Wednesday, August 26, 2015

Morning News, Aug 26 2015

0 comments

 २०७२ भदौ ९ बुधबार बिहान हिमालयन टि.भी. बाट प्रशारित समाचार हेर्नुहोस। clik then it will play...

VIDEO
dcnepallive.com/video/videoDISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Meri Bassai, 25 August 2015 New Episode

0 comments
८ भदौ २०७२ - नेपाल टेलिभिजन बाट प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै हेर्नुहोस।क्लिक गर्नुहोस भिडियो play हुनेछ।
meri-bassai-25-august-2015-new-episode
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Tuesday, August 25, 2015

Dance India Dance Season 5 - Episode 18 - August 23, 2015 - Full Episode

0 comments
६ भदौ २०७२ , आईतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग १८ मा नेपालका निर्मल तामाङले प्रस्तुत गरेको बेजोड प्रस्तुतीका साथसाथै अन्य प्रस्तुतिहरुको साथ पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
dance-india-dance-season-5-episode-18-august-23-2015-full-episode
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dhamala Ko Hamala with Komal Oli

0 comments
 ७ भाद्र सोमबार - चर्चित लोक गायिका तथा संचार कर्मी कोमल ओली संग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ कोमल ओलीका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.
Video DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Kantipur Nepali News, 25 August 2015

0 comments

८ भदौ २०७२ मंगलबार बेलुकी ७ बजे कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
Video

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

एसएसपी रमेश खरेलले आफ्नो नाममा फेसबुक अकाउन्ट खोली आपत्ती जनक पोष्ट गर्नेलाई कारबाही गर्ने

0 comments
८ भदौ - नेपाल प्रहरीका एसएसपी रमेश खरेलले आफ्नो नाममा दर्जनौ फेसबुक अकाउन्ट खोली आपत्ती जनक, आवेश प्रेरीत, उच्छृंखल तथा नेपाल प्रहरी संगठनको मर्यादा विपरितका अभिव्यक्तिहरु पोष्ट गरेकोमा आपत्ति जनाएका छन्।

मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजबाट सार्वजनिक अपिल गर्दै यस्ता फेक फेसबुक पेजहरू कसैले गलत रुपमा प्रयोग गरिरहे कानुन बमोजिम कारबाही हुने बताएका छन्।

हेर्नुहोस् उनले गरेको अपिल जस्ताको तस्तै

मिति २०७२ भाद्र ७ गते मनुवा गा.वि.स. ६ सिमलचौर कैलालीमा अत्यन्त होनहार, बहादुर प्रहरी कर्मचारीहरुले कर्तव्य पालनाको सिलशिलामा सहादत प्राप्त गरेको घटनाले मलाई अत्यन्त दु:खी बनाएको छ।

कर्तव्य पालनामा रत्तिभर विचलित नभई प्राणको आहुती दिने वीर प्रहरीहरू प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु र भगवान पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछु।

नेपाल प्रहरीले यस्तो दुःख बेहोरीरहेको अवस्थामा केही फेसवुक प्रयोगकर्ताहरुले मेरो आधिकारीक फेसवुकमा मेरो फोटो समेत ट्याग गरि आपत्ती जनक, आवेश प्रेरीत, उच्छृंखल तथा नेपाल प्रहरी संगठनको मर्यादा विपरितका अभिव्यक्तिहरु पोष्ट गरेकोमा मेरो आपत्ति रहेको छ। कानूनी राज्यको अवधारणालाई सहस्त्र शिरोधार्य गरि जनताको जिउ धनको सुरक्षामा अहोरात्र लागि रहने हामी कर्तव्य परायण राष्ट्र सेवकहरुलाई सामाजिक सञ्जालको प्रयोग गरि संगठनमा द्धेष फैलाउने तथा हाम्रो मनोवल गिराउने कार्य कही कसैबाट नहोस भन्ने अनुरोध गर्न चाहन्छु।

यसका अतिरिक्त मेरो नामसँग जोडेर करिब एक दर्जन फेसवुक पेजहरु पनि कसैले गलत रुपमा प्रयोग गरिरहेकोले त्यस्तो कार्य नगर्न समेत म विनम्र आग्रह गर्दछु र अवउप्रान्त यस प्रकारको गैह्र जिम्मेवारीपन प्रदर्शन गरिएको पाईएमा कानुन बमोजिम कारबाही हुने जानकारि गराउँदै समस्त फेसवुक प्रयोगकर्ताहरुलाई त्यस्ता पेजहरुमा विश्वास नगर्न हुन समेत अनुरोध गर्दछु। श्रोत:सेतोपाटी

टीकापुरमा प्रहरी कर्मचारीको हत्या गर्नेलाई कारबाही गर्ने भनाइका साथ महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विज्ञप्ति जारी गरेको छ

0 comments
काठमाडौं, ८ भदौ । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कैलालीको टीकापुरमा प्रहरी कर्मचारीको हत्या गर्ने जोसुकैलाई कारबाही गर्ने बताउनुभएको छ । उहाँले टीकपुर आक्रमण र हत्यालाई आततायीको संज्ञा दिनुभएको छ ।

महानिरीक्षक अर्यालले विज्ञप्ति जारी गरेर प्रहरी कर्मचारीको हत्या गर्ने कायरतापूर्ण कार्य गर्नेलाई कानुनको दायरामा ल्याइने बताउनुभयो ।

