Sunday, July 26, 2015

इन्डोनेसियाली द्वीप जाभामा ६.० म्याग्निच्यूडको भूकम्प

 जाकार्ता १२ साउन : इन्डोनेसियाली द्वीप जाभामा आइतबार ६.० म्याग्निच्यूडको भूकम्प गएको छ । स्थानीय अधिकारीहरुका अनुसार सो भूकम्प पछाडि सुनामीको कुनै खतरा रहेको छैन ।

अमेरिकन भौगर्भिक संस्थाका अनुसार स्थानीय समयाअनुसार आइतबार अपराह्न २ बजेर ५ मिनेटमा सो भूकम्प गएको बताइएको छ ।

उक्त भूकम्पको केन्द्रविन्दु पूर्वी जाभा प्रान्तको क्राजान ताम्बाक्रेजो गाउँबाट ९३ किलोमिटर दक्षिणमा ५९ किलोमिटर गहिराइमा रहेको छ ।

इन्डोनेसियाको मौसम विज्ञान र भू–शास्त्र अध्ययन संस्थानका मोचामाद रियादीका अनुसार यस भूकम्पछि मानवीय क्षति र सपत्तिको नोक्सानीको कुनै समाचार प्राप्त भएको छैन ।

सो भूकम्पको केन्द्रविन्दु समूद्र सतह भए तापनि सहरदेखि धेरै टाढा भएको सुनामीको चेतावनी भने दिइएको छैन ।

सो भूकम्पको कम्पन ५ सेकेण्डसम्म महसूस गरिएको पूर्वी जाभाका बङ्युवानगी सहरमा रहेका एएफपी एक सम्वाददाताले जानकारी दिएका छन । एजेन्सी




फ्री भिसा र टिकेट सहमतिमा पुगेपछि बन्द रहेका म्यानपावर कार्यालय आजबाट खुल्ला

काठमाडौँ, साउन १०–श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी सङ्घबीचको गएराती अबेरसम्म चलेको वार्ता सहमतिमा पुगेपछि दुई हप्तादेखि बन्द रहेका म्यानपावर कार्यालय आइतबारदेखि खुल्ला भएका छन् । गत असार २१ गतेदेखि मलेसिया र खाडीका छ मुलुकमा निःशुल्क हवाई टिकट र प्रवेशाज्ञा व्यवस्था गरिएपछि आफ्ना कार्यालय नै बन्द गरी आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीचको पटक–पटकको वार्ता सहमतिमा पुगेपछि आजदेखि म्यानपावर खुल्न लागेको हो । श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा व्यवसायी र मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरी कार्यदलले दुई महिनाभित्र प्रतिवेदन तयार पारी त्यसले दिएका सुझावका आधारमा निःशुल्क हवाई टिकट र प्रवेशाज्ञा विषय टुङ्ग्याउने लगायतका ३१ बुँदामा सहमति भएको वार्तामा सहभागी व्यवसायी पदमराज पौडेलले जानकारी दिए । कार्यदलको प्रतिवेदन नआउँदासम्म मन्त्रालयले गरेको निःशुल्कको निर्णय यथावत रहने र प्रतिवेदन आएपछि आवश्यकतानुसार परिमार्जन गर्न सकिने सहमति दुबै पक्षबीच भएको छ । कार्यदलका प्रतिनिधि कामदार जाने गन्तव्य मुलुकमा समेत गएर अध्ययन गर्ने सहमतिमा उल्लेख छ । व्यवसायीले निःशुल्कको निर्णय स्थगन गर्नुपर्ने, कार्यालयमा अनावश्यक छापा मार्न नहुने, भिएलएन नेपालमार्फत मलेसियाको प्रवेशाज्ञा प्रक्रिया बन्द गर्नुपर्ने, स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली लागू गर्न नहुनेलगायत ३३ बुँदे माग राखी आन्दोलनमा उत्रिएका थिए । यसअघि, शुक्रबार मन्त्रालयले तीन दिनभित्र म्यानपावर नखोले कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि व्यवसायीहरु झुक्न बाध्य भएका हुन् ।

मह खान जान्दा अमृत,नजान्दा विष

              प्रकृतिको अमूल्य उपहार हो मह । आयुर्वेद र एलोप्याथी दुबैमा महको योगदान छ । औषधि, सौन्दर्य प्रशाधन र दैनिक आहारमा महको उपभोग महत्वपूर्ण मानिएको छ । यसको प्रतिकूल असर छैन, खानेवित्तिकै ऊर्जा पाइने तयारी आहार हो मह ।
तर यसको सेवन गर्ने पनि नियम जाने अमृतसरह फाइदा हुन्छ नजाने विष । पतञ्जली योगपीठ, हरिद्धारका आयुर्वेदविज्ञ आचार्य बालकृष्णले मह सेवन विधि र नियम उल्लेख गरेका छन् ।
-अम्बा, अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृतसमान हुन्छ ।
-चिया र कफीको साथ मह विषसमान हुन्छ ।
-महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन ।
-माछा, मासुसित मह खानु विष खाएसरह हुन्छ ।
-महमा पानी वा दूधको बराबर मात्रा खानु पनि हानिकारक हुन्छ ।
-चिनीमा मह मिसाउनु विषमा अमृत हालेसरह हुन्छ ।
-घिऊ, तेल, नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ । -
घिऊ र महको समान मात्रा कदापि खानु हुँदैन ।
-मौरीले विभिन्न वनस्पतिको परागबाट मह बनाउँछ । त्यसैले वनस्पतिको स्रोतअनुसार महको औषधीय गुण पनि अलग-अलग हुन्छ । जस्तो, नीमको स्रोतबाट बनेको मह आँखाको लागि, जामुन मधुमेह, हृदय, वात, रक्तचाप रोगको लागि फाइदाजनक हुन्छ ।
-वसन्त ऋतुमा विकसित वनस्पतिको परागबाट निर्मित मह सर्वोत्कृष्ट हुन्छ । सहर वा घरआँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिकोे मह सबभन्दा राम्रो हुन्छ ।
-मह सेवन गर्ने बित्तिक्कै तातो पानी पिउनु हुँदैन ।
-मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खान सकिन्छ ।
-निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।ण्
-महको तापीय विशेषता गज्जबको हुन्छ । तातो चिजसँग खाँदा तातो र चिसो चिजसँग चिसोपना पैदा गर्दछ । त्यसैले मौसम र आवश्यकताअनुसार मह सेवन गर्नुपर्दछ ।
-महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ । यसबाट अतिसारजस्ता रोगले सताउँछ, जसको निराकरण निकै कठिन हुन्छ ।
-एकै पटक धेरै मह खानु राम्रो हुँदैन । दिनमा दुईतीन चम्चासम्म मह खान मिल्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म मह सेवन गर्नुपर्छ ।
-मह खाँदा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाए आराम हुन्छ । अथवा, एक ग्राम धनियाँको धूलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्छ ।
-बढिरहेको ज्वरोमा दूध, घिऊ र मह सेवन विषसमान हुन्छ ।
-यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्युनजिक बनाउँछ ।

Saturday, July 25, 2015

जमिन खन्दा निक्लियो अनौठो मानब जस्तै जिव

0 comments
भारत । भारतको नयादिल्ली स्थित जोधपुरको बावड़ी गाउँमा एक अपत्यारिलो घटना घटेको छ । जमिन खन्ने क्रममा एक अनौठो मानिसको स्वरुप भएको जिव भेट्टिये पछि त्यस बिषयेले धेरै चर्चा पाएको छ । नया दिल्ली स्थित जोधपुरको बावड़ी गाउँमा केही मानिसले पानी ल्याउनका लागि ट्यूबवेल खनिरहेका बेला यस्तो आश्चर्यलाग्दो वस्तु भेटिएको हो ।जमिन खन्ने क्रममा यस्तो अनौठो मानब भेटियपछि उक्त सानो प्रजातिको मानबको हात समातेर एक जनाले तस्वीर पनि खिचेका थिए । जुन तस्बिर अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । यस्तो अनौठो प्रजातिको मानब भेटियेपछि सबै गाउबासि हरु आश्चर्यमा परेका छन् ।जमिनमुनि भेटिएको यस्तो मानबबारे भने थप अनुसन्धान भइरहेको जनाइएको छ । एजेन्सी ।
http://news.jagranjunction.com/2015/07/24/small-human-like-organism-found-while-digging-earth/?src=jfb

