Sunday, March 13, 2016

धदिङ केन्द्रबिन्दु भएर भुकम्प गयो

0 comments

काठमाडौँ, फाल्गुन ३० -आइतबार बिहान ११ बजे धदिङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको धक्का महशुस काठमाडौँसम्म गरिएको छ।
        गत बैशाख १२ गतेको शक्तिशाली भुकम्पपछि अहिलेसम्म पनि भुकम्पका पराकम्पहरु आउन छाडेको छैन । बैशाख १२ गतेयता हालसम्म चार रेक्टरस्केलमाथिका ४४० ओटा पराकम्पहरु गइसकेको केन्द्रले जनाएको छ।

Saturday, March 12, 2016

फेसबुक ह्याक गर्दा १६ लाख पुरस्कार

0 comments

काठमाडौं, २९ फागुन -  भारत बैंगलोरका एक सफ्टवयर इन्जिनियर आनन्द प्रकाशले फेसबुक ह्याक गर्दा फेसबुकले झण्डै १६ लाख रुपैयाँ पुरस्कार  दिएको छ। आनन्दले फेसबुक नै ९० पटकभन्दा धेरै र अन्य कम्पनीहरुको वेभसाइट पनि ह्याक गरिसकेको बताएका छन्।
अचम्म लाग्दो कुरा आफ्नो कम्पनीको वेभसाइट ह्याक गर्नेलाई किन पुरस्कार दिइएको होला । आनन्द भन्छन्, ‘यो कानूनी ह्याकिङको एउटा पाटो हो, कम्पनीहरु यसलाई बाउंटी रिवार्ड भन्छन्, मैले फेसबुकको लगइन सिस्टममा भएको बग सम्बन्धी जानकारी पत्ता लगाएको थिएँ।’
फेसबुकमा लगइन बगबाट जो कोहीको फेसबुक म्यासेज, फोटो, स्टाटसलगायतका सम्पूर्ण जानकारी लिन सकिन्छ। आनन्दले फेसबुक ह्याक गरेर पनि कसैलाई हानी हुने काम गरेनन्। उनले फेसबुकलाई नै आफूले ह्याक गरेको बारे जानकारी गराए।
फेसबुकले पनि आफ्नो सिस्टममा रहेको खराबी आफू मार्फत थाहा पाएको उनी बताउँछन्। ‘फेसबुक, गुगल, माइक्रोसफ्ट जस्ता कम्पनीहरु विश्वभरका ह्याकरलाई वेभसाइट ह्याक गर्न खुल्ला निमन्त्रणा दिन्छन्, जुन उनीहरुको लागि पनि सिस्टम थाहा पाउने सजिलो उपाय हुन्छ’ आनन्दले भने।
बिबिसीका अनुसार आफ्नो वेभसाइट ह्याक गर्नलाई फेसबुकले नै वर्षेनी ह्याकरलाई खुल्ला प्रतिस्पर्धा गर्ने अवसर दिन्छ जसमा आनन्द सन् २०१३ मा तेस्रो स्थानमा र २०१४ मा चौथो स्थानमा थिए। यो ह्याकरलाई आफ्नो साइट ह्याक गर्ने मान्यता दिने फेसबुकको तरिका हो। यसकै लागि आनन्दले १५ हजार डलर अर्थात झण्डै १६ लाख रुपैयाँ पाएका हुन्।

भक्तपुरका एक दिदि बलात्कार गर्ने भाइलाई १६ बर्ष जेल

0 comments

काठमाडौं, २९ फागुन । दिदी बलात्कार गर्ने भाइलाई अदालतले १६ वर्षको कैद सजाय सुनाएको छ । मध्यपुरथिमिका २० वर्षे एक युवकलाई भक्तपुर जिल्ला अदालतले दिदीलाई बलात्कार गरेको सजाय स्वरुप १६ वर्ष कैद सजाय र तीन लाख क्षतिपूर्तिको फैसला गरेको छ । शुक्रबार अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले भाइलाई कसुर ठहर गर्दै यस्तो फैसला गरेको हो ।
२२ वर्षे दिदीलाई बलात्कार गर्ने मध्यपुरथिमि नगरपालिका–१३ निकोसेरा घर भई हाल अनन्तलिंगेश्वर नगरपालिका–१२ दधिकोटमा बस्दै आएका ति युवकले जबर्जस्ती बलात्कार गरेको अनुसन्धानकाक्रममा खुलेको अदालतले जनाएको छ ।
अदालतले जबर्जस्ती करणी महलको दफा ३ को उपदफा ५ अनुसार ६ वर्ष कैद र हाडनाता करणी १ नम्बरको ८ बमोजिम थप १० वर्ष कैद गरी कुल १६ वर्ष कैद र भाइबाट रु तीन लाख क्षतिपूिर्त भराउने फैसला गरेको अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए ।
भाइविरुद्ध दिदीले प्रहरीमा उजुरी दिएपछि परिवारले पीडितलाई घरबाट र नोकरीबाट समेत निकालिएको थियो । त्यसपछि तत्कालका लागि पीडितलाई खान, बस्न र अध्ययन गर्नका लागि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गत् लैंगिक हिंसा निवारण कोषबाट तत्कालका लागि दुई लाख उपलब्ध गराउने फैसला गरेको समेत गरेको छ । श्रोत :दैनिक नेपाल


