Saturday, August 8, 2015

आज शनिबार बिहानै भूकम्प गयो

0 comments
२३ श्राबन - शनिबार २०७२ 
सिन्धुपाल्चोकलाई  केन्द्रविन्दु बनाएर आज बिहान ६ बजेर २४ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि शुक्रबार दिउँसो ११ बजेर ५७ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्र विन्दू भएर ४ दशमलव ४ म्याग्नेच्युटको पराकम्पन गएको थियो ।



Sagarmatha Samachar 2072-04-23

0 comments
२३ श्राबन २०७२ -शनिबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार हेर्नुहोस।
१.प्रदेश शिमांकनको बिषयमा दलहरु बिच अझै सहमती जुटेन आज दिउसोसम्ममा निस्कर्षमा पुग्ने ।
२.अखण्ड शुदुर पश्चिम माग्दै अनिश्चित कालिन कैलाली बन्द।
३.हिन्दुराज्यको लागी काठमाडौँमा प्रदर्शन।
४.सुनसरीमा हिन्दु राज्यको पक्षमा र बिपक्षमा कार्यक्रम।
५.काठमाडौँको टेकुस्थित अस्पतालमा भर्ना भएका ७ बिरामीमा हैजाको जीबानु भेटियो सचेत रहन सर्बसाधारणलई चिकित्सकको सुझाब।
 
Video

नेपालका नेता,सरकारी उच्च पदका अधिकारीहरूले छोराछोरीलाई विदेशमा राखी सम्पत्ति विदेश पठाउदै

0 comments
२२ श्राबन , काठमाडौं । राजनीतिलाई आम्दानीमूलक व्यवसाय बनाउँदै आएका कतिपय नेपाली नेताहरूले पदको प्रभावमा पारी छोराछोरीलाई विदेश पढाउने र उतै ‘सेटल’ गराउने गर्दै आएका छन् । राजनीतिक दलका नेताहरूले मात्र नभएर निजामती कर्मचारी, सेना तथा प्रहरीका उच्च अधिकारीहरूले समेत आफ्ना सन्तानलाई विदेशमै सेटल गराएका छन् । तर, विदेशमै घरजम गरेर बस्ने र नेपालमा कमाएको पैसा पनि विदेशमै लैजानेमा सेना–प्रहरीभन्दा राजनीतिमा सक्रिय रहेका नेता र निजामती सेवामा काम गर्ने अधिकारीहरू अगाडि रहेका छन् । विदेशमा आफ्नो सन्तानसँगै कमाइ पनि पठाउने नेताहरूले आफ्ना छोराछोरीलाई राजनीतिबाट भने टाढा राखेका छन् । तर, उनीहरू सर्वसाधारण जनताका छोराछोरीलाई राजनीति गर्नुपर्छ भन्दै स्कुल पढ्दादेखि नै सङ्गठनको सदस्यता दिलाउन मरिहत्ते गर्छन् र देशभक्तिको गाथा गुथ्छन् भने आफ्ना सन्तानका नाममा देशको सम्पत्तिलाई हुन्डी (अवैध कारोबार)मार्फत विदेश पठाउँछन् ।

विदेशमा आफ्ना छोराछोरी, आफन्त तथा नातागोताका मानिस राखेर नेपाली सम्पत्ति विदेश पठाउनेमा प्रधानमन्त्री सुशील कोइराला पहिलो नम्बरमा पर्छन् भन्दा कतिलाई विश्वास नहुन सक्छ, तर सत्य यही हो । उनले आर्जन गरेको सम्पत्ति विदेशमा पठाउँछन्, विभिन्न व्यक्तिको नाममा । उनको निजी सचिवालयमा विदेशी कार्डधारीहरूको बाहुल्य रहेको छ । अमेरिकामै स्थायी बसोवास गर्दै आएकी मृदुला कोइरालालाई नेपाल झिकाई आफ्नो अवैतनिक सल्लाहकार बनाएर आफ्नो कारोबारलाई अझ सजिलो बनाएका छन् । पछिल्लो समय प्रधानमन्त्री कोइरालाले मृदुलामार्फत नै आफ्नो सम्पत्ति विदेशमा पठाउने गरेको जानकारीमा आएको छ । यसअघि उनले उमा कार्की नामकी महिलामार्फत पनि नगद पठाउने गर्दथे । मृदुला अमेरिकाको स्थायी बसोवास पाएकी नेपाली नागरिक हुन् । उनको परिवारका सबै सदस्य अमेरिकामै बसोवास गर्दै आएका छन् ।
यसैगरी कोइरालाको प्रिय सल्लाहकार विजन पन्तको बेलायतमा तीनवटा घर रहेको बताइन्छ । उनका सन्तान पनि उतै छन् । त्यस्तै, निजी स्वकीय सचिवालयमा रहेका कोइरालाका नातेदार रमेश शर्मा र प्रभा भण्डारीका छोराछोरी पनि अमेरिकामै छन् । उनीहरूका नाममा नेपालबाट हुन्डीकै माध्यमबाट पैसा पठाउने गर्छन् शर्मा र भण्डारीले ।

