Monday, August 10, 2015

विवादमा मुछिएकी राधे माताको वेभसाइट ह्याक

0 comments
विवादमा मुछिएकी राधे माताको आधिकारीक वेभसाइट रोधमाँ डटकम (www radhemaa.com)ह्याक भएको छ । शनिबार उनको तस्विर ह्याक गरेर उनले मिनिस्टक लगाउँदा खिचेका हट फोटो उक्त वेभसाइटमार्फत सार्वजनिक गरेका थिए । उक्त फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफैँलाई सन्त बताउँदै एक ह्याकरले राधे माताको हट फोटो साइटमा हालिदिएका हुन् । फोटोमा उनले युवालाई अंगालोमा बाँधेको देख्न सकिन्छ । उनलाई गाली गर्दै क्याप्सनमा लेखिएको छ, ‘मानिसलाई बेबकुफ बनाउँदैछिन् ।’ ह्याकरले म्यासेज छाडे वेभसाइट ह्याक गरेपछि ति व्यक्तिले राधे माताको विरुद्धमा म्यासेज समेत पोस्ट गरेका छन् । म्यासेजमा लेखिएको छ , ‘आफूलाई भगवान् मान्ने राधे माताको पुजा गर्न बन्द गर्नुस् । भारतमा यो राम्रो विजनेश बनेको छ । हामी सजिलैसँग यस्ताका कुरा पत्याउँछौँ । अब सफलता हात पार्न हामीले आफैँ मेहिनत गर्नुछ । आफैँलाई भगवान् बताउनेको भरोसा गरेर हुन्न ।’ षड्यन्त्र भएको राधे माता ट्रस्टको दाबी मातामणी श्री रोध गुरु माँ च्यारिटी ट्रस्टका प्रबन्ध निर्देशक संजीव गुप्ताले भने राधे माताको विरुद्धमा षड्यन्त्र गरिएको दाबी गरेका छन् । प्रहरीले छानविन गर्नसक्ने दाइजोका लागि दबाब दिएको आरोपमा राधे मातालाई प्रहरीले छानविन गर्ने बताइएको छ । यसअघि नै प्रहरीले दुई घण्टासम्म गत शुक्रबार उनलाई सोधपुछ गरेको थियो । राधेमाताको विरुद्धमा मध्य प्रदर्शनका एक व्यक्तिले अश्लिलता फैलाएको आरोप लगाउँदै प्रहरीमा उजूरी गरेका छन् । big राधे माता भन्छिन्, ‘नामवाला नै बदनाम ।’ राधे माताले भने आफूमाथि आरोप लगाउनेको पहिला छानविन गर्नुपर्ने जिकिर गरेकी छिन् । उनले सञ्चारकर्मीसँग भनेकी छिन्, ‘जसले ममाथि आरोप लगाए । उनीमाथि छानविन जरुरी छ । उनी आफैँ बद्नाम छन् ।’ को हुन् राधेमाता पन्जावको गुरदासरपुर जिल्लास्थित एक शिख परिवारमा राधेमाताको जन्म भएको थियो । उनको विवाह पन्जावकै एक व्यापारी सरदार मोहन सिंहसँग भयो । विवाहपछि उनले आध्यात्मिक जीवन सुरु गरेकी थिइन् । केही समयपछि मुम्बई आएर उनी राधे माताको नामले चर्चित भइन् । उनी आफैलाई देवीको अवतार मान्छिन् । के छ राधेमातामाथिको आरोप आरोप १ : राधे मातामाथि एक महिलाका पतिलाई उक्साएर दाईजोका लागि प्रताडित गरेको आरोप छ । मुम्बईको बोरीवली पुलिसले यस घटनामा रोधमाता समेत गरी ७ जनाको विरुद्धमा उजूरी लिएको छ । उजूरी दर्ता गराउने महिलाले विवाहको समयमा उनका बाबु–आमाले करोडौँको गहना दिएको आरोप लगाएकी छिन् । उनको दाबी अनुसार राधे माताले नै श्रीमान्को परिवारलाई उचालेकी थिइन् । आरोप २ : राधे माताले स्कर्ट लगाएको तस्विर सार्वजनिक भएपछि मुम्बईका एक वकिल फाल्गुनी ब्रह्मभट्टले अर्को आरोप लगाएका छन् । उनीमाथि धर्मको नाममा ठगी गर्ने तथा अश्लिलता फैलाउने आरोप छ ।



चीनमा सोउलर नामक तूफानका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

0 comments
२५ साउन वेन्झाओ (चीन) - चीनमा शनिबार आएको सोउलर नामक तूफानका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको पूर्वी चीनको झेझियाङ प्रान्तको सरकारले जनाएको छ ।तूफानमा परी अहिलसेम्म बेन्जाओ सहरमा पाँच जना हराएको समाचार छ ।झेझियाङमा आँधीका कारण यसै वर्षभित्र मात्रै नागरिक विस्थापित हुनु परेका यो १३औं पटक हो ।चिनियाँ सुरक्षा अधिकारीका अनुसार मृत्यु भएका धेरैजसो मानिस बाढीले बगाएको र केही नागरिक आँधीपछि भत्किएका घरहरुको भग्नावशेषमा परेको हुनसक्ने सम्भावना छ ।

आँधीका कारण १३ लाख ६० हजार मानिस विस्थापित भएका छन् भने करिब ३ अर्ब ८३ करोड चिनियाँ युआन (झन्डै ६१ करोड ७० लाख अमेरिकी डलर) को क्षति भएको स्थानीय सरकारीद्वारा सञ्चारमाध्यमलाई जनाइएको छ ।चीन सरकारले तूफानको खतरा भएका क्षेत्रका करिब १० हजार मानिसलाई आँधी आउनु पूर्व नै सुरक्षित स्थानतर्फ लगिसकेको थियो ।चीन सरकारले सम्भावित आँधीको खतरा देखाउँदै आफ्ना नागरिकलाई सुरक्षित स्थलमा रहिरहन एक हप्ता अघि देखिनै सजग गराइरहेको थियो ।
माछा मार्न समुद्री इलाकामा गएका माझीहरुलाई पनि शुक्रबार बिहानसम्म बेन्झाओ सहर नजिकको बन्दरगाह फर्किन सचेत गरेको थियो ।


