Wednesday, May 27, 2015

दादबाट छुटकारा पाउन ५ अचुक प्राक्रितिक घरेलु उपचार

0 comments
दादमा एक चिकित्सकिय अवस्था हो जसले छालामा  असर पुर्याउँछ । साना बच्चाबच्ची तथा केटाकेटीमा यो समस्या प्रायजसो देखिन्छ । यद्धपि, चिकित्सकहरुका अनुसार, यो समस्या अधबैशे तथा उमेर पुगेका मानिसहरुमा पनि देखिन्छ ।

यो रोग शरीरको केही निश्चित भागमा देखा पर्छ । हुनत एगजिमालाई यसको आकार, प्रकार र रुपअनुसार बेग्ला बेग्लै नामाकरण गरिएको छ । तर पनि दाद तथा एगजिमा भनेको एउटा चिलाउने रोग हो ।

एगजिमा तथा दाद लागेको स्थानमा स्वभाविक रुपमा चिलाउने गर्छ । कुनैकुनै बेला यसले त आजितै पार्छ र यसलाई नचिलाए सम्म मन शान्तै हुँदैन । नियमित चिलाउने गरेमा यो सुनिने र रगत समेत आउने गर्छ । यो खुला घाउ त्यसपछि संक्रमण र सुनिन्छ । आज हामीले जानकारी गराउन लागेको प्राक्रितिक उपचारले एगजिमालाई सहजै पराजित गर्छ भन्ने विश्वास अनुसन्धानले देखाइसकेको छ । 

आवश्यक सरदाम:

१. नरिवलको तेल
विशेषज्ञहरुका अनुसार, नरिवलको तेलमा एन्टीमाइक्रोबायल, एन्टीओक्सीडन्ड, एन्टीबाकटेरियल र एन्टीफंगल गुण भएकाले एगजिमा रोकथाममा यसले अचुक भुमिका खेल्छ । एगजिमा भएको ठाउँमा नरिवलको तेल दल्नुहोस् र हल्का मसाज गर्नुहोस् । यो प्रक्रिया दिनको ३(४ पटक दोहोर्याउँनहोस् ।

२. एलोभेरा
एलोभेरा एगजिमा रोगमा अति उत्तम ओखती हो । एलोभेराको जेल घाउ भएको ठाउँमा दल्नुहोस् र यसलाई कही घण्टाका लागि त्यसै छाडी दिनुहोस् ।

३. हरियो चिया
हरियो चियामा विषादी नाषक गुण प्रयाप्त मात्रामा पाइने भएकोले यो पउिने गर्नाले एगजिमा सँचो भएर जान्छ ।

४. मह
बैज्ञानिकहरुका अनुसार, महमा एक प्रकारको एन्टीसेप्टीक गुण हुन्छ । दुई चम्चा माहुरीको मह र दुई चम्चा जैतुनको तेललाई एउटा सानो ससप्यानमा राखेर मिसाउनुस् । अव यो मिश्रणलाई एगजीमा भएको ठाउँमा दल्नुस्। यसो गर्नाले एगजीमा का कारणबाट हुने रातो र टाटे दाग सहजै हराएर जान्छ ।  

५. हाडेबदामको पात
हाडेबदामको केही पातलाई पिन्नुस् । अव यसलाई थोरै पानीमा खन्याउनुस् र पेस्ट तयार पार्नुहोस् । ओखती तयार भयो । अव यो ओखती एगजीमा भएको ठाउँमा दल्नुहोस् । यसले घाउलाई निको पार्छ ।

ARLUV GURUNG - BABY I (ft. Suzie, Bidhan & Fuba Tamang)

0 comments


Baby I Love You ( Aakhama Aayera ) - Santosh Khadgi Ft. Prashna Shakya | New Nepali Pop Song 2015

0 comments

NILO AAKASH ( KASPS - THE FWDR BAND ) New Official RNB / Rap Song ( Hot Song )-2015 FULL HD 1080p

0 comments

बिदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको अत्यन्त जरुरी सूचना !!! सबैले एक पटक हेर्न नभुल्नुस होला MRP

0 comments
सन २०१५ को नोभेम्वर २४ अगावै हस्तलिखित राहदानी प्रतिस्थापन गरी मेशिन रिडेवल राहदानी (MRP) जारी गरिसक्नु पर्ने अन्तरराष्ट्रिय नागरिक उडड्यन संगठन (ICAO) को प्रावधानलाई सफल तुल्याउनका लागि राहदानी विभाग परराष्ट्र मन्त्रालयले एक सूचना सार्वजनिक गरेको छ ।
 हस्तलिखित राहदानी लिई बिदेशमा रहेका नेपाली नागरिकहरुले समयमै (MRP) नबनाएमा उहाँहरुको बर्साई गैरकानूनी हुन गई विभिन्न कानूनी तथा प्राविधिक कठिनाईहरु भोग्नु पर्ने अवस्था आउन सक्ने हुनाले यथाशीघ्र आफू रहेको देशको नेपाली नियोगमा सम्पर्क गरी मेशिन रिडेवल राहदानी (MRP) बनाउन अनुरोध गर्दै राहदानी विभाग परराष्ट्र मन्त्रालयले सो सूचना जारी गरेको हो । 

भैंसीबाट ज्यान बचाउन सिंह रुख चढेपछि

0 comments
एजेन्सी : जंगलको राजा सिंह । जंगलमा सिंहले अरु जनावारमाथि आफ्नो साम्राज्य फैल्याएको हुन्छ । सिंहको एउटै गर्जनले सारा जंगली जनावर र मान्छेको समेत सातो उड्छ ।

तर, यही सिंह कहिलेकाहीँ निरिह बनेको देख्न पाइन्छ । यस्तै एउटा अनौठो दृश्यलार्इ एकजना पर्यटकले क्यामेरमा कैद गर्न सफल भएका छन् ।

जंगली भैंसीको समूहमाथि जाइ लागेको सिंहले उल्टै आफ्नो ज्यान जोगाउन भाग्नुपर्यो । सिंहले लखेटेपछि रिसाएका भैंसीले खेद्दा जंगलको राजा सिंह आफ्नो ज्यान जोगाउन रुखमा चढ्न बाध्य भयो ।


सिंहले रुखमा चढेर पनि धर पाएन । रुखमा अड्केको सिंह झर्ने समय कुरेर भैंसीको समूह रुखलार्इ घेरेर बसिरहे ।