नुवाकोटका विद्यार्थीहरुलाई एक स्कुलले बेलायती स्तरको गुणस्तरिय शिक्षा दिदै

0 comments
नुवाकोट, असार ९–कामकाजी अवस्थामा गुज्रीरहेको नेपाली शिक्षामा विकास हुन नसकिरहेको बेला नीजीस्तरबाट नेपालमै पहिलोपटक नुवाकोटका विद्यार्थीहरुले बेलायती स्तरको गुणस्तरिय शिक्षा पाउन थालेका छन् । विगत २० वर्षदेखि नुवाकोटको देविघाटमा सञ्चालन भइरहेको सत्यम एकेडेमी स्कूललाई यस शैक्षिक सत्रबाट नयाँ व्यवस्थापनसहित विकास गरी पठनपाठन थालनी गरिएको हो । नुवाकोटको जिलिङ–७ मा जन्मिएर १८ वर्षदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका कृष्ण भट्टले करिब तीन करोडको लगानीमा नयाँ शैलिको शैक्षिक संस्थाको रुपमा सञ्चालन गरेका हुन् । हुन त यो नीजि विद्यालय हो तर, गुणस्तरिय पठनपाठन र सक्षम विद्यार्थी उत्पादन गर्ने मुख्य उद्देश्य विद्यालयको छ । यसअघि रघुनाथ खरालबाट सञ्चालिन यस विद्यालयको सम्पूर्ण स्वामित्व लिएर बेलायती स्तरको गुणस्तरिय पठनपाठन लागू गरिने सत्यम एकेडेमीका संञ्चालक भट्टले जानकारी दिए । लण्डनमा १५ वर्षदेखि एबीआई कलेज सञ्चालन गरिरहेका उनले नुवाकोट र रसुवा जिल्लामै पहिलो नमूना विद्यालय बनाउने उद्देश्य लिएका छन् । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष शैक्षिक जनशक्ति उत्पादन गर्ने आधारभूत तथा आधूनिक विद्यालयको रुपमा विकास गरिने भट्टको दाबी छ । ‘हालको शैक्षिक प्रणालीलाई सुधार गर्ने नयाँ शैक्षिक योजनासहित यो विद्यालयलाई फरक ढंगले सञ्चालन गर्न लागिरहेका छौँ, भट्टले भने, ‘प्रयोगात्मकदेखि आवश्यक सबै गुणस्तरिय शिक्षालाई यहाँ पठनपाठनको रुपमा लागू गरिनेछ ।’ तर, यस विद्यालयमा बालबालिका पठनपाठन गराउनका लागि अन्य विद्यालयको तुलनामा अतिरिक्त शुल्क नलाग्ने उनले बताए । ‘नाफा मात्रै कमाउने भन्दापनि मुख्यगरी बालबालिकालाई समयअनुसारको शिक्षा दिनुपर्छ भन्ने मेरो सोच हो ।’ हाल नर्सरीदेखि १० कक्षासम्म पढाई भइरहेको यस स्कूलमा नेपाल र बेलायतमा उच्च ख्याती कमाएका शैक्षिक संस्थाहरुसरह विकास गरिने भट्टले दाबी गरे । ‘प्रविधिको विकास र भूमण्डलीकरणको यो जमानामा विकसित समयको मागसँगसँगै त्यसैअनुरुपको शिक्षा वालवालिकाहरुका लागि खाँचो छ, उनले भने, ‘यो ठाउँ मेरो जन्मथलो पनि हो र एकेडेमिक सेक्टरमा लामो अनुभव पनि भएकोले मैले त्यस्तो स्तरीय शैक्षिक प्रणालीको विकास गर्न चाहेको छु, जसले यहाँका विद्यार्थीहरुलाई आधुनिक शिक्षा आर्जनमा विकसित विश्वको अनुभूति गराओस् ।’ बालमैत्री शैक्षिक वातावरणमा अनुभवी तथा दक्ष शिक्षक÷शिक्षिकाहरुद्धारा पठनपाठन गराइनुका साथै नयाँ विद्यालय भवनदेखि आधुनिक भौतिक संरचना, खेलकुद, कम्प्यूटर शिक्षा, प्रायोगात्मक सिकाईका क्षेत्रमा स्तरोन्नती गर्ने काम भइरहेको विद्यालयले जनाएको छ । रामहरि गजुरेल रतोपाटीबाट 

एक बालकलाई बलि चढाउने नाममा हत्या

0 comments
नवलपरासी, श्रावण ८ । नवलपरासीको कुडिया गाविस–४ मा एक बालकलाई बलि चढाउने नाममा हत्या गरिएको छ ।

झारफूकको काम गर्ने स्थानीय रुद्धल चमारले छिमेकी शिवमंगल कोहारका १० वर्षीय छोरा जीवन कोहारलाई बलि चढाउने भन्दै हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलाटारीका निरीक्षक जगतबन्धु पोखरेलका अनुसार छिमेकी सुकइ चमारका छोरा बिरामी परेपछि रुद्धलले झारफूकको काम गरेका थिए ।

झारफूकका क्रममा सुकइका छोराले ‘मान्छेको मासु खान मन लाग्यो भन्दै बर्बराएपछि’ रुद्धलले जीवन कोहारको हत्या गरेको प्रहरीले जनाएको छ । बिरामी परेका सुकइका छोरा र हत्या गरिएका जीवन मिल्ने साथी हुन् ।

विहीबारर साँझ बालक हराएपछि आफन्त र गाउँलेले खोजतलास गर्दा नपाएपछि प्रहरीलाई खबर गरेका थिए । खोजतलासको क्रममा बालकको शव घरनजिकैको झाडीमा घाँटी रेटेर फालेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक पोखरलेले बताए ।

घटनामा संलग्न धामी रुद्धलसहित ८ जनालाई पक्राउ गरी अनुसन्धान  अगाडि बढाइएको प्रहरीले जनाएको छ


रिङमा नहारेका तेक्वान्दोका पुराना खेलाडी शंकर तामाङ

0 comments
९ असार,काठमाडौं - खेलमा जितहार स्वाभाविक हुन्छ। नेपाली तेक्वान्दोमा २०४० को दशकमा यस्ता अस्वाभाविक पात्र जन्मिए, जसले तेक्वान्दो रिङमा कहिल्यै हार्न जानेनन्। 

नुवाकोटको चण्डेश्वरी स्कुलमा बडादसैं फूलपाती विशेष कार्यक्रम हँदै थियो । तेक्वान्दोको प्रदर्शनी खेल देखाउन नेपालका चर्चित ओलम्पियन खेलाडी विधान लामा र मानबहादुर लामा त्यहाँ पुगेका थिए। स्कुलस्तरमा फुटबल र तेक्वान्दो खेलको कला सिक्दै गरेको स्थानीय ठिटो महेन्द्र तामाङ (शंकर) लाई विधान र मानबहादुरको एक्सन फाइटले मोहित तुल्याएछ। 

‘विधान गुरु त्यतिबेलाका प्रख्यात खेलाडी हुनुहुन्थ्यो। उहाँको एक्सन देखेर म नजिक गएँ। मैले पनि उस्तै एक्सन देखाउन थाले। सायद मेरो एक्सनले उहाँलाई छोएछ। उहाँले मेरो नाम सोध्नुभो, मैले शंकर भने। काठमाडौं आऊ भन्दै उहाँ हिँड्नुभयो।

म केही दिनमै काठमाडौं आएँ र विधान गुरुलाई भेटें। उहाँले मलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्यसचिव शरदचन्द्र शाह र कोरियन प्रशिक्षक मिस्टर ओसँग भेट गराईदिनु भयो। विधान गुरुकै कारण तेक्वान्दोमा तानिए', शंकरले अन्नपूर्ण पोस्ट्सँग भने।

