Monday, January 4, 2016

Dhamala Ko Hamala with Sujata Koirala

0 comments

१९ पौस २०७२ अईतबार बेलुकी  हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा पूर्व उपप्रधान/पररास्ट्र मन्त्रि तथा नेपाली कांग्रेशका प्रभाबशाली महिला नेत्री सुजाता कोईरालासँग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ सुजाता कोईरालाका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

पूर्व अर्थमन्त्री राम शरण महत २०१५को उत्कृष्ट अर्थमन्त्री घोषित

0 comments

पुष २०, काठमाडौं । पूर्वअर्थमन्त्री रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्रीमा छानिनु भएको छ । बेलायती पत्रिका द बैंकरले हरेक बर्ष सार्वजनिक गर्ने सूचिमा महत विश्व र एसिया प्रशान्त दुवै तर्फबाट उत्कृष्ट अर्थमन्त्री छानिनु भएको हो । ‘गत बैशाखको भूकम्प लगत्तैको उद्धार र त्यसपछि अन्तराष्ट्रिय सहायता ल्याउन महतले गरेको कामले एसिया प्रसान्त क्षेत्र र विश्वभरिकै उत्कृष्ट अर्थमन्त्री हुनुभएको द बैंकरले जनाएको छ ।
 बैंकरका अनुसार उसले हरेक बर्षको जनवरी अंकमा उत्कृष्ट अर्थमन्त्री सार्वजनिक गर्ने गरेको छ । यसअघि हाल भारतका राष्ट्रपति प्रणव मुखर्जी अर्थमन्त्री छँदा एसिया प्रशान्त क्षेत्रमा उत्कृष्ट हुनुभएको थियो । यसपटक महत भने दुवै तर्फ उत्कृष्ट हुनुभएको हो ।  

भारतले ११औ साफ फुटबलको उपाधि जित्यो

0 comments

काठमाडौं, पुस २० । एघारौं साफ च्याम्पियनसिप फुटबलको उपाधि आयोजक भारतले जितेको छ । केरलामा आइतबार राति भएको फाइनल खेलमा साविक विजेता अफगानिस्तानलाई २–१ गोल अन्तरले पराजित गर्दै भारतले सातौं पटक उपाधि जितेको हो । यो जितसँगै भारतले अघिल्लो संस्करणको फाईनलमा अफ्गानिस्तनसँग भोगेको हारको बदला समेत लिएको छ । निर्धारित ९० मिनेटको खेलमा १÷१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई उपाधि जिताएका हुन् । ७० औं मिनेटमा जुबाएर अमिरीको गोलबाट अफगानिस्तानले अग्रता लिएपनि त्यसको दुई मिनेटमै भारतका जेजे लाल्पेख्लुले गोल फर्कादै बराबारी गरेका थिए । जितसँगै भारतले प्रतियोगिताको इतिहाँसमा सर्वाधिक ७ पटक उपाधि जितेको छ । नेपाल भने यो संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो । प्रतियोगिताको १२ औं संस्करण दुई वर्षपछि बंगलादेशमा आयोजना हुनेछ ।

साउदी अरबले ईरानसंगको कुटनितिक सम्बन्ध तोडे

0 comments

२० पौष - साउदीअरबले इरानसंगको सम्वन्ध तोडेको छ । इरानको तेहरानस्थित दुतावासमा आक्रमण र आगजनीपछि साउदी अरबका विदेशमन्त्री अदिल अल जुवियरले दुई मुलुकवीचको कुटनीतिक सम्वन्ध समाप्त भएको घोषणा गुर्नभएको हो । साउदी सरकारले शिया धर्मगुरु निमर अल निमरलाई फाँसीको सजाय दिएपछि इरानले त्यसको कडा विरोध गरेको छ । साउदीअरबको पछिल्लो कदमले दैविक प्रतिशोधको सामना गर्नुपर्ने इरानले चेतावनी दिएको छ ।

इरानका शीर्ष धार्मिक नेता आयतुल्ला अली खमेनेईल समेत सो घटनाको तीब्र आलोचना गर्नु भएको छ । विश्वभरका शिया समुदायले गल्ती विना नै निमरलाई फाँसी दिएको भन्दै विरोध गरेका छन् । यसैबीच निमरको मृत्युदण्डपछि सांम्प्रदायिक हिंसा भड्कन सक्ने अमेरिकाले चेतावनी दिएको छ ।
तस्विर बीबीसी ।

