१२ आसर , रसुवा–अबरिल वर्षासँगै पहिरो गएपछि पासाङल्हामु मार्ग अर्न्तगत धुन्चे–त्रिशुली सडक खण्ड अबरुद्ध भएको छ। रसुवाको राम्चे, मुलखर्क, ग्राङ बिभलीलगायत आधा दर्जन ठाउँमा पहिरो गएपछि यातायात अबरुद्ध छ।बाटो अबरुद्ध भएपछि रसुवा धुन्चे, स्याफ्रु, चिलिमे बाट राजधानी काठमाण्डौ छुट्ने बस बिच बाटो मै रोकिदाँ सयौ यात्रु अलपत्र परेका छन्। पहिरो हटाउनका लागि नुवाकोट त्रिशुलीबाट र धुन्चेबाट दुई वटा स्क्याएभेटर पठाईएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनायो। भुकम्प सँगै चिरा परेका सडक पनि केही ठाउँमा धसिएर तल झरेका छन्।


0 comments:
Post a Comment