यौनकर्मी महिलाको बयान: व्यथा र बाध्यता

0 comments
‘मलाई थाहा छ, मेरो शरीर किन्ने कोही छैन, अनि मसँग बेच्नलायकको पनि केही छैन ! तैपनि मैले आफ्नो

यो व्यथा हो, यो सहरकी एक यौनकर्मी महिलाको जो दस वर्षदेखि काठमाडौं सहरमा आफ्नो शरीर लिलामीमा राखिरहेकी छन्। सहरका दर्जनौं यौनकर्मी महिलाहरूसँग साक्षात्कार गर्ने क्रममा भेटिएकी एक पात्र सुन्दरी नेपाल (नाम परिवर्तन), वर्ष ५५ की यी महिलासँग अब बन्ने संविधानमा कानुनले के कस्तो व्यवस्था गरिदिए हुन्थ्यो भन्ने लाग्छ भन्ने सवालमा छलफल हुँदै थियो। छलफलको क्रममा कानुन, सरकार तथा समाजको कुरा आउने बित्तिकै उनी एक्कासि भक्कानिइन्। उनी आफू मात्र रोइनन्, उपस्थित सबैका आँखा रसाए र म पनि उनको व्यथा र बाध्यताबाट नि:शब्द भएँ। मलाई उनको वेदनाले यतिसम्म छोयो कि यो लेख नलेखीकन चैनले बस्नै सकिनँ। उनको कथा :

मेरो नाम सुन्दरी नेपाल हो। यो सालले ठ्याक्कै म ५४ पुगेर ५५ वर्षमा लागेँ। मेरो माइती सुदूरपश्चिम र घरचाहिँ मध्यपश्चिमको पहाडी गाउँमा पर्छ। मेरो बाह्र वर्षमा बिहे भयो, जुन बेला मेरो रजस्वला पनि भएको थिएन। मेरो बिहे हुँदा मेरो श्रीमान्को उमेर २२ वर्ष थियो। उनी इन्डियाका लाहुरे थिए। बिहे भएको साल पनि उनी मलाई भित्र्याएर लाहुर गए। घरमा आँखा नदेख्ने सासू, कान नसुन्ने ससुरा र पाँचजना नन्द थिए। म त्यो घरमा बुहारीको रूपमा भित्रिएदेखि नै बुहार्तन खेप्नुपर्‍यो। बिहानै तीन बजे उठ्नु, झन्डै बीस—तीस मिनेट हिँडेर गोठ पुगेर भैंसीको गोबर सोहोर्नु, घाँस काट्नु, खोले खुवाउनु र उज्यालो हुँदा त आफूभन्दा अग्लो घाँसको भारी बोकेर घरमा आउनुपथ्र्यो र वृद्ध सासूससुरा तथा मेरै उमेरका र मभन्दा साना पाँचजना नन्दहरूको लागि पकाउने, खुवाउने र मेलापात जाने काम गर्नुपथ्र्यो। बेलुकी मेलापातबाट थकाइले लखतरान भएर आउँदा पनि चुलोमा आगो बलेको हुँदैनथ्यो। हतारहतार आगो बालेर खाना तयार पार्दा रातको १० बज्थ्यो। चुलोमा बालेका चिसो दाउराको कारण घरभरि आएको धुवाँबाट निस्सासिएकी मलाई ससुराको तिखो वचनले झन् उकुस—मुकुस बनाउँथ्यो। भान्साको काम सक्दा रातको १२ बज्थ्यो। कतिपटक रछ्यानमा नै निदाउन खोज्थेँ। फेरि सासूको गोडामा तेल नलगाई सुत्न पाइन्नथ्यो र बिहान ४ बजे नै उठ्नुपर्थ्यो।

अर्को साल श्रीमान् लाहुरबाट फर्किएपछि म १३ वर्षमै गर्भवती भएँ र पहिलो सन्तान छोरा जन्मियो। क्रमश: ३ वटा छोरा भए। श्रीमान्ले इन्डियाभन्दा काठमाडौं जानु ठीक सम्झे क्यारे† उनी रोजगारीको लागि काठमाडौं हान्निए। चाडपर्वमा घर आउजाउ गर्थे। २०५८ सालमा काठमाडौंबाट छिमेकीको घरमा फोन गयो, इलेक्ट्रिसियन काम गर्ने क्रममा करेन्ट लागेर श्रीमान्को मृत्यु भयो† जेठो छोरा पनि सहरमै बाबुसँगै बस्थ्यो। काजकिरिया सकेर छोरा काठमाडौं फर्कियो। केही समयपछि उसले काठमाडौंमै विवाह गरेको खबर पठायो। अब घरखर्च सबै मैले नै मेलापात गरेर टार्नुपर्ने भयो। आम्दानीको स्रोत केही थिएन। यतिकैमा एकजना छिमेकी ससुरा पर्नेले गाविसबाट विधवा भत्ता पाइन्छ। त्यसको लागि मृत्युदर्ता प्रमाणपत्र चाहिने भएकाले जुन अस्पतालमा उहाँको मृत्यु भएको थियो, त्यहींबाट मृत्युदर्ता प्रमाणपत्र ल्याउन सुझाए। उनकै सुझावअनुसार म पहिलोपटक काठमाडौं आएँ र छोराले बताए अनुसारको अस्पताल पुगेँ। अस्पतालमा बुझ्दा मृत्युदर्ता प्रमाणपत्र त अस्पतालबाट लास लैजाँदा बखत नै सँगै दिएको बताए। श्रीमान्को मृत्युदर्ता प्रमाणपत्र लगेर २/४ सय भए पनि विधवा भत्ता लिएर घरखर्च हलुको पार्न सकिन्छ कि भन्ने कत्रो आस थियो। अस्पतालबाट पहिले नै लगिसकेको भन्ने थाहा पाएर थचक्क भुइँमा बसेर रुन थालेछु। मैले रोएको देखेर एकजना कर्मचारीले मिति थाहा छ भने एकपटक रेकर्ड हेरिदिने झिनो आशा देखाउँदै सम्बन्धित कर्मचारी बाहिर गएकाले केही समय कुर्नुस् भने। म अस्पतालको ढोकै छेउको बेन्चमा उनै कर्मचारीको तीव्र प्रतीक्षा गरेर बसिरहेको थिएँ। अस्पतालमा बाहिर र भित्र जानेको ओहोर—दोहोर चलिरहेको थियो।