कतारमा नेपालीसहित पाँच जनालाई मृत्युदण्डको सजाय

0 comments

२० पौष २०७२ - कतारको क्रिमिनल अदालतले रोजगारदातालाई हत्या गरेको अभियोगमा एक नेपालीसहित पाँच जना कामदारलाई मृत्युदण्डको सजाय दिने फैसला गरेको छ । अदालतले गत बिहीबार नेपाली नागरिक साहताज शेख समेतलाई मृत्युदण्ड दिने फैसला गरेको हो । उनको पूरा विवरण खुलेको छैन । मृत्युदण्ड दिइएका ४ अन्य बंगलादेशी रिबोन खान, दिन इस्लाम अजिज अल रहमान, मुहम्मद रसिद मुहम्मद र मुहम्मद रुसिल हुन् । अदालतमा पेस गरिएको विवरणअनुसार उनीहरुले आफ्नै रोजगारदातालाई निर्माणाधीन भवनको एउटा कोठामा हत्या गरेका थिए । हत्या गरेको रोजगारदाताको विवरण पनि खुलाइएको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सन् २०१५ मा भाईरल बनेका तस्बिरहरु

0 comments
Viral Number 1
The photo of Ayalan became viral through the social site which made the great debate on Europe regarding the problems of immigration. This photo was taken by Turkish photographer Nilüfer Demir on September 2. With the viral of this photo, immigrant migrant became the happening discussion topic in International way. 
Viral Number 2
Hudea_3252752b
This is the next viral photo on internet. A girl is surrendering with her hands up, thinking the gun for camera in this photo. This photo has portrait that how the 4-year long conflict in Syria has spread the fear among innocent children.
Viral Number 3
modi
In September, at the central office of Facebook, Prime Minister Narendra Modi dragged Facebook founder Mark Zuckerberg to have his own photo. This video was also viral.
Viral Number 4
6731394-3x2-940x627
Usain Bolt was celebrating his happiness after touching the finishing line. At the same time, he collided with the nearby cameraman and fell down. This picture also made the viral in social sites.
Viral Number 5
jail_1450442745
After 1 hundred and 17 years, 2 prisoners escapee from the most secure prison of America. The escaping idea and techniques of both prisoners were similar to 1994 Hollywood Movie The Shawshank Redemption.

पूर्वमन्त्री तथा राष्ट्रभक्ती एमाले नेता लालबाबु पण्डित अस्पताल भर्ना

0 comments

२० पौष २०७२ -नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित अस्वस्थ भई नयाँबानेश्वरस्थित निजामती अस्पतालमा भर्ना भएका छन्।

उनलाई मधुमेह, उच्च रक्तचापको समस्या भएपछि आइतबार साँझ अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए।


अस्पतालका प्रमुख डा बिमल थापाको समूहले अहिले उनको उपचार गरिरहेको छ। नेता पण्डितको आँखामा समेत समस्या देखिएको र त्यसको शल्यक्रिया गर्नुपर्ने बताइएको छ। मधुमेहलाई सामान्य अवस्थामा ल्याएपछि उनको आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले अझै एक सातासम्म अस्पताल बस्नुपर्ने आलमले जानकारी दिए। रासस 

