काठमाडौं, जेष्ठ १३ । गत वैशाख १२ को शक्तिशाली भूकम्पपछि पराकम्पन आउनेक्रम अझै रोकिएको छैन । बुधबार पनि चार म्याग्निच्यूडमाथिका तीनओटा पराकम्पन आएका छन् ।
दिउँसो १ बजेर १५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४ दशमलव ५ म्याग्निच्यूडको पराकम्पन आएको एक मिनेट नबित्दै १ बजेर १६ मिनेटमा सिन्धुपाल्चोकै केन्द्रबिन्दू भएर ४ दशमलव ६ म्याग्निच्यूडकोपराकम्पन आएको हो । त्यसको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।
यसअघि बुधबार दिउँसो १२ बजेर ३ मिनेटमा दोलखा केन्द्रबिन्दू भएको ४ दशमलव २ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
एक महिनाको अवधिमा ४ म्याग्निच्यूडदेखि माथिका २ सय ७४ पराकम्पन आइसकेको केन्द्रले जनाएको छ ।
भूकम्पविद्हरुले पराकम्पन आउनेक्रम केही समय रहने भन्दै मानवनिर्मित संरचनाबाट खतरा हुने भएकाले सुरक्षित भएर बस्न सुझाएका छन् । -

0 comments:
Post a Comment