प्रवेशिका परीक्षा सकेर पहेँलो पेटी लिन काठमाडौं आएका शंकरको जोसिलो सट देखेर शरदचन्द्र शाह र कोरियन प्रशिक्षक ओ त्यतिबेला छक्कै परेका थिए रे। त्यतीबेला मलेसियामा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको छनोट खेल चलिरहेको थियो। छनोट खेलमा शंकरले कालोपेटीका खेलाडीलाई हराए।

काठमाडौं आएको तीन महिनामै मलेसियाका लागि उनी छनोट भए। शरदचन्द्रको प्रयासमा सुरुमै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गराइएका शंकर पहेँलो पेटीका खेलाडी हुनाले मलेसिया लैजान प्रशिक्षक ओलाई गाह्रो भएछ।

अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न कालो पेटी लिएको हुनुपर्ने नियम रहेछ। त्यसपछि शरदचन्द्र, प्रशिक्षक ओ र दीपराज गुरुङले तत्कालै बैठक बसेर शंकरलाई एकैपटक कालो पेटी दिने निर्णय गरेर मलेसिया पठाए।

मलेसियामा उनले सिंगापुर, अस्ट्रेलिया र हङकङका खेलाडीलाई नकआउट गरे। चौथो खेलमा उनी कोरियाका खेलाडीसँग पराजित भए। ‘अन्तिम खेलमा पनि मैले राम्रो खेलेको थिएँ। तर म माथि धाँधली भएको रहेछ। पछि थाहा पाएँ, कोरियाकै अफिसियलले मैले राम्रो खेलेको भन्दै पाँच सय अमेरिकी डलर दिएका थिए। त्यतिबेला त्यो पैसा धेरै ठूलो हो', शंकर भन्छन्।

हेर्दै जिउँदो बाघ समाउँलान् जस्ता शंकरले विशेषगरी सदस्यसचिव र प्रशिक्षक ओको मन जितिसकेका थिए। मलेसियाबाट फर्किएपछि उनलाई फेरि पहेँलो पेटीबाट कालोपेटीसम्मको तयारी गराइयो। कोर्स पूरा गर्नका लागि उक्त तयारी गराइएको थियो।

शंकरको खेलले त्यतिबेला धेरैको मन पनि जित्यो। उनी नेपाली तेक्वान्दोका नयाँ स्टार भए। २०४२ सालमा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेका शंकरले त्यसपछि पछाडि फर्केर हेर्नु परेन।

विधानले काठमाडौं बोलाएका शंकरले पछि विधानलाई नै छक्क पार्न थाले। दुईदुई वर्षमा हुनुपर्ने राष्ट्रिय प्रतियोगिता बीचमा रोकियो। तर संघको आयोजनामा हुने राष्ट्रिय प्रतियोगितामा शंकर सँधै पहिलो भए।
मलेसियामा उनले सिंगापुर, अस्ट्रेलिया र हङकङका खेलाडीलाई नकआउट गरे। चौथो खेलमा उनी कोरियाका खेलाडीसँग पराजित भए।
२०५२ सालसम्म उनी लगातार १० पटक राष्ट्रिय च्याम्पियन बने। तेक्वान्दोमा उनले राष्ट्रिय स्तरमा पाएको सफलता अन्य खेलाडीको कमै छ। विभागीय टोली त्रिभुवन आर्मी क्लबमा अनुबन्ध भएर खेलेका शंकर आर्मीको प्रशिक्षकसमेत बने।

‘त्यतिबेला दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) भए पनि तेक्वान्दो खेल समावेश नहुनु मेरो लागि दुर्भाग्य भयो। साफबाहेक एसिएन च्याम्पियनसिप र अन्य अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा धेरै पदक जितेँ।

मलाई ओलम्पिक खेलाउने तयारी भइरहेको थियो। शरदचन्द्रले पहिलेदेखि नै तेक्वान्दोमा विधानपछि तिमी नै हौ भन्नुहुन्थो। सोहीअनुसार तयारी गर्दै अगाडि बढेको थिएँ। तर ओलम्पिक खेल्ने बेलामा मेरो बाटो मोडियो', शंकरले भने।

२०५२ सालमा भारतमै अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो च्याम्पियनसिप भएको थियो । ६६ देशका खेलाडी सहभागी उक्त च्याम्पियनसिपमा राष्ट्रिय च्याम्पियनका हिसाबले छनोट भएका शंकरले त्यहाँ पनि स्वर्ण नै जितेका थिए। त्यही बर्ष जापानमा एसियन च्याम्पियनसिप थियो।

त्यहाँ भने उनको स्थानमा नवीनकुमार श्रेष्ठलाई लैजाने निर्णय भएछ। पहिलो खेलाडीलाई नलगेर दोस्रो खेलाडीलाई लैजाने निर्णयबाट विरक्तिएका शंकरले त्यसपछि तेक्वान्दोबाट टाढिने सोच बनाए।

एक दशक तेक्वान्दोमा राज गरेका शंकरले एकाएक तेक्वान्दोको रिङबाट हात झिको। रिङबाट उनी हराउनुको एउटै कारण थियो, पारिवारिक र आर्थिक समस्या।

त्यहीबेला नेपालमा यूएई अबुधाबी पुलिसको कमान्डोमा भर्तीका लागि नेपाली युवा छनोट गर्न अबुधाबी पुलिसको टोली नेपाल आएको थियो। छनोटका लागि आवेदन दिएका ५० जनामध्ये शंकरले एक नम्बरमा नाम निकाले।

अबुधाबी पुलिसको कमान्डो ट्रेनिङमा पनि उनी एक सय ८७ जनामा दोस्रो भए । ट्रेनिङपछि यूएईका राजा सेख  जाईदले कमान्डो पुलिसको स्वागतका लागि रात्रिभोजको आयोजना गरेका थिए।

भोजमा तेक्वान्दोको प्रदर्शनी खेल देखाउने मौका पाएका शंकर त्यहीबेला राजाको नजरमा परे। शंकरको तेक्वान्दो कला मनपराएर तत्काल राजाले हाफ्नै हातको घडी फुकालेर शंकरलाई उपहार दिएका थिए।

भोलिपल्टै भेटका लागि दरबार बोलाइएका शंकर त्यसपछि राजपरिवारको सुरक्षा कमान्डमा खटिए। राजपरिवारका सदस्यलाई तेक्वान्दो सिकाउने मौका पनि पाए। अबुधाबी पुलिसबाट तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेल्ने अवसर पाएका उनी त्यहाँ पनि दुई पटक च्याम्पियन बने।

सन् १९९९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको जहाज अपहरण भएको थियो । अपहरणकारीले उक्त जहाज यूएईको विमानस्थल पुर्‍याएका थिए। उक्त जहाजलाई अपरेसन गरेर मुक्त बनाउने काम उनै शंकरको काँधमा आइपर्‍यो।

शंकरको कमान्डमा रहेको टोली जहाजको दायाँतर्फको झ्याल फुटाएर एक्सन सुट गर्न फिल्डमा उत्रिएको थियो। सुट गर्नै लाग्दा अपहरणकारीले फेरि विमान उडाए । यदि त्यहाँ अपहरणकारीलाई सुट गर्न पाएको भए एउटा नेपालीको नाम छुट्टै हुन्थ्यो', शंकर भन्छन्। नेपालका

तेक्वान्दोका चर्चित खेलाडी शंकरलाई यूएई आर्मीको कमान्डो जागिर राम्रो थियो। 'उमेर ढल्कँदै जाँदा जन्मथलो र परिवारको मायाले सताउने रहेछ। विदेशमा मात्र कति बस्नु जस्तो लाग्यो। कुनै क्षेत्रमा नाम कमाएपछि त्यसलाई बिर्सन गाह्रो हुने।

मलाई तेक्वान्दोको लत उत्तिाकै लागेको छ। अब आफ्नै सानातिनो व्यवसाय गरेर स्वदेशमा बस्नेछु। तेक्वान्दोलाई लक्षित गरी केही गर्ने सोच छ', ४७ वर्षीय शंकरले भने। तेक्वान्दोका पाँचौं डान उनलाई विधान लामाको नाम ओलम्पियनको रूपमा सदाबहार छाउँदा आफू ओलम्पियन बन्न नपाएको पीडाले भने चिमोटि रहन्छ रे।

