Thursday, May 28, 2015

विहीबार विहानै चार वटा भूकम्पको धक्का महशुस

0 comments


         काठमाडौँ, १४ जेष्ठ - विहीबार विहानै चार रेक्टर भन्दा माथि र पाँच रेक्टर भन्दा मूनीका चार वटा भूकम्पको धक्का महशुस गरिएको छ। विहान ५ः२९ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्किेलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यस्तै 
५ः१२ मा काठमाडौँलाई केन्द्रविन्दु बनाएर ४ रेक्टरको, ३ः४० मा पनि गोरखा र धादिङलाई केन्द्रविन्दु बनाएर ४ रेक्टरको,  ३ः७ मा गोरखा र धादिङलाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्किेलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

मापन केन्द्रका अनुसार वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्किेलको भूकम्प गएयता सानासाना भूकम्पको धक्का महशुस भैरहेको छ। त्यस्ता भूकम्पको धक्का महशुस भैरहने भएकाले त्यसबाट नआत्तिन र सचेत रहन विज्ञको सुझाव छ।                               राष्ट्रिय भूकम्प मापन केन्द्रको तालिका 

0 comments:

Like us

 

Search

 
Enjoy the site