Monday, July 13, 2015

भिनाजुको नाममा परीक्षा दिन पुगेका सालो आज पक्राउ

0 comments
गोलबजार  : सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा भिनाजुको नाममा परीक्षा दिन पुगेका सालो आज पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सप्तरी कल्याणपुर गाविस– ६ का शिवनारायण साहका छोरा दिनेशचन्द्र साह रहेका छन् । नातामा आफ्नै भिनाजु पर्ने भोला साहको नाममा परीक्षा दिइरहेका अवस्थामा लहानस्थित पशुपति आदर्श उच्च मावि परीक्षा केन्द्रबाटै सालो दिनेश पक्राउ परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक चन्द्र राजवंशीले जानकारी दिए।

पक्राउ परेका दिनेशलाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएको छ । उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढेको प्रहरीले बताएको छ । रासस


तीन खानलाई ओझेलमा पार्दै बाहुबलीले दुई दिनमै एक अर्ब भारुभन्दा माथि कमाईयो

0 comments
काठमाडौं, २८ असार - बलिउडमा शुक्रबार रिलिज भएको चलचित्र बाहुबलीले दुई दिनमै एक अर्ब भारुभन्दा धेरै कमाएर रेकर्ड बनाएको छ ।

बक्स अफिसमा बाहुबलीको दबदबाले अहिले तीन खान सलमान, शाहरुख र अमिरलाई ओझेलमा  पारिदिएको छ । यो चलचित्रले पहिलो दिन लगभग ५० करोड भारु र दोस्रो दिन ५५ करोड भारु कमाउँदै इतिहास रच्न सफल भएको हो ।

बाहुबलीलाई बलिउड इतिहासमै सबैभन्दा महँगो चलचित्र मानिएको छ । दुई सय ५० करोड भारुको लागतमा बनेको यो चलचित्र प्रभावकारी इफेक्ट राखेर बनाइएको छ । बाहुबलीले पहिलो दिनमै ५० करोड कमायो ।

तमिल, तेलगू, मलयालम, फ्रेन्च र हिन्दी गरी पाँच भाषा डबिङ गरी एकसाथ रिलिज गरिएको यो चलचित्रको सफलताले ठूलो लगानीमा स्तरीय चलचित्र निर्माणका लागि सबैलाई प्रोत्साहित गरेको समीक्षकको भनाइ छ ।
 रामायण र महाभारतबाट प्रेरित कथा समेटिएको चलचित्र बाहुबलीले दुई दिनै सय करोड कमाएर बलिउडमा नयाँ रेकर्ड बनाएको छ ।

एसएस राजामौलीको निर्देशनमा बनेको यो चलचित्रमा तमन्ना भाटिया, प्रभास, राणा दग्दुबती, अनुष्का सेट्टीलगायतका कलाकारले अभिनय गरेका छन् । सबै नयाँ कलाकार रहेको यो चलचित्रको सफलताले बक्स अफिसमा राज गर्दै आएका स्टार कलाकारलाई चुनौती दिएको छ ।

चलचित्रमा रामायण र महाभारतबाट प्रेरित कथा समेटिएको छ । रामायणमा रावणले सीतालाई अपहरण गरेजस्तै चलचित्रकी नायिका पनि दुश्मनको फन्दामा पर्छिन् ।

भाइभाइबीच राजा बन्ने होडमा भएका उतारचढावलाई दमदार रूपमा चित्रण गरिएको यो चलचित्र हेर्दा जो सुकैलाई अतीतको स्मरण गराउँछ । एजेन्सी


आज रसुवा केन्द्रबिन्दू भएर भुकम्प गयो

0 comments
 काठमाडौं,आषाढ २८ - बैसाख १२ बाट सुरु भएको भुकम्प अझै रोकिएन आज दिउँसो साढे ४ बजेर १ मिनेटमा रसुवा केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडको पराकम्पन आएको छ। शनिबार एकओटा पराकम्पन मापन भएको थियो भने हालसम्म ४ म्याग्निच्यूडमाथिका ३४६ ओटा पराकम्पन मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।


भन्थे पैसा रुखमा फल्छ र भट्टाभट् टिपेर दिने

0 comments
२०७२असार - कल्पनामा वा बिदेसमा बस्नेले घरमा हुनेलाई वा माग्ने आफन्तालाई भन्नेगर्थे रुखमा पैसा फल्छ र टिपेर पठाईदिने भनेझैँ यहाँ एक जोडीले घरमै बसीबसी ५००,१०००का  नोटहरु  भट्टाभट् आफनै प्रिन्टरबाट छाप्दो रहेछन र घरको दैनिक आवस्यकका सर सामान सम्म किन्न यहि पैसा प्रयोग गर्दो
रहेछन तर सक्कली नभै नक्कली त्येसैले पैसा नक्कली होकी सक्कली हो साबधानी रहनु पर्ने देखिन्छ
बाँकी भिडियोमा हेर्नुहोला।

भाइबरले एचडी भिडियो कल भाको नयाँ क्रोम भर्सन ल्याएको छ।

0 comments
विभिन्न अपरेटिङ सिस्टममा आफूलाई आक्रमक रुपमा कम्पाटेबल बनाउँदै गएको फोनकल तथा टेक्स मसेज एप भाइबरले नयाँ क्रोम भर्सन सार्वजनिक गरेको छ। क्रोम ओएस नामको यो भर्सनले सबै क्रोमबुक्स भर्सनमा काम गर्नेछ।
पछिल्लो समयमा गुगलको क्रोमबाट भाइबर चलाउनेहरु बढ्दै गएको पाएपछि भाइबरले क्रोम भर्सन ल्याएको हो। यसबाट युजरले एचडी भिडियो कल, भोइस कल तथा भाइबारबाट मोबाइल तथा ल्यान्डलाइनमा फोन गर्न सक्ने कम्पनीले जनाएको छ। क्रोम भर्सनमा फोटो तथा टेक्स मेसेज सेवाहरु पनि यथावत राखिएको छ।

भाइबरबाट विश्वका सबै मुलुकहरुमा थोरै पैसामा फोन गर्ने सुविधा उपलब्ध छ। स्मार्टफोन, ट्याब वा डेस्कटपबाट अर्को भाइबर अकाउन्टमा निःशुल्क फोन गर्न पनि सकिन्छ। मेसेज तथा फोटो सेयरिङका लागि पछिल्लो समय भाइबरको प्रयोग बढ्दो छ।

यसरी इन्स्टल गर्नुहोस् क्रोमबक्स
१. क्रोम वेब स्टोरमा गएर 'अभाइलेबल अन क्रोम' फर भाइबरमा क्लिक गर्नुहोस्
२. एप डाउनलोड गर्नोस् र त्यसमा दिइएको निर्देशन फलो गर्नुहोस्
३. क्रोममा भाइबर इन्स्टल गर्न तपाइँसँग भाइबरको सक्रिय अकाउन्ट र फोन नम्बर आवश्यक पर्नेछ। निर्देशनअनुसार सो टाइप गर्नोस्
४. कन्टिन्यु बटममा थिच्नोस्, आफूले पाएको एक्टिभेसन कोड हान्नोस्। इन्स्टल भइसकेपछि एपबाट एचडी भडियो तथा फोन कल गर्न सक्नुहुनेछ।


