Monday, June 8, 2015

​अनपढ युवकले बनाए मोटरसाइकल जस्तै गुड्ने साईकल (भिडियो सहित )

0 comments





जनकपुर , जेठ २४ – महोत्तरीका एक युवकले मोटरसाइकल जस्तै गुड्ने साइकल बनाएका छन् । महोत्तरी महदैया ५ तपनपुरका २३ वर्षका अशोककुमार सहनीले यस्तो साइकल बनाउनुभएको हो । खेतमा सिँचाई गर्ने सानो मोटरको इन्जिन प्रयोग गरेर बताइएको साइकल मोटरसाइकल जस्तै गुड्ने गर्दछ र इन्जिन मट्टीतेलबाट चल्ने गर्छ । साइकल लिएर आफ्नो घरबाट १५ किलोमिटर टाढाको जनकपुर पुगेका सहनीले एक घण्टामा एक लिटर मट्टीतेल खपत हुने गरेको उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार साइकलले प्रति घण्टा ४० किलोमिटर दूरी पार गर्छ । सहनीले योे साईकल चार दिनको प्रयास पछि गएको जेठ १७ गते पूर्ण रुपमा तयार पारेर चढ्न थालेको बताउनुभयो । पूर्ण रुपमा अनपढ सहनीले दुई वर्ष अघिदेखि यस्तो साइकल बनाउने सोचमा रहेको बताउनुभयो । पछिल्लो समय हाउस वाइरिंग र ज्याला मजदुरी गरी जोडेको रुपैयाँबाट साइकल, सिँचाई गर्ने पुरानो मोटर र अरु फलामका सामग्रीबाट बनाउन सफल भएको सहनी बताउनुहुन्छ । साइकलको सिस्टम मोटरसाईकल जस्तै देखिएपनि दुवैको तुलनात्मक रुपमा धेरै नै भिन्नता छ । साइकलमा मोटरसाइकल जस्तै साइलेन्सर, सेल्फ, क्लच र अगाडिको लाइट सबै छन् । कलात्मक साइकल बनाउनका लागि जम्मा १३ हजार रुपैयाँ लागेको सहनीले बताउनुभयो । उहाँले भिन्न खालको साइकल बनाएपछि छिमेकी पनि दंग छन् । सहनी बाटोमा साइकल गुडाउँदा हेर्नेहरुको लर्को लाग्ने गरेको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site