केन्याकै पूर्वसेना अधिकारी ६३ वर्षीय चार्ल्स कमिन किनियाले मासाई मारा रिजर्भको यात्रामा थिए । जब उनले यो दुर्लभ दृश्य देखे । चार्ल्स र उनकी पत्नीले यो रिजर्भको यात्रा यति अविस्मरीण हुने सोचेका पनि थिएनन् ।

कमिनले आफ्नो गाइडका साथमा केबल भैंसीको मात्र पिछा गरेका थिए । उनले पिछा गरिरहेको भैंसीको समूहले सिंहको एउटा बच्चालार्इ पनि खेदिरहेको देखे ।

अचानक झाडीबाट सिंह आफ्नो बच्चालार्इ बचाउन अगाडि आयो । तर भैंसीको समूहले लखेटेपछि त्यो सिंह तत्काल रुखमा चढ्न पुग्यो ।

अन्तिममा सिंहको पञ्जा रुखबाट खुस्किन लाग्यो । अन्तत: रुखबाट लडेको सिंहलार्इ पुन: भैंसीको समूहले लखेट्न सफल भए । 

राहतको पैसाले घर र गाडी किनेको भेटियो

0 comments
केही दिन अघि अमेरिकाबाट आएका एकजना गैरआवासीय नेपाली (एनआरएन)ले मसँग भेट गर्नुभयो । उहाँले सरकारको खातामा जम्मा भएको रकम दुरुपयोग हुनसक्ने भन्दै मसँग गुनासो पनि गर्नुभयो ।
मैले उहाँलाई भनें- प्रधानमन्त्री राहत कोषमा जम्मा भएको पैसा योजना आयोगको उपाध्यक्ष अध्यक्ष भएको संयन्त्रले खर्च गर्छ, जसमा नेपाल सरकारका ६ जना सचिव हुन्छन् । र, यो पैसाबाट एक रुपैयाँ पनि प्रशाशनिक खर्च हुने छैन । संवैधानिक निकायकोरुपमा रहेको महालेखा परीक्षकले यसको अडिट गर्छ ।
सरकारले संसद, जनता, अख्तियार र मिडियालाई पारदर्शीरुपमा हिसाब बुझाउनुपर्छ । त्यसैले प्रधानमन्त्री राहतकोषमा जम्मा भएको एक रुपैयाँ पनि हिनामिना हुँदैन भनेपछि एनआरएनका ती मित्रले ‘ओ हो कुरो यस्तो रहेछ । तर, अमेरिकामा त सरकार कांग्रेस र एमालेको छ, प्रधानमन्त्री राहतकोषमा जम्मा भएको रकम कांग्रेस र एमालेका कार्यकर्तालाई मात्रै बाँडिन्छ, त्यसैले संससंस्थामा जम्मा गरेको राहतको मात्रै सदुपयोग हुन्छ भन्ने व्यापक हल्ला छ’ भन्नुभयो ।
    म तपाईहरुलाई यो कुरा प्रष्ट बताउँ कि नेपालमा एउटा समूह नै रहेछ, जो निरन्तर द्वन्द्व भइरहोस्, भूकम्पलगायतका महाविपत्तिहरु आइरहुन् भन्ने ठान्दो रहेछ
हाइटीमा भूकम्प गएका बेला काम गरेका एकजना प्राध्यापकलाई संयोगबस काठमाडौंमा भेट्ने अवसर पाएँ । उहाँले यतिबेला एउटा यस्तो समूह हुन्छ, जसले राहत संकलनका नाममा ब्रम्हलुट गर्छ भन्ने सुनाउनु भयो । मैले स्वयं पनि त्यस्ता सक्रिय समूहहरु भेटेँ । त्यसैले बरु त्यस्तो राहत नआए पनि नआओस् भनेर भूकम्प पीडितलाई राहत संकलन गर्ने नाममा बैशाख १२ गतेपछि खुलेका खाता ‘एयरमार्क’ गरी राष्ट्र बैंकमा रहेको सरकारको खातामा सीधै जम्मा गर्ने निर्णय गरिएको हो ।
नेपालमा एउटा गिरोह नै छ
म तपाईहरुलाई यो कुरा प्रष्ट बताउँ कि नेपालमा एउटा समूह नै रहेछ, जो निरन्तर द्वन्द्व भइरहोस्, भूकम्पलगायतका महाविपत्तिहरु आइरहुन् र बैंक खाता खोलेर स्वदेश तथा विदेशमा रहेका नेपाली तथा संघ संस्थाबाट पीडितका लागि भन्दै राहत संकलन गर्न पाइयोस् भन्ने ठान्दोरहेछ ।
त्यस्ता उद्देश्यले खोलिएका सामान्य खातामा पनि २०/२५ लाख रुपैयाँ जम्मा हुँदो रहेछ । त्यो रकम लिएर यहाँ आउने अनि दुई चार जना मिडियाका साथीहरु बोलाएर १० प्रतिशत राहत बाँडेको देखाउने अनि अतिरिक्त शुल्क  (ओभरहेड) जोडेर ९० प्रतिशत झ्वाम पार्ने प्रवृत्ति रहेछ ।
मिडियाका साथीहरुले पनि राहत बाँडेको फोटोसहित देखाइदिनुहुन्छ । अनि त्यो संस्थाले मेरो संस्थाले पीडितका लागि यस्तो गर्‍यो, उस्तो गर्‍यो, तर सरकारले खै गरेको ? भन्दै हिँड्ने पेशा नै रहेछ केही मानिसहरुको ।
गरिब नेपालीका नाममा सार्वजानिकरुपमा चन्दा माग्ने अधिकार सरकारबाहेक अरु कसैलाई छैन । त्यस्तो पैसा देशमा भित्र्याएर देशको बेइज्जत गर्नुछैन ।
    म तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु कि प्रधानमन्त्री राहत कोषमा जम्मा भएको खर्च एक रुपैयाँ पनि दुरुपयोग हुने छैन । प्रशासनमा एक रुपैयाँ पनि खर्च गरिने छैन
नेपालीको नाममा सार्वजानिकरुपमा आहृवान गरेर पैसा उठाउने त्यो संस्था र व्यक्तिले अडिट पनि गर्नु नपर्ने, आफूले मनलाग्दी खाए पनि हुने । सरकार एकदमै कमजोर र भ्रष्ट छ भनेर विदेशमा प्रचार गर्दै हिँड्ने । उनीहरुले म र मेरो संस्थामात्रै ठीक सरकार बेठीक भनेर प्रचार गर्ने गरेको पाइयो । उ ठीक हो कि होइन भनेर उसको अडिट रिपोर्ट सार्वजानिक हुँदैन ।
दशकौंदेखि नेपालमा विभिन्नखालको उत्पात भइराखोस् र गरिब नेपालीका नाममा विदेशमा रकम संकलन गरेर झ्वाम पार्न सक्रिय गिरोहले सरकार भ्रष्ट छ, अपारदर्शी छ भनेर भ्रम फैलाइरहेका साथीहरुले संकलन गरिएको राहतबाट घर र गाडी किनेकोसमेत भेटियो ।
उनीहरु मसँग आएर निकै उफ्रिए । तपाईहरुले ती मान्छे र संस्थालाई चिन्नुहुन्छ म अहिले तिनीहरुको नाम सार्वजानिक गर्न चाहन्न । ती साथीहरुले तत्काल एयरमार्क रोक्नुपर्‍यो भन्दै अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसमेतलाई दबाव दिए ।
भ्रष्टाचारको सम्भावना छैन
जब कि अहिलेको स्थितिमा सरकार जनताबाट निर्वाचित भएर आएका प्रतिनिधिका बीच अर्थात संसदप्रति उत्तरदायी छ ।  साथै, जनता, अख्तियार र मिडियाप्रति उत्तरदायी छ । सभासदले एउटा त्रिपाल लिएर जाँदा मिडियाले मुख्य समाचार बनाए । जसकारण सभासदहरुले त्रिपाल फिर्ता गर्नुपर्‍यो । ती सभासदहरुको पनि घर भत्किएको थियो होला । त्रिपालमा बस्नुपर्ने अवस्था थियो होला ।
    फलानो बैंकले भूकम्प पीडितलाई यति करोड राहत दियो भनेर सुन्न पाइयोस् । यो तपाई बैंकरहरुको सामाजिक उत्तरदायित्व पनि हो
तर, मिडिया र सोसल मिडियामा भएको आलोचनापछि सभासदहरुले त्रिपाल फिर्ता गरे । यसले के देखाउँछ भने सरकारबाट वितरण हुने राहतमा एउटा त्रिपाल पनि हिनामिना वा दुरुपयोग हुने सम्भावना न्यून छ ।
म तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु कि प्रधानमन्त्री राहत कोषमा जम्मा भएको खर्च एक रुपैयाँ पनि दुरुपयोग हुने छैन । प्रशासनमा एक रुपैयाँ पनि खर्च गरिने छैन ।
हाइटीमा भूकम्प पीडितका लागि ६ विलियन डलर बैदेशिक सहायता आयो । तर, सरकारी संयन्त्रले खोज्दा पनि ३ बिलियन डलर मात्रै भेट्टायो । अरु पैसा कहाँ गयो कहाँ ? र, यतिखेर नेपाललाई हाइटीसँग तुलना गरेर विश्लेषण गरिएको सुनिरहेको छु ।
यस्तो महाविपत्ति जापान, चीन र भारतको गुजरातमा पनि आएको थियो । उनीहरुले महाविपत्तिलाई अवसरकोरुपमा परिणत गरेका पनि त छन् नि ? ती ठाउँमा विपत्तिको सम्पूर्ण व्यवस्थापन सरकारमार्फत भएको हो ।
निजी क्षेत्रलाई सहभागी गराउने आफ्नो पार्ट छ । तर, किन नेपाललाई ती देशसँग तुलना गरेर हेरिँदैन ?
अन्त्यमा, बैंकहरुसँग मेरो एउटै आग्रह छ । सरकार र राष्ट्र बैंकलाई तपाईहरुबाट केही चाहिएको छैन, फलानो बैंकले यति नाफा कमायो भनेर जसरी यसअघि पत्रिकामा पढ्न पाइन्थ्यो । बस, त्यसरी नै फलानो बैंकले भूकम्प पीडितलाई यति करोड राहत दियो भनेर सुन्न पाइयोस् । यो तपाई बैंकरहरुको सामाजिक उत्तरदायित्व पनि हो । आज को अनलाइन खबरमा । खबर छ