शंकर पहेँलो पेटीका खेलाडी हुनाले मलेसिया लैजान प्रशिक्षक ओलाई गाह्रो भएछ। अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न कालो पेटी लिएको हुनुपर्ने नियम रहेछ। त्यसपछि शरदचन्द्र शाह, प्रशिक्षक ओ र दीपराज गुरुङले तत्कालै बैठक बसेर शंकरलाई एकैपटक कालो पेटी दिने निर्णय गरेर मलेसिया पठाए।

मलेसियामा उनले सिंगापुर, अस्ट्रेलिया र हङकङका खेलाडीलाई नकआउट गरे। चौथो खेलमा उनी कोरियाका खेलाडीसँग पराजित भए।  आजको अन्नपूर्ण पोस्टबाट साभार


Friday, July 24, 2015

खानामा एकै साथ खाना नहुने खानेकुराहरु

0 comments
खाना मानिसको लागि नभई नहुने अपरिहार्य चीज हो र मानिसहरु सकेसम्म स्वादिलो खान रुचाउँछन्। स्वादिलो खाने होडमा धेरै जसोले खानेकुराहरुले ल्याउने समस्याका बारेमा भने ध्यान दिदैँनन्। यसले गर्दा प्रायः जसो मानिसहरुको स्वास्थ्यमा नराम्रो असर परिरहेको हुन्छ। कहिलेकाँही खानेकुराहरुको मेल नहुँदा पनि खतरनाक समस्याहरु आइरहेको हुन्छ।

यस्तो समस्या आउन नदिन खानाको सही मेल (कम्बिनेसन)को अर्थात कुन खाने कुरा  एक साथ खाने र कुन नखाने भन्ने बारेमा पूर्ण जानकारी राख्नु पर्दछ।

सामान्यतया एकैसाथ खान नहुने खानेकुराहरु यसप्रकार रहेका छन्ः

दूधसँग दही, कागती वा प्याजः
दूध र दही एकैसाथ खानु स्वास्थ्यको लागि हानिकारक हुनसक्छ। यसले पेट सम्बन्धी समस्या निम्त्याउन सक्छ।
त्यस्तै प्याज र दूधसँगै खानाले विभिन्न छाला सम्बन्धी रोगहरु जस्तै दाद, छाला चिलाउने, एग्जिमा, सोराईसिस आदी हुने सम्भावना हुन्छ।
दुध र कागतीसँगै खाए ग्यास्ट्रिकको समस्या हुन सक्छ ।

कुखुराको मासु र मिठाईः
कुखुराको मासु र मिठाई सँगै खानाले पेट खराब हुनसक्ने चिकित्सकहरु बताउँछन्।

चिसो पेय पदार्थ र पान मसलाः
चिसो पेय पदार्थ पिउनु पूर्व र पिएपछि पुदिना युक्त पान मसला खानु हुँदैन । पुदिना र चिसो पेय पदार्थ मिसिएपछि  याे ज्यान नै लिनसक्ने विष समान हुन्छ ।

आलु र भातः
आलु र भातसँगै खानाले कब्जियतको समस्या हुनसक्छ।

दहीसँग माछा वा कालो दालः
दहीसँग माछाखानाले ग्यास, एलर्जी र छालाको रोगको सम्भावना हुने र कालो दालसँग खाँदा मुटु रोग निम्त्याउन सक्ने बताइएको छ।

टि.पि.एस. र अमेरिका प्रवेशको बारेमा अमेरिकी दूतावासको काठमाडौँ एक विज्ञप्ती

1 comments
बैशाख १२ को भूकम्पपछि अमेरिका र क्यानडा लैजाने भन्दै दलालहरु भूकम्प प्रभावित गाउँहरुमा सक्रिय भएका छन् । गाउँ गाउँमा पुगेर रकम उठाउँन थालेपछि त्यसविरुद्ध सावधान हुनु पर्ने अवस्था आएको छ ।
गाउँ गाउँमा दलालहरु सक्रिय भएर ठगी गर्न थालेपछि अमेरिकी दूतावासले एक विज्ञप्ती जारी गरि यस बारे आफ्नो धारणा प्रष्ट पारेको छ । संयुक्त राज्य अमेरिका प्रवेश गर्न तथा टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) हासिल गर्न सघाउन सक्ने भनी केही व्यक्तिहरू सक्रिय भएको न्यूजले अमेरिकी दूतावास चिन्तित भएको विज्ञप्तीमा उल्लेख छ । यस्ता दाबीहरू झुट्टा भएको र दलालहरुको पछाडि नलाग्न दूतावासले सबैलाई आग्रह गरेको छ । २०७२ असार ९ गते वा सो अघि निरन्तर तथा शारीरिक रूपमा संयुक्त राज्य अमेरिकामा उपस्थित भएका तथा त्यसपछि पनि संयुक्त राज्य अमेरिकामा नै निरन्तर रूपमा शारीरिक रूपमा उपस्थित रहेका व्यक्तिहरू मात्रै टिपिएसका निम्ति योग्य हुने दूतावासको विज्ञप्तीमा उल्लेख छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि असार ९ गते संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाललाई टिपिएसको सूचीमा राखिएको घोषणा गरेको थियो । संयुक्त राज्य अमेरिकामा पुगी बसोबास गरिसकेका योग्य नेपाली नागरिक (र यसअघि नेपालमा बसोबास गर्दै आएका नागरिकताविहीन व्यक्ति) हरूले टिपिएसका लागि आवेदन दिन सक्नेछन् । यस्तो योग्यता पुग्ने नेपालीहरूका लागि दर्ता अवधि २०७२ असार ९ देखि पुस ६ गतेसम्म रहेको दूतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । टिपिएस एक अस्थायी सुविधा भएको र यसले वैध स्थायी बासिन्दासम्बन्धी सुविधा वा अन्य कुनै अध्यागमन सुविधा प्रदान गर्दैन । उल्लेख्य रूपमा झुट्टा आश्वासनहरू बढ्दै गएको सम्बन्धमा अमेरिकी दूतावास सर्वसाधारणलाई सचेत रहन सल्लाह दिन चाहन्छ भनिएको छ । लामो समयदेखि अमेरिकामा रहेर कानुनी सेवा दिदै आएका क्षेत्री एण्ड एशोसियटका प्रमुख समेत रहेका वरिष्ठ अधिवक्ता खगेन्द्रध्वज जीसीले पनि ठगहरुको पछाडि लागेर पैसा नफसाउन आग्रह गर्नुभयो ।
अमेरिकामा रहेका नेपालीहरुले मात्रै यो सुविधा पाउने जनाउँदै उहाँले ठगहरुबाट सावधान हुन भूकम्प पीडित नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।
अहिले भूकम्प पीडित गाउँहरुमा अमेरिका, क्यानडा र अन्य विकसित मुलुकहरुमा लैजाने भन्दै रकम उठाउन थालेको सूचना पाएपछि अमेरिकी दूतावासले औपचारिक रुपमा विज्ञप्ती निकालेर यसबारे स्पष्ट गरेको हो ।


सुनको मुल्यमा बुधबार भन्दा ८०० रुपैयाँले कम्ति

0 comments

काठमाडौं, श्रावण८  - नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले कम्ति भै ४७ हजार २०० रुपैयाँ कायम भएको छ ।बिहिबार स्थिर रहेको बजार बुधबार छापावाल सुनको मूल्य प्रतितोला  १५ सय रुपैयाँले घटेर ४८हजार मा कारोबार भएको थियो । त्येस्तै चाँदीको मूल्यमा प्रतितोला पाँच रुपैयाँले कमी भै प्रतितोला ६६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारभाउ र सरकारले सुनमा भन्सार दर घटाएपछि साउन महिनामा सुनको मूल्यमा कमि आएको छ। 