युएईले नेपालमा दूतावास स्थापना गर्ने भयो

0 comments


पुस २०, २०७२- आर्थिक उन्नतीमा अघि बढेको मित्र मुलुक युनाईटेड अरब इमिरेट्स (युएई)ले नेपालमा आवासिय दूतावास स्थापना गर्ने भएको छ ।
दूतावास स्थापनाको लागि युएईको विदेश मन्त्रालयको एक टोली अहिले स्थान चयन गर्न लागि परेको छ । उनीहरु अहिले काठमाडौं र ललितपुरमा आफ्नो दूतावास राख्नको लागि ठूलो कम्पाउण्ड भएको घरको खोजिमा छन् । काठमाडौंमै दूतावास स्थापना हुने भएपछि बैदेशिक रोजगारीमा युएई जाने नेपालीहरुले केही महिना पछि नेपालबाटै भिसा पाउने छन् ।
युएईमा २ लाख बढि नेपालीहरु रोजगारीमा गएका छन् । युएईले भिसा तथा कन्सुलर सेवा सहितको दूतावास संचालनको तयारी गरिरहेको छ । दूतावास स्थापना पछि त्यहाँ पर्ने समस्याको बारेमा समेत उनीहरुले बुझिदिने हुनाले अझ बढि सहज हुनेछ ।
परराष्ट्र मन्त्रालय उच्चस्रोतका अनुसार पहिलो आवासिय राजदूतको लागि एग्रिमा (सहमति) समेत नेपालबाट गइसकेको छ । कार्यालयसँगै आवासको लागि पनि त्यही अनुरुपको खोजिमा ति अधिकारीहरु लागि परेका छन् । युएईले आवासिय दूतावास स्थापनाको तयारी गरिरहेको शिष्टाचार महापालको समेत जिम्मेवारी सम्हालेका पश्चिम एसिया महाशाखा प्रमुख रमेशप्रसाद खनालले बताए । ‘आवासिय दूतावासले दुईपक्षीय घनिष्टता बढ्नुका साथै अन्य आयमहरुको समेत खोजी हुनेछ । नेपालीहरु रोजगारीमा जाने मुलुकको दुतावास काठमाडौंमा रहँदा समन्वय गर्न सहज हुनेछ,’ परराष्ट्र अधिकारीले बताए । खाडी मुलुक साउदी अरब, कतार, युएई, कुवेत, ओमान र बहराइनमा नेपालको दूतावास छ ।
परराष्ट्र मन्त्रालयले पहिले नै यूएईलाई दूतावास स्थापनाको लागि स्विकृत दिइसकेको भए पनि ढिलो गरिरहेको युएईले अहिले दूतावासको खोल्नका लागि चासो दिएको हो ।

नेपालमा खाडी मुलुक कतार र साउदी अरबले तीन बर्ष अघि नै दूतावास खोलेपछि युएइले पनि दूतावास स्थापनामा जोड दिएको थियो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कुवेतले पनि नेपालमा दूतावास स्थापना गर्ने बताउँदै आए पनि अझै खोलेको छैन् । कुवेतले नेपालको दूतावास स्थापनाको समयमा नै नेपालमा दूतवाास स्थापना गर्ने बताएको थियो । काठमाडौंमा भारत, चीन, बेलायत, अमेरिका, रुस, फ्रान्स, जापान, स्विजरल्याण्ड, बंगलादेश, श्रीलंका, डेनमार्क, फिनल्याण्ड, इजरायल, थाइल्याण्ड, दक्षिण कोरिया, उत्तर कोरिया, इजिप्ट, अस्ट्रेलिया, म्यानमार, ब्राजिल, मलेसिया, जर्मनी, कतार साउदी अरेविया गरि २४ मुलुकको दूतावासहरु छन् । भने युरोपेली युनियन (इयू), राष्ट्रसंघिय नियोग, सार्क सचिवालयको पनि राजदूत स्तरीय नियोग काठमाडौंमा नै छ । डेनमार्कले आफ्नो दूतावास बन्द गरेर जाने तयारी गरेको अवस्थामा एक मुलुक थपिँदा मन्त्रालयले सहज अनुभव गरेको छ । श्रोत साभार कान्तिपुर।

भारतमा गएको भूकम्पमा ६ को मृत्यु र १०० भन्दा बढी घाइते

0 comments

२० पुष । सोमबार एकाविहानै नेपाल र भारतको पूर्वि क्षेत्रमा ६ . ८ रेक्टरको शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ। पूर्वोत्तर भारतको मनिपुरलाई केन्द्रविन्दु रहेको शक्तिशाली भूकम्पपछि परकम्प जान सुरु गरेको छ। मनिपुरलाई केन्द्र बनाएर आएको भूकम्पले नेपालको राजधानी काठमाडौंलगायत पूर्वी र पश्चिम भेगका जिल्लाहरुमासमेत धक्मा महशुस भएको थियो। भारतीय संचारमाध्यमहरुका अनुसार सोमबार विहान स्थानीय समय अनुसार ९ बजेर ३८ मिनेटमा ३ दशमलव ८ रेक्टरस्केलको परकम्प गएको हो। भारतीय संचारमाध्यमले सो भूकम्पमा परी हालसम्म ६ जनाको मृत्यु भइसकेको र सयभन्दा बढी घाइते भएको जनाएका छन्।भूकम्पले भारतका असाम, बिहार, मणिपुर, गुवाहाटी, डिब्रूगढलगायत पूर्वोत्तर भारतमा बढी असर गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण केहीको ज्यान गएको छ भने केही घाइते भएका छन्। उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

