मालपोत कार्यालयमा आज सांसद लामाले आफ्नो अंशमा रहेको चार रोपनी जग्गा हस्तान्तरण गर्नुभएको हो । सांसद लामाले पिता दीपबहादुरको नाममा रहेको आफ्नो अंशको जग्गामा केही थप जग्गा किनेर दान गर्नुभएको हो । मनकामना गाविस–२ मा रहेको सो जग्गा स्वास्थ्यचौकीका इन्चार्ज मदनप्रसाद साहलाई हस्तान्तरण गरिएको हो ।
गाउँमा सुविधासम्पन्न स्वास्थ्य संस्था निर्माण होस् र स्थानीय नागरिकले सहजरुपमा सेवा पाऊन् भनेर जग्गा प्रदान गरिएको सांसद लामाले बताउनुभयो । मालपोत कार्यालय प्रमुख पृथबहादुर केसीले पछिल्लो समय स्वास्थ्य संस्था र विद्यालयलाई जग्गा दान दिने क्रम बढेको बताउनुभयो । श्रोत साभार nepali Bulletion
0 comments:
Post a Comment