असुरक्षाको कारण छिमेकीको घर भत्काउन निबेदन दिनेलाई पनि अनुसन्धान गर्ने

0 comments
२८ असार,काठमाडौं - महानगरपालिकाले घर भत्काउन उजुरी दिनेमाथि पनि अनुसन्धान गर्ने भएको छ ।  नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

रिसिइबीका कारण अधिकांश छिमेकीले भूकम्पको कारण देखाउँदै तत्काल घर भत्काउनुपर्ने उजुरीको चाङ लाग्न थालेपछि उजुरीकर्ताको पनि अनुसन्धान गर्न लागिएको हो ।

महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले रिस उठेको छिमेकीले मनपरी रुपमा उजुरी दिन थालेपछि उनीहरुमाथि नै छानविन गर्न सदाचार फारम भर्नुपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

डिभी र पिआर निजामती कर्मचारी छिट्टै बर्खास्त

0 comments
सोमबार २८ असार- सरकारले निजामती सेवाका कर्मचारीलाई जस्तै विश्वविद्यालय, विद्यालय, संस्थान, बैंक तथा वित्तीय संस्थालगायत सरकारी निकायका कर्मचारीलाई पनि विदेशी नागरिकता, डिभी र पिआरमा बन्देज लगाउने गरी कानुन बनाउने भएको छ।

 निजामती सेवा ऐनको चौथो संशोधन विधेयक शुक्रबार व्यवस्थापिका संसदले पारित गरेलगत्तै निजामतीसँगै अन्य निकायका सरकारी कर्मचारी र जागिरेलाई पनि यस्तै कडाइ गर्न लागिएको हो। संसदले शुक्रबार सरकारलाई केही सुझाव तथा निर्देशन दिँदै सरकारी कर्मचारीले विदेशी नागरिकता, डिभी, पिआर, ग्रिनकार्ड लिए जागिरबाट हटाउनसक्ने लगायत व्यवस्थासहित निजामती सेवा ऐन चौथो संशोधन विधेयक बहुमतबाट पारित गरेको थियो।

 निरन्तरको संघर्षपछि निजामती कर्मचारीलाई डिभी, पिआर लिन बन्देज लगाउने कानुन ल्याउन सफल बनेका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामतीबाहेकका सरकारी कर्मचारीलाई पनि डिभी, पिआरमा कडाइ गर्ने जानकारी दिए।  नागरिक २७ असारमा प्रकाशित

लामखुट्टेले हैरान बनायो ? लामखुट्टे भगाउने सरल उपाय यहाँ छन्

0 comments

       लौ पानी पर्‍यो ! गर्मी बढ्यो, अब लामखुट्टेले टोक्ने भए अनि डेंगु वा मलेरिया लाग्नेभयो भनेर डराउनु भएको छ । नआत्तिनुहोस् ! अब सजिलै लामखुट्टेबाट छुटकारा पाउन सक्नुहुन्छ । केही प्राकृतिक उपायहरु अपनाएर लामखुट्टेलाई भगाउन सक्नुहुन्छ ।

                                                              कपुर र पानी


कपुर र पानी प्रयोग गरेर लामखुट्टे भगाउन सक्नुहुन्छ जसका लागि दुई टुक्रा कपुर एक चौथाई कप पानीमा हाल्नु भयो भने जादूझै लामखुट्टे भगाउन सक्नुहुन्छ । र यदि उक्त पानीमा अर्को टुक्रा कपुर मिसाउनु भयो भने त झन चाँडो लामखट्टे भाग्दछन् ।

                                                              कागती र ल्वाङ

कागती र ल्वाङको गन्धलाई लामखुट्टेले मन पराउदैनन् । त्यसैले दुईवटा कागतीलाई बीचबाट काटेर प्रत्येक टुक्राको भित्र ५ देखि ६ वटा ल्वाङ राख्नुहोस् अनि एउटा प्लेटमा लगेर आफ्नो कोठामा राख्नुहोस् । बस यति गरे पछि लामखुट्टे कोठाबाट भाग्दछन् ।

                                                                     लसुन

लामखुट्टेले हैरान बनायो ? लामखुट्टे भगाउने सरल उपाय यहाँ छन्
घरमा लसुन त हुने नै भो । बढी लसुन हालेको खाना प्रयोग गर्नुभयो भने लामखुट्टे लुसन खाएका मानिसबाट टाढा हुन्छ ।

                                                                  आयुवेर्दिक स्प्रे


लामखुट्टे भगाउने क्रिमहरु प्रयोग गर्नुहुन्छ ? यसलाई छाडिदिनुहोस् । अब तपाईं आफैं घरेलु प्रविधिबाट लामखुट्टे भगाउने स्प्रे बनाउन सक्नुहुन्छ । यसका लागि तुलसी, पानी र भोड्का जस्ता घरमै उपलब्ध हुने सामग्रीहरु चाहिन्छन् । पहिला तुलसी र पानी उमाल्नुहोस् र तुलसीलाई राम्रोसँग निचोरेर आएको पानीलाई एउटा सफा बोतलमा राख्नुहोस् । बोत्तलमा जति पानी छ, त्यसको आधा भोड्का थप्नुहोस् । बिस्तारै हल्लाउनुहोस् । तपाईंको घरमै अब लामखुट्टे धपाउने स्प्रे तयार भयो ।

                                                               सुगन्धित तेलहरु


तपाईंको घरमा सुगन्धित तेलहरु छन् ? कुनै सुगन्धित तेलको बासनाले लामखुट्टेलाई धपाउने क्षमता राख्दछ । कागती, पुदिना, मेहन्दी, लेभेन्डर, जेरानियम, सिट्रोनला जस्ता बिरुवाबाट बनेका तेलहरुले लामखुट्टे र अन्य किराहरु हटाउन उपयोगी हुन्छन् । उक्त तेललाई तेल घोल्ने रसायनमा खन्याउनुहोस्, त्यसपछि लामखुट्टेविरुद्ध यसले आफ्नो जादू देखाउन थाल्नेछ ।

                                                     लामखुट्टेलाई मन पर्दैन यी बिरुवाहरु

ब्रम्हबुटी (क्याटनिप)लाई घरमा ल्याउनुहोस्, किनकी यसले लामखुट्टे भगाउन मद्दत गर्दछ । त्यस्तै सयपत्री, लेमनग्रास, चुनित्रो घाँस (जिरानियमस्), तुलसी, मेहन्दी जस्ता सुगन्धित जडीबुटीहरुको गन्धले लामखुट्टेलाई भगाउँछ ।

                                                  यी बिरुवा जसले लामखुट्टेलाई नै खाइदिन्छन्


ताली पिटेर न मार्न सक्नुहुन्छ न भगाउन । कति गाह्रो लामखुट्टेलाई तह लगाउन । ठिकै छ हार नमान्नुहोस् तपाईंलाई सघाउन केही मांशाहारी विरुवाहरु तयार छन् । जसरी हामी लामखुट्टे मनपराउँदैनौं त्यसैगरी भेनस फ्लाइट्राप, पिचर प्लान्ट, बट्टरवर्ट, डचम्यानुस पाइपका लागि लामखुट्टे मिष्ठान्न भोजन नै हो ।

                                                           एउटा अप्राकृतिक उपाय पनि !