त्यतिकैमा ३०/३५ वर्षकी महिलाले एउटा झोला छेउमा राख्दै भनिन्, ‘दिदी एकैछिन यो झोला यहीं राख्छु है, म रगतको रिपोर्ट लिएर आइहाल्छु’। मैले हुन्छ भनेर टाउको हल्लाउन पनि नभ्याउँदै ती महिला त पर पुगिसकेकी थिइन्। झन्डै आधा घन्टा बितिसकेको थियो, तर झोला राख्ने महिला आइनन्। झोला यही टेबुलमुनि राख्दिन्छु र मचाहिँ भित्र बुझेर आउँछु भनेर झोला उचालेको त झोलाभित्र बच्चा रोएको जस्तो सुनँे। एकैछिनमा हल्लीखल्ली भयो। यो बच्चा कसको हो? किन, कसले छोड्यो यसरी? कस्ती पापिनी आमा† आदिइत्यादि सुनियो। बिस्तारै कालो सलले बेरिएको तर सालनालसहितको त्यो बच्चीलाई हेर्नेको भीड जम्मा भयो।

भीडमा कसैले छोरा भए म लान्थेँ, छोरी त के लानु† भनेर नाक खुम्च्याए। बेलुकी ४ बजेसम्म बच्चीकी आमा आउँछिन् कि भनी पर्खिएँ। उनी आइनन्। अरूले पनि वास्ता गरेनन्। त्यो अबोध शिशुलाई त्यत्तिकै फाल्न सकिनँ। आफ्नो कोखबाट छोरामात्र जन्मिएका थिए। भगवान्ले छोरी उपहार दिएको ठानी शिशुलाई काखी च्यापी छोराको कोठा गएँ। छोरा, बुहारीलाई सविस्तार घटना बताउनै नभ्याई उनीहरूले ‘धेरै नाटक नगर। यो बच्चा कुनचाहिँ नाठोको हो, हामीलाई भन। अस्पतालमा भेटिएको बच्चा अस्पतालले राख्दैन र? बालगृह नपठाएर कसरी तिमीलाई पठाउँछ?’ भनी मलाई जबर्जस्ती आफ्नै अवैध बच्चा स्वीकार गर भन्न थाले। छोराबुहारीको यस्तो व्यवहार देखेर म त छाँगाबाट

खसेँजस्तै भएँ।

 हे भगवान् ! १२ वर्षकी हुँदा बुबाआमाले छानेर दिएको श्रीमान्बाहेक पुरुष नामको अन्य व्यक्तिलाई छुँदा पनि नछोएको मलाई आफ्नै कोखबाट जन्मिएको छोराले कुन नाठोका पेट बोकेर यो बुढेसकालमा बच्चा जन्माएको भन्ने प्रश्न गर्‍यो। अस्पतालमा गएर बुझ् भन्दा पनि नमानी ‘हामीलाई कुनै स्पष्टीकरण चाहिएन। खुरुक्क जुन बाटो आएकी थियौ, त्यही बाटो जाऊ’ भन्दै धकेले। एक हातले बच्ची च्यापेर अर्को हातले आँसु पुछ्दै निस्किएँ। काठमाडौंमा म पहिलोपटक आएकी कहाँ जाने? के गर्ने? केही मेसो थिएन। रुँदैरुँदै म त मैतीदेवी भन्ने ठाउँमा पुगेछु। बाटोमा मकै पोल्दै बेच्ने एकजना अधबैंसे दिदीलाई सारा वृत्तान्त सुनाएँ। बरु तिनको हृदय पग्लियो, उनले आफूसँगै उनको कोठामा लगिन्। त्यो बच्चीलाई खुवाउने ल्याक्टो दूध, दूधदानी र एकजोर भोटो, टोपी किनिदिइन्। भोलिपल्ट बिहानै बच्ची लिएर हिडेँ, कहाँ जान हिँडेकी हुँ आफैंलाई पनि थाहा थिएन। फेरि न छोराबुहारीको मन पलायो कि भनेर एउटा पसलबाट फोन गरेँ। तर छोराले ‘अझै ज्युँदै छेस्, कुन मुखले फोन गर्ने आँट गरिस्’ भन्यो। म फेरि त्यही पसलमा थचक्क बसेर रुन थालेछु। पसले भाइले मेरोबारे जान्ने मन गरे। मैले सविस्तार बताएँ। उनले आफ्नो घरमा लुगा धुने, भाँडा माझ्ने मान्छे चाहिएको छ भन्दै काम गर्ने अफर गरे। मैले सहर्ष स्वीकारेँ र काम गर्न थालेँ। तर भर्खरै जन्मेकी बच्ची आमाको दूध नपाएर २४ सै घन्टा रुन्थी। बच्चीको रुवाइबाट दिक्क भएका ती साहुले मलाई बच्ची प्रहरीको जिम्मा लगाएर आए वा उही अस्पतालमा छोडे मात्रै काममा राख्न सकिने बताए। तर मेरो मनले यो बच्ची भगवान्ले मलाई नै दिएको हो भनिरह्यो र त्यो घर पनि छोडेँ।

त्यही घरमा धारा, बत्ती मर्मत गर्न आउने एकजना भाइको सहयोगले मैले यो सहरको खुला आकाशमुनि आफ्नो शरीर लिलामीमा राखेँ। मरेको लासजस्तै गरी परपुरुषको यौनतृष्ण मेटाउनुपर्दा धेरैपटक आत्महत्या गर्ने विचार पनि आयो। तर आफ्नै जन्म दिने आमाबाट फालिएकी यो छोरी र आफूले जन्माएको छोराबाट त्यागिएकी मबीच केही भिन्नता देखिनँ। हामी दुवै जनाको भाग्य एउटै रहेछ भन्ने सम्झिएँ। अब जति वर्ष बाँच्छु, यही छोरीका लागि बाँच्छु र जे गर्नु छ यही छोरीका लागि गर्छु भनी प्रण गर्दै छोरीका लागि बाँचिरहेकी छु। म कसैले एक रातको एक करोड दिन्छु भन्यो भने पनि रात बस्नेगरी कहीं जान्नँ, किनकि मलाई कसैको विश्वास लाग्दैन।