Ho Ki Kya Ho_Episode 17

0 comments

प्रत्येक विहीबार बेलुकी ८:३० र ११:३० मा हिमालयन टि.भी.बाट प्रशारित सामाजिक सन्देसमुलक चर्चित नेपाली हाँस्य टेली फिल्म हो कि क्या हो हेर्नुहोला।
लेखक / निर्देशक: आर्यन नकर्मी
क्यामेरा / फिलिम सम्पादन: दिपेन बस्न्यत
मुख्य कलाकारहरु : साबिन शाक्य, राजाराम पौडेल , मुकुन्द किशोर भट्टराई , आर्यन नकर्मी , कमला रेग्मी, रोहिणी भट्टराई, गहेन्द्र मान शाक्य , डोमा , लक्ष्मी पाण्डे, निशा थापा र अन्य  ...

ho ki kya ho part 17
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode 425

0 comments

१९ पौष २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४२५मा बिभिन्न क्षेत्रमा सफल पौरखी किशानहरु र अन्य सहभागीहरु बिच गरिएको साझा बहस हेर्नुहोस ।
श्रोत : कान्तिपुर टि.भी.साझा सवाल

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Sunday, January 3, 2016

मधुमेह कम गर्ने घरेलु बिधिहरु

0 comments
काठमाडौं । मधुमेह साधारणका साथै खतरनाक रोग हो । साधारण यसकारण हो किनभने खानालाई मिलाएर खाने, दैनिक व्यायाम गर्ने र औषधीको सेवन गर्ने हो भने मधुमेह रोगी साधारण मानिसले जस्तै आफ्नो जीवनयापन गर्न सक्छन् तर रोगलाई वास्ता नगरी असावधानी अपनाए यसले मानिसहरुको ज्यानै लिने खतरा हुन्छ त्यसकारण यो खतरनाक र साधारण दुबै रोग हो ।

आजकालको जीवनशैलीमा यो रोग तेज रुपमा बढिरहेको छ जसका कारण यो रोगका बिरामी हरेक घरमा पाइन थालेको छ । मधुमेहले मानिसको आँखा, दिमाग, मुटु आदिमा नराम्रो असर पार्ने गर्दछ । यो रोगको मुख्य कारण खानपिन ठिक तरिकाले नगर्नु र इन्सुलिनको कमीको कारणले हुने गर्दछ । थाहा पाउनुस्, मधुमेहलार्इ कन्ट्रोल गर्ने केही घरेलु उपायः कम गर्ने घरेलु बिधिहरु
– तुलसी एक चमत्कारी बोट हो जुन हरेक रोगको लागि अमृत समान हुन्छ । तुलसीको पातमा अत्यधिक मात्रामा एन्टीअक्सीडेन्ट्स र आवश्यक तेल पाइन्छ जुन इन्सुलिनप्रति संवेदनशील बनाउनमा सहायक हुने गर्दछ । यसका लागि तुलसीको एक चम्चा रसलाई खाली पेटमा खाँदा ब्लड सुगरको मात्रालाई घटाउने गर्दछ ।
– ग्रीन टीले ब्लड सुगर कन्ट्रोल गर्नसक्छ । यसका लागि बिहान अथवा बेलुका खाना खानुभन्दा पहिले एक कप तातो ग्रीन टी पिउनुहोस् ।
–दालचीनीले इन्सुलिनको संवेदनशीलतालाई बढाउनुका साथै ग्लूकोजको स्तरलाई कम गर्ने गर्दछ । दैनिक आधा चम्चा दालचीनीलाई आफ्नो जीवन शैलीमा संलग्न गर्नुहोस् ।
– मधुमेह रोगीलाई भोकभन्दा थोरै कम र हल्का भोजन खाने सल्लाह दिइन्छ । त्यसकारण उनीहरुलाई पटक–पटक भोक लाग्ने गर्दछ । यसको लागि काँक्रो खानुहोस् । यसले भोक मेटाउने गर्दछ ।
–मधुमेहमा उमालेको करेलाको रस पिउनु निकै फाइदाजनक मानिन्छ । यसले सुगर लेभललाई निकै कम गर्ने गर्दछ ।
 –मधुमेह रोगीले लौका, परवल, पालुङ्गो, मेवा अत्यधिक मात्रामा खानुपर्छ ।
– निमको पातमा आश्चर्यजनक औषधीय गुण हुने गर्दछ । यसको सेवनले इन्सुलिनको मात्रा बढ्ने गर्दछ भने ग्लूकोजको स्तर कम गर्दछ । यसको लागि निमको कमलो पातलाई खाली पेटमा खानुहोस् ।
– मधुमेह रोगीलाई योगले सबैभन्दा बढि फाइदा पुर्याउँछ । यसका लागि दैनिक आधा घण्टा योग गर्नुपर्छ ।
 –मधुमेह रोगीले दुधको साथै दही र पनिर पनि खानुहोस् ।
– मधुमेह रोगीले दिनमा सुत्ने, चिल्लो र मसालेदार खानेकुरा खानबाट बच्नुपर्छ ।
– अमलाको रसलाई करेलाको रससँगै दैनिक खानुहोस् । यसले मधुुमेह कन्ट्रोलमा रहने गर्दछ ।
– दैनिक ५० ग्राम मेथी खानुहोस् । यसले ग्लूकोजको स्तर कम हुने गर्दछ र मधुमेहबाट राहत मिल्नेछ ।