तर, हामीले घरमा प्रयोग गर्ने केही म्याट, स्प्रे, धुप लगायतका रसायनिक पदार्थ मिश्रित पदार्थहरुले लामखुट्टेलाई मात्र होइन, हामीलाई पनि असर गर्दछ । धुप, कपुर राखिएको भाँडो, लामखुट्टे एप्स जस्ता सामग्रीहरु तपाईंले प्रयोग गर्नसक्नुहुन्छ ।
                                                             धातुको चम्चा



यति नै । तर, लामखुट्टेले टोक्न छाडेनन् भने, यहाँ घरमै तत्काल प्रयोग गर्न सकिने घरेलु उपाय छन् । तातो पानीमा एक मिनेटसम्म धातुको चम्चा डुबाउनुहोस् । लामखुट्टेले टोकेको ठाउँमा राख्नुहोस् । यसले लामखुट्टेले टोक्दा निस्किएको एकप्रकारको प्रोटिनलाई नष्ट गर्दछ र चिलाउनबाट जोगाउँछ ।

by sajhapost.com

यौन प्रस्ताब अस्विकारपछि साइप्रसमा नेपाली महिलामाथि एसिड प्रहार

0 comments
   माया शेर्पा,साइप्रस-साईप्रसमा घरधनिको शारिरीक यातनाबाट एक नेपाली महिला गम्भिर घाईते भएकी छिन । यौन प्रस्ताव अस्वीकार गरेपछि बुटवल घर भएकी एक महिला आफुले काम गर्दै आएको घरधनिको यातनाबाट घाईते भएकी हुन् । रोजगारीको शिलशिलामा साईप्रस आएकी उनी साईप्रसको पापोसमा घरेलु कामदारको रुपमा कार्यरत थिईन । घरधनिले पटक–पटक यौन दुव्र्यवहार गर्ने गरेको र प्रतिकार गर्दा हानीकारक पदाथ क्लोरिन प्रहार गरी घाइते बनाएको पीडितले गुनासो गरिन । घाईतेको यहाँकै पापोस स्थित जनरल अस्पतालमा भर्ना गरिएको छ भने पीडकलाई प्रहरीले पक्राउ गरेको छ ।

घाईतेले पिडकलाई कारबाही गराउन र उचित क्षतिपुर्ति दिलाउनका लागी साईप्रस स्थित नेपाली समुदाय, बाणिज्य दुतावास तथा एनआरएनए साईप्रसलाई आग्रह गरेकी छिन । मासिक पारिश्रमिक ३ सय १४ युरोमा काम गर्न मञ्जुर भई आएका उनी निलकमल म्यानपावर कम्पनी सिनामंगलबाट साइप्रस आएकी थिइन । ४ लाख २५ हजार म्यानपावरलाई बुझाएर त्यहाँ पुगेकी उनी म्यानपावरलाई आफ्नो समस्या बारे पटक पटक जानकारी गराउँदा पनि कुनै चासो नदेखाएको गुनासो गरिन ।

आफ्नै देशमा रोजगारी नपाएपछि पारिवारिक समस्यालाई टार्न विदेशीएकी महिलाहरु यौन शोषणको शिकार हुनुपरेको छ । ‘बैदेशिक रोजगारमा केहि अवसर र सुविधाहरु त छन तर सोही अनुपातमा यतिबेला बैदेशिक रोजगारी असुरक्षित बन्दै गईरहेको छ ।’ साइप्रसमै कार्यरत नेपाली छिमी ल्हमु शेर्पाले भनिन । उनले थपे ‘महिलाहरु माथि यौन शोषणका घटनाहरु बढ्दै गएको छ । यस तर्फ राज्यले पनि सोच्नुपर्ने बेला आएको छ ।’ ‘उनी प्रतिनिधी पात्र मात्रै हुन यहाँ घरेलु कामदारका रुपमा आउने अधिकांश महिलाहरुले यस्तै पीडा वोक्नु परेको छ ।’ छिमी ल्हमु भन्छन् । राम्रो तलब भत्ता, अन्य बिकसित मुलुकमा सजिलै जान सकिने प्रलोभन देखाउँदै म्यानपावर एजेन्सीहरुले साईप्रसको लागी लाखौँ रुपैंया असुलेर विशेष गरि महिलाहरुलाई पठाउने गरेका छन् । म्यानपावर कम्पनिहरुले साईप्रसको लागी ४ देखि ७ लाखसम्म असुल्ने गरेपनि ८० हजारको मात्र रसिद दिने गरेको पिडितहरु बताउँछन । साईप्रसमा ३ हजार ५ सयको हारहारीमा नेपालीहरु कार्यरत छन तर यहाँ नेपाली दुताबास नहुँदा उनीहरु मारमा पर्ने गरेका छन् । शारिरीक, मानसिक यातना, यौन दुर्व्यवहार, श्रमशोषणबाट दिनहुँ जसो हिंसाका घटनाहरु हुनेगरेको पीडित नेपाली महिलाहरु बताउँछन् । उजूरी तथा गुनासो सुन्ने कुनै निकाय नहुँदा मारमा परेका छन ।

नेपाल सरकारले साईप्रसको लागी श्रमस्वीकृती दिएपनि व्यवस्थित, सुरक्षित बनाउन नसक्दा समस्या झेल्नु परेकाले थप व्यवस्थित र दूतावास समेत स्थापना हुनुपर्ने यहाँ कार्यरत नेपालीहरुले माग गरेका छन् । विहिवार, २०७२ असार २४ गते प्रकाशित शेर्पाखाबर

Sunday, July 12, 2015

नयाँ संविधानमा धार्मिक निरपेक्षता कार्यान्वयन हुने, नेता माधव नेपाल

0 comments
काठमाडौँ, असार २७ – नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश टुक्र्याउनेखालको स्वतन्त्रता कसैलाई पनि दिन नहुने बताएका छन् । 

राष्ट्रिय ख्रीष्ट्रियन महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘नयाँ संविधानमा धार्मिक निरपेक्षता कार्यान्वयन र पूर्ण धार्मिक स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा उनले देशमा सार्वभौमिक अखण्डतामा प्रतिकूल असर पार्ने र देश टुक्र्याउने स्वतन्त्रता दिन नहुने बताए ।

नेता नेपालले भने – “देशमा एउटामात्र धर्म हुँदैन, धर्मनिरपेक्ष मुलुक हुनुपर्छ तर सबै धर्म नेपालीपनको माया गर्ने हुनुपर्छ ।”

धर्म निजी आस्थाको विषय भएकाले धर्म र आस्थाका आधारमा राज्यले भेदभाव गर्न नहुने विचार राख्दै उनले नेपालमा धार्मिक सहिष्णुता भएको उल्लेख गरे ।

प्रत्येक धर्मको पर्वमा बिदा दिने परम्परा ठीक नभएको र यसले मानिसहरुलाई अल्छी बनाउने र देश विकासमा समेत बाधा पुग्ने धारणा राख्दै नेता नेपालले विश्वका विकसित देशमा सार्वजनिक बिदा दिने चलन एकदम कम रहेको बताए ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले धर्म आस्थाको विषय भएकाले धर्मको नाममा राजनीति गर्न नहुने बताए ।

