Friday, June 5, 2015

म्यागी चाउचाउको आयात तथा बिक्रीमा प्रतिबन्ध

0 comments
काठमाडौं, जेष्ठ २१ । नेपाल सरकारले म्यागी चाउचाउको आयात तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

भारतीय कम्पनी ‘नेस्ले इन्डिया’ले उत्पादन गर्ने म्यागी चाउचाउमा मानव स्वास्थ्यलाई असर गर्ने अखाद्य पदार्थ भेटिएको समाचार भारतमा सार्वजनिक भएपछि नेपालले पनि प्रतिबन्ध लगाएको हो ।

खाद्य तथा गुण नियन्त्रण विभागले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विहीबारकै मितिदेखि लागू हुने गरी म्यागी चाउचाउको आयात तथा बिक्रीमा प्रतिबन्ध लगाइएको जनाएको हो । विभागले म्यागी चाउचाउ नखानसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

उक्त चाउचाउमा सिसाको मात्रा मापदन्डभन्दा बढी पाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सो चाउचाउको गुणस्तर परीक्षण गर्न बजारबाट नमूना संकलन गरिरहेको पनि विभागले जनाएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site