राष्ट्रपति डा. रामवरण यादवका तीन सन्तान छन् । एक छोरा र एक छोरी नेपालमा छन् भने एउटा अमेरिकामा । यादवको कान्छो छोरा चन्द्रशेखर अमेरिकामा छन् । बैंककबाट ‘इन्भाइरोमेन्ट इन्जिनियरिङ’मा स्नातकोत्तर चन्द्रशेखर पढाइ सक्नेबित्तिकै अमेरिका हानिएका हुन् । स्रोतका अनुसार राष्ट्रपति यादवले पनि छोराको नाममा आफ्नो सम्पत्ति अमेरिकामै जम्मा गर्ने गरेका छन् । यादवका एक छोरा चन्द्रमोहन यादव चिकित्सक हुन् भने उनी संविधानसभामा सभासद् पनि हुन् । छोरी अनिता पितासँगै शीतलनिवासमा बस्छिन् । बेलायतबाट स्नातकोत्तर गरेकी अनिता पितालाई भेट्न आएका स्वदेशी तथा विदेशी अतिथिलाई स्वागत गर्ने, भ्रमणको कार्यतालिका मिलाउनेजस्ता काममा सक्रिय हुन्छिन् ।

काङ्ग्रेस महामन्त्री प्रकाशमान सिंहका दुई छोरामध्ये जेठो प्रभावमान सिंहले अस्ट्रेलियाबाट इकोनिमिक्समा स्नातकोत्तर गरेका छन् । उनी उतै बस्ने तयारी गरिरहेका छन् । उनले अस्ट्रेलियमा सम्पत्ति जोडिसकेका छन् । तर, प्रभावले ‘आफ्नो हजुरबुवाको नाममा खोलिएको गणेशमान सिंह फाउन्डेसनमा आबद्ध भएर काम गरिरहेको बताए ।’

काङ्ग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन् । भारतीय दूतावासको सहयोगमा चेन्नईमा इलेक्ट्रिक इन्जिनियरिङ गरेका छोरा श्याप्रसाद र कान्छी छोरी रीतदीप्ति अमेरिकामा छन् । सिटौलाको भारतमा ठूलो व्यापार भएकोले छोरा श्यामप्रसाद बढी समय भारतै बस्छन् । सिटौलाको भारतको दिल्ली र नोयडामा व्यापार छ । नेपालमा कमाइ भएको रकम उनी अमेरिका र भारतमा सञ्चित गरिरहेका छन् । सिटौलाले पनि आफ्नो सम्पत्ति हुन्डीमार्फत विदेश पठाउने गरेका छन् । सिटौलाकी अर्की छोरी चम्पदीप्ति भने नेपालमै छिन् ।

यसैगरी कम्बल ओडेर घ्यू खाने नेताको छवि बनाएका काङ्ग्रेस नेता महेश आचार्यको छोरा अमेरिकामा छन् । उनले नेपालमा कमाएको सबै सम्पत्ति पछिल्लो समय अमेरिकामा पठाउने गरेका छन् । उनी मन्त्री भए पनि विदेशमा पैसा पठाउने सहारा हुन्डीलाई नै बनाएका छन् । त्यस्तै सञ्चारमन्त्रीसमेत रहेको मीनेन्द्र रिजाल, काङ्ग्रेस नेता गोविन्दराज जोशीका छोराछोरी पनि अमेरिकामै छन् । उनीहरू आफ्नो सम्पत्ति अमेरिकामै जम्मा गरिरहेका छन् । त्यस्तै, काङ्ग्रेस नेतृ सुजता कोइरालाकी छोरी बंगलादेश र छोरा जर्मनीमा छन् ।
सुजाता पनि आफ्नो सम्पत्ति छोरीछोरीका नाममा विदेश पठाउने गर्छिन् ।

एमाले निवर्तमान अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि आफ्नो सम्पत्ति अमेरिकामा जम्मा गरेका छन् । उनले छोरा निर्भीकमार्फत आफ्नो सम्पत्ति अमेरिकामा सञ्चित गरेका छन् । निर्भीकले अमेरिकाबाट साइन्समा स्नातकोत्तर गरेका छन् । केही समयअघि नेपाल आएर युवा सङ्घमा आबद्ध भएका निर्भीकको बसोवास अमेरिकामै हुने गरेको छ ।