प्रहरीले एकान्तकुनास्थित यातायात कार्यालयबाट ४१ जना दलालहरुलाई पक्राउ

0 comments
साउन ८ – महानगरीय प्रहरी परिसर ललितपुरले एकान्तकुनास्थित बागमती अञ्चल यातायात कार्यालय र ताल्छिखेलस्थित यातायात कार्यालय परिसरमा रहेका दलाललाई नियन्त्रणमा लिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

यातायात कार्यालयमा दलालको बिगबिगी रहेको र सर्वसाधारण विभिन्न बहानामा ठगिनुपरेको गुनासो आएपछि प्रहरीले बिहान ११ बजे दुवै कार्यालय परिसरमा एकैपटक छापा मारेको हो ।
छापा मार्ने क्रममा प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएको छ । एसएसपी पिताम्बर अधिकारीले सहज रुपमा हुने काममा पनि परिसर वरिपरि घुमिरहजे एजेन्टले दुःख दिएको उजुरीपछि छापा मार्ने क्रममा ४१ नालाई नियन्त्रणमा लिएको बताए ।‘सर्वसाधारणलाई दुःख दिने काम भइरहेको भन्ने उजुरी आएको थियो,’ उनले भने, ‘त्यसपछि हामीले दुवै कार्यालयमा पुगेर शंकास्पद व्यक्तिलाई पक्राउ गरेका हौं ।


बिप्लव माओवादीले गरेको बन्दबाट देशभरको जनजीवन प्रभावित

0 comments
काठमाडौँ, ८ साउन- बिप्लव नेतृत्वको नेकपा माओवादीले भारत र चिनबिच भएको लिपुलेक र चार दलबिच भएको १६ बुँदे सम्झौताको विरोधमा आज गरेको नेपाल बन्दका कारण विहानै देखि देशभरको जनजीवन प्रभावित भएको छ।अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाइली सहित काठमाडौँको कोटेश्वरबाट अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाइली सहित ११ जनालाई पक्राउ गरेको छ। त्यस्तै बागलुङमा बन्द सफल गराउन हिँडेका माओवादी जिल्ला सेक्रेटरी बिकिरण क्षेत्री, जिल्ला सदस्य बाबुलाल शाक्य सहित १० जना बन्दकर्ता पक्राउ परेका छन्। बन्द सफल पार्न विहानैदेखि बिप्लव माओवादीका कार्यकर्ता सडकमा उत्रिएका छन्। बन्दका कारण प्रेस, मानवअधिकार, एम्बुलेन्स लगायत अत्यावश्यक सवारीका साधन बाहेक अन्य साधन बन्द रहेका छन्।
  लिपुलेक सम्झौता, दलहरुबिचको १६ बुँदे सहमति, भुकम्प प्रभावितहरुका लागी गरिएको राहत वितरणमा भएको भ्रष्टाचारको विरुद्धमा र देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै सर्वपक्षिय राजनीतिक सभाको माग गर्दै बन्द आह्वान गरिएको विप्लब माओवादीले जनाएको छ।

नासाले पृथ्वीजस्तै अर्को ग्रह पत्ता लगाएको छ

0 comments

पृथ्वीबाट करिब १४ सय प्रकाशवर्ष टाढा पृथ्वीजस्तै अर्को ग्रह भेटिएको छ । अमेरिकी अन्तरीक्ष नियोग नासाले केप्लर टेलिस्कोपको मद्दतले यस्तो ग्रहका बारे पत्ता लगाएपछि वैज्ञानिकहरु उत्साही बनेका छन् । यसको नाम केप्लर ४५२ बी दिइएको छ । जुन पृथ्वीभन्दा ६० प्रतिशत ठूलो छ । यहाँ पृथ्वीमाजस्तै जीवनको अस्तित्व हुनसक्ने अनुमान पनि गरिएको छ । यहाँ ३ सय ८५ दिनको एक वर्ष हुने गरेको छ अर्थात् उसले सूर्यजस्तै आफ्नो तारालाई एक परिक्रममा गर्न ३ सय ८५ दिन लगाउने गर्दछ । नासाका वैज्ञानिक जोन जेन्कीनका अनुसार यो पृथ्वीभन्दा ठूलो छ र पृथ्वीभन्दा पुरानो पनि हो । यसले पृथ्वीमा आगामी दिनमा आउनसक्ने सम्भावित प्राकृतिक परिवर्तनको अध्ययन गर्न समेत सघाउ पुग्नेछ । सन् २००९ मा थालिएको यस अभियान अन्तर्गत अन्य केही पृथ्वीजस्तै ग्रहहरु पनि भेटिएका छन् तर तिनीहरु भने या त त्यसको केन्द्रमा रहेको सूर्यबाट निकै नजिक छन् या पृथ्वीभन्दा धेरै ठूला छन् जसका कारण तापक्रम बढी छ । यसैले त्यहाँ जीवनको कल्पना गर्न सकिँदैन । तर, पछिल्लो खोजले भने अन्तरीक्षमा धेरै सम्भावनाहरुको ढोकालाई खोलिदिएको छ।


Thursday, July 23, 2015

धर्म निरपेक्षताबारे सोध्दा हिमानी मुस्कुराइन् मात्र संविधान मस्यौदाको त्रुटी सच्याउन आग्रह

0 comments
७ साउन, काठमाडौं । पूर्व युवराज्ञी हिमानीले जनताको चाहनाअनुसार संविधानमा रहेका त्रुटी सच्याउनुपर्ने बताएकी छिन् । हिमानी ट्रष्टले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सुझाव संकलनका क्रममा आएको जनमतको सम्मान गर्नुपर्नेमा जोड दिइन् ।

हिमानी ट्रस्टका गतिविधीबारे पत्रकारसँग सल्लाह लिन आयोजना गरिएको कार्यक्रममा पत्रकारले संविधानसँग सम्वन्धित प्रश्नको वर्षा गरेका थिए ।
हिमानीेले राजनीतिक विषयका प्रश्नहरुलाई सुरुमा हाँसेर टारेकी थिइन् । ‘हामी पोलिटिक्समा संलग्न छैनौं’ हिमानीले भनिन्-‘कृपया हिमानी ट्रस्टको विषयमा मात्रै कुरा गरौं न ल ।’
भिडियो

तर राजनीतिक प्रश्न आउन छोडेनन् । ‘हिन्दू राज्यको माग भइरहेको छ, के भन्नुहुन्छ ?’ एक पत्रकारले सोधे । कुनै जवाफ नदिइ मस्केर बसिरहिन् हिमानी ।
‘सबै जनताले अहिले संविधानबारे सुझाव दिइरहेका छन्, तपाईंहरुका पनि त व्यक्तिगत सुझाव होलान् ?’ अर्का पत्रकारले सोधे ।

बल्ल उनले मुख खोलिन् । ‘जनताको धारणा बुझ्नलाई सुझाव संकलन भइरहेको न हो । यसलाई त मान्यता दिनुपर्‍यो नी । जनताले देखाएका त्रुटीहरु सच्याएरै जानु राम्रो हुन्छ नी होइन ?’ उनले भनिन् ।
‘जनताको चाहना कस्तो पाउनुभएको छ त तपाईंले ?’ भन्ने पत्रकारको प्रश्नमा उनले हाँस्दै भनिन्-‘त्यो त मलाईंभन्दा तपाईंहरुलाई नै बेसी थाहा होला ।’

पत्रकारहरुले हिमानी ट्रस्टलाई महिला, तथा बालबालिकाको क्षेत्रमा केन्दि्रत भएर काम गर्न सुझाव दिएका थिए । हिमानीले ट्रस्टको साधन स्रोतको सिमितता औंल्याउँदै सकभर धेरै भन्दा धेरै ठाउँमा पुग्न प्रयासरत रहेको उल्लेख गरिन् ।
उनले देशका विभिन्न स्थानहरुमा ट्रस्टले भूकम्पप्रतिरोधी स्कुलहरु निर्माणको लागि योजना बनाइरहेको जानकारी दिइन् ।

