Below slider

Content left

Content right

 

Monday, January 4, 2016

युएईले नेपालमा दूतावास स्थापना गर्ने भयो

0 comments


पुस २०, २०७२- आर्थिक उन्नतीमा अघि बढेको मित्र मुलुक युनाईटेड अरब इमिरेट्स (युएई)ले नेपालमा आवासिय दूतावास स्थापना गर्ने भएको छ ।
दूतावास स्थापनाको लागि युएईको विदेश मन्त्रालयको एक टोली अहिले स्थान चयन गर्न लागि परेको छ । उनीहरु अहिले काठमाडौं र ललितपुरमा आफ्नो दूतावास राख्नको लागि ठूलो कम्पाउण्ड भएको घरको खोजिमा छन् । काठमाडौंमै दूतावास स्थापना हुने भएपछि बैदेशिक रोजगारीमा युएई जाने नेपालीहरुले केही महिना पछि नेपालबाटै भिसा पाउने छन् ।
युएईमा २ लाख बढि नेपालीहरु रोजगारीमा गएका छन् । युएईले भिसा तथा कन्सुलर सेवा सहितको दूतावास संचालनको तयारी गरिरहेको छ । दूतावास स्थापना पछि त्यहाँ पर्ने समस्याको बारेमा समेत उनीहरुले बुझिदिने हुनाले अझ बढि सहज हुनेछ ।
परराष्ट्र मन्त्रालय उच्चस्रोतका अनुसार पहिलो आवासिय राजदूतको लागि एग्रिमा (सहमति) समेत नेपालबाट गइसकेको छ । कार्यालयसँगै आवासको लागि पनि त्यही अनुरुपको खोजिमा ति अधिकारीहरु लागि परेका छन् । युएईले आवासिय दूतावास स्थापनाको तयारी गरिरहेको शिष्टाचार महापालको समेत जिम्मेवारी सम्हालेका पश्चिम एसिया महाशाखा प्रमुख रमेशप्रसाद खनालले बताए । ‘आवासिय दूतावासले दुईपक्षीय घनिष्टता बढ्नुका साथै अन्य आयमहरुको समेत खोजी हुनेछ । नेपालीहरु रोजगारीमा जाने मुलुकको दुतावास काठमाडौंमा रहँदा समन्वय गर्न सहज हुनेछ,’ परराष्ट्र अधिकारीले बताए । खाडी मुलुक साउदी अरब, कतार, युएई, कुवेत, ओमान र बहराइनमा नेपालको दूतावास छ ।
परराष्ट्र मन्त्रालयले पहिले नै यूएईलाई दूतावास स्थापनाको लागि स्विकृत दिइसकेको भए पनि ढिलो गरिरहेको युएईले अहिले दूतावासको खोल्नका लागि चासो दिएको हो ।

नेपालमा खाडी मुलुक कतार र साउदी अरबले तीन बर्ष अघि नै दूतावास खोलेपछि युएइले पनि दूतावास स्थापनामा जोड दिएको थियो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कुवेतले पनि नेपालमा दूतावास स्थापना गर्ने बताउँदै आए पनि अझै खोलेको छैन् । कुवेतले नेपालको दूतावास स्थापनाको समयमा नै नेपालमा दूतवाास स्थापना गर्ने बताएको थियो । काठमाडौंमा भारत, चीन, बेलायत, अमेरिका, रुस, फ्रान्स, जापान, स्विजरल्याण्ड, बंगलादेश, श्रीलंका, डेनमार्क, फिनल्याण्ड, इजरायल, थाइल्याण्ड, दक्षिण कोरिया, उत्तर कोरिया, इजिप्ट, अस्ट्रेलिया, म्यानमार, ब्राजिल, मलेसिया, जर्मनी, कतार साउदी अरेविया गरि २४ मुलुकको दूतावासहरु छन् । भने युरोपेली युनियन (इयू), राष्ट्रसंघिय नियोग, सार्क सचिवालयको पनि राजदूत स्तरीय नियोग काठमाडौंमा नै छ । डेनमार्कले आफ्नो दूतावास बन्द गरेर जाने तयारी गरेको अवस्थामा एक मुलुक थपिँदा मन्त्रालयले सहज अनुभव गरेको छ । श्रोत साभार कान्तिपुर।

0 comments:

Like us

 

Search

 
Enjoy the site