एक मिनेटको अन्तरमै दुई धक्का, बुधबार दिउँसो तीनओटा पराकम्पन

0 comments
काठमाडौं, जेष्ठ १३ । गत वैशाख १२ को शक्तिशाली भूकम्पपछि पराकम्पन आउनेक्रम अझै रोकिएको छैन । बुधबार पनि चार म्याग्निच्यूडमाथिका तीनओटा पराकम्पन आएका छन् ।

दिउँसो १ बजेर १५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४ दशमलव ५ म्याग्निच्यूडको पराकम्पन आएको एक मिनेट नबित्दै १ बजेर १६ मिनेटमा सिन्धुपाल्चोकै केन्द्रबिन्दू भएर ४ दशमलव ६ म्याग्निच्यूडकोपराकम्पन आएको हो । त्यसको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।

यसअघि बुधबार दिउँसो १२ बजेर ३ मिनेटमा दोलखा केन्द्रबिन्दू भएको ४ दशमलव २ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

एक महिनाको अवधिमा ४ म्याग्निच्यूडदेखि माथिका २ सय ७४ पराकम्पन आइसकेको केन्द्रले जनाएको छ ।

भूकम्पविद्हरुले पराकम्पन आउनेक्रम केही समय रहने भन्दै मानवनिर्मित संरचनाबाट खतरा हुने भएकाले सुरक्षित भएर बस्न सुझाएका छन् ।

घ्युकुमारीको जुस पिउदा र लगाउदा हुने यस्ता फाइदाहरु !!!

0 comments
जार वर्ष पुरानो औषधी हो । यसको करिब २ सय ५० प्रजाति रहेका छन् । यसमध्ये केही प्रजातिमात्र औषधीय गुण हुने गर्छ । यसमा सबैभन्दा प्रभावशाली प्रजाती बार्बाडेन्सीस वा एलोभेरा हो । हाम्रो शरिरको सही विकाका लागी २१ वटा एमिनो एसिडको आवश्यकता पर्छ । यसमा १८ वटा एमिनो एसिड एलोभेरामा पाइन्छ ।



एलोभेरा जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ ।



एलोभेरामा १८ धातु, १५ एमिनो एसिड, र १२ थरीका भिटामिन पाइन्छ । यसले शरिरमा रगतको मात्राको कमीलाई कम गर्नुका साथै शरिरमा प्रतिरोधी क्षमतामा बृद्धी गर्छ । एलोभेरा जुस गर्भासयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्याउँछ । गर्मी, वर्षाका कारण हुने विभिन्न समस्याबाट समेत यसले मुक्ति दिने गर्छ। गुलाब जलमा एलोभेराको रस मिसाएर अनुहारमा लगाउनाले अनुहारमा चमकता आउँछ ।



थाहा पाऔ एलोभेराको जुस पिउनुले हुने फाइदाहरू...

