Friday, June 19, 2015

एसएलसीमा अनुतिर्ण भएपछि एक छात्राले आत्महत्या

0 comments
     सुमन घिमिरे, मोरङ , ४ असार - एसएलसीमा अनुतिर्ण भएपछि मोरङमा एक छात्राले आत्महत्या गरेकी छन् । शुक्रबार दिउँसो सार्जजनिक एसएलसीको नतिजामा अनुतिर्ण भएपछि मोरङको उर्लाबारी ७ मंगलबारेकी १७ वर्षिया छात्रा लक्ष्मी खड्काले शुक्रबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् ।
      उनले उर्लाबारी ७ को सुनपकुवा उच्च माबिबाट एसएलसी दिएकी थिईन् । एसएलसीको नतिजामा बिज्ञान विषयमा अनुतिर्ण भएपछि उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

SLC TOP 2072 दीक्षित पौडेलले एसएलसीमा ९४ प्रतिशत अंक ल्याएका

0 comments
काठमाडौं, असार ४ - मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कुलका दीक्षित पौडेलले एसएलसीमा ९४ प्रतिशत अंक ल्याएका छन् ।


        शुक्रबार सार्वजनिक भएकाको  एसएलसी नतिजामा १५ वर्षीय दीक्षितले ९४ प्रतिशत अंक ल्याएका छन् । २०५७ साल वैशाख २१ गते जन्मिएका दीक्षित चार कक्षादेखि भ्याली भ्यूमा अध्ययनरत थिए । त्यसअघि लिटिल एन्जल्समा थिए ।
       दीक्षितले पारिवारिक वातावरणले आफूलाई शैक्षिक सफलता हात परेको प्रतिक्रिया दिए । ‘बुवा र ममीले मेरो शिक्षामा ज्यादै ख्याल गर्नुभयो,’ उनले ईकान्तिपुरसित भने, ‘विद्यालयका वातावरणले थप ऊर्जा मिल्यो ।
    दीक्षितले मुटूरोग विशेषज्ञ चिकित्सक बन्ने योजना सुनाए ।
दीक्षितका बाबु कृष्णप्रसाद पौडेल त्रि–चन्द्र क्याम्पसका प्राध्यापक हुन् ।
बाबु कृष्णप्रसादले गुरु र अभिभावकको ट्रयाकमा हिंडेकाले छोराले सफलता पाएको बताए ।
विद्यालयका प्रिन्सिपल ध्रुव पोखरेलले ७० जना सहभागी भएकोमा ६४ जनाले डिस्टिङ्सन र बाँकी ६ जना विद्यार्थीले फस्ट डिभिजनमा पास भएको बताए ।
      अघिल्लो वर्षको एसएलसीमा भने अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगरकी दृष्टि गिरी र रिलायन्स एकेडेमी, कपनका संजोग कार्कीले समान ९४ दशमलव १२ प्रतिशत अंक पाएका थिए ।

दीक्षितले पाएको अंक

अंग्रेजी– ९५

नेपाली– ८६

गणित– ९८

विज्ञान– ९८

सामाजिक शिक्षा– ८३

स्वास्थ्य, जनसंख्या तथा वातावरण– ९३

अतिरिक्त गणित– ९९

कम्प्युटर विज्ञान– १००

जम्मा– ७५२




     तेस्तै अर्का बिधार्थी मध्यपुर थिमीमा रहेको विनायक शिक्षा निकेतन अंग्रेजी विद्यालयले आफ्नो विद्यालयकी छात्रा रुवि श्रेष्ठ नेपालटप भएको दाबी गरेको छ । अन्य स्थानबाट दाबी आउने क्रम जारी रहँदा भक्तपुरमा भने यो समाचार तयार हुदाँसम्म उक्त विद्यालयकी छात्रा रुवि श्रेष्ठले ७ सय ४३ अर्थात ९२.८७ प्रतिशत अंक प्राप्त गरेको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले दाबी गरे । उनले आज प्रकाशित परिक्षाफलको नतिजाअनुसार ०२८३०२७ Q सिम्बोल नं भएकी श्रेष्ठले
अनिवार्य अंग्रेजीमा विषयमा  ९०,
नेपालीमा                             ८५,
गणितमा                              ९९,
 विज्ञान                                ९६,
सामाजिक                            ८४,
 स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ९४,
ऐच्छिक गणितमा                ९८
र कम्प्युटर विज्ञानमा          ९७
    अंक प्राप्त गरेको प्रिन्सिपल प्रजापतिले जानकारी दिएका छन् ।

एसएलसीको नतिजा सार्वजनिक ४७.४३ प्रतिशत उत्तीर्ण (नतिजा सहित)

