Monday, October 12, 2015

नुवाकोटका तिलक तामाङ १५औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा दोस्रो भए

0 comments
काठमाडौं –२३ असोज शनिबार २०७२ का दिन सातौं राष्ट्रिय खेलकुदअन्तर्गत १५औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भक्तपुरका प्रवेश श्रेष्ठ ८० केजी तौल समूहमा पहिलो भए । सुनसरीका पारस भुजेल दोस्रो भए भने काठमाडौंका नरेश मालाकारले तेस्रो स्थानमा चित्त बुझाए ।

त्यस्तै, चितवनका अनिलले ८० केजीमाथि शीर्ष स्थान हासिल गरे । नुवाकोटका तिलक तामाङ दोस्रो र झापाका तुल श्रेष्ठ तेस्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको ५५ केजीमा काठमाडौंका रवि महर्जन पहिलो, कास्कीका सुरेश गुरुङ दोस्रो र काभ्रेका उमेश बलामी तेस्रो भए । ६० केजीमा ललितपुरका रुजेश शाहीले स्वर्ण, कपिलवस्तुका सञ्जीवकुमार श्रेष्ठले रजत तथा मोरङका रमेश कार्कीले कांस्य पदक हात पारे । ६५ केजीमा झापाका रामबहादुर दाहाल पहिलो, काठमाडौंका अनिललाल श्रेष्ठ दोस्रो तथा त्रिभुवन आर्मी क्लबका दीपकध्वज शाही तेस्रो भए ।
सातौं राष्ट्रिय खेलकुदको पहिलो राष्ट्रिय प्रतियोगिताको ७० केजीमा काभ्रेका रामहरि खनाल पहिलो, भक्तपुरका उज्ज्वलरत्न बज्राचार्य दोस्रो तथा रूपन्देहीका चन्द्रमान श्रेष्ठ तेस्रो भए । ७५ केजीमा काठमाडौंका महेश्वर महर्जन पहिलो, चितवनका नवीनकुमार गुरुङ दोस्रो र दोलखाका सुवर्ण खड्का तेस्रो भए ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रतियोगिताको उद्घाटन गर्दै सातौं राष्ट्रिय खेलकुद भव्य र सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिएका थिए ।
प्रतियोगितामा विभिन्न २५ जिल्ला र त्रिभुवन आर्मी क्लबका गरी जम्मा ६७ पुरुष खेलाडीले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । पहिलो दिन शुक्रबार भएको प्रिजजिङ राउन्डको प्रत्येक तौल समूहबाट ५–५ खेलाडी फाइनलमा प्रवेश गरेका थिए । अन्तिम दिन शनिबार तिनै खेलाडीबिच उपाधिका लागि भिडन्त भएको हो । प्रत्येक तौलसमूहको उपाधि विजेता मिस्टर नेपालसमेत बनेका छन् । रसस

0 comments:

Like us

 

Search

 
Enjoy the site