‘कर्तव्यनिष्ठ प्रहरी कर्मचारीहरूमाथि भएको कायरतापूर्ण आक्रमणमा संलग्न व्यक्तिलाई जुनसुकै हालतमा पनि कानुनको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै यस असहज घडीमा आफ्नो कर्तव्यमा किन्चित पनि विचलित नभइ व्यावसायिक संयमता, कौशलता तथा धैर्यता प्रदर्शन गर्दै राष्ट्रसेवामा अझ बढी अग्रसर हुन समेत सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन गर्दछु’, महानिरीक्षक अर्यालले भन्नुभएको छ ।

उहाँले नेपाल प्रहरीका पाँच जना होनहार बहादुर, कर्तव्यनिष्ठ प्रहरी कर्मचारीले कर्तव्यपालनको शिलशिलामा सहादत प्राप्त गरेको घटनाले आफू अत्यन्र्त मर्माहत भएको बताउनुभएको छ ।

टीकापुर आक्रमणमा सोमबार प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशर बोहरा, प्रहरी हवल्दार श्यामबहादुर खड्का र प्रहरी जवान लोकेन्द्रबहादुर चन्दको आन्दोलनकारीले हत्या गरेका थिए ।



एसएसपी सर्वेन्द्र खनालले गुण्डाहरुको बारेमा गोप्य सूचना लिन सार्बजनिक गरेका मोबाइल नम्बरहरु हेर्नुहोस

0 comments
काठमाडौं, भदौ ८ - तत्कालिन प्रहरी अपराध महाशाखा प्रमुख (एसएसपी) पुष्कर कार्कीले २०७१ साउन २१ मा चर्चित गुण्डा नाईके दिनेश अधिकारी ‘चरी’ मारिएको खबर दिएका थिए । त्यसको ठ्याक्कै एक वर्ष बितेको केहि दिनपछि अपराध महाशाखाकै अर्का प्रमुख एसएसपी सर्वेन्द्र खनालले अर्का चर्चित गुण्डानाईके कुमार श्रेष्ठ ‘घैंटे’ मारिएको जानकारी दिए । प्रहरीका अनुसार दुवै गुण्डानाईकेहरु ईन्काउण्टर (मुठभेड) मा मारिएका हुन् ।

अपराध महाशाखाले राजनैतिक संरक्षणमा फिरौती, गुण्डागर्दी गर्दै आएका दुई गुण्डानाईकेलाई एक वर्षको बीचमा मुठभेडमा मारेपछि अब गुण्डागर्दी कम हुनेमा आम जनताको विश्वास बढेसँगै महाशाखालाई भने चुनौती थपिएको छ । अब अपराध विरुद्धको अपरेशनलाई थप सशक्त बनाइने बताएपछि अबको निशानामा को होला ? भन्ने कुराले पनि सनसनी मच्चिन थालेको छ ।

अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले गुण्डागर्दी गर्नेहरुको अब दिनगन्ती सुरु हुने भन्दै चेतावनी दिएका छन् । उनले अब गुण्डागर्दी गर्नेहरुलाई समाप्त पार्न कति दिन लाग्ने हो भन्ने दिनका कुरा मात्र भएको भन्दै कुनै दवाव र प्रभावमा परेर कारवाही नरोकिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अपराधीक गतिविधि लागेका तथा अहिलेसम्म पनि सो नत्यागेकाहरु अब नबच्ने बताउँदै एसएसपी खनालले गुण्डा नाईकेहरु बारे सबै सूचना संकलन भइरहेको बताए ।

राजधानीलाई गुण्डामुक्त क्षेत्र बनाउने अभियान थालेका खनालले अपराधिक गतिविधिमा लागेकाहरुको सूचना दिन व्यक्तिगत तथा कार्यालयको हट लाईन नम्बर समेत सार्वजनिक गरेका छन् । खनालले व्यक्तिगत मोवाईल नम्बर ९८५११८५८११ वा अपराध महाशाखा प्रमुखले प्रयोग गर्ने स्थायी मोवाईल नम्बर ९८५१२८४०३२ मा सम्पर्क गरेर सूचना दिन सबैलाई आग्रह समेत गरका छन् ।


Jire Khursani, 24 August 2015

0 comments
७ भदौ २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस। क्लिक गर्नुस भिडियो खोल्नेछ।
jire-khursani-24-august-2015
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, August 24, 2015

हाँस्य टेलि फिल्म हकका हक्की HAKKA HAKKI ५ भदौ

0 comments
५ भदौ २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की HAKKA HAKKI.
hakka-hakki-22-august-2015

साफ यु–१९ च्याम्पियनसीपमा नेपालले बंगलादेशलाई २–१ले हराउँदै सेमिफाइनल पुग्यो

0 comments
काठमाण्डु, ७ भदौ– साफ यु–१९ च्याम्पियनसीपमा समूह ‘ए’ को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ। 

एन्फा मैदान, सातदोबाटोमा भएको खेलमा ११ औं मिनेटमा गोल गर्दै रोहित सरकारले बंग्लादेशलाई अग्रता दिलाएका थिए। त्यसको सातमिनेटपछि नेपालका अन्जन बिष्टले गोल गर्दै खेल बराबरीमा ल्याए।

इन्जुरी समयको तेस्रो मिनेटमा नेपालले प्रहार गरेको फ्री किकमा बंग्लादेशले सुसाइड गोल गरेपछि नेपाल २-१ले विजयी भएको हो। बंग्लादेशका तुतुल बादशाहले आफ्नै पोष्टमा गोल गरेका हुन्। खेलमा हारेपनि बंगलादेश उपविजेता बन्दै सेमिफाइनलपुगेको छ।