0 comments

परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी नतिजा प्रकाशन गरेको हो । यसवर्ष परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
यसवर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६ सय ८५, पुनः परीक्षामा एकलाख ४५ हजार एक सय ८३ तथा प्राविधिकतर्फ तीनहजार दुई सय ८८ सहभागी थिए । परीक्षा गतवर्ष ५ देखि १३ चैतसम्म सञ्चालन भएको थियो ।
        नतिजा थाहा पाउन यसो गर्नुहोस - 
नतिजा थाहा पाउन एसएमएस, आइभीआर र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीलाई नतिजा हेर्न सहज होस् भनेर यो व्यवस्था गरिएको हो ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६, १६००,  ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ ।यस्तै १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । slc.ntc.net.np, SLC risult 2072 link मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
      शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै www.ncell.com.np/  मा परीक्षाफल हेर्न सकिनेछ । यसवर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र श्रेणीकरण पद्धतिबाट हुने नियन्त्रक द्वारेले बताए ।

Wednesday, June 17, 2015

G4Sका लागि सुरक्षा गार्डमा दुई सयजना आवश्यक

0 comments
       
ग्रुप फोर(जिफोरएस) सेक्युरिटीलागि सुरक्षा गार्डमा दुई सयजना कामदार आवश्यक परेको हुँदा ईच्छुक व्यक्तिले आवेदन दिनुहोला ।
उमेरः भूपूका लागि ४७ बर्ष ननाघेको र सिभिल तर्फ २२ बर्ष पुरा भई ४० बर्ष ननाघेको ।
शैक्षिक योग्यताः सिभिल तर्फ कम्तिमा ८ कक्षा उत्तिर्ण गरेको ।
थप जानकारी जिफोर एस सेक्यूरिटीको फोन नम्वर ०१४४३०७२४ मा फोन गरेर लिन सकिन्छ ।

Tuesday, June 16, 2015

इजरायलको समुन्द्री तटमा शुटिंग गरिएको हट नेपाली म्युजिक भिडियो

0 comments
 

संगै घुमाई देउ नुवाकोट

0 comments


नेपाल प्रहरीमा भर्ना खुल्यो

0 comments
        काठमाडौं, असार १– नेपाल प्रहरीको जवान पदका लागि भर्ना आह्वान गरिएको छ । प्रहरीमा विभिन्न कारणबाट रिक्त रहेको प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्ति गर्नुपर्ने भएकोले भर्ना आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सुचनामा उल्लेख छ । nepali
सुचना अनुसार खुल्ला तर्फ १८४ र आरक्षण तर्फ अमर प्रहरीबाट ७, आदीबासी जनजातीबाट ४८, मधेसीबाट ४२ महिलाबाट ३० दलितबाट २३ तथा पिछपिएको वर्गबाट ८ गरी जम्मा ३४२ जना माग गरिएको छ ।
इच्छुक उम्मेद्धारले आगामी साउन ४ गतेभित्र दरखास्त दिनुपर्ने छ भने दरखास्त फारम पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुर, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवल, मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगंज , सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, दिपायल, महानगरीय प्रहरी परिसरहरु काठमाण्डौं, भक्तपुर र ललितपुर र सबै जिल्ला प्रहरी कार्यालयहरुमा पाइने छ ।
        आठ वा सो सरह उत्तीर्ण भई १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको योग्य उम्मेदवारले दरखास्त दिन सक्नेछन्



मोडेल भाबना गुरुङ् दिप साँझ हङ्कोङ् २ कार्यक्रममा "मेरो पावर फुल बैसको झट्काले "बोलको सुपरहिट गीतमा नाच्दै भिडियो हेर्नुहोस

