Tuesday, March 8, 2016

Dhamala Ko Hamala with Jeetu Nepal

0 comments

हरेक अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली चलचित्र तथा हाँस्यब्यङ्ग क्षेत्रका कलाकार जितु नेपालसँग सँग ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ जितु नेपाल ''हेर्नुहोस . श्रोत : हिमालयन TV.२०७२ फाल्गुन २३ मा प्रसारित
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dhamala Ko Hamala with Min Biswakarma and Madhu Acharya

0 comments

हरेक अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली कांग्रेसका नेताद्वय मधु आचार्य र मिन विश्वकर्मासँग ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ मधु आचार्य र मिन विश्वकर्मा ''हेर्नुहोस . श्रोत : हिमालयन TV.२०७२ फाल्गुन १६ मा प्रसारित
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, March 6, 2016

Sajha Sawal Epi-434

0 comments

२३ फाल्गुन २०७२ आइतबार बेलुकी कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४३४ मा हरेक सफल महिलाको सफलताको पछाडी सहयोग गर्ने व्यक्तिहरु र अन्य ५० जनासंग गरिएको साझा बहस हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Ditha Sab 05 March 2016

0 comments

हरेक शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १४२ हेर्नुहोस। प्रसारित मिती २०७२-फाल्गुन २२ शनिबार
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Wednesday, March 2, 2016

TOUGH talk with Ram Chandra Poudel

0 comments

१९ फाल्गुन २०७२। कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा नेपाली कांग्रेशको १३ महाधिबेसनमा सभापती पदका उमेद्दार रामचन्द्र पौडेल सँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभीबाट प्रशारीत TOUGH talk with Dil Bhusan Pathak

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Harke Haldar 02 Mar 2016

0 comments

१९ फाल्गुन २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २५४ औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, February 28, 2016

Sajha Sawal Episode 433

0 comments

१६ फाल्गुन २०७२ आइतबार बेलुकी कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४३३ मा गत बैसाख १२ को भुईचालोपछि उत्तरी गोर्खाको चुम् उपत्यकामा दुख भोगिरहेको जनताहरुका साथै निरन्तर उद्दार , सेवा र सहयोगमा निस्वार्थ खटेका 'हिरो'हरुसंग गरिएको साझा बहस हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Saturday, February 27, 2016

Ditha Sab 27 Feb 2016

0 comments

२०७२ फाल्गुन १५ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १४१ हेर्नुहोस।
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.




Friday, February 26, 2016

कोटेश्वरमा ग्याँस फेला पर्यो

0 comments

काठमाडौं, फागुन १४ । राजधानीको कोटेश्वरचोकबाट ५० मिटर दक्षिणतर्फ सडक विस्तारकाक्रममा खनेको खाल्डोबाट ग्यास निस्किएको हो ।खाल्डोमा रहेको पानी घाममा उम्लने र माटो पाके जस्तो देखिएपछि स्थानीयले सलाइ कोरेर आगो लगाएका थिए ।सो स्थानमा लामो समयसम्म पनि निरन्तर आगो बलिरहेको बताइएको छ ।
श्रोत ईमेज खबर

VIDEO

आफु मरेर भएनी अन्य यात्रुलाई बचायो काष्ठमण्डप एयरका पाइलटले

0 comments
नेपालगंज,फागुन १४-‘जुम्लाका लागी नेपालगंजवाट उडेको जहाज कालिकोटको डाँडामा पुग्दै थियो अचानक प्वाट्प्वाट् गरेको आवाज आयो । यात्रुले के भयो भन्दै सोधेपछि मुख्य पाइलट दिनेश न्यौपानेले यात्रुलाई नआत्तिन आग्रह गरे । उनले सबैलाई सान्त्वना दिँदै भने, ‘हामी मरेर पनि तपाईंहरुलाई जोगाउने छौं, सचेत भएर बस्नुहोला ।’नेपालगञ्जबाट जुम्लाका लागि उडेको बिमान बीचबाटोमै पंखा रोकिएपछि मुख्य पाइलटले सम्भावित दुर्घटनाको जानकारी यात्रुहरुलाई दिएका थिए ।

विमानमा यात्रा गरेका गोविन्द प्रसाद भण्डारीले भने ‘पाइलटले भनेजस्तै आफू मरेर पनि हामीलाई बचाउनुभयो ।’लगातार चार चोटी जाहाजमा प्वाट् प्वाट् आवाज आएपछि म वेहोस भए त्यसपछि केहि थाहा भएन ।

नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस २ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भयो । दुर्घटना हुँदा पाइलट र को पाइलट दुवैको ज्यन गयो । तर, विमानमा सवार ९ यात्रुको ज्यान जोगियो ।आकासमा उडिरहेको बेला एक्कासी इन्जिन खराव भएपछि पाइलट न्यौपाने र को-पाइलट सन्तोष रानाले आकस्मिक अवतरणको प्रयास गरेका थिए ।

पाइलटहरुका अनुसार विमानको इन्जिन नै खराब भएपछि ग्लाइड गरेर धेरैबेर उडाउन सकिँदैन । यस्तो बेला सुरक्षित ठाउँ खोजेर विमानको आकस्मिक अवतरण गराउन सक्नु साहसिक काम हो ।

यो रुटमा आकस्मिक अवतरणका लागि खुल्ला ठाउँ पाउन मुस्किल रहेको सिम्रिक एयरका पाइलट विनोद पुरी बताउँछन् । ‘आकस्मिक अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर आउँछ र त्यो गुड्न पाउनुपर्छ’  पुरीले भने-‘इन्जिन फेल भएको अवस्थामा यसरी ल्याण्ड गराउनु र यात्रुहरुलाई बचाउनु ठूलो सफलता हो ।’

आफ्नै बुबाको हत्या गर्ने निर्दयी छोरी

0 comments
फागुन १३ । दाइजो नपाएको रिसमा भाडाका अपराधी प्रयोग गरी एक युवतीले राजधानीमा बुबाको हत्या गरेकी छिन्। नुवाकोट सुन्दरादेवीकी २० वर्षीया संगीता पाण्डे महर्जनले बुबाको सम्पत्ति खान २० लाख सुपारी दिएर ४३ वर्षीय बुबा माइला महर्जनको हत्या गरेकी हुन् ।



२० लाखमा हत्याको सुपारी

बुबाको हत्याका लागि संगाीताले पाँच युवालाई २० लाख रुपैयाँ सुपारी कबोलेकी थिइन्। बानियाँटार बस्ने विक्रम तामाङले हत्या गर्न ५० लाख रुपैयाँ मागेकोमा २० लाख दिने सहमति भएको थियो। तर हत्यापछि पैसा भने उनीहरुले पाएका थिएनन्। तामाङले हत्यका लागि आफ्ना साथी तथा आफन्तहरु सूर्य रानामगर, धनकुमार तामाङ, हरि तामाङ र सन्तोष थापामगरलाई लगाएका थिए। उनीहरु सवैलाई प्रहरीले पक्राउ गरेको छ। तीनैजनाको हत्या गर्नका लागि २० लाखको डिल गरिएको थियो। हत्यामा संलग्न दुई युवक फरार छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ।