Singha Durbar - Episode 08

0 comments

महिला नेतृत्व र काम कुनै पनि अन्य पुरुष भन्दा कम छैन भन्ने सन्देस स्वरुप पहिलो महिला प्रधानमन्त्रीको रुपमा कलाकार गौरी मल्ल अभिनीत नेपाल टेलिभिजनबाट २०७२ पौष १९ आइतवार बिलुकी प्रसारीत सिंहदरबार टेली फिल्म हेर्नुहोला।

VIDEO
Singha Durbar - Episode 08
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

साउदीमा धर्मगुरु सहित४७ जनालाई मृत्युदण्ड दिइयो

0 comments

१९ पौष आइतबार २०७२ - साउदी अरेबियामा शिया धर्मगुरुसहित ४७ जनालाई मृत्युदण्ड दिइयो, धर्मगुरु शेख निमरलाई दिएको मृत्युदण्डको निकै महंगो मूल्य चुकाउनुपर्ने इरानको चेतावनी

साउदी अरेबियामा शिया धर्मगुरु शेख निमर अल निमरसहित एकै दिन ४७ जनालाई मृत्युदण्ड दिइएको छ । गत वर्षको अक्टोबरमा साउदी अरेबियाको सर्वोच्च अदालतले निमरको मृत्युदण्डको माफीको अपिललाई खारेज गरेको थियो ।

शनिवार मृत्युदण्ड सुनाइएका अधिकांश सन् २००३ देखि ०६ सम्म अलकायदाले गरेका विभिन्न आक्रमणमा सहभागी रहेको साउदीको गृह मन्त्रालयले जनाएको छ । साउदी अरेबियाको पूर्वी प्रान्त क्वाटिफका निमर चर्चित शिया नेतामध्येका एक हुन् । उनी सत्तारुढ अल सायद परिवारको खुल्ला रुपमा आलोचना गर्ने र निर्वाचनको माग गर्ने धार्मिक नेताकारुपमा पनि चिनिन्छन् । प्रजातान्त्रिक माग गर्ने निमरलाई सन् २०१२ मा पक्राउ गरिएको थियो ।

साउदीको गृहमन्त्रालयले निमरविरुद्ध प्रहरीमाथि हमला गरेको र शिया बहुल इरानका लागि काम गर्ने गरेको आरोप लगाएको थियो । यसैवीच, धर्म गुरु निमरलाई मृत्युदण्ड दिइएकोमा इरानले साउदी अरबलाई ‘निकै भारी मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ । यसअघि पनि सन् १९९५ मा एकै पटक १ सय ९२ जनालाई मृत्युदण्ड दिइएको थियो । त्यसैगरी २०१४ मा कम्तीमा पनि  ९० जना र २०१५ मा कम्तिमा पनि १ सय ५७ जनालाई मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Ditha Sab 02 Jan, 2016