0 comments

बुद्धिस्ट लामा (भिक्षु )हावामा उड्दै buddhist monk fly

0 comments

Pani Trisuliko Super Hit New Lok Dohari Song

0 comments


5000 बर्ष पहिले गरिएको भयानक भबिष्यवाणीहरु

0 comments
    कलियुगका लागि भागवत पुराणमा बिभिन्न आश्चर्यजनक भबिष्यवाणीहरु गरिएकाछन्। संसारमा प्रलय आउने छ भनि बिभिन्न समयमा आउने हल्लाखल्ला हामीले नसुनेका छैनौं।
   कालान्तरमा कुनै दिन हामी वरिपरिको वस्तुहरु रहने छैनन्, पृथ्वी वञ्जर हुनेछ। जीवको लागि आवश्यक पानी सुकेर जानेछ र पृथ्वी केवल ढुङ्गा र माटोको पिण्ड रहनेछ। तर सत्य के हो, त्यो कतै लेखिएको छैन न त कुनै भबिष्यवाणीले नै मान्न सकिने गरि सत्य बताएको छ।
    वैज्ञानिक तवरमा हेर्ने हो भने, अधिकांश बिकसित देशहरु भने दिनानु दिन पृथ्वीको विनाश तर्फ उन्मुख छन्।हिन्दु ग्रन्थहरुमा पृथ्वीको बिनास कलियुगमा हुनेछ भनि बिभिन्न अवस्थामा उल्लेख गरेको पाइन्छ। भागवत पुराणको अन्तिम श्लोकले पृथ्वीको भबिष्यको ठुलो रहस्य बताएको भने छ। करिब ५००० वर्ष अघि वेदव्यासले पृथ्वीको बारेमा बिभिन्न भबिष्यवाणी उल्लेख गरेका छन्।
  भागवत पुराणमा गरिएका १५ भविष्यवाणी जुन पुरा पनि भइरहेका छन।
भबिष्यवाणी १
    धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ।
श्रीमद् भागवत् १२-२-१।
भबिष्यवाणी २
    कलियुगमा केवल 'धन' मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ।
श्रीमद् भागवत् १२-२-२।
भबिष्यवाणी ३
    पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ। पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ।
श्रीमद् भागवत् १२-२-३।
भबिष्यवाणी ४
    व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ।
श्रीमद् भागवत् १२-२-४।
भबिष्यवाणी ५
    कुनै व्यक्तिसंग धन छैन भने उ अधर्मी मानिनेछ। छल र कपटलाइ सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ।
श्रीमद् भागवत् १२-२-५।
भबिष्यवाणी ६
    एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ। भुडि भर्ने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ। जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ।
श्रीमद् भागवत् १२-२-६।
भबिष्यवाणी ७
    जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ।
श्रीमद् भागवत् १२-२-७।
भबिष्यवाणी ८
    अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य  हुनेछन्। खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ।
श्रीमद् भागवत् १२-२-९।
भबिष्यवाणी ९
    मानिसहरु चिसो, हावाहुरी, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन्। यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन।
श्रीमद् भागवत् १२-२-१०।
भबिष्यवाणी १०
    कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ।
श्रीमद् भागवत् १२-२-११।
भबिष्यवाणी ११
    मानिसहरुले अब आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन।
श्रीमद् भागवत् १२-२-१२।
भबिष्यवाणी १२
    कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन। सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन्।
श्रीमद् भागवत् १२-३-४१।
भबिष्यवाणी १३
    संकार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाइ धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ।
श्रीमद् भागवत् १२-३-३८।
भबिष्यवाणी १४
    सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस्। मालिकले परिवारमा पुस्तौबाट रहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन। जब दुध दिन छोड्दछन् तब गाइहरु वेवारिसे छिडिनेछन वा मारिनेछन्।
श्रीमद् भागवत् १२-३-३६।
भबिष्यवाणी १५
   सहरहरु चोर तथा फटाहहरुले लिनेछन। वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ। राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन्। पंण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन।

नेपाल, भारत, बंगलादेश र भुटान भुटानबीच बस सेवा संचालन

0 comments
  जेस्ठ ३२ , दक्षिण एसियाको पूर्व तर्फका ४ देश बस सेवाबाट जोडिने भएका छन । नेपाल, भारत, बंगलादेश र भुटानबीच बस सेवा संचालनबारे सोमबार सम्झौता भएको हो । भुटानको राजधानी थिम्पुमा भएको सम्झौता अनुसार ६ महिनाभित्र बस सेवा सुरु गर्ने सहमति जुटेको छ ।
  चार देशबीच  सहज यातायात सेवा शुरु गर्ने ऐतिहासिक सहमति भएको छ,भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधिले टेलिफोनमा भने,६ महिनाभित्र सबै प्रक्रिया पुरा गरेर बस सुरु हुनेछ ।यस सम्झौता अनुसार यी चार मुलुकका विभिन्न सहरमा सिधा बस संचालन हुनेछन । यतिमात्र नभइ अन्य यात्रुबाहक सवारी साधनको आवतजावतमा पनि सम्झौताले सहज बनाउने छ

Monday, June 15, 2015

बिदेसिले नेपालको बारेमा बनाएको उत्कृस्ट भिडियो

0 comments
भारत र चिन को बिचमा अबस्थित नेपाल हिमाल,पहाड ,तराई ,चार बर्ण छत्तिस जातको फुलबारी तेस्का साथै विश्वको सर्बोच सिखर सगरमाथा अबस्थित छ यहाँको प्राकृतिक सौन्दर्यलाई भिडिओमा देखाईएको छ जुन सोचेभन्दा रमनिए छ यो भिडियो हेरिसकेपछि जोसुकै बिदेसी पनि आकर्सित हुनेछ।


थाईल्यान्डमा आकासबाट माछाको बर्षाद भिडिओ हेर्नुहोस

0 comments






 

बाँदर र गोमन शर्पको लाँडाई भिडिओ हेर्नुहोस monkey vs snake

0 comments

शर्पले डसेमा नातिनुहोस् यी बिधिहरु आपनाउनुहोस

0 comments
   अहिले नेपालको तापक्रम दिनानुदिन बढ्दै गइरहेको छ र यस्तो गर्मीको मौसममा जमिनभित्र बसेका सर्पहरू पानी तथा आहारको लागि बाहिर निस्कने गर्दछन्। नेपालमा करिब ३४०० बिभिन्न प्रजातीका सर्पहरू पाइन्छन्। कुनै सर्पहरू सँधैभरी पानीमै रहने खालका हुन्छन् भने कुनै जमिनमुनि बसेर त्यहीँ भएका प्राणीहरूको आहार गर्ने गर्दछन्। तर धेरै गर्मीको कारणले ती सर्पहरू बाहिर निस्केर घरेलु जनावरहरूलाई आक्रमण गर्ने गर्दछन्।