कैलाली, सर्लाही, रौतहट जिल्लामा सेना परिचालन

0 comments

काठमाडौँ, ७ भदौ - नेपाल सरकारले केही जिल्लाको शान्तिसुरक्षाको दृष्टिगत गरी दङ्गा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न आदेश दिएको छ ।

आज बसेको सुरक्षा समितिको बैठकले कैलाली, सर्लाही, रौतहट लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई स्थानीय प्रशासन ऐनअनुरुप सो आदेश दिएको उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका–संसद्मा जानकारी दिनुभएको हो ।

कैलालीको टीकापुरमा आज दिउँसो घटेको घटनाका बारेमा सदनलाई जानकारी दिँदै उहाँले भन्नुभयो, “प्रदर्शनकारीले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेलाई भालाले घोपेर, सशस्त्र प्रहरीका हबलदार राम विराहीलाई जिउँदै जलाएर र अन्य तीन प्रहरीलाई काटेर मारेका छन् ।”

घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही जवान हराइरहेका जानकारी दिँदै उहाँले प्रदर्शनकारी टीकापुरका स्थानीयवासीका घरमा लुकेर बसेको बताउनुभयो ।

गृहमन्त्री गौतमले आज दिउँसो ११ बजे टीकापुर क्षेत्रमा चारैतिरबाट हातमा बन्चरो, खुँडा लिएर आएकाले टीकापुरको निषेधित क्षेत्र तोड्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेराबन्दी तोडेर आक्रमण गर्न थालेको गृहमन्त्रीले जानकारी दिनुभयो ।

प्रदर्शनकारीले थरुहट नारा लगाएको राष्ट्रिय झन्डा भुइँतिर लगाएको उहाँले बताउनुभयो । आइतबार कैलालीमा थरुहट, अखण्ड सुदूरपश्चिम तथा दलका प्रतिनिधिका बीचमा सद्भाव कायम राख्दै उत्तेजना, जातीय सद्भाव खलबलिने कार्यक्रम नगर्ने सहमति भएको तर सहमतिको एक दिन बित्न नपाउँदै सो घटना घट्नु दुःखद हो गृहमन्त्री गौतमले भन्नुभयो ।

यसैगरी प्रदर्शनकारीले रौतहटको गौरमा प्रदर्शनी गरिरहेको र उनीहरुले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र अदालतमाथि आक्रमण गर्न सुरु गरेको जानकारी उहाँले सदनलाई गराउनुभयो ।
यसैगरी सर्लाहीको मलङ्गवामा पनि प्रदर्शनकारीले प्रदर्शन गरिरहेको जानकारी गराउँदै उहाँले संविधान जारी गर्ने अन्तिम समयमा आएर जातीय र क्षेत्रीय सद्भाव नभड्काउन आह्वानसमेत गर्नुभयो ।उहाँले षडयन्त्रपूर्ण खेलका रुपमा घटना घटाइएको, जातीय सद्भाव भड्काउने, साम्प्रदायिक सद्भावमा खलल पु¥याउने घटना भएकाले सार्वभौमसत्ता सम्पन्न सदनले आज नै देशवासीलाई संयमित रहन आग्रह गरेर आह्वान गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।


सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरीले थारु आन्दोलनहरुलाई सहयोग गरिएको आशंका

0 comments
 धनगढी, ७ भदौ । कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहितका प्रहरीहरु मारिने गरी भएको दंगाको दोष सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरीमाथि लगाइएको छ ।
कैलालीको धनगढीमा अखण्ड सुदूरपश्चिम पक्षधर प्रदर्शनकारीले सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरीले थारु आन्दोलनहरुलाई सहयोग गरेकै कारण अप्रिय घटना भएको भन्दै उनको राजीनामा मागेका हुन् । कैलालीमा हिंसा नियन्त्रण गर्न प्रभावकारी भूमिका नखेलेको आरोप लगाउँदै प्रदर्शनकारीहरुले डीआइजी चौधरीको तत्कालै राजीनामा मागिनुपर्ने बताए ।
सशस्त्रका डीआइजी चौधरी चनाखो भएको भए कैलालीको टीकापुर क्षेत्रमा हिंसा नहुने उनीहरुको भनाई रहेको छ ।
नेपाल प्रहरीले नसकेपछि बल प्रयोग गर्ने दायित्व सशस्त्रको प्रहरीको भएपनि सशस्त्र प्रहरी मुकदर्शक बनेको थियो । क्षेत्रीय डिआइजी खड्ग चौधरीले समेत निषेधित क्षेत्रमा थारुहरुले हान्न आउँदा समेत बल प्रयोग गर्न निर्देशन दिएनन् । जसका कारण टिकापुरको झडपमा नेपाल प्रहरीका एसएसपी न्यौपानेसहित नेपाल प्रहरी र सशस्त्रकै झण्डै एक दर्जन सिपाहीको ज्यान गएको एक उच्च अधिकारीले बताए । उनका अनुसार, चर्चरोड र मनुवा चोकमा हजारौँ आन्दोलनकारी घरेलु हतियारसहित ओइरिंदै गर्दा सशस्त्र प्ररी भने बल प्रयोग नगरी आफ्नो ब्यारेकभित्र छिरेर बसेको थियो । घटनामा आन्दोलनकारी तर्फबाट एसएलआरको गोली हानिएको आशंका गरिएको छ ।