अहिले मेरी छोरी १० वर्षकी भई। बोर्डिङमा ३ कक्षामा पढ्छे। उसैको फी, कपीकलम, रासनपानी, औषधि—उपचार गर्नका लागि मैले यो उमेरमा आफ्नो शरीर लिलामीमा राखेको छु। तर यो समाज, यो कानुन र सरकारले सधैं मलाई गैरकानुनी काम गरेको भन्दै लखेट्छ, हेप्छ, छि:छि र दुरदुर गर्छ। म जस्तो बाध्यतावश यौनकार्य गर्नेलाई खै त कुन सरकारले हेर्‍यो? म पनि यही समाजको एक हिस्सा हुँ। एउटी आमाबाट परित्यक्त नवजात शिशुलाई सास भर्नु मेरो दोष थियो र? आफूले नौ महिना गर्भमा राखेर जन्माएको, हुर्काएको छोराले त मलाई ‘वेश्या’ भन्यो। त्यसैले मलाई कुनै सरकार, समाज वा कानुनसँग विश्वास छैन।यो कथा सुनाएपछि उनी भक्कानिन थालिन्।श्रोत साभार :कान्तिपुर
शरीरलाई जबर्जस्ती लिलामीमा राखेकै छु। सधैं यो सडकमा आउँछु, लौन मेरो शरीर सय/पचासमा भए पनि किनिदेऊ भनी बिन्ती गर्छु। कसैले त सय—पचास हैन, हजार नै दिन्छन् ! तर कोही त मसँग रातभरि सुत्छन् र मेरो गोजीमा भएको सय—पचास पनि लुटेर भाग्छन् !’

छोरासँगप्रेममा परेर सम्बन्ध राख्दा आमा गर्भवती भएपछि भिडियो सहित हेर्नुहोस

0 comments
छोरासँगप्रेममा परेर सम्बन्ध राख्दा आमा गर्भवती भएपछि मान्छे प्रेममा अन्धो हुन्छ भनेझै भएको छ । तर, यो घटना हेर्दा ठ्याक्कै शब्दमा भनिएका अक्षरको भाव मिल्छ ।
मिररका अनुसार, अमेरिकाको जर्जियाकी लीसा क्लार्क (३५) को जीवन दुःखमा थियो । उनको १५ वर्षको छोरा पनि छ । उनी श्रीमानसँग सम्बन्ध विच्छेद गरेर एक्लै बस्दै आएकी महिला हुन् । त्यही बेला उनको आफ्नो छोराको साथीसँग भेट भयो । छोराको साथीसँग लीसाको विस्तारै विस्तारै प्रेम बस्न थाल्यो नजिक हुन थाले । ती युवकले लीसालाई आफ्नो उमेर १७ वर्ष भएको बताएका थिए । तर पछि लीसालाई थाहा भयो की अहिले पनि ती युवकको उमेर १४ वर्ष मात्रै रहेछ । लीसाका अनुसार जुन बेला दुबै प्रेममा परेका थिए त्यो बेला पुरै अन्धा थिए । भावनात्मक रुपमा एकदमै नजिक भए । र दुबैले शारीरिक सम्बन्ध पनि बनाए । त्यही क्रममा लीसा गर्भवती भइन् । जर्जियाको कानून अनुसार १५ वर्ष मुनिका बालबालिकासँग सम्बन्ध राख्न गैरकानुनी मानिन्छ । ती युवकसँग १५ वर्षमै विवाह गर्नै तयार थिईन् । युवकका परिवार पनि सहमत थिए । तर यो कुरा प्रहरीले थाहा पाएपछि १४ वर्षीय नाबालकसँग सम्बन्ध राखेको भन्दै लीसालाई पक्राउ गर्‍यो ।
VIDEO

सोमबार बिहानको समाचार हेर्नुहोस २५ श्राबन २०७२

0 comments
२५ श्राबन २०७२ -सोमबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार हेर्नुहोस।
१. असन्तुस्ट सभासदहरुको बिरोध बिच सहमतिको प्रतिबेदन सहमती समिती र सम्भिधन सभा बैठकमा पेस। मंगलबार बाट छलफल हुने।
२.६ प्रदेशको बिरोधमा कैलाली र जिन्ल्ला टुक्र्याएको बिरोधमा अनिस्चीत कालिन बाज्लुंग बन्द।
३. हिन्दु राज्यको माग गर्दै बाक्य पनि बन्द आब्हान।
४. भुकम्पबाट क्षति पुगेका संरचना पुन निर्माणका लागी प्राधिकरण गठन अन्यौलमा  सरकारले कुल निर्माणको खाका समेत कोर्न सकेन।
५. सौर्यलर आँधिका कारण चीनमा ८ जनाको मृत्यु ताइवानमा पनि छ जनाको ज्यान गयो।
६. भुकम्प पिडितको सहयोगार्थ मलेसियामा भएको नेपाल T२० मैत्रीपूर्ण क्रिकेटमा पराजित।
Video

फेसबुकमा नाङ्गो,Valgular समाजमा नपच्ने खालको फोटो र भिडियो TAGले हैरानी छ भने यसो गर्नुस।

0 comments
फेसबुकमा नाङ्गो,Valgular समाजमा नपच्ने खालको फोटो र भिडियो Share/TAGले हैरानी छ भने यसो गर्नुस।
 Accidentally तपाईबाट post share देखाइएको खण्डमा
सर्बप्रथम आफ्नो profilema जानुस
View activity and log मा जानुस
 Are You sure to delete this?delete post

अर्को तरिका TAG हटाउने तरिका

सर्बप्रथम आफ्नो profilema जानुस
View activity and log मा जानुस
Reviews Items मा जानुस
Hide मा क्लिक गर्नुस
Report मा क्लिक गर्नुस
I don't it should be on Facebook को थोप्लामा टिक गर्नुस Continue
It's Pornography मा क्लिक गर्नुसContinue
Remove Tag मा क्लिक गर्नुस
Are You Sure? अर्को Remove Tag मा क्लिक गर्नुस Tag Removed Done तपाईलाई नचाहेको फोटो हटेर जानेछ। अन्य जानकारीको लागि
तलको फोटोमा दिएको छ।





हल्लीऊड फिल्म पौल वाकरको फास्ट एण्ड फ्यूरियस ७ हेर्नुहोस्। (HD quality)