पूर्वप्रधानमन्त्री एवम् एमालेका नेता माधव नेपालका छोरा सौरभ इन्जिनियर हुन् । सौरभले भारतबाट इलेक्ट्रोनिक इन्जिनियरिङ पूरा गरेका छन् । नेपालस्थित एक निजी कम्पनीमा काम गर्छन् । छोरी सुमन मेडिकल साइन्सकी विद्यार्थी हुन् । उनी अहिले अमेरिकामा छिन् । नेपालले आफ्नो सम्पत्ति छोरीका नाममा अमेरिकामै सञ्चित गरिरहेको बताइन्छ । एमालेका महासचिव ईश्वर पोखरेलका छोरा सौराज पनि अमेरिकामै छन् । महासचिव पोखरेलले नेपालमा राजनीतिक व्यवसायबाट कमाएको पैसा छोरा सौराजको नाममा अमेरिकामै बचत गरिरहेको बताइन्छ ।

एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो सम्पत्ति छोरा हरिशदेव गौतममार्फत चीन र अमेरिकामा सञ्चित गरिरहेका छन् । पूर्वअध्यक्ष खनालको छोरासँगै युवा सङ्घमा आबद्ध भएका हरिश पेसाले इन्जिनियर भए पनि कन्सल्टेन्सी र ट्राभल व्यवसाय गरिरहेका छन् । उनी ट्राभलमार्फत नेपाली नागरिकलाई विदेश ओसारपसारमा संलग्न भएको बताइन्छ । गौतमका दुई छोरीमध्ये विजिता नेपालकी डेन्टिस्ट हुन् भने अजिता अमेरिकामा छिन् । अजिताले गौतमको अमेरिकामा रहेको सम्पत्ति रक्षा गरिरहेको बताइन्छ ।

एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईकी छोरी मानुषी पनि सक्रिय राजनीतिमा छैनन् । उनी अमेरिका अध्ययन गर्न गएकी छिन् । पछिल्लो समय बाबुरामले पनि छोरीका नाममा सम्पति सञ्चित गरिरहेका छन् । रकम सञ्चित गर्ने काममा पत्नी हिसिला यमी लागेकी छिन् । उनले छोरीका नाममा करोडौँ रकम नेपालबाट बाहिर पठाइसकेको चर्चामा आए पनि खोजबिन भएको छैन ।

त्यस्तै, एमाओवादीमा लागेका, तर गुमनाम भएका अमिक शेरचनका छोराहरू प्रमिक र क्रमिक पनि अमेरिका छन् भने माओवादीका अन्य नेताहरूका छोराछोरी कोही राजनीतिमा सक्रिय छन् भने कोही नेपालकै विद्यालयमा अध्ययन गरिरहेका छन् ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारका दुई छोरा र एक छोरी छन् । गच्छदारका सहयोगी कन्हैयालालका अनुसार गच्छदारका जेठा छोरा सुमन अमेरिकामा अटोमोबाइल्समा इन्जिनियरिङ गर्दै छन् । गच्छदारले आफ्नो छोराको नामबाट अमेरिका दुईवटा घर किनिसकेका छन् । उनले ती घर भाडामा लगाएका छन् । गच्छदारको कान्छा छोरा सुवास भने त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा मास्टर सकेर राजनीतिमा आउने तयारी गरिरहेका छन् । छोरी रिना घरधन्दामा लागेकी छिन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रसिद्धि पनि बेलायतमा छिन् । उनकी माइली छोरी डा. प्रगति थापा नर्भिक अस्पतालमा र कान्छी बैंकमा जागिरे छिन् भने छोरा सुवास काठमाडौंको एक संस्थानमा काम गर्छन् । पशुपतिशमशेर राणाका छोरीहरू पनि राजनीतिभन्दा बाहिर छन् । उनीहरू बिदेसिएका छन् । राणाले नेपालमा रहेको आफ्नो सम्पत्ति भारतमा जम्मा गरिरहेका छन् ।
– रामहरि पाण्डे

Friday, August 7, 2015

Bhadragol, 7 August 2015 भद्रगोल २२ श्राबन २०७२

0 comments
२२ श्राबन २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल हेर्नुहोस। भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
vadragoal

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

बिहे अगाडी जथाभाबी गर्भनिरोधक आषधी खाँदा भबिस्यमा के कस्तो असर गर्दछ भिडियो सहित हेर्नुहोस

0 comments
बिहे अगाडी जथाभाबी गर्भनिरोधक आषधी खाँनु भन्नु भबिस्यमा दीर्घकालीन समस्या निम्ताउनु हो यतिसम्मकी बाँझोपनको समस्या सम्मा हुन सक्छ। त्यसैले आकस्मीक गर्भनिरोधकको साधनलाई बारम्बार
प्रयोग गर्नु नहुने कुरा चिकत्सकहरुले बताएको छ। अन्य जानकारीको लागी AV न्युजबाट प्रशारीत भिडियोमा हेर्नुहोला।