नदी किनारमा आमा छोरीको लास भिटियो

0 comments
मकवानपुर, ७ साउन । मकवानपुरमा एकै दिन तीन जना मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी-२ को नदी किनारमा दुई र भैसे-७ खोकलाङमा एक महिला मृत भेटिएका छन् । मनहरी–२ मा मृत भेटिएका दुई महिला आमा छोरी हुन् । यी दुबै आमा छोरीको शरीरको अधिकांश भागमा लुगा नभेटिएको प्रहरीले जनाएको छ ।
मृत फेला पर्नेमा मनहरी-२ छरिवाङ बस्ने ५५ बर्षीया ठुलीमाया थिङ र उनकी ३२ बर्षीया छोरी छयरानी थिङ रहेका छन् । आमा मनहरी-१ लोथर खोलाको किनारमा विहीबार मृत फेला परेकी थिईन भने, छोरी१ सय मिटर पर चितवन पिप्ले-६ लोथर खोलाको किनारमा निवस्त्र फेला परेकी हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आमाछोरीलाई खोलाले बगाएर ल्याएको देखिएको छ । यद्यपी खोलाले बगाएको हो कि हत्या गरि खोलामा फालिएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।
यस्तै, मकवानपुर भैसे-७ खोकलाङ बस्ने ३० बर्षीया निला राई विहिबार आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी छिन् । उनले आत्महत्या गरेको बताइएको छ ।


ठेकेदारबाट २ इन्जिनियरले १ लाख रुपैया घुस लिदा लिदै पक्राऊ

0 comments
काठमाण्डौ साउन ७ डिभिजन सडक कार्यालय टेकुका इन्जिनियर ललिजन रावल र सबइन्जिनियर गोविन्द गैरैलाई एक लाख रुपैया घुस सहित अख्तियारले बिहीबार पक्राउ गरेको छ।

चन्द्रागिरी नगरपालिका, दहचोकको त्रिवेणी मार्ग कालोपत्रे गर्ने ठेकेदारबाट उनीहरुले उक्त रकम घुस बापत लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ।

घुस मागिरहेको सूचनाका आधारमा गएको अख्तियारको टोलिले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

बिप्लव नेतृत्वको नेकपा माओवादीले भोली शुक्रवार नेपाल बन्दको आह्वान

0 comments
काठमाडौं, ७ साउन– भारत र चिनबिच भएको लिपुलेक र चार दलबिच भएको १६ बुँदे सम्झौताको विरोधमा बिप्लव नेतृत्वको नेकपा माओवादीले भोली शुक्रवार नेपाल बन्दको आह्वान गरेको छ ।

नेकपा माओवादीका पोलिटब्युरो सदस्य भरत बमले लिपुलेक सम्झौता, दलहरुबिचको १६ बुँदे सहमति, भुकम्प प्रभावितहरुका लागी गरिएको राहत वितरणमा भएको भ्रष्टाचारको विरुद्धमा र देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै सर्वपक्षिय राजनीतिक सभाको माग गर्दै बन्द आह्वान गरिएको जानकारी दिनुभयो ।

बमका अनुशार भोली विहानै देखि साँझसम्म बन्द जारी रहनेछ । शान्तिपुर्ण रुपमा हुने बन्द कार्यक्रमलाई सफल पार्न नेकपा माओवादीले आम सर्वसाधारणमा आग्रह पनि गरेको छ । बन्द आह्वान गरिएपनि प्रेस, मानवअधिकार, एम्बुलेन्स लगायत अत्यावश्यक सवारीका साधनहरु भने निर्वाध रुपमा चल्न पाउने पोलिट्ब्युरो सदस्य बमले जानकारी दिनुभयो ।

यदि शान्तिपुर्ण रुपमा हुने आन्दोलनलाई राज्यले दमन गर्ने प्रयास गरे त्यस्को जिम्मा सरकारले नै लिनुपर्ने पोलिट्ब्युरो सदस्य बमले बताउनुभयो ।

यसैबिच नेकपा माओवादीले आह्वान गरेको भोलीको बन्दको पुर्वसन्ध्यामा देशका विभिन्न ठाउँमा मसाल जुलुस प्रदर्शन गरेको छ । देशका विभिन्न चोक तथा बजारहरुमा नेकपा माओवादीका कार्यकर्ताहरुले भोलीको बन्दको झल्को दिन मसाल जुलुस निकालेका हुन् । दाङमा पनि बन्दको पुर्वसन्ध्यामा मसाल जुलुश निकालिएको छ ।


दिल्ली एरपोर्ट हुदै दुबई जानलागेको ७ नेपाली चेली पक्राऊ

0 comments
काठमाडौं, साउन ७ – भारतको बाटोहुँदै दुबई जान लागेका ७ जना नेपाली युवती भारतमा पक्राउ परेका छन्  । नक्कली राहदानी तथा कागजात बनाएर दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट जाने तयारीमा रहेका युवतीलाई भारतीय प्रहरीले पक्राउ गरी अध्यागमन विभागलाई बुझाएको हो । पक्राउ पर्नेमा बर्ष२०की पुजा तामाङ, २६की मालती राई, ४१की लक्ष्मी राई, ३१की उमा भुजेल,२३की शर्मिला थापा, २८की शोभाकुमारी परियार र २९की कृष्णादेवी रहेका छन् । भारतीय प्रहरीका अनुसार एयर इन्डियाका ड्युटी म्यानेजर कपिल र ग्राहक सेवा प्रदायक मनिषलाई पनि पक्राउ गरिएको छ । नेपाली युवतीलाई दुबाई उडाउने प्रवन्ध मिलाइएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

संविधानको मस्यौदामा महिलाहरुले विवाह नगरीकनै बच्चा जन्माउन पाउनुपर्नेको माग सुझाव

0 comments
काठमाडौं, ७ साउन । संविधानको मस्यौदामा सुझाव संकलनको कार्य लगभग सकिएको छ ।
विभिन्न दलहरुको विरोध र आक्रमणका बाबजुद सभासदहरुले २४१ निर्वाचन क्षेत्रमा गएर संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलन गरेका हुन् । संकलन गरिएका सुझाव सबैभन्दा बढी हिन्दु राष्ट्रको पक्षमा बढी आएका छन्, त्यसपछि कार्यकारी प्रमुख राष्ट्रपति वा प्रधा
स्थानीय निकाय प्रत्यक्ष निर्वाचन, धार्मिक स्वतन्त्रता, सीमाङ्कन र नामाङ्कन टुङ्ग्याएर सम्भिधान जारी गर्नुपर्ने सुझाव बढी आएका छन् । थुप्रै विषयमा सुझाव संकलन भएको संविधानसभामा प्रस्तुत गरिने सुझाव समितिका सभापति प्रमिला राणाले जानकारी दिनुभयो । अहिलेसम्म करिब ३ लाख बढी सुझाव संकलन भएको जानकारी दिँदै उहाँले नेपाली समाजमा पाच्य नहुने सुझाव पनि आएको बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘कसैले विवाह नगरीकनै बच्चा पाउनुपर्छ भनेका छन्, त कसैले दुई श्रीमान आफैसँग राख्न पाउनुपर्छ भनेका छन् । जून हाम्रो समाजमा मान्य हुने सम्भावना कम हुन्छ ।’ मस्यौदामा मोरङका महिलाहरुले विवाह नगरीकनै बच्चा जन्माउन पाउनुपर्ने मागसहित सुझाव दिएका थिए भने काभ्रेका महिलाहरुले दुई श्रीमान राख्न पाउनुपर्ने मागसहित सुझाव संविधानसभालाई दिएका छन् ।
नयाँ संविधानमा आफूहरुलाई पुरुषसरह अधिकार दिनुपर्ने भन्दै महिलाहरुले यस्तो मागसहितको सुझाव संविधानसभामा आएको सभापति राणाले जानकारी दिनुभयो ।
नमन्त्रीको पक्षमा बढी सुझाव आएका छन् ।

बल्लीवुड फिल्म बहुबल्ली पुरा हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोला।

