फेसबुकको माध्यमबाट आफ्ना नजिकका मानिसहरुसँग सम्पर्कमा रहीरहन र आफ्ना दुःख सुख बाँड्न सकिन्छ । तर जुन रफ्तारमा यो माध्यम बढ्दै गइरहेको छ धेरै मानिसहरुले अधिक मात्रामा आफ्ना जानकारीहरु फेसबुकमा शेयर गर्नाले धेरै समस्यामा पनि परेका छन्।
त्यसैले तल उल्लेख गरिएका चार कुराहरु भने विशेषगरी फेसबुकमा शेयर नगर्दा नै राम्रो हुन्छ र समस्याहरुबाट पनि बच्न सकिन्छ।
१. फोन नम्बरः
फेसबुकमा नम्बर राख्दा नचाहिने र जिस्क्याउने खालका कलहरु आउनुका साथै आफ्नो नम्बरको पहिचान चोरेर गलत काममा प्रयोग गर्न पनि सक्छन्। फोन नम्बरले गर्दा अरुलाई आफ्नो फेसबुक एकाउण्ट खोज्न पनि सजिलो हुने हुनाले आफ्नो जानकारीहरु अपराधिक क्रियाकलाप गर्नेहरुलाई बेच्न पनि सक्छन्। त्यसैले फेसबुकमा आफ्नो नम्बर नराख्दा राम्रो हुन्छ राख्न परेमा कसले मात्र हेर्न सक्ने भनेर सेट गर्न सकिन्छ।
२. घरको ठेगानाः
आफु घरबाहिर भएको बेलाका फोटा तथा जानकारीको फेसबुकमा पोस्ट गर्दा सबैले थाहा पाउँछन्। घरमा कोही छैन भन्ने थाहा पाएर यस्तो अवस्थमा चोरीको सम्भावना पनि हुनसक्छ। त्यसैले फेसबुकमा आफ्नो घरको ठेगाना नराख्ने र फेसबुक पोस्ट गर्नुअघि आफ्नो लोकेसन पनि अफ गर्ने। बाहिर गएका फोटाहरु हाल्नै परेमा घर फर्केर आएपछि हाल्दा उचित हुन्छ।
३. अफिसको जानकारीः
फेसबुकमा आफुले काम गर्ने स्थान र अफिसको बारेमा जानकारी दिदाँ पनि धेरै समस्याहरु आएको पाइएको छ। त्यसैले आफ्नो कम गर्ने पुराना वा भइरहेको अफिसको बारेमा जानकारी पोस्ट नगर्ने।
४. पेमेन्ट इन्फरमेसनः
फेसबुकमा उपहारहरु तथा अन्य विज्ञापन सम्बन्धी कुराहरु किन्दा आफ्नो क्रेडिट कार्डको जानकारी दिनपर्ने हुन्छ। कहिलेकाँही यी जानकारीहरु सेभ भइदिने र कुनै सिस्टमबाट खुल्ने हुन्छ। यस्तो अवस्थामा आफ्नो कार्डको दुरुपयोग हुनबाट जोगिन फेसबुकको सेटिङमा गएर पेमेन्ट्स विकल्पमा जाने र पेमेन्ट सम्बन्धी सम्पूर्ण जानकारी र कार्ड नम्बर पनि हटाउने।

Nepalese Rupee Exchange Rate
0 comments:
Post a Comment