Video

Girl Molested near Koshi River at Nainital

0 comments

सरोगेसीको अवैधानिक धन्दामा ज्योति समूह र ग्राण्डी अस्पतालको संलग्नता

0 comments
सरोगेसीको अवैधानिक धन्दामा ज्योति समूह र ग्राण्डी अस्पतालको संलग्नतालाई न्युज 24 अन्तर्गत POWER  NEWS ले पर्दाफाँस गरिदिएको छ। सरकारको सम्बन्धित निकायले छिट्टै कारबाही गरोस अन्य भिडियोमा हेर्नुहोला।

भिडियो

५ बर्ष दुबाई बसेर फर्केका युवा बंगुर पालन गरेर मनग्य आम्दानी गर्दै

0 comments
५ बर्ष दुबाई बसेर फर्केका युवा बंगुर पालन गरेर मनग्य आम्दानी गर्दै बिदेसमा जति दुख गरे आफ्नै देसमा  दोब्बर कमाउन सकिन्छ भन्ने उनको भनाई सहित भिडियो हेर्नुहोस।

 V I D E O 

सरकार आफैंले नेपाली कामदार इजरायल पठाउने गरी सम्झौतापत्रमा हस्ताक्षर गरियो

0 comments
 २२ श्राबन - श्रम मन्त्रालयद्वारा आयोजित कार्यक्रममा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र इजरायलका राजदूत यारोन मेयरले नेपाली कामदार बिसेस गरि महिला कामदार लैजाने सम्झौतापत्रमा आज हस्ताक्षर गरेका छन् ।

बिगत ५ बर्षदेखी महिला कामदार इजरायल लान रोकिएको थियो। सम्झौता अनुसार लिखित र मौखिक परीक्षाका साथै स्वाथ्य परीक्षणमा सफल भएकाहरुलाई सरकार आफैंले इजरायल पठाउनेछ।

पाइलट प्रोजेक्टका रुपमा महिला कामदार इजरायल पठाउने र पहिलो चरणमा ६० नेपाली महिला कामदारहरु पठाइने श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिएका छन्।

त्यसपछि आएको फिड ब्याक अनुसार कामदार पठाउने कि नपठाउने भन्ने निर्णय लिने पनि उनले बताएका छन्।

महिनाको कम्तिमा ५ लाख तलब दिने देशहरु हेरौ

0 comments
  काठमाडौं, २२ साउन । रोजगारीको अभावमा दिनहुँ नेपाली युवाहरु विदेशिने गरेका छन् । नेपालको
पछिल्लो गन्तव्य खाडी मुलुकलाई मानिन्छ । प्रायजसो खाडी मुलुक नै जान्छन् ।  तरपनि वैदेशिक
रोजगारीमा जाँदा तलबलाई मुख्य रुपमा हेरिन्छ । नेपालीहरु कामभन्दा पनि ज्यालालाई बढी महत्व
दिन्छन् । बढी ज्याला भए जस्तोसुकै काम गर्नपनि तयार हुन्छन् । तर, नेपालमा भएका रोजगारीमा
पनि ज्याला कमी हुँदा विदेश नै पुग्छन् काम गर्न नेपालीहरु।

     भर्खरै सार्वजनिक एक तथ्याङ्क अनुसार विश्वका विकसित देशले मात्रै कामदारलाई उल्लेख्य मात्रामा
ज्याला दिने गरेको पाइएको छ । वर्ल्ड इकोनोमिक फोरमले बनाएको विकसित देशहरुको तथ्याङ्कअनुसार
अष्ट्रेलिया तथा लग्जेम्बर्ग मुलुकहरुमा मजदुरको ज्याला धेरै छ । त्यस्तै बेल्जियम, आयरल्याण्ड, फ्रान्स,
नेदरल्याण्डजस्ता मुलुकहरु पनि कामदारको ज्याला उच्च भएको मुलुकहरुमा पर्दछ । यी देशहरुमा मजदुरले प्रतिघण्टा औसत ८ देखि १० अमेरिकी डलर पाउँछन् । घण्टाको दरले हेर्ने हो भने यी देशमा मासिक न्युनतम पाँच लाख नेपाली रुपैयाँ कमाइ हुन्छ । त्यस्तै, सबैभन्दा कम ज्याला भएका मुलुकहरुमा मेक्सिको, चिली, हंगेरी, चेक रिपब्लिक लगायत मुलुकहरु छन् । नेपाल पनि सबैभन्दा कम ज्याला दिने देशभित्रै पर्दछ ।


इंडिया सरकारले पोर्नो साइट बन्दा गर्दा युवायुबतीहरु संग गरिएको प्रतिकिया

0 comments
इंडिया सरकारले पोर्नो साइट बन्दा गर्दा युवायुबतीहरु संग गरिएको प्रतिकिया।
Video