दक्षिणी सुडानमा तलबको सट्टामा महिलालाई बलात्कार गर्न अनुमति

0 comments
फाल्गुन २९ शनिबार। दक्षिणी सुडानमा सेनासँग जोडिएका लडाकुलाई तलबको सट्टामा महिलालाई बलात्कार गर्ने स्वीकृति दिने गरेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले खुलासा गरेको छ ।
गतवर्ष सुडानको तेलमा धनी राज्य युनिटीमा मात्रै एक हजार तीन सय महिलाको बलात्कार भएको प्रतिवेदनले देखाएको हो ।

दक्षिणी सुडानको सेनाले आम नागरिकको हत्या तथा बलात्कार गर्ने गरेको र यो युद्ध अपराध भएको राष्ट्रसंघले आरोप लगाएको छ । राष्ट्रसंघको आरोप भने दक्षिणी सुडानको सरकारले अस्वीकार गरेको छ ।
राष्ट्रसंघको प्रतिवेदन अनुसार सेनाले लडाकुलाई गर्न सकेको गर, लैजान सकेको लैजाउ भन्ने सम्झौताअनुसार काममा लगाउने गरेको र सोही सम्झौताअनुसार लडाकुलाई महिला तथा किशोरी आफ्नो साथमा लगेर बलात्कार गर्ने छुट रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तर, राष्ट्रपति साल्भा किरका प्रवक्ता एटेनी वे एटेनीले आफुहरुले नियमानुसार नै काम गरिरहेको दाबी गर्दै सेनाले आम नागरिकलाई निशाना बनाएको र उनीहरुको हत्या तथा बलात्कार गरेको भन्ने आरोपबारे छानविन भइरहेको दाबी गरेका छन् । एजेन्सी

Ditha Sab 12 Mar 2016

0 comments
फाल्गुन २९ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १४३ हेर्नुहोस।
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Bhadragol 11 March, 2016

0 comments

बिगत १८ मंशिर २०७२ पछि प्राबिधिक तथा प्रायोजकको समस्याको कारण रोकिएको हाँस्य व्यंगात्मक कार्येक्रम पुन फाल्गुन २८ सुक्रबारबाट नेपाल टि.भी.बाटै प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ९२ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
https://www.youtube.com/watch?v=cCNuCMdvZrM

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

बहादुर सिंह लामा र अन्य ४ जनाले आदिवासी जनजाति तर्फबाट विजयी भएको छन् ।

0 comments
     काठमाडौँ , फाल्गुन २९ - नेपाली कांग्रेसको १३औ महाधिबेशनको केन्द्रीय सदस्यमा आदिवासी जनजाति तर्फबाट पुरुष तर्फ ३ पदमा चिनकाजी श्रेष्ठ, बहादुर सिंह लामा र कल्याण गुरुङ विजयी भएका छन् भने महिला २ पदमा सीता गुरुङ र रत्न शेरचन विजयी भएको निर्वाचन समितिका प्रदिप पराजुलीले जानकारी दिएका छन्  ।

      चिनकाजी श्रेष्ठले ९४७ ल्याएका छन् भने बहादुर सिंह लामाले ७६७ मत ल्यायेरका छन् त्यस्तै कल्याण गुरुङले ७३४ मत ल्याएर विजयी भएका छन् । महिला तर्फ सीता गुरुंगले १२७४ र रत्न शेरचनले ८४७ मत ल्याएर विजयी भएकी छन् ।

Thursday, March 10, 2016

Harke Haldar 09 Mar 2016

0 comments

प्रत्येक बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २५५ औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TVबाट २६ फाल्गुन २०७२मा प्रसारित।
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

TOUGH talk with Kishore Nepal

0 comments

प्रत्येक बुधबार कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा बरिस्ट पत्रकार किशोर नेपालसँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभीबाट २६ फाल्गुन २०७२मा प्रशारीत TOUGH talk with Dil Bhusan Pathak