Kantipur Nepali News, 24 August 2015

0 comments

७ भदौ २०७२ सोमबार सगरमाथा टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
Video

७ भदौ २०७२ सोमबार बेलुकी ७ बजे कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
Video

थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्त हुँदा प्रहरी सहित जम्मा २४ जनाको मृयु

0 comments
भदौ-७, कैलाली - कैलालीको टिकापुरमा सोमबार दिउँसो थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्त हुँदा प्रहरी सहित जम्मा २४ जनाको ज्यान गएको छ । प्रहरीका एक एसएसपी सहित २१ प्रहरी र अन्य ३ आन्दोलनकारीको मृत्यु भएको हो । ज्यान गुमाउनेमा ११ जना सशस्त्र प्रहरी र १० जना जनपथ प्रहरी रहेका छन् ।

सयौं थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्तका क्रममा सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्षमण न्यौपानेसहित २१ जना प्रहरी मारिएका छन् । टिकापुर नजिकैको मुनुवा गाविस ६ सिलम चौराहमा हजारबढीको संख्याका थरुहट र मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रदर्शनकारीले छुरा, भाला र बन्चरोले प्रहरीमाथि आक्रमण गरेका थिए ।

 ज्यान गुमाउनेमा इन्सपेक्टरहरु बलराम विष्ट र केशव बोहरा रहेका छन् । घटनामा हवलदारहरु रामबिहारी चौधरी र ललित साउद तथा जवानहरु लोकन्द्र चन्द र लक्ष्मण खड्काले पनि ज्यान गुमाएका छन् । घटनामा कम्तिमा पनि ५० जना प्रहरी घाइते भएका छन् ।

 करिब दश हजारको संख्यामा रहेका थरुहट र मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि धावा बोलेका थिए । चारैतर्फबाट टिकापुरमा पसेका प्रदर्शनकारीले एकै पटक घेरेर आधुनिक हतियारको समेत प्रयोग गरी प्रहरीमाथि धावा बोलेको प्रहरी अधिकृतहरुको भनाइ छ ।

यतिखेर टिकापुरमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरीएको छ । साथै सेनाको हेलिकोप्टर टिकापुरमा अवतरण भईसकेको छ ।


Sunday, August 23, 2015

काठमाडौँका गुण्डाहरु इनकाउन्टरको डरले धमाधम दिल्ली भाग्दै

0 comments
६ भदौ - काठमाडौँबाट दिल्ली जाने बसको टिकट खोज्दै हुनुहुन्छ ? तत्काल पाउन गाह्रो छ । किनभने काठमाडौँ दिल्ली चल्ने बसमा केही दिनयता सिट पाउन सर्वसाधारणलाई निकै गाह्रो छ । काठमाडौँका गुण्डाले ज्यान जोगाउन धमाधम दिल्ली जाने बसको सबै सिट रिजर्भ गरेर बसेका छन् ।


डन कुमार घैँटे भनिने कुमार श्रेष्ठ प्रहरीबाट मारिएपछि अन्य सानातिना तथा टोले डनहरुको सातो उडेको हो । उनीहरु दिल्ली जाने बसबाट भारतमा जाँदैछन् । केही दार्जिलिङतर्फ लागेको दृष्टिन्युजडटकमले लेखेको छ । प्रहरीले गोली हान्ने डरले भएका गुण्डाहरु चाडपर्वका बेला धमाधम काठमाडौँ छाडिरहेका छन् । विमानस्थलबाट विदेश जाँदा प्रहरीले थाहा पाउने र निगरानी गर्ने भएकाले गुण्डाहरु बसबाटै दिल्ली लागेका हुन्, भागेका हुन् ।

स्रोतका अनुसार घैँटेको इन्काउन्टपछि एकसय भन्दा धेरै गुण्डा भारत गइसकेका छन् । अरु पनि कोही पूर्व त कोही पोखरा भागेका छन् । ‘गगन थापाकै संरक्षणमा रहेका व्यक्ति त मारिए भने हाम्रो के हालत होला’ भन्दै गुण्डाहरुको भागाभाग भएको छ । महानगरीय अपराध महाशाखाले बिहीबार बिहान घैँटेलाई उनकै घरअगाडि गोली हानी मारेको थियो । घैँटेले सुरुमा आक्रमण गरेपछि जवाफी फायरिङमा उनी मरेको प्रहरीले जनाएको छ ।

अपराध महाशाखामा एसएसपी सवेन्द्र खनाल आएपछि गुण्डागर्दीविरुद्ध पुष्कर कार्कीजस्तै कडा रुपमा प्रस्तुत हुन लागेका छन् । एसएसपी कार्कीले डन चरीको इन्काउन्टर गरेका थिए । अब उपत्यकामा डनको इन्काउन्टर क्रम नरोकिने प्रहरी स्रोत बताउँछ ।