हट & हाँस्य तीज लोकगीत २०७२ हेर्नुहोला

0 comments
२२ श्राबन २०७२ - हट गायिका तथा मोडेल जोति मगर , सागर लम्साल (बले) , हरि निरौला (साङ्गलो) र सुरेश थापा (दर्शने) जस्ता हाँस्य कलाकारहरुको बेजोड अबिनय रहेको हाँस्य तीज लोकगीत हेर्नुहोला।
गायक: श्रीदेवी देवकोटा र प्रकाश कटवाल
संगीत र गीत: प्रकाश कटवाल र विनोद ढकाल &
निर्देसक :शंकर बि. सी. र अन्नपूर्णा दर्शनको प्रस्तुति रहेको छ श्रोत :म्युजिक नेपाल।
Video

काभ्रेलाई केन्द्रबिन्दु बनाएर आज पनि भुकम्प गयो

0 comments
२२ श्राबन , काठमाडौं - आज सुक्रबार बिहान ११ बजेर ५७ मिनेट जाँदा काभ्रेलाई  केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    बैशाख १२ को ठुलो भुकम्प पछि ४ म्याग्निच्यूड भन्दा ठुलो परकम्पनको यो ३६९औ पटक हो। हिजो बिलुकी ८:३६ मा पनि  सिन्धुपाल्चोकलार्इ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महुसस भएको थियो ।

‘फ्रि–भिसा फ्रि–टिकट’ दिएर मलेसियाका रोजगारदाता कम्पनीहरूले नेपाली कामदार लाने भयो

0 comments
श्रावण २२ -मलेसियाका रोजगारदाता कम्पनीहरूले  नेपाल सरकारको पछिल्लो निर्णयअनुसार ‘फ्रि–भिसा फ्रि–टिकट’ मा नेपाली कामदार ल्याउन नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणका लागि धमाधम पेस गर्न थालेका छन् । विभिन्न १७ कम्पनीहरुले फ्रि–भिसा फ्रि–टिकट दिएर ४ सय ७० नेपाली कामदार ल्याउनका लागि प्रमाणीकरण गर्न कागजात दूतावासमा पेस गरेको यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

 दूतावासले बिहीबार एक विज्ञप्ति प्रकाशन गर्दै १० महिला र ४ सय ६० पुरुष कामदारको मागपत्रउपर छानबिन गरी ती कम्पनीहरूको निरीक्षण गरिसकेपछि मागपत्र स्वीकृत गरी पठाउने प्रक्रियामा रहेको जनाएको छ । सरकारले गत असार २१ गते ‘फ्रि–भिसा फ्रि–टिकट’मा मात्र कामदार खाडी र मलेसिया पठाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपाली कामदारको माग घट्न सक्ने चिन्ता र चासो भैरहेको अबस्थामा मलेसियाली रोजगारदाताले आफूहरूलाई नेपाली कामदारको अभाव भएको भन्दै कामदार ल्याउन धमाधम नेपाली दूतावासमार्फत प्रक्रिया थालेका हुन् ।अन्य कम्पनीहरूबाट पनि प्रक्रियाबारे बुझ्न आउने क्रम छ ।’ दूतावासका अनुसार हाल दैनिकजसो ‘फ्रि–भिसा र फ्रि–टिकट’मा कामदार ल्याउने प्रक्रियाबारे विस्तृतमा बुझ्न रोजगारदाताहरू आउने गरेका छन् । स्रोतका अनुसार हाल आएका मागपत्रमध्ये सेवाअन्तर्गत सहायक क्षेत्र ‘क्लिनिङ’ मा एकै कम्पनीबाट सयजनाको माग आएको छ भने केही कम्पनीबाट ५० जनाका दरले सुरक्षागार्ड माग आएको छ ।

वैज्ञानिकहरुका अनुसार नेपाल र भारतमा अझै ठुलो भुकम्प जाने खतरा रहेको छ

0 comments
श्रावण २२ । गत बैशाख १२ गते नेपालमा गएको ७.८ म्याग्निच्युटको भूकम्पपछि गरिएका विभिन्न अध्ययनहरुले अझै शक्तिशाली भूकम्पको जोखिम कायम रहेको देखाएका हुन् । वैशाख १२ गते नेपालमा गएको भूकम्पको शक्ति जमिनमुनी सञ्चित भएकाले नेपाल र भारतको पश्चिमी क्षेत्रमा ठूलो भूकम्प जाने अनुमान गरिएको बिबिसीले जनाएको छ । वैज्ञानिकका अनुसार गत बैशाख १२ गते गएको भुकम्पले यो क्षेत्रको जमिनमुनी सञ्चित सबै शक्तिलाई प्रवाह गर्न सकेको छैन र त्यो जमिनमुनिबाटै पश्चिमतिर सरेको छ । वैज्ञानिकहरुले पृथ्वीको सतहमुनिको केही शक्ति पोखरादेखि पश्चिम तथा दिल्लीको उत्तरतर्फ सरेको बताएका छन् । त्यसैले यो क्षेत्रमा मुख्य भूकम्प जान बाँकी रहेको अनुसन्धानले देखाएपछि अब नेपाल र भारतको पश्चिमी क्षेत्रमा विशेष सतर्कता र पूर्व सावधानी अपनाउनुपर्ने आवश्यक भएको बैज्ञानिकहरुले बताएका हुन् । तर, उनीहरुले उक्त भूकम्प कुन परिमाणको हुनेछ र कहिले आउनेछ भनेर चाहिं भन्न नसकिने बताएका छन् ।
अध्ययनमा सामेल वैज्ञानिक प्रोफेसर जाँ फिलिप अभोवाक भन्छन, हामी मानिसहरुलाई डराउन चाहदैनौँ, तर उनीहरु बसिरहेको क्षेत्रमा लामो समयबाट शक्ति सञ्चय भएका कारण सचेत हुन भने आग्रह गर्दछौ । ’
 