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Tuesday, March 8, 2016

Dhamala Ko Hamala with Jeetu Nepal

0 comments

हरेक अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली चलचित्र तथा हाँस्यब्यङ्ग क्षेत्रका कलाकार जितु नेपालसँग सँग ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ जितु नेपाल ''हेर्नुहोस . श्रोत : हिमालयन TV.२०७२ फाल्गुन २३ मा प्रसारित
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dhamala Ko Hamala with Min Biswakarma and Madhu Acharya

0 comments

हरेक अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली कांग्रेसका नेताद्वय मधु आचार्य र मिन विश्वकर्मासँग ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ मधु आचार्य र मिन विश्वकर्मा ''हेर्नुहोस . श्रोत : हिमालयन TV.२०७२ फाल्गुन १६ मा प्रसारित
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, March 6, 2016

Sajha Sawal Epi-434

0 comments

२३ फाल्गुन २०७२ आइतबार बेलुकी कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४३४ मा हरेक सफल महिलाको सफलताको पछाडी सहयोग गर्ने व्यक्तिहरु र अन्य ५० जनासंग गरिएको साझा बहस हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Ditha Sab 05 March 2016

0 comments

हरेक शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १४२ हेर्नुहोस। प्रसारित मिती २०७२-फाल्गुन २२ शनिबार
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Wednesday, March 2, 2016

TOUGH talk with Ram Chandra Poudel

0 comments

१९ फाल्गुन २०७२। कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा नेपाली कांग्रेशको १३ महाधिबेसनमा सभापती पदका उमेद्दार रामचन्द्र पौडेल सँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभीबाट प्रशारीत TOUGH talk with Dil Bhusan Pathak

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Harke Haldar 02 Mar 2016

0 comments

१९ फाल्गुन २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २५४ औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, February 28, 2016

Sajha Sawal Episode 433

0 comments

१६ फाल्गुन २०७२ आइतबार बेलुकी कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४३३ मा गत बैसाख १२ को भुईचालोपछि उत्तरी गोर्खाको चुम् उपत्यकामा दुख भोगिरहेको जनताहरुका साथै निरन्तर उद्दार , सेवा र सहयोगमा निस्वार्थ खटेका 'हिरो'हरुसंग गरिएको साझा बहस हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Saturday, February 27, 2016

Ditha Sab 27 Feb 2016

0 comments

२०७२ फाल्गुन १५ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १४१ हेर्नुहोस।
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.




Friday, February 26, 2016

कोटेश्वरमा ग्याँस फेला पर्यो

0 comments

काठमाडौं, फागुन १४ । राजधानीको कोटेश्वरचोकबाट ५० मिटर दक्षिणतर्फ सडक विस्तारकाक्रममा खनेको खाल्डोबाट ग्यास निस्किएको हो ।खाल्डोमा रहेको पानी घाममा उम्लने र माटो पाके जस्तो देखिएपछि स्थानीयले सलाइ कोरेर आगो लगाएका थिए ।सो स्थानमा लामो समयसम्म पनि निरन्तर आगो बलिरहेको बताइएको छ ।
श्रोत ईमेज खबर

VIDEO

आफु मरेर भएनी अन्य यात्रुलाई बचायो काष्ठमण्डप एयरका पाइलटले

0 comments
नेपालगंज,फागुन १४-‘जुम्लाका लागी नेपालगंजवाट उडेको जहाज कालिकोटको डाँडामा पुग्दै थियो अचानक प्वाट्प्वाट् गरेको आवाज आयो । यात्रुले के भयो भन्दै सोधेपछि मुख्य पाइलट दिनेश न्यौपानेले यात्रुलाई नआत्तिन आग्रह गरे । उनले सबैलाई सान्त्वना दिँदै भने, ‘हामी मरेर पनि तपाईंहरुलाई जोगाउने छौं, सचेत भएर बस्नुहोला ।’नेपालगञ्जबाट जुम्लाका लागि उडेको बिमान बीचबाटोमै पंखा रोकिएपछि मुख्य पाइलटले सम्भावित दुर्घटनाको जानकारी यात्रुहरुलाई दिएका थिए ।

विमानमा यात्रा गरेका गोविन्द प्रसाद भण्डारीले भने ‘पाइलटले भनेजस्तै आफू मरेर पनि हामीलाई बचाउनुभयो ।’लगातार चार चोटी जाहाजमा प्वाट् प्वाट् आवाज आएपछि म वेहोस भए त्यसपछि केहि थाहा भएन ।

नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस २ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भयो । दुर्घटना हुँदा पाइलट र को पाइलट दुवैको ज्यन गयो । तर, विमानमा सवार ९ यात्रुको ज्यान जोगियो ।आकासमा उडिरहेको बेला एक्कासी इन्जिन खराव भएपछि पाइलट न्यौपाने र को-पाइलट सन्तोष रानाले आकस्मिक अवतरणको प्रयास गरेका थिए ।

पाइलटहरुका अनुसार विमानको इन्जिन नै खराब भएपछि ग्लाइड गरेर धेरैबेर उडाउन सकिँदैन । यस्तो बेला सुरक्षित ठाउँ खोजेर विमानको आकस्मिक अवतरण गराउन सक्नु साहसिक काम हो ।

यो रुटमा आकस्मिक अवतरणका लागि खुल्ला ठाउँ पाउन मुस्किल रहेको सिम्रिक एयरका पाइलट विनोद पुरी बताउँछन् । ‘आकस्मिक अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर आउँछ र त्यो गुड्न पाउनुपर्छ’  पुरीले भने-‘इन्जिन फेल भएको अवस्थामा यसरी ल्याण्ड गराउनु र यात्रुहरुलाई बचाउनु ठूलो सफलता हो ।’

आफ्नै बुबाको हत्या गर्ने निर्दयी छोरी

0 comments
फागुन १३ । दाइजो नपाएको रिसमा भाडाका अपराधी प्रयोग गरी एक युवतीले राजधानीमा बुबाको हत्या गरेकी छिन्। नुवाकोट सुन्दरादेवीकी २० वर्षीया संगीता पाण्डे महर्जनले बुबाको सम्पत्ति खान २० लाख सुपारी दिएर ४३ वर्षीय बुबा माइला महर्जनको हत्या गरेकी हुन् ।



२० लाखमा हत्याको सुपारी

बुबाको हत्याका लागि संगाीताले पाँच युवालाई २० लाख रुपैयाँ सुपारी कबोलेकी थिइन्। बानियाँटार बस्ने विक्रम तामाङले हत्या गर्न ५० लाख रुपैयाँ मागेकोमा २० लाख दिने सहमति भएको थियो। तर हत्यापछि पैसा भने उनीहरुले पाएका थिएनन्। तामाङले हत्यका लागि आफ्ना साथी तथा आफन्तहरु सूर्य रानामगर, धनकुमार तामाङ, हरि तामाङ र सन्तोष थापामगरलाई लगाएका थिए। उनीहरु सवैलाई प्रहरीले पक्राउ गरेको छ। तीनैजनाको हत्या गर्नका लागि २० लाखको डिल गरिएको थियो। हत्यामा संलग्न दुई युवक फरार छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ।

 पैसा नपाएपछि हत्या गर्ने अठोट

संगीताले दुईवर्षअघि नुवाकोटको सन्तोष पाण्डेसंग प्रेम विवाह गरेकी थिइन्। जसमा परिवारको सहमति थिएन। तर संगीताले दाइजोबापत केही पैसा चाहिने भनेर माग्दै आएकी थिइन्। व्इटिसियनसम्बन्धी तालिम लिएकाले उनले ब्युटीपार्लर खोल्न बुवासंग पैसा मागेकी थिइन्। पैसा नपाएपछि माइतीघरबाट बुबाको जग्गाको लालपूर्जासमेत चोरेर लगेकी थिइन्।

पटक पटक पैसा माग्दा बुबा पैसा दिन तयार नभएपछि आफूले हत्याको योजना बनाएको पक्राउ परेपछि संगीताले बयान दिएकी छिन्। उनले हत्याको योजना विक्रम तामाङलाई सुनाउँदै माइतीका सबैको हत्या गरे लाखौँको सम्पत्ति आफ्नो नाममा आउने र त्यसबाट २० लाख दिने प्रस्ताव राखेकी थिइन्। त्यसमा तामाङ सहमत भएपछि दुवै मिलेर हत्याको योजना बनाएका थिए ।

अरब किन भनियो ? हिन्दूहरुसँग अरवको के सम्बद्ध छ ?

