काठमाडौं, १० असार,नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटनसत्र सकिएको छ । काठमाडौंको सोल्टी होटेलमा जारी सम्मेलनको उद्घाटनसत्रका बेला विभिन्न मुलुक र दातृ संस्थाहरुका प्रतिनिधिहरुले नेपालमा हालै गएको भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण, निर्माण, नव निर्माण तथा राहतका लागिसहयोग रकमको घोषणा गरेका छन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले १ खर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरिन् । यस्तै सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले ७६ अर्ब, जापानका विदेश राज्य मन्त्री मिनोरु कियुचीले २६ अर्ब, एशियाली विकास बैंकका अध्यक्ष ताकेहिको नाकाओले २५ अर्बको सहयोलाई ६० अर्ब रुपैयाँसम्म पुर्याउने घोषणा गरेका छन् ।
यस्तै नर्वेका विदेशमन्त्री वर्ग ब्रेन्डेले ३ अर्ब रुपैयाँको घोषणा गर्दा अमेरिकी विदेशमन्त्री जोन केरीको सन्देश बाचन गर्दै अमेरिकी राजदूत पिटर डब्लु बोडेले १३ अर्ब रुपैयाँको सहयोग घोषणा गरेका छन् । युरोपियन युनियनले ११ अर्ब रुपैयाँ अनुदान गर्ने घोषणा गरेको छ । विश्व बैंकले ५० अर्ब रुपैयाँको सहयोग गर्ने गरेको छ ।
सम्मेलनलाई संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले भिडियो मार्फत सम्बोधन गरेका थिए । सम्मेलनमा ५६ मुलुकका करिब २ सय ८० प्रतिनिधि सहभागी छन्।

0 comments:
Post a Comment