 पैसा नपाएपछि हत्या गर्ने अठोट

संगीताले दुईवर्षअघि नुवाकोटको सन्तोष पाण्डेसंग प्रेम विवाह गरेकी थिइन्। जसमा परिवारको सहमति थिएन। तर संगीताले दाइजोबापत केही पैसा चाहिने भनेर माग्दै आएकी थिइन्। व्इटिसियनसम्बन्धी तालिम लिएकाले उनले ब्युटीपार्लर खोल्न बुवासंग पैसा मागेकी थिइन्। पैसा नपाएपछि माइतीघरबाट बुबाको जग्गाको लालपूर्जासमेत चोरेर लगेकी थिइन्।

पटक पटक पैसा माग्दा बुबा पैसा दिन तयार नभएपछि आफूले हत्याको योजना बनाएको पक्राउ परेपछि संगीताले बयान दिएकी छिन्। उनले हत्याको योजना विक्रम तामाङलाई सुनाउँदै माइतीका सबैको हत्या गरे लाखौँको सम्पत्ति आफ्नो नाममा आउने र त्यसबाट २० लाख दिने प्रस्ताव राखेकी थिइन्। त्यसमा तामाङ सहमत भएपछि दुवै मिलेर हत्याको योजना बनाएका थिए ।

अरब किन भनियो ? हिन्दूहरुसँग अरवको के सम्बद्ध छ ?

0 comments
भृगु ऋषिका नाति शुक्राचार्यको छोरोको नाउँ ” और्व ” हो । ऐतिहासिक रुपमा अरव ऋषि और्वकै नाउँबाट राखिएको हो । “हिस्ट्री अफ पर्शिया” का लेखक साइक्सले उल्लेख गर्दै भनेका छन् अरबको नाम और्व ऋषिको नाउबाट राखिएको हो र विकृत हुदै “अरब” हुन् पुगेको हो । हाम्रा पौराणिक ग्रन्थहरु अनुसार यस भूखण्डको उत्तर-पश्चिम क्षेत्रलाई इलावर्त भनिन्थ्यो जहाँ दैत्य र दानव रहने गर्दथे । यो ईलावर्तमा अहिलेको रुसको एशिया खण्डको दक्षिणी-पश्चिमी भूभाग र ईरानको पूर्वी भूभाग समेटिएको थियो ! आदित्यहरु(देवगण)को वासस्थान नेपालको उत्तर-पूर्वमा रहेको हिमालय क्षेत्र हो । बेबीलोनको प्राचीन गुफाहरुमा भेटिएको पुरातात्त्विक बस्तुहरुमा र गुफाको भित्तामा भेटिएका चित्रहरुमा भगवान विष्णु र हिरण्यकशिपुको भाई हिरण्याक्ष संग युद्ध गरेको चित्र भेटिएको कुरा कुनै पनि हिन्दूले बिर्सिनु हुदैन । त्यतिखेर अरब ठूलो व्यापारिक केन्द्रको रुपमा थियो ।