0 comments
हल्लीऊड फिल्म पौल वाकरको फास्ट एण्ड फ्यूरियस ७ हेर्नुहोस्। (HD quality).
souces : MOVIE2KTO.WS
VIDEO

Sunday, August 9, 2015

निर्मल तामाङले डि.आई.डी.५ भाग १४ ,श्राबन २४ का दिन प्रस्तुत गरेको बेजोड प्रस्तुति साम्बा डान्स

0 comments
२४ श्राबन २०७२ , आइतबारका दिन जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग १४ मा नेपालका निर्मल तामाङले साहिलका साथ प्रस्तुत गरेको छुट्टै बेजोड"Chikni Kamar Pe Teri" from the movie Rowdy Rathore प्रस्तुति साम्बा डान्स। क्लिक गर्नुस भिडियो PLAY हुनेछ। 
DID

 त्यस्तै अर्को डान्स निर्मल र प्रियाले "बादल पुर " फिल्मको गीत "जीया जीया"मा गरेको प्रस्तुती हेर्नुहोस। क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
DID

 डि.आई.डी.५ भाग १४ ,श्राबन २४ आइतबारका दिन प्रसारीत पुरा भाग Full Episode हेर्न तल क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
DID5


२४ श्राबन , २०७२ शनिबार बेलुकीको समाचार हेर्नुहोस

0 comments
२४ श्राबन , २०७२ शनिबार बेलुकी कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
Video

हाँस्य टेलि फिल्म हकका हक्की HAKKA HAKKI २४ श्राबन

0 comments
२४ श्राबन ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की HAKKA HAKKI.
Hakka hakki

युएईमा नेपालीले नेपालीलाई छुरा प्रहार गरि हत्या

0 comments
साउन-२४
धन आर्जन गर्नका लागि वैदेशिक रोजगारीका लागि नवलपरासी बाट युएई र मलेसिया गएका २ जनाको ज्यान गएको छ । नवलपरासी देबचुली–१ का रामबहादुर लामाको युएईमा ज्यान गएको हो । उनको ज्यान संगै कामगर्ने नेपाली कामदारले नै छुरा प्रहार गर्दा गएको हो । हत्यामा संलग्न ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

त्यस्तै अमरापुरी–१ का सन्तोष गुरुङको मलेसियामा ज्यान गएको छ । गुरुङको सुतेकै ठाउँमा ज्यान गएको आफन्तले जनाएका छन् । लामा र गुरुङको शव नेपाल ल्याउन पहल गरिरहेको सुरक्षित आप्रवाशन सूचना तथा परामर्श केन्द्र कावासोतीले जनाएको छ ।




दक्षिण अफ्रिकामा सुनको पहाड फेला पर्यो भिडियो सहित हेर्नुहोला।

0 comments
दक्षिण अफ्रिकामा सुनको पहाड फेला पर्यो रे त्येसैले सुन अझै सस्तो हुने हल्ला चलिरहेको छ। भिडियो सहित हेर्नुहोला।

Video

नयाँ नेपालको ६ प्रदेश यसप्रकार छन्

0 comments
२४ श्राबन - प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा सीमाङ्कनसहितको सङ्घीयताको संविधानको मस्यौदामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सहमति पत्रमा आज मध्यराति हस्ताक्षर गर्नुभएको हो ।

सहमति पत्रमा फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारले हस्ताक्षर गरेपनि पार्टीको तर्फबाट भने फरक मत राख्नुभएको छ । सहमति पत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री कोइरालाले जनआन्दोलनको उपलब्धि संस्थागत हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै ढिलै भएपनि सीमाङ्कनसहितको मस्यौदा आएको छ, यो उपलब्धिलाई हामी सबैले गौरव ठान्नुपर्दछ भन्नुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न आस्था र विचार बोके पनि हामी एकताबद्ध भएका छौ। सबैको विचार संविधानमा अङ्कित भएको छ ।” प्रधानमन्त्री कोइरालाले शान्ति र स्थायित्व अहिलेको आवश्यकता भएको उल्लेख गर्दै आजको सहमतिले मुलुक आधुनिक युगमा प्रवेश गरेको हुँदा आठ÷दश वर्षमै मुलुक समृद्ध हुने बताउनुभयो ।

संविधानसभा, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले शक्ति सन्तुलनको साझा दस्तावेजका रुपमा संविधान रहने भएकाले यसको सुधार र परिमार्जनको अझै केही चरणहरु बाँकी रहेको बताउनुभयो ।

फोरम (लोकतान्त्रिक)का अध्यक्ष गच्छदारले पार्टीको भिन्न मत भएपनि संविधान निर्माणको प्रक्रिया अघि बढाउन आफूले फरक मतसहित हस्ताक्षर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलुक सबैभन्दा ठूलो हो, यथास्थितिमा रहँदा कसैलाई फाइदा हुदैन, संविधान निर्माणको चरणमा सबैले सघाउनुपर्ने आजको आवश्यकता हो ।”

 प्रदेश १
मा झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर र ताप्लेजुङ ।

प्रदेश २
 सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतटह, बारा र पर्सा ।

प्रदेश ३
सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र ललितपुर ।

प्रदेश ४
मा गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दी, मनाङ, कास्की, मुस्ताङ र नवलपरासीको बर्दघाटबाट सुस्ता पूर्व र बागलुङको पूर्वी भाग ।

प्रदेश ५
नवलपरासीको सुस्ता पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, रुकुमको पूर्वीभाग र बागलुङको पश्चिमी भाग ।

प्रदेश ६ 
रुकुमको पश्चिम भाग, सल्यान, डोल्पा, जाजरकोट, सुर्खेत, कैलाली, कञ्चनपुर, जुम्ला, कालीकोट, दैलेख, मुगु, हुम्ला, बाजुरा, अछाम, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा ।

६ प्रदेश बन्दा कुनै जिन्ला टुक्रियो
६ प्रदेशको सीमांकनमा भएको सहमति अनुसार नवलपरासी, बागलुङ र रुकुम जिल्ला आफ्नो विकास क्षेत्रबाट टुक्रिएका छन् । बागलुङ र नवलपरासी पश्चिमाञ्चल विकासक्षेत्रका जिल्ला हुन् । रुकुम मध्यपश्चिमाञ्चल विकास क्षेत्रको जिल्ला हो ।