- प्रदुषण, जंक फुड, अनहेल्दी लाइफ स्टाइल, स्मोकिङ र ड्रिकिङ्ग आदीबाट शरिरमा बेफाइदा हुने गर्छ र यी खानेकुराले शरिरमा बिकार तत्व बढि मात्रामा निकाल्ने गर्छ । एलोभेरा जुसको नियमित सेवन गर्नाले यी सबै विकार पदार्थ बाहिर निस्किने गर्छन् ।



- दैनिक रूपमा एक गिलास एलोभेरा जुस पिउनाले तौल घट्छ साथै यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत मुक्ति पाइन्छ । साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ ।



- एलोभेराको जुसले दाँतको पहेलोपन पनि कम गर्छ । यसको दैनिक प्रयोगले दाँतमा हुने किटाणु नष्ट हुन्छ । सासमा हुने दुर्गन्ध समेत यसले कम गर्छ ।



- एलोभेराको जुस एक हिसाबले शक्ति दिने पदार्थ हो । यसको नियमित प्रयोगले शरिरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ । यसले रो प्रतिरोधी क्षमतालाई पनि बृद्धी गर्छ ।



- एलोभेरा जुसले रगतको कमीलाई पनि कम गर्छ । एलोभेराको ६ देखी ८ इन्च तासिएको टुक्रा, ५-७ वटा तुलसीकोप पत्ता र ४-५ वटा नीमको पात लिएर थोरै पानीमा हालेर पिस्ने र यसलाई तातो काढाँ बनाएर पिउनाले एनीमिया सञ्चो हुन्छ ।



- एलोभेराको जुसले छालालाई समेत फाइदा पुर्याउँछ । यसको नियमित प्रयोगले छालामा चमकता ल्याउनुको साथै स्वस्थ समेत राख्छ । यस्तै, यसले कपाललाई पनि स्वस्थ राख्ने र रूखोपनलाई कम गर्ने गर्छ ।



- एलोभेराको जुसले रगतको सञ्चालनलाई ठिक गर्छ । यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्याउँछ । यस्तै, मुटुका बिरामीका लागि पनि यो निकै उपयोगी हुन्छ ।

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

0 comments
काठमाडौं : प्रथम एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा मंगलबार नेपालले आकर्षक खेल देखाउँदै आयोजक बंगलादेशलाई ३-२सेटमा हराएको छ। नेपालले खेल १५-२५, २५-२१,२३-२५,२५-१६,१५-११ले जितेको थियो।
 
जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ। समूह 'बी'अन्तर्गतको अन्तिम खेलमा नेपालले सानदार खेलको नमूना प्रदर्शन गरेको थियो। समूहको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ३-१ को सेटमा हराएको थियो। दोस्रो खेलमा नेपाल माल्दिभ्ससँग ३-१ को सेटमा पछि परेको थियो।
 
जेठ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरेका छन्। एसियाली १२ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपको पहिलो चरणमा नेपालले सात राष्ट्रसँग प्रारम्भिक छनोट खेल्नुपर्नेछ।
 
 प्रारम्भिक छनोटका लागि आयोजक बंगलादेशसहित नेपाल, अफगानिस्तान, माल्दिभ्स, तुर्कमिनिस्तान, किर्गिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गरेका छन्।
 
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'बी'मा नेपाल, किर्गिस्तान, माल्दिभ्स र बंगलादेश थिए। समूह विजेता दुई र एक उपविजेता टोली दोस्रो चरणमा पुग्नेछन्। 
 
दोस्रो चरणमा प्रवेश गर्ने टोलीले इरान, भारत, पाकिस्तान, काजकिस्तान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन्। पाँच राष्ट्रलाई प्रदर्शनका आधारमा सोझै फाइनल चरणका लागि छनोट गरिएको हो।

अफगानिस्तानलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

0 comments
ताजिकिस्तानमा जारी एफसी यु–१४ क्षेत्रीय च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ‘फ्रम द रुबल्स वि राइज, लेट्स प्ले फर नेपाल’ भन्ने नारा सहित उत्रेको गोर्खाली युवा टिमले अफ्गानीलाई २-० ले पराजित गर्न सफल भएको हो । ताजकिस्तानमा भएको खेलमा नेपालका लागि ४७ औं मिनेटमा रेनिज
सुब्बाले गोल गरे । सुब्बाले नै नेपालका लागि दोस्रो गोल गरे । आफ्नो पहिलो खेलमा नेपाली किशोर टीमले पाकिस्तानलाई १-० ले पराजित गरेको थियो । नेपालले मंगलबार ताजकिस्तानसँग खेल्नेछ ।

दुबईको महँगो लोकेशनमा नेपाली म्यूजिक भिडियो

0 comments
11358729_830745717008024_1388409404_nफिल्मी अपडेट, १२ जेठ – बिदेशी भूमिमा बसेर नेपाली कला , संस्कृतिलाई आत्मसाथ् गर्दै नेपाली पन र नेपाली भाका बोकेका बिभिन्न गीतहरुमा अभिनय गर्दै आउनु भएका मोडल मोहन बोगटी द्वारा अभिनित पछिल्लो गित “बतास बनि ” मिडियामा सार्बजनिक भएको छ । मोहन लाई भिडियोमा अर्की फिमेल मोडल सुनिता शर्माले साथ् दिएकी छिन । संचारकर्मी दयाराम घिमिरेले निर्देशन गर्नु भएको यस भिडियोमा मोहन र सुनिताले निकै मेहेनत गर्नु भएको छ ।
गोर्खा घर भएका मोहन नेपालमा ७ बर्ष नेपाल आर्मीमा रहेर दुबई पुलिसमा कार्यरत हुनु भएको हो । उनले नेपालमा आएर करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय पनि गर्नु भएको छ । । कस्सिएको जिउ र क्यामेरा फ्रेन्डली अनुहार भएका मोहन लाई पछिल्लो समय चलचित्रको लागि पनि अफर हरु आउँन थालेका छन् । तर आफ्नो काम प्रतिको जिम्मेवारीको कारण उनले चलचित्र खेल्न्न समय निकाली रहेको बताएका छन् ।मोहन चलचित्रमा पनि स्टन्ट भूमिकामा आउन चाहन्छन । संगितकार तेनहाङ राइको दोश्रो गिती एल्वम “सरलता” मा समावेश गरिएको उक्त गितमा तेनहाङ राइको संगित , दयाराम घिमिरेको शव्द एव डेबिड शंकरको आवाज रहेको छ ।
पछिल्लो समय नेपाली गितको म्यूजिक भिडियोहरु पनि बिदेशमा लगेर छायांकन गरिन थालिएको छ । तर बिदेशी भूमिमा गएर म्युजिक भिडियो निर्माण गर्दा निकै मेहेनत गर्नु पर्छ त्यस माथि पनि अझ यस गित खिचिएको ठाउँ भनेको दुवइको एकदमै महँगो र छायांकन गर्न गाह्रो ठाउँ हो । एक समय बलिउड मुभी “रेश” ले आफ्नो क्लाईमेक्स छायांकन गर्दा निकै दु:ख पाएको यूएइको अलआइनमा रहेको पहाडमा यस गीतलाई छायांकन गरिएको छ । पहिलो पटक नै भन्नु पर्छ महँगो अनि निकै गाह्रो ठाउँमा गएर छायांकन गर्ने म्युजिक भिडियोको लिष्टमा यो भिडियो अगाडी आउँछ ।
batas-bani
सानो क्रीउ मेम्बर लिएर दुवै गएका निर्देशक दयाराम घिमिरेले नै यस भिडियो लाई खिच्नु भएको हो , सम्पादन भने बिरेन्द्र भाट बिपिन ले गरेका हुन् ।