0 comments
भृगु ऋषिका नाति शुक्राचार्यको छोरोको नाउँ ” और्व ” हो । ऐतिहासिक रुपमा अरव ऋषि और्वकै नाउँबाट राखिएको हो । “हिस्ट्री अफ पर्शिया” का लेखक साइक्सले उल्लेख गर्दै भनेका छन् अरबको नाम और्व ऋषिको नाउबाट राखिएको हो र विकृत हुदै “अरब” हुन् पुगेको हो । हाम्रा पौराणिक ग्रन्थहरु अनुसार यस भूखण्डको उत्तर-पश्चिम क्षेत्रलाई इलावर्त भनिन्थ्यो जहाँ दैत्य र दानव रहने गर्दथे । यो ईलावर्तमा अहिलेको रुसको एशिया खण्डको दक्षिणी-पश्चिमी भूभाग र ईरानको पूर्वी भूभाग समेटिएको थियो ! आदित्यहरु(देवगण)को वासस्थान नेपालको उत्तर-पूर्वमा रहेको हिमालय क्षेत्र हो । बेबीलोनको प्राचीन गुफाहरुमा भेटिएको पुरातात्त्विक बस्तुहरुमा र गुफाको भित्तामा भेटिएका चित्रहरुमा भगवान विष्णु र हिरण्यकशिपुको भाई हिरण्याक्ष संग युद्ध गरेको चित्र भेटिएको कुरा कुनै पनि हिन्दूले बिर्सिनु हुदैन । त्यतिखेर अरब ठूलो व्यापारिक केन्द्रको रुपमा थियो ।