यसैकारण देव, दानव र दैत्य बीच इलावर्तकै कारण त्यसको विभाजनको बिषयलाई लिएर १२ पल्ट ‘देवासुर संग्राम’ भएको थियो ! देवताहरुको राजा ईन्द्रले आफ्नी छोरी जयन्तिको बिहे शुक्राचार्य संग गर्नुको उद्द्येश्यनै शुक्राचार्यलाइ देउताको पक्षमा ल्याउनु थियो तर शुक्राचार्यले मानेनन् । शुक्राचार्य जिद्धि स्वभावका भएका हुँदा विश्व बिजेता दैत्यराज बलिले शुक्राचार्यले भनेको नमान्दा दिक्क मानेर उनि आफ्नो नाती और्व ऋषिका समिप अरब आइ १० वर्ष बसेका थिए ! साइक्सले आफ्नो इतिहास ग्रन्थ “हिस्ट्री अफ पर्शिया” मा लेखेका छन् ‘शुक्राचार्य लिव्ड टेन इयर्स इन अरब’।
अरबमा शुक्राचार्यको धेरै सम्मान गरिएको थियो । शुक्राचार्यलाई सम्मान गरिएको ठाउँ लाइनै अहिले ‘काबा’ भनिएको हो । त्यो कावा ‘काव्य शुक्र’ (शुक्राचार्य , उनलाई कवि पनि भनिन्छ ) को सम्मानमा निर्माण गरिएको आराध्य देव शिवको मन्दिर हो जुन ‘काव्य’ नाम पछि विकृत भएर ‘काबा’ हुन् पुग्यो ! अरबी भाषामा ‘शुक्र’ को अर्थ ‘ठूलो ‘ अर्थात ‘जुम्मा’ यसैकारण भनिएको हो र यसै दिनलाई अर्थात ‘जुम्मा’ (शुक्रवार) लाइ मुसलमानहरु पवित्र दिन मान्दछन ।
 “बृहस्पति देवानां पुरोहित आसीत्, उशना काव्योऽसुराणाम्”-जैमिनिय ब्रा.(०१ -१२५ ) अर्थात बृहस्पति देउताहरुका पुरोहित थिए र उशना काव्य (शुक्राचार्य) असुरहरुका पुरोहित थिए ।
प्राचीन अरबी काव्य संग्रह गंथ ‘सेअरूल-ओकुल’ को २५७ औं पृष्ठमा हजरत मोहम्मद भन्दा २३०० वर्ष पहिले ईसा मसीह भन्दा १८०० वर्ष पूर्व जन्मिएका लबी-बिन-ए-अरव्तब-बिन-ए-तुरफाले आफ्नो प्रसिद्ध कवितामा हाम्रो भूमि र वेद प्रति सम्मान गरेको कविता हेरम –
“अया मुबारेकल अरज मुशैये नोंहा मिनार हिंदे।
व अरादकल्लाह मज्जोनज्जे जिकरतुन।१ ।
वह लवज्जलीयतुन ऐनाने सहबी अरवे अतुन जिकरा।
वहाजेही योनज्जेलुर्ररसूल मिनल हिंदतुन।२ ।
यकूलूनल्लाहः या अहलल अरज आलमीन फुल्लहुम।
फत्तेबेऊ जिकरतुल वेद हुक्कुन मालन योनज्वेलतुन।३ ।
वहोबा आलमुस्साम वल यजुरमिनल्लाहे तनजीलन।
फऐ नोमा या अरवीयो मुत्तवअन योवसीरीयोनजातुन।४ ।
जइसनैन हुमारिक अतर नासेहीन का-अ-खुबातुन।
व असनात अलाऊढ़न व होवा मश-ए-रतुन।५ ।”
अर्थात-(१ ) हे हिन्दूहरु बस्ने पूण्य भूमि (मिनार हिंदे) तिमी धन्य छौ , ईश्वरले आफ्नो ज्ञानको लागि तिमीलाई छानेको हो । (२ ) ईश्वरको ज्ञान प्रकाश, जुन चार प्रकाश स्तम्भ समान भई सम्पूर्ण जगतलाई प्रकाशित गर्दछ , यो हिन्दूहरु बस्ने (हिंद तुन) भूमिमा ऋषिहरु चार किसिमले प्रकट भए ! (३ ) र परमात्मा ले यस संसारका मान्छेहरुलाई आज्ञा दिएर भने वेद, जो दिब्य ज्ञान हो , सोही अनुसार आचरण गर । (४ ) वेद ज्ञानको भण्डार साम र यजुर हो , जसलाई ईश्वरले प्रदान गरे ! यसैले , हे मेरा भाइहरु वेद निर्दिष्ट कुराहरु तिमीहरु पनि स्वीकार यसले हामीलाइ मोक्षको मार्ग बताउद्छ !(५ ) र बाँकी दुई रिक्, अतर (ऋग्वेद, अथर्ववेद) ले हामीलाई भ्रातृत्वको शिक्षा दिन्छन , यसबाहेक जो इनका शरण पर्न आउछन ती कहिल्यै अन्धकारमा छिर्दैनन ।
इस्लाम धर्मका प्रवर्तक मोहम्मद वैदिक परिवारमा हिन्दू स्वरुपमा जन्मिएका थिए । उनले आफ्नो सम्बन्ध हिन्दू परिवारको पारीवारिक परम्परा र वंश परम्परा संग तोड़ने बिचारले आफुलाई पैगम्बर घोषित गर्ने निश्चय गरे , उनको यो निर्णयले उनको तत्कालिन संयुक्त हिन्दू परिवार छिन्न-भिन्न हुन् गयो र काबामा रहेको ठूलो शिवलिंग (संगे अस्वद) रक्षार्थ हुन् गएको युद्धमा पैगम्बर मोहम्मदका काका उमर-बिन-ए-हश्शाम मारिन पुगे । उमर-बिन-ए-हश्शामलाई अरब मुलुकमा तथा केन्द्र काबा (मक्का) मा यती धेरै सम्मान दिइन्थ्यो कि सम्पूर्ण अरबी समाज, जो भगवान शिवका भक्त थिए एवं वेद तथा हिन्दू देवी-देवताहरुका अनन्य उपासक थिए , उक्त शिव लिंगलाई अबुल हाकम अर्थात ” ज्ञान को पिता ” भनेर पुकार्थे ! पछि मोहम्मदको नयाँ सम्प्रदायले शिवलाई ईर्ष्या बश अबुल जिहाल ” अज्ञान को पिता ” भन्न थाल्यो ।
मोहम्मदले मक्कामा आक्रमण गर्दा , त्याँहा बृहस्पति, मंगल, अश्विनी कुमार, गरूड़, नृसिंह आदिका मूर्तिहरु थिए र एउटा मूर्ति तत्कालिन विश्वविजेता राजा बलिको पनि थियो । उनि दानी भएकोले तत्कालिन समाजमा प्रसिद्धि पाएका थिए त्यसकारण उनको एउटा हात सुनको राखिएको थियो । ‘Holul’ को नामले चिन्हिने यो मूर्ति त्याँहा इब्राहम र इस्माइल मूर्त्तिहरुको छेउमै राखिएको थियो । मोहम्मदले ती सबै मूर्त्तिहरु फ़ोड्फ़ाड गरेर त्यहींको ईनारमा फ्यालिदिए । त्यसमध्ये पनि भाचिएको शिवलिंगको एउटा टुक्रा आज पनि काबामा छदै छ । त्यै शिवलिंगलाइ प्रत्येक मुश्लिम व्यक्तिले सम्मानपूर्वक हेर्दछ र हज गर्दा प्रत्येक मुसलमानले त्यो कालो शिवलिंगलाइ ‘संगे अस्वद’ भनी आदर सम्मानका साथ् म्वाइ खान्छ !
प्राचीन अरबीहरुले सिन्धलाइ सिन्ध नै भने पनि हिन्दूहरु बस्ने ठाउँलाई चाहि हिन्द भने ! यहि कुरालाइ हाम्रा तताकथित बोक्रे बिद्वानहरुले सिन्धुबाट हिन्दू भएको भनि प्रष्ट्याए । सिन्धुबाट हिन्दू भएको भंनेकुरो हास्यास्पदमात्र होइन अबैज्ञानिक पनि छ किनभने इस्लाम धर्मका प्रवर्तक मोहम्मद जन्मिनु भन्दा २३०० वर्ष अघि सम्म अर्थात लगभग १९०० ईश्वी बर्ष पहिला अरबमा हिंदू शब्द जस्ताको त्यस्तै आजकै अर्थमा प्रयोग हुन्थ्यो । अरब मुलुकको प्राचीन समृद्ध संस्कृति वैदिक थियो । त्यस बेला ज्ञान-विज्ञान, कला-कौशल, धर्म-संस्कृति कोलागि तिनीहरुको पूर्व संगको सम्बन्ध प्रगाढ थियो।
अरबी काव्य संग्रह ग्रंथ ‘ सेअरूल-ओकुल’ को २५३ औं पातोमा हजरत मोहम्मदको काका उमर-बिन-ए-हश्शामको कविता छ जसमा उनले हिन्दू शव्दको प्रयोग आदर र सम्मानका साथ् गरेका छन । ‘उमर-बिन-ए-हश्शाम’ को कविता नयी दिल्ली स्थित श्री लक्ष्मीनारायण मन्दिर (बिड़ला मन्दिर) को वाटिकामा रहेको यज्ञशालाको रातो ढुङ्गामा यस प्रकार लेखिएको छ –
” कफविनक जिकरा मिन उलुमिन तब असेक ।
कलुवन अमातातुल हवा व तजक्करू ।१ ।
न तज खेरोहा उड़न एललवदए लिलवरा ।
वलुकएने जातल्लाहे औम असेरू ।२ ।
व अहालोलहा अजहू अरानीमन महादेव ओ ।
मनोजेल इलमुद्दीन मीनहुम व सयत्तरू ।३ ।
व सहबी वे याम फीम कामिल हिन्दे यौमन ।
व यकुलून न लातहजन फइन्नक तवज्जरू ।४ ।
मअस्सयरे अरव्लाकन हसनन कुल्लहूम ।
नजुमुन अजा अत सुम्मा गबुल हिन्दू ।५ ।
अर्थात् – (१ ) त्यस्तो मान्छे , जसले सारा जीवन पाप कर्म र अधर्म गर्दै बिताएको छ, काम- क्रोध गर्दै आफ्नो यौवन बिताएको छ ।(२ ) यदि उ पश्चाताप गरी अरुको भलो गर्ने उद्द्येश्यले फर्किन चाहान्छ भने त्यस अवस्थामा उसको कल्याण सम्भव छ ? (३ ) भन्दै द्विविधामा रहेको व्यक्तिले यदि अशल नियतले शिवजीको पूजा गर्दछ भने उसले धर्म-मार्ग अंगाल्दा उच्च भन्दा उच्च पद पाउन सक्तछ । (४ ) हे प्रभु ! मलाई सम्पूर्ण जीवन दिन नसके पनि एक दिन मात्र भएपनि हिन्दू मुलुकमा बस्न देउ त्याँहा पुग्न पाए मेरो मान्छेको चोला धन्य हुनेछ ! (५ ) त्यहाँ पुग्न पाए सबै शुभ कर्म प्राप्ति गर्न सक्थे आदर्श गुरूजनहरुको (गबुल हिन्दू) सत्संग गर्न पाउथे । प्रस्तुत लेख प्रवीण अधिकारीको फेसबुक वालबाट साभार गरिएको हो । 