कसरी बनाउने भूकम्प प्रतिरोधात्मक घर?

0 comments

बैंकमा धमाधम पैसा जम्मा गर्दै

0 comments
काठमाडौं– भूकम्पपछि बैंक तथा वित्तीय संस्थामा पैसा झिक्न ग्राहकको लर्को लाग्ने अनुमानबिपरीत सुरक्षाका लागि पैसा जम्मा गर्न आाउनेको संख्या बढेको छ। ग्राहकलाई थेग्न नसकिएला भनेर बैंकहरुले सुरुमा ५० हजार रुपैयाँसम्म मात्र झिक्न पाइने सीमा लगाएका थिए। अनुमानभन्दा फरक पैसा झिक्ने भन्दा सुरक्षाका लागि पैसा जम्मा गर्ने प्रवृति देखिएको बैंकर बताउँछन्।
         भूकम्पको अघिल्लो दिन वैशाख ११ गते बैंकमा १३ खर्ब ३१ अर्ब रुपैयाँ रकम रहेको थियो। १२ गतेको भूकम्पदेखि जेठ १ गतेसम्म वाणिज्य बैंकहरुमा मात्र करिब ४१ अर्ब रुपैयाँ रकम थपिएको छ । सोही अवधिमा कर्जा तथा लगानी ११ अर्ब भएको छ। लगानी भएको रकम पनि भूकम्प आउनुपूर्व नै  ऋण स्वीकृत भएकाले लिएको बैंकहरु बताउँछन् । भूकम्पपछि बैंक तथा वित्तीय संस्थाबाट नयाँ कर्जा स्वीकृति प्रायः ठप्प रहेको उनीहरुको भनाई छ।
हालसम्म बैंकमा १३ खर्ब ७२ अर्ब रुपैयाँ जम्मा भएको छ । त्यसमध्ये १० खर्ब ८९ अर्ब लगानी भएको छ । वैशाख १२ गतेको ७.६ रेक्टर स्केलको भूकम्पपछि पनि शक्तिशाली कम्पन आउनले क्रम रोकिएनन् । भूकम्प पुनः आउने त्रास देखाएर चोरी गर्ने क्रम बढेपछि बैंक तथा वित्तीय संस्थामा रकम जम्माको क्रम पनि बढ्न पुगेको बैंक तथा वित्तीय संस्थाको भनाई छ । चोरडाँकाबाट सुरक्षाका लागि सर्वसाधारणले बैंकमा पैसा राख्न थालेको राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष रेवतबहादुर कार्कीले बताए । ‘भूकम्पले घरमा बस्न नसक्ने अवस्था र सुरक्षाका लागि खाली ठाँउमा बस्दा पैसा असुरक्षित हुने डरका कारण बैंकमा रकम जम्मा गर्न पुगेका हुन,’ कार्कीले भने, ‘भूकम्प अघि ऋण लगानी बढेको र रकम जम्मा गर्ने क्रम शिथिल भएको थियो । भूकम्पपछि त्यसको ठिक उल्टो बैंकमा रकम जम्मा गर्ने बढे र ऋण लिने घटे।’
भूकम्पपछि रेमिटेन्स आप्रवाहमा भएको सुधारले पनि बैंकमा पैसा जम्मा हुनमा थप मद्दत पुगेको बैंकहरुको भनाई छ । भूकम्पबाट पीडितलाई आर्थिक सहयोग पु¥याउने उद्देश्यले विदेशमा रहेको आफन्तले पैसा पठाउन थालेकाले पनि बैंकमा पैसा थुप्रिन गएको हो । गत चैत महिनासम्ममा ४ खर्ब २६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो पनि भूकम्पपछि सुधार भएको नेपाल राष्ट्र बैंकको भनाई छ । यसैगरी सरकारी खर्चमा वृद्धि भएकाले पनि बैंकहरुमा रकम बढी जम्मा हुन पुगेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । भूकम्प पीडितको सहयोगका लािग विदेशबाट ठूलो रकम नेपाल भित्रिएको छ । यसले पनि बैंक तथा वित्तीय संस्थामा रकम जम्मा हुन पुगेको उनीहरुको भनाई छ । भूकम्प भन्दा पहिले लगानी गर्नका लागि ऋण लिन तयार देखिएका पनि पछि हटेको कार्कीले बताए । अर्को वर्षमात्र लगानी बढ्ने अनुमान उनको छ । लगानीकर्ताको मनोवल बलियो हुन ५–६ महिना लाग्ने कार्कीको तर्क छ।
सरकारले असारसम्मका लागि निजी तथा सार्वजनिक क्षेत्रबाट गरिने नयाँ तथा संयुक्त आवास निर्र्माण तथा जग्गा विकास योजनाको स्वीकृत प्रक्रिया रोक्का गरेको छ । नस्सापास भई स्वीकृत मापदण्ड अनुसार निर्माण कार्य सुरु भइसकेका भवनको हकमा समेत दुई तला भन्दा बढी निर्माण गर्न नपाइने निर्णय सरकारले गरेको छ । सरकारले २ प्रतिशत ब्याजदरमा गाँउमा १५ लाख र शहरमा २५ लाखसम्म ऋण दिने योजना अगाडि ल्याएको छ । सहुुलियत ऋण दिने तर घर बनाउन रोक्ने जस्ता एक आपसमा बाझिने घोषणाहरु सरकारी निकायबाट एकैसाथ भएका छन् । यसले पनि लगानीमा बाधा पुग्ने बैंकर बताउँछन्।
सरकारी तथ्यांक अनुसार आठ लाख भन्दा बढी घरहरु क्षतिग्रस्त छन् । सरकारले भवन निर्माणका सम्बन्धमा नयाँ नीति अवलम्बन नगरेसम्म बैंकहरुलाई लगानी गर्न अप्ठेरो रहेको नेपाल बैंकर्स एसोसियसनका उपाध्यक्ष अनिलकेशरी शाहले बताए। सुरक्षित लगानी भन्दै बैंकहरुले आवास, अपाटमेन्टमा लगानी गर्दै आएका थिए । ७–८ प्रतिशत ब्याजदरमै लगानी गदैं आएका बैंकहरुलाई भूकम्पपछि सो क्षेत्रमा लगानी गर्न आनाकानी गर्दै आएका छन् । उनीहरुले अपार्टमेन्टमा करिब १ खर्ब ७० अर्ब लगानी गरिसकेका छन् । उक्त लगानी उठने सम्भावना कम हुँदै गएका बेला थप पैसा लगाउने सम्भावना बैंकहरुमा कम छ। घर राखेर ऋण लिन खोजेका तर भूकम्पले घर नै भत्काएपछि ऋण लिने कुरा भएन् । ‘ऋण तिर्न सक्छु भनेर आश्वस्त पारिदिने हो भने सच्चिकै कर्जा प्रवाह सहज हुने देखिन्छ,’ सिटिजन्स बैंकका प्रमूख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले भने।
भूकम्पले नियमित आयआर्जनको चक्र बदलिएको छ । ऋण लिने व्यक्तिको भूकम्पबाट कति क्षति भएको छ ? भूकम्पपछिको आर्थिक हैसियत के हो ? भन्ने विषयमा बैंकरहरु अलमलमा छन् । त्यसैले पनि लगानी गर्न हिचकिचाइ रहेको छन् ।