 नेपालमा पाइने धेरैजसो सर्पहरू मानिसको लागि खतरनाक हुँदैनन्, कुनै कुनै सर्पको त विष नै हुँदैन, त्यस्ता सर्पहरूले आफ्नो शिकारलाई कि त मार्दछन् कि चाहिँ सकेसम्म निल्ने कोसिस गर्दछन्। तर विषालु हुँदैनन् भन्दैमा सर्प देखेपछि जिस्काउने अथवा चलाउने गर्नुहुँदैन र यदि सर्पले डसिहालेमा लापरवाहि गरेर बस्नु भने पक्कै पनि हुँदैन।
यदि तपाईँलाई सर्पले डसेको छ भने-
# हतोत्साहित नहुनुहोस्, नआत्तिनुहोस्। धेरै जसो सर्पहरू विषालु हुँदैनन् र अझै भन्ने नै हो भने खतरनाक विषालु सर्पहरूले पनि मानिसलाई डसेको खण्डमा प्रायः आफ्नो विष डसेको ठाउँमा पसाउँदैनन्। 
 # सर्पलाई समाउन वा मार्न खोजेर अर्को डसाइको खतरा नमोल्नुहोस् र सर्पलाई खोजेर समय खेर नफाल्नुहोस्। यदि सर्पलाई पहिले नै मारिसकेको छ भने त्यसको विषको पहिचानको लागि मरेको सर्पलाई बिरामीसँगै उपचारकेन्द्रमा सुरक्षित तवरले लैजानुहोस्।
# सर्पले डसेको हात वा खुट्टालाई नजिकै पाइने सामानहरूको प्रयोग गरेर अचल बनाउनुहोस् र त्यसलाई स्थीर राख्नुहोस्।
# आत्तिएर अथवा चाँडै अस्पताल पुग्छु भनेर दौडने काम नगर्नुहोस्। दौडिँदा शरीरमा विष फैलिने काम छिटो हुन्छ। त्यस्तो बेलामा नजिकै भएको मानिसलाई आफूलाई स्वास्थ्य चौकी लैजान लगाउनुहोस्।
# विषालु सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने र आगोले डाम्ने काम नगर्नुहोस्।
जडिबुटिहरू, रसायनिक पदार्थहरू, बरफका पोकाहरू वा बिजुलीको झट्का लगाएर उपचार गर्ने काम नगर्नुहोस्, यसले गर्दा स्थिति झन् खतरा हुन सक्छ।
# डसेको ठाउँबाट रगतलाई कुनै यन्त्रको सहायताले तान्ने काम नगर्नुहोस्।
# प्रारम्भिक अवस्थामा खुर्सानी लगाएर सर्पले डसेको थाहा हुँदैन भन्ने धारणा गलत हो, यसले त झन् बिरामीको पेट पोलेर उपचारमा बाधा पुर्याउँदछ।
# कुखुराको मल लगाएमा डसेको ठाउँबाट विष चुस्छ भन्ने धारणा गलत हो, त्यसले झन् डसेको ठाउँमा सङ्क्रमण हुने सम्भावना हुन्छ।
जानी राखौँ-
# समयमै उपचार गरे विषालु सर्पले डसे पनि मानिसको ज्यान बचाउन सकिन्छ।
सर्पले डसेको थाहा पाउने बित्तिकै अथवा शंका लाग्ने बित्तिकै सम्बन्धित उपचार केन्द्रमा पुग्नाले अकालमे ज्यान जानबाट बच्न सकिन्छ।
# विषालु सर्पले डसेर मर्ने कारणहरू मध्ये समयमै उपचार गर्ने ठाउँमा नपुग्नु प्रमुख कारण हो।
# धामी, झाँक्री, झार-फुक, जडीबुटीको विश्वास गर्दा अनावश्यक समय खेर गई मृत्यु हुनै निश्चित प्रायः छ।
त्यसैले-
# सर्पले डस्ने बित्तिकै नजिकको उपचार केन्द्रमा तुरुन्तै लैजाऔँ।
नेपालमा पाइने केही विषालु सर्पहरू-
हिमाली क्षेत्रमा पाइने ‘हिमालयन हबु पिट भाइपर!


 दोलखामा पाइने ‘रेड नेक किलब्याक’!

