बाग्लुङ र नवलपरासीका पूर्वी भाग चार प्रदेशमा र पश्चिमी भाग पाच प्रदेशमा परेका छन् । भने, रुकुम पुरै सुदूरपश्चिममा परेको छ ।



६ प्रदेशको सीमांकनमा भएको सहमति अनुसार नवलपरासी, बागलुङ र रुकुम जिल्ला आफ्नो विकास क्षेत्रबाट टुक्रिएका छन् । बागलुङ र नवलपरासी पश्चिमाञ्चल विकासक्षेत्रका जिल्ला हुन् । रुकुम मध्यपश्चिमाञ्चल विकास क्षेत्रको जिल्ला हो ।
बाग्लुङ र नवलपरासीका पूर्वी भाग चार प्रदेशमा र पश्चिमी भाग पाच प्रदेशमा परेका छन् । भने, रुकुम पुरै सुदूरपश्चिममा परेको छ ।
- See more at: http://dainiknepal.com/2015/81086.html#sthash.BMOl1N8J.dpuf

बोक्सीको आरोपमा ५ महिलाको हत्या

0 comments
 काठमाडौं,२४ साउन-   भारतको झारखण्डमा बोक्सीको आरोप लगाएर ५ महिलाको हत्या भएको छ । झारखण्डको राजधानी राँचीसंगै रहेको एक गाँउमा ५ जना महिलालाई बोक्सीको आरोप लगाएर स्थानीय वासिन्दाले कुटेर हत्या गरेका हुन् ।

हत्या हुनेमा आमा छोरी समेत छन् । हत्यामा संलग्न ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार तयस गाँउमा ५ जना बच्चाको विभिन्न कारणले मृत्यु भएको थियो । तर पछि गाँउ पञ्चायतको भेलाले पाँच जना स्थानीय महिलामाथी बोक्सीको आरोप लगाए पछि स्थानीयले ति महिलालाई घरवाट केहि पर लगेर ढुङ्गाले कुटेर हत्या गरेका हुन् ।

यो क्षेत्र भारतको अन्धविस्वासले ग्रस्त क्षेत्र हो । झारखण्डमा विगत १० वर्षमा बोक्सीको आरोपमा करिब १२ सय महिलाको हत्या भएको छ ।  

२४ श्राबन , २०७२ शनिबार दिउसोको समाचार हेर्नुहोस

0 comments
२४ श्राबन , २०७२ शनिबार दिउसो कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
मुख्य समाचार यसप्रकार छन्।
१. सिमांकन सहितको ६ प्रदेशमा कुरा मिलेपछि सम्भिधान निर्माणको बाटो खुल्ला ।
२. सबै जसो जिल्ला यथाबतै रहने गरि ६ प्रदेशमा दलहरुबिच सहमती। ६ प्रदेश बनाउदा नबलपरासी , बाग्लुंग र रुकुम जिन्ल्ला टुक्रयाईयो।
३. भुकम्प पिडितको सहयोगार्थ मलेसियामा आज च्यारिटी खेल खेल्दै।
VIDEO

Saturday, August 8, 2015

Dittha Sab, 08 August 2015

0 comments
डिटठा साब कमेड़ी टेली फिल्म सुक्रबार २२ श्राबन २०७२का दिन कान्तिपुर TV मा बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो हेर्नुहोस।

Tito Satya, 6 August 2015

0 comments
नेपाल टि.भी.बाट २०७२ श्राबन २१ बिहिबार बिलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला।
tito satya

आज शनिबार बिहानै भूकम्प गयो

0 comments
२३ श्राबन - शनिबार २०७२ 
सिन्धुपाल्चोकलाई  केन्द्रविन्दु बनाएर आज बिहान ६ बजेर २४ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि शुक्रबार दिउँसो ११ बजेर ५७ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्र विन्दू भएर ४ दशमलव ४ म्याग्नेच्युटको पराकम्पन गएको थियो ।



Sagarmatha Samachar 2072-04-23

0 comments
२३ श्राबन २०७२ -शनिबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार हेर्नुहोस।
१.प्रदेश शिमांकनको बिषयमा दलहरु बिच अझै सहमती जुटेन आज दिउसोसम्ममा निस्कर्षमा पुग्ने ।
२.अखण्ड शुदुर पश्चिम माग्दै अनिश्चित कालिन कैलाली बन्द।
३.हिन्दुराज्यको लागी काठमाडौँमा प्रदर्शन।
४.सुनसरीमा हिन्दु राज्यको पक्षमा र बिपक्षमा कार्यक्रम।
५.काठमाडौँको टेकुस्थित अस्पतालमा भर्ना भएका ७ बिरामीमा हैजाको जीबानु भेटियो सचेत रहन सर्बसाधारणलई चिकित्सकको सुझाब।
 
Video

नेपालका नेता,सरकारी उच्च पदका अधिकारीहरूले छोराछोरीलाई विदेशमा राखी सम्पत्ति विदेश पठाउदै

0 comments
२२ श्राबन , काठमाडौं । राजनीतिलाई आम्दानीमूलक व्यवसाय बनाउँदै आएका कतिपय नेपाली नेताहरूले पदको प्रभावमा पारी छोराछोरीलाई विदेश पढाउने र उतै ‘सेटल’ गराउने गर्दै आएका छन् । राजनीतिक दलका नेताहरूले मात्र नभएर निजामती कर्मचारी, सेना तथा प्रहरीका उच्च अधिकारीहरूले समेत आफ्ना सन्तानलाई विदेशमै सेटल गराएका छन् । तर, विदेशमै घरजम गरेर बस्ने र नेपालमा कमाएको पैसा पनि विदेशमै लैजानेमा सेना–प्रहरीभन्दा राजनीतिमा सक्रिय रहेका नेता र निजामती सेवामा काम गर्ने अधिकारीहरू अगाडि रहेका छन् । विदेशमा आफ्नो सन्तानसँगै कमाइ पनि पठाउने नेताहरूले आफ्ना छोराछोरीलाई राजनीतिबाट भने टाढा राखेका छन् । तर, उनीहरू सर्वसाधारण जनताका छोराछोरीलाई राजनीति गर्नुपर्छ भन्दै स्कुल पढ्दादेखि नै सङ्गठनको सदस्यता दिलाउन मरिहत्ते गर्छन् र देशभक्तिको गाथा गुथ्छन् भने आफ्ना सन्तानका नाममा देशको सम्पत्तिलाई हुन्डी (अवैध कारोबार)मार्फत विदेश पठाउँछन् ।

