Saturday, September 12, 2015

नेपालकी सन्नी लियोन अर्चना पनेरू प्रहरी हीरासतमा

0 comments
भदौ २६ काठमाडौं । पोर्न स्टार बन्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा समाचार आएपछि एकाएक चर्चामा आएकी कञ्चनपुर भासीकी अर्चना पनेरु चर्चामा आइन् ।

उनको नग्न फोटोलाई लिएर सामाजिक सञ्जाल र मिडियाहरुमा चर्चा परिचर्चा भए । बिहीबार उनका बाबुआमालाई समेत प्रहरीले बोलाएर आइन्दा यस्तो नगर्ने सर्तमा कागज गरेर फर्काएको थियो ।

तर, अर्चनाकी आमा सुनिता पनेरुले भने आफ्नस् छोरीलाई जसरी पनि पोर्न स्टार बनाएरै छाड्ने बताएकी छिन् । लामो समयसम्म मुम्बई बस्दै आएका पनेरु परिवार विगत ७ वर्षदेखि भासीमा बस्दै आएका थिए ।

सुनिता भोजराजकी कान्छी श्रीमती हुन् । उनी आफैं पनि मोडलिङ गर्न चाहन्थीन् । तर, विवाह भएपछि आफुले त्यस्तो गर्न नसकेको र छोरीलाई मोडल बनाउने भन्ने गरेकी थिइन् ।

                                                       मोडल अर्चना पनेरुकी आमा सुनिता
छर छिमेकमा पनि उनको व्यावहार मन नपराउने गरेको छिमेकीहरु बताउँछन् । छिमेकीले उनीहरुको वास्ता गर्दैनथ । सुनिताले पनि सामाजिक सञ्जाल फेसबुकमा आफ्ना मोडलीङ जस्तै फोटाहरु पोष्ट गर्ने गरेकी थिइन् । उनले छोरीको इच्छा अनुसार नै घरमै फोटो सुट गराउने गरेको बताएकी छिन् ।

उनले छोरीको इच्छा पुरा गर्न आफु जे सुकै गर्न र भोग्न तयार रहेको भन्दै छोरीलाई पोर्न स्टार बनाएरै छाड्ने बताएकी छिन् । नेपाल सन्देशसँग छोटो कुरा गर्दै आफ्नी छोरीलाई प्रहरीले कागज गराएपछि रातभर रोएकी बताउँर्दै सन्तानको इच्छा पुरागर्न आफु तयार रहेको बताइन् ।

उनले नेपालमा पोर्न फिल्म बनाउन नपाइने थाहा पाए पनि विस्तारै यो व्यवस्था हुने बताउँदै पोर्न स्टारहरुको पनि क्यारेक्टर फरक हुने बताइन् ।

छोरीलाई न्युट फोटो र न्युड सिन मात्र खेलाउने बताउँदै सुनिताले यसकालागि आफु जे पनि गर्न तयार रहेको बताएकी हुन् । उनले छोरीलाई सिंगल सिनहरुमा मात्र खेलाउने योजना रहेको बताइन् ।

उनकी छोरी अर्चनाले भने अब आफु बढाइमा केन्द्रीत बन्न चाहेको बताइन् । उनले साथीहरुले नराम्रो भनेकाले यस्तो काम नगर्ने बताइन् । पोर्न स्टार बन्ने आफ्नो चाहना भएपनि बाबा ममीले भनेको मान्ने बताउँदै अर्चनाले आफुले केही गल्ती नगरेको बताइन् ।

0 comments:

Like us

 

Search

 
Enjoy the site