Friday, May 22, 2015

क्षतिग्रस्त संरचनाको पुननिर्माणमा जापानले सहयोग गर्ने

0 comments
काठमाडौं, जेठ ८ – जापानले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
जापानी राजदूत मासाही ओगावाले शुक्रबार सभामुख सुवासचन्द्र नेम्वाङलाई भेटी क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि जापानले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
जापानी राजदूत ओगावाले सरकारको पुननिर्माण कोषमा गर्ने सहयोग रकमका बारेमा भने केही उल्लेख गर्नुभएन । भूकम्पका कारण ५ लाख निजी घर र ९ सय ७८ वटा सरकारी भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
जापानी राजदूत ओगावाले भूकम्पपछिको पुननिर्माणमा जापानसँग राम्रो अनुभव रहेको भन्दै नेपालमा क्षतिग्रस्त संरचनाको पुननिर्माणमा पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको सभामुख नेम्वाङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
सरकारले क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि दई खर्ब रुपैयाँको कोष स्थापना गरेकामा कोषमा अहिलेसम्म कुनै दातृ निकायले पनि सहयोग गरेका छैनन् । सरकारले कोषमा दातृ निकायबाट १ खर्ब ८० अर्ब रुपैयाँ सहयोगको अपेक्षा गरेको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site