Wednesday, February 24, 2016

भबिस्यको वसिङ्ग मेशिन डोल्फी नामक हलुको सानो यन्त्रको अविस्कार

0 comments

फाल्गुन ११, २०७२। वैज्ञानिकहरूले लुगा धुने वासिङ मेसिनको भरपर्दो विकल्पका रूपमा डोल्फी नामक अत्यन्तै सजिलो, हलुका र हातैमा अटाउने यन्त्रको आविष्कार गरेका छन् । हालको आधुनिक भनिएको वासिङ मेसिन लुगा धुन झन्झटपूर्ण र खर्चालु छ । त्यस्तै वासिङ मेसिन आकारमा सानो दराजजत्रो हुने भएकाले मेसिन चलाउने उपभोक्ताहरूलाई दिक्क हुने गरेका छन् । भर्खरै आविष्कार गरिएको डोल्फी लक्स साबुनजत्रो आकार–प्रकारको भएको बताइन्छ । हलुका, बोक्न र चलाउन सजिलो यो मेसिनले वासिङ मेसिन युगको अन्त्य गर्ने दाबी गरिएको छ ।
अल्ट्रासोनिक साउन्ड टेक्नोलोजीमा आधारित यो उपकरणलाई औद्योगिक स्तरमा उत्पादन एवं बिक्री–वितरण गर्न इन्डिएगो नामक वेबसाइटमार्फत लगानी गर्न विभिन्न दाताहरूबाट अहिलेसम्म १० लाख डलर संकलन गरिसकिएको छ । डिटरजेन्ट पानीमा भिजाएर राखिएको लुगाको बीचमा डोल्फी मेसिन राखेपछि यो मेसिनले ध्वनि तरंग (साउन्डवेभ) को माध्यमबाट लुगाबाट सारा मैला, फोहर तथा दागहरू हटाएर त्यसलाई सफा गरिदिन्छ ।
यो यन्त्र प्रयोग गर्न पनि सजिलो छ । ठूलो प्लास्टिक वा आल्मुनियमको भाँडामा वा वेसिनमा डिटरजेन्ट पाउडरसित पानीमा भिजाएर लुगालाई राख्नुपर्छ र लुगाको बीचमा डोल्फी यन्त्र राखिदिनुपर्छ । आधा घण्टाभित्र ध्वनितरंग (अल्ट्रासोनिक साउन्डवेभ) मार्फत पानीका फोकाहरू बनाउँदै र प्याटप्याट फुटाउँदै यन्त्रले सबै लुगालाई सफा गरिदिन्छ ।
१ सय डलर मूल्यको यो यन्त्रले छिनभरमै कुनै पनि आल्मुनियम र प्लास्टिकको बट्टा वा बेसिनलाई आधुनिक वासिङ मेसिनमा परिणत गरिदिन्छ । यो यन्त्रको प्रयोगमा कपडाको रङ जाने वा खुइलिने समस्या हुँदैन । मैलो र दाग हटाउन कपडालाई हातले रगड्नु पर्दैन । सन् २०१६ को पहिलो तीन महिनामै ८ हजारवटा डेल्फी मेसिन उत्पादन गरी बजारमा पठाउने लक्ष्य लिइएको छ ।
जर्मन व्यवसायी लेना सोलिसले यात्राका क्रममा यो यन्त्रको आविष्कार गरेकी हुन् भने एन्ड्रेफान्गुएरोले यो उत्पादनको डिजाइन गरेका हुन् । लुगाकपडा सरसफाइको पूरै प्रणालीलाई परिवर्तन गर्ने विश्वास गरिएको यो यन्त्र दैनिक एवं व्यक्तिगत प्रयोगका लागि थप किफायती र उपयोगी सावित हुने बताइएको छ । यो यन्त्रको प्रयोगले वासिङ मेसिनमा विश्वभर खपत हुने लाखौं युनिट विद्युत् बचत गर्न सकिनेछ । इन्डिएगो वेबसाइटमार्फत यो मेसिन अनलाइन खरिद गर्न सकिन्छ । एजेन्सी

Harke Haldar 24 Feb 2016

0 comments


१२ फाल्गुन २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २५३ औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

TOUGH talk with Minister of Finance Bishnu Poudel

0 comments

१२ फाल्गुन २०७२। कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा अर्थमंत्री बिष्णु पौडेलसँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभीबाट प्रशारीत TOUGH talk with Dil Bhusan Pathak

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा चालक दलका सदस्यसहित २३ जनाको मृतु

0 comments
       
       १२ फाल्गुन २०७२। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन–एएचएच ट्वीनअटर विमान दुर्घटनामा परेको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ८ बजेर ५ मिनेटमा जोमसोमको लागि उडेको विमान म्याग्दीको रुप्सेमा दुर्घटनाग्रस्त भएको हो । चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनात पौडेलले जानकारी दिएका छन । चालक दलका तीन सदस्य, दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिकको मृत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित २३ जना रहेका थिए ।
विमानमा रहेका यात्रुहरुको नामावलीः 
      लेप्साङ लामा, राजकुमार तामाङ, रेवती बराल, देवीजंग गुरुङ, बालकृष्ण राउत, मुक्तिनाथ बास्तोला, फेन्जोक गुरुङ, विनिता भट्टचन, कृष्णलाल भट्टचन, मोतीबहादुर केसी, पवित्रा केसी, दीलकुमारी गौचन, कान्छा परियार, लक्ष्मी हिराचन, बालक, कमला थकाली,विदेशी नागरिक अहमत र एक जना बालक ।श्रोत – नेपालपाटी बाट साभार गरिएको।

