Tuesday, June 23, 2015

अफगानिस्तानको संसदभवनलाई आतंकबादीबाट जोगाउने सैनिकलाई राष्ट्रपतिबाट सम्मान

0 comments
    ८ असार, अफगानिस्तानको संसदमा तालिबानले गरेको आक्रमणलाई असफल पार्न महत्वपूर्ण भूमिका खेल्ने सैनिकलाई राष्ट्रपतिले सम्मान रगरेका छन् ।
    राष्ट्रपति असरफ घानीले सैनिक ईसा खानलाई एक फ्याटको साँचो हस्तान्तरण गरेका छन् । उनले संसदमा आक्रमण गर्ने सात मध्ये ६ आक्रमणकारीलाई मारेका थिए ।
    राष्ट्रपतिले ईसा खानलाई आफ्नो निवासमा स्वागत गरेको तस्वीर समेत सार्वजनिक भएको छ । ईसालाई मेडल दिनुका साथै बढुवा समेत गरिने भएको छ ।
     सोमबार अफगान संसदमा प्रस्तावित रक्षामन्त्रीको परिचय गराइरहेका बेला बाहिर विस्फोट भएको थियो । लगतै आक्रमणकारीहरु भवन भित्र प्रवेश गरेका थिए । तर, सुरक्षाबलले ६ आक्रमणकारी मारेपछि तालिबानको प्रयास असफल भएको थियो ।
       स्थानीय सञ्चार माध्यमले आक्रमणपछि चरमपन्थीको शव नजिकै उभिएका ईसाको तस्वीर देखाएका थिए । उनले भनेका थिए-‘म त्यहाँ तैनाथ थिएँ । मैले उनीहरुलाई संसदतर्फ आउँदै गरेको देखेँ । पहिलो एकलाई मारे । सबै गरेर ६ जनालाई मारेँ ।
      देशका लागि आफू ज्यान दिन तयार रहेको उनले बताएका छन् । अफगान राष्ट्रपतिले ईसा खानको बहादुरीमा आफूलाई गर्व रहेको बताएका छन् ।


0 comments:

Like us

 

Search

 
Enjoy the site