उनले ख्रीष्ट्रियन पनि  नेपाली नागरिक भएकाले मृत्यु संस्कार गर्न पाउने विषयमा आफूले सरकारका निकायसँग कुरा गर्ने उल्लेख गरे ।

एकीकृत नेकपा माओवादीका नेता राम कार्कीले सबै धर्ममान्नेहरुले नेपालको आर्थिक, सामाजिक विकास को  पहल हुनुपर्ने र राज्यले पनि सबै धर्मलाई समान व्यवहार गर्नुपर्ने धारणा राखे ।

महासङ्घका अध्यक्ष डा सुन्दर थापाले ख्रीष्ट्रियनलाई अन्तिम संस्कार गर्न पाउने विषयमा सरकारसँग सहमति भए पनि कार्यान्वयन हुन नसकेकाले त्यसका लागि पुन पहल गरिदिन माग गर्दै नेता नेपाललाई ज्ञापनपत्र प्रदान गरेका थिए । रासस

ग्रीन टी र यसबाट हुने फाइदाहरु

0 comments
          चिकित्सक,योगगुरु तथा वैद्यहरुले ग्रीन टी पिउदा स्वस्थ्यको लागि लाभहुने कुरा गरिरहेको हुन्छ। ग्रीन टी भन्नाले चीयाका बोटका नयाँ नटिपिएका मुनाबाट प्रशोधन नगरी बनाइएको चिया नै ग्रीन टी हो । ग्रीन टीबाट निम्न फाइदाहरु लिन सकिन्छ। 

१. ग्रीन टीले आखाँको ज्योती बढाउन मद्दत गर्छ।

२. शरीरमा कोलस्ट्रोलको मात्रा घटाउँछ र मुटु सम्बन्धी रोगको सम्भावना कम गर्छ।

३.  दाँत र गिजालाई स्वास्थ्य राखी इन्फेक्सन हुन दिदैन।

४. यसले दिमागको कार्यसंचालन राम्रो गराउने हुनाले दिमाग तेजिलो बनाउँछ।

५. ग्रीन टीले छाला र शरिरका अरु भागमा हुने  क्यान्सरको सम्भावना कम गर्छ।

६. बूढोपन कम गर्नुका साथै अल्जाइमर र पार्किन्सन जस्ता रोगको सम्भावना कम गर्छ।

७. यसले शरीरको तौल घटाउन सहयोग गर्दछ।

८. नियमित रुपमा ग्रीन टी पिउनाले जीवनको आयू पनि लम्बिने गर्छ।

९.  उच्च रक्तचाप र मधुमेह घटाउन समेत ग्रीन टी निकै नै प्रवाभकारी मानिन्छ।

१०. मानसिक तनाव कम गर्ने ग्रीन टीले एन्टी भाइरल र एन्टी ब्याक्टेरीयलको पनि काम गर्छ।

 माथि हामीले ग्रीन टि बाट हुने फाईदाको कुरा गर्यौ तर यसबाट हुने बेफाइदाहरु नि छन् एक स्वस्थ्य मानिसले दिनमा ४,५ कप ग्रीन टी पिउनु उचित मानिन्छ तर गर्भवती तथा औषधी खाइरहेकाहरुले भने डाक्टरको सल्लाह लिएर मात्र पिउनु उचित हुन्छ।

 ग्रीन टी बनाउँदा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ। उचित तरिकाले बनाएको ग्रीन टी मात्र स्यस्थ्यका लागि फाइदाजनक हुन्छ नत्र नकारात्मक असर पनि गर्नसक्दछ।
–चिनी वा दूध नहाल्ने
–ग्रीन टी ब्याग पानीमा हालेपछि ननिचोर्ने
–ग्रीन टी ब्याग पुनः प्रयोग नगर्ने
– त्यस्तै सफा भाँडा र सफा पानीमा बनाउने र खाने।

चीनको रेष्टुराँमा वेटरको काम रोबर्टले गर्छन

0 comments
काठमाडौं, आषाढ २७ - पूर्वी चीनको स्याङदोङ प्रान्तमा रहेको अधिकांश रेष्टुराँमा ग्राहकले अर्डर गरेपछि रोबर्टले खाना सम्बन्धित ग्राहकसम्म पुर्‍याउने काम गर्दछ । मानिस जस्तो छिटो र छरितो नभए पनि नौलो बिज्ञान र प्रबिधिको प्रयोग देखेर ग्रहाकहरु खुशी तथा आकर्षित देखिन्छ ।  रेष्टुराँका मालिकका अनुसार जिउमै ट्रे जडान गरिएको रोवर्टले एकैचोटी धेरै ग्राहकलाई सेवा दिनसकिने हुँदा यसले गर्दा  मजदुरलाई दिँदै आएको खर्च पनि कटौती भएको बताएको छ। एजेन्सी



multi wife 27 with oneman in nepal

0 comments
२७ असार - संसारमा अनेक प्रकारका मान्छे हुने रहेछन तेस्तैमा सुन्दैमा अचम्म लाग्ने संखुवासभाको खाँदबारी स्थित ढोलबाजे निवासी रामचन्द्र कटुवालले २७ वटी श्रीमती ल्याएका छन् । सोझा तथा मिझासिला स्वभावका रामचन्द्र कटुवाल खाँदबारी बजारमा सबैका रमाइला पात्रका रुपमा रहेका छन् । कपाल सेतै फुल्दै गएका राम चन्द्र कटुवालको जवानीमा निकै उताड चढाव आएको कटुवा बताउछन् । खाँदबारी र तुम्लिङ्टार बजार आसपासका ठाउँमा भारी बोकेर जिबन चलाउदै आएका रामचन्द्रले अहिले सम्म २७ वटी श्रीमती बिहे गरेको बताए । ६ दशक काटिसक्दा पनि बिवाह गर्न नछोडेका रामचन्द्र भन्छन् “अब त कस्ले पत्याउँछ र, २७ वटी ल्याए, कमाए खुवाए अहिले सबै मलाई छोडेर गइसके यति बेला त मैले देखे भने पनि चिन्दिन कुनै श्रीमतीलाई। ‘कुनै समयमा २७ वटी श्रीमतीका श्रीमान् भनेर ख्याती कमाएका रामचन्द्रले अहिले भने घरमा एउटी मात्र श्रीमती छ रामचन्द्रले गुनासो गर्दै भने ।’ सोझा तथा मिझासिला स्वाभावका कटुवाल खाँदबारी बजारमा सबैका हायी हायी पात्र बनेका छन् ।


