुस् ।

५. मशरुम

च्याउ पनि तताए खान नहुने खानेकुरमा पर्छ । दोश्रो पटक तताउँदा च्याउमा रहेको प्रोटिन नष्ट हुन्छ ।


केरा खाँदा हुने फाइदाहरु हेर्नुहोस

0 comments
     
           
 केरा निकै मिठो तथा गुणकारी फल हो । फलफूलहरु मध्य धेरैनै विक्री हुने फल हो केरा ।अरु फलफुलहरुका तुलनामा केरा सस्तो भएपनि यो स्वास्थ्यका लागि उपयोगी हुन्छ । नियमित केरा खानाले शरीर तन्दरुस्त बन्नुका साथ साथै सुगर कम गर्न मद्दत पुर्‍याउँछ। करामा थाइमिन, नियासिन तथा फोलिक एसिडको रूपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । यसमा फाइबर र तीन प्रकारका शुगर हुन्छ – सुक्रोज, फ्रुक्टोज र ग्लूकोज। केराका केहि फाइदाहरु यसप्रकार छन् :
* केरा नियमित रुपमा खानाले ब्लडसुगरलाई नियन्त्रण गर्दछ ।
* अल्सरका बिरामीले पनि केरा खाँदा फाइदा पुग्छ ।
*यसले मुटुरोगीलाई फाइदा गर्दछ । हरेक दिन दुई कोसा केरा खानाले मुटुको समस्या कम हुन्छ ।
*गर्भावस्थामा महिलालाई सबैभन्दा बढी भिटामिन ‘ओ’ मिनरल्सको आवश्यकता पर्दछ । यस अवस्थामा केरा खानु उपयुक्त हुन्छ ।
*केरा वृद्धवृद्धाका लागि पनि फलदायी हुन्छ, किनभने यो सजिलै पच्छ । यसमा भिटामिन बी, बी–६ र फाइबर हुन्छ, जुन उमेर ढल्केका मानिसलाई चाहिन्छ । उनीहरूको पेटको विकारलाई हटाउन पनि सहयोग गर्दछ ।
*तौल बढाउन लागि पनि केरा उपयोगी हुन्छ ।
*यसमा ट्राइप्टोफान नामक एसिड पाइन्छ, जसले दिमागलाई सधैँ फ्रेस राख्न मद्दत गर्छ ।
*केरामा उच्च मात्रामा फाइबर पाइन्छ जसले पेटको कामलाई दुरुस्त पार्ने तथा पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ । यसले अपच तथा कब्जियत जस्ता समस्या समेत कम गर्छ ।
*यदि तपाइँलाइ कब्जियत छ भने तपाइँलाइ केराले निकै फाइदा पुर्याउँछ । दिनमा दुइवटा केरा खनुस र हेर्नुस । केरामा हुने फाइबरका कारण यो समस्याबाट मुक्ति मिल्दछ । 

Saturday, February 6, 2016

Samachar 6 Feb 2016

0 comments

२३ माघ २०७२ शनिबार बेलुकी कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस। श्रोत ek channel
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

ताइवानमा भूकम्पमा परी १४ जनाको ज्यान गएको छ

0 comments
ताइपेई, २३ माघ, शनिबार बिहानीपख गएको शक्तिशाली भूकम्पमा परी १४ जनाको ज्यान गएको छ । ताइवानमा नयाँ वर्षको समारोहको आयोजना गर्ने समयमा भूकम्पले दिएको धक्कामा परी कम्तीमा पनि चौधको ज्यान गएको प्रहरीले जानकारी दिएको हो । प्रहरी, सेना र ठूलो सङ्ख्याका उद्वारकर्ताले उद्वारकार्य जारी राखेको पनि सो समाचारमा बताइएको छ । शनिबार बिहान गएको ६.४ रिक्टर स्केलको सो भूकम्पका कारण मध्य ताइपेइको एक ठूलो भवन भत्किएको थियो । सोही भवनमा परी ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । मध्ये ताइपेइमा चारवटा आवासीय घर भत्किएका छन् । ती घरमा परी अरु पनि करिब ३० जना व्यक्ति अझैपनि च्यापिएर रहेको बताइएको छ । उनीहरुको उद्वारको कार्य जारी रहेको छ । तर पनि भग्नावशेषबाट ती व्यक्तिलाई झिक्न सकिएको छैन । सो भूकम्पका कारण भएको भागाभागमा परी दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । ती भागाभागमा परी केही व्यक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शनिबार बिहानीपखको सो भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण भने आउन सकिरहेको छैन ।



Like us

 

Search

 
Enjoy the site