कम्तिमा SLC सम्म पास हुनेलाई रिलायन्सले २० हजार संख्याको जागिर खुल्यो

0 comments



काठमाडौं, ३१ जेठ ।पछिल्लो समय नेपालमा बेरोजगारी तिव्र दरमा बढ्दो छ । बेरोजगारी कारण वेदैशिकरोजगारीमा खाडी मुलुक जाने नेपाली युवाहरुको संख्या पनि दिनप्रतिदिन बढ्दो छ ।त्यही बेला एक विमा कम्पनीले २० हजार पदका लागि जागिर खोलेको छ । रिलायन्स लाईइन्स्यौरेन्सकम्पनी भारतको ठूलोविमा कम्पनी हो । जस्ले २० हजार एजेन्ट पदका लागि जागिर खुल्ला गरेकोहो ।
सेवा विस्तार योजना अन्तर्गत रिलायन्सले २० हजारका लागि जागिर खोलेको हो । रिलायन्सका मुख्य एजेन्सी अधिकारी मनोरंजन साहूले कम्पनीले विस्तार योजना अन्र्तगत २० जार पदका जागिर आव्हान गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो-‘भारत तथा नेपालका सीमा क्षेत्रका योग्यता पुगेका युवालाई जागिरमा आवेदन भर्न आव्हान गर्छाै । नेपाली युवालाई योग्यताका आधारमा विशेष प्राथमिकता दिनेछौं । उहाँको भनाई अनुसार नेपालको सीमा क्षेत्रका नागरिकले एजेन्ट पदको जागिर पाउनेछन् ।
यो जागिर खान न्युनतम शैक्षिक योग्यता एसएलसी पास र प्लस टु पास तोकिएको छ । हाल रिलायन्सका एक लाख कर्मचारी छन् । कम्पनीले यो वर्ष हालको कर्मचारीलाई २० प्रतिशतले बढाउन लागेको हो ।
जागिरका लागि आवेदन भर्ने बारेमा थप जानकारी लिन रिलायन्स कम्पनीको बेबसाइटमा सम्पर्क राख्नुपर्नेछ । एजेन्सी

Sunday, June 14, 2015

PTV Sports TV

0 comments

काठमाडौँको तारेभिरमा ठुलाठुला चट्टानको पहिरो भिडियो हेर्नुहोस

0 comments


Coriander धनिया नधोइ खाँदा मृत्यु समेत हुन सक्छ

0 comments
        दाल तरकारी या अन्य अचार मसलामा राखेर धनियाको पात सेवन गर्ने सामान्य चलन छ । तर बजारमा गएर पनि चाट वा अन्य खानेकुरा खाँदा धनियाको पात मागेर खाने बानी छ भने आजै छोड्नुस्।

      सही तरिकाले नधोएको धनियाको पातबाट खतरनाक किरा (टेपवर्म) पेटमा पुग्ने र पेट हुँदै दिमाग सम्म पुग्ने विज्ञहरुले बताएका छन् । टेपवर्म मस्तिस्कमा पुगेमा मानिसको मृत्यु समेत हुन सक्छ । भारतको ब्याङ्लोरस्थित नेशनल इन्स्टीट्यूट आफ मेडिकल हेल्थ एण्ड न्यू साइन्स (निमहाम्स) का चिकित्सकले गरेको शोधमा यस्तो कुरा पत्ता लागेको हो ।

      यो संस्थामा रहेको एक मात्र ब्रेन म्यूजियममा मस्तिष्क सम्बन्धी शोध भैरहेको छ । यसै क्रममा धनियाँको पातमा किरा पत्याङ्ग्राको संख्या बढी हुने र त्यस्ता पात राम्रोसँग नपखाली खाएमा निक्कै खतरनाक हुन सक्ने चिकित्सकहरुले बताएका छन् । होटल वा सडकमा राखिएका खानेकुरा खाँदा धनियाको पात भुलेर पनि खान नहुने समेत उनीहरुको भनाइ छ । राम्रोसँग नधोएको धनियाको पात सेवन गर्नु हेलमेट नलगाइ बाइक चलाउनु जस्तै खतरनाक रहेको समेत एक शोधकर्ताले टिप्पणी गरे ।









































अण्डा खानाले हुने बिभित फाइदाहरु

0 comments
         जेष्ठ ३१,हामीले कहीँ कहीँ गर्मीमा अण्डा खानाले झन् गर्मी बढ्छ भन्ने कुरा सुन्दै आएका छौँ। तर यो कुरा हामीले कति मात्रामा अण्डा खान्छौँ भन्ने कुरामा भर पर्छ। कुनैपनि खानेकुरा चाहिने भन्दा धेरै खानु राम्रो हुँदैन। त्यसैले धेरै होइन, शरिरको अवस्था र उमेर हेरेर दिनहुँ एक–दुईवटा अण्डा खानाले स्वास्थयमा लाभ पुग्दछ। यसले छाला र कपालको सुन्दरता बढाउनुका साथै शरिरलाई आवश्यक तत्वहरुको पनि पूर्ति गर्दछ।
दिनहुँ अण्डा खानाले हुने ८ विशेष फाइदाहरु निम्न छन्। 
 
१. शरिरमा शक्ति प्रदान गर्छः अण्डाको सेतो भागमा ३.६ ग्राम र पहेलो भागमा २.७ ग्राम गरी ६.३० ग्राम प्रोटिन र अरु पोषक तत्वहरु पाइन्छ। यसले गर्दा अण्डा खानाले शरिरमा दिनभरि शक्ति प्राप्त हुन्छ। यसमा शरिरलाई आवश्यक पर्ने एमिनो एसिड पनि रहेको हुन्छ। साथै अण्डाले कोषहरु बिग्रिनबाट रोक्छ र दिमागलाई पनि चालू राख्छ।
 