सुभ बिहानी मित्रहरु श्राबन २२ , २०७२ का दिन सगरमाथा टि.भी. बाट प्रशारित समाचार हेर्नुहोस।

0 comments
सुभ बिहानी मित्रहरु श्राबन २२ , २०७२ का दिन सगरमाथा टि.भी. बाट प्रशारित समाचार हेर्नुहोस।

Thursday, August 6, 2015

बंदा काउलीको सुप पिएर तौल घटाउने उपाए भिडियो सहित हेर्नुहोस

0 comments

बंदा काउलीको स्वादिलो सुप एक हप्तासम्म सेबन गर्नुहोस् र आफ्नो शरीरको अनावश्यक बोसो पगालेर चाहे अनुसारको शरीर पाउनुहोस् ।

यदि तपाईलाई बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ भन्ने कुराको जानकारी छैन भने आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी गराउँदै छौं ।

शरीरको अनावश्यक तौल घटाउने यो अचुक बिधिको विशेषता भनेको उपचारको अवधि भर तपाईले जति बेला भोक लाग्छ आफुले चाहे जति बन्दाको सुप खान सक्नुहुन्छ ।

जति धेरै यो सुप सेवन गर्नु हुन्छ त्यति नै मात्रामा शरीरको क्यालोरी घट्छ किनकि यो सुपमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । वास्तवमा यो सुपले भोजनको काम गर्छ जसमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । अनि यसका कारण तपाईको मेटाबोलिज्ममा बृद्धि हुन्छ र परिणामसरुप तपाईले प्राप्त गरेको क्यालोरी भन्दा तपाईको शरीरको क्यालोरी घटेर जान्छ । अझै तपाईले आफ्नो शरीरको विषादी नाश गर्न सक्नुहुन्छ र शरीरलाई चाहेको आकारमा ढाल्न सक्नुहुन्छ ।

यो उपचार अवधि भर दिन बिराउन भने हुँदैन । यदि तपाई कतै यात्रा गर्दै हुनुहुन्छ वा दिनमा कतै जानुहुन्छ भने थरमसमा यो बोसो पगाल्ने सुप भर्न नबिर्सनुहोस् र आफुलाई आवश्यक परेको बखत सुप बिधि प्रयोग गर्नुहोस् ।

यो बिधिलाई सेकरेड हार्ट मेमोरियल हस्पिटलमा शरीरको तौल धेरै भएका मुटुका बिरामीहरुमा प्रयोग गरिएको थियो । तौल नियन्त्रण भए पछि मात्र अपरेशन गर्नु पर्ने भएकाले यो तौल घटाउने बिधि अपनाईएको थियो जसमा बिधि सफल प्रमानित भयो । यो बिधिलाई एड कास्पर एल एस, अकुपंचरीस्ट तथा हर्बलिस्टले समेत आफ्नो क्याबेज सुप फर सेभन डेज टु बर्न फ्याटमा उल्लेख गरेका छन् ।

अनि यो बिधि अपनाएको अवधि भर प्रसस्त पानी पिउन बिर्सिनु हुँदैन । साथै लामो अबधि सम्म यो सुप मात्र पिउने गर्नाले शरीरमा कुपोषण लाग्न सक्ने संभावना हुन्छ ।

सुपका लागि चाहिने सरदामहरु :

- एउटा ठूलो बंदा, मसिनो पारेर काट्नुपर्छ

- आधा किलो छोडाएको हरियो मटरकोसा

- २ वटा हरियो खुर्सानी, काटेको

- ६ वटा हरियो प्याज, मसिनो काटेको

- आधा किलो गाजर, मसि काटेको

- एक पाउ टमाटर, गोलो पारेर काटेको

- थोरै नुन

- थोरै मात्र मसला

सुप तयार पार्ने बिधि:

सब्जीको मीश्रणलाई एउटा भाँडामा खन्याउनुहोस् । यसमा थोरै मसला मिसाउनुहोस् । यसमा आवश्यकता अनुसार पानी मिसाउनुहोस् र यसलाई चुलोमा दश मिनेट सम्म मधुरो आगोमा उमाल्नुहोस् । तरकारी मज्जाले नपाके सम्म उमाल्नुपर्छ ।