कोलेस्ट्रोलबाट छुटकारा पाउन एभोकाडोखाने तरिका सिक्क्नु होस ।

0 comments
उसो त सबैलाई एभोकाडोको स्वाद मननपर्न सक्छ । तर एक दिनमा एउटा एभोकाडो खानेगरेमा कोलेस्ट्रोल आपसेआप हराएर जान्छ । पेन्सिलभानियाँ स्टेट यूनिभर्सिटीले उमेर समूह २१ देखी ७० का ४५ मोटाघाटा मानिसहरुमा एक अनुसन्धान गरेको थियो ।
 सहभागीहरुलाई तीन बिभिन्न समूहमा बिभाजन गरिएको थियो र प्रत्येक समूहलाई कोलेस्ट्रोल नियन्त्रणका लागि बेग्लाबेग्लै खुराकको ब्यवस्था गरिएको थिाये । पहिलो ग्रुपका सहभागीहरुलाई थोरै चिल्लो भएको खुराक (लो फ्याट डायट), दोस्रो समूहलाई मध्यम खालको चिल्लो खुराक (मोडरेट फ्याट डायट) र तेस्रो समूहका सहभागीहरुलार्ई एभोकाडोमा उपलब्धहुने खोराक अर्थात एभोकाडो उपलब्ध गराईएको थियो । 



यी तिन खोराक अर्थात डाईटहरु धेरै प्रकारले एकआपसमा फरक थिए । अनुसन्धानले एक आश्चर्यजनक परिनाम देखायो । प्रत्येक खुराक अर्थात डायटले कोलस्ट्रोलको राम्रो परिणाम देखायो तर एभोकाडो सहितको डायटले सबैभन्दा राम्रो परिणाम देखायो । 



 अर्थात एभोकाडो सहितको डायटले प्रत्येक डेसिलिटरमा १३.५ मिलिग्रामका दरले कोलोस्ट्रोल घटाएको देखियो जबकि मध्यम खालको चिल्लो युक्त डायटले प्रत्येक डेसिलिटरमा ८.३ किलोग्रामका दरले कोलोस्ट्रोल घटाएको देखायो । यस्तै लो फ्याट डायटले प्रत्येक डेसिलिटरमा ७.४ मिलिग्रामका दरले कोलोस्ट्रोल घटाएको देखायो । यस्तो फाइदाजनक फल एभोकाडो प्रसस्त मात्रामा खानुहोस् र कोलोस्ट्रोलबाट छुटकारा पाउनुहोस् ।

भुलेर पनि नगर्नुस् १० काम, मृगौला खत्तम हुन्छ

0 comments
 किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ ।


यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्‍याउँछ ।

१ पानी कम पिउने

यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ ।

२ नून बढी

खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ ।


३ पिसाव रोक्ने

यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ ।


४ गुलियो खाने बानी

  
यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस् । गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ ।

५ पोषणको अभाव

शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ । भिटामिन-6 र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन ।

६ मासु बढी खाने

मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ ।

७ अनिद्रा

रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।


८ चिया कफी बढी सेवन

चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ 

९ पेनकिलर सेवन

टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।

१० जाँड रक्सी

अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ ।

यी १० कुरा सँधै ख्याल गर्नुस्

Tuesday, May 26, 2015

तामाङ दाजुभाईको नुवाकोटमा १३ लाखको राहत

0 comments
मंगलवार, २०७२ जेष्ठ १२ गते १९:५२

रोजगार मञ्च । नेपालमा महाभुकम्प आएपछि परेको पीडालाई मल्हम लगाउन विदेशमा बस्ने नेपालीहरु स्वदेशमा आएर पीडितसम्म पुगिरहेका छन् । यसैक्रममा अमेरिका र हङकङमा बस्दै आएका नुवाकोट भाल्चेका दुईदाजुभाई जय तामाङ र हिराबहादुर तामाङले आफ्नो  जिल्लाका भुकम्प पीडितलाई राहत वितरण गरेका छन् । उनीहरुले नै स्थापना गरेको नेपाल फ्रिड संस्थामार्फत तामाङद्वयले १३ लाख बराबरको राहत पीडितलाई बाँडेका छन् । 

नुवाकोट जिल्लाका मनकामना, काउले र माल्चे गाविसका भुकम्प पीडितलाई तामाङ दाजुभाईले आफ्नै हातबाट राहत वितरण गर्दा पीडितहरु हर्षित भएका थिए  । तामाङ दाजुभाईले गाउँमा नै गएर राहत वितरण गरेको जानकारी दिदै भने– ‘मनकामना गाविसको माने गाउँमा ५० बोरा चामल, काउले गाविसको एम्बुलेन्सका लागि ३० हजार नगद र  भाल्चे गाविसका सबै १ सय ७८ परिवारलाई राहत वितरण गरियो ।’ राहतमा प्रत्येक परिवारलाई एक बोरा चामल, एक किलो नून र एक लिटर तेल वितरण गरिएको जय तामाङले बताए । 