यसैकारण देव, दानव र दैत्य बीच इलावर्तकै कारण त्यसको विभाजनको बिषयलाई लिएर १२ पल्ट ‘देवासुर संग्राम’ भएको थियो ! देवताहरुको राजा ईन्द्रले आफ्नी छोरी जयन्तिको बिहे शुक्राचार्य संग गर्नुको उद्द्येश्यनै शुक्राचार्यलाइ देउताको पक्षमा ल्याउनु थियो तर शुक्राचार्यले मानेनन् । शुक्राचार्य जिद्धि स्वभावका भएका हुँदा विश्व बिजेता दैत्यराज बलिले शुक्राचार्यले भनेको नमान्दा दिक्क मानेर उनि आफ्नो नाती और्व ऋषिका समिप अरब आइ १० वर्ष बसेका थिए ! साइक्सले आफ्नो इतिहास ग्रन्थ “हिस्ट्री अफ पर्शिया” मा लेखेका छन् ‘शुक्राचार्य लिव्ड टेन इयर्स इन अरब’।
अरबमा शुक्राचार्यको धेरै सम्मान गरिएको थियो । शुक्राचार्यलाई सम्मान गरिएको ठाउँ लाइनै अहिले ‘काबा’ भनिएको हो । त्यो कावा ‘काव्य शुक्र’ (शुक्राचार्य , उनलाई कवि पनि भनिन्छ ) को सम्मानमा निर्माण गरिएको आराध्य देव शिवको मन्दिर हो जुन ‘काव्य’ नाम पछि विकृत भएर ‘काबा’ हुन् पुग्यो ! अरबी भाषामा ‘शुक्र’ को अर्थ ‘ठूलो ‘ अर्थात ‘जुम्मा’ यसैकारण भनिएको हो र यसै दिनलाई अर्थात ‘जुम्मा’ (शुक्रवार) लाइ मुसलमानहरु पवित्र दिन मान्दछन ।
 “बृहस्पति देवानां पुरोहित आसीत्, उशना काव्योऽसुराणाम्”-जैमिनिय ब्रा.(०१ -१२५ ) अर्थात बृहस्पति देउताहरुका पुरोहित थिए र उशना काव्य (शुक्राचार्य) असुरहरुका पुरोहित थिए ।
प्राचीन अरबी काव्य संग्रह गंथ ‘सेअरूल-ओकुल’ को २५७ औं पृष्ठमा हजरत मोहम्मद भन्दा २३०० वर्ष पहिले ईसा मसीह भन्दा १८०० वर्ष पूर्व जन्मिएका लबी-बिन-ए-अरव्तब-बिन-ए-तुरफाले आफ्नो प्रसिद्ध कवितामा हाम्रो भूमि र वेद प्रति सम्मान गरेको कविता हेरम –
“अया मुबारेकल अरज मुशैये नोंहा मिनार हिंदे।
व अरादकल्लाह मज्जोनज्जे जिकरतुन।१ ।
वह लवज्जलीयतुन ऐनाने सहबी अरवे अतुन जिकरा।
वहाजेही योनज्जेलुर्ररसूल मिनल हिंदतुन।२ ।
यकूलूनल्लाहः या अहलल अरज आलमीन फुल्लहुम।
फत्तेबेऊ जिकरतुल वेद हुक्कुन मालन योनज्वेलतुन।३ ।
वहोबा आलमुस्साम वल यजुरमिनल्लाहे तनजीलन।
फऐ नोमा या अरवीयो मुत्तवअन योवसीरीयोनजातुन।४ ।
जइसनैन हुमारिक अतर नासेहीन का-अ-खुबातुन।
व असनात अलाऊढ़न व होवा मश-ए-रतुन।५ ।”
अर्थात-(१ ) हे हिन्दूहरु बस्ने पूण्य भूमि (मिनार हिंदे) तिमी धन्य छौ , ईश्वरले आफ्नो ज्ञानको लागि तिमीलाई छानेको हो । (२ ) ईश्वरको ज्ञान प्रकाश, जुन चार प्रकाश स्तम्भ समान भई सम्पूर्ण जगतलाई प्रकाशित गर्दछ , यो हिन्दूहरु बस्ने (हिंद तुन) भूमिमा ऋषिहरु चार किसिमले प्रकट भए ! (३ ) र परमात्मा ले यस संसारका मान्छेहरुलाई आज्ञा दिएर भने वेद, जो दिब्य ज्ञान हो , सोही अनुसार आचरण गर । (४ ) वेद ज्ञानको भण्डार साम र यजुर हो , जसलाई ईश्वरले प्रदान गरे ! यसैले , हे मेरा भाइहरु वेद निर्दिष्ट कुराहरु तिमीहरु पनि स्वीकार यसले हामीलाइ मोक्षको मार्ग बताउद्छ !(५ ) र बाँकी दुई रिक्, अतर (ऋग्वेद, अथर्ववेद) ले हामीलाई भ्रातृत्वको शिक्षा दिन्छन , यसबाहेक जो इनका शरण पर्न आउछन ती कहिल्यै अन्धकारमा छिर्दैनन ।
इस्लाम धर्मका प्रवर्तक मोहम्मद वैदिक परिवारमा हिन्दू स्वरुपमा जन्मिएका थिए । उनले आफ्नो सम्बन्ध हिन्दू परिवारको पारीवारिक परम्परा र वंश परम्परा संग तोड़ने बिचारले आफुलाई पैगम्बर घोषित गर्ने निश्चय गरे , उनको यो निर्णयले उनको तत्कालिन संयुक्त हिन्दू परिवार छिन्न-भिन्न हुन् गयो र काबामा रहेको ठूलो शिवलिंग (संगे अस्वद) रक्षार्थ हुन् गएको युद्धमा पैगम्बर मोहम्मदका काका उमर-बिन-ए-हश्शाम मारिन पुगे । उमर-बिन-ए-हश्शामलाई अरब मुलुकमा तथा केन्द्र काबा (मक्का) मा यती धेरै सम्मान दिइन्थ्यो कि सम्पूर्ण अरबी समाज, जो भगवान शिवका भक्त थिए एवं वेद तथा हिन्दू देवी-देवताहरुका अनन्य उपासक थिए , उक्त शिव लिंगलाई अबुल हाकम अर्थात ” ज्ञान को पिता ” भनेर पुकार्थे ! पछि मोहम्मदको नयाँ सम्प्रदायले शिवलाई ईर्ष्या बश अबुल जिहाल ” अज्ञान को पिता ” भन्न थाल्यो ।