चीनमा चलेको ठुलो आँधीबेरीको कारण करिब ११ लाख मानिस बिस्थापित

0 comments
           २७ असार २०७२ - १६० किलोमिटर प्रतिघन्टाको गतिमा आएको चान-होम समुद्री तुफानबाट चीनको झेजियाङ्ग झियाङ्गसु प्रान्तमा ११ लाख मानिस घर छाड्न बाध्य भएका छन् । सन् १९४९ यताकै डर लाग्दो तुफान यो एक किसिमको ठुलो सुमिन्द्रि हावा थियो । देशका कयौं भूभागमा हवार्इ,रेल,खानेपानी,विजुली जस्ता अतिआबासेक सेवा ठप्प भएको छ। जसका कारण त्यहाँका ईस्थानियको जीबनस्थरमा ठुलो प्रभावित भएको छ ।अहिलेसम्म ८१ हजार ६ सय ४० हेक्टर खेतियोग्य जमिनको अन्न नष्ट भइसकेको छ ।जसबाट ४ सय १० मिलियन डलरभन्दा बढी नोक्सान पुर्याएको छ।
      शनिबारको तुलनामा आइतबार हल्का कम भएको छ। तुफान चलेपछि संघाई, झियाङ्गसु र झेलियाङ्ग प्रान्तमा ठुलो वर्षा भइरहेको छ । कुनै कुनै प्रान्तमा ३० सेमीसम्म पानी परेको मापन गरिएको छ। चीनपछि  तुफानले जापानको ओकिनाबा द्धीप श्रृंखला र ताइवान पनि प्रभावति बनेको कारण शुक्रबार  ताइवानको राजधानी ताइपेइमा शेयर बजार र सरकारी कार्यालय बन्द हुन पुगेका थिए ।एजेन्सी 






नेपालमा छिट्टै स्मार्ट सवारी चालक लाइसेन्स

0 comments
२७असार,२०७२ - नेपलमा हाल दिदै आएको साधारण सवारी चालक लाइसेन्स तथा ब्लुबुकलाई नेपाल सरकारले आर्थिक वर्ष २०७१-७२ मा प्रस्तुत  गरिएको नीति तथा कार्यक्रमले सार्वजनिक यातायतलाई व्यवस्थित गर्न स्मार्ट कार्डमा रुपान्तरण गरिसक्ने घोषणा गरिए पनि भूकम्पको कारण तथा बिभीद कमिकमजोरी भएको भनि आगामी साउनदेखि लागू गर्ने भनिएको स्मार्ट ड्राभभिङ लाइसेन्स लागू गर्ने       समय २ महिना पछि सारेको छ। आशा छ भाबिस्यमा छिट्टै बिदेसमा जस्तो स्मार्ट कार्डको प्रयोग गर्न         पाउने छ।


Saturday, July 11, 2015

भारतको इतिहासमै सबैभन्दा महँगो फिल्म

0 comments
निकै चर्चामा रहेको फिल्म बाहुबली भारतको इतिहासमै सबैभन्दा महँगो फिल्म हो । हामी यस् फिल्म बाहुबली भित्र रहेका १० खास कुराहरु यहाँ चर्चा गर्दैछौं ।

१. बाहुबली फिल्मले प्रमोशनको लागि एक बिशेष डिजिटल मार्केटिंग अपनाएको छ । जसले गर्दा पनि यस फिल्म अझ पपुलर बन्दै गएको पाईन्छ ।

२. हाल रिलिज भएको फिल्म जुरासिक बल्र्ड र बाहुबली फिल्ममा काम गर्ने भिजुअल इफेक्ट टिम एउटै हुन् ।

३. यस फिल्मको प्रोडक्सन टिमले करिब ८५ करोड रुपैंया भिजुअल इफेन्टको लागि मात्र खर्च गरेको छ । यस फिल्ममा ९५ प्रतिशत दृश्य कम्प्युटरबाट बनाईएको छ । यसमा सिजीआई र वीएफएक्स ग्राफिक्स प्रयोग भएको छ ।

४. यस फिल्म काल्मनिक युद्धमा आधारित फिल्म हो । फिल्म बनाउन २५० करोड लागत लागेको छ । यसमा तेलुगू र तमिल भाषामा फिल्म सुट भएको थियो । पछि हिन्दि भाषा मा रिलिज गरेको हो ।

५. करण जोहरका अनुसार, बाहुबली स्क्रिन काउन्टमा सबैभन्दा बढि डबिंग गरीएको फिल्म हो । यस फिल्ममा भारतको कुनै एक प्रदेशलाई छोडेर सिँगो देशलाई नै अपिल गर्न सफल भएको फिल्म हो ।

६. बाहुबली ४००० फिल्म हलमा रिलिज भइरहेको छ जसमध्यै १३५ हल अमेरीका भित्रका मात्रै छन् ।

७. हलिउड फिल्म फ्लिक ३०० बाट प्रेरीत भएको फिल्म भनिएपनि निर्देशन राजमोअलीका अनुसार यो फिल्म बिल्कुलै फरक फिल्म हो । जुन फ्लिक ३०० सँग मिल्दैन ।

८. उसमा युद्ध र एक्सन देख्न सकिन्छ । जसका लागि बियतनामका ट्रेनरबाट आएका एक्टरलाई लिइएको छ ।

९. फिल्ममा प्रभाष र राणाले आफ्नो वजन १०० किलो भन्दा बढि बनाएका छन् । जसका लागि कलाकारलाई दिनमै ६ देखि ८ पटक खाना खानुपरेको थियो । यसमा प्रत्येक चिज ननभेज खुवाईएको थियो । जसका लागि प्रत्येक दिनको टार्गेट २००० देखि ४००० क्यालोरी थियो ।

१०. फिल्ममा मुख्य भुमिकामा रहेका प्रभाषले आफ्नो विवाह पनि सारेर छायांकनमा व्यस्त भएका थिए । फिल्म बन्नको लागि ३ बर्ष लागेको थियो ।


Video

नेपालको जनसंख्‍या करिव ३ करोड नजिक

0 comments
असार २६, काठमाडौं - आज विश्व जनसंख्या दिवसको अवसर पारेर केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या झन्नै झन्नै  ३ करोडको नजिक २ करोड ८० लाख ५८ हजार २ सय २ पुगेको समाचार सार्बजनिक गारिएको  छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार मुलुकको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला र पुरुष ४८ दशमलब ५ प्रतिशत छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेका छन् । विभागका उप-महानिर्देकक डा. रुद्र सुवालका अनुसार अहिले जनसंख्या वृद्धि दर १ दशमल ३५ प्रतिशत छ ।

आज विश्व जनसंख्या दिवस ‘आपत्कालीन अवस्थामा असुरक्षित जनता’ भन्ने नारा सहित मनाईंदैछ । सन् १९८९ को जुलाइ ११ मा विश्वको जनसंख्या ५ अर्ब पुगेको अवसर पारेर संयुक्त राष्ट्रसंघले २६ वर्षअघिदेखि यो दिवस मनाउन शुरु गरेको हो ।

बिस्वमा पछिल्लो केही वर्षको तथ्यांकअनुसार प्रत्येक वर्ष करिब ८ करोड जनसंख्या बढिरहे पनि जनसंख्याको वृद्धिदरमा भने कमी आइरहेको छ ।

सन् २०५० मा जनसंख्या वृद्धिदर ० दशमलव ५ मा भन्दा पनि कम हुने प्रक्षेपण गरिएको छ । तर जनसंख्या वृद्धिदर घटे पनि व्यवस्थापन तथा विभिन्न समस्यामा भने कम हुन नसकेको विज्ञहरु बताउँछन् ।



नक्कली भूकम्पपीडितलाई कारबाही गर्न निर्देशन

0 comments
बनेपा,२६असार, नक्कली भूकम्पपीडित बनेर सरकारको राहत दुरुपयोग गरेका करिब ५० जनालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निर्देशन दिएको छ ।