झाक्रीकोमा गएकी एक महिलामाथि बलात्कार

0 comments
भदौ ६ ।
विवाह भएको ८ वर्षसम्म पनि बच्चा नभएपछि झाक्रीकोमा गएकी एक महिलामाथि  बलात्कार भएको छ । रौतहटको जोकाहाकी २५ वर्षकी ती महिलालाई झाक्रीले फुक्ने भन्दै बलात्कार गरेका हुन् ।मन्त्र लगाएर फुक्न सात ठाउँको पानी आवश्यक भएको भन्दै श्रीमानलाई पठाएपछि ४५ वर्षका झाक्री शेख मोफिजुल मियाले महिलामाथि बलात्कार गरेको पीडित आरोप लगाएका छन् । जिल्ला अस्पताल गौरमा गरिएको परीक्षणले झाक्री दोषी ठहर भएको छ ।डाक्टरले परीक्षणको क्रममा महिलाले झाक्रीलाई आक्रमण गरेको घाउहरु भेटिएको र झाक्रीको लुगामा पनि रगत भेटिएको बताएका छन् । महिलाले आफूलाई बलात्कार गरेको बताएपछि स्थानीय बासिन्दाले झाक्रीलाई प्रहरीकोमा बुझाएका थिए ।

Sajha Sawal_Episode 406_ Differences in Constitution

0 comments

कान्तिपुर टि.भी.बाट ६ भाद्र २०७२ आइतबार बेलुकी प्रशारित "साझा सवाल" भाग ४०६ हेर्नुहोस। 
VIDEO

नेपाल र भारतबीच रक्सौल–अमलेखगन्ज तेल पाइपलाइन निर्माणसम्बन्धी सम्झौता

0 comments
काठमाडौं– निर्माणको चर्चा चलेको करिब डेढ दशकपछि नेपाल र भारतबीच रक्सौल–अमलेखगन्ज तेल पाइपलाइन निर्माणसम्बन्धी सम्झौता सोमबार हुने निश्चित भएको छ।

उक्त सम्झौताका लागि भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्य मन्त्री धर्मेन्द्र प्रधानको नेतृत्वमा भारतीय आयल निगम(आइओसी)का अध्यक्ष बि. अशोकसहित ११ सदस्यीय टोली आइतबार काठमाडौं आउने नेपाल आयल निगम(एनओसी)का प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले बताए। नेपालका तर्फबाट सम्झौता कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा नेतृत्वको टोलीले सहभागिता जनाउने उनले जानकारी दिए।

प्रबन्ध निर्देशक खड्काका अनुसार भारतको रक्सौलस्थित पेट्रोलियम डिपोदेखि नेपालको पेट्रोलियम डिपो अमलेखगञ्जसम्म ४१ किलोमिटर पाइपलाइन निर्माणका लागि सम्झौता हुने छ। उक्त पाइपलाइनको ३९ किलोमिटर भाग नेपालमा र २ किलोमिटर भाग भारतीय भूमिमा पर्ने छ।

उक्त पाइपलाइन इन्डियन आयल निगमले अनुदानमा बनाइदिने घोषणा २०७१ साउनमा नेपाल भ्रमणताका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। लोमो समय चर्चामा मात्रै सिमित रहेको उक्त आयोजनाले मोदीको नेपाल भ्रमणपछि मात्रै गति लिएको थियो। त्यसयता उक्त आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) तयार पार्ने काम इन्डियन आयल निगम र नेपाल आयाल निगमका अधिकारी संम्मिलित संयुक्त कार्यदलले गरेको थियो।

अध्ययन प्रतिवेदनले उक्त आयोजना पूरा गर्न करिब ४ अर्ब ४० करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ। यसमध्ये ३ अर्ब २० करोड रुपैयाँ आइओसीले अनुदान स्वरुप उक्त आयोजनाका लागि प्रदान गर्ने र १ अर्ब २० करोड रुपैयाँ एनओसीका तर्फबाट नेपाल सरकारले उक्त आयोजनामा लगानी गर्ने सहमति भएको छ। नेपाल सरकारले आयोजनाका लागि प्रदान गर्ने १ अर्ब २० करोड रुपैयाँ भने अमलेखगञ्जस्थित पेट्रोलिमय डिपोको सुधार तथा स्तरोन्नति कार्यमा लगानी गरिने प्रबन्ध निर्देशक खड्काले बताए।

सम्झौता भएको मितिले पाइपलाइन योजनाका लागि जग्गा अधिग्रहणदेखि आयोजना पूरा गर्ने कार्य ३० महिनाभित्र सक्ने गरी सम्झौता हुन लागेको उनले जानकारी दिए।

पाइपलाइन निर्माण भएपछि पेट्रोलियमको ढुवानी लागत सस्तो हुने, चोरी, चुहावट र मिश्रणको समस्या समाधान हुने, तेल ट्याङ्कर हिँड्दा हाल भइरहेको ट्राफिक जामको समस्या समाधान हुनेलगायतका लाभ नेपाललाई हुने आयल निगमको विश्वास छ।

रक्सौल–काठमाडौं पाइपलाइन फास्ट–ट्रयाक भएर

रक्सौलदेखि अमलेखगञ्जसम्मको तेल पाइपलाइन निर्माणको काम सम्पन्न भएपछि दोस्रो चरणमा रक्सौल–काठमाडौं तेल पाइपलाइन निर्माण योजना अघि बढाइने सहमति नेपाल र भारतका अधिकारीहरुबीच यसअघि नै भएको थियो। 'दोस्रो चरणमा पाइपलाईन निर्माण गर्दा नयाँ बनाउने तयारी भइरहेको फास्ट–ट्रयाक(निजगढ–काठमाडौ)को बाटो हुँदै काठमाडौंसम्म ल्याउने बारे हामीले सोचिरहेका छौं,' प्रबन्ध निर्देशक खड्काले भने, 'यो एउटा अवधारणा मात्रै हो। पहिलो आयोजना पूरा भए पनि दुबै देशका अधिकारीहरुबीच छलफल गरेर मात्रै यस अवधारणाअनुसारको पाइपलाईन योजना कार्यान्वयनमा लान सकिन्छ।'