भाल्चे गाविसमा नै जन्मिएका तामाङको आफ्नो घरसँगै पुरै गाउँ भत्किएको छ । भावी दिनमा भुकम्पले भत्काएको विद्यालय नेपाल फ्रिड मार्फत बनाउने योजना उनीहरुको रहेको छ । विद्यालयमा बनाउन विगतदेखि नै सहयोग गर्दै आएको फ्रिडले भोलिका दिनमा पनि निरन्तरता दिने उनको भनाई छ  । 

नेपालमा प्राकृतिक विपत्ती आउँदा प्रवासमा बस्नेलाई अझ पिरोल्छ भन्ने गतिलो उदाहरण तामाङ दाजुभाई बनेका छन् । आफु जन्मिएको ठाउँमा सहयोग गर्न पाउँदा धेरै खुशी लागेको उनीहरुको भनाई छ । जयले भने–‘ अमेरिकाको क्यालिफोर्नियामा म एक हप्ता सुत्न सकिन भने श्रीमति रोएकै रोयै भइन् ।’ आफु खुशी भएर मात्र होइन देश खुशी भयो भने मात्र आनन्द आउने जयको भनाई छ । 

राहत सामाग्री पाउँदा स्थानिय भुकम्प पीडितहरु धेरै खुशी त भए तर पुरै गाउँ र विद्यालय ध्वस्त हुँदा डर र त्रास कायमै रहेको गाउँको भनाई छ । रमणिय नुवाकोटका यी गाउँहरु पुन ः बनाउनका लागि स्थानीय गाउँहरुले नै आफ्नो गाउँ आफै बनाउँ भनेर लाग्न तामाङले आग्रह पनि गरेर फर्किएका छन् । 

नुवाकोटमा नेपाल फ्रिड मार्फत ३ वटा विद्यालयमा तामाङले विद्यालय भवन निमार्ण तथा अन्य सहयोग गरिसकेका छन् । उनीहरुले सहयोग गरेका ऐसेलु भूमे मावि काउले, पञ्जलिङ मावि काउले र डिक्याब प्रावि भाल्चेका विद्यालयहरु पनि भत्किएका छन् । 



स्थानीय गाउँलेहरुले पनि राहतको आश मात्र नगरी आफ्नो गाउँ, घर वा विद्यालय आफैले बनाउनु पर्छ र यस्ता तामाङ दाजुभाइजस्ता दानवीरहरुलाई सदैव स्वागत गरिरहनुपर्छ ।  

जेष्ठ १७ देखि विद्यालय सन्चालन, कसरी हुन्छ पढाइ ?

0 comments
काठमाडौं, जेष्ठ १२ । वैशाख १२ को विनाशकारी भूकम्पले विद्यालयहरुमा क्षति पुगेपछि एक महिनादेखि पठन–पाठन ठप्प छ ।

आगामी जेष्ठ १७ गतेबाट विद्यालयमा सन्चालन गर्न सरकारले निर्देशन दिए पनि क्षतिग्रस्त विद्यालयहरुमा कसरी कक्षा सन्चालन गर्ने र त्रासमा रहेका विद्यार्थीहरुलाई कसरी आश्वस्त पार्ने भन्ने तयारी अझै हुन सकेको छैन । 

पानी पिउनुका १० फाइदा र १० घाटा

0 comments
न सुकै स्वास्थ्य समस्या आएपनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छन् । दिनमा कम्तिमा ८ गिलास पानी पिउनु पर्ने सल्लाह पनि चल्तिको सल्लाह हो । तर शरीरमा पानीका फाइदा र बेफाइदा दुवै छन् । यहाँ पानी पिउनुका १० फाइदा र १० घाटाको चर्चा गरिएको छ ।



पानी पिउनुका १० फाइदा
१ विहान उठ्ने वित्तिकै एक गिलास पानी पिउनु उत्तम हुन्छ । यसलाई बानी नै बनाए पनि हुन्छ । यसले पेट सफा गर्छ र पानी पिउँदा त्वचाको रुखो पनि पनि हट्छ ।
२ विहान उठ्ने वित्तिकै मन तातो मानीमा कागती हालेर पिउँदा शरीरमा रहेका विषाक्त तत्व विनष्ट हुन्छन् । यसले रोगसँग लड्ने क्षमता पनि बढाउँछ ।
३ केही मानिस बढी नै चिसो पानी पिउन मन पराउँछन् । यसले खराव गर्छ । यसैले बढी चिसो पानी पिउनु हुँदैन ।
४ चिया कफि पिउने बानी छ भने ग्रीन टी पिउनुस् । यसले शक्ति प्रदान गर्छ ।
५ हल्का पेय पदार्थ भन्दा मनतातो पानीमा कागती हालेर पिउँदा हितकर हुन्छ । यसले शक्ति बढाउँछ र पाचन शक्ति पनि राम्रो पार्छ ।
६ तौल कम गर्न पनि चिसो पानीको सट्टा मन तातो पानी पिउनु फाइदाजनक हुन्छ ।
७ पानी पिउँदा एसिडटी हटछ किन भने पानीले पेट सफा राख्छ ।
८ हाम्रो दिमाग ९० प्रतिशत पानीले बनेको हुन्छ । पानी नपिउँदा टाउको दुख्ने समस्या समेत हुन्छ ।
९ पानीले जोर्नीहरुलाई तरल राख्छ र जोर्नीको दुखाइ पनि कम गर्न मद्दत गर्छ ।
१० हाम्रो शरीरका मांसपेसीमा ८० प्रतिशत पानी हुन्छ । यसले पानीको सेवन जति बढी गर्‍यो त्यति नै मांसपेसीको अरठ्ठिलो पन कम हुन्छ ।