विदेशमा आफ्ना छोराछोरी, आफन्त तथा नातागोताका मानिस राखेर नेपाली सम्पत्ति विदेश पठाउनेमा प्रधानमन्त्री सुशील कोइराला पहिलो नम्बरमा पर्छन् भन्दा कतिलाई विश्वास नहुन सक्छ, तर सत्य यही हो । उनले आर्जन गरेको सम्पत्ति विदेशमा पठाउँछन्, विभिन्न व्यक्तिको नाममा । उनको निजी सचिवालयमा विदेशी कार्डधारीहरूको बाहुल्य रहेको छ । अमेरिकामै स्थायी बसोवास गर्दै आएकी मृदुला कोइरालालाई नेपाल झिकाई आफ्नो अवैतनिक सल्लाहकार बनाएर आफ्नो कारोबारलाई अझ सजिलो बनाएका छन् । पछिल्लो समय प्रधानमन्त्री कोइरालाले मृदुलामार्फत नै आफ्नो सम्पत्ति विदेशमा पठाउने गरेको जानकारीमा आएको छ । यसअघि उनले उमा कार्की नामकी महिलामार्फत पनि नगद पठाउने गर्दथे । मृदुला अमेरिकाको स्थायी बसोवास पाएकी नेपाली नागरिक हुन् । उनको परिवारका सबै सदस्य अमेरिकामै बसोवास गर्दै आएका छन् ।
यसैगरी कोइरालाको प्रिय सल्लाहकार विजन पन्तको बेलायतमा तीनवटा घर रहेको बताइन्छ । उनका सन्तान पनि उतै छन् । त्यस्तै, निजी स्वकीय सचिवालयमा रहेका कोइरालाका नातेदार रमेश शर्मा र प्रभा भण्डारीका छोराछोरी पनि अमेरिकामै छन् । उनीहरूका नाममा नेपालबाट हुन्डीकै माध्यमबाट पैसा पठाउने गर्छन् शर्मा र भण्डारीले ।

राष्ट्रपति डा. रामवरण यादवका तीन सन्तान छन् । एक छोरा र एक छोरी नेपालमा छन् भने एउटा अमेरिकामा । यादवको कान्छो छोरा चन्द्रशेखर अमेरिकामा छन् । बैंककबाट ‘इन्भाइरोमेन्ट इन्जिनियरिङ’मा स्नातकोत्तर चन्द्रशेखर पढाइ सक्नेबित्तिकै अमेरिका हानिएका हुन् । स्रोतका अनुसार राष्ट्रपति यादवले पनि छोराको नाममा आफ्नो सम्पत्ति अमेरिकामै जम्मा गर्ने गरेका छन् । यादवका एक छोरा चन्द्रमोहन यादव चिकित्सक हुन् भने उनी संविधानसभामा सभासद् पनि हुन् । छोरी अनिता पितासँगै शीतलनिवासमा बस्छिन् । बेलायतबाट स्नातकोत्तर गरेकी अनिता पितालाई भेट्न आएका स्वदेशी तथा विदेशी अतिथिलाई स्वागत गर्ने, भ्रमणको कार्यतालिका मिलाउनेजस्ता काममा सक्रिय हुन्छिन् ।

काङ्ग्रेस महामन्त्री प्रकाशमान सिंहका दुई छोरामध्ये जेठो प्रभावमान सिंहले अस्ट्रेलियाबाट इकोनिमिक्समा स्नातकोत्तर गरेका छन् । उनी उतै बस्ने तयारी गरिरहेका छन् । उनले अस्ट्रेलियमा सम्पत्ति जोडिसकेका छन् । तर, प्रभावले ‘आफ्नो हजुरबुवाको नाममा खोलिएको गणेशमान सिंह फाउन्डेसनमा आबद्ध भएर काम गरिरहेको बताए ।’

काङ्ग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन् । भारतीय दूतावासको सहयोगमा चेन्नईमा इलेक्ट्रिक इन्जिनियरिङ गरेका छोरा श्याप्रसाद र कान्छी छोरी रीतदीप्ति अमेरिकामा छन् । सिटौलाको भारतमा ठूलो व्यापार भएकोले छोरा श्यामप्रसाद बढी समय भारतै बस्छन् । सिटौलाको भारतको दिल्ली र नोयडामा व्यापार छ । नेपालमा कमाइ भएको रकम उनी अमेरिका र भारतमा सञ्चित गरिरहेका छन् । सिटौलाले पनि आफ्नो सम्पत्ति हुन्डीमार्फत विदेश पठाउने गरेका छन् । सिटौलाकी अर्की छोरी चम्पदीप्ति भने नेपालमै छिन् ।

यसैगरी कम्बल ओडेर घ्यू खाने नेताको छवि बनाएका काङ्ग्रेस नेता महेश आचार्यको छोरा अमेरिकामा छन् । उनले नेपालमा कमाएको सबै सम्पत्ति पछिल्लो समय अमेरिकामा पठाउने गरेका छन् । उनी मन्त्री भए पनि विदेशमा पैसा पठाउने सहारा हुन्डीलाई नै बनाएका छन् । त्यस्तै सञ्चारमन्त्रीसमेत रहेको मीनेन्द्र रिजाल, काङ्ग्रेस नेता गोविन्दराज जोशीका छोराछोरी पनि अमेरिकामै छन् । उनीहरू आफ्नो सम्पत्ति अमेरिकामै जम्मा गरिरहेका छन् । त्यस्तै, काङ्ग्रेस नेतृ सुजता कोइरालाकी छोरी बंगलादेश र छोरा जर्मनीमा छन् ।
सुजाता पनि आफ्नो सम्पत्ति छोरीछोरीका नाममा विदेश पठाउने गर्छिन् ।

एमाले निवर्तमान अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि आफ्नो सम्पत्ति अमेरिकामा जम्मा गरेका छन् । उनले छोरा निर्भीकमार्फत आफ्नो सम्पत्ति अमेरिकामा सञ्चित गरेका छन् । निर्भीकले अमेरिकाबाट साइन्समा स्नातकोत्तर गरेका छन् । केही समयअघि नेपाल आएर युवा सङ्घमा आबद्ध भएका निर्भीकको बसोवास अमेरिकामै हुने गरेको छ ।