सात दिने डायट प्लान:

पहिलो दिन:

सुप र फलफुल मात्र खानुहोस् । पानी तथा कालो चिया चिनि थोरै राखेर पनि सेवन गर्न सकिन्छ । केरा बाहेक सबै प्रकारका फलफुल खान सकिन्छ किनकि केरामा क्यालोरीको मात्रा बढी हुन्छ ।

दोस्रो दिन:

अन्य हरियो सब्जी र सुप मात्र सेवन गर्नुहोस् । सुखेको सिमि, भटमास, मकैको सट्टामा हरियो सागसब्जी खानुहोस् । राती सुप सँगै उसिनेको आलु खानुहोस् तर रातको समयमा फलफुल भने खान हुँदैन ।

तेस्रो दिन:

बिभिन्न प्रकारका सुप, सागसब्जी तथा फलफलुल खान सक्नुहुन्छ । तर राती आलु खान हुँदैन । तपाईले यो सात दिने तौल नियन्त्रण बिधि तिन दिन सम्म उपयुक्त तरिकाले अपनाउनु भएको छ भने तपाईको शरीरको तौल ४-५ किलो घटेको हुनुपर्छ ।

चौथो दिन :

चौथो दिनमा केरा र दुध खाने दिन हो । यी दुबै केरा र दुधमा प्रसस्त मात्रामा क्यालोरी तथा कार्बोहाईड्रेट लुकेको हुन्छ । तर यो चौथो दिनमा तपाईको शरीरलाई पोटासियम, कार्बोहाईड्रेट, प्रोटिन र क्याल्सियमको आवश्यक पर्छ जसले शरीरको प्रक्रियामा गडबड हुनदिदैन । सुपका साथै तीन वटा केरा तथा चाहे जति दुध पिउनुहोस् ।

पाँचौ दिन :

६-७ वटा टमाटर, छाला नभएको कुखुराको मासु तथा माछा अवश्यकता अनुसार तयार पार्न सक्नुहुन्छ । पानी कम्तीमा पनि ६-८ ग्लास पिउनुहोस् । यसले युरिक एसीडलाई सफा पार्छ । सुप कमसेकम दिनको एक पटक पिउनुपर्छ ।

छैठौं दिन :

तपाईले चाहे जति छाला नभएको कुखुराको मासु, सिमि, केराउ, माछा लगायतको सागसब्जी यो छैठौं दिनमा खान सक्नुहुन्छ । तर तारेको आलु भने खान हुँदैन । बंदाको सुप भने यो दिनमा पनि कमसेकम एक पटक पिउन बिर्सिनुहुँदैन ।

सातौं दिन :

हरियो सागसब्जी तथा खैरो चामलको भात । फलफुल तथा हरियो सागसब्जी जति खाए पनि हुन्छ । अनि सुप यो दिनमा पनि कमसेकम एक पटक पिउनु पर्छ ।

डायट प्रोग्राममा सुझाए अनुसारको सल्लाह तपाईले अपनाउनु भएकोले तपाईको शरीरको तौल ७(९ किलो घटेको हुनुपर्छ ।

यदि तपाईको तौल ७ किलो भन्दा बढी घटेको छ भने यस्तो अवस्थामा तपाईले २ दिन पछि डायट प्रोग्राम पुन सुरुवात गर्न सक्नुहुन्छ ।

व्यक्ति पिच्छे पाचन प्रक्रिया फरक हुने भएकोले यो डायट प्रोग्राम कसैका लागि अनुपयुक्त पनि हुन सक्छ ।

यो बिधि तपाईले उपयुक्त तरिकाले अपनाएका खण्डमा, बंदाको सुपले तपाईको पाचन प्रक्रियामा भएको समस्यामा एकरुपता ल्याएर तपाईको शरीरमा फुर्ती प्रदान गर्नुका साथै शरीरमा जम्मा भएको बोसोलाई पगाल्न ठूलो भूमिका खेल्छ । अनि तपाईले आफुलाई पहिला भन्दा हलुंगो, अझै फुर्तिलो र स्वस्थकर महसुस गर्नुहुनेछ ।  यो बिधिको विशेषता भनेकै तपाईले चाहेको अवधिमा प्रयोगमा ल्याउन सक्नुहुन्छ ।

तसर्थ मानसिक तथा शारीरिक रुपमा स्वस्थ महसुन नगरे सम्म यो प्रक्रिया अपनाउनुहोस् र जीवन सुखमय बनाउनुहोस् ।
भिडियो