पानी पिउँदा हुने १० घाटा
१ आवश्यक भन्दा बढी पानी पिउँदा मृगौलामा दवाव पर्छ र मृगौलामा समस्या देखिन थाल्छ ।
२ पानीको ओभरडोज भयो भने शरीरका तन्तुहरु पनि विनष्ट हुन्छन् ।
३ जुन ब्यक्तिको बाइपास सर्जरी गरेको छ त्यस्ता ब्यक्तिलाई पानी अड्कलेर मात्र पिउनु पर्छ । चिकित्सकले पनि पानी अडकलेर मात्र पिउन भन्छन् ।
४ शरीरमा आवश्यकता भन्दा बढी पानी भयो भने पाचन रस उत्पादन हुन बन्द हुन्छ र खाना पच्न अहसजता पैदा हुन्छ ।
५ विशेषज्ञका अनुसार खाना खाएपछि चिसो पानी पिउँदा घाटा हुन्छ । तातो खाना खाए लगत्तै चिसो पानी खाँदा तैलीय पदार्थ जम्न थाल्छ यसले पाचन प्रणाली प्रभावित हुन्छ । खाना खाएपछि तातो पानी पिउनु राम्रो हो ।
६ घामबाट घर आउने वित्तिकै पानी पिउनु खतरनाक हुन्छ ।
७ खाली पेटमा पानी पिउँदा चिसो लाग्ने र अन्य विरामी हुने खतरा हुन्छ ।
८ खाना पछि तत्काल पानी पिउँदा शरीरमा तैलीय पदार्थ बढ्छ ।
९ अत्याधिक पानी सेवनले आलस्य बढाउँछ ।
१० खरभुजा वा काँक्रो खाए लगत्तै पानी पिउँदा रुगा खोकी शुरु हुने खतरा हुन्छ ।

मैदानमा ढलेका अर्जेन्टिनी फुटबल खेलाडीको मृत्यु (भिडियो)

0 comments
ब्युनस अायर्स- खेल्दा खेल्दै मैदानमा ढलेका अर्जेन्टिनाका रक्षक क्रिस्टेन गोमेजको निधन भएको छ। अर्जेन्टिनी दोस्रो श्रेणीको क्लब बोका युनिडोसविरूद्ध अाइतबार अधा घन्टा खेलेपछि २७ वर्षे गोमेज मैदानमा अचानक ढलेका थिए।'हामीले उनलाइ बचाउन कोसिस गर्यों तर अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भयाे', घरेलु टोली बोका युडिनेसका चिकित्सक मिगुएल डोर्रेले भने। मे १४ मा इमानुयल अर्टेगाको निधनपछि अर्जेन्टिनामा यसै हप्ता मात्र खेल सुरू भएको थियो। २१ वर्षे अर्टेगाको मैदानको पर्खालमा टाउको ठोक्किएपछि अस्पताल भर्ना गरिएको थियो। कोमामा रहेका उनको अन्तत: निधन भएको थियो। गोमेज मैदानमा ढलेपछि टोलीका साथीहरूले टिसर्ट खोलेर सहयोगका लागि अपिल गरेका थिए।

रसुवा केन्द्र बनाएर ५ म्याग्निच्युडको भूकम्प, आजमात्रै पाँच धक्का

0 comments
काठमाडौँ : वैशाख १२ को विनाशकारी भूकम्पको एक महिना पुगेको दिन राति १० बजेर ५२ मिनेटमा रसुवा केन्द्र बनाएर ५ म्याग्निच्युडको परकम्प रेकर्ड भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
रसुवा भूकम्प अति प्रभावित जिल्लामा पर्छ। तर यो जिल्ला केन्द्र बनाएर पछिल्लो पटक वैशाख ३१ गते मात्रै परकम्प भएको थियो।
मंगलबार ४ म्याग्निच्युडमाथिका थप चार परकम्प रेकर्ड भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति आठ बजे ललितपुर र काभ्रेको सिमा वरपर केन्द्र बनाएर ४.३ म्याग्निच्युडको आएको हो।
यसबाहेक बाँकी तीन वटा परकम्पको केन्द्रबिन्दु दोलखा थियो। वैशाख १२ को भूकम्पको परकम्पका रुपमा वैशाख २९ गतेको शक्तिशाली भूकम्पको केन्द्र दोलखा थियो। त्यसयता दोलखा केन्द्रबिन्दु बनाई कयौँ पटक साना ठूला परकम्प भइरहेका छन्।
आजको पहिलो परकम्प दिउँसो २ बजेर ११ मिनेटमा ४.३ म्याग्निच्युडको थियो। त्यसैगरी साँझ ५ बजेर ४८ मिनेट र ६ बजेर ३९ मिनेटमा ४.१ म्याग्निच्युडको परकम्प भएको थियो।
यो एक महिनामा साना ठूला गरी ३० हजार भन्दा बढी परकम्पहरु गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 'सेकेण्ड सेकेण्ड, मिनेट मिनेटमा गएको छ, त्यसैले काउण्ट गरिसकेको छैन' केन्द्रका प्राविधिक अधिकृत उमेशप्रसाद गौतमले भने ' एउटै भूकम्पमा पनि ओभरल्याप भएर परकम्पहरु गएका हुन्छन्, हामी भोलिसम्म सबै काउण्ट गरिसक्छौं।'
एक महिनामा ४ रेक्टर स्केलभन्दा माथिका २ सय ६० भन्दा बढी परकम्पहरु गएको छ। ती परकम्पमध्ये ५ देखि ६ रेक्टर स्केलसम्मका ३७
वटा र ६ देखि ७ रेक्टर स्केलका ४ वटा छन्।

मलेसियाबाट आएको एयर एसियाको विमानमा एक नेपालीको मृत्यु

0 comments
वैदेशिक रोजगारीका सिलसिलमा मलेसिया पुगेका एक नेपालीको घर फर्किने क्रममा जहाजमै वेहोस भएर मृत्यु भएको छ ।
नेपाल प्रहरी केन्द्रीय समाचार शाखाले दिएको जानकारी अनुसार एयर एसियाको उडानबाट नेपाल फर्किन लागेका सिट नम्बर ३५ मा बसेका मलेसियाको कोलालम्पुरबाट काठमाडौं आएका प्युठान राम्दी–१ का ३७ वर्षीय गोविन्दबहादुर रोकामगरको मंगलबार मृत्यु भएको हो ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेपश्चात उनलाई सिटमै प्रहरीले मृत अवस्थामा फेला पारेका थियो । उनका आफन्तलाई प्रहरीले खबर गरी शव राखिएको काठमाडौं मेडिकल कलेजमा पठाएको छ ।
प्रहरीको प्रारम्भिक सोधपुछमा जहाजमै वेहोस भएर मृत्यु भएको खुलेको छ । के कारण मृत्यु भन्ने अझै पुष्टि हुन सकेको छैन् । काठमाडौं मेडिकल कलेजमा उनको पोष्टमार्टम भइरहेको छ । त्यसपछि मात्रै कारण थाहा हुने प्रहरीले जनाएको छ

Like us

 

Search

 
Enjoy the site