२. आइरनको कमीको समस्या हटाउँछः धेरै मानिसहरुलाई आइरनको समस्या हुने गरेको छ। यसले गर्दा थकाई लाग्ने, कमजोरी हुने, टाउको दुख्ने जस्ता समस्याहरु आउँछन्। आइरनले अक्सिजनसँग मिलेर शरिरको प्रतिरोधात्मक सिस्टमलाई ठीक राख्छ। यसले मेटाबोलिज्म स्तरलाई पनि नियन्त्रण गर्छ। अण्डाको पहेलो भाग जसमा फ्याट हुन्छ भनी धेरैले रुचाउँदैनन् वास्तवमा त्यसमा एकदमै धेरै आइरन हुनाले यो खानु उपयूक्त हुन्छ।
 
३. पोषणको कमी पुरा गर्छः  अण्डामा शरिरलाई आवश्यक पर्ने धेरैजसो पोषक तत्वहरु पाइने हुनाले चिकित्सकहरुले पनि अण्डाको सेवन गर्न जोड दिन्छन्। यसमा भिटामिन ए, ई का साथमा बी १२ पनि पाइन्छ।
 
४. मोटोपन कम गर्नमा सहयोगीः बिहानको खाजामा १-२ अण्डा खानाले शरिरलाई चाहिने पोषणको पूर्ति गर्छ।  त्यसैले अण्डा खाएर मोटाइन्छ भन्नेहरुले दिनमा हलुका केही खान सकिने र ओभर डाइटिङबाट पनि बच्न सकिने विशेषज्ञहरु बताउँछन्।
 
५. दिमागलाई स्वस्थ्य राख्छः अण्डामा पाइने कोलीन पोषण दिमागको विकासका लागि फाइदाजनक हुन्छ। यसले दिमागलाई चालू राख्छ र लामो समयसम्म सम्झने शक्तिमा पनि बृद्धि गर्छ। गर्भवती महिलाले अण्डाको सेवन गर्नाले गर्भमा रहेको बच्चाको विकासमा पनि सहायता पुर्याउँछ।
 
६. आँखाको ज्योतिमा सहयोगीः दिनहुँ अण्डा, पालुङ्गो र ब्रोकाउलीको सेवनले आँखा सम्बन्धी थुप्रै समस्याहरुको समाधान गर्छ। अण्डमा भएको एन्टी–अक्सिडेन्ट, ल्यूटिन र जिजेन्थिन तत्वहरु आँखा स्वस्थ्य राख्न आवश्यक पर्ने तत्वहरु हुन्। मोतीबिन्दु, आँखा रातो हुने, सुख्खा हुने, पानी आउने  जस्ता समस्याहरुका लागि अण्डा फाइदाजनक रहेको  छ।
 
७. स्वस्थ्य कपाल र नङका लागिः अण्डामा भएको प्रोटिन, भिटामिन र अन्य पोषक तत्वहरुले कपाल र नङलाई बलियो बनाउन मद्धत पुर्याउँछ। अण्डामा एमिनो एसिड, सल्फर र जींक हुने भएकाले यसले शरिरका साथै छाला र कपाललाई समेत स्वस्थ्य बनाउँछ।  
 
८. हड्डीहरु बलियो बनाउँछः अण्डा भिटामिन डी को प्रमुख श्रोत मानिन्छ। यसले क्याल्सियमलाई सोसेर हड्डीहरु बलियो बनाउँछ। दूध, दही जस्ता डेरी उत्पादनका साथमा अण्डाको पनि सेवन गर्नाले उमेर बढ्दै जाँदा आउने हड्डीका समस्याहरु हटाउन मद्धत गर्छ।

१० युवतीलाई केआई नेपालले कृष्णनगरबाट उद्धार गरेको छ

0 comments
३१ जेठ, काठमाडौं । ललाई फकाई भारत लैजान लागिएका १० युवतीलाई चेलिबेटी बेचबिखन विरुद्ध क्रियाशील संस्था केआई नेपालले कपिलवस्तुको कृष्णनगरबाट उद्धार गरेको छ । युवतीहरुलाई सीमा कटाएर भारत लैजान खोज्ने २ महिलालाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाइएको छ ।
    उद्धार गरिएका किशोरीहरुमा दाङका ४ जना, कपिलवस्तुका ३ जना, अर्घाखाँचीका २ जना र रुपन्देहीका १ जना छन् । उनीहरुलाई भारत लैजान खोज्ने कपिलवस्तु मनहरीकी २७ वर्षीया उमा गन्दर्भ र पाल्पा दोभानकी २७ वर्षीया बसुन्धरा बगाले प्रहरी नियन्त्रणमा छन् ।
    अभिभावकलाई जानकारी नदिइ भारतका विभिन्न ठाउँमा लैजान लागिएका किशोरीलाई इलाका प्रहरी कार्यालय कृष्णनगरको सहयोगमा फिर्ता गरिएको के.आई. नेपाल कृष्णनगरका संयोजक गद्दुलाल चौधरीले बताए ।
    कपिलवस्तुको कृष्णनगर नाकालाई मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा लिइन्छ । नेपाली चेलीहरुलाई बिभिन्न प्रलोभन देखाइ कृष्णनगर लगायतका नाका हुँदै भारतका नयाँदिल्ली, पन्जाब, हरियाणा, इलाहाबाद, सिमला, चण्डिगढ, गोरखपुर, इटवालगायत ठाउँमा लगेर बिक्री गर्ने र यौनधन्दामा लाग्न बाध्य पार्ने गिरोह सक्रिय छ ।
   