आज पनि ४.१ रिक्टर स्केलको भुकम्पको परकम्प

0 comments
२१ श्राबन - बिहीबार
सिन्धुपाल्चोकको बराम्ची आसपासलाई  केन्द्रविन्दु बनाएर आज साँझ ८ बजेर ३६ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ। गत वैशाख १२ गतेको ‘गोरखामा गएको ७.९ रिक्टर स्केलको भूकम्प’ पछि ४ रिक्टर स्केल वा त्यसमाथिका करिब ३७० परकम्प गइसकेको छ। 




Kantipur Nepali News, 06 August 2015 बिहीबार २१ श्राबन बेलुकी ७ बजेको समाचार

0 comments
२१ श्राबन , २०७२ बिहीबार बेलुकी ७ बजेको कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
Video

बाबुले आफ्नै १६ वर्षीय छोरी लाई गर्ववती बनाए भिडियो सहित हेर्नुहोस

0 comments
            भारत। भारतको कानपुरमा कलियुगका एक बाबुले आफ्नै १६ वर्षीय छोरी लाई गर्ववती बनाएको कुरो खुलेको छ ।

गत जुलाई १६ मा नाबालिका छोरीले आफ्नै बुबाले ८ महिना देखि जवरजस्ती आफुलाई यौन शोसण गरेको आरोप लगाएकी थिइन । आमाको मृत्यु भएको केहि महिना पछि एक दिन बुबाले रक्सि खाएर आइ आफुलाई जवरजस्ती बलात्कार गरेका र कसैलाई भनेमा मर्ने धम्कि दिएका उनले प्रहरीमा बताएकी छिन् । जुलाई २० मा डाक्टरको शारीरिक परिक्षन पछि २३ हप्ता २ दिनको गर्भ रहेको पुस्टि गरिएको छ। छोरीको आरोप पछि उनका बुबालाई गिरफ्तार गरि जेलमा राखिएको थियो । आफ्नै बुबाले गर्ववती बनाएपछि १६ वर्षीय छोरीले आफुले यो बच्चा जन्माउन पाउनु पर्ने भन्दै लोकल कोर्टमा अनुरोध राखेकि छिन् । डाक्टरले आफु गर्ववती रहेको कुरो खुलाए पछि उनले अदालत संग यस्तो अनुरोध राखेकी हुन् । “मैले मेरो गर्वमा रहेको बच्चा लाई मार्न चाहन्न, यो बच्चा लाई जन्म दिन्छु अनि जुन बुवा आमाका बच्चा छैनन् तिनीहरु लाई मेरो बच्चा पालना दिन्छु ” उनले अदालतमा यसो बताएकी छिन् । तर डाक्टरहरुका अनुसार यदि उनले यो बच्चा लाई जन्म दिएमा उनको ज्यानलाई नै खतरा हुन सक्छ ।यस केसको सोमबार अदालतमा सुनुवाई भएको थियो ।एजेन्सी ।

Video

२१ श्राबन दिउसोको समाचार हेर्नुहोस।

0 comments
२१ श्राबन , २०७२ कान्तिपुर टि.भी. बाट प्रशारित दिउसोको समाचार हेर्नुहोस।
सबैभन्दा मुख्य समाचार यसप्रकार छन् : आज
१.सिमांकन सहितको सम्भिधान  र अन्य बिबाद बिसयमा समाधान खोज्न शिर्ष नेताहरुको बैठक जारि। सबै बिसयमा सहमति नजिक पुगेको दाबी।
२. सामाजिक शुरक्षा भत्ता बैंकमार्फत  दिएसंगै धेरैलाई भत्ता लिन समस्या। 
३. लिबियाको समुन्द्रमा ६०० आप्रबासी चढेको डुंगा डुब्दा २५ जनाको मृत्यु उद्दार तथा खोजि कार्य जारी दुबेकाहरुलाई जिवितै भेट्ने न्यून सम्भावना।
४.नेपाल ओलम्पिक कमिटिको निर्बाचन स्थगित।
 Video

खड्काजी को गित रेकर्डिग - Nepali Comedy By Sitaram Kattel

0 comments
नेपाल टेलिभिजनबाट प्रशारित हाँस्य टेली फिल्म मेरीबास्सैको चर्चित बहुप्रथतिभाशाली  कलाकार सिताराम कट्टेल अभिनीत खड्काजी को गित रेकर्डिग भिडियो हेर्नुहोस।
Video

Nepali comedy JURELI episode 1

0 comments
 नेपाली हाँस्य टेली फिल्म जुरेली भिडियो सहित हेर्नुहोला।

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Harke Haldar August 5, 2015

0 comments
हाँस्य टेली फिल्म हर्के हल्दार बुधबार , २० श्राबन २०७२ का  दिन कान्तिपुर टि. भी. बाट प्रशारित भागको  भिडियो हेर्नुहोस।
Vide0

New Teej Song: Solmari Ma Tuccha - Shooting Report

0 comments
New Teej Song: Solmari Ma Tuccha - Shooting Report

New Teej Song: Solmari Ma Tuccha - Shooting Report


Like us

 

Search

 
Enjoy the site