Tuesday, February 23, 2016

भरियालाई अदालतले गरायो २ अर्ब जरिवाना

0 comments

काठमाडौं, फागुन ११ । रोजगारीमा मलेसिया पुगेका पर्सा निर्मलबस्ती घर भएका पदमबहादुर राउत फर्किएको केही दिनमै साढे दुई अर्बभन्दा धेरै डलर अपचलनको अभियोगमा पक्राउ परेका छन् ।
तीन करोड ३४ लाख ६० हजार २३८ अमेरिकी डलर अपचलन गरेको अभियोगमा अदालतले दुई अर्ब ४८ लाख ६४ लाख ३० हजार ३५९ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको छ । सिन्धुपाल्चोकका व्यवसायी नारायण पौडेलले उनको नाममा कम्पनी खोलेर डलरको अपचलन गरेका हुन् ।
तर, पौडेलले अदालतबाट सफाइ पाएका छन् भने भरिया राउतलाई जरिवाना सुनाइएको हो । डेराको वास अर्बौं रुपैयाँ अपचलन गरेको आरोप लागेका राउतको पारिवारिक अवस्था भने निम्तस्तरको छ ।
कपनमा डेरामा उनको परिवार बस्दै आएको छ । वैदेशिक रोजगारीमा कमाएको पैसाले उनले परिवार पाल्दै आएका छन् । तर, राउतले दुई अर्ब अपचलन गरेको अदालतको फैसलालाई उनको परिवारले विश्वासै गर्न सकेको छैन ।
फैसलाको चार वर्षपछि पक्राउ–  ४ वैशाख २०६८ मै अदालतले राउतविरुद्ध फैसला सुनाएकोमा उनी विदेशमा रहेकाले प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार राउतलाई कपनबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमार्फत कारागार चलान गरिएको सिआइबीका प्रवक्ता एसपी दिवेश लोहनीले बताए ।
‘उनी हालसालै वैदेशिक रोजगारीबाट फर्किएको भन्ने बुझिएको छ,’ एसपी लोहनीले भने, ‘उनले कसरी डलर अपचलन गरे भन्ने कुरा हामीले अनुसन्धान नगरेकाले थाहा भएन ।’
अनुसन्धानमा आबद्ध राजस्व अनुसन्धान विभागका तत्कालीन कर्मचारीका अनुसार उनी ‘भरिया’ मात्र हुन् । उनको नाममा कम्पनी खोलेर डलरको अपचलन भएको हो । तर, कम्पनी उनकै नाममा भएकाले राउत पनि फसेका हुन् ।
भट्टीको भेटले यसरी डुबे–  राउत कपन बस्ने राउतको मदिरा पिउने बानी थियो । त्यही क्रममा उनको स्थानीय पदम राईसँग चिनजान भयो । राईले उनलाई व्यापारी पौडेलसँग भेटाए ।
उनको नाममा कम्पनी खोले पैसा आउने बताएपछि राउत तयार भए । न्यु दाहाल बिजनेस इन्टरप्राइजेज नामक कम्पनी दर्ता गरियो, राउतलाई प्रोप्राइटरका रूपमा राखियो ।
सोही कम्पनीले चीनबाट सामान आयात गर्ने भन्दै हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकबाट डलर निकालेको थियो । हिमालयनबाट एक लाख ५६ हजार ४२ हजार ६ सय ३७ तथा इन्भेस्टमेन्ट बैंकबाट एक करोड ७८ लाख १७ हजार ६ सय १ डलर निकालियो ।
एलसी खोल्न भन्सार कर्मचारीको नक्कली हस्ताक्षर–  व्यापारका लागि भनेर एलसी खोलेर त्यसरी ठूलो मात्रामा अमेरिकन डलर बैंकबाट निकालियो ।
भन्सार कार्यालयका कर्मचारीको नक्कली हस्ताक्षर तथा प्रज्ञापनपत्र, नगदी रसिद, क्रेडिट आम्दानी रसिदजस्ता कागजपत्र बनाएर बैंकमा पेस गरी डलर निकालेर अपचलन भएको थियो ।
ठूलो परिमाणमा डलर दिँदा बैंकका कर्मचारीको समेत मिलेमतोको आशंका गरिएको थियो, तर उनीहरूविरुद्ध भने मुद्दा दायर भएन ।
पौडेल तीन करोड धरौटी तिरेर छुटे–  राजस्व अनुसन्धान विभागले नक्कली एलसी खोलेको तथ्य थाहा पाएपछि व्यापारी पौडेललाई पक्राउ गरी जिल्ला अदालतमा विदेशी विनिमय ऐनअनुसार मुद्दा चलायो ।
अदालतले पौडेललाई तीन करोड रुपैयाँ जरिवाना सुनायो । उनी तीन करोड नगदै राखेर छुटे । केही महिनाअघि मात्र पुनरावेदन अदालतले पौडेललाई सफाइ दिएको छ । अहिले उनी धरौटीबापत राखिएको पैसा निकाल्ने तयारीमा छन् । तर, राउत दुई अर्ब जरिवाना तिर्न नसक्दा जेल चलान भएका छन् ।
अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना–  राउतको सजाय अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना सजाय भएको सिआइबीका एसपी लोहनीले बताए । उनी पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतको लगत बेरुजु एकैपटक १५ प्रतिशत घटेको छ ।
चार वर्ष जेल बस्दा अर्बौंको कमाइ ?– नेपालको कानुनअनुसार जतिसुकै ठूलो सजाय भए पनि बढीमा चार वर्ष जेल बसेपछि एक रुपैयाँ पनि जरिवाना तिर्नुपर्दैैन । दुई वर्ष कैद र साढे दुई अर्ब जरिवानाको सजाय पाएका राउत पनि ६ वर्षपछि एक रुपैयाँ नतिरी छुट्न सक्छन् ।
पुराना कानुन संशोधन नहुँदा यसरी अपराध गर्न प्रोत्साहन मिल्ने अवस्था छ । मुलुकी ऐन २०२० को दण्ड तथा सजाय महलको ३८९१०मा भनिएको छ, ‘कैद र जरिवाना दुवै सजाय भएकोमा जरिवाना नतिरेबापतको कैद थेप्नुपर्दा चार वर्षभन्दा बढी अवधिको कैद थेप्नुहुँदैन ।’
धेरै जरिवाना हुने कानुन पहिला नभएको र गरिब व्यक्तिहरू थोरै जरिवाना तिर्न नसक्दा वर्षौं जेल पर्न सक्ने भएकाले यस्तो प्रावधान राखिएको थियो ।
तर, ५० वर्षदेखि उक्त प्रावधान संशोधन हुन सकेको छैन । केही महिनाअघि मात्र सर्वोच्च अदालतले जरिवाना तिर्न नसक्दा १० वर्षसम्म जेल बस्नुपर्ने प्रावधान हुनुपर्ने भन्दै संशोधनको प्रस्ताव कानुन मन्त्रालयमा पठाएको छ । -नवराज मैनाली,नयाँ पत्रिका