0 comments
हिन्दी फिल्मको ईतिहाँसमा बहुबल्ली सन् २०१५को  महँगो तथा सफल फिल्म हो। फिल्म रिलीज भएको पहिलो दिनमा ६० करोड , दोस्रो दिनमा १०० करोड र १२औ दिनसम्ममा ३६५ करोड कमाइ सकेको छ। गिनिस बुकमा समेत बिस्वको सबैभन्दा ठुलो पोस्टर ५१५९८.२१ वर्ग फीटको बनाई नाम लेखाउन सफल भएको छ।
MOVIE

विश्वका उत्कृष्ट १० विश्वविद्यालयहरुको सूचि

0 comments
सेन्टर फर वर्ल्ड युनिभर्सिटी र्‍याङकिङ (सीडब्ल्यूयूआर) ले विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको सूचि सार्वजनिक गरेको छ । उत्कृष्ट ५ मध्ये पहिलो तीनस्थानमा अमेरिकी र चौथो र पाँचौमा बेलायतका विश्वविद्यालय परेका छन् ।

१ हार्वर्ड युनिभर्सिटी (अमेरिका)
सन् १६३६ मा स्थापना भएको यो अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हो । ४७ नोबेल पुरस्कार विजेता, ३२ जना राष्ट्रप्रमुखहरु र ४८ जना पुलित्जर पुरस्कार विजेताहरुले यही विश्वविद्यालयमा अध्ययन् गरेका थिए ।

२१० एकडमा फैलिएको यस्को मुख्य क्याम्पस र २३ स्याटालाइट क्याम्पस साथै २ हजार ४०० फ्याकल्टी सदस्य रहेको यो विश्वविद्यालयमा सबै तहमा गरी करिब २१ हजार विद्यार्थी अध्ययनरत छन् ।

२ स्ट्यान्फोर्ड युनिभर्सिटी (अमेरिका)
यो विश्वविद्यालयको स्थापना सन् १८९१ मा रेलवे टाइकुन लील्याण्ड स्ट्यानफोर्डले १६ वर्षको उमेरमा निधन भएका आफ्नो छोराको स्मृतिमा गरेका थिए । हेवलेट प्याकर्ड र गुगलको स्थापना यसै विश्वविद्यालयका छात्रहरुले गरेका हुन् । यहाँ करिब ७ हजार अण्डरग्राजुएट र ४ हजार पोष्टग्राजुएशनका विद्यार्थीहरु अध्ययन्रत छन् ।

३ म्यासचुसट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (अमेरिका)
स्थापनाको १५० वर्षमा म्यासचुसट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी –एमआईटी) ले ७० भन्दा धेरै नोबेल पुरस्कार विजेता पैदा गरेको छ, जसमध्ये ८ जना त वर्तमान फ्याकल्टी मा संलग्न छन् । १६८ एकडमा फैलिएको यसको चाल्र्स रिभर क्याम्पसमा १० हजार भन्दा अधिक विद्यार्थीलाई आर्किटेक्चर एण्ड प्लानिंग, इन्जिनियरिंग, ह्युम्यानिटिज, आर्टस एण्ड सोशल साइन्सेज, म्यानेजमेन्ट र हेल्थ साइन्सेज एण्ड टेक्नोलोजीको प्रशिक्षण प्राप्त गरिरहेका छन् ।

४ युनिभर्सिटी अफ क्याम्ब्रिज (बेलायत)
बेलायतको क्याम्ब्रिज शहरस्थित यो विश्वविद्यालय अंग्रेजी भाषी देशहरुमा दोस्रो सबैभन्दा पुरानो विश्वविद्यालय हो । यस विश्वविद्यालयमा ३१ कलेज, १०० विभाग, फ्याकल्टिज र सिंडिकेट र ६ स्कुल संवद्ध छन् । हाल १७ हजार छात्रछात्राले अध्ययन् गरिरहेको यो विश्विद्यालयमा १२० देशका १ हजार अन्तराष्ट्रिय विद्यार्थी अध्ययनरत छन् ।

५ युनिभर्सिटी अफ अक्सफोर्ड (बेलायत)
बेलायतका २६ जना प्रधानमन्त्री, विश्वका कम्तीमा पनि ३० चर्चित नेताहरुले यही विश्वविद्यालयमा शिक्षा लिएका हुन् । १३ औं शताब्दीमा स्थापना भएको यो विश्विद्यालय विश्वकै पुराना तीन विश्वविद्यालयमध्येमा पर्छ ।

६ कोलम्बिया युनिभर्सिटी (अमेरिका)
अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि यही विश्वविद्यालयमा अध्ययन् गरेका हुन् । विश्व सबैभन्दा बढी नोबेल पुरस्कार प्राप्त गर्नेहरुमा यही विश्वविद्यालयका छात्रछात्रा पर्छन् । यसका तीन अण्डरग्राजुएट स्कुल, १३ ग्राजुएट र प्रोफेशनल स्कुलहरु छन् ।

७ युनिभर्सिटी अफ क्यालिफोर्निया, बारकली (अमेरिका)
भिटामिन ई र फ्लूको भाइरसको पहिचान यसै विश्वविद्यालयमा भएको थियो । सन् १८६८ मा स्थापना भएको यस विश्वविद्यालयका २० भन्दा धेरै फ्याकल्टी सदस्यहरुले नोबेल पुरस्कार प्राप्त गरेका छन् ।

८ युनिभर्सिटी अफ शिकागो (अमेरिका)
यस विश्वविद्यालयमा अण्डरग्राजुएट भन्दा धेरै पोष्टग्राजुएट विद्यार्थीहरु छन् । १८९० मा स्थापना भएको यस विश्वविद्यालयका १२५ रिसर्च इन्स्टिच्यूट र सेन्टरहरु छन् ।

९ प्रिन्सटन युनिभर्सिटी (अमेरिका)
यो अमेरिकाको चौथो सबैभन्दा पुरानो कलेज हो । ९८ देशका करिब ७ हजार ५०० विद्यार्थीले अध्ययन् गरिरहेको यो विश्वविद्यालयमा ११ हजार फ्याकल्टी सदस्य र ३४ विभाग साथै स्कुल अफ आर्किटेक्चर, स्कुल अफ इन्जिनियरिंग एण्ड अप्लाइड साइन्सेस र वुड्रो विल्सन स्कुल अफ पब्लिक एण्ड इन्टरनेशनल अफेयर सामेल छन् ।

१० कर्नेल युनिभर्सिटी (अमेरिका)
एन्ड्रेउ डिक्सन बाइटले सन् १८६५ मा वंश र धर्मको भेदभाव बिना समतामुलक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कर्नेल युनिभर्सिटीको स्थापना गरेका थिए । ६ हजार फ्याकल्टी सदस्य रहेको यो विश्वविद्यालयमा अहिले करिब २० हजार छात्रछात्रा अध्ययन्रत छन् ।

त्यसैगरी सेन्टर फर वर्ल्ड युनिभर्सिटी र्‍याङकिङ (सीडब्ल्यूयूआर) को सूचिमा उत्कृष्ट ११, १२, १४, १५, १६, १८, १९ औं विश्वविद्यालय पनि अमेरिकाकै छन् ।

१३ औं उत्कृष्टमा जापानको युनिभर्सिटी अफ टोकियो र १७ औंमा जापानकै युनिभर्सिटी अफ क्योटो छन् भने २० औंमा स्विजरल्याण्डको स्विस फेडरल इन्स्टिच्यूट अफ टेक्नोलोजी इन जुरिच छ ।

छिमेकी मुलक चीनको पेकिङ युनिभर्सिटी ५६ औं र सिन्ह्वा युनिभर्सिटी ७८ औं मा परेका छन् भने चीनका २७ वटा विश्वविद्यालय उत्कृष्ट ५०० भित्र परेका छन् ।

भारतभित्र  १ नम्बरमा रहेको इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (आइआईटी) विश्व र्‍याङकिङमा ३४१ औं नम्बरमा छ । योसँगै युनिभर्सिटी अफ देल्ही (३७९), इन्डियन इन्स्टिच्यूट अफ साइन्स (४४८) र पञ्जाब युनिभर्सिटी (४९१) गरी भारतका चारवटा विश्वविद्यालय उत्कृष्ट ५०० भित्र परेका छन् ।