किटानी उजुरीका आधारमा उनीहरुलाई जिल्लाका पात्लेखेत र चण्डेनीमण्डन गाविस तथा पाँचखाल नगरपालिकाबाट पक्राउ गर्न लागिएको प्रशासकीय अधिकृत अर्जुन रिसालले जानकारी दिनुभयो ।  “सोधपुछका लागि उपस्थित गराउँछौँ र प्रमाणित भए रकम फिर्ता गराउनाका साथै भूकम्पपीडितको परिचयपत्र रद्द गर्छौं”उहाँले भन्नुभयो ।

भूकम्पपीडितका नाममा उनीहरुले सरकारले उपलब्ध गराएको रु १५ हजारका दरले कुल रु सात लाख ५० हजार र परिचयपत्र लगेका छन् । तीन गाविसमध्ये सबैभन्दा बढी चण्डेनीमण्डनमा नक्कली भूकम्पपीडितका नाममा राहत रकम दुरुपयोग भएको किटानी उजुरी परेको छ ।

“उनीहरुलाई पक्राउ गर्न आदेश दिइसकिएको छ, प्रमाणित भए हदैसम्मको कारबाही हुन्छ” प्रजिअ सुदर्शन ढकालले भन्नुभयो । उहाँले पक्राउ गर्नका लागि प्रहरीलाई पत्राचारसमेत गरिएको उल्लेख गर्नुभयो ।  भूकम्पपछि एउटै घरमा बसेका परिवार अलग भएर राहत रकम लिएको र  वैकल्पिक वासस्थान हुँदाहुँदै पनि सुविधा लिएको भन्दै केही दिनअघि किटानी उजुरी परेको थियो । रासस

रसुवाको भार्खुदेखि ठूलो स्याफ्रुसम्मको कृषि सडक निर्माण तीव्र रुपमा

0 comments
धुन्चे (रसुवा), २६  असार, उत्तरी रसुवाको भार्खुदेखि ठूलो स्याफ्रुसम्मको कृषि सडक निर्माण तीव्र रुपमा अगाडि बढेको छ । हिमाली क्षेत्रमा उत्पादित कृषिउपज ताजताजै व्यापारिक केन्द्रमा पुर्याई ग्रामीण किसानको आय वृद्धिमा सघाउन गत वर्षदेखि यो सडकको निर्माण कार्य अगाडि बढाइएको हो । अहिलेसम्म पाँच किलोमिटर सडकको निर्माण सम्पन्न भइसकेको जिल्ला विकास समितिले जनाएको छ ।
  
जिविसको सीमित बजेटबाट काम अगाडि बढाइएको नौ दशमलव पाँच किलोमिटर लम्बाइको यो सडकका लागि यस वर्ष संसद् विकास कोषले रु ८५ लाख प्रदान गरेको छ । जिविसले पनि रु पाँच लाख छुट्याएपछि सडक निर्माणको कार्यले तीव्रता पाएको हो ।
  
विकट हिमाली क्षेत्र ठूलो स्याफ्रु सडक सञ्जालमा जोडिएपछि स्थानीयस्तरमा उत्पादित कृषिउपज व्यापारिक केन्द्र पुर्याउन र ग्रामीणवासीमाझ आवश्यक पर्ने खाद्यान्न तथा विकास निर्माणका सामग्री भित्र्याउन, बिरामी पर्दा एम्बुलेन्स तथा यात्रुबाहक सवारी साधन गुडाउन, हिमाली पदयात्रामा जाने पर्यटक भित्र्याउन, गोसाइँकुण्डको यात्रा सहज रुपले सञ्चालन गराउनसमेत यो सडकले सहज बनाउने विश्वास गरिएको छ । आगामी वर्ष ठूलो स्यापु्रमा मोटर पुर्याएरै छोड्ने निर्माणमा संलग्न उपभोक्ता समितिले जनाएको छ ।
  
यो सडकको निर्माण कार्य सम्पन्न गर्न पर्याप्त रकम विनियोजन गर्न सम्बन्धित निकायमा आग्रह गरिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । रासस


इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा

0 comments
काठमाडौँ, २६ असार । इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ ।
साथै उक्त मुलुकले नेपाल सरकारसँग सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ । करिब नौ वर्षदेखि इजरायलले नेपाली कामदार लिन छाडेको छ ।
नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ५५ औँ वर्ष प्रवेशको अवसर पारेर नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतसँग सङ्क्षिप्त कुरा गर्दै लगनशील, कामप्रति निष्ठावान नेपाली कामदारलाई पर्याप्त अवसर दिइने बताउनुभयो ।
“नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउन इजराय र नेपाल सरकारका सम्बद्ध निकायबीच निकट सम्पर्कमा रहेर सहकार्य भइरहेको छ, त्यो चाँडै पूरा हुनेमा म आशावादी छु,”– श्रमिक निर्यातका विगतका कटु अनुभव दोहोरिन नदिन दुवै देशका सरकारले आपसी सम्झौता गरेर अघि बढ्ने निर्णय भएको सुनाउँदै उहाँले भन्नुभयो ।
घरेलु कामदार, परिचारक÷सुसारेलाई चयन गरी व्यावसायिक एवम् प्राविधिक तालिम दिएर परीक्षणका रुपमा इजरायल पठाउने योजनामा दुवै देशका सरकार रहेका जानकारी दिँदै उहाँले कामदार चयन पारदर्शी ढङ्गले गरिने स्पष्ट गर्नुभयो ।
साना किसान बैंकसँगको सहकार्यमा मासिक एक लाख २५ हजार तलब पाउने गरी १० महिने कृषि तालिमअन्तर्गत गत वर्ष दुई सय, यो वर्ष पाँच सय जना विद्यार्थी इजरायल गइसकेका जानकारी दिँदै राजदूत मेयरले आगामी वर्ष छ सय जना प्रशिक्षार्थीलाई अवसर दिइने घोषणा पनि गर्नुभयो ।
इजरायलको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (मसाभ)ले नेपालको मानव संसाधन विकास, चिकित्साशास्त्र,कृषि, स्वास्थ्य, नवीकरणीय ऊर्जा, वातावरण संरक्षण, सरसफाइलगायत पारस्परिक चासोका धेरै क्षेत्रमा ज्ञान, सीप र प्रविधि आदान प्रदानमा केन्द्रित रहेर आफ्नो देशले नेपाललाई सघाइरहेको बताउँदै उहाँले भूकम्पपछिका यावत चुनौती समाधान गर्न नेपाललाई थप सहायताको आवश्यकता परेकाले सक्दो सहयोग गर्न इजरायल पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“भूकम्पले सिर्जना गरेका चुनौतीलाई शक्ति, सामथ्र्य र अवसरमा रुपान्तरण गर्न सकिन्छ, मित्र मुलुकका नाताले समस्यामा परेको नेपाललाई हरसंभव सहयोग गरिरहन्छौ,”– उहाँले भन्नुभयो ।
कृषि क्षेत्रमा भएको क्षतिबाट उठ्न नेपाललाई प्रविधि र सीपको खाँचो छ भन्दै उहाँले कृषि प्रविधि केन्द्र स्थापना, पुनः निर्माणमा इजरायली प्रविधि र विज्ञको सहयोग, मत्स्यपालनजस्ता जलप्रविधिमा आधारित कृषिको विकास, ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदाको संरक्षणमा इजरायलले सहयोग गर्ने तयारी गरेको जानकारी पनि उहाँले दिनुभयो ।
एक प्रश्नको जवाफमा राजदूत मेयरले नेपाल र नेपालीलाई धेरे क्षेत्रमा ठूलो सहयोगको आवश्यकता रहेको, हजारौँ गाउँ भूकम्पबाट नराम्ररी प्रभावित भएकाले अति प्रभावित ग्रामीण क्षेत्रमा गएर इजरायले नेपाल सरकारसँग मिलेर कृषि, सिँचाइ, पानी प्रविधिको क्षेत्रमा भूकम्पपीडितलाई सघाउने बताउनुभयो । इजरायलमा कृषि तालिम लिएर फर्केकालाई उक्त काममा समावेग गर्ने सोचाइ पनि रहेको उहाँले बताउनुभयो । “ग्रामीण क्षेत्रलाई लक्ष्यित गरेर सञ्चालन गरिने काममा इजरायलका तालिमेलाई समावेश गर्दा सहायता परियोजनाको प्रभावकारिता बढ्नेछ,”– उहाँले भन्नुभयो ।
यसैबीच, नेपाल र इजरायलका राजदूतले दौत्य सम्बन्ध स्थापनाको ५५ औँ वर्ष प्रवेशका अवसरमा संयुक्त वक्तव्य जारी गरी पारस्परिक सम्बन्ध विस्तारमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै दुवै मुलुकका सरकार र जनताबीचको सौहाद्र्रपूर्ण मैत्री भविष्यमा अझ घनीभूत हुने विश्वास व्यक्त गर्नुभएको छ ।
वक्तव्यमा इजरायली राजदूतले विगतमा नेपालले मध्यपूर्व शान्तिप्रक्रियामा शाािन्तसेना परिचालन गरेर ठूलो गुन लगाएको स्मरण गर्दै संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालले इजरायललाई साथ र सहयोग गरेको बताउनुभएको छ ।
नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री बिपी कोइराला र इजरायलका प्रथम प्रधानमन्त्री डेभिड बेनगुरियन साहसपूर्ण निर्णयको फलस्वरुप १ जुन १९६० मा इजरायल र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । इजरायलसँग दौत्य सम्बन्ध कायम गर्ने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो । रासस