उत्तरले दक्षिण कोरियालाई ४८ घण्टाभित्र सिमामा लगाएका लाउडस्पिकर हटाउन अल्टिमेटम

0 comments
६ भदौ ,सोल–कोरियाली प्रायद्वीप बढ्दो तनावकाबीच दक्षिण कोरियाका राष्ट्रपति भवनले शनिबार जारी गरेको वक्तव्यमा उत्तर कोरियाकोतर्फबाट कुनै पनि उक्साहटमा कारवाही गरिए जवाफी कारवाही गर्ने चेतावनी दिइएको छ।

दक्षिण कोरियाका राष्ट्रपति कार्यलयका प्रवक्ताले ब्लू हाउस शान्तिपुर्ण तरिकाले कुनै पनि स्थितिमाथि नियन्त्रण गर्ने तर, कुनै उक्साहटका उत्तरले कारवाही गरे त्यसको गतिलो जवाफ दिने तयारी गरेको बताएका छन् । पछिल्ला केही दिनमा दुई कोरियाबीच बढ्दो तनावमाथि अमेरिका, संयुक्त राष्ट्रसंघ र उत्तर कोरियाको एकमात्र सहयोगी देश चीनलेसमेत दुवै देशलाई शान्ति व्यवस्था कायम राख्न अपील गरेका छन् । दुवै देशबीच बिहीबार भएको गोलाबारीपछि तनाव निकै बढेको छ ।

उत्तर कोरियाले दक्षिण कोरियालाई आफूमाथिको दुष्प्रचार रोक्न त्यसो नभए सैन्य कारवाहीको समाना गर्न चेतावनी दिएको थियो । यी दुईबीचको त्यतिबेला तनाव किनै बढेको थियो,जतिबेला बारुदी सुरुङ विष्फोटनमा दुई दक्षिण कोरियाली सैनिक घाइते भएका थिए । दक्षिण कोरियाले सो बारुदी सुरु उत्तर कोरियाले लगाएको आरोप लगाउँदै आएको छ भने सो आरोपको उत्तर कोरियाले ठाडै अस्विकार गरेको छ ।

यो घटनाको एक हप्तापछि दक्षिण कोरियाले सीमावर्ती इलाकामा लाउडस्पिकरमार्फत उत्तर कोरिया विरुद्ध प्रचार गर्न सुरु गरेको थियो । दुवै देशले यो भन्दा पहिला पनि यस किसिमको दुष्प्रचार गर्दै आएका थिए । उत्तर कोरियाले हटलाइनमार्फत दक्षिण कोरियालाई आफ्नो सिमामा लगाएका लाउडस्पिकर ४८ घण्टाभित्र हटाउन अल्टिमेटम दिएको थियो । तर दक्षिण कोरियाले उत्तरको अल्टिमेटम मान्न अस्विार गरेको छ ।



बाइकको पछाडी नांगो महिला बसेको भाइरल फोटो

0 comments
शरीरमा एक धरो कपडा नलगाएकी केटी आरामले मोटरसाइकलको पछाडी बसेर सडकमा हुइकिदै थिइन् । अर्का मोटरसाइकल चालकले मोबाइल झिकेर उनको फोटोखिच्न भ्याए जून अहिले इन्टरनेटमा भाइरल बनेको छ ।टाउकोमा हेलमेट र गोडामा जुत्ता लगाएकी केटीले बीचमा केहि पनि लगाएकी थिइनन् । जबकी बाइक हाक्ने युवक भने सामान्य पोशाकमा थिए । 

नग्न केटी यसरी बाइकमा कुदिरहँदा वरिपरी गुडेका गाडिका चालकहरु एकोहोरोदृष्टि उनीमाथी पर्यो । पश्चिम रुसको ओरीयोल ओब्लास्ट क्षेत्रको व्यस्त सडकमा केही दिनअघि यो घटना भएको थियो ।

सार्वजनिक रुपमा नांगै हिड्ने यी महिला र बाइक हाँक्ने पुरुषलाई प्रहरीले भेटेको भए कानून तोडेको आरोपमा पक्राउ पर्ने थिए । यहाँको कानून अनुसार कुनै पनि महिला सार्वजनिक स्थानमा कम्तिमा ब्रा र पेन्टी लगाएकै हुनुपर्छ । तर उनीहरु प्रहरीबाट छलिएर हिँड्न सफल भए ।

ती महिलाले ब्रा र पेन्टी पनि नलगाइकन हिँड्नेजोखिम किन उठाइन् भन्ने खुल्न सकेको छैन । तर सामाजिक सञ्जालमा उनी रातारात चर्चित भइसकेकी छिन् । सामाजिक सञ्जालमा एकजनाले लेखेका छन्, मलाईलाग्छ उनले कुनै बाजी हारेर यसरी हिँड्नु परेको होला ।

अर्काले लेखेका छन्, हैट, उनलाई त मेरो बाइकमा चढाउन पाए हुने । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले महिलाको यस्तो हर्कतले देशकै बेइज्यति गरेको टिप्पणी गरेका छन् । यद्यपि, विकसित देशहरुमा यस्ता घटनाहरु आक्कलझुक्कल हुने गर्दछन् ।

