Tuesday, May 26, 2015

एक महिनासम्म पराकम्पन, मंगलबार पनि झड्का

0 comments
काठमाडौं, जेष्ठ १२ । गत वैशाख १२ को शक्तिशाली भूकम्पपछि पराकम्पन आउनेक्रम अझै जारी छ ।

मंगलबार दिउँसो २ बजेर ११ मिनेटमा दोलखा केन्द्रबिन्दू भएको ४ दशमलव ३ म्याग्निच्यूडको पराकम्पन आएकोे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


एक महिनाको अवधिमा ४ म्याग्निच्यूडमाथिका २ सय ६८ पराकम्पन आइसकेको केन्द्रले जनाएको छ ।


भूकम्पविद्हरुले पराकम्पन आउनेक्रम केही समय रहनसक्ने भन्दै नतर्सिन र सजग भएर बस्न सुझाउँदै आएका छन् । 

0 comments:

Like us

 

Search

 
Enjoy the site