मोहम्मदले मक्कामा आक्रमण गर्दा , त्याँहा बृहस्पति, मंगल, अश्विनी कुमार, गरूड़, नृसिंह आदिका मूर्तिहरु थिए र एउटा मूर्ति तत्कालिन विश्वविजेता राजा बलिको पनि थियो । उनि दानी भएकोले तत्कालिन समाजमा प्रसिद्धि पाएका थिए त्यसकारण उनको एउटा हात सुनको राखिएको थियो । ‘Holul’ को नामले चिन्हिने यो मूर्ति त्याँहा इब्राहम र इस्माइल मूर्त्तिहरुको छेउमै राखिएको थियो । मोहम्मदले ती सबै मूर्त्तिहरु फ़ोड्फ़ाड गरेर त्यहींको ईनारमा फ्यालिदिए । त्यसमध्ये पनि भाचिएको शिवलिंगको एउटा टुक्रा आज पनि काबामा छदै छ । त्यै शिवलिंगलाइ प्रत्येक मुश्लिम व्यक्तिले सम्मानपूर्वक हेर्दछ र हज गर्दा प्रत्येक मुसलमानले त्यो कालो शिवलिंगलाइ ‘संगे अस्वद’ भनी आदर सम्मानका साथ् म्वाइ खान्छ !
प्राचीन अरबीहरुले सिन्धलाइ सिन्ध नै भने पनि हिन्दूहरु बस्ने ठाउँलाई चाहि हिन्द भने ! यहि कुरालाइ हाम्रा तताकथित बोक्रे बिद्वानहरुले सिन्धुबाट हिन्दू भएको भनि प्रष्ट्याए । सिन्धुबाट हिन्दू भएको भंनेकुरो हास्यास्पदमात्र होइन अबैज्ञानिक पनि छ किनभने इस्लाम धर्मका प्रवर्तक मोहम्मद जन्मिनु भन्दा २३०० वर्ष अघि सम्म अर्थात लगभग १९०० ईश्वी बर्ष पहिला अरबमा हिंदू शब्द जस्ताको त्यस्तै आजकै अर्थमा प्रयोग हुन्थ्यो । अरब मुलुकको प्राचीन समृद्ध संस्कृति वैदिक थियो । त्यस बेला ज्ञान-विज्ञान, कला-कौशल, धर्म-संस्कृति कोलागि तिनीहरुको पूर्व संगको सम्बन्ध प्रगाढ थियो।
अरबी काव्य संग्रह ग्रंथ ‘ सेअरूल-ओकुल’ को २५३ औं पातोमा हजरत मोहम्मदको काका उमर-बिन-ए-हश्शामको कविता छ जसमा उनले हिन्दू शव्दको प्रयोग आदर र सम्मानका साथ् गरेका छन । ‘उमर-बिन-ए-हश्शाम’ को कविता नयी दिल्ली स्थित श्री लक्ष्मीनारायण मन्दिर (बिड़ला मन्दिर) को वाटिकामा रहेको यज्ञशालाको रातो ढुङ्गामा यस प्रकार लेखिएको छ –
” कफविनक जिकरा मिन उलुमिन तब असेक ।
कलुवन अमातातुल हवा व तजक्करू ।१ ।
न तज खेरोहा उड़न एललवदए लिलवरा ।
वलुकएने जातल्लाहे औम असेरू ।२ ।
व अहालोलहा अजहू अरानीमन महादेव ओ ।
मनोजेल इलमुद्दीन मीनहुम व सयत्तरू ।३ ।
व सहबी वे याम फीम कामिल हिन्दे यौमन ।
व यकुलून न लातहजन फइन्नक तवज्जरू ।४ ।
मअस्सयरे अरव्लाकन हसनन कुल्लहूम ।
नजुमुन अजा अत सुम्मा गबुल हिन्दू ।५ ।
अर्थात् – (१ ) त्यस्तो मान्छे , जसले सारा जीवन पाप कर्म र अधर्म गर्दै बिताएको छ, काम- क्रोध गर्दै आफ्नो यौवन बिताएको छ ।(२ ) यदि उ पश्चाताप गरी अरुको भलो गर्ने उद्द्येश्यले फर्किन चाहान्छ भने त्यस अवस्थामा उसको कल्याण सम्भव छ ? (३ ) भन्दै द्विविधामा रहेको व्यक्तिले यदि अशल नियतले शिवजीको पूजा गर्दछ भने उसले धर्म-मार्ग अंगाल्दा उच्च भन्दा उच्च पद पाउन सक्तछ । (४ ) हे प्रभु ! मलाई सम्पूर्ण जीवन दिन नसके पनि एक दिन मात्र भएपनि हिन्दू मुलुकमा बस्न देउ त्याँहा पुग्न पाए मेरो मान्छेको चोला धन्य हुनेछ ! (५ ) त्यहाँ पुग्न पाए सबै शुभ कर्म प्राप्ति गर्न सक्थे आदर्श गुरूजनहरुको (गबुल हिन्दू) सत्संग गर्न पाउथे । प्रस्तुत लेख प्रवीण अधिकारीको फेसबुक वालबाट साभार गरिएको हो । 