नेपालका कुनै पनि विश्वविद्यालय उत्कृष्ट १००० भित्र पनि परेका छैनन् ।






अहिलेका चर्चित एमाले नेता केपि ओलिसँग टफ टकमा गरेको अन्तरवार्ताको भिडियो हेर्नुहोस्

0 comments


कोरियाबाट स्वर्ण पदक जिती स्वदेश फिर्ता

0 comments
दक्षिण कोरियामा सकिएको नवौं अन्तराष्ट्रिय तेक्वान्दो सांस्कृतिक प्रदर्शनी खेलमा स्वर्ण पदक हात पारेकी योङ्चेन शेर्पासहितको टोली स्वदेश फर्केको छ । कोरियास्थित मुजु तेक्वादो पार्कमा भएको खेलमा शेर्पाले भारत र पाकिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्णपदक हात पारेकी हुन् । उनी ह्वाइट फिल्ड स्कुलमा अध्ययनत छिन् । त्यस्तै, सोही खेलमा सहभागी जेम्स स्कुलकी क्रेशा कोइराला, एजेलिया राजकर्णिकार र ह्वाईट फिल्ड स्कुल कै आर्यन खड्की पनि स्वदेश फर्किएका छन् । उनीहरुले उक्त खेलमा कास्यपदक हात पारेका थिए । पदक विजेता खेलाडीलाई ह्वाईट फिल्ड स्कुलका प्रिन्सिपल पारस श्रेष्ठ, राष्ट्रिय तेक्वान्दो खेलाडी मनिता शाही र खेलाडीका परिवारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । उक्त प्रदर्शनी खेलमा विभिन्न ६५ राष्ट्रको सहभागिता थियो । रासस
फाईल तस्बिर 

दारी र कपाल कुन दिन काट्दा राम्रो र नराम्रो हेर्नुहोस

0 comments
 धर्मशास्त्रमा जीवनका नियमहरु उल्लेख छन् । त्यसमा दारी र कपाल काट्न नहुने दिन समेत उल्लेख छ । यी दिनमा दारी कपाल काट्दा अशुभ हुने मानिन्छ ।
यी दिनमा नकाट्नुस् 
शास्त्रका अनुसार मंगलवार, विहीवार र शनिवार कपाल काट्नु हुँदैन । यसले अशुभ गराउने विश्वास छ ।
ज्योतिष शास्त्रका अनुसार पनि मंगलबार मंगलको दिन हो । शरीरमा पनि मंगलको निवाश हुने यो दिनमा कपाल काट्नु राम्रो मानिन्छ । मंगलबार र शनिबार कपाल काट्दा अशुभ प्रभाव पर्ने उल्लेख छ ।
शास्त्रका अनुसार मंगलबार कपाल काट्दा ८ महिना कम हुन्छ मान्छेको आयु ।

विहीबार लक्ष्मीको दिन मानिन्छ । यस दिन कपाल काट्दा लक्ष्मी अर्थात धनकी देवी बेखुसी भएर दरिद्र हुने सम्भावना हुन्छ ।

शनिबार कपाल काट्दा ७ महिना आयु कम हुने विश्वास गरिन्छ ।
बाँकि रहेका सोमवार, बुधवार, शुक्रवार र आइतवार कपाल काट्नु राम्रो मानिन्छ ।

चीनको ‘ग्रेटवाल’का बारेमा अन्वेषकहरुले नयाँ तथ्य फेला

0 comments
काठमाडौं, श्रावण ६ अन्तरिक्षबाट देखिने पृथ्वीको मानवनिर्मित संरचना चीनको ‘ग्रेटवाल’का बारेमा अन्वेषकहरुले नयाँ तथ्य फेला पारेका छन् ।

ग्रेटवालको लम्बाई पाँच हजार किलोमिटर भनी यसअघि नै अनुमान गरिएको थियो । तर, वैज्ञानिक ढंगले नापजाँच गरिएको थिएन । चीन सरकारले सन् २००५ देखि ग्रेटवालसम्बन्धी अध्ययन गर्न नयाँ दल गठन गरी अनुसन्धान गर्न पठाएको थियो । ग्रेटवालको वास्तविक लम्बाई ८ हजार ८ सय ८१ किलोमिटर लामो रहेको प्रमाणित भएको ‘चाइना डेली’ समाचारपत्रले जनाएको छ ।

विश्व सम्पदा सूचीमा परेको ग्रेटवाल बढ्दो भौतिक संरचनाहरुको विकास तथा मौसमका कारण भविश्यमा लोप हुनसक्ने अवस्थामा रहेको छ । ग्रेटवालको पहिलो खन्ड २ हजार वर्षभन्दा अघि निर्माण भएको थियो । ‘विदेशी शत्रुहरु आफ्नो मुलुकमा प्रवेश गर्न नसकुन्’ भनी तात्कालीन शासकले मानिस हतपत उक्लिन नसक्ने खालको पर्खाल ठड्याउन लगाएका थिए भन्ने तर्क छ ।

पर्खालमा शत्रुलाई नियाल्नका लागि सरक्षाकर्मीले पहरा दिने ठाउँ पनि पहिलो खन्ड निर्माणकै क्रममा बनाइएको थियो । सन् १३६८ देखि सन् १६४४ सम्म मिङ वंशको शासनकालमा ग्रेटवालको दोश्रो खन्ड निर्माण गरिएको बताइन्छ । त्यसबेला उत्तरी मंगोलिया क्षेत्रका आदिबासीको सम्भावित आक्रमणलाई रोक्न गे्रटवालको विकास र विस्तार गरिएको चाइना डेलीको वेबसाइटमा उल्लेख छ ।

ग्रेटवालको संरचनामा ६ हजार २ सय ५९ किलोमिटर वास्तविक पर्खाल, ३ सय ५९ किलोमिटर ट्रेन्च र २ हजार २ सय ३२ किलोमिटर पहाड र नदीजस्ता प्रतिरक्षात्मक प्राकृतिक अवरोधहरुका समेटिएका छन् । गे्रेटवालको दुई वर्षे नक्सांकन परियोजना चीनको ‘स्टेट हेरिटेच’ले गरेको थियो । उक्त नक्सांकनमा अन्तरिक्षबाट भू–उपग्रहद्धारा ‘इन्फ्रारेड’ प्रविधि तथा स्थल नक्सांकनमा ‘ग्लोबल पोजिसनिङ’ प्रणालीको प्रयोग गरिएको थियो ।

पहिलेको अनुमानमा प्रत्येक खन्डको भौतिक नापमा नभइ त्यहाँ पाइएका ऐतिहासिक अभिलेखको आधारमा गरिएको उल्लेख छ । अहिले सम्पन्न मापन विधिमा पर्वत र मरुभूमिमा गरिएको खोजीले अज्ञात स्थलहरु पत्ता लागेका हुन् भनी कल्चरल हेरिटेजका निर्देशक सान जिसिआङको हवाला दिँदै चाइना डेलीको वेबसाइटमा भनिएको छ ।

यो सर्वेक्षणले प्राचीन रहस्यको लम्बाइबारे स्पस्ट हुन सहयोग मात्र नगरे थुपै्र समस्याहरुमाथि प्रकाश पार्नुका साथै संरक्षणको प्रयास गरेको उल्लेख छ । चीनले सन् २०१५ भित्रमा ग्रेटवाल संरक्षण अभियान सम्पन्न गर्नेछ ।

यस योजनाअन्तर्गत् हालसम्म पर्खालको संरक्षण गर्नुपर्ने खन्डको नक्सांकन कार्य सम्पन्न भएको छ । २३ सय वर्ष अगाडिका चिनियाँ युद्धविज्ञ सुन सु नीति युद्ध कलालाई दर्शन मानेर शताब्दीऔंअघिका चिनियाँ शासकले निर्माण गर्न लगाएको ग्रेटवालको महत्व आधुनिक समयमा झन् बढेर गएको विश्लेषण चाइना डेलीले गरेको छ ।श्रावण ६ अनलाईन खबरमा प्रकाशित

Like us

 

Search

 
Enjoy the site