0 comments

२०७२ पौष १८ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १३३ हेर्नुहोस।
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, January 2, 2016

१५० मिलियन अमेरिकी डलर प्रतिग्राम पर्ने महँगो बस्तु

0 comments

प्लाटिनम, हिरा, सुन वा चाँदी कुनै समय संसारका अति बहुमूल्य वस्तुका रुपमा यी सामाग्रीको पहिचान थियो । तर अहिले मानिसले सुनभन्दा बहुमूल्य वस्तु निर्माण गरेका छन् । मानिसले कार्बनमा आधारित रहेको बनाएको यो सामाग्रीको मूूल्य प्रतिग्राम १ सय ५० मिलियन अमेरिकी डलर पर्न जान्छ ।
अक्फोर्ड विश्वविद्यालयको ल्याबमा गत वर्ष बेलायती वैज्ञानिकहरुले यो सामाग्री बनाएका हुन् । यसमा कार्बन एटम र नाइटोजन एटम समावेश छ । यसको आकारका कारण यसलाई बकी बल नाम दिइएको छ ।



यसका थुप्रै विशेषताहरु छन् । यसलाई साना अटोमिक घडी बनाउन प्रयोग गरिन्छ । यो घडीले दिने समय संसारकै सबैभन्दा सही समय हुन जान्छ । सन् २००१ देखी यस क्षेत्रमा सक्रिय रहेर काम गर्दै आएका वैज्ञानिक डाक्टर किरियाकोस प्रोफिराकिस भन्छन्, यस्तो घडीलाई तपाईको स्मार्टफोनमा राख्दा कस्तो देखिन्छ भन्ने कल्पना गर्नुहोस् । त्यसैमा मज्जा आउँछ । उनी कार्बन मेटेरियल्स डिजाइनरका संस्थापक समेत हुन् । उनका अनुसारमा मोबाइलमा यसको प्रयोग नयाँ क्रान्ति हो ।
अहिले तत्कालका लागि भने एटोमिक घडीहरु कोठामा झुड्याउने किसिमको रहेको बताउँछन् । तर केही समयपछि प्रत्येक मोबाइल फोनमा यसको प्रयोग हुने उनको विश्वास छ ।

विश्वकै हट राष्ट्रपतिको भाइरल तस्विर

0 comments
काठमाडौ, १८ पुष । क्रोएशियाकी महिला राष्ट्रपति कोलिन्डा ग्राबरले समुन्द्र तटमा ब्रा मात्रै लगाएको तस्विरको चर्चा यतिबेला विश्वभर भइरहेको छ ।

४७ वर्षिया कोलिन्डा यो तस्विरका कारण एकैसाथ चर्चा र विबाद कमाउन सफल छिन् ।

यही तस्विरका कारण उनलाई इन्टरनेटमा सर्च गर्नेहरुको संख्या पल पल बढीरहेको डेलीमेलले लेखेको छ । कोलिन्डालाई सामाजिक सञ्जालमा विश्वकै ‘हट राष्ट्रपति’ समेत भनिदै छ।


ज्याकोव किटरोविक सँग सफल वैबाहिक जीवन विताइरहेकी कोलिन्डाका दुइ सन्तान छन्। उनी क्रोएशियाकी चोथौ राष्ट्रपति र पहिलो महिला राष्ट्रपति हुन।

Swatantra - Priyanka Karki

0 comments
नायिका प्रियंका कार्कीको आफ्नै स्वर ,अभिनय र निर्देशन रहेको गीत स्वतन्त्र हेर्नुहोस।

