Saturday, September 12, 2015

इजरायलको आवेदन दुई साताभित्र खुल्ने, कस्ताले आवेदन दिने ? पढ्नुस

0 comments


 
२६ भदौ - काठमाडौ । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (घरेलु कामदार) पठाउन दुई साताभित्र रोजगार आवेदन दिन खुला गर्ने तयारी गरेको छ । 
दुबै देशका सरकारमार्फत (जीटूजी) माध्यामबाट नेपाली कामदार पठाउने ब्यवस्था अनुरुप प्रारम्भिक रोष्टरका लागि आवेदन खुला गर्न लागेको कारोबार दैनिकमा खबर छ । विभागका प्रवक्ता बद्रीकुमार कार्कीले नेपाल र इजरायलबीच जीटूजीमार्फत कामदार पठाउने सम्झौताको पाइलट प्रोजेक्ट अनुरुप प्रारम्भिक रोष्टरको आवेदन खुला गर्न लागिएको बताए । विगतमा स्वीकृतप्राप्त तालिम प्रदायक संस्थाहरुबाट तीन महिना घरेलु कामदारसम्बन्धी तालिम लिइसकेका ब्यक्तिले आवेदन दिन सक्ने उनले बताए । 
आवेदन दिएका कामदारको पहिलो चरणमा प्रारम्भिक सूची तयार गरिने कार्कीले जानकारी दिए । इजरायल जानका लागि घरेलुु कामसम्बन्धी तालिम र अंग्रेजी भाषामा दक्ष हुनुपर्नेछ । कामदारको उमेर २५ देखि ४५ वर्ष, तौल ४५ किलो र उचाइ १.४ मिटर हुनुपर्नेछ । यसअघि म्यानपावर एजेन्सीले इजरायलमा कामदार पठाउँन ८ लाख रुपैयाँसम्म रकम असुलेको भन्दै दुई पटकसम्म नेपालबाट कामदार लिन बन्द गरेको थियो ।श्रोत:खबर चौतारी 

0 comments:

Like us

 

Search

 
Enjoy the site