मानव बेचबिखनका घटनामा कमी ल्याउन कपिलवस्तुको कृष्णनगरलाई लक्षित गरी केआई नेपालसहित ४ वटा संस्थाले अभियान सञ्चालन गर्दै आएका छन् ।
केआई नेपालले भूकम्पको विपत्तीमा महिला तथा बालिबालिका बेचबिखन हुने जोखिम बढेको भन्दै सीमानाका र क्याबिन रेष्टुरेन्टमा निगरानी पनि बढाएको छ ।

 















जमिनमा गुड्ने र आकासमा उड्ने कार flying car

0 comments

पानीमा गुड्ने गाडी र हावामा उड्ने कार

0 comments

flying car

बिदेसी भूमिमा बेचिएकी,यातना खेपिरहेकी चेलिकोपत्र नेपाल सरकारलाई

0 comments
सरकार म बाच्न चाहान्छु । यो नर्क बाट म नेपाल आउन चाहान्छु। मेरो नाम Genu Reshmi thapa magar हो ।मेरो स्थाई बुटवल शंकर नगर(३ घर हो । हाल म मर्नु र बाच्नुको दोधारमा अति कष्टपुर्ण देस सिरिया मा छु । घरमा मेरो बृद्धअबश्थाका बाबु आमा हुनुहुन्छ । त्यसैले बाच्नका लागी मेरी बैनि र म मिलेर बुटवल बजार मा साहु सँग ऋण गरेर एउटा सानो ब्युटी पार्लर को पसल गरेका थियौ ।त्यही पसल सञ्चालन को सिलसिलामा मा मेरो चिनजान बुटबल प्रगति नगर निवासी शोभाकान्त भट्टराई सँग भयो । उनिले म राम्रो मेनपावरको एजेण्ट हु म सँग दुबई को राम्रो कम्पनीको भिसा छ तिमी पनि दुबई जाउ राम्रो पैसा कमाउन सक्छेउ भनेर प्रलोभन देखायो । मलाई आफ्नो आर्थिक स्थिति केही हद सम्म सुधार्न र पसल सुरु गर्दाको साहुको ऋण तिर्न सक्ने आषमा बैनिलाई पसल जिम्मा लगाएर शोभाकान्त मार्फत दुबई जाने निर्णय गरे । त्यसपछि मैले मेरा सबै कागजात उसैलाई जिम्मा लगाए । 