एक व्यक्तिले डिभोर्स माग्ने पत्नीलाई सबै सम्पतिको आधा आधा काटेर दिए

0 comments
        संसारमा अनेक प्रकारका मानिसहरु हुन्छन तेस्तै जर्मनीमा एक अनौठो घटना भएको छ । एक दम्पतीले डिभोर्सको क्रममा घरका सबै सामानलाई आधा आधा काटेर नै बाँडेका छन् । जर्मनीको भाषामा पारपाचुके अर्थात् डिभोर्सपछि डेर नामका तिव्यक्तिले पत्नी लारालाई घरको सबै सामान काटेर आधा आधा बनाएर बाडिदिएका हुन् । त्यसमा कार, बेड, आईफोन, ल्यापटप, एलईडी, सोफा जस्ता प्रमुख चीजहरू रहेका छन् ।
डेरले उक्त सामानको एक भिडियो समेत बनाएर युट्युबमा हालेका छन् । भिडियोमा डरले भनेका छन्,
‘लारा‘ यी सबै तिम्रो लागी हुन । १२ वर्षसम्म साथकोमा तिमीलाई धन्यवाद । रमाइलो पत्रिका

Friday, July 10, 2015

सोलोमोन द्वीपमा ६.५ रिक्टर स्केलको भूकम्प

0 comments
सिड्नी,२५ असार । सोलोमोन द्वीपमा शुक्रबार ६.५ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । सो भूकम्पको कारण सुनामीको चेतावनी भने दिइएको छैन ।
सो भूकम्पको केन्द्रविन्दु दादालीदेखि १५४ किलोमिटर दक्षिणपश्चिम र सोलोमान द्वीपको राजधानी होनीयारदेखि १७० किलोमिटर पश्चिममा २० किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।
सोलोमोन द्वीपको राष्ट्रिय प्रकोप नियन्त्रण कार्यालयका प्रवक्ताले यस भूकम्पको कारण मानवीय र भौतिक नोक्सानीको कुनै विवरण हालसम्म प्राप्त नभएको बताएका छन ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका सुरुमा यो भूकम्प ७.० रिक्टर स्केलको भएको जनाइएको थियो । शुक्रबार आएको ६.५ रिक्टर स्केलको भूकम्पपछि ५.३ रिक्टर स्केलको पराकम्पन आएको बताइएको छ ।
सन् २०१३ मा सोलोमोन द्वीपमा आएको ८.० रिक्टर स्केलको भूकम्पपछि आएको सुनामीमा परी कयौँ व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी कयौँ भवनहरु ध्वस्त भएका कारण हजारौँ व्यक्ति घरवारबिहीन भएका थिए । रासस

प्याजबाट स्यस्थ्यका लागि लिनसक्ने बाहु उपयेगि फाइदाहरु

0 comments
         कतिपयको सोचाइमा प्याज तरकारी र सलाद मात्रै खाने,यसको बास्ना पछिसम्म रहने र श्वास गन्हाउने भनेर प्याज खान मान्दैनन् । तर, प्याजको उपयोगीता औषधि भन्दा कम छैन । नियमित प्याज सेवनले उमेर मात्रै बढाउदैन, कतिपय रोगका लागि घरेलु औषधिको काम समेत गर्छ।
१. गर्मिमा लू लाग्नु सामान्य कुरा हो । काँचो प्यााज खाँदा लूबाट जोगिन सकिन्छ । यसको रस पिउँदा अझ फाइदाजनक हुन्छ । यही कारण बुढापाकाहरु गर्मीमा प्याज सँगै लिएर हिँड्छन्  र अरुलाई पनि त्यस्तै गर्न सुझाइरहेका हुन्छन् ।
२. कपाल झरेको झ¥यै भइरहेको छ भने यसमा प्याजको रस निकै फाइदाजनक हुन सक्छ । कपालमा प्याजको रस लगाएर केही समय छाड्ने र धुने गर्नालो कपाल झर्ने समस्या घट्नुका साथै चमकदार पनि हुन्छ ।
३. पिसाव रोकिएर हुने समस्या छ भने यसको रस खाँदा समस्या समाधान हुनसक्छ ।
४. प्याजले तापक्रम बढाउँछ । यसकारण चिसो लागेको भएपनि प्याज खानुपर्छ । नाक बन्द हुने वा चिसोले खोकी लाग्ने समस्याको हल प्याज हुन सक्छ ।
५. प्याज अरु ओखती जस्तै हो । यसले धेरै बिराम ठिक गर्ने र शरीरलाई तन्दुरुस्त राख्ने भएकाले यसले उमेर बढाउँछ भन्ने पूरानै मान्यता छ ।
६. स्टोनको समस्या भएकालाई एक हदसम्म प्याजको रस समाधान बन्न सक्छ । बिहानै खाली पेटमा प्याजको रस खाँदा यसका लागि लाभदायी हुने बताइन्छ । तर, निकै समस्या छ भने यसको रसको भर मात्रै पर्नुहुदैन ।
नोटः कुनै रोगको औषधि सेवन गरिरहेकाहरुले भने डाक्टरको सल्लाह अनुसार मात्रै प्रयोग गर्नुपर्छ ।
जनचेतनाका लागि स्वास्थ्य खबर पत्रिका बाट साभार गरियको ।