उम्लिएकै जस्तो तातो पानीको नदी फेला पर्यो हेर्नुहोला

0 comments

तातो पानीका कुण्डहरु त हामीले हाम्रै देशमा देखे सुनेका छौँ । तर तातो पानीको नदीका बारेमा भने सुनिएको थिएन । तर एउटा यस्तो नदी फेला परेको छ जसको पानी मनतातो मात्रै होइन पूरै उम्लिएकै जस्तो तातो छ । त्यो नदीमा गल्तीले नदीमा परियो भने तातोले जिउ डढेर मर्नुको विकल्प हुँदैन । त्यो पानी यति तातो छ की तपाइँ सिधै पानीमा चियापत्ति र चिनी घोलेर चिया बनाउन सक्नुुहुन्छ । दक्षिण अमेरिकाको अमेजन बेसिनमा रहेको यो नदीको लम्बाइ ६.४ किलोमिटर, चौडाइ ८२ फिट तथा गहिराइ झण्डै २० फिट छ । अमेरिकाको टेक्सास विश्वविद्यालयका एकजना विद्यार्थी एन्ड्रीज रुजोले सन् २०११ मा यो नदीको बारेमा खोज अनुसन्धान गरेका हुन् । उनले यस बारेमा किताब नै लेखेका छन् । आफ्ना हजुरबाले भनेको काल्पनिक कथाको आधारमा उनी आफ्नो पिएचडी अनुसन्धानका क्रममा नदीको खोजमा निस्किएका थिए । उक्त नदी भएको स्थान आसपासमा कुनै सक्रिय ज्वालामुखी नभएपनि नदीमा उम्लिनेे पानी बगिरहनु निकै आश्चर्य भएको बताइन्छ । रुजोका अनुसार यो नदिको मूल धाँजा फाटेको ठाउँबाट निस्किएको छ । सोही धाँजा फाटेको ठाउँबाट निस्किएको पानी निकै तातो भएकाले यो नदीमा पूरै तातो पानी बगिरहेको छ । यो नदीको आसपासमा स्थानीय आदिवासी समुदाय छन् जसले यो नदीको सुरक्षा गरिरहेका हुन्छन् । -
Video

Dhamala Ko Hamala with Neer Shah

0 comments

हरेक अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली चलचित्र क्षेत्रको चिर परिचीत व्यक्ति निर शाह सँग ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ निर शाह ''हेर्नुहोस . श्रोत : हिमालयन TV.२०७२ फाल्गुन ९ मा प्रसारित
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, February 21, 2016

मध्येरातमा गोर्खा केन्द्रबिन्दु भएर गएको भूकम्पले हल्लायो सर्वसाधारण घर बाहिर

0 comments

९ फाल्गुन २०७२। रातिको  ११ बजे र ५६ मिनेट जादा गोर्खा लाइ केन्द्रबिन्दु बनाएर  ५.५ रेक्टर स्केलको भूकम्प गएको छ। मस्त निद्रामा रहेका सर्वसाधारण एकाएक घर बाहिर निस्कियका छन । नेपाली समय अनुसार ११ बजेर ५६ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प धक्का देशका बिभिन्न भागमा महसुस गरिएको छ । गत १२ वैशाखमा गोरखा केन्द्रबिन्दु भएर गएको विनासकारी भूकम्पयता रेक्टरमाथिका ४ सय ३० बढी पराकम्पन गएको भूकम्पमापन केन्द्रले जनाएको छ ।थप जानकारीको लागी यो लिंकमा हेर्नुहोला।



Sajha Sawal Epi 432

0 comments

९ फाल्गुन २०७२ आइतबार बेलुकी कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४३२ मा एमावोबादीका नेता तथा गृहमंत्री शक्ति बहादुर बस्न्येत र एमालेका साम्शद रिता रावलको साथमा शिक्षा,स्वास्थ्य,सडक देखि हरेक क्षेत्रमा पछिपरेको पश्चिम नेपालको जनताहरुसंग जाजरकोटमा गरिएको साझा बहस हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

नविना लामा अनेरास्ववियुको अध्यक्षमा निर्वाचित

0 comments
  
 ९ फाल्गुन २०७२। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २२ औँ सम्मेलनबाट अध्यक्षमा नविना लामा निर्वाचित भएकी छिन्।
लामाले आफ्ना प्रतिद्वन्द्वी बरिष्ठ नेता माधव नेपाल पक्षका दिपक गौतमलाई २१६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्। कुल मत १५९७ मध्ये १५१९ मत  खसेको  थियो |
अध्यक्ष
नविना  लामा ८६५  (निर्वाचित) – दिपक गौतम  ६४९

उपाध्यक्ष (निर्वाचित)
महेश बर्तौला – ७८६
रश्मि आचार्य – ७४२
शैलेश लामा – ६८२
सुनिता बराल – ७२१
महासचिव
ऐनबहादुर महर –  ८३१ (निर्वाचित ) –  अब्दुल हुसेन खाँ  ६६०
सचिब – ७ जना निर्वाचित
समिक बडाल
 आर सि लामिछाने
 मकर खड्का
 सुदेस पराजुली
 अमृत बुडा
 ओसिम आलम् 

Ditha Sab 20 Feb 2016

0 comments


२०७२ फाल्गुन ८ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १४० हेर्नुहोस।

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, February 18, 2016

लाखौ खर्च गरेर पोर्चुगल जानुभन्दा पहिले बस्ताबिकता एकचोटि पढ्नुहोस्

0 comments

युरोपियन मुलुक पोर्चुगलमा नेपाली युवाको आकर्षण बढ्दो छ । विशेष त राम्रो पढाइ भएका युवा अमेरिका, क्यानडा, अस्ट्रेलिया जान चाहने र जान नपाएपछि युरोप छिरेर कार्ड बनाउने सपना धेरैले बुन्ने गरेको पाइन्छ । तर, अब नेपालीहरुले पोर्चुगल जानु अघि एकपटक सोच्नैपर्ने अवस्था आएको छ ।

पढे-लेखेका युवा खाडी मुलुक जान हीनताबोध गर्छन् । यसैले सेन्जेन भिसा लगाएर केही दिनका लागि युरोप छिर्ने र यतै बस्नेको संख्या बढेको पाइन्छ । युरोपमा पनि कतिपय देशमा उनीहरुलाई समस्या पर्‍यो भने फुत्त पोर्चुगलतिर छिर्ने गरेको पाइन्छ ।

केही दिनको भिसामा युरोप छिराएबापत नेपालमा मोटो रकम असुल्ने दलालहरुको पनि कमी छैन । यस कार्यमा युरोपको यथार्थ बुझेकाहरू नै सक्रिय रहेको पाइन्छ । भर्खरै युरोप छिरेका एक युवाले भने, ‘आउन मात्र १५ लाख खर्च भयो, अब दुःखसुख पोर्चुगलमा पुगेर रेसिडेन्सी कार्ड बनाउनुपर्ला ।’

युरोप छिर्नेबित्तिकै पोर्चुगल किन जान्छन् ?