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

सोलार राख्नेलाई सरकारले अनुदान दिनुका साथै बैंकको ब्याज पनि तिरिदिने

0 comments


१८ पौष २०७२-घरमा बिजुलीका लागि सोलार राख्नेलाई सरकारले अनुदान दिनुका साथै बैंकको ब्याज पनि तिरिदिने भएको छ। कुल लागतको १० प्रतिशत रकम घर धनीले तिरेमा ९० प्रतिशत रकम बैंकले ऋण उपलब्ध गराउँछन्।
बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका निर्देशक रामप्रसाद धितालका अनुसार बैंकले लिने ९ प्रतिशत ब्याजमध्ये घरायसी प्रयोजनका लागि लिएको सोलारको ७५ प्रतिशत ब्याज र व्यवसायिक प्रयोजनका लागि जडान गरिएको सोलारको ५० प्रतिशत ब्याज सरकारले तिरिदिन्छ।
नेपाल इन्भेष्टमेन्ट बैंक र सिभिल बैंकका देशभरिका मुख्य शाखाबाट सोलार जडान गर्न ऋण पाइन्छ। एनएमबी बैंकको सितापाइला शाखबाट अहिले यस्तो कर्जा दिने गरेको छ।
बैंकबाट ऋण लिनको लागि धितो राख्नुपर्दैन। सोलारलाई धितो मानिन्छ। बढीमा ६० किस्तामा बैंकको ऋण तिर्नुपर्ने ब्यवस्था छ।
१०० वाटदेखि माथिको सोलार राख्दा बैंकले कर्जा दिन्छ भने सरकारी अनुदान पाउन ५०० वाटभन्दा बढीको सोलार सिस्टम जडान गर्नुपर्छ। १०० वाटको सोलार राख्ने ब्यक्तिले १० प्रतिशत रकम बैंकमा बुझाएर ६० महिनामा रकम भुक्तानी गर्दा प्रतिमहिनामा ६८५ रुपैयाँ पर्न आउँछ। १०० वाटको सोलार जडान गर्दा कुल ४३ हजार ५ सय रुपैयाँ पर्छ।
राजधानीको भृकुटीमण्डपमा जारी नवीकरणीय उर्जा मेला २०७२ मा पनि बैंकले कर्जाका लागि फारम संकलन गरिरहेका छन्। मेलामा ६८ वटा सोलार कम्पनीले ९३ वटा स्टल राखेका छन्।
सोलार प्रणालीमा जडान भएका सोलार पाताको २० वर्ष, ब्याट्रीको ५ वर्ष, चार्जर कन्ट्रोलरको २ वर्ष, सोलार इन्भर्टरको २ वर्ष, सोलार वल्व र बत्ती २ वर्ष वारेन्टी हुन्छ। सोलारको गुणस्तरको निर्धारण केन्द्रले नै गर्छ। केन्द्रले यसरी सोलार बिक्री गर्न १ सय १८ वटा कम्पनीलाई छनोट गरेको छ।

बैंकबाट कर्जा लिन चाहिने कागजात
सिस्टम कोटेशन
लालपुर्जाको फोटोकपी
नागरिकताको फोटोकपी
आम्दानीको स्रोत
सरकारी अनुदानका लागि चाहिने कागजात
आवेदन फारम
नागरिकताको फोटोकपी
जडान गरिसकेको बिल
बिजुली बिल भुक्तानी

Wednesday, December 30, 2015

Harke Haldar 30 Dec, 2015

0 comments

१५ पौष २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २४५औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

छुट्टै राष्ट्र माग्ने सि.के.राउतका कार्यकर्ताले मधेशी युवालाई तालिम दिदै गरेको भिडियो

0 comments

छुट्टै मधेश देश गर्ने माग्ने सिके राउतका कार्यकर्ताले मधेसी युबाहरुलाई तालिम दिईरहेको भिडियो हेर्नुहोस। श्रोत पहिलो पोस्ट टिभी  
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

TOUGH talk with Sushil Gyanwali , CEO, National Reconstruction Authority with Dil Bhusan Pathak

0 comments

बुधबार १५ पौस २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा बैशाख १२ को भुकम्पले  गराएको छतीको धेरै सम्य भैसक्दा पनि पिडीत सर्बसाधारणले पाउनुपर्ने उपयुक्त राहत र पुनर्निर्माण हुन नसकेको अबस्थामा रास्ट्रीय पुनर्निर्माण प्राधिकरणका नबनियुक्त मुख्य कार्यकारीअधिकारी सुशील ज्ञवालीसंग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत साभार : TOUGH talk with Dil Bhusan Pathak/कान्तिपुर टिभी।

