Saturday, September 12, 2015

आङकाजीलाई तत्काल रिहाई गर्न ‘अमेरिकी’ दवाव

0 comments
भदौ २६ न्युयोर्क । संघीय समाज अमेरिकाले संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पालाइ चाँडो भन्दा चाँडो रिहाइ गर्नुपर्ने माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै समाजले आडकाजी र मधेस तथा थारू आन्दोलमा गिरफ्तारीमा परेकालार्इ अविलम्ब रिहाइको माग गरेका हुन् ।
साइबर क्राइमको बिल्ला भिराउने काम निन्दनिय भन्दै समाजका अध्यक्ष भरत लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिचानवादि नेता आङ्काजी शेर्पा लगायत अन्य थुनामा राखिएका जनजाती, मधेशी, थारु आन्दोलनकारीहरुलाई निशर्त अबिलम्ब रिहा गरियोस बनी संघीय समाज अमेरिका जोडदार अपिल गर्दछ ।’
प्रेस विज्ञप्ति
आङ्काजी शेर्पा र अन्य मधेशी तथा थारु अान्दोलनकारीहरुलाई अबिलम्ब रिहा गर !!!

नेपाले नेताहरुको अकर्मन्यता, अदुरदर्शिता, असहिष्सुणुता कृयाकलापले देश गम्भिर द्वन्द्वमा फस्न गैरहेको छ | खेलांची खेस्रा संबिधान कोरेर एकात्मवादी अखण्डे नेताहरुले नेपाली जनताको दिमाग चाटने काम गरिरहेका छन | दोस्रो जनान्दोलनबाट हासिल भएको गणतन्त्र, संघियता, धर्मनिरपेक्षता र सम...ाबेशितालाई तुहाउने भरमग्दुर कोशीश हुँदैछ, समयलाई फेरी एकचोटि पछाडि धकेल्ने दुर्नियत राखिन्दैछ| हालै चार दलका टाउकेहरु बसेर आफुलाई चुनावी पायक पर्ने नक्सा बनाएर प्रदेश बिभाजन गरेको अाक्रोशमा कैलाली, टिकापुरका थारुहरु आन्दोलनमा होमिएका थिए| अपार जन धनको क्षति भयो |हेलचक्राइंपूर्ण खेस्रो संबिधान लेख्नाले यस्तो गम्भिर परिणिति ल्याएको हो | यसको जिम्मेवारी पुलिस र स्थानीय थारु नभै झेली संबिधान लेख्ने तिनै नेताहरु हुन |
सदियौँ देखी उत्पीडित जनजाती तथा मधेशी समुदायले राखेको माग उचित तवरले सम्बोधन नहुन्जेल आन्दोलन साम्य नहुने छाँटकाँट छ | जनजाती र मधेशी समुदायले अहिलेको आन्दोलनलाई भावी पिढिमा नसारेर आँफैले नै टुङ्गोमा पुर्याउने कसिलो निर्णय गरेका छन| पहाडी भागमा भैरहेका जनजाती आन्दोलन होस् या तराइको भुभागमा भैरहेका मधेशी र थारु आन्दोलन होस्, तिनको एउटै माग छ - त्यो हो पहिचान! तिनको पहिचानको मागलाई एकात्मवादी र तथाकथित अखण्डेहरुले जातिवादको संज्ञा दिएर नेपाली जनतालाई दिग्भ्रमित पार्दैछन र 'जातियता' शब्दको खोँचे थापेर, हौवा फिँजाएर स्थितिलाई तनावपुर्ण बनाउन तल्लिन छन| पहिचानवादिहरुको मागको बटम् लाइन अर्थात चुरो चाँहीँ केन्द्रको अंकुश्रहित, पूर्ण अधिकार भएको, पहिचान सहितको नामाँकन भएको संघात्मक राज्य हो |नामांकन दोयममा पर्छ,मुख्य माग अधिकार हो अधिकार !
२५० बर्षदेखि देशमा एकछत्र हालिमुहाली गरिरहेका राजा साहेबहरु, बाबु साहेबहरु, काजी साहेबहरु र अहिले आएर एमाङ्ग्रेस भित्रका नव-बाबुसाहेबहरु आफुहरुले खाइपाइ आएको सुविधा गुम्ला भनेर " संघियता हाम्रो देशलाई फाप्दैन, संघियता हाम्रो देशको हावापानी सुहाउँदिलो छैन र संघियताले देशै टुक्र्याउँछ" भनी ढाँट कुरा गरी नेपाली जनताको दिमाग भुटने काम गरिरहेका छन| जनान्दोलनबाट जनादेश प्राप्त उपलब्धिहरुलाई तुहाउन खोजेको बिरोधमा जनजाती र मधेशीले गरिरहेको आन्दोलनलाई दबाउन सरकारले ब्यापक दमन, धरपकड, सेना परिचालन् र गोली समेत् प्रयोग गरी निहत्था आन्दोलनकारीहरुको हत्या समेत् गरेर पञ्चायतको पुनराब्रिती गरेको छ | यसै शिलशिलामा पहिचानवादी नेता आङकाजी शेर्पालाई बित्थाको साइबर क्राइमको फत्तुर लगाइ गिरफ्तार गरी उनको आवाजलाई मत्थर पार्ने सरकारले दुश्प्रयास गरिरहेको छ भने धार्मिक बिद्वेष फैलाउने खुम बहादुर, कमलनयनाचार्यहरु ढुक्कै संग धर्मनिरपेक्षताको बिरोध र हिन्दूराज्यको माग राखेर देशमा धार्मिक बिखण्डता ल्याउँदैछन| तिनको निक्रिष्ठ कृयाकलापलाई चाँहीँ सरकारले नजरान्दज गरेको छ| यि तत्वहरु देशको लागि बढी घातक छन | तसर्थ दोस्रो जनान्दोलनबाट प्राप्त उपलब्धिलाई नयाँ संबिधानमा प्रष्टसंग उल्लेख गर्नुका साथै हालै आन्दोलनका क्रममा गिरफ्तार हुनु भएका पहिचानवादि नेता आङ्गकाजी शेर्पा लगायत अन्य थुनामा राखिएका जनजाती,मधेशी,थारु आन्दोलनकारीहरुलाई निशर्त अबिलम्ब रिहा गरियोस भनि संघिय समाज अमेरिका जोडदार अपिल गर्दछ | श्रोत :शेर्पा खबर

भरत लामा
अध्यक्ष
संघिय समाज अमेरिका
न्युयोर्क


0 comments:

Like us

 

Search

 
Enjoy the site