युरोप छिरेको वर्ष दिन नबित्दै रेसिडेन्सी कार्ड बन्ने हुँदा धेरैले पोर्चुगललाई रोजाइमा राखेको पाइन्छ । माओवादी द्वन्द्वकालमा बेल्जियम, नेदरल्यान्ड, स्विजरल्यान्डजस्ता युरोपियन मुलुकमा जीवन रक्षाका लागि भन्दै शरणार्थी केस गरेर, धेरैले कागज बनाएका पनि थिए ।
 अहिले भने देशको अवस्था सामान्य भएकाले त्यस्तो विकल्प देखिएको छैन । कथं कदाचित नेपालीले अहिले नै शरणार्थी केस गरी हाले पनि केस फेल भई उल्टै डिपोर्ट गरेर घर फिर्ता गर्छ कि भन्ने डरले त्यतातिर खासै चासो देखिएको छैन ।

कार्ड बनाउन सजिलो मुलुकमध्ये स्पेन पनि एक हो । तर, स्पेनमा कार्ड बनाउन तीन वर्ष लाग्ने र बनाउने प्रक्रियामा मात्र करिब १० लाख रुपैयाँसम्म खर्च हुन जान्छ । त्यसैले धेरैले पोर्चुगल छान्छन् ।

स्पेन छिर्न भाषा कक्षा पढ्नुपर्छ भने काम पाउन पनि मुस्किल हुन्छ । यद्यपि युरोपका अन्य मुलुकमा बस्न सक्ने अवस्था नभएपछि स्पेन जाने र अवस्था बुझेर फेरि पोर्चुगल नै अन्तिम गन्तव्य बनाउनेको संख्या पनि बढेको पाइन्छ ।

पोर्चुगलमा कमाइ

लाखौँ रकम खर्च गरेर आए पनि पोर्चुगलमा कमाइ त्यति राम्रो छैन । धेरै नेपालीले कमाएको रकमले आउन लागेको तिर्न पनि हम्मे देखिन्छ । त्यसो त पोर्चुगलमा व्यापार, व्यवसाय गरेर महिना दिनमै लाखौँ रकम कमाउने नेपालीको पनि कमी छैन ।

तर, धेरै नेपालीले ५० देखि ६० हजार रुपैयाँ कमाउने गरेको एनआरएनए पोर्चुगलका अध्यक्ष भीम कमल केसी बताउँछन् । ‘पोर्चुगलमा कार्ड बनाउन सजिलो छ, यो सबैलाई थाहा छ । तर, नेपालीको मासिक कमाई ५-६ सय युरो हुन्छ, यो औसत कमाई हो,’ अध्यक्ष केसीले भने ।
 पोर्चुगलमा व्यापार व्यवसाय गरेर लाखौँ कमाएको पनि उनले बताए । ‘पोर्चुगलमा एक सयभन्दा बढी नेपालीले रेस्टुरेन्ट सञ्चालन गरेका छन्,’ उनले भने, ‘मिनीमार्केट, सुपरमार्केट, ब्युटीपार्लर, मोबाइल पसल, घुम्ती पसल, नेपाली हस्तकला तथा गार्मेन्टजस्ता व्यवसाय पनि नेपालीले नै गरेका छन् । महिनामा ५० हजार रुपैयाँ कमाउने सामान्य नेपाली कामदारदेखि एक लाख युरोसम्म कमाउने व्यवसायी पोर्चुगलमा छन् ।’

कृषिमा नेपाली कामदार

पोर्चुगलमा झन्डै २० हजार नेपाली रहेको अनुमान गरिएको छ । धेरैले होटल तथा रेस्टुरेन्ट क्षेत्रमा नै काम गर्ने गरेको पाइन्छ । यहाँ रहेका नेपालीमध्ये करिब १० प्रतिशतले आफ्नै व्यवसाय गर्ने गरेको र २० देखि २५ प्रतिशत भने कृषिमा काम गर्छन् ।पोर्चुगलमा खेतीको काम भन्नाले तरकारी तथा फलफूल टिप्ने र प्याक गर्ने बुझिन्छ ।

कृषिमा काम गर्नेमध्ये करिब ७५ प्रतिशत त अवैधानिक हुने गरेको जानकार बताउँछन् । त्यहीँ काम गरेर कार्ड बनाउन पाइने हुनाले पनि कृषिमा ठूलो भीड देखिएको हो । राजधानी लिस्बनदेखि आधा घन्टाको दूरीदेखि तीन घन्टा टाढासम्म नेपालीले खेतीमा काम गर्ने गरेको बताइन्छ ।

मेदेखि सेक्टेम्बरसम्म खेतीको सिजन भन्ने गरिन्छ भने, डिसेम्बर र जनवरीमा खासै काम हुँदैन । सो समय कागज भएका नेपाली लिस्बन आएर बस्छन् भने, नभएकाहरू कन्ट्रोल आउँछ कि भनेर कुर्नुपर्ने बाध्यता छ ।

खेतीको काममा कमाइ छैन

पोर्चुगलमा खेतीमा काम गरेर पनि राम्रो कमाई हुने होइन, मासिक औसत उही ५ देखि ६ सयमा नै आउने गर्छ । सक्नेले भने केही घन्टा बढी काम गरेर बढी कमाउने गर्छन् । कतै बस्ने व्यवस्था कम्पनीले गरेको हुन्छ भने कतै आफैँ गर्नुपर्छ । बस्ने व्यवस्था गरेका कम्पनीले खाना दिँदैनन्, खाना दिने भए बस्ने व्यवस्था आफैँ गर्नुपर्छ ।

युरोप आएको ६ महिना नपुगेका, भर्खर आएका नेपाली सीधै खेतीको काममा लाग्ने गरेको पाइन्छ । खेतीमा काम सुरु गर्दा कन्ट्रयाक भयो भने त्यतै अल्झनुपर्ने बाध्यता रहेको पनि नेपाली बताउँछन् ।

कार्ड बन्नका लागि कामदार हो कि हैन भनी कन्ट्रोल आउनुपर्ने हुन्छ । तर, खेतीको काममा कन्ट्रोल आउन ढिला हुने हुँदा बीचैमा काम छोडेर हिँड्न नमिल्ने पनि बाध्यता छ । खेतीमा करिब दुई वर्षसम्म कन्ट्रोल नगएर कागज बन्न ढिलाइ भएका केही उदारण पनि छन् ।

कहाँ-कहाँ बाट आउँछन् पोर्चुगल ?