Wednesday, February 24, 2016

भबिस्यको वसिङ्ग मेशिन डोल्फी नामक हलुको सानो यन्त्रको अविस्कार

0 comments

फाल्गुन ११, २०७२। वैज्ञानिकहरूले लुगा धुने वासिङ मेसिनको भरपर्दो विकल्पका रूपमा डोल्फी नामक अत्यन्तै सजिलो, हलुका र हातैमा अटाउने यन्त्रको आविष्कार गरेका छन् । हालको आधुनिक भनिएको वासिङ मेसिन लुगा धुन झन्झटपूर्ण र खर्चालु छ । त्यस्तै वासिङ मेसिन आकारमा सानो दराजजत्रो हुने भएकाले मेसिन चलाउने उपभोक्ताहरूलाई दिक्क हुने गरेका छन् । भर्खरै आविष्कार गरिएको डोल्फी लक्स साबुनजत्रो आकार–प्रकारको भएको बताइन्छ । हलुका, बोक्न र चलाउन सजिलो यो मेसिनले वासिङ मेसिन युगको अन्त्य गर्ने दाबी गरिएको छ ।
अल्ट्रासोनिक साउन्ड टेक्नोलोजीमा आधारित यो उपकरणलाई औद्योगिक स्तरमा उत्पादन एवं बिक्री–वितरण गर्न इन्डिएगो नामक वेबसाइटमार्फत लगानी गर्न विभिन्न दाताहरूबाट अहिलेसम्म १० लाख डलर संकलन गरिसकिएको छ । डिटरजेन्ट पानीमा भिजाएर राखिएको लुगाको बीचमा डोल्फी मेसिन राखेपछि यो मेसिनले ध्वनि तरंग (साउन्डवेभ) को माध्यमबाट लुगाबाट सारा मैला, फोहर तथा दागहरू हटाएर त्यसलाई सफा गरिदिन्छ ।
यो यन्त्र प्रयोग गर्न पनि सजिलो छ । ठूलो प्लास्टिक वा आल्मुनियमको भाँडामा वा वेसिनमा डिटरजेन्ट पाउडरसित पानीमा भिजाएर लुगालाई राख्नुपर्छ र लुगाको बीचमा डोल्फी यन्त्र राखिदिनुपर्छ । आधा घण्टाभित्र ध्वनितरंग (अल्ट्रासोनिक साउन्डवेभ) मार्फत पानीका फोकाहरू बनाउँदै र प्याटप्याट फुटाउँदै यन्त्रले सबै लुगालाई सफा गरिदिन्छ ।
१ सय डलर मूल्यको यो यन्त्रले छिनभरमै कुनै पनि आल्मुनियम र प्लास्टिकको बट्टा वा बेसिनलाई आधुनिक वासिङ मेसिनमा परिणत गरिदिन्छ । यो यन्त्रको प्रयोगमा कपडाको रङ जाने वा खुइलिने समस्या हुँदैन । मैलो र दाग हटाउन कपडालाई हातले रगड्नु पर्दैन । सन् २०१६ को पहिलो तीन महिनामै ८ हजारवटा डेल्फी मेसिन उत्पादन गरी बजारमा पठाउने लक्ष्य लिइएको छ ।
जर्मन व्यवसायी लेना सोलिसले यात्राका क्रममा यो यन्त्रको आविष्कार गरेकी हुन् भने एन्ड्रेफान्गुएरोले यो उत्पादनको डिजाइन गरेका हुन् । लुगाकपडा सरसफाइको पूरै प्रणालीलाई परिवर्तन गर्ने विश्वास गरिएको यो यन्त्र दैनिक एवं व्यक्तिगत प्रयोगका लागि थप किफायती र उपयोगी सावित हुने बताइएको छ । यो यन्त्रको प्रयोगले वासिङ मेसिनमा विश्वभर खपत हुने लाखौं युनिट विद्युत् बचत गर्न सकिनेछ । इन्डिएगो वेबसाइटमार्फत यो मेसिन अनलाइन खरिद गर्न सकिन्छ । एजेन्सी

Harke Haldar 24 Feb 2016

0 comments


१२ फाल्गुन २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २५३ औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

TOUGH talk with Minister of Finance Bishnu Poudel

0 comments

१२ फाल्गुन २०७२। कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा अर्थमंत्री बिष्णु पौडेलसँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभीबाट प्रशारीत TOUGH talk with Dil Bhusan Pathak

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा चालक दलका सदस्यसहित २३ जनाको मृतु

0 comments
       
       १२ फाल्गुन २०७२। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन–एएचएच ट्वीनअटर विमान दुर्घटनामा परेको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ८ बजेर ५ मिनेटमा जोमसोमको लागि उडेको विमान म्याग्दीको रुप्सेमा दुर्घटनाग्रस्त भएको हो । चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनात पौडेलले जानकारी दिएका छन । चालक दलका तीन सदस्य, दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिकको मृत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित २३ जना रहेका थिए ।
विमानमा रहेका यात्रुहरुको नामावलीः 
      लेप्साङ लामा, राजकुमार तामाङ, रेवती बराल, देवीजंग गुरुङ, बालकृष्ण राउत, मुक्तिनाथ बास्तोला, फेन्जोक गुरुङ, विनिता भट्टचन, कृष्णलाल भट्टचन, मोतीबहादुर केसी, पवित्रा केसी, दीलकुमारी गौचन, कान्छा परियार, लक्ष्मी हिराचन, बालक, कमला थकाली,विदेशी नागरिक अहमत र एक जना बालक ।श्रोत – नेपालपाटी बाट साभार गरिएको।

Like us

 

Search

 
Enjoy the site