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की

0 comments

१५ पौष भ्रष्टाचार नियन्त्रणका निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आक्रामक कारबाही सुरु गरेपछि प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ज्यान मार्नेसम्मका धम्की आउन थालेको छ । कार्कीलाई उनको सचिवालयका कतिपय कर्मचारी तथा उनका निकटस्थ भनी चिनिएका व्यक्तिहरुको टेलिफोनमार्फत धम्की आउन थालेको र सशस्त्र प्रहरीका बहालवाला तथा अवकाशप्राप्त प्रमुखहरुलाई कारबाहीको दायरामा ल्याएपछि यो क्रम बढेको बुझिएको छ ।
अकुत सम्पत्ति आर्जन गरेको आशंकामा उच्च राजनीतिक एवम् प्रशासनिक तहका उनन्तीस व्यक्तिहरुलाई अनुसन्धानको सीमामा ल्याउन अख्तियारले पत्र काटेदेखि नै कार्कीलाई धम्की आउने क्रम सुरु भएको थियो । सशस्त्र प्रहरी बलका तत्कालीन प्रमुख कोषराज वन्त तथा पूर्वप्रमुखहरु सनतबहादुर बस्नेत, वासुदेव ओली र शैलेन्द्र श्रेष्ठलगायतले भ्रष्टाचार गरेको प्रमाण फेलापरेपछि अख्तियारले उनीहरुविरुद्द कारबाही सुरु गरेको थियो । कारबाहीमा परेपछि कोषराज वन्त अलिक बढी आक्रोसित बनेको र उनले लोकमानविरुद्द जथाभावी बोल्दै हिँडेको सूचना अख्तियारले प्राप्त गरेको छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।

मुस्ताङमा चीन सरकारको सहयोगमा २४सैँ घन्टा बिजुली

0 comments

 १५ पौष मुस्ताङ : मुलुकमा ११ घन्टा लामो विद्युत्भार कटौती भए पनि हिमाली जिल्ला मुस्ताङको लोमान्थाङवासीले भने त्यस्तो समस्याको कुनै अनुभूति गर्नु परेको छैन ।

गाउँ नजिकै रहेको सोलार प्यानलबाट उनीहरुले २४सैँ घन्टा विजुली उपभोग गर्न पाएपछि विद्युत्भार कटौतीको कुनै समस्या झेल्न नपरेका हुन् ।

गत भदौमा चीन सरकारको अनुदानमा ७० किलोवाट क्षमताको सोलार प्यानल जडान गरेपछि लोमान्थाङका १९० घरधुरीले २४सैँ घन्टा बिजुली उपभोग गरिरहेका छन् ।

यसअघि अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) र स्थानीयवासीको श्रमदानमा निर्माण गरिएको २९ किलोवाटको साना लघुजलविद्युत्बाट उनीहरुले दैनिकी चलाउँदै आएका थिए ।

बेलुकी ६ देखि १० बजेसम्म र बिहान ४ देखि ७ बजेसम्म मात्रै बिजुली उपभोग गर्दै आएका स्थानीयवासी चौबिसैँ घन्टा उज्यालो पाएपछि हर्षित भएको गाविस सचिव ज्ञानेन्द्र विष्टले जानकारी दिए ।
उनका अनुसार नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार चीनसँग सीमा जोडिएका जिल्लामा आवश्यकताका आधारमा शिक्षा, स्वास्थ्य, विद्युत् र यातायातमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत उक्त सोलार प्यानल जडान उपलब्ध गराएका हुन् ।

पहिला साना क्षमताको सोलार प्यानलबाट पर्याप्त मात्रामा विद्युत् उत्पादन नहुने भए पनि अहिले दुबै जडान हुँदा खाना पकाउन र हिटर चलाउनसमेत पुग्ने भएको छ ।

जाडोयाममा २४सै घन्टा बिजुली उपभोग गर्न पाउनु आफूहरु भाग्यमानी भएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले बताए। श्रोत अन्नपुर्ण पोस्ट

Nepali Samachar 29 dec 2015

0 comments

१५ पौष २०७२ - बुधबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। श्रोत : सगरमाथा टि.भी.

VIDEO

  DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Like us

 

Search

 
Enjoy the site