दिन बित्दै गए अर्को महिना शोभाकान्तले ल भिसा आयो तिमी हरु ४ जाना एउटै कम्पनिमा जानु पर्छ भनेर अरु ३ जना पनि लिएर आयो पछी अनेकौ बाहाना बनाएर नेपाल बाट उडाउन नसक्ने भन्यो र २०७१ बैसाख १८ गते हामीलाई भारत को दिल्ली जान मजबुर बनायो त्यसपछि हामी दिल्ली जान बाध्य भयौ ।
त्याहा हामीले अर्को दलाल पन्चु लामा लाई भेट्येउ त्यो पनि शोभाकान्त जस्तै दलाल रहेछ त्यस पछि मिति 2014/5/8 साल गते हामीलाई दुबई भनेर दिल्ली बाट उडायो ।तर हाम्रो सोझोपनको फाईदा उठाउदै हामीलाई झुक्याएर दुबई नपठाई 2014/5/12 मा सिरीया पुर्यायो । यहाँको एजेन्सी लाई ६००० छ हजार डलरमा बेचेकोरहेछ।
म अहिले यहीको सिरियनको घरमा बिहान ४ बजे देखी रातिको १२ बजे सम्म अनेकौ पिडा, दुरब्यवहार सहेर बाचेको छु । छाती मा घाउ भएर २ चोटी अप्रेसन गर्दा पनि निको भएको छैन हर दिन खुन र पिप बगरिएछ जहिले नदुख्ने दबाई र सुकाउने दबाई भरमा मेरो मृत्युको दिन लाई कुरीरहेछु । घर जान्छु घर पठाईदे भन्दा ६ हजार डलर मा किनेको हु जान पाईदैन भन्दै अनेक यातना दिन्छन । आज सम्म मोबाईलको सिम पाएको छुईन आफुले ल्याएको मोबाईल ले wifi को मद्दत ले यो मेरो चित्कार यहाँ सम्म पुर्याएको छु।
म नेपाल सरकार, सम्पुण राजनिति पार्टीका नेता ज्यु हरु ,सम्पुर्ण समाज सेवी सस्था ,मानव अधिकार आयोग, पत्रकार ज्यु हरु र सम्पुण नेपालीहरु मा यो अनुरोध गर्दछुकी म नेपाल फर्किन चाहान्छु म बाच्न चाहान्छु यो नर्क सिरिया मा मर्न चाहान्न र चेलिबेटी बेचबिखन गर्ने ति दुई दलाल लाई कडा भन्दा कडा सजाय चाहान्छु। कृपया मलाई नेपाल झिकाईदिनुहुन हार्दिक हार्दिक अनुरोध गर्दछु ।
renu facebook link
(https://www.facebook.com/profile.php?id=100008876012116&fref=ts)
dalal शोभाकान्त भट्टराई बुटवल प्रगतिनगर मो०9819465687
dalal पन्चु लामा काठमाडौ 9808811120
मलाई शोभाकान्त र पन्चुले बेचेको सिरिया को अफिस को न० phone-00963116630206 fax-00963116613315 mob.-00963988914039 email – info@ns-syria.com मैले काम गर्ने काम गर्ने घरको मेडम को न० 00963956700726
मनोज सर please मलाई यहा मर्न बाट बचाउनुहोस । मेरो घाउ पाकी रहेको छ सायद म अब क्यानसर भएर मर्न सक्छु । मनोज सर मलाई यति लेख्न धेरै दिन लाग्यो नमिलेको ठाउ मा हजुर ले मिलाई दिनु ल please save me
note::::
वैदेशिक रोजगारीमा लैजान्छु भन्दै बुटवलकी रेनु मगरलाई सिरियामा विक्री गरिएको छ । उनलाई दुवईमा लैजान्छु भनेर नेपालबाट दलालहरु बुटवल प्रगतिनगरका शोभाकान्त भट्टराई (९८१९४६५६८७) र काठमाडौंका पन्चु लामा (९८०८८१११२०) ले सिरिया पुर्याएका रहेछन् । नेपालमा उनको वहिनीले पटकपटक प्रहरीलाई जाहेरी दिदा पनि लिन नमानेपछि उनले वाध्य भएर मिडियाको सहारा लिएकी छन् । ति दलालहरु पनि खुलामखुल्ला हिडीरहेका छन् । हुन्छ हामी नेपाल झिकाउछौ भन्ने आवश्वासन दिएपनि बर्ष दिनवढि वितिसकेको रेनुले वताइन । उनलाई ६००० अमेरिकी डलरमा विक्री गरिएको रहेछ । जसले उनलाई किनेको हो उनलाई त्यो रुपैया दिएमा नेपाल आउन दिने भएको रेनुले वताइन । १८ घन्टावढि काममा खटाउने, पिटाई खाइरहने गदौ आफु यहाँ वस्नु नसक्ने उनी वताउछिन् । काम गरेवापत अलिअलि रुपैया पनि दिने उनले वताइन । त्यो कमाएको पैसाले एक छेउ पनि नपुग्ने भएको कारण सहयोगका लागि सवैसंग उनले सहयोग मागेकी छन् । उनलाई उद्धार गर्नकालागि जो कोहीले सहयोग गर्नुहुन अनुरोध छ । उनको फेसवुक लिंक पनि यही राखिदिएको छु ।
news reporter: मनोज श्रेष्ठ meromanjel@gmail.com
















































note::::
वैदेशिक रोजगारीमा लैजान्छु भन्दै बुटवलकी रेनु मगरलाई सिरियामा विक्री गरिएको छ । उनलाई दुवईमा लैजान्छु भनेर नेपालबाट दलालहरु बुटवल प्रगतिनगरका शोभाकान्त भट्टराई (९८१९४६५६८७) र काठमाडौंका पन्चु लामा (९८०८८१११२०) ले सिरिया पुर्याएका रहेछन् । नेपालमा उनको वहिनीले पटकपटक प्रहरीलाई जाहेरी दिदा पनि लिन नमानेपछि उनले वाध्य भएर मिडियाको सहारा लिएकी छन् । ति दलालहरु पनि खुलामखुल्ला हिडीरहेका छन् । हुन्छ हामी नेपाल झिकाउछौ भन्ने आवश्वासन दिएपनि बर्ष दिनवढि वितिसकेको रेनुले वताइन । उनलाई ६००० अमेरिकी डलरमा विक्री गरिएको रहेछ । जसले उनलाई किनेको हो उनलाई त्यो रुपैया दिएमा नेपाल आउन दिने भएको रेनुले वताइन । १८ घन्टावढि काममा खटाउने, पिटाई खाइरहने गदौ आफु यहाँ वस्नु नसक्ने उनी वताउछिन् । काम गरेवापत अलिअलि रुपैया पनि दिने उनले वताइन । त्यो कमाएको पैसाले एक छेउ पनि नपुग्ने भएको कारण सहयोगका लागि सवैसंग उनले सहयोग मागेकी छन् । उनलाई उद्धार गर्नकालागि जो कोहीले सहयोग गर्नुहुन अनुरोध छ । उनको फेसवुक लिंक पनि यही राखिदिएको छु । 

Like us

 

Search

 
Enjoy the site