न्यायाधीश रणबहादुर बमको हत्यारा सञ्जय स्माइली मगरलाई साउदीबाट काठमाडौँ ल्याईयो

0 comments
६ भदौ ,काठमाडौँ - सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या गरेर त्यसको केही महिनापछि साउदी अरब पुगेका भगवान भनिने सञ्जय स्माइली मगरलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले आइतबार नेपाल ल्याएको छ।

४ दिनअघि साउदी पुगेको सिआइबीको टोलीले उनलाई आइतबार बिहान ९ बजे  काठमाडौं ल्याइपुर्‍याएकाे हो। २०६९ साल जेठ १८ गते  ललितपुरको बंगलामुखी मन्दिर दर्शर गरेर फर्कने क्रममा युएन पार्क नजिक बमको गोली हानी हत्या गरिएको थियो। हत्याका मुख्य योजनाकार बाबु थापासहितका ३ जनालाई गत पुस २१ गते पक्राउ गरिसकेको थियो।

 पुख्र्यौली घर रामेछापको खनियापानी भएको संजय काठमाडौंको पेप्सीकोलामा बस्दै आएका थिए। चुरेभावर पार्टीमा आबद्ध उनी बाबु थापासँग निकट थिए। पहिलो संविधानसभा निर्वाचनमा उनी रामेछापबाट प्रत्यक्षमा लडेका समेत थिए।

तर ३ हजारको पनि हाराहारीमा उनलाई भोट आएको थिएन्। संविधानसभाको चुनाव पछि उनी पेप्सीकोलामा बस्दै आए। त्यहाँ टोले गुण्डाका रुपमा स्थापीत भएका मगर गुण्डागर्दीमा लागेका थिए। वमको हत्या भएको केही महिनापछि आफू वैदेशिक रोजगारीका लागि साउदी गएको उनले बताएका छन्।


सुरक्षित महसुस गरेर आफू साउदी आएको उनले प्रहरी समक्ष भनेका छन्। जब सिआइबीले बाबु थापासहितका ३ जनालाई पक्राउ गर्‍यो। त्यसेबला नै उनी साउदी पुगेको सुराकी सिआइबीलाई आइसकेको थियो। साउदीको रियादमा ड्राइभर पेशामा उनी काम गर्न पुगेका थिए।

त्यहाँ उनले ट्रक चलाउने गर्थे। सिआइबीले मगरलाई पक्राउ गर्न इन्टरपोललाई आग्रह गरेको थियो। इन्टरपोलले नोटिस जारी गरेपछि उनी साउदी गएको ३ महिनामा नै पक्रउ परेका थिए। मलेसिया सरकारले कानुनी अड्चन भन्दै मगरलाई नेपाललाई बुझाउन केही समय झुलाएको गरेको थियो।


गृहसचिव स्तरीय र परराष्ट्र मन्त्रीस्तरीय कुटनीतिक पहलमा मलेसियन सरकारले मगर सिआइबीलाई सुम्पेको हो। सिआइबीले  प्रहरी निरीक्षकको नेतृत्वमा २ जना मलेसिया पठाएको थियो। बमको हत्यामा मगर नै सुटर रहेको सिआइबीका प्रहरी निरीक्षक दधिराम न्यौपानेले सेतोपाटीलाई बताए।

साथै हत्या भएपछि सुविधानगरमा मोटरसाइकल व्यवस्थापन र हतियार व्यवस्थापन मगरले नै गरेको उनले सुनाए। आर्थिक प्रलोभनमा परेर उनले वमको हत्या गरेको स्वीकारेका छन्। आँटिलो र चतुर स्वभावका मगर बम हत्या पछि केही समय पेप्सीकोलामा नै बस्दै आएका थिए।

मगरलाई पक्राउ गरेर काठमाडौं ल्याएपछि अपराध गरेर विदेश गई लुकेपनि प्रहरीले पक्राउ गर्न सक्छ भन्ने सन्देश दिएको सिआइबीका डिआइजी हेमन्त मल्ल ठकुरीले बताए। मगर पक्राउसँगै बम हत्यामा सम्लग्न सबै पक्राउ परेको प्रवक्ता एसपी किरण ब्रजार्चायले बताईन्।श्रोत : सेतोपाटी

अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीचको द्वन्द्व

0 comments
 संघीयतामा कैलाली र कञ्चनपुरलाई आफ्नो पक्षमा पार्ने दाउमा रहेका अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीचको द्वन्द्व चर्किएको छ।

दुई पक्षबीच हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कैलालीको पूर्वी क्षेत्रमा साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

प्रशासनले कैलालीको टीकापुर नगरपालिकाका साथै दुर्गौली, पथरैया, धनसिँहपुर, नारायणपुर र मुनुवा गाविसमा निषेधाज्ञा जारी गरेको हो।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि अखण्ड सुदूरपश्चिम पक्षधरले आज टीकापुरमा आयोजना गर्ने भनिएको आमसभा स्थगित भएको छ। स्थानीय प्रशासनले सभा समारोह, र्‍याली लगायतका कुनैपनि कार्य नगर्न उर्दी जारी गरेको छ।

अखण्ड सुदुरपश्चिम र थरुहट पक्षधरबीच हिजो दुर्गौली गाविसको तोरैयापुरमा दोहोरो झडप भएपछि यस क्षेत्रको जनजीवन निकै त्रसित बनेको छ।