पूर्वप्रधानमन्त्री एवम् एमालेका नेता माधव नेपालका छोरा सौरभ इन्जिनियर हुन् । सौरभले भारतबाट इलेक्ट्रोनिक इन्जिनियरिङ पूरा गरेका छन् । नेपालस्थित एक निजी कम्पनीमा काम गर्छन् । छोरी सुमन मेडिकल साइन्सकी विद्यार्थी हुन् । उनी अहिले अमेरिकामा छिन् । नेपालले आफ्नो सम्पत्ति छोरीका नाममा अमेरिकामै सञ्चित गरिरहेको बताइन्छ । एमालेका महासचिव ईश्वर पोखरेलका छोरा सौराज पनि अमेरिकामै छन् । महासचिव पोखरेलले नेपालमा राजनीतिक व्यवसायबाट कमाएको पैसा छोरा सौराजको नाममा अमेरिकामै बचत गरिरहेको बताइन्छ ।

एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो सम्पत्ति छोरा हरिशदेव गौतममार्फत चीन र अमेरिकामा सञ्चित गरिरहेका छन् । पूर्वअध्यक्ष खनालको छोरासँगै युवा सङ्घमा आबद्ध भएका हरिश पेसाले इन्जिनियर भए पनि कन्सल्टेन्सी र ट्राभल व्यवसाय गरिरहेका छन् । उनी ट्राभलमार्फत नेपाली नागरिकलाई विदेश ओसारपसारमा संलग्न भएको बताइन्छ । गौतमका दुई छोरीमध्ये विजिता नेपालकी डेन्टिस्ट हुन् भने अजिता अमेरिकामा छिन् । अजिताले गौतमको अमेरिकामा रहेको सम्पत्ति रक्षा गरिरहेको बताइन्छ ।

एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईकी छोरी मानुषी पनि सक्रिय राजनीतिमा छैनन् । उनी अमेरिका अध्ययन गर्न गएकी छिन् । पछिल्लो समय बाबुरामले पनि छोरीका नाममा सम्पति सञ्चित गरिरहेका छन् । रकम सञ्चित गर्ने काममा पत्नी हिसिला यमी लागेकी छिन् । उनले छोरीका नाममा करोडौँ रकम नेपालबाट बाहिर पठाइसकेको चर्चामा आए पनि खोजबिन भएको छैन ।

त्यस्तै, एमाओवादीमा लागेका, तर गुमनाम भएका अमिक शेरचनका छोराहरू प्रमिक र क्रमिक पनि अमेरिका छन् भने माओवादीका अन्य नेताहरूका छोराछोरी कोही राजनीतिमा सक्रिय छन् भने कोही नेपालकै विद्यालयमा अध्ययन गरिरहेका छन् ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारका दुई छोरा र एक छोरी छन् । गच्छदारका सहयोगी कन्हैयालालका अनुसार गच्छदारका जेठा छोरा सुमन अमेरिकामा अटोमोबाइल्समा इन्जिनियरिङ गर्दै छन् । गच्छदारले आफ्नो छोराको नामबाट अमेरिका दुईवटा घर किनिसकेका छन् । उनले ती घर भाडामा लगाएका छन् । गच्छदारको कान्छा छोरा सुवास भने त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा मास्टर सकेर राजनीतिमा आउने तयारी गरिरहेका छन् । छोरी रिना घरधन्दामा लागेकी छिन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रसिद्धि पनि बेलायतमा छिन् । उनकी माइली छोरी डा. प्रगति थापा नर्भिक अस्पतालमा र कान्छी बैंकमा जागिरे छिन् भने छोरा सुवास काठमाडौंको एक संस्थानमा काम गर्छन् । पशुपतिशमशेर राणाका छोरीहरू पनि राजनीतिभन्दा बाहिर छन् । उनीहरू बिदेसिएका छन् । राणाले नेपालमा रहेको आफ्नो सम्पत्ति भारतमा जम्मा गरिरहेका छन् ।
– रामहरि पाण्डे

Friday, August 7, 2015

Bhadragol, 7 August 2015 भद्रगोल २२ श्राबन २०७२

0 comments
२२ श्राबन २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल हेर्नुहोस। भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
vadragoal

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

बिहे अगाडी जथाभाबी गर्भनिरोधक आषधी खाँदा भबिस्यमा के कस्तो असर गर्दछ भिडियो सहित हेर्नुहोस

0 comments
बिहे अगाडी जथाभाबी गर्भनिरोधक आषधी खाँनु भन्नु भबिस्यमा दीर्घकालीन समस्या निम्ताउनु हो यतिसम्मकी बाँझोपनको समस्या सम्मा हुन सक्छ। त्यसैले आकस्मीक गर्भनिरोधकको साधनलाई बारम्बार
प्रयोग गर्नु नहुने कुरा चिकत्सकहरुले बताएको छ। अन्य जानकारीको लागी AV न्युजबाट प्रशारीत भिडियोमा हेर्नुहोला।

Video

Girl Molested near Koshi River at Nainital

0 comments

सरोगेसीको अवैधानिक धन्दामा ज्योति समूह र ग्राण्डी अस्पतालको संलग्नता

0 comments
सरोगेसीको अवैधानिक धन्दामा ज्योति समूह र ग्राण्डी अस्पतालको संलग्नतालाई न्युज 24 अन्तर्गत POWER  NEWS ले पर्दाफाँस गरिदिएको छ। सरकारको सम्बन्धित निकायले छिट्टै कारबाही गरोस अन्य भिडियोमा हेर्नुहोला।

भिडियो

५ बर्ष दुबाई बसेर फर्केका युवा बंगुर पालन गरेर मनग्य आम्दानी गर्दै

0 comments
५ बर्ष दुबाई बसेर फर्केका युवा बंगुर पालन गरेर मनग्य आम्दानी गर्दै बिदेसमा जति दुख गरे आफ्नै देसमा  दोब्बर कमाउन सकिन्छ भन्ने उनको भनाई सहित भिडियो हेर्नुहोस।

 V I D E O 

Like us

 

Search

 
Enjoy the site