इजरायल, कतार, दुबई, साउदीमा पुगेर काम गरेकादेखि बेलायत डेनमार्क, नर्वेजस्ता मुलुकमा अध्ययनका लागि आएका विद्यार्थी आफ्नोअनुकूल नभएपछि पोर्चुगललाई रोजी हाल्छन् । पढ्दापढ्दै गरेका कलेज खारेज भए, महँगो फी तिर्न नसके वा अन्य कारणले विद्यार्थीहरू कार्ड बनाउन पोर्चुगल छिरेका हुन्छन् ।

पछिल्लो समय डेनमार्क आएका थुप्रै विद्यार्थी कलेज र अध्यागमनमा समस्या आएपछि कार्ड बनाउन पोर्चुगल छिरेको पाइन्छ । यस्तै बेल्जियम, नेदरयान्ड, स्विजरल्यान्डमा शरणार्थी केस असफल भएका नेपाली पनि पोर्चुगल नै लाग्ने गरेको पाइन्छ ।

नेपालदेखि नै युरोप छिर्न केही दिनको सेन्जेन भिसा लगाई आएका पनि सीधै पोर्चुगल आउने गरेका छन् । यसका लागि १२ देखि १५ लाख रुपैयाँसम्म नेपालमै बुझाएका हुन्छन् । कतिपय भने पोर्चुगलमा सीधै वर्क परमिटमा पनि आउने गरेका छन् । यसका लागि पनि मोटो रकम खर्च गरेको पाइन्छ ।

विद्यार्थीलाई समस्या

पछिल्लो समय पोर्चुगलमा सीधै विद्यार्थी भिसामा आउने विद्यार्थी पनि भेटिन थालेका छन् । पोर्चुगिस भाषामा पढाइ हुने हुँदा आएका विद्यार्थी पनि भाषाका कारण समस्या भोगिरहेको बताउँछन् ।

यस्ता विद्यार्थीको रेसिडेन्सी परमिट अन्यसरह नहुने एनआरएनए अध्यक्ष केसी बताउँछन् । ‘अन्यका लागि कार्ड बनेको ६ वर्षमा पासपोर्ट एप्लाई गर्न सकिने नियम छ । तर, पढ्न आएका यस्ता विद्यार्थीको हकमा यो नियम स्पष्ट छैन । यसरी पढ्न आएका विद्यार्थीमध्ये ४-५ जना त विविध कारणले नेपाल फर्किसकेका छन्,’ उनले भने ।

केही युवा कुलतमा

सोचेजस्तो युरोप नदेखेपछि केही युवा भने कुलतमा फसेका छन् । कमाउने रहर बोकेर आएका युवा लागुपदार्थ दुव्र्यसनीमा लागेर पार्कतिर बरालिने गरेको भेटिन्छन् । नेपालदेखि नै कुलतमा लागेकाहरू यता आएपछि झनै स्वतन्त्र भएर कुलतमा लागेको पनि पाइएको छ ।

केही नेपाली सडकमा

कतिपय नेपाली त गाडी पार्किङ गराउन सहयोग गर्ने र उनीहरूबाट पैसा माग्ने काम पनि गर्न थालेका छन् । थोरैको संख्यामा मात्र यसरी नेपालीलाई सडकमा देखिने गरेको भए पनि पोर्चुगलमा देखिएको यो अवस्थालाई भने लुकाउन मिल्दैन ।

कसरी बन्छ पोर्चुगलको कार्ड ?

युरोप प्रवेश गरेको ६ महिनासम्म पोर्चुगलमा पुगेर पनि वैधानिक रुपमा काम गर्न मिल्दैन । कार्ड बनाउने प्रक्रिया स्वरूप सबैभन्दा पहिले फिनान्स नम्बर बनाउनुपर्छ । पासपोर्टमा यदि सेन्जेन भिसा छ भने, फिनान्स नम्बर लिँदा खासै रकम लाग्दैन ।

यदि भिसा सकिएको वा सेन्जेन नभए वकिलमार्फत बनाउँदा करिब एक सय ५० युरोसम्म खर्च लाग्ने गरेको स्थानीय बताउँछन् । लिगल भए फिनान्स नम्बर तत्काल बन्ने र अन्यको हकमा एक हप्तामा बन्ने गरेको पाइन्छ ।

काम गर्ने अनुमतिका लागि

काम गर्ने अनुमतिका लागि सेगुरान्सा सोसियल नम्बर -इन्सुरेन्स नम्बर) बनाउनुपर्ने हुन्छ । यदि काम गर्ने कम्पनीले काम गर्ने कन्ट्रयाक पेपर दियो भने आफैँले नम्बर निकालिदिन्छ । तर वकिलमार्फत जानुपरेमा एक सय ५० युरोदेखि ४ सय युरो खर्च लाग्ने गरेको भेटिएको छ । यसका लागि करिब २ देखि ३ महिना समय लाग्ने गरेको स्थानीय नेपाली बताउँछन् ।

फिनान्स नम्बर र सेगुरान्सा सोसियल नम्बर प्राप्त गरे पोर्चुगलको कार्डका लागि आवेदन दिने गरिन्छ । यसका लागि युरोप छिरेको ६ महिना हुनुपर्ने, वैधानिक कामको कन्ट्रयाक, एड्रेस प्रुफ लगायत कागजी प्रक्रियापछि आवेदक कार्डको प्रतीक्षामा हुन्छन् । सामान्यः खेतीमा काम गर्ने कामदारका लागि कन्ट्रोल ढिलो जाने पाइएकाले, यताबाट पेपर ढिलो बन्ने गरेको भेटिन्छ ।

कसैले एप्लाई गरेको ६ महिना नै कार्ड पाउने भए पनि कतिलाई २ वर्षसम्म लाग्ने गरेको पाइन्छ । तर सेन्जेन भिसा नभएकाहरूको हकमा छुट्टै प्रकिया हुने हुँदा कार्डका लागि सामान्यता २ वर्ष देखि ६-७ वर्ष सम्म पनि कुर्नुपरेका घटना छन् ।

एनआरएनएलाई समस्या

नेपालीको संख्या बढ्दै गए पछि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको कार्यालयमा विभिन्न समस्याका लागि नेपाली आउन थालेका छन् ।

राहदानी बनाउन, फिनान्स नम्बर, सेगुरान्सा सोसियल नम्बरदेखि कामको खोजी गर्नेहरू एनआरएनए कार्यालयको ढोका धाएकै हुन्छन् । २-३ जना इमिग्रेसन र्फम भर्न, पासपोर्टका लागि ३-४ जना त्यस्तै सोधपुछका लागि ८-१० जना मान्छे दिनहुँ कार्यालय धाउने गर्छन् । फेरि विवाद मुद्दा-मामिला, सम्बन्ध विच्छेद, कुटपिट झगडा, लेनदेनका विषय लिएर पनि नेपाली एनआरएन आउने गरेको केसी बताउँछन् ।
 संघका अध्यक्ष केसी भन्छन्, ‘सुरुदेखि नै हामीलाई नै गुहार्छन्, फिनान्स भर्न नचिनेको मान्छेसँग साक्षी बस्न प्रायः मान्दैनन् । तर संस्थामा हामी जिम्मेवार भएपछि आफैँ साक्षी बस्नुपर्छ । १ सय ५० भन्दा केही बढी नेपालीका लागि त म एक्लै साक्षी बसेको छु । अन्य मजस्तै धेरै साथीहरूले सहयोग गर्नुभएको छ ।’

पोर्चुगल आउने क्रम बढिरहेको बेला यहाँका समस्या र विविध कारणले नेपाल र्फकनेहरू पनि भेटिएका छन् । प्रत्येक महिना १० देखि १५ जना सम्म नेपाल र्फकने गरेको अनुमान छ । श्रोत : वसन्त रानाभाट , बार्सिलोना अनलाइनखबर |

Harke Haldar 17 Feb 2016

0 comments

५ फाल्गुन २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २५२ औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Like us

 

Search

 
Enjoy the site