सामाजिक संजाल फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ सुविधा फोटो म्याजिक
थपेको छ। यस सुविधाका मद्दतले प्रयोगकर्ताहरुले पहिलेको तुलनामा अझैँ सजिलो
गरि फोटो सेयर गर्न सक्ने छन्। हाल यो सुविधा अस्ट्रेलीयामा मात्र उपलब्ध
रहेको छ र छिट्टै नै अन्य देशहरुमा पनि यो सुविधा उपलब्ध गराइने जानकारी
फेसबुक म्यासेन्जरका प्रमुख डेविड मार्कसले दिए।
हाल यो सेवा फेसबुक म्यासेन्जरको एन्ड्रोइड एपमा मात्र उपलब्ध रहेको छ र
छिट्टै नै आईओएसमा पनि उपलब्ध गराइने छ। फोटो म्याजिक अुनहारलाई चिन्ने
(फेस रिकग्निशन) भएको सुविधा हो। यसले फेसबुक प्रयोकर्ताहरुको फोनमा रहेको
क्यामरा रोललाई एक्सेस गरेर साथीहरुको फोटोलाई चिन्ने गर्छ। यस पस्चात उक्त
फोटोहरुलाई साथीहरुसँग सेयर गर्ने कि नगर्ने भनेर विकल्प आउँछ।
सम्पूर्ण फोटोहरुलाई स्क्यान गरिसकेपछि प्रयोगकर्तालाई ‘सेन्ड’ भनेर विकल्प
आउने छ। भर्ज पत्रिकाका अनुसार फोटो म्याजिकलाई फेसबुक म्यासेन्जर र
मोमेन्ट्स टीमले मिलेर बनाएको हो। यो सुविधा प्रयोग गर्न असहज भएमा फेसबुक
म्यासेन्जर सेटिङमा गएर बन्द पनि गर्न सकिन्छ।

Nepalese Rupee Exchange Rate
0 comments:
Post a Comment