Wednesday, May 20, 2015

गगन थापाले बनाइदिए नुवाकोटमा ४८ ओटा टहरा

0 comments
नुवाकोट, जेष्ठ ५ । वैशाख १२ गतेको महाभूकम्पले नेपालको धेरै जिल्ला तहसनहस बनाएको छ । मानिस भूकम्पले दिएको पीडालाई भुल्दै आफ्नो दैनिकीतर्फ फर्कन थालेका छन् ।

हजारौंको ज्यान लिएको भूकम्पबाट देशभर पाँच लाखभन्दा बढी घर स्वाहा भएका छन् । आफन्तजनदेखि घरबार गुमाएर पीडामा परेका देशवासीको उद्धार र राहत वितरणसँगै भत्केको घरहरु बनाउन अहिले स्वयंसेवी युवाहरु गाउँ–गाउँ पुग्न थालेका छन् ।

विभिन्न राजनीतिक दलका साथै अरु युवा पनि गाउँ गाउँमा पुगेर अस्थायी टहरा निर्माणमा सघाउन थालेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसका युवा नेता गगन थापाले नुवाकोटको कुमरीमा ४८ अस्थायी घर–टहरा बनाएर यस अभियानको थालनी गरेका छन् ।

विभिन्न कलेजमा इन्जिनियरिङ पढ्दै गरेका युवाको टोली लिएर कुमरी पुगेका उनले घर निर्माणका लागि चाहिने जस्तापाता, बाँस र अरु सामग्री जुटाएर टहरा बनाएका थिए ।

कुमरीमा दुई दिन बसेर थालेको यस अभियान अरु क्षेत्रमा पति निरन्तर गर्ने उनले बताएका छन् ।

नेता थापाले नजिकिँदो वर्षातलाई ध्यान दिइ यस्ता अस्थायी घर निर्माण अभियानमा स्वयंसेवीहरुलाई गाउँ खटाउँदा कालिगढ, प्राविधिक इन्जिनियर र श्रमदान गर्ने युवाको एक साथ संयोजन गर्नुपर्ने उल्लेख गरे 

0 comments:

Like us

 

Search

 
Enjoy the site