Saturday, September 12, 2015

त्रिशूलीका २३ वर्षीय निर्मल तामाङ डी.आई.डी.टपटेनमा

0 comments
भाद्र २६ काठमाडौं -  भारतीय टेलिभिजन जीटीभीबाट प्रसारित चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’ (डीआईडी) मा नुवाकोट विदुर नगरपालिका, त्रिशूलीका २३ वर्षीय निर्मल तामाङ टपटेनमा पर्न सफल भएका छन्।
प्रत्येक शनिवार र आईतवार राती सवा नौवजे प्रशारण हुँदै आएको छ । उत्कृष्ट दशपछि छनौट हुनलाई भोटिङको साहरालिनुपर्ने छ । निर्मललाई भोटिङ गर्न DID5 space NIR send to ५७५७५ मा एसएमएस गर्नुपर्नेछ । एसएमएस सेवा नेपालबाट पनि गर्न सकिनेछ । त्यस्तै अनलाईनबाट पनि उनलाई भोट गर्न सकिनेछ । जसको लागि  http://www.zeetv.com/nir/ लेखेर अनलाईन भोटिङ गर्न  सकिनेछ । भोटिङ गर्ने समय आज शनिवार राती नौ १५ देखि बुधबार साँझसम्म हुनेछ । विश्वको जुनसुकै ठाउँबाट पनि भोटिङ गर्न सकिनेछ । एसएमएस भोटका आधारमा विजेता गरिने भएकाले निर्मलका बाबु शेरबहादुर तामाङले सबै नेपालीलाई सहयोगका लागि आग्रह गरेका छन् । तीन दाजुभाइ र तीन दिदीबहिनीमध्ये कान्छा हुन् उनी।

निर्मलका बाबु शेरबहादुर अवकाश प्राप्त भारतीय सैनिक हुन। दिल्ली युनिभर्सिटीबाट व्यवस्थापन संकायमा स्नातक सकेका निर्मलको बाल्यकाल भारतमै बितेको हो। चार वर्षअघि बुवाले सेवाबाट अवकाश लिएपछि उनीहरू नेपाल फर्किएका हुन्।

शेरबहादुरका अनुसार, निर्मल सानैदेखि नृत्यमा रुचि राख्थे। योभन्दा पहिला पनि उनले डीआईडीमा भाग लिई टप १८ सम्म पुगेका थिए । त्यसपछि उनी नेपाल आई काठमाडौंमा नृत्य सेन्टर खोले।

एक वर्षको काठमाडौं बसाइपछि उनी आफ्नै गाउँ त्रिशूली फर्के र 'न्यु इरा डान्स तथा एरोबिक सेन्टर' चलाउँदै आएका थिए तर वैशाखको भूकम्पले उनको इन्स्टिच्युट भत्काइ दिएपछि डीआईडीमा भाग लिन भारत गएका हुन्। डीआईडीको जारी संस्करणमा निर्मल टप टेनमा पुगेका छन्।

नृत्यका साथै खेलका सौखिन उनले विभिन्न प्रतियोगितामा मेडल पनि प्राप्त गरेका छन् । छोराको प्रगति देखेर आमाबाबु निकै खुसी छन्। 'निर्मल सानैदेखि के राम्रो, के नराम्रो आफैं छुट्याएर काम गथ्‍यो। मेहेनती पनि', बुबा शेरबहादुरले भने, ‘कुनै काम सुरु गरेपछि त्यसलाई पूरा नगरेसम्म अरूतिर लाग्दैनथ्यो।



0 comments:

Like us

 

Search

 
Enjoy the site