सदरमुकाम धनगढीबाट आम सभाको पूर्वसन्ध्यामा सयौंको संख्यामा रहेको मोटरसाइकल र्‍याली निकालिएको थियो।

र्‍याली रोक्नका लागि थरुहट पक्षधरले लम्की टीकापुर सडक खण्डको ठाउँ ठाउँमा बाटो अवरोध गरेका थिए। उनीहरुले सडकमा ढुंगा राख्नुका साथै काँच र फलामका किला समेत बिछ्याएका थिए।

लम्कीबाट विभिन्न ठाउँमा रहेका अवरोध छिचोल्दै अघि बढेको र्‍याली तोरैयापुरमा पुगेर रोकिएको थियो। थरुहट पक्षधरले तोरैयापुरस्थित कुलरीया नदीको पुलमाथि जाली भित्र ढुंगा भरेर अवरोध सिर्जना गरेका थिए।

जाली भित्र भरेको ढुंगा हटाउने क्रममा थरुहट पक्षधरले चारैतिरबाट मोटरसाइकल र्‍याली माथि आक्रमण गरेका थिए। उनीहरुले गुलेली र ढुंगा प्रहार गरेका थिए।

मोटरसाइकल र्‍यालीमाथि आक्रमण भएपछि अखण्ड सुदूरपश्चिम पक्षधरले थारु समुदायका घरमा आक्रमण गरेका थिए। उनीहरुले थारु समुदायका घरमा ढुंगामुडा गरी क्षति पुर्‍याएका थिए।

दोहोरो झडपमा क्रममा दुवै पक्षका २ दर्जन भन्दा बढी व्यक्ति घाईते भएका छन्। चार जना प्रहरी समेत घाईते भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक धनबहादुर कठायतले जानकारी दिएका छन्।

उनले एकजना प्रहरीको अवस्था गम्भीर रहेकाले उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगेको बताए।

उता, समाचार संकलनका लागि टीकापुर आउँदै गरेका सुखडस्थित कैलाली एफएमका सञ्चारकर्मी नवराज खनाललाई थरुहट कार्यकर्ताहरुले मुनुवा गाविसको झवहीमा कुटपिट गरेका छन्।

कुटपिटबाट खनालको अवस्था गम्भीर रहेको छ। उनको टाउकोमा चोट लागेको छ।

आफूले प्रेस पास देखाए पनि थरुहटका कार्यकर्ता हुँ भन्दै उनीहरुले आफू माथि आक्रमण गरेको खनालले बताएका छन्।

खनाल माथि भएको आक्रमणको भर्त्सना गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम संयोजक प्रकाश विक्रम शाह र बानका सुदूरपश्चिम संयोजक गोविन्द रोस्याराले दोषीलाई कारवाहीको माग गरेका छन्।

निषेधाज्ञा जारी गरेपछि आज टीकापुर बजार पुर्ण रुपमा बन्द रहेको छ। अखण्ड सुदूरपश्चिम पक्षधर बजारमा निस्किएका छन्। उता दुर्गौली र पथरैया गाविसमा थरुहट पक्षधरले आफ्नो कब्जामा लिएका छन्।

उनीहरुले गएराति दुर्गौली बजारमा रहेका पहाडी समुदायका घर पसलमा तोडफोड गरेका छन्। दुर्गौली बजारमा रहेको धु्रव सूर्य पेट्रोम पम्प, सञ्ज्याल खाद्य केन्द्र, जयमनकामना टे्रडर्स, सञ्ज्याल टे्रड कन्सर्न लगायतका पसलमा थरुहट पक्षधरले तोडफोड गरेका छन्।

उनीहरुले सञ्ज्याल खाद्य केन्द्रबाट साढे पाँच लाख, जय मनकामना टे्रडर्सबाट ५० हजार नगद र १५ लाख बराबरको सामान समेत लुटेको गंगाराम जैशीले जानकारी दिएका छन्।

अखण्ड सुदूरपश्चिम पक्षधरका आठ वटा मोटरसाइकलमा समेत थरुहट पक्षले आगजनी गरेका छन्।

यता अखण्ड सुदूरपश्चिम पक्षधरले टीकापुर बजारमा रहेको थारु कल्याणकारीको कार्यालयमा आगजनी गरेका छन्। थारु अगुवा लालबिर चौधरीले चलाउदै आएको रानी जमरा कुलरीया सिँचाई आयोजनाको बा १५ ब ७०६ नम्बरको मोटरसाइकल अखण्ड पक्षधरले टीकापुरको अस्पताल रोडमा जलाएका छन्। उनीहरुले निरु ट्रेडर्स लगायत थारु समुदायका पसलमा ढुंगामुडा गरेका छन्।

स्थिति नियन्त्रण बाहिर जानसक्ने भएपछि ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ। धनगढीबाट समेत थप प्रहरी परिचालन गरिएको छ।श्रोत साभार :सेतोपाटी भदौ ५

Sagarmatha Samachar 2072-05-06

0 comments
६ भदौ २०७२ -आइतबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO

Dance India Dance Season 5 - Episode 17 - August 22, 2015 - Full Episode

0 comments
५ भदौ २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग १७ मा नेपालका निर्मल तामाङ र  पंकज थापाले प्रस्तुत गरेको बेजोड प्रस्तुतीका साथसाथै अन्य प्रस्तुतिहरुको पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
dance-india-dance-season-5



Like us

 

Search

 
Enjoy the site