Thursday, July 9, 2015

नुवाकोटका सर्वसाधारण जस्ता व्यापारीबाट ठगिदै

0 comments
नुवाकोट, असार २४ – भूकम्पका कारण पीडित नुवाकोटका सर्वसाधारण जस्ता व्यापारीबाट झनै ठगिन थालेका छन् । वर्षायाम लागेकोले अस्थायी टहरो निर्माणका लागी भूकम्प पीडितहरुले बजारमा जस्तापाता खरिद गर्न जाँदा बढी मूल्य तिर्न बाध्य भएका छन् । व्यापारीहरुले कम गुणस्तरको जस्ता उच्च गुणस्तरको भनेर कालोबजारी गर्दै आएको रहस्यसमेत खुलेको छ । घर भत्केपछि अस्थायी टहरा तथा घर निर्माणमा जस्तापाताको माग बढीरहँदा बजारमा भने ग्राहक व्यवसायीबाट चर्को मूल्यमा ठगिँदासमेत स्थानीय प्रशासनले त्यसलाई नियन्त्रण गर्न चासो देखाएको छैन । जस्तापाता खरिद बिक्रीमा अनिवार्य भ्याट विल काटिनु पर्नेमा व्यापारीहरु सामान्य रुपको ईष्टमेट बिल प्रयोग गरी व्यवसायी राज्यको कर समेत छली गर्दै आएका छन् । अहिले बजारमा एक बण्डल जस्तापाताको पाँच हजार ७ सय पर्ने हुलास जस्तापाताको मूल्य ६ हजार पाँचसयदेखि ७ हजारसम्म तिर्न बाध्य हुनुपरेको ग्राहकहरुले बताउन थालेका छन् । सरकारी राहतको प्रतीक्षा नगरी आफैं जस्तापाता खरिद गरी टहरा निर्माणमा लागेका भूकम्प पीडित भने उच्च गुणस्तरका नाममा कम गुणस्तरको जस्ता घरमा लगेर व्यवसायीबाट ठगिँदै आएका छन् । ‘ग्राहकको माग एउटा गुणस्तरको हुन्छ, देउरालीका कान्छा तामाङ भन्छन्– ‘व्यवसायी सस्तो भन्दै अर्कै गुणस्तरको जवर्जस्ती भिडाउँछन् ।’ हुलास र आरती जस्तापाता कम्पनीले जिल्लामा अधिकृत बिक्रेता तोकेर आफ्नो मूल्यसुची अनुसार जस्ता बिक्री गरिरहेपनि अन्य ब्राण्डका जस्तापातामा व्यवसायीहरुले आफूखुशी मूल्य राखेर जस्तापाता बिक्री गर्दै आएका छन् । बजारमा जस्तापाताको माग धान्न नसकेको समयको फाइदा उठाउँदै व्यवसायीले बि ग्रेडको जस्तालाई ए ग्रेडको मूल्यमा बिक्री गर्दै आएका छन् । ए ग्रेडको जस्ता मागेका ग्राहकलाई बजारमा व्यापारीबाट बि ग्रेडको जस्तापाता उपलव्ध गराइन्छ । झट्ट हेर्दा ए को तुलनामा बि ग्रेटको सामानमा केही सस्तो देखिएपनि गुणस्तरको हिसावले ग्राहकहरु ए ग्रेडको भएको लोभ पाल्दै उल्टै प्रतिकेजी ६० रुपैयाँ सम्म ठगिएका छन् । जिल्लामा वर्षौ देखि व्यवसाय गर्दै आएका व्यवसायीहरुले बजार मुल्य र गुणस्तरियतामा विश्वसनियता, टिकाउ तथा दीर्घकालीन अवस्थाको ख्याल गरेपनि बाहिरबाट आएका व्यवसायीबाट ग्राहक ठगिने गरेका छन् । संघले विषय उठान गरेपनि नियन्त्रण गर्ने विषयमा भने कुनै निर्णय भने गर्न सकेको छैन् । जिल्लामा कम्पनीको आधिकारीक डिपो, अधिकृत विक्रेता समेत गरि एक दर्जनको हाराहारीमा व्यवसायीले हुलास, आरती र आरएमसीका जस्तापाता विक्री गर्दै आएका छन् । हार्डवयर व्यवासायी संघका अनुसार नुवाकोटको विदुर, वट्टार, त्रिशूली, कोलोनी, देवीघाट, वेत्रावति, ढिकुरेलगायतका वजारमा दैनिक ६ सय वण्डल जस्तापाता विक्रि भइरहेको छ । यस विषयमा कुनै अनुगमन हुन नसकेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष इन्द्रवहादुर पण्डितले बताए । जस्तापातामा अधिकृत र डिपो बाहेकका खुद्रा विक्रेताले कम्पनीको खरिद मूल्यमा लोड, अनलोड र भाडा जोडेर ५ प्रतिशत बढी मूल्यमा विक्री अनुमति दिएको दावी गर्दै सोही अनुसार जस्तापाता विक्री भइरहेको दावी व्यवसायीहरुले गरेका छन् ।

नुवाकोटको वुङताङबाट काठमाडौं जादै गरेको बस दुर्घटना

0 comments
             नुवाकोट,असार२४-पासाङल्हामु मार्ग अन्तर्गत त्रिशूली–काठमाडौं सडक खण्डको ३५ किलो भन्ने बजारबाट १ किलोमिटर काठमाडौं तर्फ सिस्नेरीमा यात्रुबाहक बसलाई माथिबाट खसेको ढुङ्गाले थिचेपछि चालक रसुवा भोर्ले-६ का प्रतीमान विश्वकर्मा सहित पाँच जनाको ज्यान गएको छ.बा २ ख २८४१ नम्वरको बस नुवाकोटको वुङताङबाट काठमाडौं जादै थियो । केहि दिन देखि परेको बर्षाको कारण सिस्नेरी भिरबाट पैरोको रुपमा खसेको ढुङ्गाले बस थिचेको प्रहरीले जनाएको छ
           दुर्घटनामा परि ककनी गाविस वडा नं. १ की विमला तामाङ, सोहि गाविस वडा नं. २ की अरुणा तामाङ, ककनी गाविसका आइतराम तामाङ र धादिङको सत्यदेवी गाविसकी श्रीमाया तामाङको पनि ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागी राजधानी लगिएको छ । पहिरोमा फसेको गाडीबाट सह–चालक सहित तीन जनाको उद्धार गरिएकको छ अन्य घाइतेहरु कम्तिमा पनि १५ जना भन्दा बढी रहेको जनाएको छ।
          सशस्त्र, जनपथ र नेपाली सेनाको टोली घटनास्थलमा पुगेपनि माथिबाट पहिरो बग्नेक्रम जारी रहेकाले उद्धारमा समस्या आएको प्रहरी निरीक्षक जयराम वन्तले बताए।


Like us

 

Search

 
Enjoy the site